Skip to main content

Posts

Showing posts from July, 2013

बिद्यार्थी नपाए पछी गल्कोट क्षेत्रका उमाविहरुमा +२ सन्चालन गर्न कठिनाई

गल्कोट २०७० साउन १६ । गाँउगाँउमा सँचालित उच्च मा बि हरुबाट २०६९ सालको एस एल सी परीक्षामा अति न्यून बिद्यार्थी उत्तीर्ण भएका कारण उमावि सन्चालनमा कठिनाई भएको छ। कक्षा ११ पढाई सुरु भएको छ तर , बागलुङका ग्रामिण भेगमा सँचालित उमाबिहरुले ८/१० जना मात्र बिद्यार्थीलाई पढाउन बाध्य भएका छन्। गाँउका अभिभाबकले छाक कटाएर चन्दा सँकलन गरि चलाएका उमाबिहरु यतिबेला मारमा परेका छन् । शिक्षा प्रणाली सुधार नगरि परिक्षालाई मात्र मर्यादित बनाउने जिल्ला शिक्षा कार्यालयको कदमले यो समस्या परेको बिद्यालयका प्राचार्यहरु बताउछन्। अर्कोतिर एउटै गाबिसमा दुई ओटा सम्म उमाबि सन्चालन गरिदा पनि सन्चालनमा समस्या परेको छ। बिगतका बर्षमा ११ कक्षामा डेढ दुई सय सम्म बिद्यार्थी भर्ना हुने गल्कोटको सबैभन्दा पुरानो गल्कोट उच्चमाबिमा अहिले २०/२२ जना बिद्यार्थी पढ्न आएको प्रार्चाय देबेन्द्र खत्रीले धौलाश्रीलाई बताए। त्यसमा पनि सबै भर्ना नभएकोले कति घट्ने हुन निश्चित छैन, प्राचार्य खत्री बताउछन्। त्यसै गरि गत बर्ष ५० जना बिद्यार्थी भर्ना भएको महेन्द्र उमाबि नरेठाँटीमा अहिले ८ जनाले मात्र पढिरहेको प्राचार्य शिब प्रसाद पाण्डे ब

त्रिविमा दुईतिहाइ विद्यार्थी फेल

१६ साउन, काठमाण्डौं । एसएलसी परीक्षामा नतिजा घट्नासाथ सबैतिर शिक्षामा लगानी खेर गएको भन्दै निकै बहस हुन्छ । तर, उच्च शिक्षाको नतिजा भने दयालाग्दो छ । सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयमा भर्ना भएका विद्यार्थी दुईतिहाइ अनुत्तीर्ण हुने गरेका छन् । त्रिविका चार संकाय र पाँचवटा अध्ययन संस्थान छन् । प्राविधिक विषयमा राम्रो नतिजा रहे पनि गैरप्राविधिक विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन् । त्रिविमा सबैभन्दा बढी विद्यार्थी अध्ययनरत शिक्षाशास्त्र संकायमा सबैभन्दा कम प्रतिशत उत्तीर्ण हुने गरेका छन् । त्रिवि योजना महाशाखाका अनुसार ०६९/७० को तथ्यांकअनुसार शिक्षाशास्त्र संकायको स्नातक तहमा ३६ दशमलव ३४, स्नातकोत्तर तहमा ३३ दशमलव २०, एमफिलमा ४१ प्रतिशत उत्तीर्ण भएका छन् । पिएचडीमा दुईजनामा सतप्रतिशत उत्तीर्ण छन् । स्नातकमा ४७ हजार नौ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकामा २१ हजार ७३, स्नातकोत्तरमा १५ हजार आठ सय ८१ सहभागी भएकामा पाँच हजार दुई सय ७२, एमफिलमा २९ जनामा दुईजना र पिएचडीमा दुईमा दुई नै उत्तीर्ण भएका छन् । शिक्षाशास्त्र संकायपछि व्यवस

Think twice before enrolling for 3 years BBA Program

31 Jul, 2013 Ministry of Education Nepal, directed the colleges offering 3 years Bachelor of Business Administration (BBA) Program in Nepal with the affiliation of Indian Universities to make the program 4 years. All the Nepalese universities who are offering BBA program in Nepal, i.e. Kathmandu University, Tribhuvan University, Pokhara University and Purbanchal University are offering 4 years BBA Program.  If failed to implement the direction of Ministry of Education, students reading in those colleges will be barred from getting the letter of equivalence of BBA program. This does not mean that those colleges have to close the 3 years program, but have to upgrade the program to 4 years, said the Ministry of Education officials. Ministry of Education has sent a official letters to eight colleges who are offering 3 years BBA program to upgrade their program to 4 years. Earlier Tribhuvan University used to give the equivalence of 3 years BBA program as BBS Program and i

Agriculture and Forestry University Nepal announced new admissions for M.Sc and PhD program

31 Jul, 2013 Agriculture and Forestry University, Post Graduate Studies, Rampur, Chitwan, Nepal announced new admissions for Masters and Doctor of Philosophy (PhD) programs. Agriculture and Forestry University offers M.Sc/PhD programs under Faculty of Agriculture, Faculty of Animal Science, Veterinary Science and Fisheries and Faculty of Forestry.  The PhD program will be offered as PhD by research or PhD by course. Important deadlines: Application form distribution: 2070 Sharwan 15 to Bhadra 19 from Dean office or download from the link given below. Application form submission: 2070 Sharwan 15 to Bhadra 19 up to 5 pm in the related Dean offices. Fee: Form fee: NPR: 100, AND Entrance exam fee: NPR: 1000 Entrance examination: MVSC, M.Sc Ag, M.Sc Forestry: 2070 Bhadra 26, 11 am Animal Science, Veterinary Science and Fisheries program: 2070 Bhadra 27, 11 am in the dean offices. Documents to be submitted 1.       Citizenship/Passport 2.       Complete Academic Certi

१५ दिन बोर्डिङ पढ्दा फर्स्ट डिभिजन ल्याउने आत्मविश्वास

चितवन, साउन १५ – चितवन सिद्धी गाविसको राष्ट्रिय माविमा १० कक्षामा पढ्ने सिमोन चेपाङ १५ दिन बोर्डिङ स्कुलमा पढेर मंगलबार घर फर्किने तयारीमा थिए । ‘यसरी तीन महिना पढ्न पाए त फष्ट सेकेण्ड डिभिजन नै ल्याउँथ्यौं’ डेजी आवासीय उच्च माबिमा पढेर घर फर्कने क्रममा रत्ननगरको टाँडी चोकमा भेटिएका उनले भने ‘हाम्रो स्कुल र त्यो स्कुलमा पढाउने तरिका त कति हो कति फरक ।’ सानैदेखि पढेको गाउँको विद्यालय र १५ दिन पढेको बोर्डिङ स्कुलमा सिमोनले आकाश जमिनको फरक पाए । ‘गाह्रो गाह्रो बिषय पनि सजिलो लाग्यो यहाँ पढ्दा त’ अर्का विद्यार्थी कुमारले अनुभव सुनाए । उनीहरुले १५ दिन बस्दा बिशेषगरी गणित, विज्ञान, अंगेजी बिषयका पाठ बढी पढेका थिए ।  ‘गाँउमा गएपछि धेरै कुरा त बिर्सन्छ होला तर शनिबार आउछु (बोर्डिङका शिक्षक गाउँको विद्यालयमा) भन्नुभएको छ, आउनुभयो भने एसएलसी पास हुन गाह्रो पर्दैन’ कुमारले भने । १५ दिनसम्म आवासीय सुबिधासहित डेजी उच्च माविमा पढ्न पाएका सिद्धी गाबिसका ९ जना चेपाङ विद्यार्थी सजिलै एसएलसी पास हुने आत्मबिश्वास बोकेर घर फर्किएका छन् । राष्ट्रिय माबिबाट अघिल्लो बर्ष ४ जना सहभागी भएकोमा एसएलसीमा

चुनावसम्म राजनीतिमा होमिन शिक्षकलाई एमाओवादी निर्देशन

काठमाडौं,   १५   साउन एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचन सम्पन्न नभएसम्म सक्रिय राजनीतिमा होमिन शिक्षकहरूलाई निर्देशन दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीले सुरु गरेको ‘जनसम्बन्ध सुदृढीकरण अभियान’देखि निर्वाचन सम्पन्न नहुँदासम्म आङ्खना काम थाती राखेर सक्रिय राजनीतिमा होमिन शिक्षकहरूलाई निर्देशन दिएका हुन् । एमाओवादीनिकट अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठक बसालेर शिक्षकहरूलाई सक्रियतापूर्वक अभियानमा संग्लन्न हुनैपर्ने निर्देशनसमेत दिइएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा शिक्षक संगठनको केन्द्रीय समिति बैठक आयोजना गरी एमाओवादी अध्यक्ष दाहालले निर्वाचन बहिष्कारका लागि केही शक्तिकेन्द्र अभियानसहित लागिपरेको भन्दै त्यसको काउन्टर दिन पनि शिक्षकहरूले चार महिना राजनीतिक अभियानमा अनिवार्य जोडिनुपर्ने बताए । उनले निर्वाचन विरोधीहरूलाई बौद्धिक क्षेत्रबाट काउन्टर दिन शिक्षकहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै पार्टीले ल्याएको अभियानमा सक्रिय भएर लाग्न निर्देशन दिएका थिए । दाहालले निर्वाचन विरोधीहरूको भण्डाफोर गर्न शिक्षकबाहेक अन्यले

दुर्गम गाउँमै अंग्रेजी शिक्षा पाएपछि गाउँले दंग

सोलुखुम्बु, साउन १५ गते । आफ्नो बच्चासँगै जन्मेका छिमेकीका बच्चाहरु सदरमुकाममा लगेर बोर्डिङ्ग स्कुलमा पढाउदा सल्यान–८, सोलुखुम्बुका टिाराम बस्नेतलाई आफ्नो पनि धन भए सदरमुकाममा लगेर बच्चालाई अंग्रेजी शिक्षा दिलाउने रहर लाग्थ्यो । धनी व्यक्तिका छोराछोरीले मात्र आर्जन गर्न सकिँदो रहेछ भन्ने लागेको अंग्रेजी शिक्षा हिजोआज आफ्नै छोराछोरीलाई दिलाउन पाउँदा सुस्मिता लगायत सयौं गाउँले अभिभावकहरु दंग छन् । सदरमुकामबाट करिब आठ कोषको दुरीमा रहेको दुर्गम गाविस सल्यानमा गाउँकै बुद्धिजीवि, शिक्षाप्रमी तथा समाजसेवीहरुको सक्रियतामा सल्यानस्टार इङ्गलिस स्कुल स्थापना भएपछि टिकाराम जस्ता निम्न तथा मध्यम बर्गीय परिवारका बालबालिकाहरुका लागि समेत इङ्गलिस पढ्ने ढोका खुलेको हो । ‘अरुले बोर्डिङ्गमा पढाउँदा हाम्रो नानीलाई पनि पढाउन सके हुन्थ्यो भन्ने इरादा पालेर सरकारी स्कुलमा पढाउन बाध्य थियौं, अहिले गाउँमै सामुदायिक अंग्रेजी स्कुल खुलेपछि हाम्रो इच्छा पूरा हुँदैछ’ सल्यानका अर्का अभिभावक चेतबहादुर बस्नेतले हर्षित मुद्रामा भन्नुभयो ।      गाउँमै खुलेको स्कुलमा बच्चाको रेखदेख पनि हुने तथा पशु चौपाया र अन्

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ३ लाखको अक्षय कोष स्थापना

मल्ल दम्पतीलाई वाजागजा सहित विद्यालयद्वारा दोसल्ला ओढाएर सम्मान ! कृष्ण कँडेल, गल्कोट २०७० साउन १५ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने उद्देश्यले मल्म–५ वाँसखोला स्थायी घर भई अहिले वेलायत वस्दै आएका एक दम्पतीले विद्यालयमा ३ लाखको अक्षय कोष स्थापना गरेका छन । यसै विद्यालयका पूर्व विद्यार्थी प्रेमवहादुर मल्लले अघिदेखी नै विद्यालयलाई सहयोग गर्दै आएका छन् । पूर्व वेलायती सेना समेत रहेका मल्लले आफु र श्रीमती सुषमाको नाममा भैरव माध्यमिक विद्यालय मल्ममा “प्रेम सुषमा अक्षय कोष” स्थापना गरेका हुन । न्युन आर्थिक अवस्था भएका सर्वसाधारणका वालवालिकाले अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने सहयोग पु¥यउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै मल्लले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कएकोमा चिन्ता व्यक्त गरे । ‘म सामुदायिक विद्यालयको खस्किदो नतिजा प्रति चिन्तित छु, उनले भने, ‘मैले स्थापना गरेको कोषको व्याजबाट विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न सहयोग पुगोस भन्ने चाहान्छु ।’ स्थापना गरिएको अक्षयको

प्रिन्सिपल दम्पतीलाई पिट्दै प्रहरीमा बुझाइयो

१५ साउन, धरान । भारतको मणिपुरका नागरिकद्वारा घरान-१९ मा सञ्चालित इमानोयल इन्टरनेशनल स्कुलका प्रिन्सिपल कपिङ मारम र श्रीमती रेदिला मारमलाई प्रहरीले पक्राऊ गरेको छ । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको आरोपमा उनीहरुलाई स्थानीयवासीले प्रहरीको जिम्मा लगाएका हुन् । प्रिन्सिपल मारम र उनकी श्रीमती रेदिला मारमलाई स्थानीयवासीले कुटपिट गर्दै इलाका प्रहरी कार्यालयमा पुर्‍याएका हुन् । उनीहरुले सञ्चालन गरेको विद्यालयमा २४ जना छात्रा र र ३४ जना छात्रहरु अध्ययनरत छन् । विद्यालय सञ्चालक मारमद्वारा छात्रामाथि यौन दुब्र्यवहार गरेको उजुरीका आधारमा मारम दम्पत्तिलाई पक्राउ गरिएको र यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी चन्द्रदेव राईले बताउनुभयो ।  औषधि खुवाएर छात्रामाथि यौनशोषण धरानमा रहेको क्रिश्चयन  मिसनको एक विद्यालयका  प्रिन्सीपलले आफ्नै स्कुलका  छात्राहरुमाथि  चरम यौनशोषण गर्ने गरेको खुलासा भएको छ । धरान १९ स्थित स्मानुएल इन्टरनेशनल  बोर्डिङ स्कुलका प्रिन्सीपल कपिङ मारामले छात्राहरुमाथि चरम यौन शोषण गरेको एक छात्राले  सोमबार खुलासा गरेकी हुन । म

एसएलसीमा सत प्रतिशत विद्यार्थी उतिर्ण गराउने विद्यालय संख्या सात

सन्तोष गौतम, म्याग्दी २०७० साउन १५ । २०६९ सालको प्रवेशिका परिक्षामा म्याग्दीमा सत प्रतिशत विद्यार्थी उतिर्ण गराउने एक सामुदायीक विद्यालयको संख्या थपिएको छ । परिक्षा नियन्त्रण कार्यालयले एसएलसी परिक्षाको सोमबार सार्वजनिक गरेको पुनयोगको नजिता अनुसार शिद्धशान्ति मावि हिदीबाट उतिर्ण सबै विद्यार्थी उतिर्ण भएपछि म्याग्दीमा सत प्रतिशत विद्यार्थी उतिर्ण गराउने विद्यालयको संख्या सात पुगेको हो । जेठमा प्रकाशित नतिजामा प्रथम श्रेणीमा ३ र दितृय श्रेणीमा १० जना उतिर्ण भएका र पुनयोग गर्दा पहिले अनुतिर्ण भएका एक जना विद्यार्थी उतिर्णय भएपछि विद्यालयको नतिजा सतप्रतिशत भएको प्रअ हुमनाथ पाण्डेले जानकारी दिए । सो विद्यालयबाट अघिल्लो वर्षको प्रवेशिका परिक्षामा सहभागि भएका पनि सतप्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । गत वर्ष सिद्धशान्तिसंगै, जामुनाखर्क उच्च मावि अर्थुङ्गे, बेनी सामुदायीक उच्च मावि बेनी, रितुङ मावि कुईनेमंगले, दिपक मावि पात्लेखेत, राष्ट्रिय मावि घतान र आदर्श मावि रिमा हिस्तानले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

सिन्धुलीमा तीन दिने शिक्षा सम्बन्धी कार्यशाला सम्पन्न

सिन्धुली, साउन १४ गते । वल्र्डभिजन ईन्टरनेशनल नेपाल, सिन्धुली क्षेत्रविकास कार्यक्रमको आयोजनामा गत विहिबार देखि सन्चालित कार्यशाला आज सम्पन्न भएको छ । सिन्धुलीका  सोल्पाठाना, बाहुनतिल्पूङ्ग, डुडभन्ज्याङ्ग, पोखरी, खाङ्गसाङ्ग, लाम्पानटार, खोलागाँउ, तोश्रामखोला गरी ८ वटा गाविसहरुमा शिक्षा सम्वन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्न पंचवर्षीय शिक्षा परियोजना निर्माण कार्यशालासंम्पन्न भएको हो । जिल्ला विकास समिति, सिन्धुलीका निमित्त स्थानीय विकास अधिकारी सुरेन्द्र थापा मगरको अध्यक्षतामा उदघाटन गरिएको कार्यशालामा जिविस सिन्धुलीका सामाजिक विकास अधिकृत सागर ढकाल, जिल्ला शिक्षा कार्यालय, सिन्धुलीका विद्यालय निरिक्षक नवराज बराल, नेपाल पत्रकार महासंघ, सिन्धुलीका सभापति मीनकुमार दाहाल, गैह्र सरकारी संस्था महासंघ, सिन्धुलीका अध्यक्ष सन्जय दाहाल, कार्यक्रम सन्चालित सम्बन्धीत गाविसका गाविस सचिबहरु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, बाल क्लब प्रतिनिधिहरु, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु गरि ५५ जनाको सहभागिता रहको थियो । कार्यशा

SLC Re-Totaling Result 2069 Has Been Published

29 Jul, 2013 Government of Nepal, Ministry of Education, Examination controller office, Sanothimi Bhaktapur published the results of  Retotal result of School Leaving Certificate (SLC)-2069. The result of SLC exam 2069 was published on 11 June 2013 and thousands of students have applied for re-total as they were unsatisfied with their result or marks. You can download the result of students whose marks has been changed from this link:  Download retotal result of SLC Exam 2069

अवैध पाठ्यपुस्तक छाप्ने साहित्य प्रकाशन कारबाहीमा

काठमाडौं, १३ साउन पाठ्यक्रम विकास केन्द्र (सीडीसी)ले गैरकानुनी रूपमा विद्यालय तहको पाठ्यपुस्तक प्रकाशन गर्ने साहित्य प्रकाशनलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । जनक शिक्षा सामग्री केन्द्रका उच्च अधिकारी र साहित्य प्रकाशन गृहको मिलेमतोमा शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र (सीडीसी) प्रकाशक राखेर कक्षा ६ को अंग्रेजी पाठ्यपुस्तक प्रकाशन भएको पहिचान भएपछि कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको हो । केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलका अनुसार, सरकारको लोगो अनाधिकृत्त रूपमा प्रकाशन गर्ने र त्रुटिपूर्ण पुस्तक प्रकाशन गर्नेमाथि कस्तो कारबाही गर्न सकिन्छ भनेर कानुनी परामर्श लिने काम भइरहेको छ । ‘पाठ्यक्रम विकास केन्द्रले मात्र कारबाही गरेर नहुने भएकाले थप प्रक्रियाका लागि शिक्षा मन्त्रालयलाई पत्राचार गरेका छौं,’ निर्देशक ढुंगेलले राजधानीसँग भने । कारबाहीका लागि शिक्षा सचिवसँग छलफल गरेर यसै साता प्रक्रिया अगाडि बढाउने उनले बताए । विनाअनुमति सरकारी लोगो प्रयोग गर्ने र पुस्तकमा समेत भाषागत त्रुटि धेरै भएकाले कारवाहीका लागि समस्या आएको केन्द्रले जनाएको छ । चालू शैक्षिक स

पूर्वाञ्चल विश्व विद्यालय खोल्न माग

काठमाडौं, १४ साउन । नेपाल विद्यार्थी संघले आठ राजनीतिक दलको हवला दिँदै केही व्यक्तिहरुले पूर्वाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्द गराएको भन्दै आपत्ति जनाएको छ । नेविसंघले आज (सोमबार) विज्ञप्ति जारी गरेर आशन्न परीक्षालाई पूर्ण रुपमा प्रभावित गर्ने उद्देश्यले विश्वविद्यालयलाई वन्द गराएको आरोप लगाएको छ । नेविसंघले पूर्वाञ्चल विश्व विद्यालय बन्द गराउने कार्य तत्काल रोकेर पठन पाठनको व्यवस्था मिलाउन सरोकारवालासँग माग गरेको छ । उसले पठन पाठन सुचारु गर्ने कार्य नभए आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

अनुशासनका नाममा उच्‍चमाविमा ‘विवेकहीन’ बन्देज

काठमाडौं :  तीनकुनेस्थित पेन्टागन इन्टरनेसनल कलेजमा कक्षा ११ मा अध्ययनरत आवा मल्ल बिहानी कक्षाको पढाइ सकेर घर पुग्दा दिउँसोको २ बजिसक्छ। बिहान ६ नबज्दै घरबाट हिँड्ने मल्ल पढाइ सकेर फर्कंदा भोक र थकाइले लत्रक्क परेकी हुन्छिन्। धेरै भोक लागेका दिन होटेलमा बसेर खाजा खाने गरेकी मल्लले अब जति भोकाए पनि घरमै पुगेर खाना खानुपर्ने भएको छ। अन्यथा उनी प्रहरी फन्दामा पर्नेछिन्। विद्यालय र कलेज पोसाकमा रेस्टुरेन्टमा खाना खान जाने विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर अभिभावकलाई खबर गर्ने भनी उच्च माध्यमिक शिक्षा परिषद्ले तयार पारेको आचारसंहिताले उनीमाथि यस्तो बन्देज लगाएको हो। परिषद् निर्णयप्रति असहमति जनाउँदै मल्ल भन्छिन्, ‘पढ्दापढ्दा हैरान भएको बेला केहिलेकहीं रिफ्रेस हुन पनि रेस्टुरेन्ट जान मन लाग्छ। तर यस्तो निर्णयले विद्यार्थीलाई मानसिक त्रास दिएको छ।’ पुरानो बानेश्वरस्थित एम्बिसन एकेडेमीमा कक्षा ११ मै अध्ययनरत ईश्वरी त्रिपाठी पनि परिषद् निर्णयले विद्यार्थीलाई त्रास मात्र थपिदिएको बताउँछिन्। ‘आमाबाबुले छोराछोरीलाई रेस्टुरेन्टमा गएर खाजा खान छुट्टै रकम छुट्ट्याइदिएका हुन्छन्। परिषद् भने क

विद्यालय कर्मचारीले संचयकोष, उपदान पाउने कर्मचारीका लागि सर्भिस ‘ल’ तयार

काठमाडौं, १४ साउन । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले संचयकोष र उपदान रकम पाउने भएका छन् । शिक्षा मन्त्रालयले ५ देखि १० वर्ष सेवा गरेका कर्मचारीलाई प्रतिवर्ष आधा महिना बराबरको, १० देखि १५ वर्ष सेवा गरेका कर्मचारीलाई प्रतिवर्ष एकमहिना बराबरको र १५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई प्रतिवर्ष डेढ महिना बराबरको पारिश्रमिक उपदान दिने गरी सर्भिस ‘ल’ बनाएको छ । मन्त्रालयले सर्वोच्च अदालतको आदेश बमोजिम सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको ग्यारेण्टीसहितको सर्भिस ‘ल’ बनाएको हो । सर्वोच्चले २०६७ माघ–२३ गते विद्यालय कर्मचारीको भविष्य अन्यौल र अनिश्चित हुन नदिन सेवा, सर्त तथा सुविधा उल्लेख भएको सर्भिस ‘ल’ को प्रतिवेदन ६ महिना भित्र बनाएर कार्यान्वयन गर्न शिक्षा मन्त्रालयलाई निर्देशनात्मक आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि मन्त्रालयले शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीको संयोजकत्वमा समिति गठन गरेर ‘ल’ बनाएको हो । सर्भिस ‘ल’मा उल्लेख भए अनुसार पूर्णरुपमा काम गर्नेगरी नियुक्त विद्यालय कर्मचारीहरुले पारिश्रमिकवापत सरकारले श्रमिकका लागि तोकेको न्यूनतम

स्थगित शिक्षा विधेयकबारे राजनीतिक समितिमा छलफल गरिने

१४ साउन, काठमाण्डौ । राष्ट्रपति कार्यालयमा लामो समयदेखि थन्किएर रहेको शिक्षा ऐन (आठौं संशोधन) विधेयकको ढिलाइबारे सरकार र प्रमुख दलका नेताबीच पुनः छलफल हुने भएको छ । व्यवस्थापिका-संसद् रहेकै बेलामा सो विधेयक प्रस्तुत गर्ने तयारी भए पनि संसद् नरहेपछि शिक्षा मन्त्रालयले अध्यादेशबाट जारी गर्न गत वर्ष राष्ट्रपतिसमक्ष पेस गरेको थियो । राष्ट्रपति कार्यालयमा प्रस्तुत भइसकेको विधेयकबारे यस क्षेत्रमा मतैक्य हुन नसक्दा अध्यादेश आउन सकेको छैन । शिक्षककै कतिपय सङ्गठनले विधेयक जारी नगर्न दबाब दिइरहेका छन् भने नेपाल शिक्षक युनियनले चाँडो विधेयक ल्याउन माग गर्दै आएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई कानुनी मान्यता दिने र शिक्षक र कर्मचारीबीच भएका सहमतिअनुसार अस्थायी शिक्षकको समस्या सम्बोधन गर्न प्रस्तावित विधेयकमा आवश्यक व्यवस्था गरिएको छ । दुर्गम भत्ताको माग गर्दै कणर्ाली अञ्चलका केही शिक्षक अहिले काठमाडौंमा छन् भने हुम्लामा केही दिनदेखि शिक्षकको रिले अनसन भइरहेको छ । नेपाल शिक्षक युनियनको अगुवाइमा आइतबार शिक्षामन्त्रीसमक्ष गएको प्रतिनिधिमण्डलाई आश्वासन दिँदै शिक्षामन्त्री माधवप्रसाद पौ

नेदरल्याण्डस्थित नेपाली विद्यार्थीको संस्थाद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

कृष्ण कँडेल, गल्कोट २०७० साउन ११ । दुदिलाभाटी–९ भैसेको भगवती प्राथमिक विद्यालयलाई नेपाली विद्यार्थीहरुको संस्था नेपलिज आईज फाउन्डेशन फर एजुकेशन, (nepalese eyes foundation for education) नेदरल्याण्डले शैक्षिक तथा खेलकुदका समाग्री हस्तान्तरण गरेको छ । नेपाली विद्यार्थीहरुको संस्था नेपलिज आईज फाउनडेशन फर एजुकेशन नेदरल्याण्डको रु ५ लाख आर्थिक सहयोगमा निर्माण गरिएको एक कोठे भवनको अनुगमनका लागि आएका संस्थाका उपप्रमुख राज गिरी र सल्लाहकार सस्किया काईजाले एक कार्यक्रमका विच समाग्री हस्तान्तरण गरेका हुन । सो अवसरमा १ लाख ५० हजार वरावरका पुस्तक, कक्षा १ देखि ५ सम्मका विभिन्न विषयका शिक्षण सामगी् र, खेलकुद्र लगायतका शैक्षिक सामागी्र वितरण गरिएको स्थानिय गुमानसिंह वुढाथोकीले जानकारी दिए । सो अवसरमा अतिथि, शिक्षक, अभिभावक तथा विद्यार्थी विच वालमनोविज्ञान र सिकाई विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो । कार्यक्रममा बोल्दै नेपलिज आईज फाउन्डेशन फर एजुकेशन नेदरल्याण्डका उपप्रमुख राज गिरीले आगामि दिनमा पनि भौतिक तथा नैतिक सहयोग जारी राख्ने भन्दै आफुहरुले गरेको सहयोगको सहि सदुपयोग

म्याग्दीका तीन विद्यालयलाई कम्प्युटर सहयोग

सन्तोष गौतम, म्याग्दी २०७० साउन ११ । असल छिमेकी नेपालद्धारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले तीन वटा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । मुदीको चन्द्रज्योती मावि खिवाङ, मुनाको धौलागिरि निमावी र मराङको जनविकास निमावीलाई सहयोग गरेको हो । प्रत्येक विद्यालयलाई दुई/दुई वटा कम्प्युटर तथा एक/एक वटा प्रिन्टर सहयोग उपलब्ध गराएको संस्थाले जनाएको छ । बेनीमा संस्थाले शुक्रबार आयोजना गरेको कार्यक्रममा विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका प्रतिनिधीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण गर्दै जिल्ला शिक्षा अधिकारी बिष्णुनारायण श्रेष्ठले सामानको सदुपयोग गर्ने सकेमा विद्यालयको प्रशासनीक कामकाजमा सहज हुनुका साथै शिक्षकहरुको क्षमता बढ्ने बताए । मराङ, मुदी, मुना, लुलाङ र गुर्जा गाविसका १९ विद्यालयमा सञ्चालित कार्यक्रम अन्तरगत यसअघि कम्प्युटर नपाएका तथा आवश्यकताको आधारमा यसपाली ३ वटा विद्यालयलाई सहयोग गरिएको परियोजनाका संयोजक जगदिश लोहारले जानकारी दिए । कम्प्युटर र प्रिन्टर उपलब्ध गराउन संस्थाले २ लाख ३९ हजार ८ सय ४२ रुपैया खर्च भएको जनाएको छ

बिद्यालयको लेखा परिक्षणको बारेमा थाहा छैन् अभिभावकलाई

अनमोल मकर धामी/डडेल्धुरा, साउन १२ गते । विध्यालयको लेखा परिक्षण कति बर्ष नभएको होला २ बर्ष ४ बर्ष । तर डडेल्धुराको एउटा सामुदायिक बिद्यालयमा ७ बर्ष देखी अभिभावकले लेखा परिक्षण बारे जानकारी नै पाएका छैनन् ।    डडेल्धुराको गाँखेत गाविसमा पर्ने उणीकोट माध्यामिक बिद्यालय गाँखेतमा ७ बर्ष देखी पुरानो लेखा परिक्षण बारेमा अभिभावकले केही थाहा नै नभएको पाईएको छ । आर्थिक बर्ष २०६२/६३ मा अभिभावकलाई थाहा हुने गरी लेखा परिक्षण गराइए पनि त्यस यताका आर्थिक बर्षहरुमा कुनै पनि लेखा परिक्षण नभएको हो । २०६२/६३ मा त थाहा थियो तर पछिल्ला बर्षमा भयो भएन् थाहा नभएको अभिभावकहरु बताउछन् । बिद्यालय स्रोतले आर्थिक बर्ष २०६६/६७ मा जिल्ला शिक्षा कार्यालय डडेल्धुरामा लेखा परिक्षण गराय पनि अभिभावकले भने आफुहरुले त्यस बारेमा जानकारी नै नपाएको बताएका छन् । बिद्यालय ले लेखा परिक्षण गरायको दाबी गरेको छ ।   तर त्यसरी गराइएको लेखा परिक्षण आफुलाई मान्य नहुने अभिभावकहरुको भनाई रहेको छ । आर्थिक बर्ष २०६६/६७ को लेखा परिक्षण भयपनि त्यस यताका आर्थिक बर्षहरु लेखा परिक्षण पनि नभएको बिद्यालय स्रोतले स्विकार गरेको छ ।

डडेल्धुराको गांखेतका बिद्यार्थी मुडामा चढेर बिद्यालय जान बाध्य

अनमोल मकर धामी/डडेल्धुरा, साउन १२ गते । डडेल्धुराको गाँखेत गाविसमा पर्ने उनैशेरी निम्न माध्यामिक बिद्यालय काफलीमा पढ्ने बिद्यार्थीहरुको आउने जाने बाटोमा पर्ने खोलामा पुल नहुँदा मार्कामा परेका छन् ।   बर्षातको समयमा कमलपुर खोलामा पानी बढेको र पुल नभएका कारण उनीहरु जोखिम पूर्ण तरिकाले बिद्यालय आउने जाने गरेका छन् । कमलपुर, मेलडाँडा, शिकरीपुर, चौकी पातल लगाएतका स्थानियबासिन्दा पनि सोही खोला भएर वारपार गर्ने गरेका छन् । खोलामा वारपार गर्न एउटा काठको मुडा तेस्र्यायको छ त्यसैमा  चढेर बिद्यार्थीहरु जोखिमपूर्ण तरिकाले बिद्यालय आउने जाने गरेका छन् । खोलामा राखिएको उक्त मुडा बाट खसे बा चिप्लीय सीधै खोलामा परिन्छ । बिद्यालयमा अध्ययनरत सानो कक्षाका अर्थात २ र ३ कक्षामा पढ्ने करिब ३९ जना जति बिद्यार्थीहरु  मुडामा चढेर बिद्यालय आउने जाने गरेको बिद्यालयका प्रधानाध्यापक बिष्णु बहादुर थापाले बताउनु भयो । अभिभावकहरुमा आफ्ना बच्चाहरु खोलामा झर्ने डर दिन दिनै मनमा खेलाइ रहेको हुन्छ । यस्तो अवस्था हुँदा हुँदै पनि त्यहाँ कसैको आँखा पर्न सकिरहेको छैन् ।

शैक्षिक गुणस्तर उकास्न अभिभावक जागरुक बन्नुपर्ने

धर्मेन्द्र मामा बिर्तामोड । विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिभावकको महत्वपूर्ण भूमिका र जिम्मेवारी हुने शिक्षा सरोकारवालाले बताएका छन् । उनीहरुले विद्यालयमा अभिभावकको सक्रिय उपस्थिति र सहभागिताले मात्र खस्कँदो शैक्षिक अवस्थालाई उकास्न सकिने निष्कर्ष निकालेका छन् । विद्यालय शिक्षाको ३ खम्बा शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय भूमिकाबाट जस्तोसुकै समस्या पनि हल गर्न सकिने र विद्यार्थीको शैक्षिक तथा व्यवहारिक शिक्षामा सुधार ल्याउन सकिने सहभागीहरुको निचोड थियो ।   झापाको विर्तामोडमा शिक्षक मासिक पत्रिकाको आयोजनामा सञ्चालित विद्यालय र अभिभावक विषयक अन्तरक्रियामा शिक्षा मन्त्रालय, शिक्षा कार्यालय, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा शिक्षकहरुले उक्त निचोड निकालेका हुन् । छलफलमा विभिन्न नमूना विद्यालयहरुले अभिभावकहरुको सहभागीतामा विद्यालयमा अभ्यास भइरहेको कार्यक्रम तथा प्रयासहरु बारे जानकारी गराएका थिए । सहभागीहरुले धेरैजसो  विद्यालयका अभिभावकहरु निष्कृय रहने गरेको र उनीहरुलाई विद्यालयसम्म आउने वातावरण बनाउन नसकिएका गुनासाहरु पोखे । केही विद्यालयहरुले भने अभिभावकलाई जा

शिक्षक र शिक्षा वारेमा एकाध कुराहरू

प्रिय शिक्षक साथी, आज म शिक्षा र शिक्षकको दिशा र दशाको गहिराइमा चुर्लुम्म डुबेको छु । म किनारमा जे लिएर निस्कन्छु, त्यसले मनमा आँधी ल्याउन सक्छ, घनघोर वर्षा ल्याउन सक्छ, मन अमिलो पार्न सक्छ, वितृष्णाको महल ठडिन सक्छ । म वर्तमान पढेर लेख्दै छु, भविष्य देखेर गन्थन अघि सार्दै छु । स्वाभिमानमा पर्न पुगेको चोटप्रति क्षमा चाहन्छु । जत्रो र जस्तो स्वाभिमान छ, त्यसैमा चोट पर्ने हो । चोटले दिमाख खुल्छ । चोटले दुनियाँ बदल्छ । सत्य हो– सिक्नु गाह्रो काम हो । सिकाउनु झनै साह्रो काम हो । अर्ती दिन सजिलो छ, त्यसलाई व्यवहारमा उतार्न ठूलो कहर काट्नुपर्छ । लिन सजिलै छ । ठोस कुरा दिन भने गाह्रो छ । विवेक नभई नयाँ कुरा दिन सकिने होइन । नयाँ कुरा जन्माउन उत्तिकै कलाकारिता चाहियो । कुनै पनि स्थानमा अडिग भएर जीवन चलाउन उत्तिक्कै पौरख चाहियो, उत्तिक्कै सहास चाहियो । त्यसले पनि नपुगे दुष्साहस चाहियो । दुर्भाग्य ! घोर दुर्भाग्य !! हामी स्थायी, अस्थायी, राहत, पी.सी.एफ., करार, निजीस्रोत, बालविकास, लियन, निजी संस्थाका शिक्षक गरेर विभिन्न प्रकारमा विभक्त छौँ । तर, सबै विद्यार्थीलाई नै पढाउने र सिकाउने कामम

छात्रवृत्तिमा पढ्नेलाई पनि शुल्क

 काठमाडौं, श्रावण ११ उच्च माध्यमिक शिक्षा परिषद्ले ११ र १२ कक्षामा छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीसँग पनि शुल्क लिन निजी कलेजलाई अनुमति दिएको छ । निजी कलेजले छात्रवृत्तिका विद्यार्थीसँग चर्काे शुल्क असुल गरिरहेको गुनासो आइरहेका बेला परिषद् स्वयंले शुल्क लिन अनुमति दिएको हो । छात्रवृत्तिको शुल्कको विरोधमा उत्रिएको अखिल क्रान्तिकारी र परिषद् पदाधिकारीबीच बिहीबार भएको बैठकमा यस्तो सहमति बनेको हो । सहमतिअनुसार विज्ञान विषयमा मासिक १ हजार, व्यवस्थापनमा ६ सय ५० र मानविकीमा ३ सय ५० रुपैयाँ शुल्क लिन पाउनेछन् । प्रयोगशाला र परीक्षा शीर्षकमा शुल्क लिन पाउने सहमति भएको हो । छात्रवृत्तिका विद्यार्थीसँग निजी कलेजले १० देखि ४० हजार रुपैयाँसम्म असुल गरेको भन्दै अखिल क्रान्तिकारी त्यसको विरोधमा उत्रिएको थियो । तर, अखिल क्रान्तिकारी स्वयंले शुल्क लिन पाउने व्यवस्थामा सहमति गरेपछि विद्यार्थीहरू पीडित बनेका छन् । उच्च माध्यमिक विद्यालय सञ्चालकको संस्था हिसानले छात्रवृत्ति कोटाका मानविकीका विद्यार्थीसँग १० हजार, व्यवस्थापनसँग १५ हजार र विज्ञान संकायका विद्यार्थीसँग २५ हजार रुपैयाँ लिने निर्