Skip to main content

Posts

Showing posts with the label बिचार

निबन्ध: घनघस्याको उकालो काट्ता

 घनघस्याको उकालो काट्ता-  तारानाथ शर्मा भोलिपल्ट ती भरियाहरु डडेल्धुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दाखोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए , तर त्यतिन्जेलमा दिउँसोको बाह्र बजिसकेको थियो । घरले विभागका कर्मचारीले भोलि मात्रै जानोस् ,  आज मरे पनि डडेल्धुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी बाह्र बजे पाटनबाट हिँड्यौं । ठीक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौं । अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौं । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो । यही थियो कुख्यात घनघस्याको विकट उकालो । मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ । तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छु ,  तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । तर ,  म विवश थिएँ ,  मैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दु...

सामाजिक शिक्षा

आज हाम्रो देश नेपालमा सामाजिक शिक्षा विषयको पढाइ चुनौतीको विषय बनेको छ । यसको एकमात्र कारण यसमा समावेश गरिएका विभिन्न विषयवस्तुहरू हुन् । कक्षा १ देखि ३ सम्म यसमा आफू, आफ्नो परिवार तथा छरछिमेक, हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रो क्रियाकलाप पढाइन्छ भने कक्षा ४ र ५ मा स्थानीय विषयवस्तुलाई समावेश गरिएको छ र कक्षा ६ देखि ८ सम्म हामी र हाम्रो समाज, जनसङ्ख्या शिक्षा, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग लाई पाठ्यक्रममा समावेश गरिएको छ । यसैगरी कक्षा ९ र १० मा हामी हाम्रो समुदाय र राष्ट्र, विकासका पूर्वाधारहरू ,  हाम्रो पृथ्वी अन्तर्गत नेपाल र विश्वको भूगोल, हाम्रो विगत अन्तर्गत नेपाल र विश्वका घटनाक्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत शान्ति र सहयोग विषयलाई समावेश गरिएको छ ।     यी विषयवस्तुहरू पढाउनका लागि विज्ञानजस्तै प्रश्नोत्तर विधि, प्रदर्शन विधि, समस्या समाधान विधि, अवलोकन विधि, छलफल विधि, खोज विधि ,  अभिनय विधि, परियोजना विधि, कथा वाचन विधि, घटना अध्ययन विधि निर्धारि...

स्कुल गभर्नेन्समा बाधक केन्द्रीकृत मानसिकता

स्कुल गभर्नेन्समा बाधक केन्द्रीकृत मानसिकता डा. मनप्रसाद वाग्ले  जेठ २, २०७६ गभर्नेन्सका बारेमा  कुनै पनि संस्था चाहे ठूलो होस् वा सानो, यदि त्यसले आफूभन्दा माथिल्लो निकायमा कम मात्र भर परी आफ्ना समस्याको समाधान आफ्नै बलबुतामा गर्ने प्रयत्न गर्छ । आफ्नो दैनन्दिनी प्रशासन चुस्त राख्न सक्छ भने त्यो नै सफलताको संकेत हो र कर्मचारीतन्त्रका अनेकन संस्था, संगठन वा झन्झटिलो प्रक्रियाले समयको नास अवस्यम्भावी छ भने अर्कोतिर जसको लागि जसले निर्णय गर्नु पर्ने हो ।त्यो हुन नपाएर आफ्नो भाग्य अरुकै निर्णयमा भर पर्ने परम्पराबाट सबैखाले संस्था मुक्त हुनु जरुरी छ । त्यसैले कुनै पनि संस्था कर्मचारीतन्त्रमा भन्दा यौटा परिवशेमा रहन पाउनुपर्छ भन्ने कुरामा विज्ञ विश्वास गर्छन् । कुनै पनि संस्थाको विकासलम्बीय सम्बन्धभन्दा समतलीय सम्बन्धमामा बढी फस्टाउँछ र त्यसको प्रशासन अन्तर–संस्था सम्बन्ध बढी सुदृढ पार्न सकिन्छ भन्ने अवधारणा नै गभर्नेन्सको मूल मर्म हो । अझ भन्नु पर्दा आफ्नो काम गर्ने स्वायत्ताको उपभोग र त्यससँग गाँसिएको उत्तरदायित्वको पालनाको अक्षरसः पालना गर्ने पद्धतिले मात्र संस्...

स्कूल : पिंजडा होइन गुंड

आजभन्दा ५० वर्ष अघि कुनै देवदूतले आएर मलाई जापानका शिक्षकहरूको भेलामा शिक्षाबारे आफ्ना विचार प्रस्तुत गर्न भनेको भए म झ्स्कन्थें होला । यस्तो कुरा त मैले सपनामा पनि सो...