Skip to main content

Posts

Showing posts from April, 2015

उत्कृष्ठ शिक्षकको खोजी (५० हजार पुरस्कारको घोषणा)

काठमाडौं ११ बैशाख / पीपी प्रसाई फाउण्डेशनले नमुना शिक्षण सिकाईबाट सामुदायिक विद्यालय सुधार गर्ने उत्कष्ठ शिक्षकको खोजी गरेको छ।फाउण्डेशनले चौथो राष्ट्रिय पीपी प्रसाई  उत्कृष्ठ शिक्षक पुरस्कारको आव्हान गरेको हो ।   फाउण्डेशनले चौथो राष्ट्रिय पीपी प्रसाई  उत्कृष्ठ शिक्षक पुरस्कारको आव्हान गरेको हो ।   शिक्षा क्षेत्रमा विशिष्ट योगदान  पर्‍याउने  सामुदायिक विद्यालयका शिक्षकलाई (प्रजापति) पी.पी प्रसाईं पुरस्कार हरेक वर्ष प्रदान गरिन्छ । एक जना उत्कृष्ट राष्ट्रिय शिक्षकलाई ५० हजार, पाच विकास क्षेत्रबाट एक एक जना गरी पाच जनालाई उत्कृष्ट शिक्षकलाई जनही २५ हजारका दरले पुरस्कार र विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरिन्छ ।  गत वर्ष उत्कष्ठ राष्ट्रिय शिक्षक पुरस्कार जनप्रेम उच्च माध्यमिक विद्यालय, बाग्लुङमा कार्यरत शिक्षक नईन्द्र बहादुर गुरुङलाई प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट शिक्षक पुरस्कार द्रोण बहादुर श्रेष्ठ (पुर्वाञ्चल), बासु प्रसाद सुवेदी (मध्यमाञ्चल), केशर बहादुर थापा (पश्चिमाञ्चल), गेहन्द्र प्रसाद दाहाल (मध्यपश्चिमाञ्चल) र तिलक राज कलौनी (सुदर पश्चिमाञ्चल)

पहिले नियत सुधारौं, अनी सुध्रन्छ शिक्षा

- बद्रीबहादुर पाठक /  नयाँ वर्ष २०७२ आगमनसंगै नयाँ शैक्षिक सत्र शुरु भएको छ । शुभकामनाका सकारात्मक सन्देशहरु एक आपसमा लिनेदिने क्रमसंगै आशाबादी भएर सबै क्षेत्रमा सुधारको अपेक्षा गरिएको छ त्यससंगै शिक्षाक्षेत्र विशेषगरी शैक्षिक सत्रको शुरुदेखि नै विगतमा रहेको समस्या नदोहोरियोस, पठनपाठन नियमित होस, बन्द हडताल शिक्षामा बेहोर्नु नपरोस,नतिजा सुधार होस, शिक्षक तथा कर्मचारीका समस्याहरु सम्बोधन होस  र अपजसको भारी फेरी पनि शिक्षाकर्मीहरुको टाउकोमा नपरोस भनी कामना गर्ने धेरै नै छन् । के शुभकामना दिने लिने औपचारिकता मात्रले हाम्रा यी समस्याहरु समाधान हुने स्थिति छ त ।  शिक्षा क्षेत्र सबैको चासोको क्षेत्र हो । औपचारिक वा अनौपचारिक कुनै न कुनै रुपबाट आज प्रत्येक नेपालीको घरसंग शिक्षा प्रत्यक्ष जोडिएको छ । शिक्षा क्षेत्रको यही व्यापकताले गर्दा नै अन्य क्षेत्र भन्दा शिक्षामा धेरै मानिसहरुले सरोकार राखेका छन् र गुनासा समेत गरेका छन् । आफ्नो देशको शिक्षा राम्रो होस, प्रतिष्पर्धी बनोस, रोजगारमूलक होस भन्नु वा चाहना राख्नु अन्यथा होइन त्यो त आम नागरिकको अधिकारै भयो  । समग्र शिक्षा प्रणाली राम्रो वा

११ र १२ कक्षाको परीक्षा केन्द्र फेरबदल हुने

काठमाडौं ११ वैशाख / उच्च माध्यमिक शिक्षा परिषद् काठमाडौंले यसअघि निर्धारण गरेको परीक्षा केन्द्र फेरबदल गर्ने भएको छ । परीषद्ले काठमाडौं जिल्ला परीक्षा समन्वय समितिसंग समन्वय गरी नया केन्द्र निर्धारण गर्न सहमति जनाएको छ ।  बिहीबार शिक्षा मन्त्रालयका प्रतिनिधि, परीक्षा समिति र उच्च माध्यमिक शिक्षा परिषद्का पदाधिकारी बीच भएको बार्तामा परिषद् पदाधिकारीहरु नया केन्द्र निर्धारण गर्न सहमत भएका हुन् । यसवर्ष कक्षा ११ को जेठ १ देखि र १२ कक्षाको वैशाख २० देखि परीक्षा हुदैछ । 

शिक्षक विज्ञापनमा संशोधन

काठमाडौं ९ वैशाख  / शिक्षक सेवा आयोगले खोलेको विज्ञापनमा थपघट हुँदा ६५ पद थपिएको छ । माध्यमिक तर्फ ५२ र निमावि तर्फ १३ पद थप भएको छ । अब, चैत २४ गते भएको विज्ञापनमा यो संख्या थपिने छ । शिक्षा विभागले गरेको संशोधन पछि उक्त पद थपिएको हो । कतिपय विषयमा घटेको भएपनि कूल संख्यामा पद थप भएको छ । संशोधित पद अनुसार पूर्वाञ्चलको माध्यामिक तर्फ गणित र विज्ञानमा यस अघि ९१ पदका लागि विज्ञापन गरिएकोमा अव १ सय १३ पद कायम भएको छ । यस्तै मध्यमाञ्चलमा अंग्रजी, विज्ञान, सामाजिक र संस्कृत साहत्यिमा यस अघि भएको १ सय ८९ पदमा अब १ सय ९६ कायम भएको छ ।  यस्तै मध्य पश्चिमाञ्चलमा गणित र विज्ञानमा गरी ३६ पद भएकोमा अब ५२ पद कायम भएको छ । उल्लेखित स्थान र विषयमा यस अघि ३ सय ६२ पद भएकोमा अव बढेर ४ सय १४ पद पुगेको छ । यस्तै, निमावि तर्फ पूर्वाञ्चलमा नेपाली, अंग्रेजी, गणित/विज्ञान, विज्ञान र सामाजिकमा यस अघि भएको १ सय ११ पदमा अब १ सय १५ पद कायम भएको छ । यस्तै मध्यमाञ्चलतर्फ नेपाली अंग्रेजी, गणित/विज्ञान र सामाजिकमा यस अघि भएको २ सय ८२ पदमा २ सय ९० पद कायम भएके छ । सुदुर पश्चिमाञ्चालमा गणित/विज्ञानमा य

अध्यापन अनुमतिपत्रको दरखास्त खुल्यो, तालिम नचाहिने विषय निर्धारण

काठमाडौँ । शिक्षक सेवा आयोगले स्थायी अध्यापन अनुमतिपत्रका लागि विज्ञापन आह्वान गरेको छ ।  आयोगले माध्यमिक तहका लागि अनुमतिपत्रका लागि विज्ञापन आह्वान गरेको हो । देशका सबै क्षेत्रीय शिक्षा निर्देशनालयमा दरखास्त दिन सकिने र दरखास्त वैशाख ७ देखि २७ गतेसम्म दिनसकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिर्नेहरुका लागि जेठ ३ गतेसम्म म्याद दिइएको छ । आयोगले आगामी असार १३ गते परीक्षा लिने जनाएको छ । शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको हुनपर्ने, स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा माध्यमिक तहको १० महिने तालिम दिएको हुनुपर्ने भनिएको छ । अंग्रेजी, गणित, विज्ञान, कम्प्युटर, व्यवस्थापन संकाय, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र पशुपालन वा बाली विज्ञान विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएकाहरुलाई तालिम नभए पनि आवेदन दिन सकिने आयोगको सूचनामा छ । आवेदनका लागि सात सय रुपियाँ तोकिएको छ भने लिखित परीक्षा उत्तीर्ण गरे पुग्ने हुन्छ । 

लक्षित समुदायसम्म पुग्न सकेन छात्रवृत्ति

काठमाडौँ, २५ चैत । पाल्पास्थित एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुमन परियारले  ५०० दलित छात्रवृत्ति पाउनुपर्नेमा ३०० मात्र पाए । दलित समुदायका विद्यार्थीलाई पाठ्यपुस्तक, भर्ना र परीक्षा शुल्क नलाग्ने भनिए पनि उनले तिर्दै आएको छ । ‘दलित समुदायका लागि हरेक विद्यालयमा निःशुल्क गरिएको छ भनिन्छ, तर स्कुलले मलाई सबै शुल्क लिने गरेको छ, पाउनुपर्ने छात्रवृत्ति पनि पूरा दिँदैनन्’–परियारले भने । उनका अनुसार दलित समुदायको नाममा आएको छात्रवृत्ति गैरदलित विद्यार्थीले समेत पाउने गरेका छन् । सुमन अध्ययन गर्ने विद्यालयले मात्र होइन् । देशैभरि रहेका अन्य विद्यालयले समेत दलित समुदायका लागि छुट्याएको छात्रवृत्ति विद्यालयको अन्य कामका लागि खर्च गर्ने गरेको दलित समुदायको गुनासो छ । सभासद् तथा दलित अधिकारकर्मी कमला विश्वकर्माले दलित समुदायका लागि भनिएको छात्रवृत्तिबाट कतिपय विद्यालयले कटौती गरेर कर्मचारीलाई तलब खुवाउने गरेका छन्, त्योबारेमा सम्बन्धित निकायले अनुगमन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने बताए । दलित समुदायको शैक्षिक विकास गर्ने उद्देश्यले २०४६ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिक

हाम्रो शिक्षा : गोरुलाई नून खुवाउने पाराको

खगेन्द्र संग्रौला  / म बाबु या अभिभावक हुँ । मेरा छोरी र छोरा छन् । म शिक्षक हुँ अथवा शिक्षक थिएँ । अहिले शरच्चन्द्र जीले लेख्नु भएको 'हामी आमाबाबु' पुस्तक र यस्ता पुस्तकहरुको ऐनामा म कस्तो बाबु थिएँ भनेर हेर्दा या शिक्षकको रुपमा विद्यार्थीहरुसंग कस्तो ब्यवहार गरे भनेर हेर्दा म आफूंलाई धेरै लायक पाउँदिन । धेरै नालायकहरु मध्ये म अलिकति लायक थिएँ हुँला तर, म खासै लायक थिईन । बाबुको रुपमा आफ्नो भूमिका बारे म एउटा दृष्टान्त प्रस्तुत गर्छु । मेरो छोरोको सानै देखि त्यसको स्वभाव रुचि अरु बालबालिकाको भन्दा फरक थियो । त्यो लेफ्ट हेण्डेड थियो अथवा त्यो लेखनमा वामपन्थि । म चाँही शिक्षक भएको हुनाले बायोलोजिकल्लि कोही लेफ्ट हेण्डेड किन हुन्छन् मलाई थाह थियो । मेरी श्रीमतीले उसको देब्रे हातको लेखन प्रति ठूलो आपत्ति जनाईन् । मेरो श्रीमती र मेरो विचमा ठूलो विवाद भयो । दोश्रो मेरो छोरो मितभाषि वा अल्पभाषि थियो, अत्यन्त कम बोल्ने, पढाईमा पटक्कै ध्यान नदिने । परीक्षामा संधै राम्रो गर्ने । मेरो श्रीमतीको पनि मेरो पनि संधै चिन्ता के थियो भने – यो लठ्ठक हुन्छ र यसले गरीखाँदैन । यो आमाबाबुको लागि

निमावि र माविको शिक्षकको दरर्खास्त दिन चाहिने योग्यता

शिक्षक सेवा   आयोगले  अंग्रेजी, गणित, विज्ञान, लेखा, सिभिल इञ्जिनियरिङ्ग, इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, बाली विज्ञान वा पशुपालन, कम्प्यूटर विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले स्थायी अध्यापन अनुमतिपत्र प्राप्त  गरेको भए तालिम नभएपनि उम्मेदवार बन्न सक्ने व्यवस्था गरेको छ । सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनुभन्दा कम्तिमा सात दिन अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा आफनो  प्रमाण साथ निवेदन दिनुपर्ने हुन्छ । त्यस्तै समावेशी पदमा समेत उम्मेदवार बन्ने व्यक्तिहरुले दरखास्त फारामको पहिलो पेजमा उल्लेख भएका विभिन्न समूहमध्ये कुन कुन समूहमा उम्मेदवार बन्ने हो सो कुरा स्पष्ट रुपमा खुलाउनु पर्ने हुन्छ । स्थायी कार्यरत शिक्षकको हकमा उमेरको हद राखिएको छैन ।  (क) माध्यमिक तहका लागि १. सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम प्राप्त गरेको ।   २. सामाजिक अध्ययन विषयको हकमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम प्राप्त गरेको ।   ३. स्वास्थ्य जनसंख्या तथा बातावरण विषयमा उम्मेदव

सहमतिविरुद्ध आयोगले विज्ञापन खोलेकोमा शिक्षक महासंघको आपत्ति

काठमाडौं, २४ चैत्र । शिक्षा मन्त्रालयले शिक्षक संघ–संगठनहरुसँग गरेको सहमति विपरित शिक्षा सेवा आयोगले विज्ञापन खोलेको भन्दै आपत्ति प्रकट गरेकोछ । महासंघले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै शिक्षा सेवा आयोगले चैत्र २३ गते खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षक पदपूर्तिको लागि गरिएको विज्ञापनको विरोध गरेको हो । महासंघले यो विज्ञापनले नेपाल सरकारले २०६३ वैशाख १० गते पछि शिक्षण पेशामा प्रवेश गरेका अस्थायी शिक्षकहरुको व्यवस्थापनको बारेमा सरकार र शिक्षक समुदायबीच २०७१ साल पुष १० गते भएको सहमतिको एकतर्फी उल्लंघन गरेको जनाएको छ । महासंघका अध्यक्ष केशव निरौला र महासचिव तिलक कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०६३ वैशाख १० देखि यताको रिक्त अस्थायी दरबन्दीमा विज्ञापन गर्दा कुल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशतमा खुल्ला परीक्षा गर्न शिक्षा ऐनमा आवश्यक संशोधन गरी आयोगद्वारा विज्ञापन गर्ने निर्णयको स्मरण गरिएको छ । त्यसै गरी २०६६ साल कार्तिक ११ गते भएको १४ बुँदे सहमति र २०६८ साल चैत्र २ गते भएको सहमति अनुसार २०५९ पौष २० गते भन्दा अघि नियुक्ति भएका शिक्षकहरुलाई सोह

शिक्षक आयोगमा दर्खास्त दिने परीक्षा हुने स्थान (विवरण सहित)

काठमाडौं २४ चैत/ शिक्षक सेवा आयोगले मंगलबार ३ हजार २ सय शिक्षकको विज्ञापन गरेको छ । यसवर्षदेखि क्षेत्रीय रुपमा दरर्खास्त दिनु पर्ने हुन्छ । विगतमा जुन जिल्लामा जागिरको आवेदन दिएको हो ? त्यही परीक्ष हुन्थ्यो । तर, यसपाली अलि फरक छ । आफू कुन जिल्लामा जागिरको लागि आवेदन दिने भन्ने नभई क्षेत्रीय तहमा आवेदन दिनुपर्ने हुन्छ । जस्तो बिगतमा काठमाडौंमा अंग्रेजी बिषयका लागि आवेदन दिदा परीक्षा उतिर्ण भएपछि त्यही जिल्लाको विद्यालय रोज्न पाइन्थ्यो । यसपाली एउटा क्षेत्रमा कुन बिषयको शिक्षकको लागि आवेदन दिने हो ? त्यही अनुसार छनौट हुन्छ । नयॉ व्यवस्थाले आवेदन दिन चाहनेहरु अन्यौलमा परेको हुन सक्छ । आवेदन कहॉ दिने ? परीक्षा कहा हुन्छ ? सम्पूर्ण विवरण :  दरखास्त दिने स्थान र परीक्षमा सम्मिलित हुने जिल्ला पूर्वाञ्चलका लागि १. त्रियुगा उमावि उदयपुर  परीक्षमा सम्मिलित हुने जिल्ला–उदयपुर २. शैक्षिक तालिम केन्द्र (आदर्श उमावि) मोरङ ३. त्रिवेणी उमावि धनकुटा परीक्षामा सम्मिलित हुने जिल्ला–उदयपुर ४. शैक्षिक तालिम केन्द्र (आदर्श मावि) इलाम  परीक्षामा सम्मिलित हुने जिल्ला– इलाम मध्यमाञ्चलक

शिक्षक सेवा आयोग खुल्यो (आयोगको विज्ञापनसहित)

भक्तपुर २३ चैत  / शिक्षक सेवा आयोगले ३ हजार २ सय ४९ पदका लागि विज्ञापन खोलेको छ । एक महिना फर्म भर्ने म्याद कायम गरि विज्ञापन खोलिएको शिक्षा मन्त्रालयका सहसचिव तथा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले  जानकारी दिए । असारको ११ गते माध्यमिक र १२ गते निम्न माध्यमिकको परीक्षा हुने छ । बैशाख २३ गते सम्म फर्म भर्ने म्याद कायम गरिएको छ । उक्त अवधिमा फर्म भर्न नसक्नेले दोब्बर दस्तुर तिरेर थप एक हप्ता सम्म फर्म भर्न सक्ने छन् । 'शिक्षक नियुक्ति गर्ने आयोगको काम अन्र्तगत हामीले प्रकृया शुरु गरेका हौं,' उनले भने, 'आयोगले आफ्नो काम प्रकृयागत रुपमा सम्पन्न गर्ने छ ।' शिक्षा विभागले २०६३ बैशाख ११ गते यता माध्यमिक र निम्न माध्यमिक विद्यालयमा रिक्त शिक्षकको बिवरण उपलब्ध गराएसँगै आयोगले विज्ञापन खोलेको हो । उक्त विवरण पाएसंगै आयोगले तत्काल विज्ञापन गर्ने बताएको थियो  एक हप्ता पछि शिक्षक सेवा आयोग खुल्ने  विभागले केही दिन अघि मात्रै देशभर रिक्त शिक्षक दरबन्दी बिवरण उपलब्ध गराएको थियो । जस अनुसार माध्यमिकमा १ हजार ३ सय ८५ र निम्न माध्यमिकमा १ हजार ८ सय ६४ पद रिक्त छन् ।