Skip to main content

Posts

Showing posts from February, 2014

अख्तियारद्वारा शिक्षक सेवा आयोगलाई सफाई (विज्ञप्ति सहित)

काठमाडौँ, २०७० फागुन १६ गते   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक सेवा आयोगलाई शिक्षक पदको परीक्षा सञ्चालन गर्ने बाटो खुल्ला गरेको छ ।  गत पुष ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा सम्बन्धी काम रोक्न आदेश दिएको थियो ।  हालसम्म शिक्षक सेवा आयोगले माध्यामिक र निम्नमाध्यामिक तहको लिखित परीक्षाको नतिजा सार्वजनीक गरिसकेको छ । शिक्षक सेवा आयोगका सहसचिव खगेन्द्र नेपालले माध्यामिक र निम्नमाध्यामिक तहको अन्र्तवार्ता तथा प्राथमिक तहको लिखित परीक्षाको नतिजा प्रक्रिया छिट्टै अगाडी बढ्ने जानकारी  दिनुभयो । प्रेस विज्ञप्ति :  मितिः२०७०।११।१६  शिक्षक सेवा आयोगद्वारा स्थायी शिक्षक पदपुर्ती गर्ने सम्बन्धि मिति २०७०।०८।२३ मा प्रकाशित बिज्ञापन बमोजिम परीक्षा संचालन भई परीक्षाफल प्रकाशनका सम्बन्धमा शिक्षक सेवा आयोग विरुद्भ यस आयोग समक्ष विभिन्न विषयलाई सम्बोधन गरी थुप्रै उजुरीहरु प्राप्त भएकोमा अनुसन्धानका क्रममा मा. वि. तहको स्वास्थ्य शारिरीक बिषयको नतिजा मिति २०७०।०८।१८ मा पहिलो पटक प्राविधिक भुलवस सिमित केन्द्रको प्रतियोगीहरुको मात्र नतिजा प्रकाशन भएकोमा बाँकी सबै प्र

Exam Tips: How to secure high marks in Examination?

Kamal Kumar In university level, you might have several experiences of getting low marks despite doing well in exam. Unlike other universities in Nepal, Tribhuvan University has very strict marking system.  Especially in Bachelor level, the pass percentage is extremely low. Last time, few of my friends either failed or got less marks although they claimed that all papers had gone well, which is beyond our expectations. So I hope this article may be interesting for TU students about how to get better marks in exam. 1.       Attempt all questions      The basic norm of examination is to attempt all questions in limited time. If you attempt all questions,   there is high probability of getting good marks or at least you will get pass mark. So don’t leave any questions unanswered. 2.       Proper allocation of time  Normally students are given 3 hours (time differs depends on subject and level) to solve all questions hence you must complete all questions in limited timeframe

तरबारको धारमा नयाँ शिक्षामन्त्री

डा. मनप्रसाद वाग्ले दोस्रो संविधानसभाको चुनावपूर्व सबै राजनीतिक दलहरूले आ-आफ्नो घोषणापत्र सार्वजनिक गरे । त्यही घोषणापत्रको कार्यक्रमहरूलाई आधार मानेर जनताले भोट हाले र दलका नेताहरू सभासद, सांसद र कोही मन्त्री पनि बने । प्रत्येक चुनावमा यही क्रम दोहोरिन्छ, तर 'खोलो तर्‍यो, लौरो बिस्र्यो' भनेझैं आफूले जनतासामु चुनावपूर्व गरेका प्रतिबद्धताहरू आजसम्म कुनै पनि राजनीतिक दलले पूरा गर्नेतर्फ चासो दिएको पाइन्न । अहिले आफूलाई ठूला दल भनेर घमन्ड गर्ने र समान हैसियतको हुँ भन्दै गृह मन्त्रालय च्याँखे थाप्न, जित्न र छोड्न सफल दलहरूले यो वाचा नभुलुन् भनेर शिक्षामा उनीहरूले गर्न खोजेको उपलब्धि, उनीहरूकै घोषणापत्रका आधारमा चिरफार गरी यहाँ प्रस्तुत गर्न खोजिएको छ । सरकारमा सहभागी दलमध्ये नेपाली कांग्रेसको भागमा शिक्षा परेको छ । त्यसो भन्दैमा समान हैसियतको दाबी गर्ने नेकपा एमाले आफ्नो घोषणापत्रमा वाचा गरे अनुसारको शिक्षा पद्धतिबाट बाहिरिन मिल्दैन । सबै कुरा भागबन्डामै चलेको हाम्रो देशको शासन व्यवस्थामा जुन दलको भागमा जुन मन्त्रालय परे पनि त्यो मन्त्रालयले दलगत स्वार्थभन्दा माथि उठेर राज

रायडाँडामा सहजकर्ताका लागि पाँच दिने तालिम सम्पन्न

भूमिराज शर्मा पर्वत, १५ फागुन साक्षर रायडाँडा अभियान अन्तर्गत सहजकर्ताका लागि पाँच दिने तालिम बाग्लुङ जिल्लाको रायडाँडामा बिहीबार सम्पन्न भएको छ ।  गाविसलाई पूर्ण साक्षर घोषणा गर्ने तयारी स्वरुप बाँकि रहेका निरक्षरहरुलाई साक्षर गराउन खटिएका सहजकर्ताहरुका लागि तालिम संचालन भएको हो ।  रायडाँडा गाविसका नौवटै वडाका बीस जना सहजकर्ताहरुको सहभागिता रहेको सो तालिममा दमेक स्रोत केन्दका स्रोत व्यक्ति बिष्णु प्रसाद सापकोटाले प्रशिक्षण दिनु भएको थियो ।        तालिमको समापन समारोहमा सहभागी सहजकर्ता आरती केसी, गंगा गौतम, महाविद्याजन उमाविका भूपु प्रअ केदार आचार्य लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । महाविद्याजन उमावि रायडाँडाका प्राचार्य डिल्ली प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन शिक्षक प्रेम प्रसाद पौडेलले गर्नु भएको थियो । सो अभियान अन्तर्गत रायडाँडा गाविसका नौ वटै वडाका १७ केन्द्रमा साक्षरता कक्षा संचालन गरिने शिक्षक राम बहादुर केसीले जानकारी दिनु भयो ।   

बधाईसँगै माग राखेपछि मन्त्री नै जिल्लिन्

काठमाडौं, १५ फागुन । ‘सर्वप्रथम तपाईं शिक्षामन्त्रीजस्तो गरिमामय पदमा बहाली हुनुभएकोमा हाम्रो संगठनको तर्फबाट बधाई छ,’ बुधबार पदभार ग्रहण गरेको केही समयपछि शिक्षामन्त्री चित्रलेखा यादवलाई अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बीसीले भने । मन्त्रीको कार्यकक्षमै पुगेर शिक्षक संगठनका अध्यक्षले बधाई दिएकोमा मुसुक्क हाँस्दै मन्त्री यादवले धन्यवाद भनिन् । मन्त्रीलाई बधाई दिएलगत्तै अध्यक्ष बीसीले शिक्षकका दर्जनौं माग अगाडि सारे । पदभार ग्रहण गरेकै दिन शिक्षकका दर्जनौं माग टेबुलमा तेर्सिएपछि मन्त्री यादव अचम्ममा परिन् । त्यसपछि मलिनो स्वरमा उनले भनिन्, ‘तपाईंको मागका विषयमा म अध्ययन गर्छु, कसरी समधान गर्न सकिन्छ मन्त्रालयका सचिवसँग छलफल गरेर कार्यान्वयन गरांला ।’ मन्त्री भएर शपथ ग्रहण गरेको दोस्रो दिन सिधै संविधानसभाबाट मन्त्रालयको कार्यकक्षमा प्रवेश गरेकी मन्त्री यादव निकै थकित मुद्रामा थिइन् । उनलाई मोबाइलमा र भेटेर बधाई दिनेको संख्या धेरै थियो । मन्त्रालयमा बधाई दिन शिक्षाका विभिन्न निकायका उच्च अधिकारी, विद्यार्थी संगठनका प्रमुख, निजी शैक्षिक संस्थाका सञ्चालक मात्र होइनन्, पार्

जापानी विद्यार्थीद्वारा विद्यालयलाई सहयोग

गोरखा,  फागुन १४ गते । जिल्लाका पाँच विद्यालयलाई जापानी विद्यार्थीले सहयोग गरेका छन् । जापनीज केयु युनिभर्सिटीका विद्यार्थीले जिल्लाका विभिन्न विद्यालयलाई किताब र खेलकुद सामग्री प्रदान गरेका हुन् ।  उनीहरुले भवनको मर्मत सम्भारसमेत गरेका छन् । जिल्लाको गाइखुरस्थित रजगरे माध्यमिक विद्यालय, लक्ष्मी उच्च मावि, वीरभद्र प्रावि, पूर्वाधार प्रावि, च्याङ्ली गाविसको बालकल्याण निमावि, मिरकोटको त्रिवेणी मावि र धुवाँकोटको मदने डाँडा निमाविलाई जापानी विद्यार्थीले सहयोग गरेका हुन् । उनीहरुले विगत चार वर्षदेखि यस क्षेत्रका विद्यालयलाई सहयोग गर्दै आएको लक्ष्मी उमावि गाइखुरका प्राचार्य टीकाराम श्रेष्ठले जानकारी दिनुभयो ।   शिक्षक अभिभावक सङ्घका अध्यक्ष विष्णुबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रजगरे माविका प्रधानाध्यापक गोविन्दकुमार मल्ल र कार्यक्रम संयोजक सुशील पन्तले जापानी विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो । रासस 

धनी विद्यालयको गुणस्तर गिर्दो

काठमाडौ, २०७० फागुन १४ गते ।  बलियो आन्तरिक स्रोत हुने सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर खस्कँदै गएको छ । विद्यार्थी उत्तीर्ण दर बर्सेनि घट्दो छ । यस विपरीत सरकारी अनुदानमा मात्रै निर्भर विद्यालयहरू राष्ट्रिय स्तरमै उत्कृष्ट ठहरिँदै छन् । विद्यार्थीको चाप थामिनसक्नु छ । राजधानीका दर्जन बढी सामुदायिक विद्यालयले सटर भाडाबाट लाखौं आम्दानी गर्छन् । पशुपति मित्र मावि चाबहिलले वाषिर्क छ लाख रुपैयाँभन्दा बढी भित्र्याउँछ । उक्त विद्यालयले शैक्षिक नतिजा चाहिँ आम्दानी सुहाउँदो तुल्याउन सकेको छैन ।  विद्यार्थी उत्तीर्ण दर तीन वर्षबीचमा १३ प्रतिशतले झरी ७० प्रतिशतमा सीमित भएको छ । डिल्लीबजारस्थित पद्यमकन्या उच्च माविको अवस्था उस्तै छ । गएका तीन वर्षको एसएलसी नतिजा विश्लेषण गर्दा उत्तीर्ण दरमा गिरावट देखिन्छ । अघिल्लो वर्ष मात्रै ५१ प्रतिशत उत्तीर्ण भए । विद्यालयको सटरभाडा बर्षेनि १३ लाख बढी हुन्छ ।  क्याम्पस सञ्चालनको भाडाबापत चार लाख थपिन्छ ।  रामशाहपथस्थित पद्मोदय उच्चमाविले सटर भाडाबाट मात्र वाषिर्क झन्डै ३१ लाख रुपैयाँ कमाउँछ । पढाइको अवस्थालाई यसले टेवा पुर्‍याउन सकेको छैन । त

शिक्षक संगठनले देशभरिका जिल्ला शिक्षा कार्यालयमा माग बुझायो

काठमाडौँ,  २०७० फागुन १४ गते ।  नेकपा- माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले वुधबार देशभरिका जिल्ला शिक्षा कार्यालयमा मागपत्र बुझाएको छ । तत्काल पूरा गर्नुपर्ने ११ पेशागत तथा शैक्षिक माग र दीर्घकालमा पूरा गर्नुपर्ने १२ पेशागत तथा १४ शैक्षिक माग बुझाइएको छ । संगठनका अध्यक्ष लालबहादुर बिसीले आजै शिक्षामन्त्री चित्रलेखा यादवसँग अपरान्ह २ बजे भेट गरी मागपत्र बुझाएको ानकारी दिनुभयो ।

Education qualification of Chitra lekha yadav Education Minister of Nepal

Chitra lekha yadav; former Deputy Speaker of the House of Representatives and a leader of the Nepali Congress is appointed as a Education Minister today. Yadav was born in 1965 in a village in Siraha district. She is the first daughter of  Yamuna Prasad yadav, progressive father who was the first Yadav university graduate in the district (studying English and Economics in India's Patna University).  There was no trend of educating female child in Yadav community, but because of her father's attitude towards education, she got the chance of completing school education from Kathmandu.    She said  "My father invested his property, not to build a big house but for educating his children. Some relatives and neighbors laughed at him as my father sold his land to send his children to school. But he didn't care as he knew the importance of education."   She got married to Dr Shri Krishna Yadav, who had a doctorate in linguistics at a age of 15 when she was r

म्याग्दीमा एसएलसी परिक्षाको तयारी पूरा : जिल्लामा ९ परीक्षा केन्द्र निर्धारण

सन्तोष गौतम, म्याग्दी २०७० फागुन १४ । आगामी चैत ६ देखि १४ गतेसम्म्म सञ्चालन हुने प्रवेशिका परिक्षा (एसएलसी)का लागि म्याग्दीमा ९ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । मुक्तिमार्ग उच्च मावि घार, मुक्तिधाम उच्च मावि राखु भगवती, हेम उच्च मावि शिवाङ, जनप्रिय उच्च मावि दरवाङ, मंगला उच्च मावि बाबियाचौर, धौलागिरि मावि सिंगा, बेनी सामुदायीक उच्च मावी बेनी, प्रकाश उच्च मावि र न्यु वेष्ट प्वाईन्ट उच्च माविमा एसएलसी परिक्षा केन्द्र निर्धारण भएको हो । अघिल्लो वर्षदेखि होमसेन्टर हटाएकाले परिक्षा केन्द्र रहने विद्यालयका विद्यार्थीहरुले नजिकैको अर्को परिक्षा केन्द्रबाट एसएलसीमा सहभागि हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार यसवर्ष म्याग्दीका ५८ वटा सामुदायीक, ७ वटा निजी र १ वटा खुला विद्यालयका नियमित २ हजार ३३ र एक्जाम्टेडतर्फ २ सय ४५ गरि २ हजार २ सय ७८ जना विद्यार्थी यस वर्ष प्रवेशिका परिक्षामा सहभागी हुदैछन् । एसएलसीका लागि उत्तरपुस्तिका र प्रश्नपत्र समेत प्राप्त भइसकेको जानकारी दिदै विद्यालय निरीक्षक रेग्मीले केही दिनमै सबै परीक

कार्यालयमा अनियमितता गरेर भाग्दिन, गर्नेलाई पनि छोड्दिन- जिशिअ पौडेल

बालकृष्ण सुबेदी ,गल्कोट, २०७० फागुन १४ । प्रगति प्राथमिक बिद्यालय सप्ताहघाट मल्मको २४ सौँ बार्षिकोत्सव आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बच्चा जन्मने बित्तिकै अग्रेजी पढाउदैमा गुणस्तरिय शिक्षा नहुने भन्दै आधारभुत तहमा बालबालिकालाई मातृभाषा नै पढाउनु पर्ने बताए । अग्रेजी शिक्षाको मात्र पछि लाग्दा बालबालिकाको भविष्य उज्वल नभई भाषिक अपाङ्ग बन्ने बताए । एक फरक प्रसँगमा जिल्ला शिक्षा कार्यालयमा अनियमिता गरेर आफु नभाग्ने र बिद्यालयमा अनियमिता गर्नेलाई आफुले जसरी पनि कार्बाहीको दायरामा ल्याउने पौडेलको भनाई थियो । बिद्यालयको समयमा समाजको काम नगर्न उनले शिक्षकहरुलाई निर्देशन दिएका थिए । बार्षिकोत्शबको अबसरमा बिद्यालयका प्रध्यानध्यापक नगेन्द्र मल्लले बार्षिक प्रतिबेदन पस्तुत गर्दै मर्ज हुन लागेको बिद्यालयलाई हाल अग्रेजी माध्यमबाट सँचालन गरिएको जानकारी दिए । आगामी शैक्षिक बर्ष ७०र०७१ मा कक्षा ५ सँचालन गर्ने पनि उनले बताए । प्र अ मल्ले आ ब ०६९/७० को  ८ लाख २६ हजार ३ सय ८४ बराबरको आय ब्य बिबरण समेत प्रस्तुत गरेका थिए । कार्यक्रम

अखिल नेपाल शिक्षक संगठन, पर्वतद्वारा जिशिअलाई ज्ञापनपत्र

पर्वत, १४  फाल्गुण नेकपा–माओवादी निकटको अखिल नेपाल शिक्षक संगठन पर्वतले विभिन्न शैक्षिक तथा पेसागत माग राखी जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । संगठनका जिल्ला अध्यक्ष भूमिराज शर्माको नेतृत्वमा गएको शिक्षकहरुको टोलीले विभिन्न शीर्षकमा तत्काल पूरा गर्नु पर्ने ११ बुँदे शैक्षिक तथा पेसागत मागहरु, दीर्घकालिन १७ बुँदे पेशागत,  १२ बुँदे शैक्षिक र १६ बुँदे स्थानीय मागसहितको ज्ञापनपत्र बुधबार जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेललाईलाई बुझाएको हो ।  जिल्ला शिक्षा कार्यालयमै पुगी अध्यक्ष शर्मासहित संगठनका केन्द्रीय सचिवालय सदस्य रेशमलाल सापकोटा, राज्य समिति सदस्यद्धय दिलमान केसी र बिष्णु प्रसाद भुसाल, सचिव देवी प्रसाद अधिकारी, कोषाध्यक्ष गुमा जिसी,  सहसचिव नारायण जिसी, जिल्ला सदस्य धनञ्जय मल्ल लगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै जिशिअ पौडेलले संगठनले उठाएका मागहरु जायज र सान्दर्भिक भएको भन्दै स्थानीय मागहरुका विषयमा सरोकारवालाहरुसँग छिट्टै छलफल गरी निष्कर्षमा पुग्ने र केन्द्रसँग जोडिएका नीतिगत मागहरु पूरा गराउनको लागि मन्त्रालयमा पठाउने बिचार व्यक्त गर्नु भय

Examinees of Teacher Service Commission confused after CIAA's delayed investigation

24 Feb, 2014 Thousands of examinees who attended the examinations held by the Teachers' Service Commission (TSC) for schoolteachers have been bewildered by the delayed decision of the Commission for Investigation of Abuse of Authority (CIAA) regarding the investigation into alleged irregularities in the selection process.   The TSC had put on hold the interview of secondary level schoolteachers following the directive of the CIAA nearly two months ago.   The interviews of all districts were halted after the complaints were filed at the CIAA citing irregularities in the announcement of result of written tests in some subjects in Kathmandu district. Some 450,000 examinees had taken the examinations some six months ago for a total of 13069 schoolteachers. However, the result of primary level has not been published yet.   Spokesperson at the CIAA Shreedhar Sapkota said that investigations have been completed and the decisions would come out soon. However, the teache

Tribhuvan University published Bachelor of Education (B.Ed) second year 2069 exam result

24 Feb, 2014 Tribhuvan University office of the controller of examination, Balkhu today published the results of Bachelor of  Education  (B.Ed)  Second year-2069 exam results.  The examination of B.Ed Second year was held on 2069 Chaitra to 2070 Baishakha, i.e. Nearly 10 months ago.    Result statistics Total number of  B.ED Second year passed students: 29,764 Result withheld: 43 Total number of expelled students for one year: 590 Expelled for two years: 18 Expelled for four years: 1 

HSEB published grade 12 re-total results of Management,Humanities & Education

24 Feb, 2014 Higher Secondary Education Board (HSEB) today published the retotal result of regular and partial examination of grade 12 Management,Humanities & Education (i.e. except science). The exam was conducted in 2070 Baishakha/Jestha.    Students are requested to collect changed marksheet from HSEB office after 10 days. Students have to brought original marksheet/transcript for this.     grade 12 retotal result from HSEB.pdf     See the notice below

नेताका पोल्टामा पोलिटेक्निक

मकर श्रेष्ठ काठमाडौ, फाल्गुन १२ - पहुँचका आधारमा नेताहरूले आफ्नो जिल्लामा प्राविधिक शिक्षा अध्ययन गराउने पोलिटेक्निक खोल्ने प्रवृत्ति बढेको छ । निर्माणाधीन इन्सि्टच्युटलाई पूरा गर्नुको सट्टा आफूअनुकूलका क्षेत्रमा नयाँ थप्ने गरेका छन् । पहुँचमा भएका नेता, मन्त्रीको दबाबमा राष्ट्रिय योजना आयोगको कार्यक्रममा समावेश भएका यस्ता १७ वटा पोलिटेक्निक छन् । रातो किताबमा योजना परे पनि पर्याप्त बजेट नहुँदा सबैजसो इन्स्िटच्युटको निर्माण अधुरै छ । पदको दुरुपयोग गरेर आफ्नो क्षेत्रका मतदातालाई खुसी पार्न रातो योजना पार्ने गरेको आयोगका अधिकारीहरू बताउँछन् । बजेट भाषणमा घोषणा गरेका कतिपय ठाउँको इन्सि्टच्युटको जग्गा प्राप्ति नभए पनि सरकारले बजेट विनियोजन गरेको छ । आफ्नो क्षेत्रमा पोलिटेक्निक पार्ने राष्ट्रपति रामवरण यादव, एमाले अध्यक्ष झलनाथ खनाल, माधवकुमार नेपाल, गंगालाल तुलाधर, सुरेन्द्र पाण्डे, दीपकुमार उपाध्याय, माधव पौडेल, सोमप्रसाद पाण्डे, बाबुराम भट्टराई, कृष्णबहादुर महरा, दीनानाथ शर्मा, टोपबहादुर रायमाझी, महन्थ ठाकुरलगायत छन् । पदमा हुँदा काम गरेको देखाउन पोलिटेक्निक खोल्ने गरेको योजना आ

तीन शिक्षालय उत्कृष्ट

काठमाडौं , फाल्गुन १२ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले गुणस्तरीय शिक्षा प्रदान गर्ने तीन शैक्षिक संस्थालाई उत्कृष्ट घोषणा गरेको छ । सीटीईभीटीले २६ औं वार्षिकोत्सवका अवसरमा सोमबार स्वास्थ्यतर्फ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, इन्जिनियरिङतर्फ ख्वप बहुप्राविधिक अध्ययन संस्थान र कृषि तर्फ नेपाल पोलिटेक्निक इन्सिटच्युटलाई उत्कृष्ट घोषणा गरेको हो । नतिजा, अनुगमन प्रतिवेदन र पूर्वाधारका आधारमा ती शिक्षालय छानिएका हुन् । सीटीईभीटीले यो वर्ष पहिलो पटक वाषिर्कोत्सव मनाएको हो । कार्यक्रममा उसले उत्कृष्ट कर्मचारी, पूर्वसदस्य सचिव तथा पूर्वकर्मचारीलाई सम्मान गरेको छ । Source: http://www.ekantipur.com/np/2070/11/12/full-story/384709

महोत्तरीका छ सय चार शिक्षकलाई कारबाही

गौशाला,  फागुन १२ गते । सम्पत्ति विवरण नबुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको ६०४ जना  शिक्षकलाई पनि कारबाही गरेको छ । आयोगले पत्र लेखी जिल्लाका ६०४ जना शिक्षकलाई  जरिवानासहित एक महिनाभित्र विवरण बुझाउन निर्देशन दिएको छ ।  भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) मा भएको व्यवस्था बमोजिम तोकिएको अवधिमा सम्पत्ति विवरण नबुझाउने जिल्लाका सयौँ शिक्षक जरिवानामा परेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।  आर्थिक वर्ष २०६९÷७० को सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारण गर्ने महोत्तरीका ६०४ जना शिक्षकलाई आयोगले रु पाँच हजारसम्म जरिवाना लिन निर्देशन गरेको छ । शिक्षा मन्त्रालयमार्फत जिल्ला शिक्षा कार्यालयलाई आयोगको २०७० पुस १४ गतेको निर्णयअनुसार जनही रु पाँच हजार जरिवानासहित ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ ।  सम्पत्ति विवरण भरेर पठाएकामध्ये पनि कतिपयको नाम विवरण नभर्नेमा परेको पीडित शिक्षकहरूले बताएका छन् । विवरण भर्ने विद्यालय तथा जिल्ला शिक्षा कार्यालयमा समेत त्यसको प्रतिलिपि छैन । त्

फर्निचर नभएपछि बोरा बिछयाएर पढ्छन् विद्यार्थी

दार्चुला  फागुन, १२ गते । असारको पहिलो साता महाकाली नदीमा आएको विनाशकारी बाढीको चपेटामा परेको खलङ्गा बाङाबगरस्थित कैलाशपति निमाविका विद्यार्थीहरू फर्निचरको अभावमा भुइँमा बोरा बिछयाएर पढ्न बाध्य भएका छन् । बाढीले भएका फर्निचरहरूसमेत बगाएपछि अहिले विद्यार्थीलाई बस्न निकै समस्या भएको निमित्त प्रधानाध्यापक डम्बरबहादुर सिंहले बताए । विद्यालय भवन पनि नदी कटानको उच्च जोखिममा रहेको छ । यसका साथै बाढीले आङ्शिक रूपमा बगाएको शौचालय गत महिना भूकम्पले चर्किएपछि त्यो पनि प्रयोगविहीन बन्न पुगेको छ । नजिकै दुई लाखको लागतमा एउटा सानो शौचालय निर्माण गरिएको भए पनि त्यो पनि सम्पन्न नगरिँदा शिक्षक र विद्यार्थीलाई शौच गर्नसमेत समस्या छ । शिक्षकहरूले नजिकै रहेको गाविसको कार्यालय ब्यासको शौचालय प्रयोग गर्ने गरे पनि विद्यार्थीहरू नदी किनारमा शौच गर्न बाध्य भएका छन् । रासस

प्राध्यापक सङ्घद्वारा धर्ना

कीर्तिपुर, १२ फागुन । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले आज विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा धर्ना दिएको छ ।  प्राध्यापकका सम्बन्धमा विगतमा गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै सङ्घको अगुवाइमा धर्ना दिइएको हो ।  प्राध्यापकको नियमित बढुवा प्रक्रिया सुचारु गरिनुपर्ने, करार सेवाका प्राध्यापकको प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने लगायतका विषयमा विश्वविद्यालय प्रशासनले सङ्घसँग सहमति गरेको भएपनि हालसम्म कार्यान्वयन नगरेको, गत साउनदेखि प्राध्यापकको बढेको तलब उपलब्ध नगराइएकाले बाध्य भई धर्ना दिनुपरेको सङ्घका अध्यक्ष योगेन्द्रनारायण बडवरियाले बताउनुभयो ।  आगामी फागुन १६ गतेसम्म धर्नालगायतका विरोधका कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । रासस

एसएलसीमा लोडसेडिङ हटाउन माग

काठमाडौं , फाल्गुन १३ - व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकमा सांसदहरूले एसएलसी परीक्षाभर 'लोडसेडिङ' नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्नेहरूले विद्यार्थीको हित हुने गरी विद्युत् भारकटौतीको कार्यतालिका मिलाउन माग राखे । विद्युत् प्राधिकरणले विगतमा परीक्षा अवधिभर लोडसेडिङ हटाउने गरेको थियो । चैत ६ देखि १४ गतेसम्म हुने परीक्षामा सहभागी हुन नियमित र 'एक्जाम्टेड' गरी ५ लाख ६६ हजार ८५ जनाले फाराम भरेका छन् । यो संख्या गत वर्षभन्दा ५४ हजार ९ सय २० जनाले बढी हो । Source: http://www.ekantipur.com/np/2070/11/13/full-story/384707

सामुदायिक विद्यालयमा जापानी सहयोग

काठमाडौँ,  फागुन १० गते । जापानी शिक्षा सहयोग सङ्घ (जोइन) ले नेपालका सामुदायिक विद्यालयमा भवन निर्माण र अन्य सहयोग प्रारम्भ गरेको छ ।  एसियाका थाइल्यान्ड, लाओस, भियतनामलगायत मुलुकका १७० वटा विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको सो संस्थाले पहिलो चरणमा नेपालमा एसियन फ्रेन्डसिप नेटवर्कको सहकार्यमा काभ्रेको सस्यूखर्कस्थित बालकल्याण निमाविमा छकोठे पक्की भवन निर्माणको सम्झौता गरेको छ ।  जोइनले खोटाङको हलेसीस्थित दुर्छिम माविमा छवटा कम्प्युटर सहयोग गर्दैछ ।  हाल नेपालमा रहनुभएका जोइनका अध्यक्ष सातो योसिकोले नेपालका बालबालिका पूर्वाधारको अभावमा पढ्नबाट वञ्चित भएको तथा बीचैमा कक्षा छाड्ने समस्यामा रहेकाले आफूहरूले सहयोग गर्न लागेको बताउनुभयो ।  विद्यालय भवनको निर्माणसँगै खेलकुद सामग्री तथा कम्प्युटर वितरण, साक्षरता अभियान, सुरक्षित मातृत्वका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।  जापानीहरूकै सहयोगमा नेटवर्कले नेपालमा ८० भन्दा बढी विद्यालयमा भवन निर्माण गरिसकेको नेटवर्कका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाले जानकारी दिनुभयो । रासस

बदमासी गर्दै 'हेडसर’ हरू

काठमाडौ, फाल्गुन १२ - बूढानीलकण्ठ स्कुलको छात्रवृत्तिमा नाम निकालेकी लक्ष्मी लोहार त्यसअघि जगन्नाथ निमावि बैतडीमा पढ्थिन । भूमिराज सामुदायिक प्राविकी प्रधानाध्यापिका पुष्पा लोहारले भने आफ्नै विद्यालयमा अध्ययन गरेको भनी सिफारिस गर्नुका साथै लब्धांकपत्र पनि बनाइदिइन् । छानबिन हुँदा छात्रा लोहारले सोही प्राविमा अध्ययन गरिरहेको भनी स्रोतव्यक्ति लोकराज जोशीले पनि प्रतिवेदन तयार पारेको भेटियो । प्रधानाध्यापिका लोहार र स्रोतव्यक्ति जोशी दुवै विभागीय कारबाहीमा परेका छन् । रौतहटको टेग्राहा प्राविका प्रअ शम्भुप्रसाद यादव तलब हिनामिना गरेको अभियोगमा मुछिए । ०६५ मा शिक्षकको तलब, सञ्चयकोष, नागरिक लगानीकोष र छात्रवृत्ति रकम उनले बैंकबाट झिकी आफूले खर्च गरेको स्वीकारेपछि अख्तियारको विभागीय कारबाहीमा परेका हुन् । उनले मासेको अरू शिक्षकको तलबभत्ताबापत ७८ हजार रुपैयाँ असुल भइसकेको अख्तियारले जनाएको छ । शिक्षक समाजका आदर्श व्यक्ति मानिन्छन् । झनै विद्यालयकै नेतृत्व गरेका प्रअको गतिविधि र आचरण समाजका लागि अनुकरणीय मानिन्छ । केही वर्षयता भने तिनै 'हेडमास्टर' हरू विभिन्न अभियोगमा मुछिएर बदनाम