Skip to main content

Posts

Showing posts from November, 2014

पाँच शिक्षकका भरमा निमावि

बागलुङ, मङ्सिर १४ गते । यहाँको एक विद्यालयमा शिक्षक अभाव देखिएको छ । तमान–८ को सरस्वती निम्नमाध्यमिक विद्यालय पाँच शिक्षकको भरमा चलेको छ । यसअघि सात शिक्षक रहेकामा दुई जनाले अवकाश लिएपछि पठनपाठन प्रभावित भएको छ । प्राथमिक तहका पाँच शिक्षकको दरबन्दी रहे पनि निमावि भने निजी स्रोतबाट चलेको विद्यालयले जनाएको छ । दरबन्दीका शिक्षक ज्ञानेन्द्र छन्त्यालले गत असोजदेखि अवकाश लिएको र अर्का एक निजी स्रोतमा रहेका शिक्षकलाई विद्यालयले हटाएपछि शिक्षक सङ्ख्या घटेको हो । दुई सय पचास विद्यार्थीले अध्ययन गर्ने उक्त विद्यालयमा शिक्षक कम हुँदा समस्या भएको प्रअ कुमबहादुर छन्त्यालले बताउनुभयो । “शिक्षक थोरै हुँदा समस्या भएको छ, एउटै शिक्षकले दोब्बर कक्षा लिनुपर्ने अवस्था छ”– प्रअ छन्त्यालले भन्नुभयो–‘निमावि तहका एउटा दरबन्दी नहुँदा निजी स्रोतबाट तलब खुवाउन पनि धौ–धौ छ ।” विद्यालयले गत वर्ष भएको दरबन्दी मिलानमा एउटा प्रावि तहको शिक्षक पाएको थियो । जिल्ला शिक्षा कार्यालयले आवश्यक व्यवस्था गरिदिएमा सहज हुने प्रअ छन्त्यालले भनाइ छ । रासस

अस्थायी शिक्षकले पाउने भए अन्तिम अवसर

काठमाडौं,मंसिर १४ – अस्थायी शिक्षकहरुलाई अन्तिम अवसर दिने भन्दै सरकारले आन्तरिक प्रतिष्पर्धाका आधारमा शिक्षक नियुक्ति गर्ने प्रस्ताव अगाडि सारेको छ । अध्यापन अनुमतिपत्र लिएर शिक्षकका लागि नयाँ विज्ञापनको प्रतिक्षामा रहेका छ लाख भन्दा बढी ब्यक्तिले खुला प्रतिष्पर्धामा चित्त बुझाउनुपर्ने भएको छ।   शिक्षा मन्त्रालयले गत २०६३ बैशाख १० गते आघिसम्मको रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गर्न शिक्षा ऐन संसोधनको मस्यौदा तयार गरेको छ । त्यसअवधिको रिक्त दरबन्दीमा ४० प्रतिशत आन्तिरिक र बाँकी ६० प्रतिशतमा खुला प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने प्रस्ताव अगाडि सारिएको छ ।  मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले अस्थायी शिक्षकहरुको समस्या निकै लामो समयदेखि बल्झिँदै आएकाले यसलाई अब लम्ब्याईरहनु उचित हुँदैन भनेर यस्तो प्रस्ताव गरिएको बताए । ‘उनीहरुलाई अन्तिम एक पटक आन्तरिक प्रतिष्पर्धाबाट स्थायी हुने अवसर दिइने प्रस्ताव ल्याएका हौं,’ उनले भने, ‘त्यसपछि आन्तरिक प्रतिष्पर्धा हुने छैन । अस्थायी शिक्षकहरुको माग पनि सम्बोधन हुनेछ र समस्या पनि टुङ्गो लाग्नेछ ।’  शिक्षक सेवा आयोगले यसअघि २०६९ साल पुस २० गते

आइतबार कास्कीका निजी विद्यालय बन्द, मंगलवारबाट शैक्षिक आमहड्ताल

राजन उपाध्याय पोखरा १३, मंसिर/आफ्ना मागहरु प्रति वेवास्ता गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आइतवार कास्कीका निजी विद्यालय बन्द गराउने निर्णय गरेका छन् । शनिवार साँझ सम्पन्न विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको अनेरास्ववीय कास्कीका सह–संयोजक शेखर गौतमले जानकारी दिनुभएको छ । सोमवार सबै शैक्षिक संस्था बन्द गर्ने र मंगलबारबाट शैक्षिक आम हड्ताल गर्ने निर्णय भएको गौतमले जानकारी दिनुभयो ।आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेता नेत्र चापाँगाईको रिहाईको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनीहरुले बताएका छन् । साथै बिना अनुमति सञ्चालित विद्यालय , मन्टेश्वरी , ट्युसन इन्स्चिट्युडहरु खारेज गर्नुपर्ने माग राख्दै आएका छन् ।  विद्यार्थी सङगठनहरुले शुक्रवार पोखराका निजी तथा सामुदायिक विद्यालय बन्द गराएका थिए भने न्युरोडमा रहेको नोबेल एकेडेमीमा आगजनी समेत गरेका थिए । यस अघि शुक्रवार कास्कीका प्रमुख जिल्ला अधिकारीसहित राजनीतिक पार्टीका प्रतिनिधिको बैठकमा पार्टी एवम नागरिक समाजका प्रतिनिधिहरुले विद्यालय नियमितरुपमा सञ्चालन गर्ने निर्णय गरेका थिए । अराजक गतिविधिमा सग्लग्न

शिक्षाले नै हटाउँछ बालविवाह

दुर्गा घिमिरे बालविवाह मानवअधिकार विरोधी कार्य हो, जो अझै पनि हाम्रो समाजमा विद्यमान छ । नेपालको कानुनअनुसार अभिभावकको मञ्जुरीविना २० वर्ष नपुगी गरेको विवाहलाई बालविवाह भनिन्छ । जसलाई कानुनले निषेध पनि गरेको छ । बालविवाह गरेमा कानुनमा ३ वर्षसम्मको कैद र १० हजार सम्मको सजायको व्यवस्था पनि छ । यसैगरी विवाहको अवसरमा काम गर्ने पुरोहित, लमी र जन्तीले पनि सजाय पाउने व्यवस्था छ । यो कानुनी व्यवस्थामा पनि पुनरावलोकन हुनपर्ने आवश्यकता छ । युनिसेफले गरेको एउटा अनुसन्धानअनुसार दक्षण्िा एसियामा अझै पनि ४८ प्रतिशत बालबालिकाहरूको विवाह विवाहको कानुनी उमेर नपुग्दै हुने गरेको छ । यसैगरी अपि|mकामा पनि ४२ प्रतिशत विवाह १८ वर्ष नपुग्दै हुने गरेको पाइएको छ । यसरी प्रतिवर्ष विश्वमा एक लाखजति केटाकेटीहरू बालविवाहको सिकार हुने गरेका छन् । बालविवाह रोक्न धेरै देशका सरकारहरूले प्रतिबद्धता जनाइसके तापनि धेरैजसो दक्षण्िा एसियाका देशहरूले अझै पनि बालविवाहको प्रचलन रोक्नसकेका छैनन्, जसको निम्ति धेरैजनाको सक्रिय सहयोग र समन्वय आवश्यक छ । नेपालमा पनि बालविवाहको नियन्त्रणका लागि प्रयास नभएको होइन, तर पनि

सार्क सम्मेलनले शिक्षामन्त्रीलाई दियो निर्देशन

काठमाडौँ,  मंसिर १२ । काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औँ शिखर सम्मेलनका सहभागी राष्ट्र तथा सरकार प्रमुखहरुले यस क्षेत्रबाट निरक्षरता हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंसिर ११ गते ३७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरी सार्क सम्मेलन सकिएको छ । सम्मेलनले जारी गरेको घोषणापत्रमा दक्षिण एसियाली क्षेत्रबाट निरक्षरता हटाई सबैका लागि शिक्षाको प्राप्तिका लागि शिक्षा प्रणालीमा विकास गर्न जोड दिइएको छ । यसका लागि पाठ्यक्रममा सुधार, शिक्षणका विधिमा सुधार तथा मूल्याँकन प्रणालीमा समेत सुधार गरी भौतिक, प्राविधिक तथा अन्य सुविधामा पनि बृद्धि गरिनुपर्नेमा जोड दिइएको छ । यसैगरी, घोषणापत्रमा सार्कका नेताहरुले दक्षिण एसियाको शिक्षा प्रणालीको स्तर एवम् गुणस्तरीयतामा बृद्धि गर्न आआफ्ना देशका शिक्षामन्त्रीहरुलाई निर्देशन दिएका छन् । दक्षिण एसियाली क्षेत्रमा प्राविधिक शिक्षाको विकास र विस्तारमा घोषणापत्रमा जोड दिइएको छ ।  

विद्यार्थीलाई दिइने दण्ड र मानसिक शिक्षा

डा. श्रीराम घिमिरे   प्राय: गरेर अविकसित वा विकासोन्मुख देशहरूमा शिक्षकले विद्यार्थीलाई अनुशासन कायम नगरेको तथा गृहकार्य नगरेको अवस्थामा दण्ड दिने चलन रहिआएको छ । दण्ड शारीरिक तथा मानसिक वा दुवै हुनसक्छ । यस्ता घटनामा विद्यार्थीमा भएका शारीरिक असरलाई प्राथमिकता दिइन्छ र त्यसबाट पर्ने मानसिक असरहरू ओझेल पर्छन् । शारीरिक असर त २/४ दिनमै ठीक हुन्छ, तर त्यस घटनाले विद्यार्थीमा पर्ने मानसिक तनाव र त्यसको असरले विद्यार्थीको भविष्य नै अन्धकारमय बनाउन सक्छ । अध्ययनको क्रममा अस्ट्रेलियामा दुई वर्ष बस्ता मेरो छेवैको अपार्टमेन्टमा इन्डोनेसियाली मूलका एक शिक्षक बस्थे । एकदिन उनले ४ कक्षामा पढ्ने विद्यार्थीले आफ्नो टेबलमा राखेको चस्मा फुटाएको कारण गाली गर्दा जागिर त गयो नै, विद्यालय प्रशासनले उनलाई अदालतसम्म पुर्‍यायो । उनी त्यसपश्चात अस्ट्रेलियाको कुनै पनि स्कुलमा पढाउन अयोग्य भए । साथै ठूलो रकमको जरिवाना तिर्न पनि बाध्य भए ।   विकसित देशहरूमा विद्यालयमा विद्यार्थीलाई अनुकूल मिल्ने वातावरण हुनेहुँदा त्यहाँका विद्यार्थीले न शिक्षकको भौतिक तथा मानसिक दण्ड नै व्यहोर्नुपर्छ, नत आफूभन्दा

काठमाडौं घोषणापत्र जारी गर्दै १८ औं सार्क शिखर सम्मेलन समापन

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । बुधबार राजधानीमा सुरु भएको सम्मेलन बिहीबार साँझ ५ बजे सकिएको हो । काठमाडौं घोषणापत्र नाम दिइएको घोषणापत्रमा ऊर्जा सहकार्यमा सम्झौतासहितका विषयहरु रहेका छन् । समापन समारोमा १९ औं सार्क शिखर सम्मेलन दुई बर्षपछि पाकिस्तानमा गर्ने पनि निर्णय गरिएको छ । त्यस साथै घोषणापत्रमा सार्कलाई १५ बर्ष भित्र आर्थिक संघ बनाएर अघि बढाउनेलगातका विषयहरु रहेका छन् ।  सवारी साधन  र रेल-वेमा प्रारम्भिक सहमति गर्ने र तीन महिनाभित्र त्यसको टुंगो लगाएर सम्झौता गर्नेमा आठै राष्ट्र सहमत भएका छन् । कुन कुन रुट चयन गर्ने प्राविधिक प्रक्रिया पुरा नभएको कारण यसको प्रारम्भिक सहमति मात्र भएको बताइएको छ । आगामी तीन महिनामा बस्ने कार्यक्रम समितिको बैठकले यसको टुंगो लगाएर छ महिना पछि हुने मन्त्रीस्तरीय बैठकमा सम्झौता गर्ने र काम गर्ने प्रतिवद्धता जाहेर छ । सार्क सचिवालयलाई अझ बलियो बनाउने निर्देशहरु सचिव स्तरमा पठाउने लगायतको विषयमा सहमति रहेको छ । यद्यपी घोषणापत्रमा भने सार्कको सुदृढिकरण गर्ने र स

शिक्षा कार्यालयको गाडी जलाइयो

११ मंसिर, पोखरा- जिल्ला शिक्षा कार्यालय कास्कीको बा१झ १००९ नम्बरको गाडी बिहीबार अज्ञात समूहले जलाइदिएको छ। जिरोकिलोमिटर हुँदै कार्यालय जाँदै गरेको गाडी बागलुङ बसपार्कनजिकै रोकेर तीनजनाले जलाएको कास्कीका डिएसपी केदार रजौरेले जनाए।  शिक्षा कार्यालयमा भएका अनियमितता छानबिन गर्न माग गर्दै वाम विद्यार्थीहरूले आन्दोलन गरेका थिए। उनीहरूले नै गाडीमा आगजनी गरेको आशंका छ। साँझ ६ बजे मोटरसाइकलमा आएका ३ जनाले चालक शिव पौडेललाई झारेर गाडीमा आगो झोसेका थिए। 

शिक्षाको गुणस्तर बढाउन सार्क रणनीति

काठमाडौं ११ मंसिर /  दक्षिण एसियामा शिक्षाको गुणस्तर विकासका लागि आवश्यक रणनीति तयार गरिने भएको छ । काठमाण्डुमा भएको १८ औं सार्क शिखर सम्मेलनले आठ सदस्य राष्ट्रका शिक्षा मन्त्रीहरुलाई रणनीति तयार गर्न निर्देशन दिएको हो । ‘शिक्षाको गुणस्तरी वृद्धि गर्न दक्षिण एसियामा स्तरीय पाठ्यक्रम विकासका लागि रणनीति बनाउन निर्देशन’ गरिएको सम्मेलन पछि जारी काठमाडौं घोषणा पत्रमा उल्लेख गरिएको छ । बिहीबार जारी ३६ बुँदे घोषणा पत्रको बुँदा नम्बर १७ मा शिक्षाको मुद्धा उल्लेख गरिएको छ । घोषणा पत्रमा दक्षिण एसियाली क्षेत्रबाट निरक्षरता अन्मुलुनका लागि प्रतिबद्धता समेत ब्यक्त गरिएको छ । सवैका लागि शिक्षा अभियान अनुरुप स्तरीय शिक्षाका लागि पाठ्क्रम परिमार्जन, शैक्षिक पद्धती र मूल्याँकन प्रणालीमा सुधार गर्न सार्क बैठकले प्रतिबद्धता जनाएको छ । यसका लागि भौतिक, प्राविधिक र अन्य पूर्वाधारको विकास गर्न सार्क राष्ट्रका प्रमुखहरु सहमत भएका छन् । क्षेत्रीय स्तरमा प्राविधिक शिक्षा र तालिमको प्रवद्र्धन गर्न पनि सार्क राष्ट्रले प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता पत्रमा दक्षिण एशियाली विश्वविद्यालयको प्रगतिमा स

उत्कृष्ट बिद्यार्थी सम्मानित

बाग्लुङ, ११ मंसिर २०७० सालको एसएलसी परीक्षामा धौलागिरी प्रथम हुन सफल पर्वतका बिद्यार्थी बिहीबार बाग्लुङमा सम्मानित भएका छन् । पर्वतको पातिचौरमा रहेको देउपुर नमूना अंग्रेजी आवासीय माविबाट एसएलसीमा सहभागी भई ९० प्रतिशत अंक हासील गरेका सचिन तिमिल्सिनालाई दिलगंगा प्रधान स्मृति कोष बाग्लुङले एक समारोहकाबीच सम्मान तथा पुरस्कार प्रदान गरेको हो । स्मृति कोषले तिमिल्सिनालाई नगद रु पाँच हजार, ट्रफी र प्रशंसापत्र प्रदान गरेको थियो भने बिद्यालयलाई पनि प्रशंसापत्रका साथ सम्मान गरिएको थियो । सो अवसरमा बाग्लुङ जिल्लामा प्रथम स्थान प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई समेत पुरस्कृत गरिएको थियो ।  उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बाग्लुङ क्षेत्र नं १ का सभासद हरि बहादुर खड्काले उत्कृष्ट बिद्यार्थीलाई सम्मान गर्ने कार्यले बिद्यार्थीहरुमा हौसला बढ्ने हुँदा यस्ता सामाजिक सेवाका कार्यमा सक्रिय भई बिद्यार्थीहरुको मनोबल बढाउन समाजले भूमिका खेल्नु पर्ने विचार व्यक्त गर्नु भएका थियो । साथै उहाँले स्मृति कोषले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई गरेको सम्मानको प्रशंसा गर्दै उच्च शैक्ष

महोत्तरीका अधिकाँश विद्यालयहरुमा बेथिती

महोत्तरी ११ मंसिर /  जिल्लाका अधिकाँश विद्यालयहरुमा बेथिती फेला परेको छ । अधिकाँश सामुदायिक विद्यालयहरुमा शिक्षकको हेलचेक्रयाई फेला परेको छ भने निजी विद्यालयहरु विना दर्ता सञ्चालन भएको पाईएको छ । जिल्ला शिक्षा कार्यालयले गएको हप्ता देखि शुरु गरेको विद्यालय अनुगमनका क्रममा सामुदायिक विद्यालयहरु समयमा नखुल्ने तथा कार्यकर्ता भर्ति केन्द्र जस्ता रहेको फेला परेको छ । कतिपय सामुदायिक विद्यालयहरुका विद्यार्थी संख्या बरावरनै शिक्षक संख्या रहेको समेत फेला परेको जिशिअ अरविन्दलाल कर्णले एडुखबरलाई बताए । जिल्लामा रहेका ४ सय १३ वटा विद्यालय मध्ये अहिले सम्म ७२ वटाको अनुगमन सकिएको छ । शिक्षण सिकाई भन्दा पनि भौतिक कुराहरुमा ध्यान दिएर अनुगमन गरेको उनले बताए । ‘समयमा विद्यालय खुल्छ खुल्दैन, शिक्षकको आनी वानी के छ ?, विद्यालयमा निकास भएको बजेटको परिचालन कस्तो छ ?, सुविधाहरु के कस्तो छ भन्ने थाह पाउन अनुभगन गरिएको हो, धेरै तिर समस्या देखिएको छ ।’  उनले भने ‘सुधारका लागि सबै भन्दा पहिले विद्यालय र शिक्षक स्वयंलाई जिम्मेवार बनाउँछौं, शिक्षकको भीड जिशिकामा भन्दा विद्यालयमा केन्द्रित गर्ने गरी उनीहरुक

विद्यालय र अभिभावक सहकार्य = उच्च सिकाइ उपलब्धि - डा. तुलसीप्रसाद थपलिया

पढेलेखेका अभिभावकले मात्र होइन, जुनसुकै परिवारले विद्यार्थी सिकाइको उद्देश्यमा सघाउन सक्छन् । यसको योजना र परिचालनमा चाहिं विद्यालयले अग्रसरता देखाउनुपर्छ । प्रभावकारी भनेर चिनिने विद्यालयको एउटा महइभ्वपूर्ण पक्ष नै ती विद्यालयले अभिभावकसँगको सहकार्यको महइभ्व बुझ्ेर त्यसनिम्ति आफैं अग्रसरता लिनु रहेको पाइन्छ । सहकार्य = उच्च सिकाइ उपलब्धि “विद्यार्थीलाई उच्चस्तरको शिक्षा प्रदान गर्नका निम्ति सबैभन्दा अत्यावश्यक तत्वहरूमा अभिभावकको सहभागिता र अभिभावकसँगको सहकार्य एउटा हो ।” ( www.standards.dfes.gov.uk/parentalinvolvement ) विद्यालय र अभिभावकको साझ चासोको विषय– विद्यार्थीको विकास र सिकाइ हो । विद्यालयको पक्षबाट हेर्दा आफ्नो सङ्गठनात्मक प्रभावकारिताको निम्ति अभिभावकको सहयोग कसरी परिचालन गर्ने विषय प्रधान बन्छ । अर्कोतिर अभिभावकको पाटोबाट हेर्दा आफ्नो बच्चाको समग्र विकास र सिकाइमा योगदान पु¥याउन विद्यालयसँग कसरी सहकार्य गर्न सकिन्छ, विद्यालयबाट प्राप्त हुने सेवालाई कसरी बढी भन्दा बढी आफ्नो बच्चाको हितमा उपयोग गर्ने भत्रे प्रश्न नै मुख्य हुने देखिन्छ ।  सफल र प्रभावकारी भनेर चिनिने विद्या

आमाको गुन- एउटा मनछुने कथा

छोरा पढे ठूलो मान्छे बन्यो । बुवाको मृत्युपछी आमाले सकिनसकी काम गरेर छोरालाई यो लायक बनाएकी थिईन् । तर छोरालाई बिस्तारै लाग्न थाल्यो, आमाले पढेकी छैनन् , हाम्रो लेभल नै मिल्दैन । एकदिन उसले मुख फोरेर भन्यो, ' आमा तपाईले मलाई यहाँसम्म ल्याउन कति खर्च गनुभो, ब्याज समेत लेखेर दिनुस्, म तिर्छु अनि हामी सुखले अलग अलग बसौला ।' आमाले सोचेर भनिन्, 'हिसाब लामो छ बाबु , मलाई केहि समय सोच्न देऊ ।' त्यो दिनको रात पर्यो । आमा लोटा भरी पानी लिएर छोराको कोठामा पुगिन् । छोरा निदाएको थियो । उनले ओछ्यानको एक भागमा पानी हालिन् । उसले कोल्टै फेर्दै गयो, आमाले विस्तारामा पानी हाल्दै गईन् । दिक्क भएर उ उठ्यो र ठूलो स्वरले भन्यो, 'के हो आमा तरिका किन मेरो विस्तारामा पानी हाल्नुभाको ?' आमाले भनिन 'छोरा तिमीले मलाई पुरै जिन्दगीको हिसाब बताउनु भनेको हैन ? म हिसाब गर्दै थिए कि सानोमा तिमीले कतिपटक मेरो विस्तारामा हिलो पारिदियौ र म रातभर जागा भएकी थिए । यो त पहिलो रात हो छोरा, यतिमै तिमी तर्सियौ ? मैले भर्खरै हिसाब शुरु गरेकी छु...' आमाको यो कुरा सुनेर छोरा

सामाजिक विषयसँग सम्बन्धित विषयगत प्रश्नोत्तर

१)        कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीको आवश्यकता र महत्त्वबारे लेख्‍नुहोस् । लामो तथा झन्झटिलो कागजी कार्य प्रणालीलाई सरल तथा मितव्ययी बनाउन कम समयमा बढी कार्य गर्न कार्यमा विश्‍वसनीयता कायम राख्‍न अनावश्यक जनशक्ति घटाउन जटिल कार्यप्रणालीलाई सरल बनाउन आधुनिक सञ्चारको प्रणालीको रूपमा प्रयोग गर्न ढिला-सुस्ती¸ अनियमितता तथा छलकपटलाई कम गर्न (सुशासनको प्रत्याभूति दिलाउन) फाइलिङ प्रणालीलाई सरल बनाउन कार्यालयमा अनावश्यक कागजी भण्डारलाई कम गर्न कार्यालयको कार्य प्रणालीलाई प्रयोगमा ल्याउन E-Government को अवधारणालाई प्रयोगमा ल्याउन २)      भ्रष्‍टाचारका ८ स्तम्भहरू भ्रष्‍टाचारविरूद्धका रणनीतिहरू निगरानी राख्‍ने निकायहरू जनचेतना जनधारणा न्यायपालिका प्रेस निजी क्षेत्र अन्तर्राष्‍ट्रिय सहयोग र सहकार्य ३)      सामाजिक समस्याहरू बालमजदूर लागू औषध दुर्व्यसन तथा ओसारपसार चेलीबेटी बेच-बिखन तथा ओसारपसार शरणार्थी सम्बन्धी समस्या अव्यवस्थित बसाइसराइ जनसंख्या वृद्धि बढ्दो भ्रष्‍टाचार रूढिवादी प्रथा परम्परा¸ अन्धविश्वास‍ बाल-विवाह¸ बहुविवाह¸ अनमेल विवाह