Skip to main content

Posts

Showing posts from September, 2017

लघुकथा दशैं

दशैं (लघु कथा) सधै बेफुर्सदिलो हुने मास्टर साहेब यतिबेला निकै फुर्सदिला देखिन्थे । परिवारका सदस्यहरु एकै ठाउँमा  सँगै भएर  नबसेको पनि धेरै समय भइसकेको थियो । आज भने मास्टर साहेब मात्र हैन घरका सबै जना फुर्सदमा थिए । दशैं छुट्टी को भरपूर उपयोग गर्ने र रमाउनेमा सबैको ध्यान थियो । दशैमा राम्रो लगाउने , मीठो खाने, घूमफिर गर्न जाने, रमाइलो गर्ने कुरामा सबैको ध्यान थियो ।दशैं को तयारीबारे छलफल चलिरहेको थियो । साथीहरु संग खेल्न गएकी कान्छी छोरी दौडिदै मास्टर जीको काखमा आएर बसी र उसको अर्ध फुलेका दारी मुसार्दै भनी । "बाबा, हाम्रो घरमा खसी कहिले ल्याउने ? ऊ पल्लो घर रमिलाकोमा कति ठूलो सिंग भएको खसी ल्याएका छन । हामीले त्यो भन्दा ठूलो ल्याउनु पर्छ है बाबा । " कान्छी छोरीको माग नसकिदै बिचमै माइली छोरीले आमातिर फर्किदै आफ्नो मागको फेहरिस्त सुनाई हाली। "मलाई एक जोडी नयाँ टिसर्ट, पेन्ट र लेहेन्गा त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।  त्यहि लगाएर पर्सि साथीसंगै मेला हेर्न जाने हो ।" अब बोल्ने पालो आयो जेठी छोरीको । ऊ झन अरु भन्दा के कम आफ्ना मागहरु तेर्स्याइ हाली ।

गजल

गजल धन हुनेले खसी काटछन नहुनेले फर्सी । बरु फर्सी माथि लगाउ त्यहि खसीको जर्सी ।। खसी ढालें भन्दै किन फेसबुकका भित्ता भर्छौ । अख्तियारले भेट्छ कि भनि हिड़ेका छौ तर्सी । अस्ति सम्म तिमी र म उस्तै उस्तै थियौं । रातारात  धनी बन्यौ एक्कासी धन बर्सि ।। हुने खाने भएं भन्दै  हेला गर्नु  हुन्न । गरीबको पनि पालो आउला भोलि पर्सी ।। गजल आफ्नोले आफ्नैलाई जब छलाउन खोजेपछि । हृदयमा आगोको ज्वाला बलाउन खोजेपछि ।। आतंककारीले कहिल्यै ढाल्न नसकेको शीर । आफन्तकारी भन्नेहरुले ढलाउन खोजेपछि ।। मरे पछि मृत्यु शैयामा जल्नु त स्वभाबिकै हो । जीवन शैयामा जबर्जस्ती जलाउन खोजेपछि ।। मुर्दा पनि जुर्मूराउंदै उठेर दौडन थाल्दछ यहाँ । अपमान अनि तिरस्कारले चलाउन थालेपछी ।। अति कोमल ठानिएको मन मुटु कठोर बन्छ । जिस्काएरै  जब त्यसलाई गलाउन खोजेपछि ।। अमृतको बोट देखाएर  जहर रुपि फलहरु । झुक्याएर मेरै बगैचामा फलाउन खोजेपछि ।। जरै देखि उखेलेर नफ्याकी नहुने भयो अब । बोटैभरि नानाथरि ऐजेरु पलाउन खोजेपछि ।। भुमिराज शर्मा पर्बत २०७४/०६/०१

सामुदायिक शिक्षा सुधारको लागि

जिल्ला शिक्षा कार्यालय, भक्तपुर शैक्षिक सुधारको मार्गचित्र, २०७३ आर्थिक सामाजिक समृद्धि हासिल गर्न मुलुकलाई आवश्यक पर्ने जनशक्ति विकास गर्ने दायित्व शिक्षा क्षेत्रको हो । विद्यमान संवैधानिक तथा कानूनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तथा नागरिकको शिक्षा प्राप्त गर्न पाउने हकको प्रत्याभूत गर्नु राज्यको दायित्व हो । शिक्षा प्राप्त गर्न पाउने नागरिक अधिकारको प्रत्याभूत गर्न तथा भक्तपुर जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न समय सान्दर्भिक सुधारका पाइला चाल्न आवश्यक छ । शैक्षिक सुधारको केन्द्रविन्दु कक्षाकोठाको पठनपाठनमा सुधार नै हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरी सुधारका प्रयासहरु अघि बढाइनुपर्छ । विगतमा पनि विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्न प्रयत्नहरूनभएका होइनन् । सुस्पष्ट मार्गचित्रको आधारमा सम्पूर्ण सरोकारवाला पक्षहरुको सहभागितामा बहुप्रयत्नहरु एकिकृत रुपमा अघि बढाउन नसक्दा नतिजा अपेक्षित हुन सकेको पाइदैन । भक्तपूर जिल्लालाई शैक्षिक गन्तब्यको रुपमा विकास गरी शैक्षिक पर्यटनको विकास गर्नु आजको कार्यभार हो । विगतका सफल प्रयास ए