Skip to main content

Posts

Showing posts from September, 2016

स्कूल : पिंजडा होइन गुंड

आजभन्दा ५० वर्ष अघि कुनै देवदूतले आएर मलाई जापानका शिक्षकहरूको भेलामा शिक्षाबारे आफ्ना विचार प्रस्तुत गर्न भनेको भए म झ्स्कन्थें होला । यस्तो कुरा त मैले सपनामा पनि सोचेको थिइनँ । तपाईंहरूमध्ये कैयौंलाई थाहै होला, १३ वर्षको उमेर पछि मैले कुनै स्कूल–कलेजमा पाइला हालिनँ । अँ, कविका रूपमा नाम कमाएपछि र शैक्षिक व्याख्यानका लागि बोलाइँदा भने यस्तो अवश्य भएको छ । जुन वेला मैले केटाकेटीका लागि एउटा स्कूल प्रारम्भ गर्नु मेरो दायित्व हो भन्ने महसूस गरें, त्यसवेला मसँग शिक्षा सम्बन्धी कुनै अनुभव थिएन । सम्भवतः यो नै मेरा लागि लाभजनक अवस्था पनि थियो । शिक्षाको कुनै बनिबनाउ, पकिपकाउ सिद्धान्त मसँग नभएका कारण मैले प्रयोग र असफलताको बाटोबाट हिंड्दै आफ्ना अनुभवबाट गुज्रिनुपर्‍यो । जब म केटाकेटी थिएँ, त्यसैवेला मलाई ‘शिक्षा’ का कमजोरीहरूको गहिरो अनुभूति गराइसकिएको थियो । यही भएर स्कूल मबाट टाढा हुँदै गयो र जुनवेला म हुर्केर ठूलो भएँ त्यसवेला मैले यस्तो शिक्षण संस्था स्थापना गर्ने निर्णय लिनुपर्‍यो जहाँ ती कमजोरी नहुन्— जसबाट म बालापनमा सन्त्रस्त थिएँ । लगभग पाँच वर्षको उमेरमा जब मलाई स्कूल जान दबाब