Skip to main content

Posts

Showing posts from April, 2013

बीचैमा विद्यालय छाड्छन् बालबालिका

ललितपुर, ७ वैशाख ‘विद्यालय क्षेत्र सुधार कार्यक्रम’अन्तर्गत सरकारले सन् २०१५ सम्म विद्यालय छाड्नेको संख्या शून्य बनाउने लक्ष्य राखेको भए पनि ललितपुरको पूर्वी क्षेत्रमा पर्ने लामाटारको लाँकुरीभन्याङमा बीचमा पढाइ छाड्ने विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन । प्राथमिक तहबाट निम्नमाध्यमिक तह र निम्नमाध्यमिक तहबाट माध्यमिक तहमा जाँदा विद्यालय छाड्नेको संख्या बढी देखिएको हो । अभिभावकको बेवास्ता नै अधिकांश विद्यार्थीको विद्यालय छाड्नुको कारण बनिरहेको शिक्षकहरू बताउँछन् । प्रत्येक शैक्षिक सत्रमा झन्डै ७÷८ प्रतिशतसम्म विद्यार्थीले बीचैमा विद्यालय छाड्ने गरेको बासुकी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजनकुमार चन्द बताउँछन् । उनका अनुसार विद्यालयले विभिन्न किसिमका कार्यक्रमबाट आकर्षित गर्न खोजेको भए पनि ‘ड्रप आउट’ कम हुन सकेको छैन । ‘बालबालिकाको बुझ्ने उमेर भइनसक्ने हुँदा अभिभावकका लागि लक्षित कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छौं,’ उनले भने । विद्यालयमा अधिकांश तामाङ समुदायका बालबालिका अध्ययनरत छन् । झन्डै ९५ प्रतिशत अभिभावक अशिक्षित भएका कारण बालबालिकाले बीचमा पढाइ छाड्ने क्रम नरोकि

निजी विद्यालयको चर्को शुल्कको व्यापक विरोध

काठमाडौं, ७ वैशाख निजी विद्यालयले अभिभावकबाट असुल्ने चर्को शुल्कको व्यापक विरोध सुरु भएको छ । नयाँ शैक्षिक सत्रसँगै निजी विद्यालयले असुल्दै आएको चर्को शुल्कका कारण मुलुकभरका लाखौं अभिभावक मारमा परेको अभिभावक संघ नेपालले जनाएको छ । उसले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निजी विद्यालयले सरकारले निर्धारण गरेभन्दा झन्डै दोब्बर शुल्क असुल्दै आएको दाबी गरेको हो । शिक्षा विभागले मुलुकभरका निजी शैक्षिक संस्थालाई चालू शैक्षिक सत्रका लागि शुल्क नबढाउन निर्देशन दिए पनि त्यसको अवज्ञा भइरहेको संघ अध्यक्ष शुप्रभात भण्डारीले बताए । ‘निर्धारितभन्दा चर्को भर्ना र वार्षिक शुल्क लिएकाले लाखौं अभिभावक ठगिएका छन्,’ उनले भने, ‘सरकारले निर्देशन र नियम नमान्ने विद्यालयमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउनै पर्छ ।’ सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै निजी शैक्षिक संस्थाले भर्ना शुल्क असुलिरहेका छन् भने विद्यालय हाताबाटै पाठ्यपुस्तकसमेत बिक्री–वितरण भइरहेको संघको आरोप छ । संघका अनुसार शिक्षा मन्त्रालयद्वारा जारी ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका–२०६९ कार्यान्वयन नगरेर निजी विद्यालयक

पहु“च नभएकैले बीएन पढ्नबाट वञ्चित

काठमाडौं, ८ वैशाख चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का जिम्मेवार पदाधिकारीको गैरजिम्मेवारीका कारण बीएन (ब्याचलर अफ नर्सिङ) बन्ने एक छात्राको आकांक्षा तुहिएको छ । मुलुककै जेठो वीर अस्पतालमा विगत चार वर्षदेखि स्टाफ नर्समा कार्यरत ज्योति सुवेदी बीएन अध्ययनका लागि लिइएको परीक्षामा नाम निकाले पनि न्याम्सकै उपकुलपति डा.दामोदर पोखरेलका कारण पढ्नबाट वञ्चित भएकी हुन् । सुवेदीले अस्पतालले नै उपलब्ध गराउने कर्मचारीको कोटामा नाम निकालेकी थिइन् । उनी हाल अस्पतालको न्युरो आईसीयूमा कार्यरत छिन् । न्याम्सको २०६९ असोजमा बसेको बैठकले कर्मचारीका लागि दुईओटा कोटा छुट्ट्याएको थियो । अस्पतालमा कार्यरत कर्मचारीहरूले विभिन्न माग राख्दै आन्दोलन गरेपछि न्याम्सले विभिन्न सहुलियत प्रदान गर्ने निर्णय गर्दा सो कोटा छुट्ट्याएको थियो । सोहीअनुसार परीक्षामा नाम निकाले पनि न्याम्सका उपकुलपति पोखरेलले भर्ना नलिन निर्देशन दिएपछि अध्ययन गर्ने धोको पूरा हुन नपाएको ज्योतिले बताइन् । बीएन पढ्न पाऊँ भन्दै सुवेदी स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सर्वोच्

अंग्रेजी कक्षामा हेलम्बुका आमा

-प्रतिमा सिलवाल हेल्लो एभ्रिवडी, आइ एम लाक्पा डोल्मा हेल्मो । आइ एम फिप्टी फाइभ यर्स वल्ड । आइ एम फ्रम सेर्मा थाङ, इट लाइज इन सिन्धुपाल्चोक डिस्ट्रिक्ट । दिस इज आवर फोल्क स्कुल । आइ अल्वेज कम हिअर । आइ लाइक इंलिस ल्यांग्वेज क्लास । डोमा हेल्मोले अरू साथीहरूको परिचय सुनिसकेपछि यसरी आफ्नो परिचय दिइन् । साँझको ८ बजे उनी कापीकिताब लिएर अक्षर खुट्याउने कोसिस गर्दै थिइन् । ५५ वर्षे यी शेर्पिनी आमै हेलम्बुको चिसोबाट बच्न लुसुक्क न्यानो ओच्छ्यानमा पस्नुको सट्टा हरेक दिन अंग्रेजी पढ्न यसैगरी आइपुग्छिन् । भात, तरकारी पकाइवरी साँझ ६ बजेदेखि ८ बजेसम्म अंग्रेजी सिक्न तयार भइसकेकी हुन्छिन् हरेक दिन । घरबाट करिब पाँच मिनेटको दूरीमा रहेको विद्यालय उनको दैनिक नयाँ कुरा सिक्ने थलो हो । ‘एक वर्षदेखि अंग्रेजी सिक्दै छु,’ किताबमा लेखिएको अंग्रेजी अक्षर पढ्न बुढ्यौलीले छोइसकेका आँखा तन्काउँदै भनिन्, ‘विदेशीहरूले हेल्लो भन्दा, जवाफमा ‘नो इंलिस’ भन्नुपथ्र्यो । आज त्यो दिन गइसक्यो ।’ बिहानैदेखि दिनभरको घरधन्दाले शरीर थाकेको भए पनि एक वर्षयता उनको मानसिक थकान भने हराउन थालेको छ । ‘कडा पढाइ छ, क्लास न

पाठ्यपुस्तक बेच्ने ‘माड्साब’ लाई बैंकक सयर

सञ्जय पन्थी काठमाडौं, ७ वैशाख- नयाँ शैक्षिक सत्रसँगै पाठ्यपुस्तक बिक्री–वितरण गर्ने स्टेसनरी व्यवसायी र विद्यालय सञ्चालकहरूलाई पुस्तक प्रकाशकहरूले थाइल्यान्ड भ्रमणलगायतका प्रलोभन देखाउन थालेका छन् । कम गुणस्तरका पाठ्यपुस्तक पाठ्यक्रममा लागू गराएर निजी विद्यालयआबद्ध संगठन प्याब्सन, एन–प्याब्सनका पदाधिकारीलगायत विद्यालय सञ्चालकहरूलाई प्रकाशन गृहले थाइल्यान्ड भ्रमणमा लैजाने प्रलोभन दिएको हो । कपिलवस्तुका एक निजी विद्यालय सञ्चालकले यस वर्ष प्रकाशन गृहको कमिसनमा जिल्लाका आठ निजी विद्यालय (प्याब्सनआबद्ध) सञ्चालक थाइल्यान्ड घुम्न जाने तयारीमा रहेको जानकारी दिए । ५ सय विद्यार्थी भएका विद्यालय सञ्चालकलाई नवकला, अक्सब्रिज जस्ता प्रकाशन गृहले कमिसन दिने गरेका छन् । कमिसनमा विदेश सयरमा जाने अधिकांश सदरमुकाम तौलिहवाका विद्यालय सञ्चालक छन् । विद्यार्थीको वृत्तिविकास शीर्षकमा प्रकाशन गृहले विद्यालय सञ्चालकलाई कमिसन उपलब्ध गराउन सुरु गरेका हुन् । बुटवलका एक अभिभावकले त्यही शीर्षकबाट आउने पैसाबाट सञ्चालकहरू विदेश भ्रमण जाने गरेको बताए । उनले भने, “यो क्रम पश्चिमाञ्चल विकास क्षेत्रमा विगतदेखि न

स्ववियु निर्वाचनमा उमेर हद लागू नगर्नु : सर्वोच्च

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवारका लागि २८ वर्षभन्दा माथि हुन नहुने प्रावधान तत्काल लागू नगर्न आदेश दिएको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले आइतबार उमेर हदको निर्णय यथास्थीतीमा राख्न आदेश दिएको हो । साथै सरकारसँग लिखित जवाफ माग्नुका साथै दुबै पक्षलाई एकसातापछि छलफलमा बोलाउन आदेश दिएको छ । त्रिभुवन विश्वविद्यालयको चैत २३ गतेको विधान सभाले आगामी स्ववियु निर्वाचनमा २८ वर्ष नाघेका विद्यार्थी उम्मेदवार हुन नपाउने निर्णय गरेको थियो भने त्यसविरुद्ध १४ क्याम्पसका स्ववियु सभापतिले वैशाख ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुलुकमा आमूल परिवर्तन ल्याउन वैज्ञानिक र प्राविधिक शिक्षा

काठमाडौं, ४ वैशाख/ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गुणस्तरीय शिक्षाको माध्यमबाट मुलुकमा आमूल परिवर्तन ल्याउन वैज्ञानिक र प्राविधिक शिक्षा लागू गर्ने दिशामा अनेरास्ववियूले पहल गर्नुपर्ने बताउनुभएको छ । अनेरास्ववियु कोटेश्वर बहुमुखी क्याम्पस कमिटीले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले २१ औँ शताब्दीलाई सुहाउँदो वैज्ञानिक र प्राविधिक शिक्षालाई जोड दिएकै कारण सिंगापुरलगायतका मुलुकका जनताको वार्षिक प्रतिव्यक्ति आय ३३ हजार डलर पुगेको बताउनुभयो । अहिले पार्टीभित्रको गुट उपगुट समाप्त भएकाले आगामी जेठमा हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुले अत्यधिक स्थानमा विजय हासिल गर्ने दाबी गर्नुभयो ।

शैक्षिक मेला

काठमाडौं, ४ वैशाख बोष्टन एजुकेशन सेन्टर बिर्तामोडले विद्यार्थीहरूको करियर काउन्सिलिङका लागि विषेश शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । आगामी बैशाख ९ र १० गते झापाको बिर्तामोडस्थित अतिथिसदनमा आयोजना हुने शैक्षिक मेलामा नेपाल–भारतका १८ बढी कलेजको सहभागिता रहने बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा जनाइएको छ। एसएलसी पास भएका विद्यार्थी र अभिभावकलाई लक्षित गरी आयोजना गरिने सो शैक्षिक मेलामा प्राविधिक शिक्षा दिंदै आएका कलेजका सञ्चालक तथा प्राध्यापकहरूले विद्यार्थीको चाहना बमोजिमको शिक्षा लिने शैक्षिक प्रतिष्ठान र तिनको सेवासुविधाबारे जानकारी गराउने बोष्टन एजुकेशन सेन्टरका प्रोप्राइटर सुमन शर्माले जानकारी दिनुभयो । शैक्षिक मेलामा भारत बेङलोरको आरआर इन्स्टीच्युट र फारन कलेज, झारखण्डको निलोई, दिल्लीको एपिजे युनिर्भसिटी, गोहाको केएलइ कलेज र सिक्किमको इल्म युनिर्भसिटीसहित १२ र काठमाडांैका एभरेष्ट, ओरिएन्ट, भीएस निकेतन लगायतका ६ वटा कलेजको सहभागिता रहने बताइएको छ।   सेन्टरले हालसम्म गुणस्तरीय शिक्षा आर्जनका लागि नेपालका विभिन्न ठाउँबाट तीनसय बढीलाई नेपाल बाहिरका विश्वविद्यालयहरूमा अध्ययनका लागि

राङखानी उच्चमाबिमा आगलागी:१८ कम्प्युटर सहित लाखौंको समान नष्ट

बागलुङ २०७० बैशाख ४ । बागलुङको राङखानी स्थित राङखानी उच्च माविमा मंगलवार साँझ आगलागी हुदाँ लाखौको क्षती भएको छ । राति करिव ८ बजे तिर बिद्युत सर्ट भई भएको आगलागीबाट बिभिन्न समान जलेर नष्ट हुदाँ लाखौको क्षती भएको बताइएको छ । आगलागिका कारण बिद्यालयमा रहेका १७ वटा कम्प्युटर,१ वटा ल्यापटप,१ वटा फोटोकपी मेसीन जलेर नष्ट भएको स्थानियले बताएका छन् । त्यसैगरि सामुदायिका अध्ययन केन्द्रको महत्वपूर्ण सामान कागजपत्र, बिद्यालयको कागज पनि जलेर नष्ट भएको छ । आगलागि हुनासाथ स्थानियवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षती हुन नपाएको र क्षतीको बिवरण आउन बाँकी रहेको बताइएको छ ।

भर्नाको समयमा विद्यालय नै बन्द

४ वैशाख, ओखलढुंगा । सरकारले विद्यालय भर्ना, टिकाउ तथा निरन्तरता र उपलब्धिमा सुधार कार्यक्रम वैशाख १ गतेदेखि सुरु गरेको भए पनि जिल्लाका अधिकांश विद्यालयहरु बन्द रहेका छन् । देशव्यापी विद्यार्थी भर्ना अभियान सुरु भए पनि जिल्लामा कुनै कार्यक्रम आयोजना भएका छैनन् । विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने समयमा विद्यालय बन्द गरेर शिक्षकहरु बिदामा बसेका छन्, भने जिल्ला शिक्षा अधिकारी, शाखा अधिकृतसमेत बिदामा बसेपछि अभियान सञ्चालन हुन नसकेको हो । विद्यालयमा भर्ना अभियान तथा साक्षरता कक्षासमेत प्रभावकारी रुपमा सञ्चालन नभएपछि विद्यालय भर्ना अभियान र निरक्षता कम गर्ने अभियान ओखलढुङ्गामा अगाडि बढ्न नसकेको अभिभावकहरुले गुनासो गरेका छन् । वैशाख महिनाभरि सरकारले विभिन्न कार्यक्रम गरी विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयसम्म ल्याउने अभियान सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ । वैशाखदेखि शैक्षिकसत्र प्रारम्भ हुने जिल्लाहरूले २०७० वैशाख २ गतेदेखि १४ गतेसम्म पहिलो चरणमा भर्ना हुन आउने विद्यार्थीहरूलाई मुस्कानसहितको फूल अबिर तथा स्थानीय संस्कृतिअनुसार स्वागत गर्नेलगायतका कार्यक्रम सार्वजनिक ग

पाठ्यपुस्तक अभाव

शैक्षिक सत्र सुरु भयो तर हातमा पाठ्यपुस्तक छैन । विगतको तीतो यथार्थ फेरि दोहोरियो । यो आफैंमा नयाँ समस्या भने हैन । अघिल्ला वर्ष पनि मुलुकभरका विद्यार्थीले यही समस्या भोगेका थिए । कतिपय दुर्गम भेगका विद्यार्थीले त पुस्तकको अनुहारै नहेरी शैक्षिक सत्र बिताए पनि । मुलुकभरको पाठ्यपुस्तक छाप्ने जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्र र साझा प्रकाशनको गैरजिम्मेवारीका कारण यो समस्या आएको हो भन्न धक मान्नु पर्दैन । किनकि यी दुवै संस्थाले विद्यार्थीको भविष्यसंँग पटक–पटक खेलवाड गरेका छन् । विगतमा पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको यथार्थलाई मनन गर्दै शिक्षा मन्त्रालयले सम्बद्ध संस्थालाई बेलैमा पुस्तक उपलब्ध गराउन उर्दी जारी त ग¥यो तर ती संस्थाले मन्त्रालयको निर्णय ठाडै अवज्ञा गरिदिए यसपालि पनि । जनक शिक्षा सामग्री केन्द्रसँग पुस्तक छपाइ ढिलाइ हुनुको बनिबनाउ उत्तर छ । समयमा कागज निकासी नभएको, रकम अभाव, लोडसेडिङ यस्तै–यस्तै कारण देखाउँछ । यसपालि पनि समयमै कागज उपलब्ध नभएको तर्क सार्वजनिक भइसकेको छ । दुई–चार दिनपछि लोडसेडिङको कुरा उठ्यो भने आश्चर्य नमाने हुन्छ । हरेक वर्ष समयमा पुस्तक नआउनुको मूल

वैशाखमा जनक शिक्षाले पाठ्यपुस्तक छपाइ गर्न नसक्ने

काठमाडौं, ३ वैशाख विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र (जशिसाके) ले कागज अभावका कारण आवश्यक पर्ने पाठ्यपुस्तक वैशाख महिनामा छपाइ गर्न नसक्ने जनाएको छ । १ देखि १० कक्षासम्मका लागि अझै ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्न बाँकी छ । आवश्यक पाठ्यपुस्तक छापिसक्न र यसको सम्पूर्ण विवरण पेस गर्न केन्द्रीय पाठ्यपुस्तक अनुगमन समितिले केन्द्रलाई आगमी बिहीबारसम्मको समयसीमा दिएको छ । ‘कागज अभावका कारण जशिसाकेले यो महिनाभित्र आवश्यक परिमाणका पाठ्यपुस्तक छापिसक्ने अवस्था छैन,’ प्रबन्ध सञ्चालक अनिलकुमार झाले भने । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रबन्ध सञ्चालक झाले व्यवस्थापनको कमजोरी र कागज अभावका कारण समयमै आवश्यक परिमाणमा पाठ्यपुस्तक छाप्न नसकिएको स्वीकार गरे । बाबा पेपर मिल्सबाट कागज खरिद गरिरहेको बताउँदै उनले भने, ‘सो कम्पनीले उपलब्ध गराउँदै आएको कागजबाट दैनिक १२ घन्टा मात्र छपाइ गर्न पुग्छ ।’ लोडसेडिङका कारण बाबा पेपर मिल्सले दैनिक ३० मेट्रिक टन कागज दिन नसक्दा समस्या देखिएको हो । शिक्षा विभागका उपनिर्देशक राकेश श्

खुला विश्वविद्यालय स्थापनालाई उच्च प्राथमिता दिनुपर्छ ः सरोकारवाला

काठमाडौं, ३ वैशाख खुला विश्वविद्यालयको स्थापनालाई उच्च प्राथमिता दिन सरोकारवालाले सरकारसँग माग गरेका छन् । नेपालमा खुला तथा दूरशिक्षाको अवस्था, चुनौती विषयमा शिक्षा पत्रकार समूह र इन्टरनेसनल सेन्टर फर एकेडेमिक्सले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा सहभागीले सरकारले प्राथमिता नदिएकै कारण खुला विश्वविद्यालय स्थापना हुन नसकेको आरोप लगाए । शिक्षाविद् र अन्य सरोकारवालाले करिब दुई दशकदेखि खुला विश्वविद्यालय स्थापनाको आवाज उठाए पनि अहिलेसम्म खुला विश्वविद्यालयसम्बन्धी कानुन बन्न नसकेको बताए । सरकारले कानुनको मस्यौदा तयार गर्न एक वर्षअघि खुला विश्वविद्यालय पूर्वाधार विकास समिति गठन गरेको थियो । शिक्षाविद् प्राडा.मनप्रसाद वाग्लले कानुन निर्माण गरी विश्वविद्यालय स्थापनाका लागि राजनीतिक प्रतिबद्धता र सरकारी प्राथमिकता आवश्यक पर्ने बताए । समय र आर्थिक अभाव एवं अन्य कारणबाट नियमित रूपमा शिक्षण संस्थामा अध्ययन गर्न जान नसक्नेका लागि खुला विश्वविद्यालयबाट अध्ययनको अवसर दिन सकिने जिकिर उनले गरे । शिक्षाविद् प्राडा. वाग्लेले राजनीतिक प्रतिबद्धता र सरकारी प्राथमिकताको अभावका कारण नै स

शैक्षिकसत्र सुरु भएपनि पाठ्यक्रमको अभाव

गाईघाट(उदयपुर), ३ वैशाख । यस वर्ष २०७० सालको नयाँ शैक्षिकसत्र सुरु भएपनि उदयपुर जिल्लामा विगतका वर्ष जस्तै पाठ्यपुस्तकहरुको अभाव देखिएको छ । सदरमुकाम गाईघाटलगायत जिल्लाका अधिकांश सरकारी तथा निजी विद्यालयहरुले नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्नाहरु धमाधम लिने कार्य थालिसकेका छन् । विद्यार्थीहरु विद्यालयहरुमा भर्ना हुने क्रम सुरु भएतापनि सम्बन्धित पुस्तक पसलहरु तथा स्टेसनरीहरुले भने एउटा पनि पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन् । गतवर्ष पनि शैक्षिकसत्र सुरु भएको करिब चार महिना पछिमात्र धेरै विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरेका थिए । जिल्लाका पहाडी गाविसका सरकारी विद्यालयहरुले समयमा पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा आधा वर्ष विद्यार्थीले पुस्तक बिहिन अवस्थामा अध्ययन गर्नुपर्ने अधिकांश विद्यालयका शिक्षक तथा अभिभावकहरुको गुनासो रहँदै आएको छ । जिल्ला शिक्षक सङ्घ उदयपुरका अध्यक्ष तीलबहादुर कटुवाल भन्नुहुन्छ, “समयमा पाठ्यपुस्तकहरु उपलब्ध हुन नसक्दा विद्यार्थीहरुको पढाईमा असर पर्न गई धेरै विद्यार्थीहरुले प्रवेशिका परीक्षामा असफल हुने गरेका छन् ।” जिल्लाको पहाडी गाविसका विद्यालयका विद्य

विद्यार्थीले बनाए तापक्रम नाप्ने यन्त्र

काठमाडौँ,  वैशाख ३ गते  । नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी)मा अध्ययनरत चार विद्यार्थीले आफूहरुले तापक्रम मापन गर्न सक्ने यन्त्रको निर्माण गरेको दाबी गरेका छन् ।       संसारको जुनसुकै कुनामा बसेर अर्को कुनाको तापक्रम नाप्न सकिने यन्त्र आफूहरुले निर्माण गरेको उनीहरुको दाबी छ ।       एनसिआइटीको सातौँ सेमेस्टरमा अध्ययनरत प्रशान्त ढुङ्गाना, गोकर्ण कार्की, सुनिल गोदार र अनिश थापाले सो यन्त्रको निर्माण गरेका हुन् ।  उनीहरुले सो यन्त्रलाई ‘डिजिटल टेम्प्रेचर डिस्प्ले’ नाम दिएका छन् ।      तीन महिनाको प्रयासमा तयार पारिएको यन्त्र निर्माणमा १० हजार रुपैयाँ खर्च भएको ढुङ्गानाले बताए ।      ढुङ्गानाका अनुसार एक स्थानबाट अर्को स्थानमा सजिलै बोकेर लैजान सकिने डिजिटल प्रविधिको यन्त्रले वातावरणमा भएको तापक्रम तत्काल देखाउने छ ।       यन्त्रमा मानिसको स्पर्श हुनेबित्तिकै स्क्रिनमा शरीरको तापक्रम देखिन्छ । यस्तै, यन्त्रले सेल्सिय, फरेनहाइट, र केल्भिनसहित सबै युनिटमा तापक्रम देखाउने प्रविधिसमेत जडान गरिएको उनले बताए ।      विद्यार्थीहरुले सो यन्त्रको उपयुक्त परीक्षणका लागि सरकार

नेराशि संगठन बागलुङको अध्यक्षमा भण्डारी

बागलुङ, २०७० बैशाख १ । नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको १०औँ जिल्ला अधिवेशन ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्दै शनिवार सम्पन्न भएको छ । अधिवेशनले गोविन्द भण्डारीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिराम अधिकारी, महिला उपाध्यक्षमा विजया शर्मा, सचिवमा विष्णुप्रसाद शर्मा, सहसचिवमा सरिता शर्मा गौतम, कोषाध्यक्षमा खगराज शर्मा र सहकोषाध्यक्षमा सारदा शर्मा रहेका छन् भने समितिको सदस्यमा महिला सदस्य तर्फ शान्ति सापकोटा, मिना सापकोटा र संस्थागत सदस्यमा गणेशप्रसाद शर्मा र देवेन्द्र पौडेल रहनुभएको छ भने समावेशी सदस्यमा गंगा विक र यमप्रसाद शर्मा रहेका छन् । त्यस्तै इलाका नम्बर १ बाट मुकुन्द शर्मा, २ बाट चन्द्रमणी उपाध्यय, ३ बाट तिलबहादुर कार्की, ४ बाट लिलबहादुर जिटी, ५ बाट डिल्लीराम रेग्मी, ६ बाट लक्ष्मीप्रसाद वाग्ले,, ७ बाट तिलक पौडेल, ८ बाट भगवान बोहरा, ९ बाट झलक थापा, १० बाट सुनिल शर्मा, ११ बाट शंसेरप्रसाद सिंह, १२ बाट शिवराज गैरे, र १३ बाट गणेशप्रसाद आचार्य सदस्यमा चयन भएका छन् ।

विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न आर्थिक संकलन अभियान

बागलुङ, वैशाख १  । विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि बागलुङ बोहोरागाउँको झिवाखोलामा रहेको जनमाविका शिक्षक, शिक्षक अभिभावकसंघका पदाधिकारीलगायत स्थानीयबासीहरु आर्थिक संकलन अभियानमा लागेका छन् । विद्यालयको भौतिक, शैक्षिक र गुणस्तरीय शिक्षाको विकासका लागि गत २७ गतेदेखि आर्थिक संकलन अभियान सुरु गरिएको र हालसम्म ८ लाख ६७ हजार रुपैयाँ संकलन भईसकेको विद्यालयले जनाएको छ । आर्थिक संकलन अभियान निरन्तर जारी रहनेपनि विद्यालयले जनाएको छ । यसैबिच निसीखोला खोला बचत तथा ऋण सहकारी संस्थाको बैठक सम्पन्न भएको छ । सञ्चालक समितीका उपाध्यक्ष टंक प्रसाद शर्मा पौडेलको अध्यक्षतामा बसेको बैठकले नँया बर्ष २०७० को सभकामना आदान प्रदान सहित बचत लगानी, असुली, बचत, कर्मचारी नियुक्तीलगायतका विषयमा छलफल गरेको छ । बैठक संस्थाका सचिव रिमप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो

विद्यार्थीव्दारा विद्यालयलाई ११ हजारको दराज उपहार

बागलुङ,  वैशाख १  । बागलुङको दर्लिङस्थित एक विद्यालयका विद्यार्थीहरुले विद्यालयलाई ११ हजार बराबरको दराज उपहार दिएका छन् । वडा नं २ बल्घासमा रहेको जनता निमाविमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुले निमावि तह पूरा गरी विदाई भएर जानेक्रममा विद्यालयलाई उक्त दराज उपहार स्वरुप दिएका हुन् । कक्षा ७ का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा भएको थियो । साथै सोही अबसरमा वडा नं २ निबासी चुराबहादुर परियारले १० हजार एक सय र सोही ठाउँ निबासी समाजसेवी तथा विद्यालयका लेखा समितिका संयोजक रणबहादुर रायमाझिले ५ हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् । कार्यक्रम विद्यालयका प्रअ वीरेन्द्रप्रताप केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

भ्रष्टाचार विवादले ९ महिनादेखि शिक्षक युनियन बैठक बस्न सकेन

२ बैशाख, काठमाण्डौं । शिक्षकका साझा संस्था नेपाल शिक्षक युनियनमा नौ महिनादेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । भ्रष्टाचारको दलदलमा युनियन फसेपछि केन्द्रीय कमिटी बैठक बस्न नसकेको हो । युनियनको संगठनिक गतिविधि अघि बढाउन बैठक आह्वान गर्न केन्द्रीय समितिका अधिकांश सदस्यले पदाधिकारीलाई चर्को दबाब दि“दै आएका छन् । तर, नेतृत्वले आङ्खनो कमजोरी ढाकछोप गर्न बैठक आह्वान नगरेकाले गतिविधि केन्द्रीय र जिल्ला तहमा अघि बढ्न नसकेको दाबी गरिएको छ । युनियनमा भएको भ्रष्टाचारका कारण वर्तमान पदाधिकारीसमेत तीन ध्रुवमा विभाजित भएका छन् । एक पक्षले तत्काल बैठक आह्वान गर्नुपर्ने बताएका छन् । अर्को पक्षले अनियमिताको पूर्णरूपमा ढाकछोप गरेपछि मात्र बैठक आह्वान गर्ने बताउँदै आएका छन् । तर, मध्यस्थता गर्दै आएका युनियन सदस्यले भने तत्काल बैठक आह्वान गरेर समस्या समधान गर्नुपर्ने भन्दै नेतृत्वलाई दबाब दि“दै आएका छन् । युनियनको तेस्रो महाधिवेशन चैत अन्तिम साता सकिसक्नुपर्ने थियो । तर, युनियनमा भएको भ्रष्टाचारका कारण अधिवेशनका लागि प्रक्रियासमेत अघि बढ्न सकेको छैन । युनियन महासचिव झकबहादुर डाँगीले नौ महिनास

पढ्न थाले नक्खुका कैदी- बन्दी

२ बैशाख, काठमाण्डौं । मुलुककै पुरानोमध्येको एक कारागार नक्खुका कैदी-बन्दीको दैनिकी अहिले फेरिँदै गएको छ । हस्तनिर्मित घरेलु उत्पादनमा अधिकांश समय खर्च गर्दै आएका उनीहरु पछिल्लो समयमा अध्ययनमा बढी जोड दिन थालेका छन् । कारागार प्रशासन स्वयंले शिक्षाप्रति सकारात्मक भूमिका निर्वाह गरेपछि विविध कारणले बीचैमा पढाइ छाडेकाहरु त्यसलाई निरन्तरता दिन थालेका छन् । यसले कैदी-बन्दीमा सकारात्मक प्रभाव पारेको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनले अहिले ८ कक्षासम्मको पढाई सुरु गरेको छ । त्यसलाई क्रमशः बढाउँदै लैजाने उसको योजना छ । डेढ सय क्षमताको सो कारागारमा अहिले दुईओठा ब्लकमा गरी झन्डै ५ सय कैदी-बन्दी छन् । तीमध्ये १ सय भन्दा बढी पढ्न थालेका छन् । सबैभन्दा बढी विद्यार्थी कक्षा ८ मा छन् । सो कक्षामा ४३ जना अध्ययनरत रहेको कारागार प्रशासनले जनाएको छ । पहिला पढेको आधारमा कैदी-बन्दीलाई भर्ना लिने गरिएको राजधानी दैनिकमा खबर छ । २५ देखि ६३ बर्षसम्मका कैदी-बन्दी सो कारागारको विद्यालयमा अध्ययनरत छन् । जसमा २० देखि ३० बर्षकाको बाहुल्य छ । शिक्षक पनि सोही कारागारका कैदी-बन्दी हुन् । सो कारागा

बलात्कार गर्ने शिक्षक थुनामा

पोखरा, वैशाख १ - फकाएर घुम्न जाउँ भन्दै एक १६ वषर्ीया किशोरीलाई जबर्जस्ती करणी गर्ने तनहुँको ब्यास १ का ३२ वर्षीय जीवन लम्साल कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका छन् । लम्सालले चैत ३ गते मोटरसाइकलमा किशोरीलाई ल्याएर पोखराको पृथ्वीचोकस्थित सन्तोषी होटलमा राखी डरत्रासमा पारेर करणी गरेका थिए । उनलाई प्रहरीले चैत ४ गते पक्राउ गरी शुक्रबार कास्की अदालतमा मुद्दा दायर गरेको थियो ।

सामान्य ज्ञान

कसलाई के पनि भनिन्छ १) बौलाहा राजा : लक्ष्मी नरसिंह मल्ल २) सिमसिमे राजा : शिवसिंह मल्ल ३) जनताका कम्यूनिष्ट : जयप्रकाश मल्ल ४) कला बहादुर : माथवरसिंह थापा ५) राणा बैज्ञानिक ; गेहेन्द्र शमशेर ६) स्कूलका पिता : पद्म शमशेर ७) सन्की राजा :श्री ५ सुरेन्द्र  ८) बलबाहु :अरनिको ९) फिस्टे महाराजा : श्री ३ चन्द्र शमशेर १०) रुञ्चे महाराजा  :श्री ३ पद्म शमशेर ११) शिक्षा क्षेत्रका दधीचि : शंकरदेव पन्त १२) नेपालेश्वर : श्रीनिवास मल्ल  १३) जिउदो शहिद : टंक प्रसाद आचार्य १४) राजाका पञ्च : कीर्तिनिधि विष्ट १५) न्याय गर्ने राजा : राम शाह  १६) युगले मागेको नेता : जङ्ग बहादुर राणा १७) सामाजिक सुधार गर्ने राजा : जयस्थिति मल्ल १८) जिउँदो सिंह :अमरसिं थापा  १९) नेपालका शुकरात :नयराज पन्त  २०) नेपालका दोश्रो गौतम बुद्ध : जय पृथ्वी बहादुर सिंह  २१) बुढा महाराज : श्री ३ भीम शमशेर  २२) शान्ति श्री नेता : डा. तुलसी गिरी २४) कोतपर्वकी आमा : राज्यलक्ष्मी  २५) पञ्चको शाह : शहच्चन्द्र शाह  २६) हरिततारा :भृकुटी  २७) सन्त राजनीतिज्ञ : कृष्ण प्रसाद भट्टराई  २८) लौह पुरुष, सर्वोच्च नेता: गणेशमान सिंह  २९) एक पार्टीका

बिहेको खर्च विद्यार्थीको छात्रबृत्तिमा

३१ चैत, चितवन । बिहे खर्च जोगाएर चितवनका एक दम्पत्तीबाट स्थापित शिक्षा कोषबाट यसबर्ष ४७ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ । चितवन शुक्रनगरका दिपेन्द्र सुवेदी र उनकी धर्मपत्नी गीताद्वारा स्थापित ‘दिपेन्द्र गीता शिक्षा कोष’बाट चितवन भरतपुर नगरपालिका र शुक्रनगर गाविसका ४७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । चितवन शुक्रनगर- ३ का दिपेन्द्र र भरतपुर- ६, आनन्दपुरकी गीताको २०६७ असोज २४ गते मागी विहे भएको थियो । यो जोडीले भड्किलो बिहे गर्नुको सट्टा बिहे खर्चबापतको रकम र आफन्त तथा शुभेच्छुकबाट प्राप्त चार लाख रुपैंयाको उपहारलाई कोषको रुपमा परिणत गरेका थिए । अहिले कोषको रकम छ लाख रुपैंया पुगेको छ । जसबाट बर्सेनी चितवनको शुक्रनगर र आनन्दपुर आसपासका सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिबापत शैक्षिक सामाग्री, पोशाक, विद्यालय शुल्क लगायत दुई बर्षदेखि प्रदान गरिंदै आएको छ । गतबर्ष कोषबाट ३८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कोषलाई व्यवस्थित रुपमा संचालन तथा विद्यार्थी छनौट र छात्रवृत्ति वितरणका लागि दिपेन्द्रका पिता शिव

शिक्षक विद्यार्थीलाई संगै तालिम

३१ चैत, दाङ । सहज रुपमा बालमैत्री स्थानिय शासन कार्याक्रम लागु गराउन शिक्षक र विद्यार्थीलाईसंगै तालिम दिने भएको छ । लोहारपानी गाविस वालमैत्री स्थानिय शासन समितिको शुक्रबार मुर्कुटिमा सम्पन्न बैठकले प्रधानाध्यापक, वाल संञ्जाल र वालकलवका पदाधिकारीको दुईदिने संयुक्त तालिम दिने निर्णय गरेको हो । सबै विद्यालयमा बालकलब गठन हुन नसकेकोले संयुक्त तालिम आबस्यक रहेको समितिका सदस्य एवं लोहारपानी गाविस बालसञ्जालका अध्यक्ष सन्तोष जिसीले जानकारी दिनुभयो । वहाँका अनुशार विद्यालयमा अतिरिक्त कृयाकलाप भएका छैनन् । विद्यालयका शौचालय धारा लगाएतका भौतिक संरचना निर्माण र संरक्षण गर्न सहज छलफल हुन सकेको छैन । त्यसैले विद्यार्थी र सिक्षक विच सौहार्द वातावरण तयार गर्न संयुक्त तालिम आबश्यक छ । शिक्षक र विद्यार्थी विचको खाडल पुर्न सके बालमत्रैत्री स्थानिय शाषण कार्यक्रम लागु हुने जिसीको भनाई छ । तालिममा स्तर नमिले पनि त्रासको बातावरण अन्त गर्न अनिवार्य रहेको बताउनुभयो । सबै विद्यालयलाई वालकलब गठन गर्न चार महिना अघि पत्र लेखेर अनुरोध गरेको तर अहिले सम्म जवाफ नआएको समितिका अध्यक्ष एवं लोहारपानी गाविस सचिव यज

देउपुर नमुना आवासीय माविको छैटौं बार्षिकोत्सव तथा अभिभावक दिवस

भूमिराज शर्मा चैत २९ , पर्वत जिल्लाको देउपुर गाविसको पातिचौरमा रहेको देउपुर नमुना आवासीय माविको   छैटौं बार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम एक समारोहकाबीच बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय पर्वतका उपसचिव कुस्मराज   उपाध्यायले   स्थापनाको छोटो अवधिमा पनि विद्यालयले जिल्लाको शैक्षिक गुणस्तर विकासमा महत्वपूर्ण योगदान पुर्याएको   बताउनु भयो । विद्यालयका प्रिन्सपल बलराम शर्माले विद्यालयको बार्षिक प्रगति विवरण तथा भावी योजना प्रस्तुत गर्दै प्राविधिमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय कटिबद्ध रहेको बताउनु भयो । उहाँले जिल्लास्तरीय विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएर विद्यार्थीहरुले विद्यालयको शैक्षिक गुणस्तरको राम्रो परिचय दिएको विचार व्यक्त गर्नु भयो ।    कार्यक्रममा प्याव्सनका केनद्रीय सदस्य यम प्रसाद शर्मा , रेडियो शालिग्रामका अध्यक्ष हरि न्यौपाने , जन आदर्श आवासीय विद्यालयका प्रिन्सिप