Skip to main content

Posts

Showing posts from September, 2018

निबन्ध

विश्वमा आफ्नो अस्तित्वको पुरानो र लामो इतिहास बोक्ने राष्ट्रहरूमध्येको एक हो नेपाल । लगभग ५००० वर्ष पुरानो सामरिक इतिहास बोकेको र विश्वलाई नै कुनै समय कला र सभ्यताको पाठ सिकाएको राष्ट्रल नेपाल आज पनि विकासका सपनाहरू बुनेर समृद्धिको बाटो कुरेर बस्ना बाध्य छ । अथाह स्रोतसाधन हुँदाहुँदै पनि हाम्रो समृद्धिको सपना पूरा हुन सकेन जबकि विश्व समुदायमा हामीसँगै आधुनिक इतिहासमा प्रवेश गरेका कोरिया, सिंगापुर, मलेसिया, भारत जस्ता राष्ट्र समृद्धिका मामिलामा निकै अगाडि बढिसक्दा हामी समृद्ध राष्ट्र त परै जावस्, समाजका हरेक पक्षमा समस्याग्रस्त राष्ट्रका रूपमा खडा भएका छौं । सर्वमान्य राजनीतिक पद्दति र स्थिरता हामी नेपाली जनताले देखेकै छैनौ । दूरदर्शी र क्षमतावान नेतृत्व हामी नेपाली जनताको तिर्सनामा नै सीमित भएको छ । हाम्रो विकासका पूर्वाधार निर्माण, स्तरीय जीवनशैली, सुविधायुक्त गाउँबस्ती, स्वच्छ सफा सहर, स्तरीय शैक्षिक र स्वास्थ्य संस्थाका सपना त सपना मै सीमित भएका छन् । हाम्रा अनगिन्ती सम्भावनाहरू उपयोग हुन नसकेर थन्किएका छन् । संसारका अन्य देशको तुलनामा सभ्यताको यति लामो इतिहास बोक्दा बोक्दै पनि