Skip to main content

समाचार

छानो हावाले उडाएपछि विद्यार्थीले बाहिरै परीक्षा दिए

शान्ति छन्त्याल, बागलुङ, २०६९ चैत २२ ।हावाहुरीले विद्यालयको छानो उडाएपछि बागलुङको बोहोरागाउँ गाविसस्थित ज्योती निमाविका विद्यार्थीहरु बाहिरै बसेर परीक्षा दिएका छन् ।
हिजो दिउँसो पानीसँगै आएको हावाहुरीले विद्यालय भवनको छानो उडाएपछि कक्षा १ र २ का विद्यार्थीहरु बाहिरै बसेर परीक्षा दिन बाध्य भएका हुन् । हुरीले ३ लाख बराबरको क्षति भएको विद्यालयका प्रअ रामलाला सापकोटाले जानकारी दिएका छन् ।

विद्यार्थी नेतालाई ३२ बर्षे उमेर हदको तयारी

स्ववियु निर्वाचन प्रत्यक्ष बनाउन लविङ सुरु

TU
काठमाडौं, २० चैत । त्रिभुवन विश्व विद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उमेरहद लागू गराउने तयारी गरे पछि विद्यार्थी नेताहरुमा हलचल पैदा भएको छ ।
त्रिविले ३२ वर्ष सम्म मात्रै विद्यार्थी राजनीतिका लागि विधान मस्यौदामा प्रस्ताव गरे पछि कांग्रेस, एमाले र नेकपा–माओवादी निकट विद्यार्थीले विरोध गरेका हुन् । उनीहरुले उमेरहद तोक्ने तयारी गरेर त्रिविले मौलिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने उमेर हदको स्वागत गरेको छ ।
त्रिविको उमेरहद सम्बन्धी प्रस्तावमा नेविसंघ र एमाले निकट अनेरास्ववियुले संशोधन प्रस्ताव लैजाने जनाएका छन् । नेविसंघका प्रवक्ता युपी लामिछानेले विद्यार्थी नेताहरुका लागि उमेरहद तोकिएमा विद्यार्थीको मौलिकहकहनन् हुने दाबी गरे ।
‘त्रिविले तोकिएको समयमै स्ववियु निर्वाचन गरेमा उमेरहद जायज हुन्छ,’ उनले भने, ‘समयमा निर्वाचन पनि नगराउने अनि उमेरहद लागू गरेर विद्यार्थी नेतालाई राजनीतिमा अवरोध गर्न पाईदैन ।’
त्रिवि परिषद बैठक चैत–२३ गते बस्ने तयारी भईरहँदा विधानका बारेमा त्रिविका पदाधिकारी र विद्यार्थी नेताहरुबीच आज वार्ता समेत भएको छ । बार्ता केही सकारात्मक रहे पनि उमेर हद र निर्वाचन प्रणालीमा ठोस सहमति हुन नसकेको प्रवक्ता लामिछानेले बताए ।
एमाओवादी र नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले स्ववियु चुनावमा समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग गर्दै आएका छन् । यद्यपि नेविसंघ र एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचन प्रत्यक्ष हुनुपर्ने अडान राख्दै आएका छन् ।
वार्तामा त्रिविका रेक्टर गुणनिधि न्यौपाने, त्रिवि विद्यार्थी कल्याण शाखाका प्रमुख गंगाबहादुर थापा, एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल न्यौपाने, नेविसंघका अध्यक्ष रञ्जीत कर्ण, एमाले निकट अनेरास्ववियुका अध्यक्ष माधव ढुङगेल तथा नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाईलीलगायतको सहभागिता रहेको थियो ।

प्रश्नपत्र च्यात्ने गिरी प्रहरी फन्दामा

काठमाडौं, २० चैत । प्रश्नपत्र च्यातेको आरोपमा प्रहरीले अमृत साईन्स क्याम्पस लैनचौरमा विएससी दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीलाई आज पक्राउ गरेको छ ।
विएससी दोस्रो बर्षमा अध्ययनतर गोरखा जिल्ला पालुङटार–२ घर भएका २० बर्षीय राजेश्वर गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई रत्नराज्य क्याम्पस प्रदर्शनी मार्गबाट पक्राउ गरेको प्रहरी भनाई छ ।
गिरीले मध्यान्ह आरआर क्याम्पसमा परीक्षा बिथोल्ने उदेश्यले प्रश्नपत्र बाड्ने क्रममा प्रश्नपत्र च्यातिदिएका थिए ।

मुस्ताङमा दौतरी शिक्षा

चन्द्रश्वर बस्ताकोटी 
जोमसोम, चैत १७ गते  । 
किशोरकिशोरिका शारिरीक मानष्सिक स्वास्थ्य समम्याका बोरमा जानकारी दिने र जीवनपयोगी सिपको माध्यमबाट किशोरकिशोरीलाई स्वालम्बि बनाउने उद्देश्यले दौतरी शिक्षा मुस्ताङमा दिइएको छ ।
जिल्ला स्वाथ्य कार्यालय मुस्ताङको जनसंख्या व्यवस्थापन कार्यक्रम अनुसार साथी स्वास्थ्य शिक्षक सम्बन्धी प्रशिक्षण जनशान्ति मावि कोगवेनीमा सम्पन्न भएको छ । जिल्ला भरिका ८ माविबाट प्रत्येक विद्यालयबाट ६ जना छात्राछात्र र  १ शिक्षक जम्मा गरि ६५ जनाको प्रशिक्षणमा सहभागिता रहेको थियो ।
बिद्यालय उमेरका किशोर किशोरिले आफ्ना यौन, प्रजनन जस्ता स्वास्थ्य समस्याहरु बन्द समाजको कारण खुलस्त राख्न नसक्ने हुँदा उनीहरु समस्या लुकाएर बस्ने समस्या छ । यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभावले गर्दा भएका त्यस्ता समस्यालाई निराकरण गर्नको लागि साथी स्वास्थ्य शिक्षक प्रभावकारी हुदै गएको जिल्ला जनस्वास्थ्य निरीक्षक तुलुसी प्रसाद भट्टले बताउनु भयो ।
घरपरिवार, डाक्टर संग भन्दा साथी संग आफ्ना समस्याहरु राख्न सजिलो हुने भएकोले दौतरी शिक्षा प्रभावकारी हुँदै गएको छ । समस्याका बारेमा साथी शिक्षकले परामर्श दिने र समाधान गर्न नसकेका समस्याहरुलाई अस्पताल सम्म रिर्फर गरिने जनस्वास्थ्य निरीक्षक भट्टको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालयले २ बर्ष आगाडि देखि सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयमा स्वास्थ्य परामर्श गर्नको लागि प्रत्येक बर्ष जिल्लाका सवै माविमा २४ हजार रुपैयाको दरले सहयोग गर्दै आएको छ ।
प्रशिक्षणमा भाग लिएका विद्यार्थीले आ–आफ्नो विद्यालयमा सबै शुक्रबार यौन, प्रजनन, लैङ्गिक हिंसा, जस्ता विषयमा विद्यालयका किशोरकिशारीहरु वीच अन्तरक्रिया छलफल कार्यक्रमको आयोजना गदै स्वास्थ्य शिक्षाको परार्मश लिइरहेकाछन ।
खेताला शिक्षकहरुलाई यथाश्रिध फिर्ता बोलाउन  माग

महेन्द्रनगर चैत १७ गते । अखिल नेपाल शिक्षक संघले शिक्षा नियमावली विपरित पहुँचका आधारमा काजमा राखिएका खेताला शिक्षकहरुलाई यथाश्रिध फिर्ता बोलाउन शिक्षा कार्यालय कञ्चनपुर समक्ष माग राखेको छ ।

शिक्षक संघ जिल्ला कार्य समिति कञ्चनपुरले नियमावली विपरित पहुँचका आधारमा काजमा राखिएका खेताला शिक्षकहरुलाई यथाश्रिध फिर्ता बोलाउन शिक्षा कार्यालय कञ्चनपुर समक्ष माग राखेको हो ।

शिक्षक संघले जिल्ला शिक्षा कार्यालयलाई एक ज्ञापन पत्र बुझाएर यस्तो माग गरेको हो । ज्ञापन पत्रमा नियमविपरित गरिएका काज सरुवाका कारण विद्यार्थीहरुको भविश्य चौपट पार्ने काम भैईरहेको ठहर गरेको छ । बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई तलब भत्ता श्रमिक ऐन अनुसारको व्यवस्था हुनुपर्नेमा जोड दिईको छ । ज्ञापन पत्रमा दरबन्दी मिलान, दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा, अग्रेजी माध्यम बाट अध्यापन गराईनु पर्ने जोडदार माग अघि सारेको छ । 

अखिल नेपाल शिक्षक संघ कञ्चनपुरका अध्यक्ष शेर सिह पुजारा द्धारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा सामुदायिक शिक्षकले निजी विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई कार्बाही गर्ने समेत सम्बन्धीत निकायहरु संग अनुरोध गरेको छ । संघले उठान गरेका माग बारे सम्बन्धीत निकायले वेवास्ता गरे कडा आन्दोलन थाल्ने चेतावनी दिईएको छ । 


कक्षा १२ को उत्तर पुस्तिकाको पोको हटियाको डाँडाखेतमा बेवारिसे अवस्थामा



गल्कोट, २०६९ चैत १६ । उच्च माध्यमिक शिक्षा परिषदले यहि बैशाख १७ गतेदेखि सञ्चालन गर्न लागेको कक्षा १२ र बैशाख ३१ गतेदेखि सञ्चालन गर्न लागेको कक्षा ११ को परीक्षाका लागि शिक्षा परिषद पोखराले पठाएको एक बोरा उत्तरपुस्तिका आज बागलुङ बुर्तिबाङ सडकखण्डको हटिया गाविस ६ डाँडाखेतमा बाटोमा अलपत्र अबस्थामा भेटिएको छ ।
उक्त उत्तरपुस्तिका स्थानीय युवाहरुले ढलेपिपलनेर बाटोमा बेबारिसे अबस्थामा फेला पारेपछि हटिया प्रहरीचौकीमा बुझाएका थिए । उक्त उत्तरपुस्तिका कहाँबाट ल्याएको र कहाँ लाने भन्ने बारे थाहा नभएको र उत्तरपुस्तिका ल्याउने सवारी साधनको नम्बर पनि खुल्न नसकेको प्रहरी सहायक निरीक्षक रुद्रप्रसाद शर्माले जानकारी दिए ।
यता उत्तरगंगा उच्चमाविका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भने उच्च माध्यमिक शिक्षा परिषद पोखराबाट उत्तरगंगा उच्चमावि र भानु उच्चमावि परीक्षा केन्द्रका लागि उत्तरपुस्तिका लिएर आउने क्रममा नरेठाँटीको गौदीखोलामा गाडी तर्न नसकेपछि नरेठाँटीकै एक घरमा छोडिएकाले लिन जानु भनेर शिक्षा परिषदका कर्मचारी माफर्त निर्देशन आएको बताए । तर उत्तरपुस्तिका नरेठाँटी देखी एक घण्टाको दूरीमा भेटिनु र चैतको खडेरीमा गाडी खोला तर्न नसकेको भन्नु विश्वसनीय देखिदैन ।


साक्षरता अभियान सञ्चालन 

निरक्षरता उन्मूलन गर्ने उद्देश्यले कञ्चनपुरका चार गाविस र भीमदत्त नगरपालिकाका चार वडामा साक्षरता अभियान सञ्चालन गरिएको छ । साक्षर नेपाल कार्यक्रम अन्तर्गत ५ सय साक्षरता कक्षा मार्फत एक हजार ५ सय निरक्षर व्यक्तिलाई साक्षर गराउने लक्ष्य लिएको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका उपसचिव पदमराज भट्टले बताउनुभयो । तीन महिनासम्म सञ्चालन हुने कार्यक्रमका लागि करिब ६६ लाख रुपैया विनियोजन गरिएको छ । विनियोजित रकमबाट साक्षरता कक्षामा सहभागी हुनेका लागि पाठ्यपुस्तक, स्टेसनरी र कक्षा सञ्चालन गर्नेलाई पारिश्रमिक दिइने छ ।
पर्वतमा प्रवेशिका परीक्षा आशा गरेभन्दा राम्रो, ५ परीक्षार्थी निष्काशित


पर्वत २०६९ चैत ९ । पर्वत जिल्लामा सन्चालित २०६९ सालको प्रवेशिका परीक्षा विगतका परीक्षाहरु भन्दा अत्यन्तै मर्यादितरुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय पर्वतका उपसचिव कुश्मराज उपाध्यायले बताएका छन् । परीक्षावधिभर केहि सामान्य घटनाहरु बाहेक अत्यन्तै शान्तिपूर्ण तवरले परीक्षा सम्पन्न भएको उपसचिव उपाध्यायको भनाई छ ।
परीक्षा केन्द्रमा प्रवेश गर्ने समयमै चेकजाँच कडा गरिएकोले चीट गेसपेपर परीक्षार्थीहरुले साथमा लैजाने अवसर नै थिएन त्यसैले परीक्षामा चीट चोर्ने, चीट पासगर्ने जस्ता गतिविधीहरु हुन पाएनन् उपसचिव उपाध्यायले भने तैपनि पाँचजना परीक्षार्थीहरुलाई अमर्यादित गतिविधि गरेकाले रेष्टिकेट गरिएको छ । उनले जिल्लाभर कुनै निरीक्षकमाथी कार्वाही नभएकोपनि बताए ।
जिल्ला शिक्षा कार्यालय पर्वतका अनुसार एसएलसीको लागि नियमित तर्फ ३१ सय ६१ जना र एक्जाम्टेड तर्फ ७ सय ७० गरि ३ हजार ९ सय ३१ जना सहभागी थिए ।

म्याग्दीमा परीक्षा शान्तिपूर्ण !

यसैवीच  म्याग्दी जिल्लामा समग्रमा परिक्षा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ ।

परीक्षा अवधिभर केन्द्राध्यक्ष, निरिक्षक र परिक्षार्थीहरुबाट समग्रमा  परिक्षा  मर्यादित  तरिकाले सम्पन्न  भएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले बताए । यद्यपी केही परिक्षा केन्द्रका विद्यार्थीहरुले मर्यादा विपरित चिट चोरेर परिक्षा दिएको भेटिएकाले उनीहरुलाई परिक्षाहल भन्दा बाहिर राखेर परिक्षा दिन लगाईएको थियो ।
त्यस्तै परिक्षामा सामेल हुनुपर्ने नियमित तर्फ १ र एक्जेम्टेडतर्फ १६ जना गरि १७ जना परिक्षार्थीहरु अनुपस्थीत भएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ । कुल २ हजार एकसय ३२ जना विद्यार्थी सहभागि हुने भएपनी सवै विषयको परिक्षामा जम्मा २ हजार १ सय १५ जना परिक्षार्थीहरु मात्रै परिक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालय म्याग्दीका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार परिक्षामा नियमित तर्फ १ हजार ९ सय ३९ र एक्जेम्टेड तर्फ एकसय ७६ जना विद्यार्थी सहभागि भएका थिए । म्याग्दीमा ९ वटै परिक्षा केन्द्रहरु तोकेर परिक्षा संचालन गरिएको थियो । यो बर्ष जिल्लामा रहेका सवै परिक्षा केन्द्रहरुमा होम सेन्टर खारेज गरिएकाले परिक्षा थप मर्यादित भएको जिशिअ श्रेष्ठले बताए ।
त्यस्तै परिक्षाको अनुगमनका लागी जिल्ला परिक्षा समन्वय समितिको अतिरिक्त जिल्ला शिक्षा कार्यालय म्याग्दीका स्रोत व्यक्तिहरुलाई समेत सवै केन्द्रहरुमा अनुगमनका लागी खटाईएको थियो ।

Lumle school row: Locals urge Balmandir students to return


11 Mar, 2013

Local residents and representatives of various political parties have urged the students who left the hostel of Balmandir Secondary School at Lumle last week to come back and resume their studies.
Speaking at an interaction organised on the school premises on Sunday, local people said the students were neither mistreated in the past nor will they be discriminated against in future.
Sixty-eight children who were studying in the school under a government scholarship programme had left for Pokhara on March 4 just a day before their final examinations. They were selected by the Kathmandu-based Budhanilkantha School for the scholarship programme from across the country.
Acting Headmaster Rajendra Bharati said the students were not guilty. "The incident happened not because of the fault of parents and teachers. You (the students) are welcome here," he said. He said the school's environment has not deteriorated and that they will ensure security for all the students.
Meanwhile, Education Minister Dina Nath Sharma and Joint-secretary Mahashram Sharma, who inspected the school and attended the interaction on Sunday, expressed sadness over the incident.
Speaking at the interaction, Minister Sharma said the government cannot shift the scholarship programme away from the school. "Everyone should abide by the state's rules and regulations. If the students do not return, parents themselves should manage for their children's education," he said.
Source: Ekantipur, News by : Lal Prasad Sharma.

साक्षर नेपाल अभियानमा दलहरूको प्रतिबद्धता 

काठमाडौं, २९ फागुन/ अनौपचारिक शिक्षा केन्द्रले सञ्चालन गरिरहेको साक्षर नेपाल अभियानका कार्यान्वयनका लागि विभिन्न दलले प्रतिबद्धता जनाएका छन् ।

अनौपचारीक शिक्षा केन्द्रले सरोकारवालाहरूसँग राजधानीमा गरेको छलफलमा सहभागी दलहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा शिक्षामन्त्री दिनानाथ शर्माले साक्षर नेपाल अभियानका लागि विभिन्न कार्यक्रम तय गरेकाले अभियान सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

साक्षरता शिक्षा केवल शिक्षा मन्त्रालयको मात्र नभई सबै नागरीकको सरोकारको विषय भएकाले प्रतिबद्ध भएर सघाउन उहाँले आग्रह गर्नुभयो । सन् २०१५ भित्र सबै नेपालीलाई साक्षर बनाउने लक्ष्यसहित अनौपचारीक शिक्षा केन्द्रले योजना तय गरेको छ ।

नेपालमा हाल साढे ४० लाखभन्दा बढी नागरिक निरक्षर छन् । निरक्षरलाई साक्षर बनाउन सरकारले आर्थिक वर्ष ०६९/७० को बजेटमार्फत साक्षर नेपाल अभियान कार्यक्रम अगाडि ल्याएको हो ।


छत्र निमावि पौदीअमराई गुल्मीको २५ औं बार्षिकोत्सब


शान्ति छन्त्याल, बागलुङ, २०६९ फागुन २७ । छत्र निमावि पौदीअमराई ८ गुल्मीको २५ औं बार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बार्षिकोत्सवको अबसरमा भएको अन्तर विद्यालय निमाविस्तरीय हाजिरीजबाफ प्रतियोगितातर्फ, नेपाल राष्ट्रिय सर्वोदय उच्चमावि प्रथम, छत्र निमावि द्धितिय, जनज्योति मावि तृतिय भएका छन् ।
यसैगरी रस्साकस्सी प्रतियोगितामा ज्ञानराज गिरीको समुह प्रथम, कृष्ण गिरीको समुह द्धितिय र शिक्षक चन्द केसीको समुह तृतिय भएका छन् । यसैगरी बार्षिकोत्सवकै अबसरमा आयोजित महिला कुर्ची दौड प्रतियोगितातर्फ मनिसा गिरी प्रथम, विष्णु थापा द्धितिय र अन्जना गिरी तृतिय भएका छन् । यसअबसरमा घैटोफोरलगायत विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रम शिक्षक अभिभावक संघ अध्यक्ष धनबहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनज्योति माविका शिक्षक कमल हितान, पौदी प्राविकि शिक्षिका सरस्वती कुवँरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने विद्यालयका प्रअ ईश्वर प्रसाद श्रेष्ठले आर्थिक बर्ष २०६५ देखि आर्थिक बर्ष २०६८÷०६९ सम्मको ७४ लाख ७३ हजार ८ सय ६० बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुकुमबहादुर पाठकको अध्यक्षता, शिक्षक चन्द्रबहादुर बलामीको स्वागत र शिक्षक विष्णु गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्वालिचौरमा निरक्षरता   उन्मुलन  अभियान

बागलुङ, २०६९ फागुन २७ । निरक्षरता उन्मुलन गर्ने सरकारी योजना अनुसार सञ्चालित साक्षर नेपाल अभियान अन्तर्गत जिल्ला शिक्षा कार्यालय बागलुङको आयोजना तथा महिला जागरण केन्द्र र सेतो गुँरास वालविकास सेवा ग्वालिचौर र भिमगिठेको सञ्चालनमा अभियानका सहजकर्ता हरुका लागि ५ दिने तालिम ग्वालिचौरमा सुरु भएको छ ।
यसैगरी सेभ द चिल्ड्रेनको सहयोग, गाजा युवाकल्व बागलुङको आयोजनामा पढाई विकास कार्यक्रम लागु भएको अधिकारिचौर गाविसका विद्यालयका भोलिन्टियरहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वालवालिका हरुलाई पढाई विकास कार्यक्रम बारे सचेत गराउने,उनिहरुको ईच्छ्या र आकांक्षा अनुसारका कार्यक्रम तय गर्ने र सरल वाट जटिल सिकाईको लागि प्रोत्साहन गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रममा गाजा युवाकल्वका जनक खत्री र गीता सापकोटाले प्रशिक्षण दिएका थिए ।



होस्टलमा दिइने खाना अनिवार्य परीक्षण हुनुपर्ने

२७ फागुन, काठमाण्डौं । निजी विद्यालयले होस्टल (आवास) का विद्यार्थीलाई दिने खाना अव अनिवार्य रुपमा परीक्षण गराउनु पर्ने भएको छ ।
खानाको गुणस्तर खस्कँदै गएको भनी चौतर्फी आलोचना भएपछि सरकारले निर्देशिका नै जारी गरी खानाको गुणस्तर परीक्षण गर्न लागेको हो ।
शिक्षामन्त्रालयले जारी गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा होस्टलमा विद्यार्थीलाई दिने खानाको परीक्षण महिनामा एक पटक अनिवार्य गर्नुपर्ने उल्लेख छ । खाना स्वस्थ तथा क्यालोरीयुक्त हुनुपर्ने र विद्यार्थीको स्वास्थ्य जाँच पनि महिनामा एकपटक गर्नैपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकामा विद्यार्थीको मानसिक र शारीरिक विकासका लागि निर्धारित क्यालोरीको समेत विश्लेषण गरी फरक फरक स्वाद र जातका खाजा तथा खानाको व्यवस्था अनिवार्य रुपमा गर्नुपर्ने उल्लेख गरिएको राजधानी दैनिकमा खबर छ । निर्देशिकामा उल्लेख भएअनुसार विद्यालयले विद्यार्थीलाई दिने खानाको मेनु, किचनको व्यवस्थापन र शुल्कलगायतको विषय दुरुस्त छ कि छैन भनी सरकारले महिनाको एक पटक आकस्मिक रुपमा अनुगमन गर्नेछ ।

शिक्षक संगठनको अधिवेशनमा शिक्षकहरुबीच नै कुटाकुट

रौतहट, फागुन २६ -  नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको जिल्ला अधिवेशनमा शिक्षक–शिक्षकबीच कुटाकुट भएको छ । कुटाकुटमा तीन शिक्षक घाइते भएका छन् ।

संगठनको एघारौँ जिल्ला अधिवेशन चलिरहँदा मतदाता नामावलीमा शिक्षक सदस्यको नाम छुटेको विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्ररुप लिएपछि कुटाकुट भएको हो ।
कुटाकुटमा संगठनका कोषाध्यक्ष रामशंकर प्रसाद, प्रावि बैरियाका प्रधानअध्यापक वीरेन्द्र झा र सरस्वती उमावि मलाहीका शिक्षक राजेश साह घाइते हुनु भएको छ ।
नेकपा एमाले निकट शिक्षक संगठन भएकोले पार्टीको निर्णय र निर्देशनअनुसार चल्नुपर्ने र शान्तिपूर्ण तरिकाले नयाँ कार्यसमिति निर्माण हुनुपर्ने बताएपछि रामसागर साह पक्षले आक्रमण गरेको संगठनका केन्द्रीय लेखा समिति सदस्य मणिशंकर निधिले बताउनुभयो ।
शिक्षकहरूको अधिवेशन शान्तिपूर्ण चलिरहेको समयमा केही मान्छेले अनावश्यक रुपमा हुलहुज्जत गर्दै शिक्षक राजेश साहमाथि आक्रमण गरेर घाइते बनाएको र आफू अध्यक्षको बलियो उम्मेदवार भएकोले अनावश्यक आरोप लगाएको नेपाल शिक्षक युनियन रौतहटका सदस्य समेत रहेको रामसागर साहले बताउनुभयो ।
पार्टीले मणिशंकर निधिको पक्षमा सहमति गर्नुपर्ने ह्वीप जारी गरेको र अधिवेशनमा सहभागी शिक्षकहरूले चुनाव गरेर नयाँ कार्यसमिति बनाउने भनेपछि निधि र साहपक्षबीच विवाद बढेको स्रोतले जनाएको छ । प्रहरीकै अगाडि पटकपटक झडप भएपछि घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको इलाका  प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो । 

312 students will be barred from sitting for upcoming SLC exams

09 Mar, 2013 /
Office of the Controller of Examination (OCE) this year refused to register a group of students out to appear for the SLC exams saying that proper procedure was not followed for submitting the registration forms.

The decision bars 312 students from sitting for the SLC exams. The decision was taken by the OCE after an investigation by the Ministry of Education found irregularities in the registration process.

Four coaching centers of Butwal, where the students had studied, had arranged for all the students to appear for the exams stating that they were registered as students of the local Buddha Padma Secondary School by allegedly bribing the staffers of the District Education Office.

After Buddha Padma Secondary School said the students were never in fact registered at the school, the Ministry of Education decided to bar the students from appearing in the SLC exams.

The four coaching centers include Kusum Coaching Centre Butwal, Blue Sky Shaikshik Griha, Brihaspati Coaching Center and Lumbini Coaching Center.

Following the OCE decision, the students have been staging protest outside the District Education Office for the last two days. The students have also filed a writ petition at the Supreme Court challenging the OCE decision.
News courtesy; Republica National Daily: By sher Bahadur KC

नैतिक र अनुशासित शिक्षा देऊ : उपराष्ट्रपति

काठमाडौं, २६ फागुन/उपराष्ट्रपति परमानन्द झाले नयाँ कुरा सिक्ने विद्यार्थीका उत्सुकता, आफ्ना छोराछोरी असल बनुन् भन्ने अभिभावकको चाहनालाई विद्यालयले पूरा गर्न आवश्यक भएको धारणा राख्नुभएको छ । रविभवन स्थित ज्ञानकुुन्ज उच्च माविको २३औँ अभिभावक दिवसको अवसरमा आज यहाँ बोल्दै उहाँले भन्नुभयो,— “अभिभावक र विद्यार्थीका चाहनालाई बुझेर विद्यालयले शिक्षादीक्षा दिन सकेमा मात्र नैतिकवान, अनुशासित विद्यार्थी उत्पादन हुन सक्ने एवम् विद्यालय पनि स्तरीय हुन्छ ।” वर्तमान शिक्षालाई प्राविधिक र उत्पादनशील बनाउन आवश्यक रहेको कुरामा उपराष्ट्रपति झाले जोडदिनुभयो । सरकारले साक्षारता अभियान सञ्चालन गरिराखेकोले यसलाई सफल बनाउन उहाँले आग्रह गर्दै साक्षारताबाटै गरिबी निवारण हुन्छ भन्नुभयो ।
एसएलसी परीक्षालाई स्वच्छ र मर्यादित गराउन कडा निर्देशन


२४ फागुन, पर्वत।
नजिकिदै गरेको एसएलसी परीक्षालाई जिल्लामा स्वच्छ, मर्यादित र व्यवस्थित बनाउने विषयमा जिशिका पर्वतमा बिहीबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एसएलसी परीक्षा समन्वय समितिको आयोजनामा परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्षहरुका लागि उक्त एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । 
चैत १ गते देखि शुरु हुने एसएलसी परीक्षामा अमर्यादित काम गर्ने परीक्षा निरीक्षक र विद्यार्थीलाई पर्वत प्रशासनले कडा कारबाही गर्ने भएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रशासनले कडाइ गर्न लागेको हो । चिट चोर्ने र सघाउने परीक्षा  निरीक्षक र विद्यार्थीलाई ऐन नियम अनुसार सजाय गर्ने चेतावनी सरकारी अधिकारीले दिएका छन् । एसएलसीलाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला शिक्षा कार्यालय पर्वतमा गरिएको छलफलमा उनीहरुले उक्त चेतावनी दिएका हुन् । 
सोही कार्यक्रममा बोल्दै परीक्षा समन्वय समितिका अध्यक्ष प्रजिअ टेक बहादुर केसीले सबै केन्द्रको
परीक्षालाई एकरुपताका साथ मर्यादित अनुशासित र शान्तिपूर्ण ढंगले संचालन गर्नको लागि केन्द्राध्यक्षहरुलाई सुरक्षा निकायहरुसँग समन्वय गरी होशियारीपूर्वक तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका थिए ।
”परीक्षालाई मर्यादित बनाउने विषयमा कुनै कसर बाँकि रहने छैन  ” जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले भने । उनले गलत काम गर्ने परीक्षा  निरीक्षकलाई ऐन नियम अनुसार कडा कारबाही गर्ने बताए । परीक्षामा चिट हेर्ने, गेसपेपर, गाइड प्रयोग गरेको पाइएमा सबै विषय रद्ध गरिने  शिक्षाले जनाएको छ । त्यस्तै गरी नक्कली व्यक्तिले परीक्षा दिएको भेटिएमा परीक्षा रद्ध गरी दुई वर्षसम्मका लागि निष्कासन गर्ने शिक्षा नियमावलीमा व्यवस्था छ । 
एसएलसी परीक्षाका क्रममा बिगतका केही बर्षहरुमा बदनामी खेप्दै आएको पर्वतमा पछिल्ला बर्षहरुका परीक्षामा क्रमशः सुधार हुँदै आइरहेको छ । परीक्षामा थप सुधारका लागि गत वर्ष केही कमजोर देखिएका परीक्षा केन्द्रहरुमा अहिले विशेष व्यवस्था मिलाएका छौं, जिशिअ पौडेलले भने । जिल्लाका सबै परीक्षा केन्द्रका परीक्षामा एकरुपता ल्याउनका लागि प्रभावकारी अनुगमनको व्यवस्था मिलाइएको शिक्षाले जनाएको छ ।  परीक्षाको लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको र सबै तयारी पूरा भएको कार्यक्रममा सहभागी सुरक्षा निकायका प्रमुखहरुले बताएका छन् । 
यस बर्षको एसएलसीमा जिल्लामा १९ परीक्षा केन्द्रहरु रहेका छन् । यस बर्ष पर्वत जिल्लाबाट नियमित तर्फ १६५६ छात्र र १५११ छात्रा गरी ३१६७ जना र एक्जाम्टेड तर्फ ४७० छात्र र ३५७ छात्रा गरी ८२७ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । कुल ३९९४ परीक्षार्थीका लागि उन्नाइस केन्द्राध्यक्ष, २१ सहायक केन्द्राध्यक्ष, १६२ निरीक्षक, पियन र कर्मचारी ५६ जना र १९० जना सुरक्षाकर्मी खटिने भएका छन्  ।  


Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष