Skip to main content

Posts

Showing posts from April, 2017

प्रतिबद्धता

ने.क.पा.माओवादी (केन्द्र) नार्गाजुन न.पा.वडा नं. ४ को चुनावी प्रतिवद्धता पत्र । वडाबासी दाजुभाइ तथा दिदीबहिनी, आमाबुबा, युवा वर्ग तथा भद्रभलाद्मी वर्ग हामी प्रति देखाउनु भएको विश्वासलाई उच्च सम्मान र आत्मसाथ गर्दै यस वडाको विकास र प्रगतिको लागि कठिबद्ध भइ अहोरात्र लागि पर्ने प्रतिवद्धता व्यक्त गर्न चाहनछौ । यस वडाको प्रगति, उन्तति, समृद्धी तथा विकासका हाम्रो प्रतिवद्धतालाई साकार–सफल बनाउनको लागि वडा वासीको साथ आवश्यक पर्ने भएकोले आगामी बैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा ने.क.पा.माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हतौडामा अमुल्य मतदान गरी हाम्रा युवा उमेद्वारहरुलाई अत्यधिक बहुमतले विजयी गराउन विशेस अनुरोध गर्दछौ । ‘‘विकासको काममा नगरौ वाहना, हामी सबै युवाको एउटै चाहाना” ने.क.पा.माओवादी (केन्द्र) नार्गाजुन न.पा.वडा नं. ४ को चुनावी प्रतिवद्धता पत्र । १) शिक्षाका लागि कार्यक्रम क) एक मात्र सामुदायिक विद्यालय सितापाईला उ.मा.वि.को स्तर उन्नती तथा–भौतिक संरचना वृद्धी गर्ने । ख) संपुर्ण प्राईभेट विद्यालयको शुल्कमा एक रुपता ल्याईने । ग) सामुदायिक तथा प्राईभेट विद्यालयमा गरिव तथा