Skip to main content

Posts

Showing posts from October, 2017

गजल

मान्छे गुनको बदला बैगुनले नै तिर्ने गर्छ मान्छे । जस्ले भलो गर्छ उस्लाई पिर्ने गर्छ मान्छे ।। अलिकति लाभ हुने भयो भने मात्र पनि । आफ्नैले आफ्नैको छाती चिर्ने गर्छ मान्छे ।। अहो कस्तो अचम्म छ मनुष्यको स्वार्थ । जता अबसर देख्छ उतै छिर्ने गर्छ मान्छे ।। स्वार्थमा कतै अबरोध हुन थाल्यो भने । नानाथरि शस्त्र अस्त्र भिर्ने गर्छ मान्छे ।। जब जब चारै तिरबाट अलगाबमा पर्छ  । अनि सबको नजरबाट गिर्ने गर्छ मान्छे ।। २०७४/०७/०७ गजल जो चोर उस्कै ठूलो स्वर हुन्छ यहाँ । स्वघोषित ठालु कामचोर हुन्छ यहाँ ।। चतुर त कानून भन्दा माथि बसे भो । सोझोलाई नियम कठोर हुन्छ यहाँ ।। समयको हिसाब फरक पर्न थालेपछि । गणितको जोर पनि बिजोर हुन्छ यहां ।। जताततै दुर्जनहरुको राज बढ़े पछि । ईमान्दार सज्जनलाई बोर हुन्छ यहां ।। जब अत्याचारले सीमा नाघ्न थाल्छ । अनि बल्ल युद्ध घन घोर हुन्छ यहाँ ।। २०७४/०७/०७

मेरा सिर्जना हरु २०७४

गजल नसकिने रैछ आँसु रात दिन रूँदा पनि । नजांदो रैछ मनको मैलो जति धुंदा पनि ।। जब मनमा चिरा पर्छ मुटु पोल्न थाल्छ  । एक्लोपनको आभास हुन्छ सँगै हुँदा पनि ।। मनै मरी सकेपछि कोष त्यसै मर्दा रैछन । स्पर्षको अनुभूति हुन्न उसले छुंदा पनि ।। कठै भन्ने कोहि छैन ब्यथा बढ़िरहेको छ । मर्म उस्तै रह्यो आधा जुनी जिउंदा पनि ।। २०७४/०१/०६ गजल दुब्लाएको ज्यान थोरै मोटो भएको छ । हिजो लाउने दौरा आज भोटो भएको छ ।। नौलो फेशन देखाउंदै हिड्यो नभन्नु है । हिजो ठिक्क हुने लुगा छोटो भएको छ ।। हिजो रित्तो घैटो पनि उठाउन सकिएन । आज भरिएको गाग्री लोहोटो भएको छ ।। जिन्दगीमा कहिल्यै यो मोटाउंदैन भन्थ्यौ । मलाई हेर्ने तिम्रो नजर खोटो भएको छ ।। २०७४/०१/०९ गजल एक पछि अर्को खाडल खन्दैछ सरकार । आफू ठीक अरु बेठीक भन्दैछ सरकार ।। शक्ति पृथकीकरणको 'श' सुन्न नचाहने । दिन प्रति दिन निरंकुश बन्दैछ सरकार ।। सरकारको बिरुद्धमा निर्णय त गर्नै हुन्न । एक एक गरी चाल्नोमा निफन्दैछ सरकार ।। बाँकी त्यो संसद पनि भंग गर्न बेर छैन । आफू ढल्ने दिन आफै गन्दैछ सरकार ।। २०७४/०१/१७ गजल स्थानीय निर्बाचन भन्द