Skip to main content

Posts

Showing posts from June, 2020

गजल

गजल  असारे यो झरीसँगै रुझ्नुको मज्जा बेग्लै । प्रकृतिका रुप सँगै जुध्नुको मज्जा बेग्लै ।। यता म भिझ्दा उता उन्लाई जाडो भयो रे । सुटुक्क त्यो इशारा बुझ्नुको मज्जा बेग्लै ।। धाउनु छैन बर माग्दै मठ अनि मन्दिरहरु । दिलको देउता भनि पुज्नुको मज्जा बेग्लै ।। ख्याल ख्यालमै ठाक्कठुक्क पर्न थालेपछि । घुर्क्याउंदै माइततिर कुद्नुको मज्जा बेग्लै ।। सुख दुःख, हाँसो खुशी पीर व्यथा सँगालेर । आखिरीमा गन्तव्यमा पुग्नुको मज्जा बेग्लै ।। २०७४/०३/१४

PHENOMENOLOGY[संवृत्तिशास्त्र] PART-1 | HUSSERL PHILOSOPHY || CONTEMPORA...

गजल

गजल  टेको लाको बूकुरो त्यो ढल्ने हो कि सानु । अभावले चिसो चुलो नबल्ने हो कि सानु ।। दिन रात दुःख गरी पसिना हाम्ले बगाकै हो । हाम्रो खेतमा उसकै बाली फल्ने हो कि सानु ।। विभेदका पर्खालहरू भत्काई दिन्छु भन्थ्यो । फेरि पनि उसले हाम्लाई छल्ने हो कि सानु ।। आश्वासनको भर पर्दा जीवन अन्धकार भो । अब हाम्ले आफ्नो सोच बदल्ने हो कि सानु ।। आऊ सँगै अँध्यारोमा एउटा द्वीप जलाउँदै । अब हामी आफ्नै सुरले चल्ने हो कि सानु ।। २०७७/०३/०२/६:३३am

२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा

२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा जेष्ठ २८, २०७७  २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । मन्त्रिपरिषद्को बैठक अहिले पनि जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज विहानदेखि नै यस बारेमा बैठक थियो । बैठकले सो परीक्षा सञ्चालन नगर्ने र सोही व्यवस्थाका लागि निर्णयार्थ मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । मन्त्रालय सूत्रका अनुसार विद्यालयले नै गर्ने मूल्याङ्कनलाई मान्यता दिइनेछ । विद्यालयहरुले एसईईभन्दा अगाडि सेन्टअपका नामले तयारी परीक्षा लिइसकेका छन् । मन्त्रालय सूत्रका अनुसार विद्यालयले गरेको मूल्याङ्कनलाई आधार मानेर एसईईको प्रमाणपत्र जारी गर्न मापदण्ड बनाइनेछ । त्यसलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ । कक्षा ११ र १२ का हकमा मन्त्रालयले पछि निर्णय गर्ने जनाइएको छ । सूत्रका अनुसार कक्षा ११ को परीक्षा नलिने सोचमा मन्त्रालय पुगेको छ भने कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरिनेछ

गजल

सायद अबको बाटो !!! हजुरको यश कृति सारा दुनियाभर छाएको छ । हरेक अंग प्रत्यंग बाट मीठो सुबास आएको छ ।। तपाईं कै प्रशंसा मा नाचिरहेछन् डाँफे मयूरहरु । चिरबिर गर्ने चरीले नि हजुर कै गीत गाएको छ ।। चाहिँदैन अरु कुनै चौरासी व्यञ्जनका परिकार । हजुरको मीठो वचनले भोको नि अघाएको छ ।। कहीँ  कतै छैन अन्धकार जताततै झलमल छ । हजुरकै कृपाले क्षितिजमा घामजुन उदाएको छ ।। केही पट मूर्खहरुले निस्बस्त्र पनि भन्न सक्छन् । अहो! महाराज हजुरलाई गज्जब सुहाएको छ ।। २०७७/०२/२८/०३:०९pm