Skip to main content

Posts

Showing posts from February, 2015

लघुकथा:- निवेदन

खेमलाल पहारी आत्मा ज्ञान उच्च मा वि मा अंग्रेज़ी पढाउने शिक्षकको पद खाली भएको आधा महिना पुग्दापनि नयाँ शिक्षक पाईएको थिएन। विद्यार्थीले प्राचार्यलाई दिउसै तारा देखाउन थालेका थिए। दुईदिन दिन सम्ममा नयाँ शिक्षक नआएमा एक महिनाको शुल्क नतिर्ने शर्तमा विद्यार्थीले प्राचार्यलाई घर जान दिए। भाग्यले भोलिपल्ट चमेनागृहमा एकजना हितैषीले प्राचार्यलाई आफ्नो चिनजानको एकजना मनोहर शर्मा राजधानीबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पुरा गरेर घर आएको र अनुरोध गरेमा पढाउन पनि आउलान ् भन्ने कुरा सुनाए। प्राचार्यले खवर गरे लगत्तै मनोहर आएपनि। चिनजानको क्रममा थाह भयोकि यी युवक रमाइला मित्रवत रहेछन्। आज बाह्र कक्षामा एक पिरियड लिईदिनु हुन्छकि भन्नासाथ उनि काखे कम्प्यूटर लिएर कक्षा खोज्न निस्के। पढउनमा पनि मनोहर नाम जस्तै रहेछन्। सत्र वर्षे ठिटा ठिटीले खुब मन पराए। छुट्ने बेलामा प्राचार्यले भने, " मनोहर जी तपाईं गजब पढाउनु हुँदो रहेछ भोलि जागिरकोलागि आफ्नो शैक्षिक प्रमाणपत्रहरूको साथमा एउटा निवेदन लिएर आउनु होला।" मनोहर केहि नबोलि गए। उनि न भोलिपल्ट गए नत पर्सि नै। तेश्रो साँझ प्र

शिक्षा ऐनसित बाझिने गरी शिक्षक सेवा आयोग नियमावलीको नवौँ संशोधन

अनमोलमणि पौडेल / सरकारले शिक्षण अनुमति पत्र लिन अनिवार्य रुपमा शिक्षा शास्त्र संकाय अध्ययन गर्नु पर्ने व्यवस्था खारेज गरेको छ । शिक्षा ऐनसित बाझिने गरी शिक्षक सेवा आयोग नियमावलीको नवौँ संशोधन गरेर जुनसुकै संकाय अध्ययन गरेकाले पनि शिक्षण अनुमति पत्र पाउने व्यवस्था गरेको हो । यही माघ २६ गते जारी राजपत्रमा जनाइए अनुसार विज्ञान, गणित, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिंग, इलेक्ट्रिकल इन्जिनियरिंग, पशुपालन वा वाली विज्ञान विषयमा स्नातक गरेकाले माध्यमिक तहको शिक्षण अनुमति पत्रका लागि लिइने परीक्षा वा शिक्षकमा प्रतिस्पर्धा गर्न सक्नेछन् । यस्ता प्रतिस्पर्धी शिक्षक पदमा नियुक्त भएमा उनीहरुले नियुक्ति भएको ५ वर्षभित्र शिक्षा विषयमा कम्तीमा १० महिना वा सो सरहको तालिम लिइसक्नु पर्ने संसोधित नियमावलीमा उल्लेख छ । शिक्षक तालिमको प्रभाव कक्षा कोठामा नपुगेको र त्यसले शिक्षण सिकाइमा कुनै परिवर्तन नगरेकाले त्यसको औचित्य नरहेको भन्ने निष्कर्षका अध्ययनहरु आइरहेका बेला सरकारले तालिमलाई प्राथमिकतामा राखेर नियमावलीको विवादास्पद संसोधन गरेको हो । शिक्षा विभागका अनुसार हाल सम्म सामुदायिक व

लघुकथा

एउटा विद्यार्थी थियो| एकदिन गणित विषयको कक्षामा भुसुक्क निदायो । ब्युंझदा उसका सबै साथिहरु गइसकेका थिए | हेर्यो whiteबोर्डमा म्याथको दुई वटा प्रब्लम छाडिएको रहेछ । उसले ठान्यो यो गृहकार्य होला । उसले सार्यो र घर गएर रातभरि त्यसमाथी दत्तचित्त भयो । तर, दुईवटा मध्ये एउटा पनि पार लाउन सकेन । र फेरि पनि उसले प्रयास जारी राख्यो र नभन्दै एउटाको समस्या हल भयो, उत्तर मिलायो । भोलिपल्ट क्लासमा शिक्षकलाई देखायो । शिक्षक भयंकरअचम्मित हुनुभयो । आफुले समाधान गर्न नसकेर भोलि गरौंला है भनेर छोडेको समस्यालाई उक्त विधार्थीले समाधान गरिदियो । यदि त्यो विधार्थीलाई यो प्रब्लम सरले नसकेर छाड्नुभएको थियो भन्ने थाहा भएको भए उसले अवस्य पनि प्रयास गर्ने थिएन । तर, उसलाई केही थाहा थिएन | खाली मात्र यति थाहा थियो कि "यो गणितको गृहकार्य हो, सवै साथिहरुले गर्छन् | मैले नि जसरी पनि हल गर्नुपर्छ |"त्यसैले उसले निर्विकल्प भएर समाधान निकाल्यो |

मन्त्रीले राखे खेताला शिक्षक !

भक्तपुर २ फागुन / ब्यापार, ब्यवसाय गर्ने देखि लामो समय बिदेश बस्ने शिक्षकहरुले आफ्ना ठाउँमा अर्कैलाई पढाउन लगाएर जागिर थामिरहेका घटना त सुन्दै आउनु भएकै होला ! तर, आफ्ना ठाउँमा अर्कै ब्यक्तिलाई पढाउन लगाएर आफू मन्त्री भएका शिक्षकका बारेमा सुन्नु भएको छ ? यो तथ्य फेला परेको छ – भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोल स्थित बालशिक्षा सदन निम्न माध्यामिक विद्यालयमा । उक्त विद्यालयका प्रावि शिक्षक कृष्णगोपाल लागेजु नेपाल सरकारका मन्त्री नभएर नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका मन्त्री हुन् । तर, उनले आफ्नो जागिर थामिराख्न अर्कै ब्यक्तिलाई खेताला राखेका छन् । यति मात्रै हैन उनले ग्रैह सरकारी संस्था र स्थायी शिक्षक गरी दोहोरो रुपमा मासिक तलब बुझ्ने गरेको समेत फेला परेको छ । मन्त्री भएपछि उनले कम तलबमा राधिका खड्का बस्नेतलाई खेताला राखेर जागिर थामिरहेका छन् । जिल्ला शिक्षा कार्यालयका कर्मचारी अनुगमनमा जाँदा खड्कालाई राखेर आफू ग्रैह सरकारी संस्थाको काममा खटिने गरेको फेला परेको हो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकसंगको मिलेमतोमा खेताला राखेर उनी ग्र

शिक्षक नियुक्ति प्रकृया ऐन आएपछि मात्रै शुरु गर्न माग

हेटौंडा ३ फागुन / अस्थायी शिक्षक संघर्ष समितिले शिक्षा ऐन आएपछि मात्रै नयाँ शिक्षक नियुक्तिको प्रकृया शुरु गर्न माग गरेको छ । अस्थाई शिक्षकको समस्या जस्ताको त्यस्तै राखेर नयाँ शिक्षक नियुक्ति गर्दा थप समस्या हुने भन्दै समितिले यस्तो माग गरेको जनाएको छ । नयाँ आउने तयारीमा रहेको ऐनमा अस्थाई शिक्षकका बारेमा स्पष्ट ब्यवस्था गर्नु पर्ने र सोहि अनुसार कार्यान्वयन गर्नु पर्ने भएकोले विचमा शिक्षक छनौटको प्रकृया नगर्न माग गरेको अध्यक्ष रामचन्द्र अधिकारीले बताए । अस्थाई शिक्षक आन्दोलनको समीक्षा गर्न हेटौंडामा भएको दुई दिने छलफलले तीन बुँदे माग तयार गरेको छ । पेशाबाट बाहिरिन चाहने अस्थायी शिक्षकलाई स्थायी सरह उपदान र औषधि उपचारको खर्च ब्यवस्था गर्ने र बाँकी रहेकालाई विना भेदभाव समान आन्तरिक प्रतिस्पर्धाद्धारा स्थायीमा लैजाने कुराको ग्यारेण्टि गर्न माग गरिएको छ । उक्त तीन बुँदे माग शिक्षा मन्त्री र प्रधानमन्त्रीलाई बुझाउने अधिकारीले बताए । यति गर्दा पनि माग सुनुवाई नभए चैतको पहिलो हप्ताबाट शुरु हुने एसएलसी परीक्षालाई अस्थाई शिक्षकहरुले असहयोग गर्ने निर्णय समेत भएको उनले बताए

कक्षा ११ र १२ को परीक्षा तालिका

काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरिएको छ । नियमित तथा आंशिक परीक्षा दुवैका लागि तालिका सार्वजनिक गरिएको हो । तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी वैशाख २० देखि ३१ गतेसम्म र कक्षा ११ को परीक्षा आगामी जेठ १ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । दुवै तहको पहिलो परीक्षा अनिवार्य अंग्रेजी विषयबाट सुरु हुनेछ । 

शिक्षक ब्यवस्थापनको जिम्मा प्रादेशिक सरकारलाई

काठमाडौँ । शिक्षा मन्त्रालयले माध्यमिक तहको परीक्षा प्रादेशिक सरकारले सञ्चालन गर्ने प्रस्ताव अगाडि सारेको छ । शिक्षा मन्त्रालय, युनेस्को र शिक्षा पत्रकार सञ्जाल (इजोन)ले शिक्षा पत्रकारहरुका लागि सञ्चालन गरेको "शिक्षा र संघीयता" विषयक दुई दिने प्रशिक्षणमा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले यस्तो जानकारी दिनुभयो । मन्त्रालयले संघीय संरचनामा मुलुक गई सकेपछि शिक्षासम्बन्धी दायित्व र जिम्मेवारीका बारेमा बाँटफाँट गरेको छ । सो प्रस्तावलाई संघीय मामिला मन्त्रालयमा पठाउने तयारी गरिएको छ । सहसचिव डा. लम्सालले केन्द्र (संघ), प्रादेशिक सरकार र स्थानीय सरकारले कुन कुन क्षेत्रको जिम्मा लिनुपर्दछ भन्ने खाका तयार गरिएको बताउनुभयो । उहाँका अनुसार केन्द्रले परीक्षा बोर्डमार्फत उपलब्धि परीक्षण गर्ने छ भने प्रादेशिक शिक्षा बोर्डमार्फत माध्यमिक तहको परीक्षा सञ्चालन र प्रमाणिकरण गरिने छ । त्यस्तै, आधारभूत तहको अन्तिममा लिने परीक्षा सञ्चालन स्थानीय सरकारको दायित्व हुनुका साथै प्रमाणीकरणको जिम्मा पनि उसैको हुनेछ । उहाँले शिक्षक व्यवस्थापन नीति केन्द्रले बनाए पनि शिक्षक व्यवस्थापन प

एक दशकमा १२ लाख ३२ हजार ३ सय विद्यार्थी गायब

५५ विद्यालयमा भर्नाका बेला २१ हजार विद्यार्थी थिए । तर, कान्तिपुरले स्थलगत अध्ययन गर्दा १८ हजार हाराहारी मात्रै पाइयो ।  'सरकारी सुविधा लिन कतिपय विद्यालयले बढी विद्यार्थी देखाउने गर्छन्,' ज्ञानोदय उच्च माविका पूर्वप्रधानाध्यापक एवं शिक्षासेवी धनन्जय शर्माले भने, 'भर्नामा विद्यार्थी बढी देखाउँछन् । जाँच गर्न जाँदा विद्यार्थी कम हुन्छन् ।'  ललितपुरका विद्यालयले जेठमा भरेको विद्यार्थी संख्यालाई शिक्षा कार्यालयले भदौमा शुद्धीकरण गर्दा १० हजारभन्दा बढी विद्यार्थी कम पाइएको थियो । कार्यालयले दिने अनुदान घटेको विद्यार्थी संख्याका आधारमा मात्रै दिने तयारी गरेको छ ।  विद्यार्थीको टाउको गनेर सरकारले पैसा दिने भएपछि फर्जी संख्या भर्ने गर्दा पनि सही तथ्यांक नआउने शिक्षाविद् विष्णु कार्कीले बताए । 'निजीमा पढ्ने विद्यार्थी सरकारी विद्यालयमा पनि भर्ना भएका हुन्छन्,' उनले भने, 'शिक्षकको अनुपातमा विद्यार्थी देखाउन पनि जथाभावी तथ्यांक भर्छन् ।' विद्यालय टिकाउन फर्जी विद्यार्थी देखाउने गरेको उनले बताए ।  विद्यार्थी मैत्री वातावरण नहुँदा बीचैम

शिक्षकलाई अंग्रेजी सिकाइने

काठमाडौ, माघ १८ - शैक्षिक जनशक्ति विकास केन्द्रले सामुदायिक विद्यालयका सात हजार शिक्षकलाई अंग्रेजी भाषा सिकाउने भएको छ । ब्रिटिस काउन्सिलसंगको सहकार्यमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेको विद्यालयका शिक्षकका लागि तालिम सञ्चालन गर्न लागेको केन्द्रका कार्यकारी निर्देशक खगराज बरालले बताए । अंग्रेजी माध्याममा पठन पाठन शुरु गरेपनि पढाउन नसक्ने समस्या आएपछि तालिम सञ्चालन गर्न लागेको उनले जनाए ।

तल्लो पदका शिक्षक नै प्रधानाध्यापक

काठमाडौ, माघ १७ - सुमनलाल महर्जन राजधानीको गोलढुंगास्थित पुरानो गुह्येश्वरी माविमा प्रावि तहका अस्थायी शिक्षक हुन्। तैपनि ०५५ मा स्थापना भएको विद्यालयमा उनी प्रधानाध्यापकको भूमिकामा छन्। त्यही विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षक बाबुराम विक छन्। 'स्थापनाकालदेखि मैले प्रधानाध्यापकको जिम्मेवारी लिएको हो,' उनले भने, 'विद्यार्थी र अभिभावकको पनि विश्वास मप्रति छ।' शिक्षक सेवा आयोगले गत वर्ष गरेको विज्ञापनमा महर्जनले प्रावि तहमा प्रतिस्पर्धा गरेका थिए। उनी अनुत्तीर्ण भए। सावित्री शर्मा प्रावि तहकी स्थायी शिक्षिका हुन्। तर, उनी सीतापाइला उच्च माविको प्रधानाध्यापक हुन्। विद्यालयमा तीनजना मावि तहका स्थायी शिक्षक छन्। तर, प्रावि तहका शिक्षिकाले विद्यालयको नेतृत्व सम्हालेका छन्। ०५२ मा स्थापना भएको विद्यालयमा उनी प्रधानाध्यापक थिइन्। ०६१ मा निमावि र ०६६ मा मावि भयो। जति तह थपिए पनि उनी प्रधानाध्यापक पदमा रहिरहिन्। 'म नै हुनुपर्छ भनेको छैनँ। अरूलाई दिन तयार छु,' उनले भनिन्, 'व्यवस्थापन समितिले अरूलाई राख्न चाहेको छैन।' राजधानीको नागार्जुन माध्

१० वर्षदेखि अनुत्तीर्ण भएकालाई पनि मौका

काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले २०६१ सालयताका अनुत्तीर्ण विद्यार्थीलाई एक पटकका लागि भनेर परीक्षा आवेदन फाराम भर्ने मौका प्रदान गर्ने निर्णय गरेको छ । परिषद्ले कक्षा ११ र १२ का नियमित तथा आंशिक परीक्षार्थीका लागि आज परीक्षा आवेदन फाराम खुलाएको छ । सो सूचनामा २०६१ यता अनुत्तीर्ण भई बसेका विद्यार्थीलाई पनि एक पटकको मौका दिने जनाइएको छ । हाल अध्ययनरत तथा पुराना विद्यार्थीले माघ मसान्तभित्र आवेदन फाराम भर्न र फागुन १५ गतेसम्म विलम्ब शुल्क बुझाइ फाराम भर्न सकिने जनाइएको छ । २०७१ सालको कक्षा ११ को मौका परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले कक्षा १२ को परीक्षा आवेदन शुल्क वापतको रकम २०७१ मघ मसान्तभित्र नै बुझाउनु पर्नेछ । साथै उक्त मौका परीक्षामा अनुत्तीर्ण हुने परीक्षार्थीहरुको कक्षा ११ को परीक्षा आवेदन शुल्कवापतको रकम फागुन २२ गतेसम्म विलम्ब शुल्क रहित बुझाउन सकिने छ । ती विद्यार्थीका लागि विलम्ब शुल्कको व्यवस्था गरिएको छैन । आंशिक परीक्षार्थीको रुपमा सहभागी हुने परीक्षार्थीहरुले आफू कक्षा १२ को नियमित परीक्षामा जुन विद्यालयबाट आवेदन फाराम भरी परीक्षा दिएको हो सोही