Skip to main content

Posts

Showing posts with the label अन्तराष्ट्रिय

तपाईंका बच्चा पनि गणितमा कमजोर छन् र !

एजेन्सी । सामान्यतः धेरै बालबालिकाहरु गणितदेखि डराउँछन् । उनीहरुलाई हिसाब भनेपछि तनाव नै हुन्छ । यसर्थ, हिसाब भनेपछि टाढै हुने प्रचलन हुन्छ, जसले परीक्षाको नजिता सधैं गडबड ! तर तनाव नलिनुहोस्, गणितदेखि डराउने बालबालिकाका अविभावक तथा शिक्षकशिक्षिकाहरु लागि यहाँ शुभ समाचार छ । शोधकर्ताहरुका अनुसार शारीरिक फिटनेस भएका बच्चालाई गणित सम्झन सजिलो हुन्छ । उनीहरुका अनुसार व्यायाम गर्ने बच्चा गणितमा राम्रो गर्न सक्दछन् । अनुसन्धानको क्रममा ९ देखि १० वर्षका बच्चाहरु यदि शारीरिक रुपमा स्वास्थ्य छन् भने, उनीहरुको गणित अरुको भन्दा राम्रो हुन्छ । यस्ता बच्चाहरुमा ‘ग्रे म्याटर’ पातलो हुन्छ । ‘ग्रे म्याटर’को पातलोपनाको सिधै सम्बन्ध तर्कशक्ति र सोच्ने क्षमतासँग हुन्छ । उनीहरुले भनेका छन्, पहिलो पटक हामी यो जान्न सफल भएका छौं कि व्यायाम, शारीरिक तन्दुरुस्तताको सम्बन्ध गणितसँग हुन्छ । एजेन्सी - 

विद्यालय परीक्षामा नक्कल नियन्त्रण गर्न ‘ड्रोन’

बेइजिङ, २५ जेठ । चीनमा निकै महत्वपूर्ण ठानिएको कलेज प्रवेश परीक्षामा नक्कल नियन्त्रण गर्न अधिकारीहरूले छवटा पङ्खा भएको ‘ड्रोन’ उपयोग गरेका छन् । चीनको मध्यभागमा रहेको हेनान प्रान्तको लुयाङ नगरका दुई परीक्षा केन्द्रमा वार्षिक रूपमा लिइने यस परीक्षामा विद्यार्थीले कक्षा हलमा गैरकानुनी रूपमा लगेका उपकरणमा असमान्य सङ्केत आएको पत्ता लगाउन ड्रोन उपयोग गरिएको छ । आइतबार सञ्चालन भएको पहिलो दिनको परीक्षामा यस प्रकारको कुनै सङ्केत फेला नपरेको हेनान प्रान्तको नयाँ वेबसाइटमा उल्लेख गरिएको छ । यस्ता ड्रोनको लागत लाखौँ युआन पर्छ र यसलाई खोल्दा एउटा ग्यास स्टेसन जस्तो देखिन्छ । उक्त जानकारी लुयाङको रेडियो सुपरिवेक्षण तथा नियमन केन्द्रका लान झिगाङले दिएका हुन् । उनले अग्ला भवनले ढाकेको यस क्षेत्रमा जमिनमा रहेका यन्त्रबाट दिइने सङ्केत फेला पार्न कठिनाइ भएको तर ड्रोनलाई ५०० मिटरमाथि उडाउँदा यस प्रकारका सङ्केत सजिलै पत्ता लगाउन सकिने बताए । चीनमा विद्यालय शिक्षा पूरा गरेका सबै विद्यार्थीले विश्वविद्यालय प्रवेश गर्न यस्तो परीक्षा उत्तीर्ण गर्नैपर्छ । आइतबार आरम्भ भएको परीक्षामा ९० लाख विद्यार्थी सहभ...

आफ्नो गाउँमा स्कुल बनाउँछु:मलाला

एजेन्सी  ओस्लो, मंसिर । नोवेल शान्ति पुरस्कार विजेता पाकिस्तानी १७ वर्षिया बालिका मलाला यूसुफजईले आफ्नो गाउँमा उच्च शिक्षाका लागि विद्यालय नभएको गुनासो गर्दै गाउँका हरेक बालबालिकालाई पढ्नका लागि माध्यामिक तहको स्कुल स्थापन गर्ने चाहना रहेको बताएकी छिन।  नर्बेको ओस्लोमा भएको विशेष समारोहमा शान्ति पुरस्कार ग्रहरण पछि सम्बोधन गर्दै उनले विश्वका स्कुल बाहिर रहेका हरेक बालबालिकाहरुलाई शिक्षाको पहुँचमा लैजानु आफ्नो कर्तव्य भएको बताईन् । घण्टौ लामो सम्बोधनमा उनले बालबालिकालाई बन्दुक दिन सजिलो हुने तर पुस्तक दिन गाह्रो हुने तर्क गरिन् । महिला शिक्षा र नोबेल पुरस्कारबाट प्राप्त भएको रकम पाकिस्तानको स्वात र शांगलाहिल क्षेत्रमा विद्यालयकै लागि खर्च गर्ने मलालाको भनाई छ । आफ्ना हजुबुवाले समेत आफुलाई विश्व सामु चिनिन पाठ सिकाएको उनले सम्झिइन् ।     मलाला र भारतका बालअधिकारवादी अभियन्ता कैलाश सत्यार्थीले संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार ग्रहण गरेका छन् । नर्बेको ओस्लोमा भएको विशेष समारोहमा नेर्वेका नरेश हाराल्ड पञ्चम समेत सहभागि थिए । १७ वर्षिया...

बेलायतका ३८ कलेजले लाइसेन्स गुमाए, नेपालीसहित हजारौं विद्यार्थी प्रभावित हुने

लन्डन, आश्विन ४ - बेलायत सरकारले उसकै शब्दमा अध्यागमन नियमको परिधी नाघ्ने बेलायतस्थित ३८ कलेजको लाइसेन्स खारेज गरिदिएको छ । गत २४ जुनमा बेलायती अध्यागमन मन्त्री जेम्स ब्रोकेनसायरले अंग्रेजी परीक्षाको नक्कली प्रमाणपत्र (टोइक) लिएर क्यास जारी गरेको अभियोगमा एक विश्वविद्यालयसहित ५७ निजी कलेज निलम्वन गरिएको घोषणा संसदबाटै गरेका थिए । निलम्बित मध्ये ३८ निजी कलेजले लाइसेन्स गुमाएको शुक्रवार १९ सेप्टेम्बर मध्यान्ह जारी सूचनामा उल्लेख छ । लाइसेन्स गुमाउने कलेजमा अल्फा मेरिडियन कलेज, एपीएस कम्प्युटर सोलुसन्स् लि, बर्मिङहम इन्सटिच्युट अफ एजुकेशन ट्रेनिङ एण्ड टेक्नोलोजी, ब्राडफोर्ड कलेज अफ म्यानेजमेन्ट (स्वविवेकले परित्याग), ब्राडफोर्ड मेटोपोलिटन कलेज, ब्रिस्टोल कलेज अफ एकाउन्टेन्सी, ब्रिटेन कलेज, सेन्ट्रल कलेज लन्डन, सेन्ट्रल क्रानब्रुक कलेज, सिटिजन २००० एजुकेशन इन्सटिच्युट, कलेज अफ एड्भान्सड स्टडिज, कलेज अफ इष्ट लन्डन, कलेज अफ एक्सिलेन्स् लि., इन्स्फोर्ड कलेज, इसेक्स् कलेज लि., ह्यामरस्मिथ म्यानेजमेन्ट कलेज, क्याथरिन एण्ड किंग्स् कलेज अफ लन्डन, किन्नर्ड कलेज, लिट लोन लि., लन्डन एकेडेम...

विद्यालयमै छुरी धसेर तीन बालबालिकको हत्या, पाँच गम्भीर घाइते -

१६ भदौ, बेइजिङ : प्राथमिक तहका बालबालिकालाई अध्ययन गराइरहेको एक विद्यालयमै प्रवेश गरी एकजना चिनियाँ युवकले छुरी धसेर तीन बालबालिकाको ज्यान लिएको छ। उसले सो विद्यालयमा प्रवेश गरी अध्ययनरत बालबालिकालाई छुरी धसेको थियो । उसले आठजनालाई तारो बनाएको थियो भने ती मध्ये तीन जनाको ज्यान गएको छ ।बाँकी पाँच बालबालिका गम्भीर रुपमा घाइते भएका छन् । चेन उपनाम गरेको सो व्यक्ति बालबालिकालाई यसरी हमला गरेपछि आफूले पनि एक अग्लो घरबाट हामफालेर आत्महत्या गरेको बताइएको छ । चीनको मध्य प्रदेश हुबेइको सियानस्थित विद्यालयमा सो हत्याकाण्ड भएको हो । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तीनजना बालबालिका घटनास्थलमै मारिएका छन् ।सो हत्यापछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सो हत्याराले आफूले उक्त विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न नपाएको कारण विद्यालयमै प्रवेश गरी त्यहाँ अध्ययनरत बालबालिकाको हत्या गरेको पाइएको उल्लेख छ । तर सो क्षेत्रको एक स्थानीय टेलिभिजन सियानले दिएको जानकारी अनुसार सो विद्यालयमा तीनभन्दा बढी बालबालिका मारिएको बताएको छ । उक्त टेलिभिजनको ट्वीटर अकाउन्टमा दिइएको सो समाचारमा ...

पिटेर तह लाग्दैनन् बालबालिका

बालबालिकालाई लाइनमा ल्याउन प्रायः अभिभावक तिनलाई कुटपिट गर्ने गर्छन् । तर, चड्कन चिउरा खुवाउँदैमा बालबालिका सुध्रिदैनन्। तिनलाई हकारपकार गरेको वा झापडसापड लगाएको दस मिनेटभित्रै फेरि उपद्रो सुरु गरिहाल्छन् । बालबालिकालाई जति पिट्यो वा थर्कार्यो, तिनीहरूमा आक्रामकता झन् बढ्छ । झन् उग्र हुन्छन् तिनीहरू । 'जर्नल अफ फयामिली साइकलोजी' मा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार, विश्वको कुनै पनि यस्तो ठाउँ छैन जहाँ आफ्ना सन्तानलाई नकुट्ने आमाबुवा हुन् । तर महत्त्वपूर्ण तथ्य के हो भने, यस्तो कुरा अभिभावकले जति स्विकार गर्छन् त्यसभन्दा बढी कुटपिट गर्ने गरेका छन् । अध्ययन अन्तर्गत ३३ भिन्दाभिन्दै परिवारमा भ्वाइस रेकर्डर लगाइएको थियो । यी घरहरूको ६ दिनसम्म निगरानी गरेपछि अनुसन्धानकर्ताले पाए कि भिन्दाभिन्दै समयमा एउटा बच्चालाई ४१ पटक कुटियो भने ७५ प्रतिशत बालबालिका कुटाइ खाएको १० मिनेटमै पुनः बदमासी सुरु गर्छन् । अनुसन्धान अनुसार अध्ययन परिणामले ती परिवारहरूलाई समेत आश्चर्य चकित पारे किनभने आमाबुवालाई थाहै थिएन कि नजानीकन नै उनीहरू आफ्ना सन्तानलाई कतिपटक कुटिरहेका छन् । अध्ययनको दाबी अ...

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कडाइ

काठमाडौं,  चैत २१ गते ।  । अस्ट्रेलियली सरकारबाट भिसामा कडाइ भएपछि विश्वविद्यालयहरुले नेपाली विद्यार्थीको भर्ना प्रक्रिया खारेज गर्न थालेका छन् । केही विश्वविद्यालयहरुले एजेन्टहरुलाई इमेल लेखि नेपाली विद्यार्थी भर्ना रोकिएको जानकारी गराइसकेका छन्।  आफूलाई प्राप्त एक इमेलमा यही अप्रील ७ तारेखसम्म विद्यार्थी भिसाका लागि पेस आवेदन फिर्ता लिन आग्रह गरिएको छ। यसो गर्दा कलेजलाई तिरेको सबै आवेदन शुल्क फिर्ता हुने उल्लेख छ। आवेदनका क्रममा नेपालमा बस्ने अधिकांश आर्थिक कागजात नक्कली भन्दै अस्ट्रेलियाले भिसामा कडाइ गर्न थालेको जानकारहरुले बताए। यसले आवेदन गरिसकेकालाई प्रभावित तुल्याउने नै भयो। अब नेपालीहरु अध्ययनका लागि यहाँ आनुपात निकै घट्ने अनुमान गरिएको छ। नेपाली विद्यार्थीलाई उत्प्रेरित गर्ने अस्ट्रेलियाली सरकारले मार्च २०१२ मा'स्ट्रिमलाईन भिसा प्रोसेसिङ' सुरु गरेको थियो।

छोरालाई अक्षर चिनाउन बाबुको कठोर संर्घष, डोकोमा बोकेर दिनहुँ १८ माइल यात्रा

सामान्यतयाः आमाको मन कोमल र बाबुको मन अलिक कठोर हुन्छ भन्ने बिश्वास छ । तर, एक चिनियाँ बाबुले जे गरिरहेका छन, त्यो देख्नु वा सुन्नुभयो भने तपाईले भन्नुहुनेछ-यी बाबु साँच्चै दिलदार रहेछन् । शिचुवान प्रान्तका ४० वर्षका यू झुकाङका छोरा अपाङ्ग छन् । तर, पनि छोरो शिक्षाको ज्योतिबाट बञ्चित नहोस भनेर उनले दैनिक कठोर संर्घष गरिरहेका छन छोरालाई स्कूल पुर्‍याउन । झुकाङ छोरालाई स्कुल ल्याउन-लैजान मात्र दैनिक १८ माइल हिड्छन् । १२ बर्षका छोरालाई डोकोमा बोकेर उनी सरकारी स्कूल पुर्‍याउँछन् र साँझ फेरि बोकेर घर ल्याउँछन् । घर पायकमा भएका स्कुलले अपाङ्ग छोरालाई पढाउन अस्वीकार गरेपछि उनले टाढाको सरकारी स्कुलमा भर्ना गर्नुपर्‍यो । केटाकेटी ल्याउन लैजान यो स्कूलसित बस छैन । सार्वजनिक बसमा उपयुक्त व्यवस्था नभएकाले आफैंले बोकेर लैजाने गरेको भन्दै उनले भने- मेरो छोरा शारीरिक अपाङ्ग छ । तर, उनको दिमागमा कुनै समस्या छैन । नजिका कुनै पनि स्कूलले उनलाई भर्ना लिन मानेनन् ।’ यी १२ बषिर्य किशोर सिओले आमाको माया नपाएको ९ वर्ष भइसक्यो । उनी ३ वर्षको हुँदा बाबुले आमाबाट छुट्याएर लालन पालन गर्दै आएका छन् ...

यसवर्ष चिकित्साशास्त्रको नोबेल पुरस्कार ३ जनालाई

असोज २१ – यस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार ३ जना वैज्ञानिकले संयुक्त रुपमा पाएका छन् । कोष भित्र रहने भ्याकुओलले कसरी आवश्यक पदार्थहरु सम्बन्धित ठाउँमा पुर्‍याउँछ भन्ने कुरा पत्ता लगाएबापत उनीहरुलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको हो । पुरस्कार पाउनेमा २ अमेरिकी नागरिक जेम्स रोथमन र र्‍यान्डी चेकम्यान रहेका छन् भने अर्का जर्मन नागरिक थोमस सुड्होफ रहेका छन् । उनीहरुले कोषमा हुने तरल पदार्थले भरिएको भ्याकुओलले शरीरमा आवश्यक पर्ने पदार्थहरु जहाजले जस्तै निश्चित ठाउँमा ओसार्ने कुरा पत्ता लगाएका थिए । यस अध्ययनले मस्तिष्कले कसरी सूचना आदान प्रदान गर्छ, कसरी हर्मोनहरु उत्पादन हुन्छ र रोग प्रतिरोधात्मक प्रणालीले कसरी काम गर्छ भन्ने विषयका बारेमा पनि महत्वपूर्ण जानकारी समेटेको छ । पुरस्कार वितरण समितिका अनुसार यस अध्ययनले शरीरमा कुनै पनि पदार्थ आवश्यक भएको निर्देशन पाए लगत्तै कसरी कोषभित्र तथा बाहिर समयमै ती कुराहरु पुग्छन् भन्ने थाहा पाउन सकिने बताएको छ । मधुमेह तथा मष्तिस्कमा आउने विभिन्न समस्या समाधानका लागि यो अध्ययन फलदायी हुनेछ ।   -

बालबालिकाको शिक्षाको लागि ‘यार्ड सेल’

विजय थापा भर्जिनिया ,असोज ७-अमेरिका नेपाल महिला संघ ,बृहत वाशिंगटन डिसीको आयोजनामा म्यारिल्याण्डको एक बिद्यालयको आगनमा नेपालमा रहेका दलित ,गरिब तथा असहाय बालबालिकाहरुको शिक्षाको लागि यार्ड सेल (आँगन बिक्रि ) को आयोजना गरिएको छ । बर्षको दुई पटक यार्ड सेल गर्ने गरेको जानकारी संस्थाकी अधक्ष्य बिष्णु कुमारी थापाले दिईन भने पुर्व अधक्ष्य माधवी कार्कीले जे जति बिक्रि भए पनि यो पैसाले नेपालका बाल बालिकाहरुको शिक्षाको लागी गरिएको हो भनिन । यसै गरि अन्य समितिका सदश्यहरुले पनि आफु संग रहेको सामग्री जुटाई प्रयोग गरेका मात्र नभै प्रयोग मै नआएका नया सामग्रीहरु पनि निम्न दरमा बिक्रि गरि आएको सानो रकमले शिक्षाको उज्यालोबाट बालबालिका बन्चित नहुन् र आफुले गर्न सक्ने समाज सेवा यहि हो भन्दै कार्यक्रममा आफु सहभागी हुन् पाउदा हर्ष लागेको बताएका छन् । बेच बिखनका लागि वस्त्र ,बाल बालिकाहरुका लागि सामग्री तथा बिभिन्न प्रकारका बिबिध सामग्री राखिएको थियो । समाज सेवा ठुलो धर्म हो भन्दै अमेरिका नेपाल महिला संघको यो परियोजनालाई निरन्तरता दिने जानकारी गराईएको छ । उक्त आँगन बिक्रि कार्यक्रम बिहान ८ बजे देखि दिउसो ...

नेपाल र कोरियाका शिक्षा मन्त्रीबिच वार्ता

सोल, भाद्र २६ - शिक्षा मन्त्री माधवप्रसाद पौडेल र दक्षिण कोरियाका शिक्षा मन्त्री स नाम सुबीच नेपालको शिक्षा विकासका सन्दर्भमा दुई पक्षीय वार्ता सम्पन्न भएको छ । कोरियाको शिक्षा मन्त्रलयमा बुधबार भएको दुई पक्षीय बार्तामा दक्षिण कोरियाले नेपालको विकासमा हालसम्म गरेको सहयोगको आभार व्यक्त गर्द मन्त्री पौडेलले दक्षिण कोरियाको सहयोगमा बुटवलमा सञ्चालित पोलिटेक्निक इन्स्टिच्यूट जस्तै नेपालको अन्य चार विकास क्षेत्रमा पनि पोलिटेक्निक इन्स्टिच्यूट सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । शिक्षा तथा सूचना प्रविधिको बिकास र प्रयोगमा दक्षिण कोरियाले गरेको प्रगतिको प्रशंसा गर्दै मन्त्री पौडेलले यी क्षेत्रमा समेत दक्षिण कोरियाबाट नेपालले सहयोगको अपेक्षा गरेको कुरामा जोड दिएका थिए । भियतनाम, इण्डोनेशियामा जस्तै कोरिया र नेपालबिच पनि संयुक्त शिक्षा समिति गठनका लागि प्रस्ताव गरेका थिए । दक्षिण कोरियाका शिक्षा मन्त्री स नाम सुले पौडको प्रस्तावलाई सकारात्मक भएको उल्लेख गर्दै कार्यगत तहमा समिति गठन गरी अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए । मन्त्री नाम सुले दक्षिण कोरियामा पढ्ने नेपाली ...

विद्यालयमा बम विस्फोट, २ को मृत्यु, १७ घाइते

२४ भदौ, काठमाडौ । दक्षिणी चीनको स्वशासित क्षेत्र गुआङ्गस जुआङ्गमा एक विद्यालयनजिकै सोमबार भएको विस्फोटनमा दुई व्यक्तिको मृत्यु भएको छ यस विस्फोटनमा अन्य १७ व्यक्ति घाइते भएको प्रहरी स्रोतले जनाइएको छ । घाइते मध्ये १० जना विद्यालयका बालबालिका रहेका पनि समाचारमा उल्लेख छ ।

फोटो सुट गरेकै कारण विद्यालय व्यवस्थापन समितिले उनलाई जागिरवाट निकालिदिए

अमेरिका, २४ भदौ । अमेरिका जस्तो खुल्ला समाज भएको देशमा विकिनीमा फोटो सुट गर्दा जागिरबाट नै हात धुनु पर्यो भन्ने खबर सुन्दा तपाईलाई पत्यार नलाग्न पनि सक्छ । तर, फ्लोरिडाको मार्टिन काउन्टि हाई स्कुलकि शिक्षिका एवम् मोडेल ओली भिया स्प्रायरले विकीनिमा फोटो सुट गरेकै कारण विद्यालय व्यवस्थापन समितिले उनलाई जागिर निकालिदिएको छ । फोटो सुटकै कारण जागिर गुमेपछि अहिले स्प्रायर भने अहिले समाजसेवामा क्रियासिल बन्दै आएकी छन् । अंग्रेजीको राम्रो ज्ञान शलिन व्यवहार र सहज पढाउने शैलीका कारण विद्यार्थी बीच निकै लोकप्रिय रहे पनि कट्टर धार्मिक र सामाजिक सोचका कारण विद्यालयले उनलाई जागिरबाट निकालिदिएको हो । ओलिभाले आफूलाई अझै शिक्षिका पेशामै जीवन गुजारा गर्न मन लागेको बताएकी छन् । तर जागिरबाटै हात धुन बाध्य उनले मोडलिङलाई नै मुख्य पेशा बनाएर त्यसबाट प्राप्त भएको केही नाफा अंश समाजसेवामा खर्चने योजना बनाएको बताइएको छ । त्यसो त उनले आफूले मोडलिङ गरेको तस्विर बेचेर आएको केही रकमले अमेरिकाको आँधि पीडितलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

२५ हजार परीक्षार्थीमा सबै फेल

भदौ ११ – विश्वविद्यालय भर्नाका लागि लिइएको प्रवेश परीक्षामा सबै फेल भएको सुन्दा पत्याउन गाह्रो पर्ला । तर यस्तै भएको छ, अफ्रिकी मुलुक लाइबेरियाको सरकारी विश्वविद्यालय युनिभर्सिटी अफ लाइबेरियामा । नयाँ शैक्षिक सत्रका लागि लिइएको प्रवेश परीक्षामा झण्डै २५ हजार विद्यार्थी सहभागी भएका थिए, तर पास भने एक जना पनि भएनन् । परीक्षामा सहभागी भएका विद्यार्थीमा अँग्रेजीको आधारभूत ज्ञान र उच्च शिक्षा सम्बन्धि कुनै उत्साह समेत नभएको पाइएको विश्व विद्यालयका एक अधिकारीले बताएका छन् । विद्यार्थीहरुले भने परीक्षाको नतिजा अपत्यारिलो रहेको भन्दै यसले आफूहरुको सपना चकनाचुर रहेको बताएका छन् । लाइबेरियामा धेरैजसो विद्यालयमा आधारभूत शैक्षिक सामाग्रीको अभाव रहेको छ भने धेरैजसो शिक्षकहरु कम शैक्षिक योग्यता भएका छन् । तर एउटै परिक्षामा सहभागी सबै विद्यार्थी अनुत्तीर्ण भएको भने पहिलो पल्ट हो । जसका कारण आउँदो महिना सुरु हुने उच्च शिक्षाको पहिलो वर्षका लागि विद्यालयले एउटा पनि विद्यार्थी नपाउने भएको छ । लाइबेरियाका शिक्षा मन्त्री इत्मोनिया डेभिड तारपेहले एकै जना पनि विद्यार्थीले प्रवेश परीक्षा उत्तिर्ण ग...

हिन्दुले पढन थाले, अरवी र उर्दु

दैलेख, भदौ १ गते । बडलम्जी ५ कुराँहाको बस्तीका हिन्दु बालबालिकाले पनि अरबी र उर्दु भाषा पढन थालेका छन् । मदरसामा मुस्लिम समुदायले मातृभाषालाई महत्व दिई पढाउन थालेकाले त्यहाँ अध्ययनरत हिन्दुका ३०÷४० जना पनि पढन लागेका हुन् ।  मदरसा काँदरियो ओ मदिना प्राथमिक विद्यालयमा तीन वर्ष अघिदेखी अरवी र उर्दु भाषाको पढाई शुरु गरिएको थियो । तत्कालिन विद्यालयका प्रधानाध्यापक इब्राहीक मियाँले छिमेकी राष्ट भारतबाट शिक्षक झिकाई उर्दु र अरबी भाषा पढाउन शूरुवात गरेका थिए । मुस्लिम समुदायले पछिल्लो समयमा मातृभाषाई भुल्दै गएकाले पढाउन थालिएको मियाँले बताउनुभयो ।  मुस्लिम समुदायले उर्दू र अरबी बिर्सेपछि भारतको लौकाहीबाट तीन वर्षअघिदेखी मातृभाषा शिक्षक मुस्तफा खा“लाई बोलाएर अध्यापक सुरु गरिएको हो । मुस्लिम विद्यार्थीसगै मदरसामा अध्ययनरत हिन्दुधर्मालम्बी दलित र ठकुरी समुदायका विद्यार्थीहरुले समेत अरबी र उर्दु मातृभाषा पढ्ने गरेका छन् ।  मदरसा विद्यालयको दुई कोठे भवनका लागी आर्थिक वर्ष ०६८÷०६९ मा गाविस र जिविसले सात लाख सहयोग गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुधे मियाँले बताउनु...