Skip to main content

Posts

Showing posts from December, 2018

अन्तर्वार्ता तयारी

शिक्षक सेवा आयोगको अन्तर्वार्ता तयारी के गर्ने, के नगर्ने ?     अनन्तकुमार पौड्याल अन्तर्वार्ता भनेको उम्मेदवार छनोट गर्ने प्रक्रियालाई थप वैधता दिने अभिप्रायले विशेष रूपमा आयोजित औपचारिक कुराकानी हो । लिखित परीक्षाले मात्र उम्मेदवारको व्यक्तित्व र सक्षमताका विभिन्न पक्षहरूलाई प्रकाश पार्न नसक्ने भएकाले अन्तर्वार्ता लिइन्छ । अन्तर्वार्तालाई रोजगारदाता तथा रोजगारीका लागि आवेदन गर्ने व्यक्तिबीच हुने दोहोरो सञ्चार पनि भनिन्छ । अन्तर्वार्तामा बढी असंरचित ढाँचा प्रयोग गरिने भए तापनि असंरचित ढाँचाभन्दा संरचित ढाँचाको अन्तर्वार्ता नै बढी वैध र प्रभावकारी हुन्छ । अन्तर्वार्ताको उद्देश्य १. उम्मेदवारको विचारधारा बुझने २. सेवा सम्बन्धमा उम्मेदवारको भित्री आशय बुझने ३. उम्मेदवारबारे प्रत्यक्ष रूपमा बढी जानकारी प्राप्त गर्ने ४. उम्मेदवारको ज्ञान, धारणा, अनुभव, दक्षता आदिको जाँच गर्ने ५. छनोट गर्ने आधारलाई मजबुत बनाउने । अन्तर्वार्ताका ढाँचा १. एक व्यक्तिले अर्को एक व्यक्तिसित लिने अन्तर्वार्ता २. एक व्यक्तिले धेरै व्यक्तिसित लिने अन्तर्वार्ता ३. धेरै व्यक्तिले एक व्यक्तिसित लिने अन्त