Skip to main content

Posts

Showing posts from November, 2015

शिक्षक बढुवाका लागि आवेदन माग

काठमाडौं । शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कन र परीक्षाका आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, रौतहट, बारा र हुम्लामा बढुवाका लागि आवेदन माग गरिएको छैन । ती जिल्लामा भने मंसिर १५ गतेभित्र जिशिकाले आयोगलाई विवरण उपलब्ध गराएपछिमात्र आवेदन आह्वान गर्ने र अन्य जिल्लाकै विज्ञापनमा समावेश गरिने जनाइएको छ । आयोगले शैक्षिक सत्र २०६७, २०६८, २०६९, २०७० र २०७१ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशका ६६ जिल्लामा प्राथमिक द्वितीय, प्राथमिक प्रथम, निम्न माध्यमिक द्वितीय, निम्न माध्यमिक प्रथम, माध्यमिक द्वितीय र माध्यमिक प्रथमका लागि विज्ञापन आह्वान गरेको छ । कासमूका आधारमा ७५ प्रतिशत र आन्तरिक परीक्षा (लिखित र अन्तर्वार्ता)का आधारमा २५ प्रतिशत बढुवा गर्ने जनाइएको छ । गत २०७१ चैत मसान्तसम्ममा सम्भाव्य उम्मेदवार बनेकाहरुले आवेदन दिनसक्ने जनाइएको छ । अन्तरिक प्रतियोगितात्मक परीक्षा आगामी फागुन १६ गते आइतबार दिउँसो १ बजे सञ्चालन हुने जनाइएको छ । आयोगले प्राथमिक द्वितीयमा सबैभन्दा बढी झापामा ३३ पदमा विज्ञापन गरिएको छ । दरखास्तका

मेरा आफ्नै केही गजल , मुक्तक र कविताहरु

1. "फूल , म र निलो आकाश' फूल जस्तै सुन्दर मान्छे बन्न सकिएन   किन यस्तो हुदो रैछ भन्न सकिएन । मौसमी पो हुँदो रैछ राम्रो फूल पनि कति फुले कति झरे गन्न सकिएन । माथितिर निलो आकाश टोलाएर हेर्छु किन छोप्छ बादलुले जान्न सकिएन । कति थिए चाहना , इच्छा अनि अभिलाषा जिन्दगीको बाटो अझै खंन्न सकिएन । 2072 -07-18 2 दुई दुई जोड्दाखेरी चार नभएपछि नियम कानून बनाउनुको सार नभएपछि । नाच्न थाल्छन सांढेहरु उन्मत्त भै वरिपरि वल्लो पल्लो छुट्टाउने बार नभएपछि । 3  नेता बर्गीय हित गर्छु भन्थ्यो ,   परि आए मर्छु भंथ्यो । गाउ अनि देशको बिकाश ,   गर्न अघि सर्छु भन्थ्यो । अज्ञानतालाई हटाउंदै , ज्ञानको ज्योति छर्छु भंथ्यो । दुखिहरुको मुहारमा , लाली किरण भर्छू भंथ्यो । कहॉ गयो थाहा छैन , गायब भयो गाउ बाट । कति खोजें भेटिएन , उहि पूरानो नाउ बाट । आज भोलि सुनेको छु , शहरतिर बस्या छ रे । दुस्मनसँगै साइनो गांसि , सिंह दरबार पस्या छ रे । रूप फेरेछ