Skip to main content

Posts

Showing posts from March, 2017

थप नया सिर्जना

गजल बोटमैं फल कुहिएपछि भुईमै किन झर्नु परयो । ज्यूँदो लास भैसकेपछि फेरि किन मर्नु परयो । गाँजा भाँग धतुरोमा लठ्ठीदैछौ आज तिमी  । शिबजीले छुट्टै रूप किन धारण गर्नु परयो ।। कलियुगका सीताहरु आफै भाग्न थालेपछि । नानाभाँति गरी अब रावणले किन हर्नु परयो ।। कुकर्म त गरी सक्यौ पखालिन्न जे गरे पनि । शाश्त्रको त्यो बैतरणी नदी किन तर्नु परयो ।। असली रूप के हो तिम्रो खुलेआम भनि देऊ । दुनियालाई अनाबश्यक भ्रम किन छर्नु परयो ।। २०७३/१२/०४ गजल जलस्रोतको धनी देशमा गाग्री हानाहान भयो । लोकतन्त्रको नाम जप्दै कुर्ची तानातान भयो ।। दश पढयो गाउँ छोड्यो बाह्र पढयो देशै छोड्यो । रोजगार खोज्दै बिश्वभरि डुल्ने पहिचान भयो ।। पछि परे जागिर खाने भन्दै गाउँमा अल्झिनेहरु । दुई चार बर्ष बिदेश बस्ने आज नम्बर वान भयो ।। पढयो लेख्यो काम छैन हात मुख जोर्न माम छैन। दक्षता र योग्यताको आज  यहाँ अपमान भयो ।। २०७३-०१-१५/९:१७ १४ अञ्चल र ७५ जिल्लाको गीत:- ======================= . > मेची ताप्लेजुङ पाँचथर जिल्लामा इलाम झर्यो झापाको किल्लामा चिया सस्तो छ पुगेर फर्कनु मेची कस्तो छ ? > कोसी संखु