Skip to main content

Posts

Showing posts from August, 2016

तीज गीत

=====तिज गित ==== घुम्दै फिर्दै आयो तिज फेरी बर्ष दिनमा । जसरी नि आउनु दिदि आईन लिन म ।। फोनमै भएनि बोलाकोछु गाह्रो कत्ति नमान्नु । कान्छो भाईले हेला गर्यो भन्ने नठान्नु ।। पोहोर पनि आइनौ दिदी सुन्य भयो आगन । यो साल पनि आउन पाइन फेरी नभन ।। भान्जा भान्जि ठुला  भए अब घर धान्छननि । कहिलेकाहि त गाई भैसीले पराल खान्छननि ।। अब त सक्यौ होला धान Mकोदो गोडेर । सानि भान्जि ल्याउनु होला भान्जा छोडेर ।। पानि आउछ पहिरो जान्छ भर हुदैन बाटाको । डाइरेक बस चढ्नु होला नारनघाटको ।। बुहारी पनि माइत जान्छिन घर मैले धान्निहो । दिदी भाई सगै बसी तिज मान्निहो ।। झिनुवाको चामल खोज्ने गरेको छु बिचार । । टुसा बोडिको बन्छ अचार ।। ॥॥॥॥॥ आचार्य निरस ॥॥॥॥ ..........,...2073/05/14 तीज गीत बर्ष र दिनको तीजै र आयो आउ दिदी बहिनी हो नाचम बरिलै । तीजको बेला रमाइलो मेला बारुले कम्मर भाचम बरिलै ।। आयौ आज गीत गाउन घरको काम छोडेर । अभिबादन गर्छौ हामी दुई हात जोडेर ।। महिलाभित्र लुकेको छ प्रतिभाको खानी । त्यसै खेर फाल्नु हुन्न हाम्रो जबानी ।। उठ दिदी बहिनी हो अझै कति रूनी हो । महिला अघि बढ़े मात्रै

परीक्षा टिप्स

यहि भाद्र ११ गते शनिबार निम्न माध्यमिक बिद्यालयमा ९ बिषयका १११७ शिक्षक पदको लागि लिखित परीक्षा हुंदैछ । कुल ११६३४० जना उम्मेदबारले प्रतिस्पर्धा गर्दैछन् । प्रबेश पत्रमा, प्रश्न पत्रमा र उत्तरपुस्तिकामा दिएका निर्देशन राम्ररी नपढ्दा वा ध्यान नदिंदा, लेख्ने तरीका नजान्दा र समय ब्यबस्थापन गर्न नसक्दा धेरै परीक्षार्थी क्षमता हुंदा हुदै पनि परीक्षामा सफल हुन सकेका छैनन् । अतः तल उल्लेखित पक्षहरुमा ध्यान पु¥याउन सके परीक्षामा सफल हुन सहयोग पुग्नेछ । 1. प्रबेश पत्रमा भएका निर्देशन राम्ररी पढ्ने र पालना गर्ने, 2. परीक्षा दिन जांदा चिन्ता नलिई ताजा भएर र सकारात्मक सोच बनाएर जाने, 3. परीक्षाको लागि चाहिने सामान प्रबेश पत्र, कलम आदि रुजु गरेर लिने, उस्तै मसि भएका दुइवटा कलम लाने, 4. परीक्षा केन्द्रमा आधा घण्टा अगाडि पुग्ने, 5. परीक्ष हल भित्र लान नहुने सामान जस्तै किताब, नोट कपी, मोबाईल आदि नलाने, 6. परीक्षा हल खुलेपछि आफ्नो सम्बिल नं खोजेर बसिहाल्ने, 7. उत्तरपुस्तिकामा भएका निर्देशन राम्ररी पढ्ने र सोहि अनुसार नाम थर लगायत बिबरण भर्ने, 8. प्रश्नपत्र बितरण गर्न अगाडि नै उत्तर पुस्तिकामा न

सामाजिक अध्ययन सहयोग सामग्री

आयोग सामग्री नेपालमा सामाजिक अध्ययन शिक्षणको विद्यमान अवस्था : समस्या र समाधान अवधारणा : सामाजिक अध्ययनको शुरुआत सर्वप्रथम सन् १८९२ मा अमेरिकामा भएको थियो । अर्थशास्त्र, इतिहास, राजनीतिशास्त्र आदि विषयहरूमा सीमित रहेको यो विषय सन् १९१६ मा Committee on the social studies of the National Education Association for the re- organization of secondary education को प्रतिवेदनमा यस विषयलाई छुट्टै विषयका रूपमा मान्यता दिइयो । त्यसपछि अमेरिकामा सामाजिक अध्ययन विषयले छुट्टै महत्व पायो । यस विषयको विद्यालयको क्षेत्रलाई व्यापक बनाउन अनुसन्धान, अन्वेषण तथा विश्लेषण गर्न सन् १९३४ मा सोसल स्टडिज नेसनल काउन्सिलको स्थापना गरिएको थियो । अमेरिकी विद्यालयमा १९२० देखि १९५५ को समयलाई सामाजिक ज्ञानको युग भनिन्छ । यसै सिलसिलामा सामाजिक विषयले विश्वव्यापी रूपमा मान्यता पाउन थालेको हो । सामाजिक अध्ययनको केन्द्रविन्दु मानिस र उसको अन्य मानिस र वातावरणसँगको अन्तरसम्बन्ध हो । सामाजिक अध्ययनको विषयवस्तु सामाजिक विज्ञानका विषयहरूबाट लिइएको हुन्छ । द्रुत गतिमा भइरहेको समाजको विकासलाई समे