Skip to main content

Posts

Showing posts from May, 2014

शिक्षक र कर्मचारीको तलब बाटो निर्माणमा

१७ जेठ,  सुर्खेत ।  जिल्लाको सुदूर पश्चिममा पर्ने लगाम–५ धनरासका स्थानीयवासी आफैं बाटो निर्माणको अभियानमा जुटेका छन् । गुटु गाविस हुँदै अक्षामको बेनिघाट जोड्ने सडकखण्डअन्तर्गत लगाम बेनिघाटखण्डको धनराससम्म पर्ने सडकखण्डको निर्माणका लागि सक्रिय भएका उनीहरुले स्थानीय शिक्षक तथा कर्मचारीले एक–एक महिनाको तलब सडक निर्माणका लागि छुट्याउनुपर्ने निर्णयसमेत गराएका छन् । बाटो निर्माणलाई पूर्णता दिन आर्र्थिक सङ्कलन तथा श्रमदान गर्ने निर्णय गरेको उपभोक्ता समितिले उपभोक्ताहरुबाट न्यूनतम रु दुई हजार ५०० देखि रु एक हजार ७०० सम्म आर्थिक सङ्कलन गर्ने निर्र्णय गरिएको समितिका अध्यक्ष भीमबहादर तिरुवाले जानकारी दिए । उपभोक्ताहरुको आर्थिकस्तरलाई दृष्टिगत गर्दै आफूहरुले गरेको निर्णय सबैले स्वीकार गरेको अध्यक्ष तिरुवाले बताए । यसअघि उक्त सडक निर्माणका लागि गाविसले उपलब्ध गराएको रु दुई लाखले एक किलोमिटर बाटो मात्रै निर्माण भएपछि बाटो निर्माणको काम अवरुद्ध भएको थियो । अवरुद्ध अवस्थामा रहेको बाटोलाई पूर्णता दिई सञ्चालनमा ल्याउन लागिएको समितिका सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए । लगामदेखि धनराससम्म

बोवाङको ढोरबराह प्रावि दरबन्दीविहीन !

१७ जेठ , बुर्तिवाङ। बागलुङ जिल्लाको अति दुर्गम गाविसमा आजभन्दा १० वर्ष पहिले सन्चालनमा आएको एक विद्यालयमा हालसम्म एक जना शिक्षकको दरवन्दी प्राप्त भएका छैन । दरवन्दीविहीन त्यस विद्यालयमा हाल स्थानीय श्रोतबाट तीन जना शिक्षकले यनकेन प्रकारेण विद्यालय सन्चालन गरिरहेका छन् । जिल्लाको सुदूर पश्चिम बोवाङ गाविस ९ ढोरपाटनको स्यालपाखेमा रहेकोे ढोरबराह प्राथमिक बिद्यालय आवश्यक भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा आन्तरिक प्रशासन सञ्चालनका लागि बजेटको अभावले दयनीय अवस्थामा रहेको छ । जिल्लामै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको बोवाङ गाविसमा जिल्ला शिक्षा कार्यालयको ध्यान नजानु आपैमा अनौठो मानिएको छ । २०६१ सालमा स्थापना भएको सो विद्यालय स्थानीय जनसहभागितामा सञ्चालन गरिएको प्रधानाध्यापक भीमबहादुर श्रेष्ठले बताए । दरबन्दी स्वीकृतिका लागि धेरैपटक पहल गर्दापनि जिल्ला शिक्षा कार्यालयले दरबन्दी नदिएको स्थानीयको गुनासो रहेको छ । जिल्लाकै अति रमणीय पर्यटकीय क्षेत्र मानिने ढोरपाटन उपत्यकामा रहेको यस ढोरबराह प्राथमिक विद्यालयमा सन्चालनको दश वर्ष वितिसक्दा पनि एक शिक्षकको दरवन्दी नदिनुलाई जिल्

विद्यालयमा लाहुरे स्वागत कार्यक्रम, डेढ लाखको भूपू कम्प्युटर ल्याब स्थापना

१७ जेठ  , म्याग्दी   म्याग्दीको पात्लेखेत गाविस ८ वाखेतमा रहेको विद्योदय निमाविमा बिहीबार गणतन्त्र दिवसको अवसर पारेर अभिभावक भेला गरि छात्रवृत्ती एंव पुरस्कार वितरण गरिएको छ । ४५ जना दलित तथा ४८ जना जनजाती छात्रलाई ४ सय र १० जना अपांग छात्रछात्राहरुलाई १ हजार रुपैयाका दरले छात्रवृत्ती वितरण गरिएको हो । उक्त अवसरमा शैक्षिक सत्र २०७० मा कक्षामा प्रथम, दितृय, तितृय एवं विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । सो अवसरमा गरिएको लाहुरे स्वागत कार्यक्रममा कृष्णबहादुर रोकाले १० हजार, छकप्रसाद थापाबाट ३ हजार, दुर्गाबहादुर राम्जालीबाट २ हजार र पुख्यौली नृत्य समूहबाट १९ हजार रुपैया सहयोग भएको छ । यसैगरी भुपु पेन्सनरहरुको बैठकले भुपु कम्प्युटर ल्याब व्यवस्थापनका लागि थप १ लाख ४९ हजार ५०० संकलन गरेका छन। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईनबहादुर पुनले निजी ९० हजार रुपैयाको लागतमा निर्माण गरेको प्रवेशद्धारको पनि उद्घाटन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुनको अध्यक्षता, प्रअ मनबिर किसानको सञ्चालन, शिक्षिका मञ्जु रोकाको स्वागतमा

यौन दुर्व्यवहार गरेको आरोपमा पेन्टागन कलेजका शिक्षक हिरासतमा

काठमाडौं, जेठ १७  – विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पेन्टागन कलेजका एक शिक्षकलाई प्रहरीले हिरासतमा लिएको छ । पेन्टागन परीक्षा केन्द्रमा परीक्षा दिन आएकी सीसीआरसीकी एक छात्रालाई यौन दुर्व्यवहारगरेको भन्दै प्रहरीले शिक्षक पवन साहलाई नियन्त्रणमा लिएको हो । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धानका लागि सार्वजनिक मुद्धा चलाइएको छ ।  विद्यार्थी र उनका अभिभावकले कारबाहीको लागि दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धानका लागि बुधबार नियन्त्रणमा लिएको थियो । परिसरका प्रहरी नायब उपरीक्षक अर्जुनबहादुर चन्दका अनुसार उनलाई सात दिनको लागि म्याद थप गरिएको छ । ती विद्यार्थीले आफूलाई यौन दुव्यहार गरेको भन्दै प्रहरी र उच्च माध्यमिक शिक्षा परिषदमा उजुरी दिएकी थिइन । परिषदले बुधबार उपाध्यक्ष स्तरीयले निर्णय गरी दुर्व्यहार गर्ने शिक्षकलाई हदैसम्म कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको छ ।  शिक्षकलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपनि कलेजले घटना ढाकछोप गर्न खोजेको भन्दै परिषदले पनि छानविन गर्न लागेको हो । पेन्टागन कलेजका प्रमुख एसपी सिंहले परीक्ष हलमा यौन दुर्व्यहा

गैरकानुनी भारतीय शैक्षिक मेला उपर रोक

१६ जेठ ,  काठमाडौं । नेपालमा गैरकानुनी रुपमा संचालन हुन लागेको भारतीय शैक्षिक मेला रोकिएको छ।  इजाजतबिना भारतका कलेज तथा विश्वविद्यालय नेपालमा आएर राजस्व छली गरी एभरेष्ट होटलमा शुक्रबारदेखि गर्न लागेको भारतीय शैक्षिक मेला शिक्षा मन्त्रालयको आग्रहमा प्रहरी प्रशासनले रोकेको हो। सरकारले शैक्षिक परामर्श दिने कोचिङ तथा ट्युसन पढाउने, भाषा शिक्षण गर्नेलगायतका संस्थालाई व्यवस्थित गर्न ०६८ सालमा निर्देशिका तयार पारेको थियो। निर्देशिका अनुसार स्वदेशी शैक्षिक संस्थाले शैक्षिक मेला आयोजना गर्न पाँच हजार र विदेशी शैक्षिक संस्थाले एक हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ। तर, शुक्रबारदेखि हुन लागेको शैक्षिक मेलामा त्यसरी अनुमति लिइएको थिएन। भारतका एक कम्पनी संचालक मनीष दान्डाले एक नेपाली संस्थालाई आयोजक देखाएर मेला आयोजना गर्न लागेका थिए।

सर्वोच्चको आदेश विपरीत शुल्कवृद्धि

१६ जेठ ,  काठमाडौं । निजी विद्यालयले शिक्षा मन्त्रालयकै कर्मचारीको मिलेमतोमा सर्वोच्चको आदेश विपरीत शुल्कवृद्धि गरेको रहस्य खुलेको छ। शिक्षा विभागले निजी विद्यालयको अनुगमन र व्यवस्थापन गर्न गठन गरेको उच्चस्तरीय समितिले एक सातादेखि गरिरहेको अनुगमनले नै निजी विद्यालयको शुल्कवृद्धिमा स्रोत व्यक्ति र विद्यालय निरीक्षकको हात रहेको देखाएको छ। शिक्षा विभागका उपनिर्देशक बलबहादुर कार्कीको संयोजकत्वमा काठमाडौंको पाठशाला नेपाल, चेल्सी, युरो किड्स इन्टरनेसनल, काव्य, रोजबर्ड र भक्तपुरको राजश्री गुरुकुलमा अनुगमन गरेको थियो। अनुगमनमा विद्यार्थी संगठन, अभिभावक संघ, शिक्षक संघ, प्याब्सन,एनप्याबसन लगायतका प्रतिनिधि सहभागी थिए।   उच्चस्तरीय समितिले बुधबारसम्म भक्तपुर र काठमाडौंको ६ निजी विद्यालयको भर्ना शुल्क, शिक्षण शुल्कको अवस्था, स्कुलले प्रदान गर्ने छात्रवृत्तिको व्यवस्थापन, पाठ्यपुस्तक तथा स्कुल पोसाक स्कुल हाताभित्रबाट बिक्रीवितरण भए नभएको तथा संस्थागत विद्यालय मापदण्ड तथा व्यवस्थापन निर्देशिका लागू भए नभएको आधारमा अनुगमन गरेको थियो। विभागका उपनिर्देशक कार्कीले ६ वटै स्कुलबारे विभा

उमाविमा हिस्टानको तालाबन्दी

१६ जेठ ,  काठमाडौं । उच्चमाध्यमिक शिक्षा एसोसियसन नेपाल (हिस्टान) ले उच्चमाध्यामिक शिक्षा परिषदको परीक्षा शाखामा ११ बुँदे माग राख्दै तालाबन्दि गरेको छ ।  करिव एक महिनादेखि एसएलसी परीक्षाको उत्तरपुस्तिका नजाचिँ विरोधमा उत्रिएको हिस्टानले शुक्रवार विरोध स्वरुप तालाबन्दि गरेको हो । देशभरिका सामुदायिक तथा निजी उच्च माविमा पढाउने शिक्षकहरूको नियुक्तिपत्रको व्यवस्था तत्काल गर्नुपर्ने, शिक्षाको नियुक्तिमा स्थायी, अस्थायी र करारको व्यवस्था हुनुपर्ने, शिक्षकहरुको संचयकोषको, विमाको व्यवस्था गर्नुपर्ने, रत्येक उमाविमा विषयगत पाँच जनाको दरबन्दी कायम गर्नुपर्ने लगायतका ११ बुँदे माग सहित आज तालाबन्दी गरेको हिस्टानका महासचिव पुष्प न्यौपानेले एजुकेशन खबरलाई जानकारी दिनुभयो ।  शुक्रबार विहान गरिएको तालाबन्दी कार्यक्रममा हिस्टानका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेकोथियो ।  

प्रधानाध्यापक उपर भ्रष्टाचार मुद्दा दायर

१४ जेठ,   काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्ला लकडी गाउँ विकास समितिस्थित नथनुी गोइत निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गजेन्द्रनाथ दत्तउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको भवन, शौचालय निर्माण र दलित छात्राका लागि आएको छात्रवृत्तिवापत समेतको सात लाख २३ हजार रुपियाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरी भ्रष्टाचार गरेको पाइएपछि अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताउनुभयो । 

एसएलसी रजिस्ट्रेसन र आवेदन फाराम भर्ने बारेको सूचना

विश्वज्योति उमाविमा महिला स्वास्थ्य शिक्षा

भूमिराज शर्मा पर्वत, १४ जेठ जिल्लाको पकुवा सिल्मीमा रहेको विश्वज्योति उच्च माविमा अध्ययनरत छात्राहरुलाई  बुधबार महिला स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । विद्यालयको आयोजना एवं व्यवस्थापन र पकुवा उपस्वास्थ्य चौकीको सहयोगमा सो कार्य सम्पन्न भएको हो । महिला स्वास्थ्य शिक्षा अन्तर्गत महिनावारी भएको समयमा ध्यान दिनु पर्ने कुराहरु, असुरक्षित गर्भधारण, गर्भपतनका असर, परिवार नियोजनका साधनहरुको प्रयोग लगायतका विषयहरुमा सहभागीहरुलाई पकुवा उपस्वास्थ्य चौकीका इन्चार्ज सविता पौडेलले प्रशिक्षण दिनु भएको थियो ।  हामीले महिला स्वास्थ्यको बारेमा धेरै कुराहरु बुझ्ने अवसर पायौँ । आफ्ना समस्याका बारेमा खुलेर कुरा गर्न सजिलो भयो । प्रशिक्षण कार्यक्रममा सहभागी कक्षा १० मा अध्ययनरत छात्रा करिस्मा पौडेलले भनिन् ।  प्रशिक्षण कार्यक्रम किशोरीहरुलाई स्वास्थ्य सम्बन्धी व्यावहारिक ज्ञान दिन उपलब्धिमूलक भएको विद्यालयका प्रधानाध्यापक बाबुराम शर्माले बताउनु भयो ।  विद्यालयका कक्षा ६ देखि १० सम्मका कक्षाहरुमा अध्ययनरत करिब १५० जना छात्राहरु सहभागी भएको सो कार्यक्रम तीन समूहमा संचालन गरिएको विद्यालयका शिक्

कोरियाली भाषा परीक्षा असोजमा

पास गरिसकेका पनि सहभागी हुन पाउने काठमाडौं : कोरियाली भाषापरीक्षा उत्तीर्ण गरेर पनि चित्तबुझ्दो अंक ल्याउन नसकेका युवाले फेरि भाषापरीक्षा दिने अवसर पाउने भएका छन्। आगामी असोज १० र ११ गते परीक्षामा उनीहरूलाई पनि सामेल हुने मौका दिइने भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस ) कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले आफूले चाहेअनुसारको राम्रो अंक ल्याउन नसकेका कोरिया जान आकांक्षी युवा असोजमा हुने भाषापरीक्षामा सामेल हुन पाउने जानकारी दिए। तर रोस्टरमा रहेका युवा अहिलेको तालिकाअनुसार जान पाउने अवधि सकिएपछि मात्र नयाँ परीक्षाको प्राप्तांकअनुसार उनीहरू कोरिया जाने रोस्टरमा पर्नेछन्। गतवर्ष असोजमा सञ्चालित भाषापरीक्षा उत्तीर्ण गरेका युवाको कोरिया जाने म्याद आउँदो पुस १५ सम्म छ। 'त्यसपछि मात्र उनीहरू आउँदो परीक्षामा प्राप्त गरेको प्राप्तांकका आधारमा नयाँ रोस्टरमा चढ्ने उनले बताए। उनले भने, 'रोस्टरमा चढिसकेका युवाको तोकिएको समयसम्म पनि श्रमसम्झौता आएन भने यो वर्षको परीक्षामा पाएको अंकअनुसार पुन: अर्को वर्षको रोस्टरमा चढ्नेछन्।' पुन: भाषापरीक्षामा सहभागी हुन चाहनेक

पढ्ने बेलामा गोठालो

बागलुङको बोवाङ गाविसका एक बालक बाख्राको बथान लिएर ढोरपाटनमा रहेको गोठथरी जाँदै । बोवाङबासीहरु अहिले वस्तुभाउ र अन्नपात बोकेर लेकतिर उक्लिरहेका छन् ।

नियम विपरित शुल्क उठाउनेमाथि कारवाही हुने

  काठमाडौं,   जेठ १४ गते ।    निजि विद्यालयले नियम विपरित शुल्क लिएकाले कारवाही शुरु गर्ने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले विशेष समिति बनाएर गरेको छानविनमा निजी विद्यालयहरुले नियमविपरीत चर्को शिक्षण तथा भर्ना शुल्क लिइरहेको देखिएको अधिकारीहरुले बताएका छन्। यसरी तोकिएको भन्दा बढी शुल्क लिने विद्यालयहरुलाई उक्त रकम फिर्ता गराउन लगाउने र २५ हजार रुपैयाँसम्म जरिवाना तिराउने तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले शुल्क नबढाउन आदेश दिएपनि त्यसको पालना नगरिएको उनीहरु बताउँछन्। विद्यालयहरुले लिने शुल्कका सम्बन्धमा जिल्ला स्तरमा जिल्ला शिक्षा अधिकारीको नेतृत्वमा अनुगमन गर्ने प्रावधान भए पनि त्यो प्रभावकारी हुन नसकेको भन्दै गुनासोहरु आएपछि शिक्षा विभाग मातहतको केन्द्रिय शुल्क अनुगमन समितिले उपत्यकाबाट अनुगमन सुरु गरेको हो।

जनप्रिय उच्च मावि दरवाङको २९ लाखको भवन तीन वर्षदेखि प्रयोग बिहीन

सन्तोष गौतम, म्याग्दी २०७१ जेठ १४ । म्याग्दीको दरवाङमा रहेको जनप्रिय उच्च माविको भवन बनेको तीन वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन । भवन बनेपनि उपयोगका लागि अपायक भएपछि राज्य र समुदायको लाखौ लगानीमा निर्मित भवन प्रयोगबिहीन बनेको हो । बि.स २०६८ सालमा जिल्ला शिक्षा कार्यालय मार्फत सरकारको २४ लाख रुपैया अनुदान र स्थानीयको श्रमदान गरि २९ लाख रुपैयाको लागतमा दरवाङ स्थित छ्यारछ्यारे बगरमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण भएको थियो । विद्यालयलाई भवनको योजना परेपनि हाल रहेको भवन परिसरमा जग्गाको अभाव र पुरानो भवन रहेको स्थानमा भवन बनाउन समुदायबाट बिरोध भएपछि छ्यारछ्यारे बगरमा भवन निर्माण गरिएको थियो । बाध्यताले अपायक पर्ने ठाउँमा भवन निर्माण गर्नुपर्दा प्रयोग गर्न नसकिएको प्राचार्य दिवाकर सुवेदीले बताए । उक्त विद्यालयको तिन ठाउँमा भवन छन तर एक ठाउँको भवन मात्र उपयोग भएको छ । तत्कालै भवन प्रयोगमा आउन नसकेपनि दुरुपयोग हुन नदिएको र पछि स्नातक तहको कक्षा सञ्चालनका लागि भवनको उपयोग गरिने प्राचार्य सुबेदीको भनाई रहेको छ । नया भवनदेखि हाल उच्च मावि तहको कक्षा सञ्चालन हुने भवनमा पुग्न १० म

सोलुखुम्बुको दुई विद्यालयमा विद्यार्थीको संख्या शुन्य

सल्लेरी, जेठ १४ गते । सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्र खुम्बु क्षेत्रका विद्यालय अनुगमणका क्रममा जिल्ला शिक्षा अधिकारी संकर कार्कीले २ वटा विद्यालयमा विद्यार्थी संख्या शुन्य रहेको भेटाउनु भएको छ ।       खुम्बु क्षेत्रमा रहेका चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसमा रहेका विद्यालयहरुको अनुगमण निरिक्षणका क्रममा चौरीखर्क गाविसको कर्म जनसेवा प्राथमिक विद्यालय स्याङमा र नाम्चे गाविसमा रहेको नाम्चे प्राथमिक विद्यालय ठमोमा विद्यार्थी संख्या शुन्य भेटिएको जिशिअ शंकर कार्कीले बताउनु भयो ।        जिशिअ कार्कीका अनुसार एक जना शिक्षकको दरबन्दी रहेको कर्म जनसेवा प्रावि चौरीखर्कका शिक्षक बिरामी बिदामा रहेको कारण त्यहाँका सबै विद्यार्थी छिमेकी विद्यालयमा भर्ना भएको र २ जना शिक्षकको दरबन्दी रहेको नाम्चे प्रावि ठमोमा रहेका एक जना विद्यार्थीले मात्र अध्ययन गर्दै आएको भएपनि पछिल्लो समयमा नजिकैको थामे निमाविमा पढ्न गएपछि विद्यार्थी संख्या शुन्य भएको हो ।        दुईवटै विद्यालय क्षेत्रका अभिभावक र सरोकारवालाहरुसँग छलफल गरी जिशिअ कार्कीले ति दुईवटा विद्यालय तत्कालका लागि बन्द गर्ने बताउनु भएको छ । ज

शिक्षाको सहस्राब्दी लक्ष्य पूरा हुन कठिन

  काठमाडौँ,  जेठ १४ गते । राष्ट्रिय मानव अधिकार आयोगको चौधौँँ स्थापना दिवसका अवसरमा सार्वजनिक शिक्षा र स्वास्थ्यसम्बन्धी प्रतिवेदन, २०७१ ले सबैका लागि शिक्षाको अन्तर्राष्ट्रिय नारा सार्थक हुन कठिन भएको आँैल्याएको छ ।   शिक्षासम्बन्धी अधिकारका सम्बन्धमा सरकारका पछिल्ला प्रयास सकारात्मक भए पनि छ वर्षभन्दा माथिको उमेर समूहका अmभै पनि ३४.१ प्रतिशत नागरिक निरक्षर हुनुले सन् २०१५ सम्ममा शिक्षाको सहस्राब्दी विकास लक्ष्य पूरा हुन कठिन भएको देखिएको हो । प्रतिवेदनमा आयोगले शिक्षा अधिकारसम्बन्धी सरकारलाई गरेका सबै सिफारिस कार्यान्वयन नहुनु, विद्यालय शान्ति क्षेत्रको अवधारणा पूर्णरूपमा लागू नहुनु, शिक्षक विद्यार्थीको अनुपात नमिल्नु, शिक्षकको सक्षमताका अभाव तथा भौतिक पूर्वाधारको दुरावस्थाका कारण शिक्षा अधिकार प्राप्तिमा अवरोध उत्पन्न भएको देखाएको छ ।   आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले मानव अधिकारको सम्मान र संरक्षणमा अल्पविकसित मुलुकमा चुनौती देखिने भए पनि शिक्षा, स्वास्थ्यलगायतका अधिकारको प्राप्तिमा क्रमिक सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो ।   उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौत

नवलपरासीमा खेताला शिक्षकको बिगबिगी, दिवा खाजामा करोडौं अनियमितता

होमराज रानाभाट नवलपरासी जेठ  १३   गते । जिल्ला शिक्षा कार्यालयको गम्भीर लापरबाहीका कारण नवलपरासीमा अझै दुई दर्जन बिद्यालयमा खेताला शिक्षकहरुले अध्ययन अध्यापन गराईरहँदा पनि कारबाही गर्ने तिर ध्यान गएको पाईदैंन । सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरु मध्ये झण्डै  दुई दर्जन शिक्षकहरुले खेतालामा शिक्षक राखेर राज्यलाई सिधै ठगिरहँदा  पनि शिक्षा कार्यालय भने थाहा पाए पनि नपाए जस्तो गरेर बसेको एक शिक्षकले आफनो नाम नछाप्ने शर्तमा भने नवलपरासीमा खेताला शिक्षकलाई पाँच हजार देखि आठ हजार सम्म तलब दिएर ठगी गर्नेको संख्या दुई दर्जन भन्दा बढि छ ।   जिल्लाको पहाडी गाबिसका बिद्यालय र तराईका बिद्यालयमा खुले आम खेताला शिक्षकको बिगबिगी बढेको र यो नियन्त्रण गर्ने नाममा जिल्ला शिक्षा कार्यालयको गम्भीर लापरबाही र मौनताले शिक्षामा खेलवाड भैरहेको ती शिक्षकले बताए । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा भने जिल्लामा खेताला शिक्षक भएको आफुलाई थाहा नभएको र त्यस्तो थाहा पाएमा कडा कारबाही गर्ने बताउनुभयो । उहाँले खेताला शिक्षक राखेर सरकारलाई ढाँटेको पाईएमा एक छिन पनि जागीरमा टिक्न नदिने बताए पनि ठुला राजनीत

बाग्लुङ र मनाङ जिल्लाको निमावि तहको गणित विषयको नतिजा

निम्नमाध्यमिक तह तृतीय श्रेणी विषयः गणित जिल्लाः बाग्लुङ वि.नं. २०३१÷०६९–७० खुला पदसंख्या ः ट अन्तर्वार्तामा उपस्थित संख्या ः ज्ञज्ञ क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दण्घण्ण्ण्घद्ध लिलाधर पौडेल बालाकृष्ण पाध्य कमलपति पाध्य कुश्मी सेरा ६, बाग्लुङ द्द छद्दद्दण्घण्ण्द्दघद्द कृष्णलाल जैसी खिमलाल जगु भिमगिठे १, बाग्लुङ घ छद्दद्दण्घण्ण्ज्ञटद्द गुप्त प्रसाद गौतम पूर्णभद्र उपाध्याय रामचन्द्र उपाध्याय हरिचौर ९, बाग्लुङ द्ध छद्दद्दण्घण्ण्ण्द्धद्ध डिल्ली प्रसाद शर्मा मोहराज त्रिलोचन अमलाचौर ५, बागलुङ छ छद्दद्दण्घण्ण्द्दडण् कृष्ण प्रसाद गौतम अग्नीधर हरिलाल कंंडिवास ६, बाग्लुङ ट छद्दद्दण्घण्ण्ज्ञद्दठ दिपक बहादुर कुुँवर लाल बहादुर बल बहादुर राजकुत ५, बाग्लुङ बैकल्पिक योग्यताक्रम क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दण्घण्ण्ज्ञघठ कृष्ण कंडेल नन्दलाल मनोहरी तारा ८, बाग्लुङ वि.नं. २०३२÷०६९–७० महिला पदसंख्या ः ज्ञ अन्तर्वार्तामा उपस्थित संख्या ः द्ध क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दण्घण्ण्द्

कास्की जिल्लाको निमावि तहको विज्ञान विषयको नतिजा

जिल्लाः कास्की वि.नं. २०४१÷०६९–७० खुला पदसंख्या ः ज्ञ अन्तर्वार्तामा उपस्थितसंख्या ःघ क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ द्धज्ञद्दण्द्धण्ण्ण्ण्ज्ञ रामहरि बराल जगन्नाथ लिलाबल्लभ लेखनाथ ३, कास्की बैकल्पिक योग्यताक्रम क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ द्धज्ञद्दण्द्धण्ण्ण्ण्ठ शोभाखर सापकोटा लक्ष्मण लेखनाथ ६, कास्की वि.नं. २०४२÷०६९–७० महिला पदसंख्या ः ज्ञ अन्तर्वार्तामा उपस्थितसंख्या ः द्ध क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ द्धज्ञद्दण्द्धण्ण्ण्ज्ञट ओमकुमारी गुरुङ प्रसाद मकाह सार्दिखोला २, कास्की बैकल्पिक योग्यताक्रम क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ द्धज्ञद्दण्द्धण्ण्ण्द्दद्द इन्दिरा अधिकारी खिमलाल भुवनीप्रसाद लाहाचोक ७, कास्कीद्द करार योग्यताक्रम सूची क्र.सं. रो.नंं. नाम,थर ज्ञ द्धज्ञद्दण्द्धण्ण्ण्ण्ठ शोभाखर सापकोटा

वाग्लुङ जिल्लाको निमावि तहको विज्ञान विषयको नतिजा

जिल्लाः वाग्लुङ वि.नं. २०४१÷०६९–७० खुला पदसंख्या ः द्द अन्तर्वार्तामा उपस्थितसंख्या ःछ क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दण्द्धण्ण्ण्द्दघ दुर्गाबहादुर थापा लङ्क बहादुर सौन बहादुर पैयुथन्थाप ६, बाग्लुङ्ग द्द छद्दद्दण्द्धण्ण्ण्ण्ढ बलबहादुर घर्ती टेकबहादुर भटबहादुर रणसिंहकिटेनी २, बाग्लुङ्ग बैकल्पिक योग्यताक्रम क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दण्द्धण्ण्ण्ण्ज्ञ लोकेन्द्र चन्द टोपबहादुर खडग बहादुर नुवाकोट १, रुकुम वि.नं. २०४२÷०६९–७० महिला पदसंख्या ः ज्ञ अन्तर्वार्तामा उपस्थितसंख्या ः द्धट क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दण्द्धण्ण्ण्घढ विमला घर्तीमगर बुढा रुद्रबहादुर धनबहादुर दर्लिङ्ग ७, बाग्लुङ्ग बैकल्पिक योग्यताक्रम क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दण्द्धण्ण्ण्घज्ञ कमलादेवी चालिसे(शर्मा) शालिकराम छिस्ती ८, बाग्लुङ्ग करार योग्यताक्रम सूची क्र.सं. रो.नंं. नाम,थर ज्ञ छद्दद्दण्द्धण्ण्ण्ण्ज्ञ लोकेन्द्र चन्द द्द छद्दद्दण्द्धण्ण्ण्ण्द्ध गोविन्दप्

म्याग्दी जिल्लाको निमावि तहको विज्ञान विषयको नतिजा

म्याग्दी वि.नं. २०४१÷०६९–७० खुला पदसंख्या ः घ अन्तर्वार्तामा उपस्थितसंख्या ः ट क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छज्ञद्दण्द्धण्ण्ण्द्धछ होमनाथ शर्मा प्रेमलाल अग्निधर मुदी ६,म्याग्दी द्द छज्ञद्दण्द्धण्ण्ण्ज्ञद्द खोमराज उपाध्याय खेमराज केशव सिङ्गा ८, म्याग्दी घ छज्ञद्दण्द्धण्ण्ण्ण्ज्ञ भगवानबहादुर कार्की पदमबहादुर भिमबहादुर भगवती ७, म्याग्दी वि.नं. २०४२÷०६९–७० महिला पदसंख्या ः ज्ञ अन्तर्वार्तामा उपस्थितसंख्या ः द्द क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छज्ञद्दण्द्धण्ण्ण्ण्ड निशा के.सी. नन्दबहादुर मिनबहादुर भगवती ३, म्याग्दी बैकल्पिक योग्यताक्रम क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छज्ञद्दण्द्धण्ण्ण्ज्ञढ चन्द्र अधिकारी तुलसीराम पे्रमदत्त बावियाचौर २ म्याग्दी वि.नं. २०४५÷०६९–७० आदिवासी÷जनजाति पदसंख्या ः ज्ञ अन्तर्वार्तामा उपस्थितसंख्या ः द्ध क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छज्ञद्दण्द्धण्ण्ण्ज्ञज्ञ हेमकुमारी गर्बुजा जगबहादुर गजु राम्चे २, म्याग्दी बैकल्पिक योग्यताक्रम क्र.सं

पर्वत जिल्लाको निमावि तहको विज्ञान विषयको नतिजा

जिल्लाः पर्वत विषय ःविज्ञान खुला यादवप्रसाद शर्मा राम्जादेउराली ९, पर्वत प्रोमोद सुवेदी लुम्ले ४, कास्की दीपक सुवेदी ठूलीपोखरी ३, पर्वत बैकल्पिक योग्यताक्रम गणेशप्रसाद शर्मा चित्रे ५, पर्वत वि.नं. २०४२÷०६९–७० महिला शिला अर्याल भोक्सिङ्ग १, पर्वत बैकल्पिक योग्यताक्रम बविता आचार्य बाजुम ५, पर्वत वि.नं. २०४५÷०६९–७० आदिवासी÷जनजाति सुर्यबहादुर थापा छिस्ती ५,बाग्लुङ्ग करार योग्यताक्रम सूची गणेशप्रसाद शर्मा कृष्णप्रसाद शर्मा अभिमन्यू पोख्रेल

निम्नमाध्यमिक तहको मध्यपश्चिम तथा पश्चिमाञ्चलको अन्तिम नतिजा प्रकाशित

२०७१/०२/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको गणित+विज्ञान विषयको गोरखा, स्याङ्जा, नवलपरासी, लमजुङ र तनहुँ जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०२/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको सामाजिक विषयको नवलपरारी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०२/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको जनसंख्या र वातावरण विषयको सुर्खेत जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/ ०२/ १३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको विज्ञान विषयको गोरखा, कास्की, पाल्पा, गु्ल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, म्याग्दी, वाग्लुङ र पर्वत जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०२/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको गणित+विज्ञान विषयको डडेल्धुरा जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०२/१३ खुला प्रतियोयो

म्याग्दी दग्नामका दुई विद्यालयहरुलाई प्रवासीबाट सवा ३ लाख सहयोग

सन्तोष गौतम, म्याग्दी, २०७१ जेठ १३ । म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका दुई वटा विद्यालयमा सूचना प्रबिधिको पहुँच बिस्तार गर्न प्रवासीले लाखौ रुपैया सहयोग गरेका छन् । जनता मावि दग्नाम र सती प्राबि दरवाङलाई कम्प्युटर र ईन्टरनेट जडान तथा फर्नीचर खरिदका लागि प्रवासीले सहयोग गरेका हुन् । जनता माविलाई खाडी मुलुक बहराईनमा रहेका नेपालीहरुले २ लाख रुपैया उपलब्ध गराएका छन भने सती प्राबिलाई बेलायतबाट १ लाख १९ हजार रुपैया सहयोग प्राप्त भएको हो । दग्नाम बैदेशिक सहयोग समितिको पहलमा विद्यालयमा कम्प्युटर र फर्नीचर खदिरका लागि २ लाख रुपैया सहयोग प्राप्त भएको दग्नाम मिडियो कमिटिका अध्यक्ष धनिलाल गर्बुजाले जानकारी दिए । यसैगरी दुखु स्थायी घर भई हाल बेलायतमा बस्दै आएका व्यक्तिहरुले विद्यालयमा सुचना प्रविधिको पहुँच पु¥याउन एक थान कम्प्युटर, इन्टरनेट जडान, प्रोजेक्टर, फोटोकपी र प्रिन्टर मेसिन गरी १ लाख १९ हजार रुपैया बरावरको सहयोग गरेको विद्यालयका शिक्षक राम पौडेलले बताए । हालै सम्पन्न विद्यालयको बार्षिक उत्सवको अवसरमा बेलायतमा बस्दै आएका सहयोगदाताहरुले सती प्राबिको शैक्षिक गुणस्तर सुधारको लागी थप १

पीयू पूर्व उपकुलपतिसहित ६ जना अख्तियारको नियन्त्रणमा

काठमाडौं,  जेठ १३  । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपतिसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निलम्वनमा परेका पूर्व उपकुलपति डा. महेश्वरमान श्रेष्ठ, पूर्व रजिष्ट्रार डा. निरोज पाण्डे, पूर्व परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा पूर्व प्रविधि संकायका सह-डिन राजेश कुमार झा रहेका छन् ।  कला, शिक्षा र कानून संकायका पूर्व डिन शम्भु प्रसाद कोइराला भने फरार रहेका अख्तियारले जनाएको छ । उनीहरूले शैक्षिक सत्र २०७०र०७१ मा आवेदन शुल्क तथा कार्यक्रम थप वापत लिनुपर्ने १ करोड ३२ लाख ७५ हजार र नयाँ सम्बन्धन बापत उठाउनुपर्ने २ करोड ९५ लाख ९५ हजार गरी जम्मा ४ करोड २८ लाख ७० हजार रकम नउठाई विश्वविद्यालयलाई हानि नोक्सानी पुर्याएको अख्तियारको दाबी छ । 

स्याङ्जा जिल्लाको निमा तहको सामाजिक विषय अन्तर्गतको अन्तिम नतिजा ।

खुलातर्फ १ नविन पौडेल २ पूर्खराज पौडेल ३ इवराज वाग्ले ४ सूर्यप्रसाद शर्मा ५ डाँसीनारायण पौडेल ६ युवराज थापा ७ पिताम्बर सिग्देल ८ रामचन्द्र भट्टराइ महिलातर्फ १ प्रतिभा लम्साल २ शारदा तिवारी जनजातितर्फ १ रिमबहादुर राना २ टीकाराम दर्लामी दलिततर्फ १ गिरबहादुर कार्की दर्जी

बाग्लुङ जिल्लाको निमावि गणित +विज्ञान विषयको नतिजा

जिल्लाः बाग्लुङ वि.नं. २१९१÷०६९–७० खुला पदसंख्या ः द्द अन्तर्वार्तामा उपस्थितसंख्या ःद्ध क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दज्ञढण्ण्ण्ज्ञण् यमप्रसाद सुवेदी पाराश्वर विष्णुदत्त छिस्ती ७, बाग्लुङ द्द छद्दद्दज्ञढण्ण्ण्ज्ञढ खगराज कडेल टिकाराम चन्द्रदत्त लेखानी २, बाग्लुङ बैकल्पिक योग्यताक्रम क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दज्ञढण्ण्ण्ण्ड तिलक पौडेल शिव नारायण पैयुँथन्थाप ४, बाग्लु«ङ वि.नं. २१९५÷०६९–७० आदिवासी÷जनजाती पदसंख्या ः ज्ञ अन्तर्वार्तामा उपस्थितसंख्या ः घ क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दज्ञढण्ण्ण्ण्द्ध टेकबहादुर पुन मनबहादुर दलबहादुर अमरभूमी ६, बाग्लुङ बैकल्पिक योग्यताक्रम क्र.सं. रो.नंं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छद्दद्दज्ञढण्ण्ण्ज्ञज्ञ किसुनदेव सिंंह रजन सिंह हरिद्धार सिंह मूर्तिया ८, सर्लाही करार योग्यताक्रम सूची क्र.सं. रो.नंं नाम, थर ज्ञ छद्दद्दज्ञढण्ण्ण्ण्ड तिलक पौडेल द्द छद्दद्दज्ञढण्ण्ण्ण्छ लेखनाथ शमा

पर्वत जिल्लाको निमावि गणित विज्ञान विषयको नतिजा

जिल्लाः पर्वत वि.नं. २१९१÷०६९–७० खुला सन्तोष देवकोटा  लुम्ले ५, कास्की प्रेम तिमिल्सिना  देउपुर ७, पर्वत शान्ति क्षेत्री शंकरपोखरी १, पर्वत सुरशेकुमार पौडेल  वाजुुङ १, पर्वत लेखनाथ रेग्मी  लेखफाँट ३, पर्वत गोविन्द ढकाल  नारायणथान ९, बाग्लुङ गिता शर्मा  पैयूूथन्थाप ४, बाग्लुङ बैकल्पिक योग्यताक्रम सुर्य गिरी  जैदी १, बाग्लुङ व.नं. २१९२÷०६९–७० महिला देवीकुमारी के.सी.  कालिका ३, कास्की मिना भुजेल  धिताल ८, कास्की बैकल्पिक योग्यताक्रम देवका पराजुली ठूलिपोखरी ६, पर्वत वि.नं. २१९५÷०६९–७० आदिवासी÷जनजाती जितेन्द्र चौधरी  फुलकहाँकट्टी ६, सिरहा वि.नं. २१९६÷०६९–७० मधेशी शिवपुजन यादव  वेतकुईयाँ १, रुपन्देही बैकल्पिक योग्यताक्रम विरेन्द्रप्रसाद मण्डल  १ नं.े जोगिनिया ९, सप्तरी वि.नं. २१९७÷०६९–७० दलित  मदनकुमार चुनार  ठाकुरद्धारा ६, बर्दिया करार योग्यताक्रम सूची सुर्य गिरी ऋषिराम लम्साल नवराज पौडेल लक्ष्मण गौतम

कविता

पर्वत जिल्लाको निमावि तहको सामाजिक विषयको नतिजा आज प्रकाशित

खुला तर्फ  १)मेख बहादुर खत्री  २)सिद्दार्थ कुमार त्रिपाठी  ३)सनिसरा थापा  महिला तर्फ लता शर्मा वैकल्पिक डिल कुमारी सुवेदी जनजाति तर्फ कमला थापा वैकल्पिक गोविन्द गुरुङ

निम्नमाध्यमिक तहको विभिन्न विषयको मध्यपश्चिम तथा पश्चिमाञ्चलको अन्तिम नतिजा प्रकाशित

२०७१/०२/१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको गणित+ विज्ञान विषयको मुस्ताङ, पर्वत, वाग्लुङ र कास्की जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०२/१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको सामाजिक विषयको म्याग्दी, वाग्लुङ, पर्वत, गोरखा, लमजुङ, कास्की, तनहुँ र स्याङ्गजा जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/२ /१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको गणित विषयको कास्की, स्याङजा, मुस्ताङ र म्याग्दी, जाजरकोट जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०२/१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको अंग्रेजी विषयको गोरखा, मनाङ, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०२/१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको सामाजिक विषयको सुर्खेत जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०२/१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्

विद्यालय बन्द नगर्न आग्रह

चितवन,  जेठ १२ गते । जिल्ला शिक्षा कार्यालय चितवनले विभिन्न बहानामा विद्यालय बन्द नगर्न आग्रह गरेको छ ।  नयाँ शैक्षिकसत्र सुरु भएको केही समय मात्र भए पनि केही विद्यालयले गर्मी बिदा दिएको भन्ने जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न सबै विद्यालयलाई आग्रह गरिएको छ । भरतपुर नगर क्षेत्रका सामुदायिक विद्यालयहरूले गर्मी बढेपछि आइतबारदेखि यो हप्ताका लागि विद्यालय बन्द गरेका छन् ।   शिक्षा नियमावलीको २०५९ को दफा ८५ अनुसार विद्यालयहरू नेपाल सरकारले तोकेको शनिबारको बिदा, चाडपर्व बिदा, सार्वजनिक बिदा र ४५ दिन वर्ष वा हिउँदे बिदामा मात्र विद्यालय बन्द गर्न पाइने व्यवस्था रहेको छ । त्यसै दफाको उपदफा ४ मा विद्यालय व्यवस्थापन समितिको निर्णयले वर्षभरिमा बढीमा पाँच दिन मात्र स्थानीय बिदा गर्न पाइने व्यवस्था गरेको छ । तर केही विद्यालयहरूले शैक्षिकसत्र भर्खर सुरु भएको र पठनपाठन सुरु हँुदै गर्दाको अवस्थामा गर्मी बिदा भनेर विद्यालय बन्द गरेको जानकारी आएकाले विद्यालयहरू बन्द नगरिदिन र विद्यालय नियमित सञ्चालन गराउन जिल्ला शिÔा अधिकारी रमाकान्त शर्माले विज्ञप्ति जारी गरी अनुरोध गर्नुभएको छ ।   साथै अ

सफलताका लागि पुस्तकालय

बाबुराम दाहाल, ‘पुस्तकालय भनेको जीवनलाई आफूले चाहेको दिशातर्फ परिवर्तन गर्ने स्थान पो रहेछ, यो कुरा ४० वर्षअघि मात्र थाहा पाएको भए म नेपालको परिचित व्यक्ति बन्ने रहेछु । ’ लाजिम्पाटको खुर्सानीटारमा बस्दै आएका ६० वर्षे नारायण ढुंगाना भन्छन्,– ‘‘उमेर होउन्जेल अहिले खाएपछि भरे के खाने भन्ने चिन्ताले अन्यत्र ध्यान दिन सकिएन, अब त उमेरले छाड्दै गयो, काम गर्न सकिंदैन ।  सामान्य अक्षर चिनेको हुनाले समय बिताउने एउटा राम्रो स्थान पाएको छु । ’’ उनी प्रत्येक दिन पुस्तकालय आउँछन् र आफूलाई मन लागेका कुरा पढेर बस्छन् ।  भन्छन्, ‘अहिले त एक दिन पुस्तकालय आउन सकिएन भने अलिनो खाना खाएको दिनजस्तै हुन्छ । ’  हो, वास्तवमा पुस्तकालयलाई ज्ञानको भण्डार, सरस्वतीको घर, सफल जीवनको आधार, बुद्धिको केन्द्र, विश्वविद्यालयको मुटु, विचार जन्माउने स्थान, शान्तिक्षेत्र आदि थुप्रै वाक्यले पुकारिने गरिन्छ ।  सबै वर्ग, पेशा जात–जाति आदिका लागि आवश्यक ज्ञान एवं सूचना संकलन केन्द्र हो, पुस्तकालय ।  सभ्य, शिक्षित एवं सफल व्यक्ति, समाज अनि सम्पन्न राष्ट्र निर्माणमा महŒवपूर्ण भूमिका रहेको हुन्छ, पुस्तकालयको ।   विश्