Skip to main content

Posts

Showing posts from February, 2016

मावि शिक्षकमा ६ सय कोटा खुल्दै

काठमाडौँ, २ फागुन । शिक्षक सेवा आयोगले मावि शिक्षकका लागि ६ सय विज्ञापन गर्ने भएको छ । विभागले देशभरमा ६ सय ११ शिक्षकको पद रिक्त भएको विवरण दिएपछि नयाँ रोजगारीका अवसर खुलाउन थालेको हो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले फागुन महिनामै शिक्षकको विज्ञापन गरिने बताए । नेपालको सबैभन्दा बढी पश्चिमाञ्चल विकास क्षेत्रमा शिक्षक दरबन्दी रिक्त रहेका छन् । सो विकास क्षेत्रमा माध्यमिक तहमा मात्र कुल १ सय ९२ शिक्षकको पद रिक्त रहेको शिक्षा विभागका निर्देशक तथा प्रवक्ता वैकुण्ठ अर्यालले बताए । उनका अनुसार माध्यमिक तहका लागि ६ सय ११ दरबन्दी विवरण शिक्षक सेवा आयोगलाई पठाएको हो । अन्य तहका लागि पनि विभागले विवरण माग गरेको छ । एकैचोटी धेरै तहमा विज्ञापन गर्दा सेवा आयोगको परीक्षा दिने व्यक्तिदेखि व्यवस्थापनमा समेत समस्या पर्ने भएकाले पटक–पटक गरेर रिक्त पदपूर्ति गर्दैछ । सुविधा राम्रो भएकाले यो पेशामा युवाको आकर्षण धेरै छ । शिक्षक सेवामा प्रवेश गर्नका लागि अध्यापन अनुमति पत्र अनिवार्य गरिएको छ । आयोगका प्रशासकीय प्रमुख पौडेलका अनुसार प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक गरी तीन तहमा

रोबोट शिक्षक, आत्मविश्वास नभएका विद्यार्थी र खेर गईरहेको लगानी

ईश्वरीप्रसाद पोखरेल / पोखरा पृथ्वीनारायण क्याम्पस पढ्ने विद्यार्थीको एक हुल हस्याङ् फस्याङ् गर्दै विहानै ६ बजे सृजना चोकमा जम्मा हुन्छ । एक घण्टा सम्म कुर्दा पनि बगर जाने बस नआएपछि त्यो समूह लाखापाखा लाग्छ । गफिएका ती नानीहरु निराश हुँदै त्यहाँबाट लम्किन्छन् । उनीहरु क्याम्पस गए वा फर्किए थाहा भएन ! बाग्लुङ् जाने बसको पर्खाईमा त्यहि छेउमा उभिएको पंक्तिकारले, ति विद्यार्थीको धेरै खाले आक्रोस र अनुभव चाँही थाह पायो : - यति दुुख गरेर क्याम्पस पुग्यो तर सर नै कक्षामा आँउदैनन् ! - सर आएर के गर्नु पढाएको हो की पुराण भनेको हो थाह पाउनै मुस्किल हुन्छ ! - रोबोट झैँ अगाडि आउने, बोर्डमा लेख्ने र फलाक्दै जाने अनि कोर्ष सकियो भनेर घोषणा गर्ने ! - धेरै खर्च गरेर पढाउन सक्ने बाउ आमा भैदिया भए हामी पनि प्राईभेट कलेज पढ्थ्यौं नी ! - हो ! सरकारीमा पढेपछि रेगुलर पढाई र क्वालिटी नखोज क्या साथी हो ! थाहै नपाई उनीहरुसंगैको बस कुराई मेरा लागि सिकाइप्रद भयो । ती छात्राहरुको आन्तरिक संवादबाट के कुरा पक्का भयो भने हाम्रो उच्च शिक्षा पद्धति, सिकाइका तरिका वा शिक्षण शैली र प्राध्यापक वर्ग आफ्नो पेसाप्रति स