Skip to main content

Posts

Showing posts from January, 2014

बिदेशिएका अर्घाखाँचीवासी नेपालीले सुरू गरे गाउँगाउँमा शिक्षा अभियान

उमाकान्त पाण्डे गाउंले दुबर्इ । बिदेशमा काम गर्ने अर्घाखाँचीवासीहरूले गाउँ गाउँमा शिक्षा अभियान सुरु गरेका छन् । थोरै धन धेरै मन भएका युवाहरुको सकृयतामा अर्घाखाँचीका गाउँ घरमा रहेका बिद्यालयमा पुस्तकालय नभएका ठाउँमा स्थापना र भएको ठाउँमा ब्यबस्थापन गर्ने कार्यलाई उनीहरुले अघि बढाएका हुन् । बिभिन्न देशमा काम गर्ने युवाहरु सामाजिक सन्जालमार्फत एकजुट भएर रकम सकंलन् गरी यो अभियान चलाऊन लागेका हुन् । अभियानलाई अर्घाखाँची सन्धिखर्क छापडाँडाका राजु खड्का (हाल दुबइ)बाट संयोजनकारी भूमिका निभाइरहेका छन् । सुरुमा आफु एक्लैले सन्चालन गर्ने जमर्को गरेका खड्काको अभियानलाई अहिले बहराइन, कतार, इजरायल, साउदी, कुवेत, ओमान, चिली र स्पेनमा बस्ने अर्घाखाँची बासीले सहयोग गरेका छन् । त्यस्तै अमेरिका, अफ्रिका तथा अन्य मुलुकबाट पनि अर्घेलीहरुको उत्तिकै उत्साह जनक सहभागीता जनाएका छन् । आजको शिक्षा कक्षागत पुस्तकमा मात्रा रहदा उपयोगी नभई आधुनिक अतिरिक्त पुस्तकहरुका साथै ज्ञानमुलक माध्यमहरु र प्रबिधि मुलक माध्यम प्रयोग गर्दा शिक्षाको बिकासमा फाईदाजनक हुने र अबका पुस्तामा त्यस्तो समस्या नहोस् भन्नका लागि

बिदेशिएका अर्घाखाँचीवासी नेपालीले सुरू गरे गाउँगाउँमा शिक्षा अभियान

उमाकान्त पाण्डे गाउंले दुबर्इ । बिदेशमा काम गर्ने अर्घाखाँचीवासीहरूले गाउँ गाउँमा शिक्षा अभियान सुरु गरेका छन् । थोरै धन धेरै मन भएका युवाहरुको सकृयतामा अर्घाखाँचीका गाउँ घरमा रहेका बिद्यालयमा पुस्तकालय नभएका ठाउँमा स्थापना र भएको ठाउँमा ब्यबस्थापन गर्ने कार्यलाई उनीहरुले अघि बढाएका हुन् । बिभिन्न देशमा काम गर्ने युवाहरु सामाजिक सन्जालमार्फत एकजुट भएर रकम सकंलन् गरी यो अभियान चलाऊन लागेका हुन् । अभियानलाई अर्घाखाँची सन्धिखर्क छापडाँडाका राजु खड्का (हाल दुबइ)बाट संयोजनकारी भूमिका निभाइरहेका छन् । सुरुमा आफु एक्लैले सन्चालन गर्ने जमर्को गरेका खड्काको अभियानलाई अहिले बहराइन, कतार, इजरायल, साउदी, कुवेत, ओमान, चिली र स्पेनमा बस्ने अर्घाखाँची बासीले सहयोग गरेका छन् । त्यस्तै अमेरिका, अफ्रिका तथा अन्य मुलुकबाट पनि अर्घेलीहरुको उत्तिकै उत्साह जनक सहभागीता जनाएका छन् । आजको शिक्षा कक्षागत पुस्तकमा मात्रा रहदा उपयोगी नभई आधुनिक अतिरिक्त पुस्तकहरुका साथै ज्ञानमुलक माध्यमहरु र प्रबिधि मुलक माध्यम प्रयोग गर्दा शिक्षाको बिकासमा फाईदाजनक हुने र अबका पुस्तामा त्यस्तो समस्या नहोस् भन्नका लागि

बिदेशिएका अर्घाखाँचीवासी नेपालीले सुरू गरे गाउँगाउँमा शिक्षा अभियान

उमाकान्त पाण्डे गाउंले दुबर्इ । बिदेशमा काम गर्ने अर्घाखाँचीवासीहरूले गाउँ गाउँमा शिक्षा अभियान सुरु गरेका छन् । थोरै धन धेरै मन भएका युवाहरुको सकृयतामा अर्घाखाँचीका गाउँ घरमा रहेका बिद्यालयमा पुस्तकालय नभएका ठाउँमा स्थापना र भएको ठाउँमा ब्यबस्थापन गर्ने कार्यलाई उनीहरुले अघि बढाएका हुन् । बिभिन्न देशमा काम गर्ने युवाहरु सामाजिक सन्जालमार्फत एकजुट भएर रकम सकंलन् गरी यो अभियान चलाऊन लागेका हुन् । अभियानलाई अर्घाखाँची सन्धिखर्क छापडाँडाका राजु खड्का (हाल दुबइ)बाट संयोजनकारी भूमिका निभाइरहेका छन् । सुरुमा आफु एक्लैले सन्चालन गर्ने जमर्को गरेका खड्काको अभियानलाई अहिले बहराइन, कतार, इजरायल, साउदी, कुवेत, ओमान, चिली र स्पेनमा बस्ने अर्घाखाँची बासीले सहयोग गरेका छन् । त्यस्तै अमेरिका, अफ्रिका तथा अन्य मुलुकबाट पनि अर्घेलीहरुको उत्तिकै उत्साह जनक सहभागीता जनाएका छन् । आजको शिक्षा कक्षागत पुस्तकमा मात्रा रहदा उपयोगी नभई आधुनिक अतिरिक्त पुस्तकहरुका साथै ज्ञानमुलक माध्यमहरु र प्रबिधि मुलक माध्यम प्रयोग गर्दा शिक्षाको बिकासमा फाईदाजनक हुने र अबका पुस्तामा त्यस्तो समस्या नहोस् भन्नका लागि

कपिलवस्तुका शिक्षकमाथि अख्तियारको कारबाही

कपिलवस्तु, माघ १७ गते । कपिलवस्तुका १८१ जना शिक्षक जरिवानामा परेका छन् । उनीहरूले गत वर्षको भदौ मसान्तभित्र सम्पत्ति बिवरण नबुझाएकाले अख्तियारको छानबिनपछि कारबाही थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यरूपमा हरेक आर्थिक वर्षको भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ । विवरण बुझाउन हेलचेक्र्याइँ गरेका त्यस्ता शिक्षकलाई कारबाही गर्न मन्त्रालयले नामावली पठाएको शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले बताउनुभयो । अख्तियारले विवरण नबुझाउने शिक्षकको सूची तयार गरी शिक्षा मन्त्रालयलाई पठाएको थियो । त्यसै आधारमा मन्त्रालयले शिक्षा कार्यालयमा सो सूचीसहित कारबाहीको निर्देशन गरेको थियो । विवरण नबुझाएका प्रत्येक शिक्षकसँग पाँच हजारका दरले जरिबाना गर्न मन्त्रालयले निर्देशन गरेको छ । जिल्लामा ४२२ विद्यालयमा एक हजार २९५ दरबन्दीमध्ये ८५० स्थायी शिक्षक कार्यरत छन् । Source : http://www.gorkhapatraonline.com/राष्ट्रिय/10555

दर्लिङ्गको निमाविमा शिक्षक साली, प्रअ भेना : तलव, आधा लेना आधा देना ’

प्रेम सुनार, गुल्मी , माघ १७  । प्रधानध्यापक भेना भन्छन्–‘ मैले मात्रै त्यसो गर्न कहाँ सक्छु र ? उनी त मेरो आफ्नै साली हुन् । ’ अनि राहत शिक्षिका रहेकी साली भन्छिन –‘खै के भनुँ कुरा खोल्यो भने भेना रिसाउनु होला भन्ने डर नभनुँ भने यत्रो वर्ष सम्म पुरै तलव बुझेको होईन, मैले साईन मात्रै गर्छु तलव भने सधै आधा बुझ्छु ,त्यो पनि दशैं देखि यता त एक पैसा बुझेकी छैन् । ’ उता कतिपय छिमेकी यस्तो ब्यङ्ग्य गर्छन्–‘ च्यानडाँडा स्कुलमा साली भेना, तलव आधा लेना आधा देना ।’ यो ब्यङ्ग्य मात्रै होईन, गुल्मीको दर्लिङ्गस्थित एक विद्यालयको यथार्थ हो । च्यानडाँडा निम्न माध्यामिक विद्यालय दर्लिङ्ग ४ च्यानडाँडाका प्रधानध्यापक भरत केसीले २०६६ सालमा राहत शिक्षक कोटामा आफ्नै साली रमा घर्तीलाई नियुक्त गरेपछि अहिले ४ वर्ष सम्म उनको गरिवी र मजवुरीको फाईदा उठाउँदै श्रम शोषण गर्दै आएका छन् । तलव उनले निकासा गरेर ल्याउछन् र पुरै तलव वुझेको साली रमालाई साईन गराउँछन् अनि आधा तलव मात्रै दिन्छन् । आधा तलव अर्की वाल शिक्षामा रहेकी दिलमाया थापालाई खुवाउने गरेको उनको दावी छ । किन त्यसो गर्नु भो त ? यस सम्वन्धमा केसीले

नागरिकलाई उच्च शिक्षा निःशुल्क व्यवस्था गर्न सभासद पौडेलको आग्रह

बागलुङ, माघ १७ । नेपाली कांग्रेस बागलुङका सभापति तथा सभासद प्रकाश शर्मा पौडेलले बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस बागलुङको नवौँ अधिवेशन उद्.घाटन गर्दै हरेक नागरिकलाई उच्च शिक्षा निःशुल्क व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले नयाँ संविधानमा सवैको शिक्षाको अधिकार सुनिस्चितगर्न पहल गर्ने बताए । शिक्षा लिनकोलागि यहाँका विद्यार्थी विदेशिने क्रम रोकी नेपाललाईनै अन्तराष्ट्रिय शिक्षाको गन्तव्य बनाउन समेत पहल गर्नु पर्ने उनको भनाई थियो । व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि नवराज पौडेल, कांग्रेस पैयुँपाटाका सभापति नारायण शर्मा पौडेल, नेकपा एमालेका यज्ञ रखाल, एमाओवादीका टिकाराम पाठक, पृथ्वी उच्च माविका प्राचार्य इश्वरी प्रसाद ढकाल, क्याम्पसका संरक्षक चुडामणी शर्मा पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्तले बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । क्याम्पस व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनकोलागि अध्यक्षमा ६ जना र सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ ।

सरकारले सामुदायिक विद्यालयलाई कम्युटर प्रदान गर्ने

भक्तपुर, माघ १७ गते । सरकारले देशभरका सात हजार ३५९ माध्यमिक तहका सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान गर्ने भएको छ ।  कम्प्युटर शिक्षाको पहुँच बढाउन तथा विद्यार्थीको सिकाइमा सहजता ल्याउन माध्यमिक तहको सामुदायिक विद्यालयमा पाँचवटाका दरले कम्प्युटर दिने भएको शिक्षा विभागले जानकारी दिएको छ ।  यसका लागि सरकारले विनियोजन गरेको रु एक अर्ब सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत प्रतिविद्यालयले रु एक लाख ४० हजारका दरले पाउने गरी विद्यालयलाई पठाइसकेको विभागका महानिर्देशक लव अवस्थीले बताउनुभयो ।  सरकारले विद्यालयलाई पठाएको रकममा विद्यालयले थप रु ६० हजार थपेर पाँचवटा कम्प्युटर खरिद गर्नुपर्नेछ । सरकारले सबै सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटरको पहुँच पु¥याउने उद्देश्यले कुन जिल्लामा कति सामुदायिक विद्यालय छन् त्यसको आधारमा बजेट पठाएको विभागले जनाएको छ ।  विद्यालयले थप गर्नुपर्ने रु ६० हजार बैंक खातामा जम्मा गरेको रसिद शिक्षा कार्यालयमा पेस गरेपछि मात्र विद्युत्् खपत कम गर्ने कम्प्युटर खरिद गर्न शिक्षा कार्यालयले विद्यालयलाई उक्त रकम दिनेछ ।  विद्यालयले थप गरेको ६० हजार सहित

Notice of DOE

जन्मदर्ता नहुँदा ४० जना विद्यार्थी नामाङ्कनबिना पढ्न बाध्य

 गौशाला, माघ १६ गते । जन्मदर्ता नहँुदा महोत्तरी जिल्लाको परकौली फुल्हट्टा गाविसस्थित मथुरा प्राथमिक विद्यालयमा ४० जना विद्यार्थी नामाङ्कनबिना नै पढ्न बाध्य भएका छन् ।सो विद्यालयकी शिक्षिका उषा सिंहका अनुसार यसवर्ष विद्यालयमा नयाँ भर्नाका लागि आएका स्थानीय ४० जना बालबालिका जन्मदर्ताको अभावमा नामाङ्कन नगराइकनै पढिरहेका छन् । गाविसमा लामो समयदेखि गाविस सचिव नपुगेका कारण बालबालिकाको जन्मदर्ता बन्न नसकेको ती विद्यार्थीका अभिभावकको भनाइ छ । जिल्ला सदरमुकाम जलेश्वरबाट मात्र तीन किलोमिटरको दूरीमा रहेको परकौली फुल्हट्टा गाविसमा दुई वर्षभन्दा बढी समयदेखि गाविस सचिव नआएको स्थानीय रामस्नेही रायले बताउनुभयो । सो गाविसका सचिव मोहन भगत दुई वर्षदेखि कार्यालयमा नआई जिल्ला सदरमुकाम जलेश्वरमा बसेरै गाविसका  कामकाज गर्दै आएका र प्राविधिक सहायक रामजी कापरसमेत कहिल्यै पनि कार्यालयमा नआएको स्थानीय हरिचन्द्र मुखियाले बताउनुभयो । गाविस सचिव र प्राविधिक सहायक दुवैजन गाविसमा नपुग्दा स्थानीयवासीको जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, नागरिकता, जग्गा सिफारिस, नाता प्रमाणितजस्ता कामकाज समयमा नहुने गरेको स्थानीय अल्

पैंतालिस हजार निरक्षरलाई साक्षर बनाइने

कञ्चनपुर,  माघ १६ गते । कञ्चनपुरका निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाइने शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । निमित्त शिक्षा अधिकारी अमरराज भट्टले कञ्चनपुरका ४५ हजार निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाइने जानकारी दिनुभयो ।  उहाँका अनुसार १५ वर्ष भन्दामाथिका निरक्षर महिला र पुरुष दुवैलाई साक्षर बनाइनेछ । त्यसका लागि सबै क्षेत्रमा कक्षा सञ्चालन भइसकेको निमित्त शिक्षा अधिकारी भट्टले बताउनुभयो । अनौपरिचारिक शिक्षा केन्द्रको सहयोगका शिक्षा कार्यालय कञ्चनपुरले जिल्लाका ४५ हजार निरक्षरलाई साक्षर लक्ष्य लिएको छ । जिल्लामा १९ वटा सामुदायिक अध्ययन केन्द्रमार्फत कक्षा सञ्चालन भइरहेका छन् ।  एक हजार ५०० स्वयम्सेवकलाई कक्षा सञ्चालनका लागि पाँचदिने तालिम दिइसकेको शिक्षा अधिकारी भट्टले बताउनुभयो । सबै गाविस र नपामा कक्षा सञ्चालन भइसकेको भट्टले बताउनुभयो । शिक्षा कार्यालयले आर्थिक वर्ष २०६७÷६८ मा जिल्लामा निरक्षरहरूको नामावली सङ्कलन गरेको थियो । जसमध्ये गत वर्ष २६ हजार निरक्षरलाई साक्षर बनाइसकेको छ । ‘‘अब बाँकी रहेका निरक्षरलाई साक्षर बनाउने अभियानमा जुटेका छौँ’’ उहाँले बताउनुभयो । 

राष्ट्रिय गणित सम्मेलन सकियो, गणितका नयाँ सूत्रको प्रदर्शन

सुर्खेत, माघ १६ गते । नेपाल गणित समाजले सुर्खेतमा आयोजना गरेको पाँचौँ राष्ट्रिय गणित सम्मेलन बिहीबार सकिएको छ ।  गणित विषयको लोकप्रियता र निरन्तरता, प्रभावकारिता र नयाँ खोज अनुसन्धानका लागि आयोजना गरिएको तीन दिने सम्मेलनमा गणितका विभिन्न नयाँ सूत्रको प्रदर्शनसँगै सकिएको हो ।  देशभरका सम्पूर्ण विश्वविद्यालयका गणित विज्ञहरुको सहभागिता रहेको यस सम्मेलनमा ६० जना गणित विज्ञले गणितको प्रयोग र अनुसन्धानबारे आ–आफ्नो भनाइ राखेका थिए । सहभागी शिक्षकहरुले एटिमए कार्डको कोड, रिचार्ड कार्डको कोड बनाउने सूत्र, सुनामी पत्ता लगाउने सूत्रलगायतका विभिन्न गणितसम्बन्धी नयाँ सूत्रहरुको प्रदर्शन गरेका थिए ।  अवसर र सहयोग पाए आफ्ना सूत्रहरुको प्रयोग गरी वैज्ञानिक आविष्कारलाई सहयोग पु¥याउने उनीहरुको भनाइ छ । रिचार्ड कार्डको कोड, एटिएम कोडलगायत विभिन्न कोडसम्बन्धी सूत्र निर्माण गर्नुभएका सुर्खेतका मनोज ज्ञवालीले सरकारको सहयोग भए विदेशबाट आयात गरिने वस्तु नेपालमै निर्माण गर्न सकिने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले राजनीतिमा पनि गणितको प्रयोग हुनुपर्ने भन्दै गणितको सही प्रयोग नभएका कारण नै नेपाली

राष्ट्रिय साक्षरता अभियान सुरु भएन

बाजुरा,  माघ १५ गते । गत माघ १ गतेदेखि सुरु गरिने भनिएको राष्ट्रिय साक्षरता अभियान बाजुराका केही गाविसमा डेढ हप्ता बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । बाजुराको उत्तरी क्षेत्रका कतिपय गाविसमा सो अभियान सुरु नभएको हो ।  बाजुराका १७ वटा गाविसका २२ हजार ७५४ जनालाई साक्षर बनाउने लक्ष्य लिइएको साक्षरता अभियान बाजुरामा अन्य जिल्लामा भन्दा ढिलो सुरु हुँदा सम्बन्धित जनतामा निराशा छाएको छ ।  समयमै साक्षरता कक्षा सञ्चालन हुन नसकेको गाविसमा एक वाई गाविस पनि हो । वाई गाविसमा हालसम्म पनि साक्षरता कक्षा सञ्चालन नभएको स्थानीयवासीले बताएका छन् । उत्तरपूर्वी क्षेत्रका कतिपय गाविसमा भने निर्धारित समयभन्दा करिब एक हप्ता ढिलो गरी साक्षरता कक्षा सञ्चालन भएका छन् । जिल्ला शिक्षा अधिकारी गोविन्द्रप्रसाद पोखे्रलले जिल्लाका १७ वटा गाविसमा माघ १ गतेदेखि एकै साथ साक्षरता कक्षा सञ्चालनमा ल्याइने बताउनु भएको भए पनि उत्तरीक्षेत्रका कतिपय गाविसमा हालसम्म पनि साक्षरता कक्षा सञ्चालनमा आउन सकेका छैन ।  साक्षरता कक्षा सञ्चालनको जिम्मेवारी जिल्ला शिक्षा कार्यालय र सम्बन्धित गाविसका विद्यालयलाई हुने भए पनि जि

बालबालिकालाई विद्यालयमा ल्याउने क्षेत्रीय अभियानमा नेपाल

काठमाडौँ, माघ १५ गते । विभिन्न कारण विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने क्षेत्रीय अभियानमा नेपाललाई सहभागी गराइने भएको छ ।  पहिलो चरणमा हाल सो अभियान दक्षिण एसियाका बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा विश्व बैंक, राष्ट्रसङ्घीय बालकोष(युनिसेफ), राष्ट्र सङ्घीय शैक्षिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) जस्ता दाताको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ ।  दोस्रो चरणमा नेपालसहित भुटानलाई सो अभियानमा सहभागिता गराइन लागिएको छ । सबैका लागि शिक्षा भन्ने सहस्राब्दी विकास लक्ष्यलाई पूरा गर्न सो अभियान सञ्चालन गर्न लागिएको ती दाता संस्था तथा शिक्षा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । कुन ढाँचामा यो अभियान सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइराखेको छ ।  युनिसेफले विद्यालय बाहिर रहेका बालबालिकाको विद्यालय भर्नामा उच्च प्राथमिकता दिन विश्वव्यापीरुपमा सम्बन्धित देशका सरकारलाई आग्रहसमेत गरेको थियो । ती चार देशमा सञ्चालित सो अभियानको प्रभाव अति राम्रो देखिएको कार्यक्रममा सार्वजनिक प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।  नेपालमा कति बालबालिका विद्याल

बालबालिका टिकाउन झोला र पोसाक

बाह्रबिसे , माघ १४ - आसपासका सबै बालबालिका विद्यालय ल्याउन र आएकालाई टिकाइराख्न पोसाक, स्टेसनरी र झोला वितरण गरिएको छ । स्थानीय अभिभावकको सहयोगमा बागेश्वरी प्राथमिक विद्यालय धार्पाका बालबालिकालाई उक्त सामग्री निःशुल्क प्रदान गरिएको हो । उक्त सामग्री शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक डिल्लीराम रिमालले हस्तान्तरण गरेका हुन् । रिमालले सोही समारोहमा ०५४ मा स्थापित उक्त विद्यालय भवनको उद्घाटन गरे । उनले शिक्षामा वर्षेनी अर्बौं लगानी गरे पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए । अभिभावकको चाहना छोराछोरीले अंग्रेजी पढुन् भन्ने हो, उनले भने, 'सोहीअनुरूप पाठ्यक्रम तयार गर्न खोजिएको छ ।' छोराछोरी विद्यालय नपठाउने अभिभावकमाथि कानुनी कारबाही गर्ने सोच शिक्षा मन्त्रालयले गरिरहेको छ, उनले भने । अभिभावकले सरकारी असहयोगका कारण विद्यालय भवन जीर्ण हुँदै गएको गुनासो गरेका थिए । स्व. नारायणबहादुर भण्डारीले जग्गा दिएपछि स्थानीय अभिभावक, दलका कार्यकर्ता र शैक्षिक क्षेत्रका अगुवाले विद्यालय स्थापना गरेका हुन् । कार्यक्रममा केन्द्रका उपनिर्देशक डा. आनन्दराम पौडेलले बालबालिकाक

स्कुलका लागि चित्र

काठमाडौ, माघ १४ - चित्रकार ज्योतिप्रकाश बिके पाँच वर्षअघि विदेशबाट रंग बोकेर फर्केका थिए । रोजगारीका लागि विदेश गएका उनले कोसेलीको रूपमा रंग लिएर आएका थिए । तिनै कोसेली रंगले कोरिएका चित्रहरू यति बेला उनले प्रदर्शनीमा राखेका छन्, आफ्नै गाउँको स्कुललाई सघाउन । बिदेसिएकाको पीडामाथि गत वर्ष पनि एकल चित्र प्रदर्शनी गरेका ३८ वर्षे ज्योतिको यो चौथो एकल प्रस्तुति हो । ठमेलस्थित मिथिला येँ ग्यालरीमा 'इलिगेन्स' शीर्षकमा उनका २१ सिर्जना सजिएका छन् । आफ्नो जन्मथलो नवलपरासी, डेडगाउँ-५ मा रहेको अकेलादेवी प्राथमिक विद्यालयलाई सहयोगार्थ उनले प्रदर्शनी गरेका हुन् । अहिलेसम्म ७० हजार रुपैयाँको चित्र बिक्री भइसकेको उनले जनाए । प्रदर्शनीमा राखिएका चित्र अर्धमूर्त छन् । मिक्स मिडियाको प्रयोग गरेर उनले परम्परागत भौतिक सम्पदाको महत्त्व झल्काएका छन् । कलाकार एवं समीक्षक केशवराज खनालले ज्योतिको चित्रमा शालीनता झल्किने दाबी गरे । मन्दिर, पुराना शैलीका घर र पुरानो नेपालको प्रतिविम्ब उनको चित्रमा पाइन्छन् । जीवन्त महसुस गराउन उनले सबैजसो चित्रमा टेक्स्चर प्रयोग गरेका छन् । करिब ६० दलित बालबालिकाल

एसएलसी विद्यार्थीलाई जबर्जस्ती होस्टल

रुबी रौनियार माघ १४ मंगलबार काठमाडौं- उपत्यकाका निजी स्कुलले एसएलसी परीक्षा तयारीका नाममा चर्को शुल्क असुलेर विद्यार्थीलाई होस्टल बस्न बाध्य पारिरहेका छन्। त्यस्ता स्कुलले अघिल्लो परीक्षाको नतिजा देखाएर अभिभावकलाई तर्साउँदै एसएलसीमा राम्रो अंक ल्याउने बहानामा आफ्नै होस्टलको व्यापार बढाइरहेका छन्। नजिकिँदो एसएलसीलाई स्कुलले कमाउने माध्यम बनाउँदा अभिभावकमा आर्थिक बोझ त थपिएको छ नै, विद्यार्थी पनि होमसिक (न्यासि्रने) ले सताइएका छन्। अभिभावक भने विरोध गर्दा छोराछोरी फेल गराइदिने डरले चुप बस्नुपरेको बताउँछन्। कतिपय निजी स्कुलले नयाँ शैक्षिक सत्र सुरु हुनासाथ अर्थात् वैशाखदेखि नै विद्यार्थीलाई होस्टल अनिवार्य बनाएका छन्। केहीले प्रि–सेन्डअप परीक्षाको नतिजालाई आधार बनाएर होस्टल राख्ने तयारी गरिरहेका छन्। 'नपत्याउने गरी कमजोरी देखाउँछन् अनि ९० प्रतिशत अंक ल्याउनुपर्छ भन्दै होस्टल राख्न लगाउँछन्,' एक विद्यालयका अभिभावकले भने। शंखमूलस्थित काव्या स्कुलले वैशाखदेखि नै होस्टल अनिवार्य बनाएको थियो। उक्त स्कुलको होस्टल राख्दा आफ्नो छोरा होमसिक भएर तीन महिना बिरामी परेको एक अभिभावकल

बालबालिकाका मानसिक समस्या

ओम बानिया नेपालमा बालिबालिका भन्नाले १६ वर्ष उमेरमुनिकालाई जनाउछ । समान्यतया १६ वर्ष उमेरमुनिका बालबालिका संसारिक प्रपञ्च, पारिवारिक दायित्व तथा जीवनको भागदौडबाट टाढा रहने र खाने, खेल्ने र पढ्ने नै उनीहरूको काम हुने हुनाले बालबालिकाको जीवन स्वर्गमय हुन्छ भन्ने आम धारणा छ । तर, यथार्थ त्यस्तो हुदैन । गरिब परिवारमा जन्मिएका बालबालिकाको मात्र होइन कि, सम्पन्न परिवारमा जन्मिएका कतिपय बालबालिकाको जीवन निकै कष्टकर हुने गर्छ । त्यो किनभने मानसिक दुर्वलताद्वारा पीडित बालबालिका मात्र होइन कि, सामान्य बालबालिका समेत अनेक थरिका मनोवैज्ञानिक समस्याहरूबाट पीडित हुने गर्छन् । कतिपय कलिला बालबालिकाहरूसमेत दुश्चिन्ता (एन्जाइटी), तनाव तथा अवसाद (डिप्रेसन) जस्ता मनोवैज्ञानिक समस्याहरूबाट पीडित हुने कुरा धेरैका लागि अचम्मलाग्दो हुन सक्छ । तर, यो यथार्थ हो । सुनिधि (नाम परिर्वतन) १० वर्षकी बालिका हुन् । उनी सहरको एक चर्चित प्राइभेट स्कुलमा कक्षा ५ मा पढ्छिन् । ह“समुख सुनिधि दुई महिनादेखि खिन्न भएर एक्लै बस्ने, बिहान ढिलो उठ्ने, सानो कुरामा झडंग रिसाउने, कराउने, चिढिने, साथीहरूस“ग खेल्न पनि नजाने गर्छि

संस्थागत विद्यालयको अनुगमन

नयाँ शैक्षिक सत्र सुरु हुन अझै केही महिना बाँकी रहे पनि संस्थागत विद्यालय (निजी) हरू लक्षित टीका-टिप्पणी र बहस हुन थालेको छ । सरकारले संस्थागत विद्यालयलाई व्यवस्थित ढंगले सञ्चालन गर्न एक वर्षअघि सञ्चालकहरूसँगकै सहमतिमा विद्यालय मापदण्ड तथा निर्देशिका जारी गरे पनि त्यसको उचित र प्रभावकारी ढंगले कार्यान्वयन नभएपछि यस्ता टीका-टिप्पणी हुन थालेको हो । अधिकांश संस्थागत विद्यालयले नियम कानुन र निर्देशिकाको  बेवास्ता गर्दै त्यसको परिपालना नगरेपछि यस्तो टीका- टिप्पणी स्वाभाविक हुन जान्छ । निर्देशिका पालना नभएका दृष्टान्त थुप्रै छन् । जस्तो, एसएसलीअघि सेन्टअप परीक्षा लिन नपाउने भनिए पनि उनीहरू धमाधम परीक्षा लिइरहेका छन् । सेन्ट अपका नाममा रकम असुल्न खोजेको आरोप अभिभावक लगाइरहँदा कतिपय संस्थागत विद्यालयले त्यस्तो आरोप र असन्तुष्टि सुनेका छैनन् । कतिपय विद्यालयले शैक्षिक सत्र सुरु हुन चार महिना बाँकी रहँदै गर्दा भर्नाको सूचना निकालिसकेका छन् जब कि निर्देशिकाअनुसार शैक्षिक सत्र सुरु हुनुभन्दा १ महिनाअघि मात्र भर्नासम्बन्धी सूचना जारी गर्नुपर्छ । त्यस्तै अरू कतिपयले विद्यलाय व्यस्थापन समितिसमेत

शिक्षक सेवा आयोगको जरुरि सूचना (मिति २०७० माघ १४ को गोरखापत्रमा प्रकाशित )

नेपथ्यको सङ्गीत यात्राबाट उठेको रकम विद्यालयलाई हस्तान्तरण

चितवन,  माघ १४ गते । नेपथ्य साङ्गीतिक समूहले मङ्सिर महिनामा शान्तिका लागि शिक्षा भन्ने नारासहित चितवनमा सञ्चालन गरेको साङ्गीतिक यात्राबाट उठेको रकम आज एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको पञ्चकन्या उच्च माविमा विज्ञान सङ्कायको विकासका लागि रु एक लाख ८५ हजार रकम हस्तान्तरण गरिएको आयोजक रोट्राक्ट क्लब अफ रत्ननगरकी अध्यक्ष सङ्गीता आचार्यले बताउनुभयो ।रत्ननगरको  पञ्चकन्या उच्च मावि सरकारीस्तरमा चितवन जिल्लामै पहिलो विज्ञान सङ्कायको पढाइ सञ्चालन गर्ने उच्च मावि हो । उक्त रकमले विज्ञान सङ्कायको प्रयोगशालामा चाहिने सामग्री खरिद गर्ने विद्यालयले जनाएको छ । नेपथ्यले यहाँको रत्ननगरमा पुस २१ गते साङ्गीतिक कार्यक्रम सञ्चालन गरेको थियो । नेपथ्यले देशका विभिन्न १० जिल्लामा साङ्गीतिक यात्रा सम्पन्न गरेको छ ।  रत्ननगरको नारायणी चलचित्र मन्दिर नेपथ्यका प्रमुख गायक अमृत गुरुङसहितको टोलीले आफ्नो सङ्गीत प्रस्तुत गरेको थियो । स्थानीय रोटरी क्लब, रोट¥याक्ट क्लब, रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।  कार्यक्रमबाट रु चा

शिक्षा क्षेत्रमा भइरहेको विकृति अनुसन्धानमा अख्तियार सक्रिय

काठमाडौँ, माघ १३ गते । शिक्षा क्षेत्रमा भइरहेको विकृति, विसंगति एवं अनियमितताको स्थलगत अध्ययन तथा अनुसन्धान गर्न पाँचै विकास क्षेत्रमा टोली खटाइएको छ । सबै तिरबाट व्यापक जनगुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचै विकास क्षेत्रका सदरमुकाममा अनुसन्धान टोली खटाएको हो । टोलीले स्थलगत अध्ययन एवं अनुसन्धान सुरु गरिसकेको अख्तियारले जनाएको छ ।  विद्यालय भवन निर्माण, नक्कली अध्यापन अनुमतिपत्र, खेताला शिक्षक, नक्कली विद्यार्थी लगायत शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगति, भ्रष्टाचार एवं अनियमितताको अध्ययन, अनुसन्धान र अनुगमन गर्न टोली खटाइएको प्रवक्ता श्रीधर सापकोटाले बताउनुभयो । टोलीले पाँचै विकास क्षेत्रका सदरमुकाम क्रमशः धनकुटा, हेटौडा, पोखरा, सुर्खेत र दीपायलमा काम सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो ।  शिक्षा क्षेत्रलाई विकृतिमुक्त बनाउन चालिएको यो अभियानलाई सघाउन अख्तियारले सबै सरोकारवाला एवं सर्वसाधारणलाई अपिलसमेत गरेको छ । आयोगको क्षेत्रीय तथा सम्पर्क कार्यालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लिखित वा मौखिक जानकारी गराउन सार्वजनिक अपिल गरिएको प्रवक्ता सापक

सत्तरी लाख छात्रवृत्ति वितरण

म्याग्दी,  माघ १३ गते । जिल्ला शिक्षा कार्यालय म्याग्दीले चालु शैक्षिकसत्र २०७० मा विद्यार्थीहरूलाई साढे ७० लाख रुपैयाँभन्दा बढी छात्रवृत्ति वितरण गरेको छ ।  जिल्लाका २४० विद्यालयमा अध्ययनरत् विद्यार्थीहरूलाई छात्रवृत्ति वितरणका लागि ७० लाख ५४ हजार ३०० रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत् दलित विद्यार्थीहरूलाई २९ लाख ३६ हजार ८०० र छात्राका लागि २५ लाख ८४ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत फक्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।  यसैगरी कक्षा ९ र १० मा अध्ययनरत ६८५ जना दलित विद्यार्थीलाई प्रतिव्यक्ति ५०० रुपैयाँका दरले तीन लाख ४२ हजार ५०० र ७०१ जनालाई माध्यमिक छात्रवृत्तिबापत ११ लाख ९१ हजार रुपैयाँ वितरण गरिएको छ ।  जिल्ला शिक्षा कार्यालयका अनुसार हाल जिल्लाभरका सामुदायिक विद्यालयहरूमा २७ हजार ९३७ जना विद्यार्थी रहेकामा २८.५४ प्रतिशत दलित समुदायका रहेका छन् । छात्रको तुलनामा छात्राहरूको सङ्ख्या बढी रहेको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले बताउनुभयो । 

बिबिएस कक्षामा विद्यार्थी तानातान

जाजरकोट,  माघ १३ गते । जाजरकोट सदरमुकाममा रहेका दुईवटा क्याम्पसमा बिबिएस कक्षा सञ्चालन भएपछि विद्यार्थीहरू तानातानमा परेका छन् ।  यही वर्षमा मात्र सञ्चालनमा आएको बिबिएस कक्षा जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस र मालिका क्याम्पसमा सञ्चालन भएका छन् । मालिका क्याम्पस र भेरी ज्ञानोदय क्याम्पसमा कसले बढी विद्यार्थीलाई आफ्नो ठाउँमा पढाउने भन्ने विषयमा विद्यार्थीहरू तानातान परेको हो । दुवैवटा शिक्षण संस्थाको अस्वस्थकर प्रतिस्पर्धाका कारण विद्यार्थीहरू अन्योलमा परेको बताउँछन् ।  योभन्दा अघि जाजरकोटमा बिबिएस कक्षा सञ्चालन नहुँदा यहाँका विद्यार्थीहरू अन्य जिल्लामा पढ्न जाने गरेका थिए । आफ्नै जिल्लामा बिबिएस पढाइ हुने खुसीको कुरा भए पनि विद्यार्थीहरू तानातानले समस्या परेको डाँडागाउँकी पवित्रा रोकायले बताउनुभयो ।  अहिलेसम्म यहाँका विद्यार्थीहरू मालिका क्याम्पस पढ्ने कि भेरी ज्ञानोदय क्याम्पसमा बिबिएस पढ्ने भनेर दोधारमा रहेको बताउँछन् । रासस source:  http://www.gorkhapatraonline.com/पश्चिम/10414

स्वास्थ्य र शारीरिकका शिक्षकको अर्न्तवार्ता गर्न बाटो खुला

काठमाडौं, माघ १२ - शिक्षा सेवा आयोगले लिएको काठमाडौं जिल्लाको माध्यामिक तहको स्वास्थ्य र शारीरिक शिक्षा विषयका शिक्षकको अन्र्तवार्ता गर्ने बाटो खुलेको छ । शिक्षक सेवा आयोगले प्रकाशित गरेको नतिजामा चित्त नबुझेर हालिएको रिटमा सर्वोच्च अदालतले अन्र्तवार्ता रोक्नु नपर्ने फैसला गरेपछि यी दुई बिषयको लिखित परीक्षामा उत्तीर्ण शिक्षकहरुको अन्तर्वाता लिन बाटो खुलेको हो । प्रकाशित भएको नतिजा गल्ति भएको भन्दै आयोगले दोश्रो पल्ट नतिजा प्रकाशित गर्दा १९ जना परिक्षार्थीको नाम फेरबदल भएपछि मुद्दा परेको थियो । यहि नतिजाका विरुद्ध राघवकुमार झालगायतले अन्र्तवार्ताको प्रकृया रोकि अन्तरिम आदेश माग गर्दै मुद्दा हाल्नु भएको थियो । न्यायाधीश कल्याण श्रेष्ठ र तर्कराज भट्टको ईजलासले गरेको फैसलामा “संशोधित परिक्षाफलको कार्यान्वयनमा हस्तक्षेप गर्नु पर्ने कारण तत्काल देखिन नआएकोले माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन” भनिएको छ । यो सँगै उचित समयमा प्रकृया पुर्याएर अन्र्तवार्ताको काम शुरु गर्ने आयोगले जनाएको छ । आइतबार भएको फैसला सोमबार प्राप्त भएको आयोगका उपसचिव नारायण भट्टराईले बताउनुभयो । शिक्षक स

Languages of the Nation

Has the state become more receptive to the use of languages other than Nepali? A day before the first meeting of Nepal’s second Constituent Assembly (CA), when some newly-elected lawmakers, including the erstwhile CA chairman Subash Chandra Nembang, took the oath of office and secrecy in their respective mother tongues, not a single voice of dissent was heard. Instead, the media, a section of which once criticized the likes of Gajendra Narayan Singh for speaking in Hindi in the Parliament, portrayed the use of mother tongues as Nepal’s uniqueness as a multilingual nation. Two decades ago, when Singh, the iconic leader of Nepal Sadbhawana Parishad, a Tarai-based regional party that struggled for the identity of the Madheshi people, spoke Hindi in the parliament, he was booed by some non-Madhesi lawmakers, literally. Some politicians, along with a section of the media, dubbed Singh anti-nationalist. But Singh, always clad in Dhoti-Kurta, did not relent. He kept fighting for the cultura

Fostering a reading habit

Reading is more than something we do just when we are told to. Beyond it, reading can be one of the best hobbies to pursue, a truly pleasing experience, or a habit in itself. And books, besides helping escalate our creativity and imagination, are a man’s true and unfailing companies. For many, to whom reading is a habit, it is a culture learnt early on. Bindesh Dahal, an avid reader, recalls his childhood he spent in the company of books. “I used to read many children’s magazines and stories my father bought for me,” he says, adding that it was during those days that he began enjoying the pleasure of reading. Slowly, his reading habit took a steady speed until he turned out to be a true book lover in his youth. Fostering a continuous reading habit surely broadens one’s knowledge. But reading at the same time can be equally a lot of fun. By putting our interest and imagination into it, we can actually live it. To those who want to make reading a habit, The Week finds out ways to start

Education for all

Ramesh Nepali had high hopes of securing excellent results in his engineering exams. He had aced all the tests, including Physics and Math. However, his dreams of topping the college roll were crushed by one subject that defeated him, as usual – English. “I received A’s in all other subjects but a C in Communication Technique. English has always been my greatest academic challenge in school and even after that,” he laments. He represents many students in Nepal who attended government schools where all subjects are taught in Nepali. They don’t lack content or quality. But language becomes their biggest problem as they move ahead in their academic years. Mahashram Sharma, Spokesperson of the Ministry of Education, presents this as the major reason behind the Ministry’s proposal to run the classes in English in all government schools of Nepal within ten years. Since Nepali is not a globally understood language, he believes it is best to equip students with English language from school l