Skip to main content

Posts

Showing posts from October, 2013

शिक्षकहरूलाई चुनावी प्रचारमा नलाग्न चेतावनी

गणेश राई काठमाडौ, कार्तिक  १४ ,   सरकारले शिक्षकहरुलाई चुनाव प्रचारमा नलाग्न चेतावनी दिएको छ । यता शिक्षकहरुले आफ्नो ट्रेड युनियन अधिकार भन्दै चुनावमा लाग्न पाउने जिकिर गरेका छन् । शिक्षा विभागले शिक्षकहरुलाई चुनावी गतिविधिमा लाग्न नदिनका लागि देशभरिका मातहत निकायलाई पत्राचार गरिसकेको छ । आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभाको चुनावका निम्ति यो प्रक्रिया अघि बढाइएको हो । 'शिक्षकहरु विद्यालय समयमा चुनावी प्रचारमा लागेको गुनासो आएको छ,' विभागका निर्देशक टेकनारायण पाण्डेले कान्तिपुरसित भने, 'चुनावमा कर्मचारी अपुग भएको ठाउँमा शिक्षकलाई खटाइने भएकोले कुनै दल विशेषको प्रचारमा नलाग्न सचेत गराएका छौं । चुनावमा खटाउने काम निर्वाचन आयोगको हो ।' विभागले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको ध्यानार्षण गराएको हो । देशभरि दरबन्दीका १ लाख ७ हजारलगायत राहत, निजी स्रोतका गरी २ लाखभन्दा बढी शिक्षक छन् । उनीहरु ट्रेड युनियन अधिकार लिएर पार्टीगत रुपमा विभाजित छन् । एमाओवादीनिकट अखिल शिक्षक संगठन, कांग्रेसनिकट शिक्षक संघ, एमालेनिकट राष्ट्रिय शिक्षक संगठनलगायत छन् । शिक्षा

अछाममा विद्यालयलाई उच्च माविका लागि देउसी कार्यक्रम संचालन

अछाम कार्तिक १४ गते । अछाम जिल्लाको जनालीवण्डाली गाविसमा रहेको गंगा माविलाई प्राविधिक उच्च मावि बनाउने उद्देश्यका साथ विद्यालयले देउसी भैलो कार्यक्रम संचालन गरेको छ । कोही काम र कोही चुनावमा केन्द्रीत भैरहेको बेला विद्यालयका विद्यार्थी र शिक्षक भने आफ्नो टोली बनाई देउसी भैलो खेल्न थालेका छन् । १० कक्षा सम्म पढाई हुने विद्यालयमा प्राविधिक उच्च मावि तह संचालन गर्न रकमको अभाव भएको र यसका लागि तिहारको अवसरमा देउसी भैलो खेलिएको विद्यालयका निमित्त प्रधानाध्यापक मनिराज भण्डारीले मेरोजिल्ला डट कम लाई बताउनु भयो ।         अब छिट्टै विद्यालयमा प्राविधिक उच्च मावि तह संचालन गर्ने लक्ष्य रहेको र यसका लागि आर्थिक संकलनका कार्य अघि बढाईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद भण्डारीले बताउनु भयो । रकम संकलन कार्य भारतमा रहेका अभिभावकसंग पनि रकम संकलन कार्य भैरहेको र हालसम्म करिब २ लाख रुपैँया संकलन भैसकेको बताईएको छ । तिहारको अवसरमा भारतमा पनि देउसी भेलो खेल्ने कार्यक्रम रहेको बताईएको छ । प्राविधिक उच्च माविका लागि करिब ५ लाख संकलन भैसकेको र अझै १५ लाख बढी आवश्यक रहेको विद्यालयले जन

म्याग्दीको विध्यालयलाई पुर्व गोर्खा सैनिकको सहयोग

म्याग्दी, कात्तिक १४ गते । म्याग्दी दानाका एक पूर्वबेलायती गोर्खा सैनिकले आफूले पेन्सनबापत प्राप्त गर्ने एक महिनाको रकम सामुदायिक विद्यालयलाई सहयोग गर्दै आएका छन् । दाना गाविस–३ का कमल पुर्जाले बेलायत सरकारले पेन्सनबापत दिने एक महिनाको रकम वर्षमा दुईवटा सामुदायिक विद्यालयलाई उपलब्ध गराउँदै आउनुभएको छ । शारीरिक रूपमा अपाङ्गता भएका पुर्जाले हालसम्म म्याग्दीका सातवटा विद्यालयलाई सहयोग गरिसक्नु भएको छ । आफूले पेन्सनबापत बेलायतमा प्राप्त गर्ने रकम बचत गरेर सामुदायिक विद्यालयलाई उपलब्ध गराएको पुर्जाले बताउनुभयो । दरवाङको जनप्रिय उच्चमावि, भुरुङतातोपानीको सर्वोदय उच्चमावि, सदरमुकामको बेनी सामुदायिक उच्चमावि, बिमको किसानी उच्चमावि, बेगको महादेव मावि, चिमखोलाको अमर माविलाई एक÷एक लाख रुपैयाँ नगद सहयोग गर्नुभएका पुर्जाले दानाको ज्ञानप्रकाश उच्चमाविलाई दुई लाख २० हजार १८० रुपैयाँ उपलब्ध गराउनुभएको छ । दसैँ मनाउने क्रममा हालै जन्मथलो आउनुभएका पुर्जाले सो सहयोग उपलब्ध गराउनुभएको हो भने दानाको काभ्रेमा रहेको सरस्वती प्राविलाई आगामी वर्ष एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । ग्रामीण क्षेत्रक

विद्यालय सुधारका लागि समुदायको सकारात्मक सोच आवश्यक ः द्धारे

भूमिराज शर्मा पर्वत, १४ कार्तिक क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका निर्देशक विष्णु बहादुर द्धारेले विद्यालय प्रति समुदायको सकारात्मक सोंचको विकास गर्न सके मात्र शिक्षा क्षेत्रको विकास गर्न सकिने विचार व्यक्त गर्नु भएको छ । जिल्लाको सदरमुकामस्थित नमुना आवासीय उच्च माविको साताव्यापी रजत महोत्सवको अवसरमा बिहीबार आयोजित समापन मुल समारोहको प्रमुख अतिथिको रुपमा बोल्दै द्धारेले सो कुरा बताउनु भएको हो । सोही कार्यक्रममा बोल्दै निर्देशक द्धारेले विद्यालयको प्रगतिका लागि असल प्रशासक, कुशल व्यवस्थापक र कर्तव्यनिष्ठ शिक्षकको आवश्यकतामा जोड दिनु भयो ।  पच्चिस बर्षको अवधिमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विद्यालयले धेरै नयाँ अभ्यासहरुको थालनी गरेकोमा प्रशंसा गर्दै अन्य विद्यालयहरुले पनि यस्ता अभ्यासहरुको सिको गर्नु पर्ने कुरा बताउनु भयो । सोही कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले शिक्षक विद्यार्थीहरुको मनोबल उच्च राख्न सके मात्र अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताउनु भयो । जिशिअ पौडेलले बिद्यार्थीहरुमा व्यवहारिक ज्ञान, सीप र अनुभवहरु प्रदान गर्न सफल भएकोमा व

नेकपा-माओवादी सम्बद्ध शिक्षक, कर्मचारी अप्ठ्यारोमा

। काठमाडौं: ११ कार्तिक   संविधानसभा निर्वाचनमा खटिनुपर्ने भएपछि नेकपा-माओवादी सम्बद्ध सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक अप्ठ्यारोमा परेका छन्। राष्ट्रिय निजामती कर्मचारी कर्मचारी संगठन आबद्ध राष्ट्रसेवक कर्मचारी र अखिल नेपाल शिक्षक संगठन आबद्ध शिक्षकहरू पार्टी निर्देशनअनुसार निर्वाचन बहिष्कार गर्ने वा निर्वाचन गराउन सरकारले खटाएको स्थानमा खटिने भन्नेमा अन्योलमा छन्। माओवादी निकटका सरकारी कर्मचारी र शिक्षक निर्वाचनविरोधी भेला, सभा र सम्मेलनमा सहभागी भइरहेका छन्। चुनाव बहिष्कार गर्ने माओवादी निकट कर्मचारी संगठन र शिक्षक संगठनका पदाधिकारीका गतिविधिलाई समेत प्रहरीले निगरानीमा राखेको छ। उनीहरू निर्वाचनमा नखटिन विभिन्न वहानाबाजीको खोजीमा छन्। तर सरकारले सबै राष्ट्र सेवक कर्मचारीलाई निर्वाचनमा खटाउने प्रक्रिया अगाडि बढाइसकेको छ। माओवादी निकट निर्वाचन प्रक्रियामा सहभागी भए पार्टीको नीति पूरा नहुने, बहिष्कार गरौं भने सरकारी जागिरको माया। यी दुई विषयले माओवादी निकट कर्मचारी र शिक्षक पिरोलिएका हुन्। सरकारले पनि राष्ट्रसेवक कर्मचारीले चुनाव बहिष्कार गरे कडा कारबाही गर्ने तयारी ग

पर्वतमा शिक्षाको बार्षिक बजेट ७४ करोड ३० लाख

भूमिराज शर्मा पर्वत, १० कार्तिक । जिल्ला शिक्षा कार्यालय पर्वतले चालु आर्थिक बर्ष ०७०/७१ का लागि तयार गरिएको बार्षिक कार्यक्रमको अभिमुखिकरण आइतबार सरोकारवालाहरुबीच सम्पन्न गरेको छ । यस आर्थिक बर्षमा जिल्लाको शिक्षाका लागि नेपाल सरकार शिक्षा मन्त्रालयले कुल ७४ करोड ३० लाख १७ हजार लगानी गर्ने भएको हो । अभिमुखीकरण कार्यक्रममा जिशिका पर्वतले दिएको जानकारी अनुसार बाल विकास तथा शिक्षाका लागि १ करोड २२ लाख ९०  हजार, विद्यालय शिक्षामा पहुँचको सुनिश्चितताका लागि ६ करोड ३ लाख ८२ हजार, साक्षरता तथा निरन्तर शिक्षा तर्फ ५३ लाख ९७ हजार, शैक्षिक गुणस्तर अभिबृद्धिका लागि १ करोड ६७ लाख ३२ हजार, शिक्षक शिक्षा तथा विकास तर्फ ८४ लाख ८० हजार, प्रभावकारी सेवा प्रवाहका लागि क्षमता अभिबृद्धि तर्फ ३० लाख ८० हजार, विद्यालय व्यवस्थापन तथा अनुगमन तर्फ ८९ लाख ५९ हजार, प्रोत्साहन तथा सहयोग तर्फ २ करोड २३ लाख ८९ हजार र विद्यालयहरुलाई प्रति विद्यार्थी लागतको आधारमा नन् स्यालरी अनुदान सहयोग ४ करोड ५ लाख ३९ हजार गरी चालु कार्यक्रमको जम्मा खर्च १७ करोड ८३ लाख ५७ हजार विनियोजन गरिएकोे छ । त्यसै गरी पुँजीगत त

विद्यालयलाई पाँच थान कम्प्युटर सहयोग

सन्तोष गौतम, म्याग्दी, २०७० कात्तिक १० । म्याग्दीको झीँ गाविसमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा एकै व्यक्तिले पाँच थान कम्प्युटर सहयोग गरेका छन् झीँ–६ घर भई हाल काठमाडौँमा बस्दै आएका चनबहादुर पाइजाले १ लाख ५० हजार रुपैया बराबरको पाँच थान कम्प्युटर सहयोग गरेका हुन । विद्यालयमा कम्प्युटर सुविधा पु¥याएर व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले पाइजाले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको विद्यालयका शिक्षक दुर्गादत्त रिजालले जानकारी दिए । आगामी शैक्षिक सत्रबाट कक्षा ६ देखि कम्प्युटर शिक्षा लागू गर्ने तयारी गरेको उक्त विद्यालयलाई थप दुई थान कम्प्युटर खरिदका लागिसमेत स्थानीय चन्दादाताले आर्थिक सहयोग गरेका छन । थप कम्प्युटर खरिदका लागि झीँ घर भई हाल हङकङमा बस्दै आएका चन्द्रबहादुर शेरपुञ्जाले २६ हजार, कर्ण पाइजा, साउनदेवी थजाली र खड्क थजालीले १३÷१३ हजार र विद्यालयका भूपू विद्यार्थी हाल काठमाडाँैमा बास्दै आएका सीता थापा र इन्द्र थापाले १५ हजार रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ । विद्यालयमा अहिले २७४ विद्यार्थी अध्ययनरत छन् । source:ebaglung.com

अपाङ्ग विद्यार्थीको शिक्षाका लागि रु. ३३ लाखको अक्षयकोष स्थापना

सन्तोष गौतम, म्याग्दी २०७० कात्तिक १० । म्याग्दी जिल्लाका अपाङ्गता भएका बालबालीकाको शिक्षाका लागि ३३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । रोजगारीको सिलसिलामा हङकङमा पुगेका म्याग्देलीहरुले जिल्लाका तिन विद्यालयमा सञ्चालीत स्रोत कक्षाका लागि नगद संकलन गरि अक्षयकोषको स्थापना गरेका हुन् । सिङ्गाको धौलागिरि माविमा सञ्चालित बहिरा, पुलाचौरको बालजागृती प्राबिमा रहेको बौद्धीक अपाङ्गता र पिप्ले मौवाफाँटको ज्ञानोदय माविद्धारा सञ्चालीत दृष्टिबीहिन स्रोत कक्षा सञ्चालनका लागि ११÷११ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष दल शेरपुञ्जाले जानकारी दिए। अध्यक्ष शेरपुञ्जाका अनुसार अपाङ्गता स्रोत कक्षाका विद्यार्थीको भरणपोषण र शिक्षकको तलव व्यवस्थाका लागि ब्याजबाट खर्च गर्ने गरि सम्बन्धित विद्यालयका प्रअ, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी र मोना म्याग्दीका अध्यक्षको नाममा अक्षयकोष स्थापना गरिएको छ । फरक क्षमत्ताका कारण विद्यालय जानबाट बञ्चित भएका बालबालीकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि सञ्चालन भएका स्रोतकक्षाहरु दिगो स्रोतको अभावमा संकटमा परे

विद्यालयलाई चुनाव प्रचारको थलो नबनाउन निर्देशन

बर्दिवास, कात्तिक ९ गते । महोत्तरी जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले संविधानसभा निर्वाचनका क्रममा चुनाव प्रचारका कार्यक्रम विद्यालय परिसरमा नगर्न दल र उम्मेदवारलाई सचेत गराएको छ । निर्वाचनका लागि जिल्लाका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले शुक्रबार साँझ विज्ञप्ति नै प्रकाहज गरेर दल र उम्मेदवारलाई सचेत गराउनुभएको हो । कतिपय निर्वाचन क्षेत्रमा चुनावीसभाका कार्यक्रम विद्यालय परिसरमा आयोजन भएका गुनासो आएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले यो क्रमले निरन्तरता पाइरहे आचारसंहिता उलङ्घनबारे कारबाही चलाइने स्पष्ट पारेको छ । ‘‘निर्वाचन आचारसंहिता उलङ्घन भएको पाइएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द गर्नेसँगै रु एक लाखसम्म जरिवाना गर्नसकिने प्रावधानतर्फ सबै दल र उम्मेदवारलाई सचेत गराइन्छ’’ मुख्य निर्वाचन अधिकृत खरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । जिल्ला सदरमुकाम जलेश्वर नगरसहितका ३ नं क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका विद्यालय परिसरमा राजनीतिक दलले चुनावीसभा र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरेका गुनासो बढेपछि कार्यालयले विज्ञप्ति नै जारी गरेर सचेत गराउनुपरेक

शिक्षकका कमजोरी

अतीन्द्र दाहाल समाजको सम्यता विकास र राष्ट्र निर्माणमा शिक्षाको भूमिका अतुलनीय हुन्छ । संसारका सबै प्रगति र विकास सम्बन्धित देशमा भएको शिक्षाको विकास र यसको प्रायोगिक सबलता अनि सफलताबाट नै सम्भव भएका हुन्छन् । समुन्नत राष्ट्र निर्माणका सिद्घान्त प्रतिपादन गर्ने व्याख्याताहरू सान्हा बन्धोपध्याय, सी हार्वर, जान जी जानम्याट पनि शिक्षाको गुणस्तर र समयसामयिकतालाई निकै महत्त्व दिन्छन् । त्यही भएर हो संसारका थुप्रै देशले शिक्षालाई देशको प्रमुख विकासकवच मान्छन् । सोही आत्मसात् गर्नुका कारण जापानले दोस्रो विश्वयुद्धपछि धेरै वर्षसम्म आफ्नो बजेटको लगभग ४९ प्रतिशत शिक्षामा खर्च गरेका तथ्यांंकहरू छन् । आजकाल शिक्षालय र त्यसमा अभ्यास हुने गतिविधिमा थुप्रै नाजायज पक्षहरूको घुसपैठ भएको छ । कमजोरी शिक्षा लिने, दिने र त्यसलाई व्यवस्थापन गर्ने सबैका होलान् । राजनीतिक हस्तक्षेप, लापरबाहीलगायतका विषय बारम्बार सञ्चारमा आइरहन्छन् । तर सिक्न र सिकाउन भनेर आएकाहरू दुवैमा सिकाइप्रतिको सही आचरण र तयारीको गम्भीर संंकट भएको तथ्यलाई भने अझै पनि सबैले स्विकार्न सकेको देखिंदैन । जसले सम्पूर्ण शिक्षालाई औपचा

दृष्टिविहीन स्रोत कक्षालाई सहयोग हस्तान्तरण

 म्याग्दी ,  कात्तिक ८ । म्याग्दीको राखु पिप्ले मौवाफाँटमा रहेको ज्ञानोदय माविद्धारा सञ्चालित दृष्टिबीहिन स्रोत कक्षालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भदौ २ गते हङकङमा आयोजना भएको सांस्कृतीक कार्यक्रम मार्फत बचत भएको ३३ लाख रुपैया मध्य दृष्टिबिहिन स्र्रोत कक्षालाई ११ लाख रुपैया उपलब्ध गराइएको हो । यसअघि बगुवाखोलाको बालजागृती प्राबिमा सञ्चालित बौद्धीक आपङ्गता स्रोत कक्षालाई ११ लाख रुपैया उपलब्ध गराइसकेको मोना हङकङले सिंगाको बहिरा स्रोत कक्षालाई पनि ११ लाख रुपैया सहयोग गर्ने जनाएको छ । सो रकम स्रोत कक्षाका विद्यार्थीको भरण भोषण र पुर्वधार निर्माणका लागि खर्च गर्ने गरि सम्बन्धित विद्यालयका प्रअ, मोना म्याग्दीका अध्यक्ष र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधीको हस्ताक्षरमा सञ्चालन हुनेगरि अक्षयकोषको रुपमा स्थापना गरिएको छ । मोना म्याग्दीका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षता, सदस्य रमेश गिरीको सञ्चालन र ज्ञानोदय माविका विद्यालयका प्रअ निलकण्ठ शर्माको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथ

प्रवासी म्याग्देलीव्दारा विद्यालयलाई आर्थिक सहयोग

सन्तोष गौतम, म्याग्दी २०७० कात्तिक ८ । म्याग्दीको दुई विद्यालयलाई प्रवासी म्याग्देली व्दारा २ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय उच्च मावि र दानाको काभ्रेको सरस्वती प्राथमिक विद्यालयलाई बेलायत र हङकङका प्रवासी म्याग्देलीले आर्थिक सहयोग गरेका हुन् । सर्वोदय उच्च माविलाई शुक्रबार दाना ३ घर भई हाल बेलायतमा बस्दै आएका कमल पुर्जाले व्यक्तिगत रुपमा एक लाख १ हजार १८० रुपैया र म्याग्देली प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष दल शेरपुञ्जा र कोषाध्यक्ष कर्ण पुनले १५ हजार रुपैया उपलब्ध गराएका छन् । उनिहरुले विद्यालयमै पुगेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल हिराचन र प्राचार्य कमलचन्द्र लामिछानेलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । मोना युकेका बरिष्ठ उपाध्यक्ष समेत रहेका पुर्जाले दानाको काभ्रेमा रहेको सरस्वती प्राबिलाई एक लाख रुपैया सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । सरस्वती प्राबिले बिहीबार काभ्रेमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागि चिमखोले समाज युके, मोना युके र मोना हङकङका पदाधीकारीहरुले ७६ हजार र एनआरएन युकेका अध्यक्ष

नमुना आवासीय माविको रजत महोत्सव शुभारम्भ

भूमिराज शर्मा पर्वत, ८ कार्तिक आजको आवश्यकता, प्रविधियुक्त गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ २५ बर्ष पहिले स्थापित जिल्लाको साँच्चिकै नमुनाको रुपमा रहेको नमुना आवासीय उमाविको साताव्यापी रजत महोत्सवको एक भव्य समारोहका बीच शुभारम्भ गरिएको छ । शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबीच महोत्सवको शुभारम्भ गरिएको हो ।  कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला शिक्षा कार्यालय पर्वतका जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा राज्यले धेरै लगानी गरेको भए पनि आशातित उपलब्धि हासील हुन नसकेको बताउनु भयो । जिशिअ पौडेलले भन्नु भयो–अब विद्यालयको संख्यात्मक बृद्धि भन्दा गुणात्मक अभिबृद्धिमा जोड दिनु आवश्यक भैसकेको छ । अभिभावकको चाहना अनुसार शैक्षिक गुणस्तर बढाउन सामुदायिक विद्यालयहरुले संस्थागत विद्यालयबाट सिको गर्नु पर्नेमा पौडेलले जोड दिनु भयो  ।  उक्त शुभारम्भ समारोहमा विद्यालयका शिक्षक एवं साहित्यकार अन्तिम गुरुङद्धारा लिखित कृति आजाद ध्वनिको विमोचन गरिएको थियो । सो कृतिको बारेमा प्रकाश पार्दै साहित्यकार एवं समालो

राहत शिक्षक संघर्ष समिति पर्वतको अध्यक्षमा लामिछाने

भूमिराज शर्मा /सहारा न्यूज पर्वत,कार्तिक ८ सबै शिक्षकलाई एउटै सम्मान, पेसाको सुनिश्चितता हाम्रो अभियान भन्ने नाराका साथ राहत शिक्षक संघर्ष समिति पर्वतको तेस्रो जिल्ला अधिवेशन शुक्रबार सदरमुकाम कुस्मामा सम्पन्न भएको छ । सम्मेलनले दिपक लामिछानेको अध्यक्षतामा चार सदस्य पछि थप गर्ने गरी २१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचित समितिको उपाध्यक्षमा कोकिलराज पौडेल, दिवाकर अधिकारी, शेषकान्त पराजुली, र भीमलाल पुरी, सचिव देवेन्द्र पौडेल, सहसचिव संञ्जय रेग्मी र कोषाध्यक्षमा देवका पराजुली रहनु भएको छ । अन्य सदस्यहरुमा कमल खत्री, केशव प्रसाद शर्मा, टंक प्रसाद रेग्मी, कुल प्रसाद सापकोटा, शारदा शर्मा, प्रकाश चापागाई, घनश्याम पोख्रेल, हरिदत्त शर्मा र टिका कुमारी गौतम चयन हुनु भएको छ । अधिवेशनको उद्घाटन समारोहमा बोल्दै राहत शिक्षक संघर्ष समितिका केन्द्रीय सचिव बसन्त विक्रम तिमिल्सिनाले राहत शिक्षकहरुको माग पूरा गराउनको लागि संघर्षको विकल्प नरहेको बताउनु भयो । सोही कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले शैक्षिक समस्या समाधानका लागि सबै शिक्षकहरु एकजुट हुनु पर्ने

प्रमुख दलका उम्मेद्वार नै आचारसंहिता मिच्दै, कसले कुन विद्यालयमा कार्यक्रम गरे ?

काठमाडौं , कार्तिक ८ - उम्मेद्वार - कार्यक्रम स्थल पुष्पकमल दाहाल ( एमाओवादी ) -   राराहिल मावी , किर्तिपुर रेणु दाहाल ( एमाओवादी ) - विजय स्मारक उच्चमावी , डिल्लीबजार देवेन्द्र पौडेल ( एमाओवादी ) - जनमैत्री कलेज , कुलेश्वर प्रकाशमानसिंह ( काग्रेस ) -   ब्लुस्काई स्कुल , घट्टेकुलो निर्मल कुइँकेल ( एमाले ) - जयभद्रकली स्कुल प्रमुख राजनीतिक दलका उम्मेद्वारहरुले निर्वाचन आचारसंहिता उलंघन गर्दै विद्यालय हाता भित्र चुनावी गतिविधि संचालन गर्न थालेका छन् । संविधान सभा निर्वाचन आचारसंहिताको ३५ नम्बर बुँदामा ' बिद्यालय र विद्यालय हाता भित्र आमसभा , माइकिङ् लगायत निर्वाचन प्रचारको काम गर्नु हुदैन ' भनिएको छ । आचारसंहिताको ३२ नम्बर बुँदामा ' बालबालिकालाई जुलुस , र्याली , आमसभा , बैठक वा भेलामा सहभागी गराउन तथा प्रचार प्रसार र निर्वाचनसंग सम्बन्धीत अन्य कुनैपनि काम वा गतिविधिमा प्रयोग गर्नु र गराउनु हुदैन ' भन्ने पनि उल्लेख छ । तर यो प्रावधानप्रति दलका उम्मेद्वारले वेव

शिक्षकले राजनीति गर्ने भए पेशा त्याग्न सक्नुपर्छ- व्दारे

बागलुङ २०७० कात्तिक ७ । क्षेत्रीय शिक्षा निर्देशनालय पश्चिमाञ्चलका निर्देशक विष्णुबहादुर द्वारेले शिक्षक आफ्नो पेशाप्रति जिम्मेवार नभएसम्म बिद्यालयको शैक्षिक गुणस्तर सुधार्न नसकिने बताएका छन् । क्षत्रीय शिक्षा निर्देशनालय पोखराकोले आज बागलुङमा आयोजना गरेका शैक्षिक सुधारका लागी संचार माध्यमसँगको सहकार्य बिषयक अभिमुखीकरण गोष्ठीमा बोल्दै द्वारेले बिद्यालयको शैक्षिक सुधारमा भौतीक संरचना भन्दा शिक्षकको कार्य कुशलताले महत्वपूर्ण भूमिका खेल्ने बताए । राज्यको कोषबाट तलव खाएर राजनितीक दलका काम गर्न नमिल्ने बताउँदै उनले भने राजनीति गर्ने भए पेशा त्याग्न सक्नुपर्छ । सामुदायीक बिद्यालयका अधिकांश शिक्षक जिम्मेवार नभएकाले शैक्षिक गुणस्तर सुधार्न गाह्रो भएको उनको गुनासो थियो । द्वारेले शिक्षाको गुणस्तर विकासका लागी संचार माध्याम र पत्रकारहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै आवश्यक ठाउँमा सुझाव दिन र खवरदारी गर्न पत्रकारहरुलाइ आग्रह पनि गरे । कार्यक्रममा बोल्दै पत्रकार

शिक्षा बिभागको यो बर्ष मुस्ताङको शिक्षामा ५१ करोड लगानी

चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ, कार्तिक ७ गते । हिमाली जिल्ला मुस्ताङको शिक्षाका लागि नेपाल सरकार शिक्षा मन्त्रालयले यो बर्ष करिब ५१ करोड लगानी गर्ने भएको छ । बिद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि ४१ करोड ८ लाख ३३ हजार रुपैया शिक्षा बिभागले मुस्ताङका लागि बिनियोजन गरेको छ । यसै गरि शिक्षकको बार्षिक तलब करिब ९ करोड, जिल्ला शिक्षा कार्यालयका कर्मचारीको तलब सहित साधारण बजेट करिब १ करोड गरि जिल्लामा करिब ५१ करोड शिक्षामा सरकारले खर्च गर्ने भएको हो । जिल्ला बिकास समिती, बिभिन्न गैहसरकारी सस्थाहरु, नेपाल सरकारका अन्य बिभाग, मन्त्रालय, ब्यक्तिबिषेशले गर्ने लगानी यसमा समाबेश नभएको जिल्ला शिक्षा कार्यालयका उपसचिब राम प्रसाद आचार्यले बताउनु भयो । बिद्यालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत भौतिक सुधार कार्यक्रमका लागि ७९ लाख, साक्षरता शिक्षाका लागि २७ लाख, शैक्षिक गुणस्तर अभिबृद्धिका लागि १० लाख ६५ हजार, शिक्षक तालिमका लागि १५ लाख १६ हजार, बिद्यालय ब्यबस्थापन र अनुगमनका लागि २२ लाख २४ हजार बिनियोजन भएको छ । हिमाली छात्रवासका लागि ११ लाख २४ हजार छात्रबृद्धि, शैक्षिक सामाग्राका लागि ५३

विद्यार्थी अभावमा मुस्ताङका विद्यालयहरुमा समस्या

मुस्ताङ, कात्तिक ७ गते । हिमाली जिल्ला मुस्ताङमा विद्यार्थीको अभावमा विद्यालय बन्द हुने क्रम बढेको छ ।  सुर्खाङ गाविसको ध्येस्थित ध्ये प्रावि विद्यार्थी नभएपछि बन्द भएको छ । सुर्खाङमा–६ प्रावि रहेकामा ढी प्रावि तीन वर्षअगाडि विद्यार्थी नभएका कारण बन्द भएको थियो भने ध्ये प्रावि गत जेठबाट बन्द भएको जिल्ला शिक्षा कार्यालयका उपसचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।  यारा प्राविमा चार जना, घारा प्राविमा चार जना, शालिग्राम प्रावि, ताङयामा पाँच जना र दामोदरकुण्ड प्रावि सुर्खाङमा पाँच जना विद्यार्थी रहेका आचार्यले बताउनुभयो । ध्ये प्राविमा विद्यार्थी नभएपछि दुईजना शिक्षकलाई दामोदरकुण्ड प्रावि सुर्खाङमा पठाइएको छ । यी चार विद्यालयमा १० जना शिक्षक रहेका छन् भने ढी प्राविका शिक्षकलाई झोङ र तल्लो मुस्ताङमा सारिएको थियो । कागबेनीको तिरी प्रावि पनि केही वर्षअगाडि नै बन्द भएको थियो । केही विद्यालयले विद्यार्थी नहँुदासमेत विद्यार्थीको सङ्ख्या जिल्ला शिक्षा कार्याललाई देखाउने गरेका छन् ।  यसैगरी छोण्हुपको फुवास्थित जनप्रभात प्राविमा पाँच, दिव्यज्ञान प्राविमा ६, छुसाङको दीपज्योति प्रावि चै

दुर्गमको विद्यालयमा कम्प्युटर कक्षा -

खोटाङ, कार्तिक ५ – खोटाङको बाकाचोलस्थित जालपा माबि बादेलमा कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएको छ । बादेल नेपाल फ्रान्सकी अध्यक्ष जानेक मुहायरको आर्थिक सहयोगमा बिकट गाउँको विद्यालयमा कम्युटर कक्षा सञ्चालनमा ल्याइएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गाबिसमा सञ्चालित प्रस्ताबित माबिमा ३ वटा कम्प्युटर र एक वटा फोटोकपी मेसिन सञ्चालनमा ल्याइएको प्रस्ताबित जालपा माबि सरोकार समितिका अध्यक्ष टिकाराम पुरीले जानकारी दिनुभयो । गाउँमा पहिलोपल्ट सञ्चालनमा ल्याइएको कम्पयुटर हेर्नका लागि स्थानीयबासिन्दाको भीड लागेको थियो । कम्युटर शिक्षाको बिकासकालागि कम्युटर कक्षाको व्यवस्था मिलाइएको मुहायरले दोभाषेको सहयोगमा बताउनुभयो । भ्रमणका सिलसिलामा सन् २००९ मा पहिलोपल्ट बादेलमा आइपुगेकी मुहायरले ‘ठूला विद्यार्थी बेञ्चमा र साना विद्यार्थी भुईमा’ बसेको देखेपछि विद्यालयमा फर्नीचरको व्यवस्थापन गरेर फर्कनु भएको थियो । मुहायरको १० हजार रुपैयाँ आर्थिक सहयोगमा साना कक्षाका विद्यार्थीकालागि डेस्क र बेञ्च निर्माण गरिएको थियो । बादेल भ्रमणपछि फ्रान्स फर्किएका मुहायरले बादेल नेपाल नामक संस्था स्थापना गरी विद्याल

हल्लामा सीमित नहोस् अंग्रेजी माध्यमको शिक्षण सिकाइ

भुमिराज शर्मा सरकारले देशभरिका सबै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यम लागू गर्ने बताएको छ । अंग्रेजी भाषा प्रतिको मोह बढ्दै गएपछि सरकारले सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यम लागू गर्ने तत्परता देखाएको हो । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने भन्दै केही बर्षयता सहरी क्षेत्रका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन् । कतिपय सम्पन्न सामुदायिक विद्यालयहरुले अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गर्दै आएका पनि छन् । अंग्रेजी माध्यमबाट पठनपाठन गरिएका विद्यालयहरुको शैक्षिक गुणस्तर केही सुधारिएको पनि पाइएको छ । तर मुलुकका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने कुरा अत्यन्तै जटिल छ । यो माध्यमबाट पठनपाठन गराउँदा सामुदायिक विद्यालयमा अंग्रेजी भाषामा दक्ष शिक्षकको समस्या पर्न सक्ने अवस्था छ ।  सरकारले अंग्रेजी माध्यमबाट अध्यापन गर्न नसक्ने शिक्षकलाई तालिम दिने बताए पनि सरकारले प्रदान गर्ने कुनै पनि तालिमहरु प्रभावकारी हुन सकिरहेका छैनन । सामुदायिक विद्यालयका शिक्षकहरु सबैभन्दा बढी अंग्रेजी भाषामा कमजोर छन् । अहिले अनिवार्य अग्रेजी विषय त न

दार्चुलाको खण्डेश्वरीमा चन्दा संकलनबाटै विद्यालय सञ्चालन ।

दार्चुला, ४ कार्तिक खण्डेश्वरी गाविसस्थित सरस्वती निम्नमाध्यमिक विद्यालयले तीन वर्षदेखि चन्दा संकलनबाटै विद्यालय सञ्चालन गरेको छ । अंग्रेजी माध्यममा पढाई हुने सो विद्यालयमा राहतलगायतको दरबन्दी नहुँदा शिक्षकहरु नीजि स्रोतबाट तलब खुवाउनु परेको हो । १० जना शिक्षक रहेको विद्यालयमा सात जना शिक्षक शिक्षिकालाई निजी स्रोतबाट चन्द संकलन गरी तलब खुवाउनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिपसिह रोकायाले बताउनुभयो । विद्यालयको आयोजनामा चार दिनसम्म प्रदर्शनी गरिएको नाटकमा चन्दा सहयोगबाफत २ लाख ५५ हजार ८ सय ४४ रुपैयाँ संकलन भएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो । जसमा नगद १ लाख ८२ हजार ८ सय ४४ रुपैयाँ तथा अन्य जिन्सी सामाग्री प्राप्त भएको छ । विद्यालयलाई खण्डेश्वरी वडा नम्बर ५ र ६ का आमा समूहले ३० हजार रुपैयाँ बराबरको ह्वाइबोर्ड तथा विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष दिलिपसिह रोकाया र निर्वतमान अध्यक्ष पोखरसिह रोकायाले २५ हजार रुपैयाँको प्रिन्टर हस्तान्तरण गर्नुभएको छ । यसैगरी विद्यालयलाई रोकाया परिवारको तर्फबाट २९ हजार रुपैयाँ दिइएको विद्यालयका प्रधानाध्यापक जहरसिह रोकायाले

मुलुकभरका सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यम लागू गरिने

प्रकृति अधिकारी, काठमाडौँ, कात्तिक ४ गते । अब देशभरिका सबै सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यम लागू गरिने भएको छ । अङ्ग्रेजी भाषाप्रतिको आकर्षण बढ्दै गएपछि सरकारले सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यम लागू गर्ने तत्परता देखाएको हो । शिक्षामन्त्री माधवप्रसाद पौडेलले विद्यार्थीहरुले भाषाका कारण बाधा भोग्न नहुने बताउँदै भन्नुभयो, “त्यसैले सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी भाषा लागू गर्ने प्रयासमा छौँ । शिक्षा मन्त्रालयबाट यसै महिनाभित्र यससम्बन्धी निर्णय गराउने सोच बनाएका छौँ ।” विद्यालय तहमा अङ्ग्रेजी माध्यम लागू गरिए पनि अनिवार्य नेपाली विषय हटाइने छैन । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने भन्दै हालका केही वर्षयता मुख्य गरी सहरी क्षेत्रका सामुदायिक विद्यालयहरुले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन् । काठमाडौँ उपत्यकाका बजार क्षेत्रका कतिपय सम्पन्न सामुदायिक विद्यालयहरुले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गर्दै आएका पनि छन् । अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिएका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारिएको पनि पाइएको छ । शिक्षाविद् प्रा.डा. विद

म्याग्दीका अपाङ्ग विद्यार्थीको शिक्षाका लागि प्रवासीले जुटाए रु ३३ लाख

म्याग्दी, ४ कात्तिक । म्याग्दी जिल्लाका अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि प्रवासीले रु ३३ लाख सहयोग जुटाएका छन् ।    रोजगारीको सिलसिलामा हङकङमा पुगेका म्याग्देलीले सिङ्गाको धौलागिरि माविमा सञ्चालित बहिरा, पुलाचौरका बालजागृति प्राविमा रहेको बौद्धिक अपाङ्गता र पिप्ले मौवाफाँटको ज्ञानोदय माविद्वारा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा सञ्चालनका लागि सांस्कृतिक कार्यक्रममार्फत सहयोग सङ्कलन गरेका हुन् ।    म्याग्दी प्रवास नेपाली सङ्घ (मोना) हङकङद्वारा आज बेनीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका कोषाध्यक्ष कर्ण पुनले गत भदौमा हङकङमा गरिएको सांस्कृतिक कार्यक्रममार्फत रु ३३ लाख सङ्कलन गरिएको जानकारी दिनुभयो ।    म्याग्दीको मौलिक पञ्चेबाजा, यानीमाया, थालीनाचलगायत गीत र नृत्य प्रस्तुत गरिएको कार्यक्रममा रु ४३ लाख ५५ हजार ३८१ सङ्कलन भएकोमा रु १० लाख ५५ हजार ३८१ खर्च भई बचत भएको रु ३३ लाख अपाङ्गता स्रोत कक्षा सञ्चालन गरेका तीन विद्यालयलाई रु ११ लाखका दरले उपलब्ध गराइने कोषाध्यक्ष पुनले बताउनुभयो ।    अपाङ्गता स्रोत कक्षाका विद्यार्थीको भरणपोषण र शिक्षकको तलब व्यवस्थाका लागि ख