Skip to main content

Posts

Showing posts from May, 2013

Notice regarding registration form fillup to participate SLC exam 2071

01 Jun, 2013 Government of Nepal, Ministry of Education, Office of the controller of examination, Sanothimi, Bhaktapur published notice regarding registration form fillup to participate SLC exam 2071. This notice is issued for the students who are studying in class nine in the academic year-2070. To participate in the SLC exam those students have to fill the registraion form from Jestha 11 to Ashad 10, 2070. Schools have to submit the registration form of their students to District education office within  Ashad 15, 2070. Students who are born after 2057 Chaitra last are not eligible to attend the SLC examination of 2071. Registration form per student is Rs. 150 Those students who failed to fill up this registration form wont be allowed to sit for the SLC exam 2071. District education offices have to submit the details of registration form and fees to Office of the controller of examination within 2070 Sharwan 25.  Note:  Students have to fill their registration fo

तालावन्दीको बिरोधमा तालावन्दी

बागलुङ २०७० जेठ १४ । एकिकृत नेकपा माओबादी निकट अखिल क्रान्तिकारीले धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी सघं , एमाले निकट अनेरास्वबियु , बैद्य नेतृत्वको नेकपा माओबादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन बिश्व बिद्यालय लगायतका क्याम्पसमा निर्वाचन भाड्ने उद्देश्यले तालाबन्दी गरेको भन्दै बिरोधमा तालाबन्दी गरेको बताएको छ । देशव्यापी रुपमा एकै समयमा चुनाव गर्ने बातावरण बनाउन र तालाबन्दी गरिएका क्याम्पसमा ताला खोलेर निर्वाचनका लागी तयार हुन दबाव दिने उद्देश्यले तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक होमनाथ चालिसेले बताए ।

म्याग्दी क्याम्पसबाट ४५ जनालाई छात्रवृत्ति

म्याग्दी २०७० जेठ १३ । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत करिब चार दर्जन विद्यार्थीहरुले छात्रवृत्ति पाउने भएका छन् । शैक्षिक सत्र २०६९ ÷ ०७० मा म्याग्दी बहुमुखी क्याम्पसको आन्तरिक स्रोतबाट कक्षा ११ र १२ का ४५ जना विद्यार्थीहरुले छात्रवृत्ति पाउने भएका हुन् । छात्रवृत्ति वितरण उपसमितिका संयोजक शिवप्रसाद केसीको अध्यक्षतामा आज बसेको समितिको वैठकले विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो । क्याम्पसले खुलाएको विज्ञापन अनुसार विद्यार्थीहरुले भरेको निवेदनका आधारमा छात्रवृत्ति वितरण गरिने निर्णय गरिएको क्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताए । उपसमितिको निर्णय अनुसार कक्षा ११ बाट छात्रवृत्ति पाउनेमा जेहेन्दार ५ , अपाङ्गता २ , दलित १ , जनजाति १ र गरिब ३ गरी २१ जना रहेका छन् । त्यस अन्तर्गत उच्चमाध्यामिक शिक्षा परिषदमार्फत सिफारीस भई आएका २ जना अपाङ्गता भएका सहित ९ जनाले पूर्ण छात्रवृत्ति पाइसकेकाले त्यसलाई वैठकले अनुमोदन गरेको सहायक क्याम्पस प्रमु

छपन्न वर्षमा कक्षा एकमा भर्ना

बागलुङ , १७ जेठ । आधाभन्दा बढी जीवन चुलोचौकोमा बिताएकी बागलुङ भीमापोखराकी पुतली शर्मा स्कुल भर्ना भएको खबरले गाउँघरमा गाइँगुइँ चलेको छ । बुढ्यौलीतिरको उमेरमा कुर्ता सुरुवारमा ठाटिएर शर्मा स्कुल जान थालेपछि गाउँलेहरु दङ्ग छन् । छरछिमेक र आफन्तमा शर्माकै चर्चा छ । बुढेसकालमा पनि स्कुल पढ्ने शर्माको रहर भने गाउँकै शिवालय प्राविले मेटाइदिएको हो । भीमापोखरा गाविस – ९ , सिममा रहेको शिवालय प्राविले ‘ आमा कक्षा ’ सञ्चालन गरेपछि गाउँका निरक्षर महिला अहिले अक्षर चिन्ने धोको पालेर स्कुल धाउन थालेका छन् । शर्मा अहिले कक्षा १ मा भर्ना हुनुभएको छ । सामान्य लेखपढ पनि गर्न नसक्ने शर्मा जस्तै त्यस क्षेत्रका २० जना आमा छात्रा अहिले विद्यालयको कक्षा १ र २ मा भर्ना भएका छन् । विद्यालयले नियमित विषयअन्तर्गत नेपाली , अङ्ग्रेजी , गणित र व्यावहारिक शिक्षातर्फ खेती किसानीसम्बन्धी कक्षा सञ्चालन गरेको छ । विद्यालय र स्थानीय समुदायको पहलमा सुरु भएको आमा कक्षामा भर्ना हुने महिलाको

स्ववियु निर्वाचन स्थगनको सन्देश

नेपाली जनताको २००७ साल अघिदेखिकोे गणतन्त्र सपनाले पाँच वर्षअघि मूर्त रूप पाउँदा खुसी र उत्साह घरदेखि लिएर मध्यरातमा पनि सडकसम्मै पोखिएको थियो । जनताको त्यो खुसियाली बुधबार ६ वर्षमा प्रवेश ग ¥ यो । अंक र अक्षर चिनेर विद्यालय भर्ना हुनेबेला पुगेको गणतन्त्र दिवसको छैटौं वार्षिक उत्सव अझै उत्सत्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसको पछिल्लो क्यालेन्डरअनुसार जेठ २३ मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने कुरा थियो । तर , विद्यार्थी संगठनका नेताहरूले आफ्नो लिंडेढिपी नछोडेपछि तोकिएको मितिमा चुनाव हुने कुरामा पूर्णविराम लागेको छ । क्याम्पस प्रशासनलाई स्वच्छ एवं पारदर्शी बनाउन र विद्यार्थी संगठनहरूलाई जुझारु बनाउन पनि हरेक दुई वर्षमा क्याम्पसमा चुनाव अनिवार्य हुनुपर्छ । तर , क्याम्पसको चुनाव नभएको झन्डै पाँच वर्ष हुन लागेको छ । यसपालि पनि अन्तिम समयमा चुनावको सम्भावना टरेपछि क्याम्पसमा थप अन्यौल सिर्जना हुने सम्भावना अझै बढेको छ । यसले केवल विद्यार्थी संगठन