Skip to main content

Posts

Showing posts from December, 2013

बालश्रममुक्त गरी विद्यालय पठाउने अभिभावकलाई सहयोग

काशीराम शर्मा बाँके १६, पुस।  विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकालाई शिक्षाको मूलप्रवाहमा जोड्नको लागि अभिभावकको आयस्तर बढाउनुको बिकल्प नभएको एक अध्ययनले देखाएको छ । बाँके युनेस्को क्लवले युनिसेफ र नेपालगन्ज नगरपालिकाको सहयोगमा बालश्रमिकको पुनः स्थापना र आयस्तरबृद्धि कार्यक्रम सञ्चालनका लागि गरिएको पाईलोटिङ कार्यक्रमको लागि गरिएको अध्ययनले सो कुरा देखाएको हो ।  यो कार्यक्रम अनुसार जोखिमपूर्ण काममा रहेका बालश्रमीकलाई कामबाट मुक्त गरी घरमा पुनः स्थापना गर्दै आगामि शैक्षिक सत्रदेखि अनिवार्यरुपमा विद्यालय पठाउनुपर्ने छ । सो कार्यक्रममा पहिलो चरणमा नेपालगन्ज नगरपालिकाभित्र रहेका विपन्न ४५ परिवारलाई छनौट गरी उनीहरुका बालबालिकालाई बालश्रमबाट छुटाएर विद्यालय पठाउनुपर्ने सर्तमा अभिभावकको आयआर्जन बृद्धि गर्न अभिभावकको चाहाना अनुसार सहयोग गर्ने कार्यक्रम अधिकृत सुनिल चौधरीले जानकारी दिए ।  त्यस्ता बालबालिकाहरुलाई उद्दार गरी घरमा पुनःस्थापना गर्ने उद्देश्यका साथ कायक्रम सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष प्रबेज अलि सिद्दिकीले जानकारी दिए । उनले दातृ निकायले दिएको सहयोग सदुपयोग भए नभएक

शिक्षक अन्तर्वार्ता स्थगनले परीक्षार्थी अन्योलमा

काठमाडौ, पुस १६ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि शिक्षक सेवा आयोगले शिक्षकको पदपूर्तिका लागि भएको खुला प्रतियोगितात्मक परीक्षाको अन्तर्वार्ताका कार्यक्रम स्थगित भएपछि परीक्षार्थी अन्योलमा परेका छन् । लिखित परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारले अन्तर्वार्ताको तयारी गरिरहेका बेला यही पुस ११ गतेदेखि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट माध्यमिक तहका शिक्षक पदपूर्तिका लागि अन्तर्वार्ताको समय निर्धारण गरिएको थियो । तर एकाएक अन्तर्वार्ता रोकिएको र अर्काे मिति समेत तय नहुँदा परीक्षार्थीहरू अन्योलमा परेका हुन् । लिखित परीक्षाको नतिजामा सामाजिक विषयतर्फ माध्यमिक शिक्षकमा उत्तीर्ण हुनुभएका वीरगन्जका सीता देवकोटा अब कहिले अन्तर्वार्ता होला भनेर सञ्चारमाध्यमका समाचार र शिक्षक सेवा आयोगका सूचना पर्खेर बसेको बताउँछिन् । उनको अन्तर्वार्ता यही पुस १७ गते मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौँडामा तोकिएको थियो । यता शिक्षक सेवा आयोगले अख्तियारको निर्देशनका कारण हाललाई अन्तर्वार्ता रोकिएको भनी औपचारिकरूपमा सोमबार मात्रै गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । अख्तियारले छान

पढाई खर्चका लागि डोको भरी सुन्तला बोकेर ४ घण्टा पैदल

दिनेश दिपु सुबेदी  १६ पुस  बालअधिकारको कुरा गर्दै–गर्दा रोल्पाको सदरमुकाममा एउटा दृश्य देखिन्छ हिजो–आज। सदरमुकामसँग जोडिएका धवाङ, ह्वामा गाविसका बालबालिकाहरु शनिवारे विदालाई उपयोग गर्न डोको भरी सुन्तला बोकेर ३–४ घण्टाको पैदल यात्रा गरी बिहान घाम नझुल्किदै सदरमुकामको टुडिखेलमा पुग्छन। झोलामा आफ्नो खाजा हिजो साँझको रोटी या मकै–भट्टमासको जोहो गरेर आएका उनीहरु दिनभरि १–१ डोका सुन्तला बेच्छन अनि कापी कलम किनेर अरु रुपैयाँ बा–आमाका लागि लिएर घर फर्किन्छन। ठूला सहरमा शनिवार हजारौ खर्च गरेर न्यानो–रमाइलो स्थानमा पिकनिक जान्छन। तर, यहाँ कापी–कलम जोहो गर्न पुसको चिसोमा जुत्ता बिनाको खुट्टा, टोपीविनाको टाउको, पातलो स्वीटर–ज्याकेटमा खुला चउरमा व्यापार। बालबालिका सुन्तला ठूलै मोल–तोलमा खाएर भाषण गर्न पुग्ने नेता, कार्यालय पुग्ने कर्मचारी, कम्प्यूटरमा बस्ने संचारकर्मी, रिपोर्टिङ गर्नुपर्ने अधिकारबादि कसै–कसैले ध्यान दिन आवश्यक देख्दैनन् यी विषयहरुमा। धेरै पढ्ने, आफ्ना सुन्तला किनेर खाएकाहरु जस्तै ठूलो मान्छे बन्ने सपना बोकेर पढाइको खर्च जोड्न बेचिने सुन्तला होस या अन्य दिनमा बेचिने ठूलो

चकडस्टर होइन, मार्कर बोर्ड

रुबी रौनियार २०७० पौष १५ सोमबार पाँचखाल-कक्षामा चकडस्टरको धुलोबाट पीडित काभ्रे चारखालस्थित गणेश माध्यमिक विद्यालय विद्यार्थीले नयाँ शैक्षिक सत्रदेखि चक र धुलोमुक्त वातावरणमा पढ्न पाउने भएका छन्। जापानमा रहेका शिक्षक, प्राध्यापक तथा विद्यार्थीको आर्थिक सहयोगले छाप्रोमा सञ्चालित गणेश माविका हाल तीनतले १३ कोठे आधुनिक भवनमा परिणत भएको छ। कक्षामा सिंगल डेस्कसहितको बेन्च र मार्कर बोर्डको व्यवस्था जापानीहरुले गरिदिएका छन्। २२ वर्षअघि नेपालमा आफ्नो विश्वविद्यालयका विद्यार्थीहरुसहित शैक्षिक भ्रमणमा आएका निहोन विश्वविद्यालय, कलेज अफ साइन्स एन्ड टेक्नोलोजीका शिक्षक मासातोसी इसिजाकाले पाँचखालको गणेश माविसमेत भ्रमण गरेका थिए। 'स्कुल एउटा छाप्रोमा ३ कक्षा सम्ममात्रको थियो,' मासातोसीले नागरिकसँग भने, 'विद्यार्थीहरु निकै कठिन अवस्थामा पढेको देखेर मैले त्यतिखेरै स्कुललाई सहयोग गर्ने सोच बनाएको थिएँ।' शनिबार विद्यालयमा एक कार्यक्रम गरी शिक्षक मासातोसीले स्कुलका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सापकोटा र प्रधानाध्यापक नारायण सापकोटालाई विद्यालय भवनको साँचो हस्तान्तरण गरे। &

विद्यालयको कम्प्यूटर चोर्ने शिक्षकले कान समातेर दश चोटी उठबस गरे

सुरेश छन्त्याल, विष्णु काउचा / गल्कोट २०७० पुष १५ । पाण्डवखानी उमाविको पुस्तकालयमा रहेका कम्प्यूटरहरु चोरी गर्ने सोही विद्यायलमा पढाउने एक जना शिक्षकलाई कार्बाही गरिएको छ । गत शनिवार विद्यालयको पुस्तकालयबाट एक थान कम्प्यूटर हराएकोमा खोज्दै जाँदा विद्यालयका कर्मचारीले सो कम्प्यूटर नजिकैको वडा नं ७ को जंगलमा लुकाई राखेको अवस्थामा फेला पारे पछी अनुसन्धान गर्दै जाँदा सोही विद्यालयका निमावि शिक्षक विहुँ गाविस १ का नारायणप्रसाद कँडेलले चोरी गरेको खुल्न आएको विद्यालयले जनाएको छ । यसअघि सोही विद्यालयबाट हराएका २ ओटा कम्प्युटर पनि आफुले लगेको शिक्षक कँडेलले स्विकार गरेको विद्यालयले जनाएको छ । कम्प्युटर चोरी गर्ने शिक्षकको पहिचान भएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक प्रतिनिधि एवं स्थानिय वासीहरुको आज सम्पन्न वैठकमा शिक्षक कँडेललाई १० पटक कान समातेर उठबस गराई शिक्षक पदबाट राजिनामा दिन लगाई छोडिएको थियो । शिक्षक कँडेलले आफुले अनैतिक कार्य गरेको स्वीकार गर्दैै राजिनामा दिएको सो विद्यालयका प्रअ खिम खड्काले बताएका छन् । source:ebaglung.com

विद्याज्योती उमावि माझफाँटको ६६ औँ वार्षिक उत्सव

पर्वत, २०७० पुष १५ । विद्याज्योती उच्च मावि माझफाँटको ६६ औ वार्षिकउत्सव एवं अभिभावक दिवस सोमबार विबिध कार्यक्रम गरि मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्दुप्रकाश पौडेलको अध्यक्षता, बरिष्ठ समाजसेवी तथा पुर्व अध्यक्ष भवानीशंकर पौडेल, शिक्षक रघुनाथ आचार्यको सञ्चालन र शिक्षिक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर खत्रीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका चन्द्रबहादुर जिसी, राप्रपा नेपालका पदमबहादुर नेपाली, हिमशुशेली युवा कलवका अध्यक्ष नविन जिसी, माझफाट स्वास्थ्य चौकीका प्रमुख गोरे नेपाली, भुपु विद्यार्थी समाजका अध्यक्ष डम्मरबहादुर जिसी, उच्च मावि संयोजक प्रेमबहादुर जिसी, विद्यालय व्यवस्थापन समितिका सदस्य गुमानसिंह कार्की, गंगबहादुर नेपाली, टेकबहादुर जिसी, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खत्री, कान्तिपुर रोटरी कल्व काठमाडौका पुर्व अध्यक्ष धु्रब कुँवर र कक्षा ८ का विद्यार्थी सुजन नेपालीले मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा कान्तिपुर रोटरी कल्वको तर्फबाट १३ जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई जनही १८ स

महेन्द्र उ मा बि मा चार परिबार वाट चारकोठे पक्कि भवन निमार्ण

बालकृष्ण सुवेदी गल्कोट २०७० पुष १५ । महेन्द्र उच्च माध्यामिक बिद्यालय नरेठाँटीमा चार परिबारले चारकोठे पक्कि भवन निर्माण गरिदिएका छन् । बिद्यालयको स्वर्ण महोत्सबमा प्रतिबद्धता गरे अनुसार चार परिबार मिलेर भवन बनाएका हुन् । यसरी भवन निर्माण गर्नेहरुमा नरेठाँटी ५ का स्वर्गिय गजेन्द्र बहादुर कुबँर र श्रीमति स्व.रुपा कुबर तथा बुबा तिलबहादुर र आमा धनकुमारी कुँबरको स्मृतिमा नाति एबँ छोरा दुर्गाबहादुर कुबर ,नरेठाँटी ६ निबासी स्व .अम्मर बहादुर भण्डारीको स्मृतिमा नाति तथा छोराहरु हिरा बहादुर भण्डारी ,कर्ण बहादुर भण्डारी ,सुरत बहादुर भण्डारी ,जगतबहादुर भण्डारी रउजिर भण्डारी रहेका छन् । त्यसैगरी नरेठाँटी ५ का गजेन्द्र बहादुर कुँबर ,छोरा छबिलाल कुँवर तथा नाति हरि कुँबरको स्मृतिमा छबिलालकी घर्मपत्नी तिला कुँबर तथा छोराहरु शेरबहादुर ,ओमबहादुर र रामबहादुर कुँवर रहेका छन् । त्यस्तै स्वर्गिय बाजे तथा बजै लक्ष्मण/गँगा निउरे तथा बाबु प्रेम निउरे र नातिनि देबिकला निउरेको स्मूतिमा परिबारहरु धनिमति ,दुर्गा टेकबहादुर ,पुष्पा ,डम्मर ,घिउकुमारी ,खिमबहादुर ,खिमकूमारी ,र मना निउरेले भवन निर्माण गरेका हुन्।

शिक्षक त यस्ता, विद्यार्थी कस्ता होलान् ?

- निर्जला कक्षपति भनिन्छ शिक्षक भनेका बालबालिकाका लागि पथ प्रदर्शक हुन् । बालबालिकालागि पहिलो बाटो आफना अभिभावकले देखाउँछन् भने दोस्रो शिक्षकले नै । त्यसैले शिक्षक भनेका पढाउने व्यक्ति मात्र नभएर समाज परिवर्तनका बाहक पनि हुन् । जस्ले समाज परिवर्तन गर्न सक्छ । त्यसैले त भनिएको पनि होला टिर्चस क्यान मेक अ डिफरेन्स । शिक्षकको काम भनेको बालबालिकालाई पाठयक्रम अनुसारको कितावी ज्ञान मात्र दिनु नभई असल आचरण पनि सिकाउनु हो । असल आचरण सिकाउनका निम्ती शिक्षक आफैमा असल आचरण हुनु आवश्यक छ । शिक्षकले नै गलत काम गर्छ भने त्यस्तो शिक्षकबाट विद्यार्थीले के सिक्ने ? कितावी ज्ञान मात्र बाड्नु शिक्षकको दायित्व भित्र पर्दैन । साँचो बोल्नु र विद्यार्थीलाई साँचो बोल्न सिकाउनु शिक्षकमा हुनुपर्ने सबैभन्दा ठलो गुण हो । यसैगरि सबैसँग मित्रवत व्यवहार गर्नु अनि नैतिकताका कुरा सिकाउनु र इमान्दारिता तथा अनुशासन सिकाउनु पनि शिक्षकको दायित्व भित्र पर्दछन् । अझ हाम्रो देशमा त घरमा आमावावुलाई नर्टेने बच्चाहरुका अभिभावकहरु, आफना बालबच्चालाई शिक्षकबाट राम्रो अनुशासन सिकाइयोस् भन्ने अपेक्षा राख्छन् र विद्यालय गएर आफनो

दुई दिने शिक्षक तालिम सम्पन्न

पुस  १४ , पोखरा  कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान)–कास्कीको आयोजनामा दुई दिने शिक्षक तालिम शनिबार सम्पन्न गरेको छ । पुस १२ र १३ गते दिइएको सो तालिम ग्राफिक्स डिजाइनिङसँग सम्बन्धित रहेको थियो । जसमा एडोव इनडिजाइन र कोरल ड्र प्रोग्रामका पछिल्लो संस्करणहरुको तालिम दिइएका थियो ।   उक्त तालिममा कास्कीका कम्प्युटर शिक्षा प्रदायक संस्थाहरुका ३० जना शिक्षकहरुको सहभागिता थियो । तालिमको प्रशिक्षण अच्युत खनिया र सुमन श्रेष्ठले दिनुभएको थियो । तालि म पश्चात सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने सहभागीहरुको तर्फबाट ज्ञानेन्द्र अधिकारी र सुमित्रा भण्डारीले डिजाइनिङ सम्बन्धी तालिम उपलब्धीमूलक भएको बताएका थिए । तालिमको उद्घाटन तथा समापन समारोह क्यान कास्कीका अध्यक्ष चण्डीप्रसाद अर्यालको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा स्वागत तथा धन्यवाद कार्यक्रमका संयोजक युवराज पौडेल गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वास भण्डारीले गर्नुभएको थियो ।

रामेछापका शिक्षकहरु साँगठानीक अभियानमा

दुर्गा भुजेल रामेछाप, १४ पौष ।   नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघले आफ्नो साँगठानीक अभियानलाई तीव्र वनाएको छ । संविधान सभाको निर्वाचन अघि क्षेत्र नं १ को वाम्ती र क्षेत्र नं २ को दोरम्वामा क्षेत्रिय भेला गरी अभियानको शुरुवात गरेको थियो ।  उक्त संघले संविधान सभा पछिका दिनमा जिल्लाका एघार वटै इलाकाहरुमा इलाका भेलाको आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष नवराज घिमिरेका अनुसार सवै इलाकास्तरमा हुने भेलामा संविधान सभा निर्वाचनमा संघका सदस्यहरुले निभाएको भुमीका र उनीहरुको कामको समीक्षा गरीएको छ ।  त्यसैगरी भेलामा शैक्षिक समस्या र समाधानका लागि जिल्ला स्तरवाट संस्थागतरुपमा गर्न सकिने पहलको वारेमा छलफल गर्नुको साथै त्यसको निकासका लागि आवश्यक परे जिल्ला शिक्षा कार्यालय र अन्य सहयात्री संघ संस्थाहरुसँग सहकार्य गरी अघि वढ्ने वारेमा पनि छलफल भएको छ । त्यसको लागि आवश्यक वातावरण तयार गरी संगठनको गतिविधीलाई भेलाले गरेको निर्णय र कार्ययोजना अनुसार निरन्तर रुपमा संचालन गर्ने वारेमा समेत छलफल भएको पनि अध्यक्ष घिमिरेले वताए ।    उनका अनुसार शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक संघले गम्भ

म्याग्दी पुलाचौर गाविसका तीन विद्यालय एकै ठाउँमा गाभ्ने तयारी

सन्तोष गौतम, म्याग्दी २०७० पुष १४ । म्याग्दीको पुलाचौर गाविसमा रहेका तीन वटा विद्यालयलाई एकै ठाउँमा गाभ्ने तयारी भएको छ । पुलाचौर गाविसको ५ र ६ नम्बर वडामा रहेका तीन वटा विद्यालयमा विद्यार्थी संख्या न्युन भएपछि विद्यालय व्यवस्थापन समितिको संयुक्त भेलाले विद्यालय एकिकरण गरेर तह थप गर्न पहल गर्ने निर्णय गरेको हो । पुलाचौर ५ मा रहेको जगन्नाथ प्राबि नयाँगाउँ, जगन्नाथ प्राबि गाजने र ६ नम्बर वडाको डिम्ब प्राबि चिप्लेटीलाई एकीकरण गर्न समुदायमा छलफल गरि आवश्यक प्रक्रिया अघि बढाइएको विद्यालय एकिकरणका लागि गठित समितिका अध्यक्ष चन्द्रबहादुर पाईजाले बताए । विद्यार्थी संख्या कम भएको, भौगोलिक हिसावले नजिक पर्ने र तह थप गर्नुपर्ने आवश्यकता भएकाले विद्यालय गाभ्न लागिएको पाईजाले बताए । हाल चिप्लेटी गाउँको डिम्ब प्राविमा ३७, गाजनेको जगन्नाथ प्राविमा १२ र नयाँगाउँको जगन्नाथ प्राविमा ३८ जना विद्यार्थी रहेका छन् । डिम्ब प्रावि चिप्लेटी र जगन्नाथ प्रावि नयाँगाउँमा ३÷३ जना दरबन्दीका शिक्षक र एकएक जना निजि स्रोतका शिक्षक छन भने जगन्नाथ प्रावि गाजनेमा २ जना दरबन्दीका र एकजना बालकक्षाको दरबन्दी रहे

हिमालय उमावि खुर्कोटको बार्षिकोत्सब तथा अभिभावक दिवस

भूमिराज शर्मा पर्वत, १४ पुस              जिल्लाको खुर्कोट गाविसमा रहेको हिमालय उमाविको ४८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस एक भव्य समारोहकाबीच आइतबार सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै पर्वतका जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले सामुदायिक विद्यालयको स्तर उन्नतिका लागि शिक्षक विद्यार्थी, अभिभावक लगायत सम्बन्धित सबै सरोकारवालाहरु क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयमा राज्यले पर्याप्त लगानी गरेको भए पनि प्रतिफल सन्तोषजनक हुन नसकेको पौडेलले बताउनु भयो ।           कार्यक्रममा स्रोतव्यक्ति सुभन्तनाथ सुवेदी, शिक्षक युनियन पर्वतका अध्यक्ष हिरादेवी शर्मा, पाङ गाविसका पूर्व अध्यक्ष हेम शर्मा पौडेल, समाजसेवी गंगाधर पौडेल, विद्यालयका पूर्व प्राचार्य द्रोणराज उपाध्याय, गाविस सचिव तीर्थ प्रसाद शर्मा, पूर्व विव्यस अध्यक्ष शेषराज रेग्मी, कालिका माविका प्रअ बाबुराम शर्मा, भूपु शिक्षक गुप्तनिधि शर्मा, भूपू विद्यार्थी समाजका अध्यक्ष आनन्दराज पौडेल, लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।           विद्यालयका प्रअ माधवराज रेग्मीले आयव्यय

शिक्षा क्षेत्रमा देखिएको एउटा सकारात्मक प्रयास

भूमिराज शर्मा, १४ पुस २०७०            शिक्षा मन्त्रालयले उच्च शिक्षामा अध्ययन गरेर एउटा तह सकिएपछि प्रमाणपत्र लिनुअघि विद्यार्थीले अनिवार्य स्वयंसेवा गर्नुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ । उच्च माध्यमिक, स्नातक र स्नातकोत्तर तह अध्ययन गरिसकेपछि विद्यार्थीलाई अनिवार्य रूपमा सेवा गर्नुपर्ने कार्यविधि तयार गर्न शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा एक समिति समेत गठन गरिसकेको छ ।           आगामी शैक्षिक सत्रबाट कुनै न कुनै तहबाट अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा लगिने गरी कार्यविधि निर्माणको काम समितिले गरिरहेको छ । नेपालको शिक्षा व्यावहारिक र जीवनोपयोगी नभएको आलोचना भएपछि एउटा तह सकेका विद्यार्थीलाई व्यावहारिक र अनुभवी बनाउन शिक्षा मन्त्रालयको अग्रसरतामा अनिवार्य सेवाको व्यवस्था लागू गर्न लागिएको बताइएको छ । शिक्षालाई रोजगारी र जीवनपद्धतिसँग जोड्न राष्ट्रिय शिक्षा स्वयंसेवासम्बन्धी कार्यविधि बनाउन लागिएको कार्यलाई सबै पक्षले सकारात्मक रुपमा लिएका छन्  ।           छात्रवृत्तिमा पढ्नेबाट सुरु गरेर सबैलाई अ

टुट्दैछन् समाजिक बन्धनहरु

भूमिराज शर्मा, १३ पुस २०७०             विगतका केही बर्ष यता  नेपाली समाजमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको छ । दाम्पत्य जीवनमा विभिन्न कारणहरुले पति पत्नीवीचको सम्वन्धमा अविश्वासको वातावरण सृजना हुन थालेपछि सम्वन्ध विच्छेद गर्ने प्रचलन बढ्दै गएको हो । मुलुकका विभिन्न अदातलहरुको तथ्याङ्क अनुसार पनि पछिल्ला बर्षहरुमा सम्वन्ध विच्छेद गर्नेहरुको संख्या ह्वात्तै बढेर गएको देखिन्छ । संचार र प्रविधिको विकास सँगै पश्चिमा मुलुकहरुको प्रभाव बढ्नु र वैदेशिक रोजगारीको क्रम तीब्र बन्दै जानुले सम्वन्ध विच्छेदको क्रमलाई बढाएको छ । यसरी विभिन्न कारणले पति पत्नीको सम्वन्ध अलग हुँदा उनीहरुका बालबच्चाहरुमा शारीरिक, मानसिक, वौद्धिक र संवेगात्मक रुपमा समेत नकरात्मक असर पर्न थालेको छ ।     सम्वन्ध विच्छेद गर्न पुग्नेहरुले लोग्ने स्वास्नीविच मनमुटाब भएर संगै बस्ने अवस्था नरहेर, खान लगाउन नदिएर, जातीयताको आधारमा दमन गरेको जस्ता कारणहरु देखाउने गरेको भएपनी पछिल्लो समय रोजगारी, व्यापार व्यवसायको लागि बढ्दो वैदेशीक रोजगार, औद्योगीकरण, शहरीकरण, बढ्दो घरेलु हिँसा, नाता सम्वन्ध कायम भएपनि पतिपत्नी स

जीवनोपयोगी शिक्षा, अबको आवश्यकता

भूमिराज शर्मा, १२ पुस २०७० नेपालमा गुरुकुल प्रणालीदेखि सुरु भएको शैक्षिक पद्धति आज सह–शिक्षाको अवधारणसँगै उपभोक्तामुखी बन्दै गएको छ । सामुदायिक र निजी विद्यालय गरी दुई किसिमको विद्यालय स्तरको शिक्षा यहाँ विद्यमान छ । ज्ञानको उत्पादनका स्रोत र साधनको उपयोग समान रूपमा गर्न पाउनु हरेक नागरिकको अधिकार हो भने त्यस्तो समान अवसर प्रदान गर्नु नागरिकप्रतिको राज्यको प्राथमिक दायित्व हुन आउँछ । यद्यपि विविध राजनीतिक, नीतिगत र इच्छाशक्तिको अभावले नेपालजस्ता गरिब र विकासोन्मुख राष्ट्रको शिक्षा प्रणाली यस्तो अवसर दिने खालको नभएर केबल निर्वाहमुखी मात्र भएको छ । शिक्षालाई ज्ञान र विज्ञानको मुहानका रूपमा विकसित गर्न नसकी केवल साक्षरहरूको भीड निर्माण गर्ने महत्वाकांक्षी अस्त्रको रूपमा प्रयोग गरिएको छ । निजी शैक्षिक संस्थाको कुशल व्यवस्थापन र संचालनको कारण केही राम्रो शिक्षा प्रदान गर्ने प्रयास भएको भएता पनि समग्रमा शिक्षा क्षेत्र सन्तोषजनक छैन । हुन त राज्यले शैक्षिक उत्पादनलाई ग्रहण गर्न सक्ने संरचना निर्माण गर्न सकेन भने शैक्षिक बेरोजगारको वृद्धि हुन्छ र त्यसले गुणस्तरको मापनभन्दा पनि संरचनागत स

पढ्नलाई दाउरा बेच्छन् बालबालीका

१३ पुस, बझाङ । हिमाली जिल्ला बझाङको विकट गाविस दौलिचौरका अधिकांश बालबालिकाले दाउरा बिक्री गरी आफ्नो पढाइ खर्च जोहो गर्दै आएका छन् । जिल्ला शिक्षा कार्यालयले किताब निःशुल्क वितरण गर्ने गरेको भएता पनि उनीहरुले दाउरा बिक्री गरी कापी, कलम, स्कुल ड्रेसलगायतका सामग्री जोहो गर्दै आएका हुन् । विद्यालयको आवश्यक सामान जुटाउन उनीहरुले दाउराको भारी बोकी करिब चार घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुरमा बिक्री गर्ने गरेका छन् । स्कुलको पढाइ खर्च जोहो गर्न दाउरा बेच्ने गरेको सदरमुकाम चैनपुरमा दाउरा बिक्री गर्न आएकी दौलिचौर- ८ डोग्री घर भएकी १४ वर्षकी जानकी बोहराले बताइन् । उनले भनिन् दाउरा प्रतिभारी तीनसय रुपैयाँदेखि चारसय सम्म बिक्री गर्ने गरेका छौँ । जानकीसँगै दाउरा बिक्री गर्न आएकी आधाबगर मावि दौलिचौरमा कक्षा ६ मा अध्ययनरत छात्रा रविना बोहराले पनि आफ्नो पढाइ खर्च जुटाउन दाउरा बिक्री गर्न आएको बताइन् । महिनाको चार पटकसम्म सदरमुकाम चैनपुरमा दाउरा बिक्री गर्न आउने गरेको उनीहरु बताउँछन् । जिल्लाको चैनपुर, सुवेडा, रिठापाटा, कोटदेवल हेमन्तवाडा, कैलासलगायतका गाविसका अधिकांश महिला तथा बालबाल

हाम्रो शिक्षाको यथार्थ र चिन्ता

रमेशप्रसाद गौतम :-  शिक्षामा राजनीतिक हस्तक्षेप, लापरवाहीलगायतका विषयहरू बारम्बार सञ्चारमाध्यमबाट बाहिर आइरहेका छन् । रातदिन पसिना बगाएर एक पेट खान र एक झुम्रो लाउन मुस्किल पर्ने ग्रामीण किसानहरूले समेत आफ्ना सन्तानलाई पढाउन भरमग्दुर प्रयास गरिरहेका छन् । शिक्षाको गुणस्तर र समय सामाजिकतालाई गरिब किसानले पनि आत्मबोध गर्न जानिसकेका छन् । आफ्ना सन्तानलाई विद्यालयको पोल्टामा सुम्पेर उज्ज्वल भविष्यको परिकल्पना शिक्षकको काँधमा सुम्पेको जिम्मेवारीलाई शिक्षकले कसरी हेरिरहेका छन् ? शिक्षकको भूमिका बालकको भविष्य निर्माणमा अतुलनीय भएर पनि व्यवहारमा सार्थक छैन । अबका शिक्षकहरूले यसतर्फ ध्यान दिनु जरुरी छ । यसमा शिक्षकहरू नै सचेत हुनुपर्दछ । यस्तो शिक्षाको विकास र प्रयोगबाट नै सबल र सक्षम नागरिक उत्पादन हुन्छ । राष्ट्रले शिक्षाका लागि ठूलो धनराशि अर्पनुपर्छ । नेपालले पनि आफ्नो कुल बजेटको झन्डै १६ प्रतिशत रकम शिक्षामा लगानी गरेको छ । तर पनि राष्ट्रले अपेक्षा गरेअनुरूप प्रतिफल पाउन सकेको छैन । यसको मूल कारण आजका विद्यालय र त्यसमा गरिने अभ्यास प्रभावहीन र निस्प्रभावी हुनु नै हो । मुलुकमा कमजोरी

अख्तियारले रोक्यो शिक्षक अन्तर्वार्ता

प्रदीप न्यौपाने/काठमाडौं शिक्षक सेवा आयोगले प्रकाशित गरेको माध्यमिक र निम्न माध्यमिक तहको लिखित परीक्षामा व्यापक रूपमा आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौखिक परीक्षा तत्काल रोक्न निर्देशन दिएको छ । अख्तियारको यो निर्देशनसँगै शिक्षक सेवा आयोगले १७ वर्षपछि लिन लागेको परीक्षा गम्भीर विवादमा परेको छ । अख्तियारको यो निर्देशनसँगै शुक्रबारदेखि हुने भनिएको मौखिक परीक्षा स्थगित भएको छ । आयोगले विकास क्षेत्रबाट लिने गरी शुक्रबारदेखि सुदूर पश्चिमाञ्चलबाट मौखिक परीक्षा लिन लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार परीक्षाफलको विषयमा दर्जनौं उजुरी परेपछि छानबिन गर्न तत्काल मौखिक परीक्षा रोक्न निर्देशन दिइएको हो । अख्तियारले आइतबारदेखि छानबिन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । शिक्षक सेवा आयोगका उपसचिव नारायणप्रसाद भट्टराईले भने माध्यमिक र निम्नमाध्यमिक तहको परीक्षामा कुनै आर्थिक अनियमितता नभएको जिकिर गरे । परीक्षाको नतिजा निष्पक्ष रूपमा प्रकाशित गरेको बताउँदै आयोगका प्रवक्तासमेत रहेका भट्टराईले राजधानीसँग भने, ‘अ

बिद्यालय जान भनि गएका बिद्यार्थी बाटैबाट बेपत्ता

बैतडी , पौष १३ गते बैतडीमा बिद्यालय जान भनि गएका बिद्यार्थी बाटैबाट बेपत्ता भएका छन् । दशरथ चन्द नगरपालिका १३ मा रहेको श्रीकेदार उच्च माध्यामिक बिद्यालय पिपलकोटमा कक्षा ६ मा पढ्ने दुई जना बिद्यार्थीहरु हिजो घरबाट बिद्यालय जान्छु भनि गएपछि बिद्यालय नपुगि कनै बाटो बाट बेपत्ता भएका छन् । एउटै कक्षामा पढ्ने १२ बर्षका असोक सुनार र १२ बर्षकै भानु चुनारा स्कुल पोसाकमै हिजो देखी बेपत्ता छन् । बिहान नौ बजे स्कुल पोसाकमा स्कुले झोला बोकी बिद्यालय तिर लागेका दुई जनाले उनीहरुकै भाई पर्ने कक्षा ४ मा पढ्ने हरिष चुनारा र कक्षा ५ मा पढ्ने नबल चुनारालाई आफुसँग रहेको कापी किताब राखेको झोला बोकाएर घर पठाएको र उनीहरुलाई भारतको पिथउरागड जान्छु भनी गएका, तर सम्पर्क अहिले सम्म पनि नआएको स्थानिय राकेश चुनाराले जानकारी दिएका छन् । अनका अभिभावकहरुले राजीका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

त्रिवि दीक्षान्त समारोहमा सरकारी स्कुल पढेकै अब्बल

१३ पुस, काठमाडौं । कास्की कृष्टिनाच्नेचौरबाट पाँच वर्षअघि स्नातकोरत्तर गर्न राजधानी छिर्दा मीनबहादुर रानाभाटले विश्वविद्यालय नै टप्छु भन्ने कल्पना गरेका थिएनन् । शुक्रबार दशरथ रंगशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको उनन्चालिसौं दीक्षान्त समारोहमा लगातार तीन स्वर्णपदक आफ्नो नाममा घोषित हुँदा उनमा खुसीको सीमै रहेन् । २६ वर्षका मीनबहादुर स्नातकोत्तर तहका सबै संकायका साथीलाई उछिनेर प्रथम श्रेणीमा प्रथम भए । त्रिवि कुलपतिसमेत रहेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीद्धारा तीन स्वर्णपदकबाट दीक्षित भएका उनले भने, ‘नियमित कक्षा, निरन्तर मिहिनेत र अध्ययनमा एकाग्रताले मलाई सफलता दिलायो ।’ मीनबहादुर विश्वविद्यालय क्याम्पस, कीर्तिपुरबाट गणित विषयमा ९३.६ प्रतिशत अंक ल्याएर आफ्नो विभागमा मात्र सर्वोत्कृष्ट भएनन्, स्नातकोत्तरका सबै संकायलाई जितेर ‘प्रथमहरुबीच नै प्रथम’ बने । उनलाई मास्टर्स परीक्षामा प्रथम श्रेणीमा प्रथम भएकामा विशिष्ट श्रेणिका लागि चान्सलर (स्वर्ण) पदक दिइएको नागरिक दैनिकमा खबर छ । त्यही समारोहमा सम्पूर्ण मास्टर्स तहमा विशिष्ट श्रेणीमा सर्वप्रथम स्थान हासिल गरेकोमा मीनबहा

प्रमाणपत्र लिन अनिवार्य स्वयंसेवाको तयारी

भवानीश्वर गौतम/ नयाँ पत्रिका १३ पुस, काठमाडौं । उच्च शिक्षामा अध्ययन गरेर एउटा तह सकिएपछि प्रमाणपत्र लिनुअघि विद्यार्थीले अनिवार्य स्वयंसेवा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । शिक्षा मन्त्रालय उच्च माध्यमिक, स्नातक र स्नातकोत्तर तह अध्ययन गरिसकेपछि विद्यार्थीलाई अनिवार्य रूपमा सेवा गर्नुपर्ने कार्यविधि तयारमा लागेको छ । कुनै तहमा अध्ययन गरेर उत्तीर्ण भइसकेपछि ‘डिग्री अवार्ड’ लिन कस्तो सेवा गर्नुपर्ने भन्ने कार्यविधि निर्माण गर्न शिक्षा मन्त्रालयले समितिसमेत गठन गरिसकेको छ । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा राष्ट्रिय शिक्षा स्वयंसेवासम्बन्धी कार्यविधि बनाउन समिति गठन भएको हो । समितिमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलगायतका प्रतिनिधि छन् । आगामी शैक्षिक सत्रबाट कुनै न कुनै तहबाट अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा लगिने गरी कार्यविधि निर्माणको काम समितिले गरिरहेको छ ।नेपालको शिक्षा व्यावहारिक र जीवनोपयोगी नभएको आलोचना भएपछि एउटा तह सकेका विद्यार्थीलाई व्यावहारिक र अनुभवी बनाउन शिक्षा मन्त्रालयको अग्रस

पुस्तकालयलाई प्रवासीको सहयोग

बाबियाचौर (म्याग्दी),  पुस १२ गते । सदरमुकाम बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयलाई अस्टे«लियामा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।     अस्टे«लियामा रहेका म्याग्देलीले साङ्गीतिक कार्यक्रममार्फत संकलन गरेको रु तीन लाख सहयोग गरेका पुस्तकालयका सदस्य दीपेन्द्र श्रेष्ठले बताउनुभयो । म्याग्दी सेवा समाज अस्टे«लियामार्फत सहयोग प्राप्त भएको हो ।  दस वर्षअघि द्वन्द्वको समयमा जलेको पुस्तकालय भवन पुनःनिर्माण गर्दा लागेको ऋण तिर्न प्रवासीले सहयोग गरेका हुन् । द्वन्द्वको क्रममा भएको दोहोरो भिडन्तमा जिविससँगै रहेको पुस्तकालय भवनको साथै ६ हजारभन्दा बढी पुस्तक जलेका थिए । विसं २०६४ मा पुस्तकालय पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माण गर्ने क्रममा हालसम्म रु १४ लाख ऋण रहेको पुस्तकालयका अध्यक्ष सन्तोष रावलले बताउनुभयो । ऋण तिर्न र पुस्तकालयको क्षमता विस्तार गर्ने उद्देश्यले पुस ७ गते बेनीमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्यको साङ्गीतिक कार्यक्रम पनि गरिएको थियो ।       नेपथ्य समूहका मुख्य गायक अमृत गुरुङको साङ्गीतिक प्रस्तुति रहेको सो कार्यक्रममा रु तीन लाख ६० हजारको टिकट बिक

त्रिविबाट ६ हजार सात सय २२ विद्यार्थी दीक्षित

२०७० पुस १२, शुक्रबार   काठमाडौं :  त्रिभुवन विश्वविद्यालयबाट विभिन्न तह उत्तीर्ण गरेका ६ हजार सात सय २२ जना विद्यार्थी शुक्रबार दीक्षित भएका छन्। त्रिविले दशरथ रंगशालामा आयोजना गरेको ३९ औं दीक्षान्त समारोहमा पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित भए। मन्त्रिपरिषद् अध्यक्ष तथा विश्वविद्यालयका कुलपति खिलराज रेग्मीले दीक्षित नागरिकले देशको विकासमा सहयोग पु:याउनुपर्ने बताए। आफूले सिकेको सीप स्वदेशमै खर्च गर्न उनले दीक्षित विद्यार्थीसँग आग्रह गरे। त्रिविले मुलुक विकासमा योगदान दिनसक्ने क्षमतावान् र ऊर्जाशील व्यक्ति उत्पादनतर्फ ध्यान दिनुपर्ने पनि रेग्मीले बताए। उनले भने, ‘शैक्षिक क्षेत्रका जिम्मेवार पदाधिकारी, विश्वविद्यालयका अधिकारी, विद्यार्थीलगायत सबैलाई यस विषयमा संवेदनशील भई अग्रसर हुन विशेष आग्रह गर्छु।’ मुलुकमा शैक्षिक जनशक्तिको उत्पादनसँगै पर्याप्त अवसर सिर्जना हुन नसकेको प्रति लक्षित गर्दै रेग्मीले भने, ‘अवसर सिर्जना हामी आफैंले पनि गर्न सक्नुपर्छ र यसको उदाहरण बन्न सक्यौं भने ठूलो देन हुनेछ।’ उपकुलपति हीराबहादुर महर्जनले विश्वविद्यालय