Skip to main content

Posts

Showing posts from July, 2020

लागू औषध दुरव्यसन लेख

लागुऔषध दुव्र्यसन, आजको ज्वलन्त समस्या     भूमिराज शर्मा असार १२ अर्थात जुन २६ तारिखमा पर्ने लागु औषध व्यापार विरुद्धको दिवस विश्वभर मनाइयो । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले विविध कार्यक्रमहरुको आयोजना गरी साताव्यापी रुपमा यो दिवस मनाए । औपचारिक वा अनौपचारिक रुपमा जे जस्ता कार्यक्रमहरु मनाइएता पनि ती कार्यक्रहरु खासै प्रभावकारी बन्न सकेनन् । जति दिवस मनाइएता पनि न त लागु औषधको व्यापार घटेको छ न त यसका प्रयोग कर्ताहरु नै । बरु उल्टै दिनानुदिन लागु औषधको व्यापार फस्टाएको छ । यसका प्रयोग कर्ताहरु पनि दिन दुई गुना , रात चौगुना बढी रहेका छन् । कुनै पनि सभ्य समाजको लागि पक्कै पनि यो गतिलो संकेत होइन । यसले भोलिका दिनहरुमा के कस्तो परिणाम ल्याउला भन्ने तर्फ हामी सचेत बन्न सकेका छैनौ ।  हिजो आज हामीले विद्यालय एवं समाजमा लागुऔषध दुव्र्यसनीमा लागेका बालबालिकाहरु र त्यसले परिवार र समाजमा पारेका नकारात्मक प्रभावहरुका बारेमा पर्याप्त देखिरहेका र सुनिरहेका हुन्छौँ । दुव्र्यसनीले बालबालिका स्वयम्को विकासमा प्रभाव त पार्दछ नै यसले परिवार र समाजलाई पनि आहत बनाइरहेको हुन्छ । छोराछोरी लागुऔ

आत्म हत्या लेख

किन बढ्दैछ आत्महत्याको श्रृङ्खला ?    भूमिराज शर्मा              १. विषय प्रवेश ः  २०६८ सालको एसएलसी परीक्षाको नतीजाले आधा भन्दा बढी परीक्षार्थीहरुलाई निराश तुल्याइदियो । मन र मुटु दरो पार्न सक्नेहरुले त जेनतेन चित्त बुझाएर बसे । पुरकमा वा अर्को बर्षको एक्जाम्टेडमा पास गर्ने अथवा एसएलसी परीक्षा बाटै सन्यास लिने निर्णय गरे । त्यसो गर्न नसक्ने कमजोर मनहरु मध्येका आधा दर्जन भन्दा बढी असफल बिद्यार्थीहरुले भने आत्म हत्याको बाटो रोजे । त्यसमा पनि आत्महत्या गर्ने अधिकांश विद्यार्थीहरु छात्रा थिए । यस बर्षको एसएलसी कसैको लागि सुखद बन्यो त कसैका लागि पीडादायी बन्न पुग्यो । शैक्षिक असफलता त केवल आत्महत्याको एउटा कारण मात्र हो । बालबालिकाहरुले आत्महत्याकै बाटो रोज्नुका पछाडि धेरै कारणहरु छन् । ती कारणहरुको समयमै पहिचान गरी समाधानको बाटोमा अगाडि बढ्नु अहिलेको प्रमुख आवश्यकता बनिसकेको छ । २. के हो त आत्महत्या ? सामान्य भाषामा भन्नुपर्दा आफुलाई मुल्यहीन, सहारा विहिन ठान्दै एवं जीवन जिउने विकल्प नदेखि भावनात्मक आवेगमा आएर व्यक्ति स्वयंले आफ्नो जीवनको अन्त्य गर्नुलाई आत्म हत्याको रुपमा लिइन्छ । वयस्क