Skip to main content

Posts

Showing posts from December, 2015

ग्रेडिङले शैक्षिक गुणस्तर सुध्रिँदैन : शिक्षाविद

के हो लेटर ग्रेडिङ ? हामीले अहिलेसम्म विद्यार्थीको मूल्यांकन अंकमा गर्दै आएका थियौँ । अब लेटर ग्रेडिङ अर्थात् अक्षरहरूको समूहमा विद्यार्थीको मूल्यांकन गर्ने पद्धति अपनाउने निर्णय भएको छ । यसै वर्षदेखि एसएलसीको आठवटा ग्रेडमा मूल्यांकन हुँदै छ । सय अंकलाई आठवटा समूहमा विभाजन गरिएको हो । शून्य नम्बरलाई ‘नट ग्रेडेड’ समूहमा राखिएको छ । इकाइ भनेको सानो हुन्छ । १, २, ३, मा मापन गरिन्छ । तर, लेटर ग्रेडिङ ए, बी, सी, डीलगायतमा हुन्छ । पहिले र अहिलेको मूल्यांकन पद्धतिमा खासै केही फरक होइन । हामीले ‘ए’ भन्दा अर्कोले के बुझ्ने रु हामीले ९० भन्दा अर्कोले के बुझ्ने रु यो भन्ने र बुझाउने तरिकामा मात्र फरक पर्ने हो अरूमा खासै केही फरक पर्दैन । सरकारले अक्षरांकन पद्धतिबाट शैक्षिक क्षेत्रमा धेरै सुधार हुन्छ भन्ने आशा देखाएको छ । शैक्षिक गुणस्तर वृद्धि हुने दाबी पनि गरेको छ । तर, सरकारले यसो भन्नु फटाहा तर्क मात्र हो । मूल्यांकन पद्धति फरक हुँदैमा गुणस्तरमा केही सुधार हुँदैन । यो पद्धतिमा जानेबित्तिकै विद्यार्थी फेल नहुने पनि होइन । अहिले फेलभन्दा तल तीनवटा ‘क्याटेगोरी’ राखिएका छन् । त्यसो भन्नु पास हु

एसएलसी परीक्षामा अक्षराङ्कन पद्धति --खगराज बराल

सरकारले एसएलसी परीक्षामा अक्षराङ्कन पद्धति लागु गर्ने निर्णय गरेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट २०७२ मंसिर २३ मा स्वीकृत भई शिक्षा मन्त्रालयको २४ गतेको निर्णयानुसार यस वर्षको एसएलसी परीक्षामा अक्षराङ्कन पद्धतिबाट नतिजा प्रकाशन हुनेछ। २०७१ सालको प्राविधिकतर्फको परीक्षा र २०७२ को साधारण तथा प्राविधिक दुवैमा अक्षराङ्कन पद्धति (लेटर ग्रेडिङ) अनुसार नतिजा प्रकाशन गर्ने निर्णय भइसकेको छ। गत वर्षको एसएलसीमा प्राविधिक धारमा परीक्षण गरेपछि प्राप्ताङ्कको वर्गान्तर, ग्रेड वा तह वा श्रेणी, व्याख्या र स्तरीकृत अङ्कमा परिमार्जन गरी विगतको ६ तहको ग्रेड वा तहलाई ९ ग्रेड वा तहमा परिवर्तन गरिएको छ। अधिकांश सरोकारवालाहरूले सकारात्मक रूपमा लिए पनि अक्षराङ्कन पद्धति सम्बन्धमा अन्योल र पर्याप्त जिज्ञासा उठ्ने गरेका छन्। विद्यार्थीको नतिजालाई विभिन्न किसिमले सङ्केत गर्ने र व्याख्या गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। कतिपय परीक्षामा अङ्क दिने, कतिपयमा प्रतिशतमा उल्लेख गर्ने र कतिपयमा अक्षराङ्कन (लेटर ग्रेडिङ) गर्ने गरिएको पाइन्छ। हाल प्रचलनमा रहेको निरन्तर मूल्याङ्कन प्रणालीमा क, ख र ग