Skip to main content

Posts

Showing posts with the label स्थानिय

विद्यार्थीलाई शैक्षिक सामाग्री बाडेर जन्मदिन मनाइयो

पर्वत, २०७२ माघ १४ । आफ्नो जन्मदिनलाई भोजभतेर गरेर मनाउने संस्कारको अन्त्य गर्दै पर्वतका एक युवाले आफ्नो जन्मदिनमा ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि बितरण गरे...

विविध कार्यक्रमका साथ जनता सुदर्शनको स्वर्ण महोत्सव सम्पन्न

पर्वत, ३० पुस  । पर्वतको ठूलीपोखरीमा रहेको जनता शुदर्शन उच्च माध्यामिक विद्यालय ५० वर्ष पुगेको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ...

दृष्टिविहिन विद्यार्थीलाई बोल्ने कम्प्यूटर सहयोग

पुस २०७२ । म्याग्दीको पिप्ले गाविसस्थित ज्ञानोदय माविको दृष्टिविहिन स्रोतकक्षामा अध्ययरत विद्यार्थीलाई हङकङबाट १ लाख १२ हजार मुल्यको बोल्ने कम्प्यूटर सहयोग गरेका...

जनता शुदर्शन उच्च माध्यमिक विद्यालयको स्वर्ण जयन्ती शुरु

पर्वत, २३ पौष २०७२ । जिल्लाको ठुलीपोखरीस्थीत जनताशुदर्शन उच्च माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह बिहिबारबाट शुरु भएको छ । २०२१ सालमा स्थापना भएको विद्यालयको ५...

छात्रालाई दुर्व्यवहार गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

गुल्मी- छात्रालाई दुर्व्यवहार गर्न खोजेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। आँपचौर–६ स्थित नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयका ४६ वर्षीय शिक्ष...

विद्यालय पुन निर्माणका लागि तिमिल्सिना परिवारद्धारा चालिस हजार प्रदान

भूमिराज शर्मा पर्वत, २२ जेठ संकटको बेला अरुको मुख ताक्नुभन्दा आफै अगाडि सरेर संकटको सामना गर्नुुपर्छ भन्ने सन्देश यहाँको एक तिमिल्सिना परिवारले दिएको छ । महाभुकम्पले आफ्नै घर चर्किएको भए पनि त्यो भन्दा बढी पीडा गाउँको स्कुल भत्किएकोमा आफूहरुलाई भएको भन्दै  बैशाख १२ गतेको महाभुकम्पले क्षतिग्रस्त भएको जिल्लाको देउपुर गाविसमा रहेको जननेत्र उमाविलाई उक्त परिवारले चालिस हजार एक सय एक रुपैया आर्थिक सहयोग गरेको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सो गाविसको वडा नं ६ निवासी आनन्द पाध्या तिमिल्सिनाको परिवारले उक्त रकम बराबरको चेक प्रदान गरेको हो । बिनासकारी महाभुकम्पले विद्यालयका दूई वटा भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त भएपछि पठनपाठनमा असहज अवस्था सिर्जना भएको देखेर पुननिर्माणको लागि सहयोग पुर्याउने उद्धेश्यले उक्त रकम प्रदान गरेको स्थानीय समाजसेवी एवं शिक्षापे्रमी आनन्द पाध्याले बताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सो परिवारका सदस्य एवं विद्यालयका भूतपूर्व विद्यार्थी यज्ञश्वर तिमिल्सिनाले क्षतिग्रस्त विद्यालय पुननिर्माणको लागि सबैले सक्दो सहयोग गर्नुपर्ने...

सेनाको अस्थायी कक्षाकोठा निर्माण अभियान

सन्तोष थापा  पर्वत, १८ जेठ  विनाशकारी भूकम्पले भत्काएका र क्षति पुगेका विद्यालयका लागि अस्थायी टहरा बनाउन जिल्लामा सेनाले अभियान चलाएको छ । पर्वतस्थित रणदल गुल्मले यस्तो अभियान थालेको हो । अहिलेसम्म पाँच विद्यालयका लागि टहरा निर्माण गरिसकेको गुल्मले जनाएको छ । जसमध्ये तिलाहार गाविसस्थित गिज्यानमाको तुलोदय माविको १३ कोठा बनेका छन् । त्यस्तै रानीपानी गाविसका चार विद्यालय पुनर्निर्माण भएको छ ।  भूकम्पले पर्वतका एक सय ३९ विद्यालयका एक सय ८६ कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भएका छन् । त्यस्तै एक सय ९२ आंशिक र दुई सय दुई सामान्य गरी ६ सय ४२ कक्षाकोठामा क्षति पुगेको जिल्ला दैवी प्रकोप उद्धार समिति पर्वतको तथ्यांकमा उल्लेख छ । विद्यालय पुनर्निर्माणका लागि सेनालाई विद्यालय र अभिभावकले समेत अनुरोध गर्ने गरेको गुल्मपति उज्ज्वल केसीले बताए । ‘विद्यालयका शिक्षक र अभिभावक आफैँ उपस्थित भएर पुनर्निर्माणमा सघाइदिन भन्दै निवेदन दिने गर्नुभएको छ,’ उनले भने, ‘कतिपय जिल्ला प्रशासन कार्यालय पर्वतमा आएका निवेदनलाई प्रमुख जिल्ला अधिकारीको अनुरोधमा पुनर्निर्माणमा लागेका छौँ ।’ पुनर्निर्माणक...

भूकम्पले पर्वतमा ६ सय ४२ कक्षाकोठा क्षतिग्रस्त

महेन्द्र केसी कुश्मा,जेठ ८ गते । बैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण पर्वतका विभिन्न विद्यालयका ६ सय ४२ कक्षाकोठा मा क्षति भएको छ । जिल्लामा उमावि, मावि, निमावि र प्...

भूकम्पले पर्वतमा ६ सय ४२ कक्षाकोठा क्षतिग्रस्त

महेन्द्र केसी कुश्मा,जेठ ८ गते । बैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण पर्वतका विभिन्न विद्यालयका ६ सय ४२ कक्षाकोठा मा क्षति भएको छ । जिल्लामा उमावि, मावि, निमावि र प्...

आज मिति २०७१ साल असार १४ गते शिक्षक सेवा आयोगद्धारा प्रकाशित नतिजाहरु

२०७१/०३/१४ ७५ प्रतिशत वढुवा अन्तर्गत पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमका जिल्लाहरुको नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको चितवन जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको मकवानपुर जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको रसुवा जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको काठमाडौं जिल्लाको करार योग्यता सूचीको नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहका काभ्रेपलाञ्चोक जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको सिन्धुली जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् ...

कुहुँका सबै बालबालिका शिक्षाको पहुँचमा

सन्तोष गौतम, म्याग्दी ,जेठ २३ । म्याग्दीको कुहुँ गाबिसका सबै विद्यालय उमेर समूहका बालबालिका शिक्षाको पहुँचमा रहेको घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीद्धारा सञ्चालित निशुल्क तथा आधारभुत शिक्षा सुनिश्चितता कार्यक्रम अन्तरगत शुक्रबार एक समारोहका बिच गाबिस भरका ५ देखि १३ वर्ष उमेर समूहका सबै बालबालिका शिक्षाको पहुँचमा रहेको घोषणा गरिएको हो । गाउँ शिक्षा समिति कुहुँले आयोजना गरेको कार्यक्रममा स्थानीय सरोकारवालाले आगामी दिनमा पनि सबै बालबालिकालाई विद्यालय भर्ना गरेर टिकाई राख्ने प्रतिवद्धता जनाउँदै घोषणा गरेका हुन् । घोषणाका लागि कुहुँ गाविसमा रहेका ९ वटा सामुदायीक विद्यालयले आफ्नो सेवा क्षेत्रका सबै बालबालिकालाई घरदैलो, भेटघाट लगायतको माध्यमबाट भर्ना गरेका थिए । यसैगरी भर्ना भएका सबै बालबालिकालाई विद्यालयमा टिकाई राख्न विपन्नलाई छात्रवृती, शैक्षिक सामाग्री, पोशाक लगायतका सुबिधा समेत उपलब्ध गराइएको छ । अभियानका क्रममा गाविसभर विद्यालय बाहिर रहेका १३ जना बालबालिका समेतलाई विद्यालय भर्ना गरेर शिक्षामा नियमित गराइएको छ । कार्यक्रममा बोल्दै म्याग्दीका जिल्ला शिक्षा अधिक...