Skip to main content

Posts

Showing posts from November, 2017

कबिता

म युबा (कबिता) सुन्दर भबिष्यका अनगिन्ती रंगीन सपनाहरु बोकेर राजदुताबासको ढोका ढक्ढक्याउदै हजारौं हजार बिदेशिनेहरुको लामो लाइनमा प्रतीक्षारत छु म युवा । सम्झिदै दशैंका ती आशिर्बादहरु अनि नओइलिदै तिहारका मखमलीहरु स्वर्ग जस्तो मेरो आफ्नै प्यारो धर्ति छोडी आज फेरि उही यमराजको देशतिर लम्किरहेको छु म युवा । हो मैले पढेको थिएं म देशको कर्णधार बन्नु पर्छ दरिलो खम्बा बन्नु पर्छ जरक्कै उचाल्नु पर्छ सगरमाथाको उचाइमा तर आज उठनै नसक्ने गरी मरुभुमिमै भासिइरहेको छु म युवा । देश बोक्न खोज्ने मेरा कांधहरुले परदेशका सपनाहरु बोकेर घरदेश र परदेश गर्दा गर्दै मेरा ती रंगीन सपनाहरु दिन प्रतिदिन चकनाचूर बनाएर अन्त्यमा  कहिल्यै नबिदेशिने गरी रंगीन बाकस भित्र फर्किरहेको छु म युवा । २०७४/०८/११

गजल

गजल तिम्ले सोच्दै नसोचेको राजनीतिक खेल आयो । तोरीको तेल नघस प्रिया पतन्जली तेल आयो ।। कोरी बाटी चट्ट परी स्टेशनमा कुर्नु है मैया । सुलुलु पोखराबाट बेनी जाने नया रेल आयो ।। जिन्दगीमा नसोचेको रेल चढ़न पाइने भो भन्दै । यो मन भरि उर्लिएर रहरको नौलो भेल आयो ।। हतार हतार सिंगार गरी स्टेशन मा झरेकै हो । क्यारी चढ़म भन प्रिय रेल त ठेलम ठेल आयो ।। कुन चढ्ने कुन झर्ने भन्नेमा नै बिबाद बढ्यो । रेल ल्याउने गठबन्धन भित्र फेरि बेमेल आयो ।। २०७४/०८/०२

गजल

गजल अहो! कस्तो मिलेका हुन प्रचण्ड र ओलीहरु । कति छिट्टै फेरिएछन यी दुईका ती बोलीहरु ।। दुई तिहाई ल्याई राज गर्ने दाबी आएका छन  । आपसमै शंका गर्छन् गठबन्धनका टोलीहरु ।। पुजिबाद बिकास गर्दै समाजबादको मार्गचित्र  । केको निम्ति बगेका हुन रगतका ती खोलीहरु ।। कहिले हो निकाली दिने भन लाल कमरेडहरु । घाइतेका शरीरभित्र अड्किएका ती गोलीहरु ।। उस्तै छन् गाउँ बस्तीहरु गरिबी झन उस्तै छ  । चुहिने छानो फाटेका ती गुन्यू अनि चोलीहरु ।। नाताबाद कृपाबाद घुसखोरीको बिगबिगी छ । अझै भरिएका छैनन् भ्रष्टाचारका झोलीहरु ।। आश्वासन सबैले दिन्छन् कर्म गरी देखाउनु । होइन भने अन्धकार हुन्छन् धेरै भोलिहरु ।। २०७४/०८/०१

शिक्षामा प्रगतिशील कर लगाउने बीस तरिका

कृष्ण हरि बासकोटा स्थानीय तहको मातहतमा आएको माध्यमिक तहसम्मको शिक्षाको अधिकारलाई मजबुत बनाउने भनेको योजना र बजेट हो । योजनालाई सफल बनाउनका लागि विचारले मात्र हुन्न । यसलाई सफल बनाउन आर्थिक पाटो पनि महत्वपूर्ण छ । सोही महत्वपूर्ण पाटोअन्तर्गत रहेको अर्थ व्यवस्थापनका लागि आवश्यक बजेटको स्रोत कर हो । स्थानीय तहको मातहतमा आएको शिक्षालाई गुणस्तरीय बनाउन करले पनि भूमिका निर्वाह गर्छ । शिक्षामा राज्यको बजेट घटिरहेको समयमा कसरी बजेट बढाउन सकिन्छ ? भन्ने आम चासोको विषय हो । यही चासोको विषयलाई केन्द्रीत गरी राजधानीमा शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल (एनसिई–नेपाल) ले शुक्रबार ‘शिक्षामा लगानी र प्रगतिशील कर प्रणालीका बारेमा नीतिगत बहस’ गरेको छ । शिक्षामा सरोकारवालाहरुको उपस्थितिमा गरेको उक्त कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमख आयुक्तको जिम्मेवारी सम्हालिरहेका तथा पूर्व अर्थसचिवको जिम्मेवारी समेत निभाइसकेका कृष्णहरि बाँस्कोटाले प्रस्तुत गरेको कार्यपत्र : स्थानीय तहको शिक्षामा प्रगतिशील करमा छलफलका बुँदाहरू १. सबै करमा शिक्षा सेवा शुल्क लिने : स्थानीय तहले उठाउने सबै कर (सम्पत्ती कर, घर

Progressive tax in education

Chief Information Commissioner Krishna Hari Baskota stressed the need of progressive taxation system in the education sector of the country so that local levels could manage schools in their respective areas smoothly. He claimed that local levels could sustain schools in their constituencies by putting aside some amount from household tax and drinking water and electricity tariffs and investing the sum in local level education. Speaking at an interaction on education tax generation at local levels, Baskota said not every local level could invest in education due to limited local resources and therefore the central government should work to collect taxes from non-education sectors and distribute resources equally at the local levels. Speaking at the programme, former education minister Dhani Ram Paudel said local levels should concentrate on sustaining schools in their areas on their own. He stressed that the government should develop model schools across the country in terms of qual

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम