Skip to main content

Posts

Showing posts from June, 2014

अब्बल गुरुका दुर्बल 'पर्फर्मेन्स'

चैतमा सम्पन्न एसएलसी परीक्षामा सहभागी विद्यार्थीमध्ये लगभग ४४ प्रतिशत (४३.९२) पास भए, बाँकी फेल। फेल हुनेमा सरकारी स्कुलका बढी, दुई तिहाईभन्दा पनि धेरै। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपालि निजीका ९३.२५ र सरकारी स्कुलका २८.१९ प्रतिशतले मात्रै एसएलसी पास गरे।  एसएलसी पास गर्न नसकेकै कारण तीनजनाले आत्महत्या गरेको दुःखद समाचार सार्वजनिक भएको छ। परोपकारमा भन्दा परपीडामा रमाउने समाज, हचुवा शिक्षा नीति र सरकारी ओहोदामा बस्नेले जिम्मेवारीको नाममा माखो पनि मार्न नपर्ने अनुत्तरदायी परिपाटी रहेको यस मुलुकमा अझै कति वर्षसम्म निर्दोष कर्णधारले कलिलै उमेरमा इहलीला समाप्त गर्ने कहालीलाग्दो बाटो समात्ने हुन् ठेगान छैन।  एसएलसी परीक्षाको समग्र नतिजामा कोही पनि सन्तुष्ट हुँदैन, बर्सेनि। सरकारी स्कुलको नतिजाले त झन् निराश बनाउँछ। शिक्षामा राज्यले गरेको लगानी, निर्धारण गरेको प्राथमिकता र सरकारी स्कुलका गुरुहरुको योग्यताको कोणबाट हेर्दा 'प्रयास' र परिणामबीच डरलाग्दो विरोधाभाष मात्रै भेटिँदैन एउटा सचेत नागरिक ढुक्कै काम गर्न पाउने अन्य सरकारी निकायभित्रको अवस्थाबारे समेत सोच्न बाध्य हु

‘होस्टेल’ भित्रको भविष्य !

शरदराज सुवेदी, बालबालिकालाई राष्ट्रका कर्णधार मानिन्छ ।  हुन पनि हो, आजका बालबालिका भोलिका राष्ट्रका खम्बा नै हुन् ।  त्यसैले उनीहरूको उचित शिक्षादीक्षा एवं पालन पोषणमा अभिभावकमात्रै नभएर समाज अनि राष्ट्रले पनि योगदान गर्नु आवश्यक छ ।      बालबालिकाको पहिलो पाठशाला भनेको उनीहरूको घर–आँगन नै हो ।  घरमा पनि आमालाई चाहिं त कुशल शिक्षिका नै मान्ने गरिन्छ ।  आमाले बाल मनोविज्ञानमा पारेको असल छाप बालबालिकाका लागि सधैं सधैंका लागि उत्प्रेरक बन्ने गर्छ ।  बुवाले दिएको स्नेह र आत्मीयता उनीहरूका लागि असल कर्म गर्ने बाटो बन्छ ।  यसरी हेर्दा बालमनोविज्ञानको असल रेखा घर परिवारबाटै कोरिन्छ ।  असल परिवेश भएको घर–परिवारमा हुर्केका बालबालिका यथार्थमै राष्ट्रका असल र कर्मठ नागरिक बन्नेगरेका छन् ।   यतिबेलाको समाजलाई आधुनिकता एवं भौतिकताले गाँजेको छ ।  त्यसका कतिपय प्रभाव बालबालिकामा नकारात्मकरूपमा समेत परिरहेको छ ।  यस्ता नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन नसकिए उनीहरूमा खराब मानसिकताको विजारोपण नहोला भन्न सकिन्न ।  अभिभावकहरूको वेफुर्सदी र व्यस्त दिनचर्या त्यसमा मलजल गर्न सहायक हुनसक्छ ।  उ

आज मिति २०७१ साल असार १४ गते शिक्षक सेवा आयोगद्धारा प्रकाशित नतिजाहरु

२०७१/०३/१४ ७५ प्रतिशत वढुवा अन्तर्गत पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमका जिल्लाहरुको नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको चितवन जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको मकवानपुर जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको रसुवा जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको काठमाडौं जिल्लाको करार योग्यता सूचीको नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहका काभ्रेपलाञ्चोक जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको सिन्धुली जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१४ खुला प्रतियोयोगितात्

विदेशी शिक्षाको परामर्श दुतावासका अधिकारीद्वारा

काठमाडौं, असार १४ - इक्यान शैक्षिक मेलामा नेपाल स्थित विभिन्न देशका दुतावासले आफनो मुलुकको शिक्षाको जानकारी दिन सेमिनार चलाउने गरेका छन् । मेलाको दोस्रो दिन बिटि्रस काउन्सिलले बेलायतको शिक्षा प्रणालीको बारेमा जानकारी गराएको मेला संयोजक रामचन्द्र पौडेलले बताए । त्यस्तै मेला आयोजकले अष्ट्रेलियाको शिक्षाको बारेमा सेमिनार गरेका थिए । विभिन्न स्टलबाट आफू जान चाहेको मुलुकको शिक्षा बारे जानकारी लिएपनि थप सेमिनारमा भाग लिएपछि विद्यार्थीहलाई सहज भएको बताएका छन । पौडेलका अनुसार शुक्रबार २६ हजार विद्यार्थी र अभिभावकले मेलाको अवलोकन गरेका छन् । 'बिगतमा कस्तो रहेछ भनेर हेर्न मात्रै आउथे,'उनले भने,'यस पटकका अवलोकनकर्ता घुम्ने मात्र नभई केही बुझौ भन्ने खालका छन ।' त्यस्तै अभिभावक पनि मेलामा सहभागि विभिन्न देशको शैक्षिक जानकारी लिने गरेका छन ।

पाँच विद्यार्थीका लागि ९ शिक्षक !

असार १४,  पर्सा  । पर्साको पोखरिया सतबरियामा रहेको एक विद्यालयमा दैनिक रुपमा विद्यार्थीभन्दा शिक्षक बढी उपस्थित हुने गरेको पाइएको छ । सो ठाउँमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयमा शिक्षकभन्दा विद्यार्थीको संख्या कम हुने गरेको पाइएको छ । स्थानीय सचेत अभिभावकहरुका अनुसार सुो विद्यालयमा कक्षा १ देखि ८ कक्षा सम्म पढाई सञ्चालन हुने भएपनि विद्यालयमा परीक्षाको समयमा समेत विद्यार्थीको उपस्थिति न्यून हुने गरेको पाइएको छ । दिनमा ५ जनाभन्दा बढी विद्यार्थी आएको रेकर्ड नै नभएको स्थानीयहरुले बताएका छन् । शिक्षाप्रतिको महत्व कम बुझेका कारण समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद चौहानले बताएका छन् । सो विद्यालयमा सवै प्रकारका गरेर ९ जना शिक्षक भएपनि विद्यार्थी नआउने र भएका शिक्षकहरु पनि हाजिर गरेर घर र्फकने गरेको पाइएको छ ।  विद्यार्थीलाई घरमा गएर ल्याउने अवस्था नभएका कारण पनि विद्यालयमा विद्यार्थीको संख्या कम भएको स्वयम् प्रअ चौहानले स्वीकारेका छन् । पर्साको सतबरियामा मात्रै नभई धेरैजसो विद्यालयमा यो समस्या देखिएको पर्साका शिक्षा कार्यालयका अधिकारीहरुले वताएका छन्

प्रवासी नेपालीद्वारा विद्यालय भवन निर्माण

अत्तरिया (कैलाली),  असार १३ गते । जिल्लाको जोशीपुर गाविस रामनगरस्थित मुक्तकमैया प्राथमिक विद्यालयको दुुईकोठे पक्की भवन निर्माण गरिएको छ । अमेरिकामा रहेका प्रवासी नेपालीको सङ्गठन नेपाली आकाशको रु १० लाख ३९  हजार ६०० आर्थिक सहयोग तथा स्थानीयको रु छ लाखबराबरको श्रमदानबाट सो विद्यालय भवन निर्माण गरिएको हो । नेपाली आकाशका प्रतिनिधि कमल भट्टले विद्यालय व्यवस्थापन समितिलाई विधिवत् रूपमा नवर्निमित विद्यालय भवन हस्तान्तरण गर्नुभयो । विद्यालयलाई फर्निचरका लागि डा यज्ञराज पाठकले रु ५० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । विगतमा थुप्रै निकायसँग भवन निर्माणका लागि अनुरोध गरे पनि विद्यालय निर्माण गर्न नसकिएको तर प्रवासमा रहेका हाम्रा नेपाली दाजुभाइ हामीलाई खोज्दै हाम्रो गाउँ आइपुुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराम चौधरीले बताउनुभयो ।  खरको छाप्रोका रूपमा रहेको विद्यालय भवन पक्की भएपछि पठनपाठन सहज हुने विद्यालयका प्रधानाध्यापक श्यामदेव कुश्मीले बताउनुभयो । रासस

एक सेमेस्टर पूरा गर्न एक वर्ष

शेषकान्त पण्डित काठमाडौँ, असार १३ गते ।  तयारीबिना नै स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गरेको त्रिभुवन विश्वविद्यालयमा एक सेमेस्टर पूरा गर्न झण्डै एक वर्ष लाग्ने भएको छ ।  पहिलो सेमेस्टर पूरा गरेपछि चार महिनाभन्दा बढी (१४४ दिन) बीचमा बिदा राखेर दोस्रो समेस्टर सुरु गर्ने गृहकार्यमा त्रिवि जुटेपछि यस खालको अवस्था सिर्जना भएको हो ।  यही अवस्थाबाट सेमेस्टर प्रणाली अगाडि बढे वार्षिक परीक्षा प्रणालीभन्दा सेमेस्टर प्रणालीले अझै लामो समय लिन सक्ने सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले बताएका छन् ।  त्रिविले यसै वर्षबाट मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र केन्द्रीय विभागमा सेमेस्टर प्रणालीबाट पठनपाठन सुरु गरेको थियो ।  विश्वविद्यालयले गत वैशाख १४ गतेबाट सेमेस्टर प्रणालीबाट पठनपाठन सुरु गरी आगामी भदौ १५ देखि २५ भित्र परीक्षा कार्यक्रम तय गरेको छ ।  यसरी हेर्दा त्रिविले सेमेस्टर प्रणाली सुरु गरेको चार महिना एक दिनमा परीक्षा कार्यक्रम तय गरेको छ ।  सेमेस्टर प्रणालीमा साधारणतया छ महिनामा पठनपाठन पूरा गरी तत्काल परीक्षा लिने गरिए पनि  चार महिनामै परीक्षा कार्यतालिका राखिएको भन्दै

शिक्षक सेवा आयोगद्धारा प्रकाशित बाग्लुङ जिल्लाको प्राथमिक तहको नतिजा

शिक्षक सेवा आयोगद्धारा प्रकाशित बाग्लुङ जिल्लाको प्राथमिक तहको नतिजा पश्चिमाञ्चल प्राथमिक तह तृतीय श्रेणी जिल्लाः बाग्लुङ वि.नं. ३५०१÷०६९–७० खुला टीका देवी क्षेत्री दिपक विनामारे ५, वाग्लुङ खडानन्द शर्मा भक्तराम गौतम सल्यान ६, वाग्लुङ नाक पाल सुनार गोपाल बुद्धविर बोहरागाउँ १, वाग्लुङ प्रेमबहादुर पुर्जा पुन चन्द्रबहादुर जंगवीर सुखौरा ५, वाग्लुङ पूर्णभद्र निउरे कलाधर काँशीराम तारा ३, वाग्लुङ इमान सिंह थापा श्रीस लालबहादुर अमरबहादुर रणसिंहकिटेनी २, वाग्लुङ मधुमाया गुरुङ नरबहादुर रणबहादुर बुर्तिवाङ १, वाग्लुङ मदनबहादुर कार्की कर्णबहादुर भिमबहादुर बाटाकाचौर ५, वाग्लुङ ज्ञान कुमारी छन्त्याल झिनबहादुर जसविर खुङखानी ७, वाग्लुङ माया शर्मा खेमनाथ विष्णुदत्त पैयूपाटा ४, वाग्लुङ तिलक पौडेल शिव नारायण पैयूथन्थाप ४, वाग्लुङ सूर्यप्रसाद आचार्य गुरुदत्त लक्ष्मीप्रसाद बाच्छा ३, पर्वत नरिश्वर पाण्डे टिकाराम रुद्रलाल वुर्तिवाङ ३, वाग्लुङ लक्ष्मी शर्मा देवेन्द्र काशीराम छिस्ती १, वाग्लुङ राजेन्द्र सापकोटा नारायणदत्त दण्डपाणी नाग्लिवाङ ९, पर्वत ज्ञट छद्दघछण्ण्ज्ञछडघ योगेन्द्र प्रसाद सा

नवजागृत उच्च माविमा बधाई तथा शुभकामना

पर्बत, असार १३ पर्बत जिल्लाको तिलहार गाविसमा रहेको नवजागृत उच्च माध्यामिक बिध्यालयमा २०७० सालको एसएलसी परिक्षामा उर्तिर्ण हुने बिध्यार्थीहरुलाई एक कार्यक्रमका बिच बधाई तथा शुभकामना प्रदान गरिएको छ । बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर जिसीको अध्यक्षता र साहेक जिल्ला शिक्षा अधिकारी हेम नारायण चपागाई, बिध्यालय निरिक्षक कृष्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यमा संचालन गरिएको उक्त कार्यक्रममा विशिष्ट अंक ल्याई उर्तिर्ण हुन छात्र मनोज केसी (८४.७५% ) , छात्रा इन्दिरा वस्नेत (८०% ) सहित उर्तिण हुने सम्पूर्ण बिध्यार्थीहरुलाई वधाई तथा शुमकामना व्यत्त गरिएको विध्यालयका प्रधानध्यापक बिष्णु सुवेदीले जानकारी दिएका छन । सामुदायिक बिध्यालयहरु मध्य यस विध्यालयले विशिष्ट श्रेणीमा आफ्ना बिध्यार्थीहरुलाई उर्तिर्ण गराई पर्बत जिल्लाकै एक नमुना सामुदायिक बिध्यालयको रुपमा स्थापित भएको र यस विध्यालयको अनुसरण अन्य सामुदायिक बिध्यालयले पनि गर्नुपर्नें प्रमुख अतिथि साहेक जिल्ला शिक्षा अधिकारी हेम नारायण चापागाईले बताएका छन । उनले थप्दै भने , सामुदायिक बिध्यालयको नतिजा बर्षेनी ओरालो लाग्नुको क

आज मिति २०७१/३/१३ गते प्राथमिक तहको पाल्पा ,अर्घाखाँची ,बागलुङ ,रामेछाप ,भक्तपुर ,काठमाडौ र ललितपुर जिल्लाको अन्तिम नतिजा प्रकाशित

२०७१/०३/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहका काठमाडौं जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहका ललितपुर जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहका रामेछाप जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहका भक्तपुर जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको वाग्लुङ जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको अर्घाखाँची जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१३ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको पाल्पा जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस्

भानु उमाविका विद्यार्थीलाइए शैक्षिक सामाग्री सहयोग

सन्तोष गौतम, म्याग्दी २०७१ असार १२ । म्याग्दीको बेनी नगरपालिका १ मा रहेको गाउँ बाल संरक्षण तथा संम्र्वद्धन उपसमिति रत्नेचौरले बिहीबार भानु उच्च माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत ७५ जना विपन्न समुदायका बालबालिकाहरुलाई कापी, पेन्सील, ज्यामिटी बाकस, बर्णमाला किताबका साथै बाल कल्वलाई दराज तथा बालविकास केन्द्रको बसाई व्यवस्थापनका सामाग्री सहयोग गरीएको हो । ५० हजार रुपैया मूल्य बराबरका सामाग्री सहयोग हस्तान्तरण गरिएको उक्त कार्यक्रमका अवसरमा बालअधिकारका विषयमा विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाहरुबीच अन्तरक्रिया पनि भएको थियो । साबिकको रत्नेचौर गाविसले बालबालिका क्षेत्रमा बिनियोजन गरेको एक लाख ८ हजार रुपैया बजेट बाट भानु उच्च माविमा सहयोग गरिएको र शुक्रबार रामचन्द्र मावि अर्जमलाई पनि सहयोग गर्ने कार्यक्रम रहेको समितिका संयोजक कमल थापाले जानकारी दिए ।

म्याग्दीको शैक्षिकस्तर खस्कन नदिने नवागत जिशिअ तिम्सेनाको प्रतिवद्धता

सन्तोष गौतम, म्याग्दी २०७१ असार १२ । स्रोतव्यक्ति समाज नेपाल जिल्ला समिति म्याग्दीले बिहीबार एक कार्यक्रमको आयोजना गरि म्याग्दीका नवागत जिल्ला शिक्षा अधिकारी बलराम तिम्सेनाको स्वागत तथा सरुवा भएका जिशिअ बिष्णुनारायण श्रेष्ठको बिदाई गरेको छ । स्रोतव्यक्ति समाज म्याग्दीका अध्यक्ष डेगबहादुर बानियाको अध्यक्षता र मोहन बानियाको सञ्चालन तथा केन्द्रिय सदस्य दुर्गाराम सुवेदीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा बोल्दै बिहिबार देखि म्याग्दीका जिशिअको कार्यभार सम्हालेका तिम्सेनाले म्याग्दीको शैक्षिक स्तर खस्कन नदिने र उकास्न जोड दिने प्रतिवद्धता जनाएका थिए । म्याग्दीबाट जाजरकोट सरुवा भएका जिशिअ श्रेष्ठले आफ्नो म्याग्दीको करिब तिन वर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै राम्रा कुराको आत्मसात तथा कमजोरी बिर्सीदिन आग्रह गरेका थिए ।

९० वर्षीयाद्वारा विद्यालयलाई जग्गा

बागलुङ, असार १२ - राणाकालमा जन्मेकी दमेक १ की धरमधरा सापकोटाले पढ्ने, लेख्ने उमेर घाँसदाउरामा बिताउनुपर्‍यो । अहिले ९० पुगेकी उनले नातिनातिनालाई गाउँमा पढ्ने विद्यालय खोल्न जग्गा र नगदसमेत दिएकी छन् । नजिकमा विद्यालय नहुँदा बालबालिकालाई कठिन हुने देखेपछि सापकोटाले झन्डै चार रोपनी जमिन विद्यालयलाई दिएकी हुन् । तीन रोपनी आफ्नो नामको र एक रोपनी कान्छो छोरा चन्द्रप्रसादको अंशबाट जग्गा दान गरेकी हुन् । श्रीमान्को चाहनाअनुसार विद्यालयलाई सहयोग गरेको उनले बताइन् । ज्ञानज्योति प्राविको भवन निर्माणका लागि धान र मकै उत्पादन हुने जमिन दान दिएर उनले बेसाहा खाएकी छन् । छुट्टएिर बसेका छोराकोमा पालैपालो बस्ने भएकाले जग्गा जमिन आवश्यक नपरेको उनले बताइन् । 'विद्यालयलाई दिने दानले धर्म मिल्छ भनेर सहयोग गरेकी हुँ,' सापकोटाले भनिन्, 'आफ्नो पालामा पढ्न पाइन्नथ्यो, नातिनातिनाले घरछेउमै पढ्ने अवसर पाए, राम्रो भयो ।' नजिकमा विद्यालय नभएकै कारण सापकोटाका चार भाइ छोराले पनि पढ्ने अवसर पाएका थिएनन् ।

४४ शैक्षिक संस्था खारेज

सर्लाही, असार १२ - सञ्चालनमा नरहेका प्राथमिक विद्यालय, गुरुकुल र मदरसा गरी ४४ शैक्षिक संस्थालाई जिल्ला शिक्षा समितिको बुधबारको बैठकले खारेज गर्ने निर्णय गरेको छ । विद्यार्थी संख्या न्यून र आर्थिक अवस्था कमजोर भएकाले बन्द गर्न अनुरोध आएकालाई खारेज गरिएको हो ।   समितिले १५ विद्यालयलाई नजिकको विद्यालयमा गाभ्ने निर्णय गरेको छ । विद्यालय दर्ता गरी कमाउने भाँडो बनेका शैक्षिक संस्था सुरुदेखि सञ्चालनमा नरहेको शिक्षा कार्यालयका कर्मचारी बताउँछन् । विद्यालय बन्द र गाभ्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी भरतबाबु सुवेदीले बताए । बन्द हुनेमा अधिकांश गुरुकुल छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरी सञ्चालनमा नरहेको विद्यालयलाई धमाधम कारबाही थालेपछि कार्यालयमा निवेदन परेको कर्मचारीले बताए । 'कमाउने भाँडोका रूपमा सुरुदेखि सञ्चालन नगरी अनुदान लिँदै आएका जति बन्द भएका हुन्', कार्यालय स्रोतले भन्यो, 'हाम्रो कारण डराएका होइनन् । अख्तियारले मुद्दा हाल्छ भनेर डरले बन्द गराउन आफैं निवदेन ल्याएका हुन् ।' अख्तियारले २०६५ यता दर्ता १ सय ७५ प्राथमिक विद्यालयमाथि छानबिन गर्दै छ

परीक्षा फारममा मनपरी, नियम विपरीत विइको परीक्षा लिदै

असार १२,  काठमाडौं । इन्जिनियररिङ अध्ययन संस्थानले आफ्नो नियामक निकाय त्रिभुवन विश्वविद्यालय लाई कुनै हिसाब किताब नै नदिएर वर्षिक करिब १ करोड ८० लाख रुपिया मनपरी गर्ने गरेको छ । कानुन विपरीत स्नातक तह अन्तर्गत विइ, विआर्कको भर्ना लिदा प्रवेश परीक्षा वापत प्रतिव्यक्ती १ हजार ५ सय रुपिया लिने गरेको छ । एक शैक्षिक सत्रमा करिब १२ हजार विद्यार्थीले प्रवेश परीक्षा फारमा भर्दा करिब १ करोड ८० लाख रुपिया संकलन हुने गरेको छ । सर्वोच्च अदालतले विद्यालयदेखि प्लस टु तहसम्मका विद्याथीसंग प्रवेश परीक्षा वापत १ सय २५ रुपिया शुल्क लिन आदेश दिएतापनि इन्जिनीयरिङ अध्ययन संस्थानले १ हजार ५ सय रुपिया लिदा समेत कुनै वास्ता गरेको छैन । इन्जिनियरिङ अध्ययन संस्थान सहायक डीन एवं प्रवेश परीक्षा समितिका प्रमुख रामचन्द्र सापकोटाले परीक्षा संचालन खर्च वापत सो रकम लिने गरेको बताउनुभयो । उहाले भन्नुभयो–विद्यार्थी संग उठाएको रकम सबै परीक्षामा खर्च हुने गरेको छ । उहाले दुई पटक सम्म परीक्षा लिदा उक्त रकम खर्च हुनु स्वभाविक रहेको बताउृदै भभन्नुभयो– करिब एक सातासम्म कम्प्युटराइजड प्रविधीबाट प्रवशे परीक्षा संचालन गर्दा खर