Skip to main content

Posts

Showing posts from January, 2015

कक्षा ३, विद्यार्थी पनि ३

ओखलढुंगा, माघ १४ - वरुणेश्वर ७ स्थित मिलन चौतारा प्राविमा सोमबार ४ जनामात्र विद्यार्थी अध्ययनरत थिए। उक्त विद्यालयमा बाल कक्षासहित कक्षा ३ सम्म अध्यापन हुन्छ। विद्यालयकी सुमित्रा राई सोमबार कक्षा ३ मा एक जना छात्रालाई पढाउँदै थिइन्। 'तीन कक्षामा तीनै जना विद्यार्थी छन्। आज दुई जना आएनन्,' राईले भनिन्, 'त्यसैले एकै जनालाई पढाइरहेकी हुँ।' बाल कक्षासहित कक्षा तीनसम्म पढाइ हुने यहाँ विद्यार्थी संख्या २५ रहेको प्रधानअध्यापक कुलबहादुर बानियाँले दाबी गरे। 'टिफिनपछि नै घरतिर लागेछन्,' प्रअ बानियाँले भने, 'दैनिक १०-१५ जना आउँछन्।' ०४७ मा स्थापना भएको प्राविमा चार वर्षअघि कक्षा ४ सम्म पढाइ हुन्थ्यो। विद्यार्थी संख्या कम भएकै कारण ०६७ मा घटुवा गरी कक्षा तीनमा झारिएको हो। करिब १० मिनेटको दूरीमा रहेको गणेश मावि ढुस्केले दुई वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पढाउन थालेपछि यहाँ विद्यार्थी संख्या घटेको उनले बताए। प्रअसहित दुई शिक्षक दरबन्दी रहेको विद्यालयमा एक दरबन्दी हालै रिक्त भएको छ। विद्यालय अनुदानबापत प्राप्त ३० हजार रुपैयाँ सहयोगमा कर्मचारीका रूपमा सुमित्रा २

अख्तियारले शिक्षक, निजी विद्यालय र शिक्षाका कर्मचारीप्रति औँला ठड्यायो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आफ्नो २४ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति डा. रामवरण यादवसमक्ष पेश गरेको छ । प्रतिवेदनले अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा बढी शिक्षा क्षेत्रसँग सम्बन्धित भएको औँल्याएको छ । प्रतिवेदन अनुसार शिक्षामा विगत एक वर्षको अवधिमा दुई हजार नौ सय उजुरी परेका छन् । शिक्षापछि स्थानीय निकायका उजुरी बढी छन् । प्रतिवेदनले औँल्याएका शिक्षासम्बन्धी विषयवस्तु : शिक्षा क्षेत्रमा देखिएका अनियमितता र विकृतिका कारण लाखौँ बालबालिका आधारभूत र गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारबाट वन्चित छन् । यसैका कारण बर्सेनि ठूलो संख्यामा विद्यार्थीहरु अध्ययनका लागि विदेशतर्फ पलायन हुनुपरेको अवस्था पनि छ । सार्वजनिक र निजी विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तरमा ठूलो अन्तर छ । विद्यार्थी संख्याका आधारमा शिक्षकहरुको दरबन्दी मिलान नभएका कारण पठनपाठन प्रभावित हुने गरेको छ ।   त्यसैगरी विद्यमान कानुन विपरीत शिक्षक नियुक्ति गरिएका र कार्यस्थलमा अस्थित्व नै नभएका झोले विद्यालयहरुको कागजी रेकर्ड मात्र खडा गरी तलब भत्ता, प्रशासनीक खर्च, विद्यार्थी छात्रवृत्ति र भौ

अब प्लस टुमा पनि ग्रेटिङ सिस्ट

काठमाडौं, १३ माघ । उच्च माध्यमिक शिक्षा परिषदले १० जोड २ (कक्षा ११ र १२) मा लेटर ग्रेटिङ प्रणाली लागू गर्ने योजना अघि बढाएको छ । लेटर ग्रेटिङ प्रणाली लागू गर्दा विद्यार्थीको शैक्षिक प्रमाणपत्र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि प्रभावकारी हुने भन्दै परिषद्ले गृहकार्य अघि बढाएको हो ।  विश्वविद्यालय र विद्यालय तहमा लेटर ग्रेटिङ प्रणाली लागू भएपछि १० जोड २ मा पनि लागू गर्ने योजनालाई अघि सारिएको उच्च माध्यमिक शिक्षा परिषदका सहसचिव नारायण कोइरालाले बताए ।  यसलाई कुन मोडलमा लागू गर्ने भन्ने विषयमा शिक्षामन्त्रीस्तरीय बैठकमा आइतबार छलफल भएको बताएँदै सहसचिव कोइरालाले भने, ‘विज्ञ तथा सरोकारवालासहितको उच्चस्तरीय कार्यदल गठन गरेर सुझाव लिइनेछ।’ अंक प्रतिशत प्रणाली अधिकांश मुलुकहरूमा हटिसकेकोले नेपालमा पनि यसलाई हटाएर अक्षर प्रणाली लागू गर्ने आवश्यक छ । 

प्राविधिक विषयमा लाइसेन्स बिना नै शिक्षण गर्न पाइने

काठमाडौं, १२ माघ । विभिन्न प्राविधिक विषयहरुमा अध्यापन गराउने शिक्षकको अभावलाई महसुस गर्दै सरकारले त्यस्ता शिक्षकहरुलाई लाइसेन्स बिना नै पढाउन दिने भएको छ । मन्त्रीपरिषदको बैठकले शिक्षक सेवा नियमावली संशोधन गरेपछि यो सम्भव भएको हो । सरकारको यो निर्णयसँगै अब विज्ञान, लेखा, गणित, कम्प्युटर, बालीविज्ञान लगायतका प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गरेकाहरुले शिक्षक अनुमति परीक्षामा सहभागी नभएरै पनि अध्यापन गर्न पाउनेछन् ।  विज्ञान, गणित लगायतका प्राविधिक विषयहरुमा शिक्षक अनुमति पत्र भएका शिक्षकहरुको अभावका कारण शिक्षाको गुणस्तर नै खस्किएको थियो । देशका अधिकांश स्थानमा प्राविधिक विषयहरुमा शिक्षकको अभाव भइरहेको खबरहरु सार्वजनिक भएपछि सरकारले शिक्षक सेवा नियमावली संशोधन गरेको हो । सरकारको यो निर्णयसँगै विषयगत शिक्षकहरुको आन्तरिक र खुल्ला प्रतिस्पर्धामार्फत शिक्षण सेवामा प्रवेश गर्न पाउनेछन् । यसले राम्रा र योग्य शिक्षकहरुको उपलब्धता बढ्ने र विद्यार्थीको सिकाई स्तर बढाउने सकिने शिक्षा विभागका निर्देशक लवदेव अवस्थीले बताए ।  ‘अब राम्रा शिक्षकले पढाउने अवसर पाउनेछन् । यसले तत्कालको आवश

एसएलसीको तयारीमा बसेका विद्यार्थीले १० हजार पाउने भए

काठमाडौँ । प्राविधिक विषय लिएर एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुले पारिश्रमिक सहितको कार्यगत तालिमको अवसर पाउने भएका छन् । सरकारले उनीहरुलाई एसएलसी परीक्षा सकिए लगत्तै एक महिने कार्यगत तालिम (अन द जब टे«निङ) दिँदैछ । तालिम ३० दिनको हुनेछ । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक बाबुराम गौतमले कार्यगत तालिम अवधिमा प्रतिविद्यार्थी १० हजार रुपियाँ दिने प्रस्ताव गरिएको जानकारी दिँदै भन्नुभयो, “कार्यगत तालिमका अवधिमा काम गर्दा विद्यार्थीले सित्तैमा परिश्रम खर्च गर्नुनपरोस् भनेर न्यूनतम भए पनि पारिश्रमिक दिने व्यवस्था गर्न लागेका हौँ । तालिमसम्बन्धी कार्यविधि तयार गरिरहेका छौँ ।” उहाँका अनुसार यस्तो पारिश्रमिक आगामी वर्षहरुमा पनि प्रदान गरिनेछ र शिक्षा विभागसँग सहकार्य गरी कार्यविधि तयार गरिँदैछ । यस वर्षबाट पहिलो पटक प्राविधिक विषयका विद्यार्थीहरु एसएलसी परीक्षामा सम्मिलित हुँदैछन् । देशभरिका ९९ सामुदायिक विद्यालयका करिव साढे चार हजार विद्यार्थीहरु परीक्षामा सम्मिलित हुँदैछन् । प्राविधिक एसएलसीमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान र कम्प्य

समसामयिक सामान्य ज्ञान

. ब्राण्ड रिपोर्ट २०१३ का अनुसार विश्वमा सबैभन्दा बहुमूल्य ब्राण्ड कुन हो ? -एप्पल २. शितल निवासलाई कहिलेदेखि राष्ट्रपति भवन बनाइएको हो ? -असार 22,२०६५ ३. महान्यायाधिवक्ताको पदावधि कति वर्ष रहन्छ ? -प्रधानमन्त्रीको इच्छा अनुसारको अवधी ४. नेपालमा प्रत्यक वर्ष कति तापक्रम वढ्दै गएको छ? -0.06 सेल्सियस ५. सार्कको लोगोमा कतिवटा परेवा रहेका छन् ? -सात ६. महान्यायाधिवक्ताको कार्यालय नेपालको कुन संगठन तालिकाअन्तर्गत पर्दछ ? -केन्द्रिय संगठन ७. चालु तेह्रौँ योजना (२०७०/७१-२०७२/७३)मा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति पुर्याउने लक्ष्य राखिएको छ ? -US $ 902 ८. हाल नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति रहेको छ ? -US $ 721 ९. सरकारले 2070 कार्तिक 22 गते मनाएको पहिलो विश्व सहरी योजना दिवसको नारा के थियो ? -‘सहरी योजना र मापदण्ड,व्यवस्थित सहरको मेरुदण्ड’ १०. निजामती सेवाको पदमा नियुक्तिको निमित्त उम्मेदवार छनौट गर्न परीक्षा कसले सञ्चालन गर्दछ ? -लोकसेवा आयोग ११. हाल नेपालीको औसत आयु कति बर्ष रहेको छ ? -६९.१ बर्ष १२. तेह्रौँ योजना (२०७०/७१-२०७२/७३) ले नेपाली जनताको अपेक्ष

सुरक्षाको माग गदै शिक्षक जिशिकामा

हेमन्त के सी जाजरकोट, माघ १२– सरस्वती मावि नायकवडा सिलीगी चौरमा कार्यरत शिक्षक शिक्षक कृष्णदेव माझी आफु असुरक्षित भएको भन्दै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएका छन् । विद्यालयका सहक्रमी शिक्षकहरुवाटै आफु असुरक्षित भएको उनले शिक्षा कार्यालयमा दिइएको निवेदनमा उल्लेख गरेका छन् । आफु सरस्वती माविमा कार्यरत भएदेखी नै पटक पटक कुटपटिमा परेको वताउदै आएका छन । भर्खरै आफुलाई विद्यालयको स्टाप वैठकमा लेखापाल घमण्ड बहादुर सिंहले आक्रमण गरी घाईते वनाएको उनले वताएका छन । अहिले जिल्ला अस्पतालमा उपचार गरी रहेको उनले बताए । विद्यालयमा गयल भएको शिक्षकको कुरा उठाउँदा आफुलाई लेखापाल सिंहले आक्रमण गरेको उनको दावी छ । आफु सो विद्यालयमा बस्न नसक्ने भन्दै अन्यत्र सरुवा गरिदिन समेत माझीले आग्रह गरेका छन् । आफु सिनियर शिक्षक भएपनि प्रअ अर्कैलाई बनाएको समेत उनले दाबी गरेको छन् । Source : http://www.ratopati.com

त्रिविमा न सेमेस्टर, न स्ववियु चुनाव

काठमाडौ, माघ १० - त्रिभुवन विश्वविद्यालय विस्तारै विद्यार्थी विमुख हुँदैछ किनभने उसको क्यालेन्डरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव र गतिविधिबारे उल्लेख छैन । सर्वोच्च अदालतले दुईवर्षे म्याद सकिएका पदाधिकारीले कुनै क्रियाकलाप गर्न नपाउने आदेश गरेको र नयाँ चुनाव पनि हुन नसकेपछि विश्वविद्यालय स्ववियुविहीन भएको हो । दुई वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन । त्रिविले गत वर्ष हतारमा स्ववियु चुनावको मिति घोषणा गरे पनि हुनसकेन । त्यसअघि विद्यार्थी संगठनहरूबीच आपसी झगडा र अनियमितताले स्ववियु चुनाव स्थगित भएको थियो । त्रिवि पदाधिकारीले स्ववियुका कारण विद्यार्थी पढाइभन्दा राजनीतिलाई प्राथमिकता दिएको भन्दै गत वर्षदेखि सेमेस्टर प्रणाली लागू गरेको छ । विद्यार्थी राजनीतिलाई कम गर्ने उद्देश्यले लागू गरिएको समेस्टर प्रणाली दोस्रो वर्षबाट अन्य क्याम्पसमा लागू हुन सकेको छैन । 'त्रिवि पदाधिकारीले स्ववियुको चुनाव गराउने कामलाई बेवास्ता गरे,' त्रिविका एक प्राध्यापकले भने, 'क्रमशः लागू गर्नुपर्ने सेमेस्टर प्रणाली विद्यार्थीले लागू गराउन दिएनन् । पालाको पैंचो भएको छ । तर यो द

लाइसेन्सका लागि सवा लाख परीक्षार्थी

काठमाडौँ । शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको लाइसेन्स परीक्षामा सवा लाख परीक्षार्थी सम्मिलित हुँदैछन् । आयोगले यही फागुन १६ गते निम्न माध्यमिक तहको र फागुन १७ गते माध्यमिक तहको परीक्षा सञ्चालन गर्दैछ । आयोगका अनुसार माध्यमिक तहका लागि २३ हजार ४० ले र निम्न माध्यमिक तहका लागि ९८ हजार ७५४ ले आवेदन दिएका छन् । गत वर्ष माध्यमिक तहमा १८ हजार ६०६ ले परीक्षा दिएकोमा १२ हजार ६ उत्तीर्ण भएका थिए भने निम्न माध्यमिक तहमा ९५ हजार २९३ ले परीक्षा दिएकोमा तीन हजार ५७९ उत्तीर्ण भएका थिए । आयोगले लाइसेन्स परीक्षामा माध्यमिक तहको लागि ११६ र निम्न माध्यमिक तहको लागि ४०८ परीक्षाकेन्द्र कायम गरेको छ । परीक्षा अपरान्ह १ बजे सुरु हुनेछ ।  

बन्दको अबज्ञा गरेको भन्दै वोर्डिग स्कुलमा तोडफोड

नेपालगञ्ज ६ माघ /  एकीकृत नेकपा माओबादीका कार्यकर्ताहरुले बन्दको अबज्ञा गरेको भन्दै नेपालगंजको बाँके बगियास्थित वेस्ट जोन ईंगलिस वोर्डिग स्कुलमा तोडफोड गरेका छन् । कक्षा १० को एसएलसी तयारी परिक्षा चलेका बेला स्कुल हातामा प्रवेश गरेका ७ जनाको समूहले तोडफोड गरेका हुन् । उनीहरुले ५५ जना परीक्षार्थीको उत्तरपुस्तिका च्यातिदिएका छन् । ८० जनाले परिक्षा दिइरहेका थिए । बिद्यालय शान्ति क्षेत्र भनेर प्रतिबद्धता जनाएको पार्टीका कार्यकर्ताले नै बिद्यालयमा पसेर जथाभाबी उत्तरपुस्तिका च्यातेका हुन् ।    बन्दकर्ताको अबरोधपछि परिक्षा प्रभाबित भएको छ । उनीहरुले डेक्स वेञ्च तोडफोड गरेर भागेको बिद्यालयका शिक्षक टिकाराम कार्कीले बताए ।

संस्कृत विश्वविद्यालयका सह प्राध्यापकको शैक्षिक योग्यता नक्कली

काठमाडौं ६ माघ /   नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगत कार्यरत सह प्राध्यापकको शैक्षिक योग्यता नक्कली फेला परेको छ । महोत्तरीको मटिहानीमा रहेको याज्ञवल्क्य विद्यापीठमा सह प्राध्यापकको रुपमा कार्यरत हेम नारायण लाल कर्णले बढुवा प्रयोजनका लागि बुझाएको शैक्षिक योग्ताको प्रमाणपत्र नक्कली फेला परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट यस्तो फेला परेको हो । कर्णले विहार ईन्टरमिडियट शिक्षा परिषद् पटना भारतबाट १९८३ मा आई कम उत्तिर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ । अख्तियारले कर्ण विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

Notice about chance exam of grade 11, 2071

Notice of HSEB

सामुदायिक शिक्षाको खस्किँदो स्तर

एसएलसी दिन लागेका विद्यार्थीले सामान्य भाग पनि जान्दैनन् भन्ने कुरा धेरैलाई आश्चर्यको विषय लाग्न सक्छ । तर, नेपालको सामुदायिक विद्यालय शिक्षाको नियति यस्तै छ । शिक्षा मन्त्रालयको अनुगमन, मूल्यांकन तथा निरीक्षण महाशाखाका प्रमुखसहितको टोलीले पुसको पहिलो साता दाङ, सल्यान, पाल्पा, स्याङ्जा र कास्कीका सामुदायिक विद्यालयहरूको अनुगमनपछि निकालेको तथ्य हो, यो । सामुदायिक विद्यालयका ९ र १० कक्षाका विद्यार्थीले २१२ लाई २ ले भाग गर्दा १६ भनी निकालेको नतिजाले सरकारी शिक्षाको गुणस्तर कतिसम्म खस्किएको रहेछ भन्ने कुरालाई छर्लङ्ग देखाएको छ । विद्यार्थीहरूको यस्तो कमजोर शैक्षिक अवस्थाले नेपालको सामुदायिक विद्यालयहरूको सिकाइको स्तर त देखाएको छ नै साथै सरकारी लगानी बालुवामा पानी सावित भएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरका कारण नै त्यहाँ विद्यार्थी संख्या निरन्तर ओरालो लागेको छ । सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको मात्र होइन, कतिपय सामुदायिक विद्यालयमा त विद्यार्थी संख्या शून्यमा नै झरेको छ । काठमाडौंमा मात्र शून्य विद्यार्थी भएका विद्यालयहरूको संख्या २१ हुनुले सामु

जिशिअविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौ, माघ ५ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका जिल्ला शिक्षा अधिकारी जयप्रसाद दाससहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बाराको नेपाल प्राविका नाममा झोले विद्यालय खडा गरी भ्रष्टाचार गरेको अभियोगमा दासविरुद्ध अख्तियारले १ लाख १२ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो । व्यवस्थापन समिति अध्यक्ष धुरेन्द्र प्रसाद र प्रधानाध्यापक सुरेन्द्र यादवविरुद्ध अख्तियारले जनही ११ लाख ७ हजार रुपैयाँका दरले बिगो मागदाबी गरेको छ । सबइन्जिनियर रनविर पासवानविरुद्ध एक लाख ५० हजार रुपैयाँ बिगो मागदाबी छ । 

कक्षा ११ को नतिजा सार्वजनिक: परीक्षामा ४७.२६ प्रतिशत उत्तीर्ण

भक्तपुर, माघ ५ - उच्च माध्यामिक शिक्षा परिषद् भक्तपुरले सोमबार कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमित तर्फ २ लाख २५ हजार ३ सय ७३ जना परीक्षार्थी सहभागि भएकोमा १ लाख ६ हजार ५ सय १७ जना अर्थात ४७.२६ प्रतिशत परीक्षार्थी उतीर्ण भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले बताए । परीक्षामा ७ जनाको परीक्षाफल स्थगित भएको छ भने ४३ जनाको परीगाफल रद्द गरिएको अर्यालले बताए । गतवर्ष ४० प्रतिशत परीक्षार्थी उतीर्ण भएकोमा यसवर्ष ७.५० प्रतिशत उतीर्ण भएको उनले बताए । त्यस्तै आंशिक तर्फ १ लाख ४१ हजार ५ सय ७० जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार ९ सय ३३ जना अर्थात ३३.१५ प्रतिशत परीक्षार्थी उतीर्ण भएको अर्यालले बताए । आशिंक तर्फको परीक्षार्थी मध्ये २९ जनाको परीक्षाफल स्थगित भएको छ भने ४४ जनाको परीक्षाफल रद्ध भएको परिषद्ले जनाएको छ । परिक्षा जेठ १ देखि १२ गतेसम्म संचालन भएको थियो ।   क्यालेण्डर अनुसार हुने हो भने परिषद्ले ढिलोमा कात्तिक भित्रै नतिजा प्रकाशन गरिसक्नु पर्ने थियो ।  तर, परीक्षा लिएको ८ महिनामा बल्ल तल्ल परिषद्ले नतिजा सार्वजनिक गरेको हो । नतिजा प्रकाशनमा ढिलो भएको भन

कक्षा कोठामा पाठ्यक्रमको सिर्जनात्मक प्रयोग

- खगराज बराल /   नेपालको विद्यालय शिक्षामा योजनावद्ध तवरले पाठ्यक्रमको प्रयोग भएको चार दशकभन्दा बढी भइसकेको छ । विद्यालयीय तथा विश्व विद्यालयी शिक्षाको शिक्षण सिकाइको मुख्य केन्द्र पाठ्यक्रम हो । सिकारुले किन सिक्ने, के सिक्ने, कसरी सिकाउने, सिके नसिकेको कसरी जाँच्ने जस्ता विषयमा पाठ्यक्रमले निर्देश गर्दछ । पाठ्यक्रमले तोकेका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न पाठ्य पुस्तक, कक्षा कोठा, शिक्षक, शिक्षण सिकाइ कार्यनीति तयार गरिएको हुन्छ । पाठ्यक्रमको मुख्य प्रयोगस्थल कक्षा कोठा हो, प्रयोगकर्ता शिक्षक हो । यस लेखमा पाठ्यक्रमको परम्परागत बुझाइका साथै पाठ्यक्रमको सिर्जनात्मक प्रयोगका सन्दर्भमा चर्चा परिचर्चा गरिएको छ । लेखमा पाठ्यक्रमको अर्थ, पाठ्यक्रमको सिर्जनात्मक प्रयोग, पाठ्यक्रमको सिर्जनात्मक प्रयोगमा देखिएका समस्याहरू, पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्ने उपायहरू र अन्त्यमा निष्कर्ष निकालिएको छ । पाठ्यक्रमको अर्थ पाठ्यक्रमका सम्बन्धमा परम्परागत र सैद्धान्तिक अवधारणा भिन्नाभिन्नै पाइन्छ । परम्परागत धारणामा शिक्षार्थीले कक्षाकोठाभित्र सिक्ने विषयको स्वरूपलाई पाठ्यक्रम मानिएको

२०६२ साल मङ्सिर ७ गते भएको १२ बुँदे सहमति

नेपालको राजनीतिमा २०६२ साल मङ्सिर ७ गते भएको १२ बुँदे सहमतिको चर्चा समय समयमा हुने गर्दछ । जानकारीको लागि यहाँ प्रस्तुत छ ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी र स ात राजनीतिक दलबीच भएको १२ बुँदे समझदारीपत्र नेपालमा लामो समयदेखि चल्दै आएको निरंकुश राजतन्त्र र लोकतन्त्र (Democracy) बीचको संघर्ष आज अत्यन्तै गम्भीर र नयाँ मोडमा पुगेको छ । विगत दश वर्षदेखि जारी सशस्त्र द्वन्द्वको अग्रगामी राजनीतिक निकासद्वारा समाधान गर्दै शान्ति स्थापना गर्नु आजको आवश्यकता भएको छ । त्यसैले निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता भएको छ । देशमा विद्यमान उक्त परिप्रेक्ष्य र सन्दर्भभा संसदभित्रका सात राजनीतिक दलहरु र ने.क.पा. (माओवादी) बीच विभिन्न ढङ्गले वार्ता भई निम्न प्रकार समझदारी भएको कुरा सार्वजनिक गर्दछौं ।   समझदारी भएका बुँदाहरु १. आज देशमा लोकतन्त्र, शान्ति, स

सुगौली सन्धि : एक झलक

सुगौली सन्धि सुगौलीको सन्धिमा उल्लेखित धाराहरुः १.इष्ट इण्डिया कम्पनी र नेपालको राजाको बीचमा स्थायी शान्ति रमैत्री रहनेछ। २.युद्ध शुरु हुनअघि दइराष्ट्रबीच वादविवाद उठेको जग्गाहरुमा नेपालको राजाले समस्तदावालाई छोडने । ३.नेपालको राजाले माननीय इष्ट इण्डिया कम्पनीलाई सदाकोलागि तललेखिएका देशहरु दिने । (क)काली र राती नदीहरुको बीचमा परेका समस्तसमस्थलभू-भागहरु । (ख)बुटवल खासलाई छोडी राप्ती र गण्डकीबीचमा रहेका सम्पूर्ण समस्थलभू-भागहरु । (ग) गण्डकरकुसा (कोशी) जूनमा ब्रिटिश शासनाधिकारमा परेको छर खास पर्ने अवस्थामा छ, को बीचमा परेका सम्पूर्ण समस्थल भू-भागहरु, (घ) मेची र टिष्टाबीचमा परेका सम्पूसमस्थल भू-भागहरु, (ङ) मोरङदेखि पर्वतसम्म गएको नग्रीको समस्थलभूमिहरु र नगरकोट घाटी सहितका मेचीनदीदेखि पूर्वी पहाडहरुका भित्रका साना प्रदेशहरुको साथै घाटी र नग्रीको प्रदेशहरु, उपर्यूक्त देशहरुमा यो सन्धिपत्र लागू भएको मितिदेखि चालीस दिनभित्रमा गोर्खा फौजहरु रिक्त गरिनु पर्ने छ। ४.माथि उल्लेखित धाराहरुमा अधिकृत प्रदेशहरु सम्मिलित गार्दा मार्का परेका प्रमुख अधिकारी एवंभारदारहरुलाई क्षतिप

बारामा ३१ वटा झोले विद्यालय खारेज

शिवशंङ्कर मिश्र कलैया ( बारा ), माघ ४ गते । जिल्ला शिक्षा कार्यालय बाराले ३१ वटा झोले विद्यालयलाई खारेज गरेको छ । शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन पछि जिल्ला शिक्षा कार्यालयको शिक्षा समितिको माघ २ गते बसेको बैठकले गरेको निर्णय अनुसार जिल्लाका ३१ वटा झोले विद्यालयहरु बन्द गराईएको जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीले बताउनुभयो । यसरी बन्द हुने बिद्यालयहरुमा बाराको रामजानकी प्राथमिक विद्यालय अमवा, गायत्री प्राथमिक विद्यालय बडकी फुलवरिया ६, सरस्वती प्राबि.पत्रहटी ६, खैरा माया प्राबि.पत्रहटी ४, सतेश्वरी पत्रहटी प्राबि.९, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय इनर्वामाल ७, नवजाग्रुती प्राबि. इनर्वामाल २, नेराप्राबि. इनर्वामाल ३, मकटबी मदर्सा दारुल इनर्वामाल ८, नेराप्राबि.महेन्द्र आर्दश ६, नेराप्राबि. इनर्वामाल ८, प्रगतीशिल प्राबि. इनर्वामाल ६, नेराप्राबि.कुडवा १, अजमुल ईस्लाम मदर्सा प्राबि.कचोर्वा ३, खारेज गरिएको जिल्ला शिक्षा कार्यालय बाराले जनाएको हो ।   यसैगरी बन्द भएका विद्यालयहरुमा रामना कामना माई प्राबि. बरियारपुर, भुटनदेवी प्राबि.बरियारपुर, नेराप्

बन्द हडताल अन्त्यको माग

कास्की,  माघ ४ गते । ‘बन्द सधैँका लागि बन्द गरौँ’ भन्ने आह्वान गर्दै आज बिहान पोखरामा शान्ति ¥याली निकालियो ।     पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्था, आमा समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएको ¥यालीले पोखराका मुख्य नगरक्षेत्र महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक, नयाँसडक र पृथ्वीचोकको परिक्रमा गरेको थियो ।       हजारौँको सङ्ख्यामा रहेका ¥यालीका सहभागीले ‘बन्द सधैँका लागि बन्द गरौँ’, ‘बन्दको विकल्प खोजौँ’, ‘समयमै संविधान जारी गरौँ’, ‘पर्यटकीय क्षेत्रमा बन्द र हडताल नगरौँ’, ‘गरिखान देऊ’ जस्ता प्लेकार्ड बोकेका थिए ।       ¥याली पोखराको चिप्लेढुङ्गामा रहेको मानवअधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नेले बन्द र हडतालका कार्यक्रम फिर्ता लिन, पर्यटन उद्योगलाई बन्दको मारमा नपार्न र देशको हितलाई केन्द्रमा राखेर काम गर्न राजनीतिक दललाई आग्रह गरेका थिए ।       कोणसभालाई  सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले बन्द र हडतालले देशको अर्थतन्त्र तहसनहस भएको र गरिखाने वर्गलाई हातमुख जोर्न प