Skip to main content

Posts

Showing posts from November, 2013

शिक्षक सेवा आयोगको नतिजा

जिल्ला ः वाग्लुङ वि.नं. १०५१÷०६९–७० खुला माग पदसंख्या ः ५ लि.प.मा सम्मिलित संख्या ः २३८ नाम, थर सीता कुमाल सुनिता जोशी कँडेल दिपक जैसी लेखनाथ कँडेल नवराज जैसी करुणप्रासद कडायत शालिकराम चालिसे वि.नं. १०५२÷०६९–७० महिला माग पदसंख्या ः १ नाम, थर बसन्ती सुवेदी टिका थापा क्षेत्री खड्का सीता कुमाल सुनिता जोशी कँडेल नारायणी शर्मा वि.नं. १०५५÷०६९–७० आदिवासी÷जनजाति माग पदसंख्या ः १ नाम, थर सीता कुमाल जयराम पुन मञ्जु थापा  तेजबहादुर राई वि.नं. १०५६÷०६९–७० मधेशी माग पदसंख्या ः १ नाम, थर नन्दप्रसाद यादव वृजकिशोर साह कानु  पुष्पे प्रसाद वि.नं. १०५७÷०६९–७० दलित माग पदसंख्या ः १  नाम, थर सीताकुमारी विश्वकर्मा लोकबहादुर सुनार काशीराम वि.क.

दाङमा सामुदायिक विद्यालयका बजेट दुरुपयोग

दाङ, मङ्सिर १५ गते  ।  दाङका विभिन्न सामुदायिक विद्यालयहरूमा बर्सेनि करोडौँ रुपियाँ बजेट जाने गरे पनि त्यसको खासै सदुपयोग नभएको पाइएको छ ।  जिल्ला शिक्षा कार्यालय दाङको नियमित तथा प्रभावकारी अनुगमन नहुँदा जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा पठाइने बजेटको सदुपयोग नभएको जिल्लाका सरोकारवालाहरू बताउँछन् ।   हरेक वर्ष शिक्षा कार्यालयले विभिन्न शीर्षकमा विद्यालयलाई बजेट पठाउँदै आएको छ ।  कार्यालयका अनुसार विद्यालयमा दिवा खाजा, कम्प्युटर शिक्षा, मुक्तकमलहरी छात्रवृत्ति, बाल विकास केन्द्र अनुदान, छात्रा छात्रवृत्ति, दलित छात्रवृत्ति, माध्यमिक शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि बजेट पठाउने गरिएको छ ।  त्यस्तै विद्यालय कर्मचारी अनुदान, अपाङ्ग विद्यार्थीलाई छात्रवृत्ति, भौतिक पूर्वाधार, पाठ्यपुस्तक खरिदलगायतका विभिन्न शीर्षकमा बजेट पठाउने गरिएको जिल्ला शिक्षा कार्यालय दाङका उप–सचिव ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो ।  उहाँले शिक्षा कार्यालयबाट विभिन्न शीर्षकमा छुट्याइएको बजेट विद्यालयको बैंकमा रहेको खातामा निकासा मात्र गर्ने गरेको जानकारी दिनुभयो ।  ‘हामीले सामुदायिक विद्यालयका लागि सरक

'मेरो तलब गरिबका छोराछोरी पढाउन खर्च गर्छु'-भण्डारी

गुल्मी, मंसिर १४ - संविधान सभामा क्षेत्र नं. २ बाट निर्वाचित भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूले पाउने तलबको सबै रकम गरिब तथा विपन्नका छोराछोरी पढाउन खर्च गर्ने बताएका छन् । सञ्चारिक समूहले शुक्रवार तम्घासमा आयोजना गरेको 'संविधान सभामा महिला सहभागिता, लैङ्गिक मुद्धा र मिडियाको भमिका' विषयक अन्तर्क्रियामा भण्डारीले तलब भत्ता आफूले नलिने घोषणा गरेका हुन् । जिल्लाका अधिकांश दलित तथा विपन्नका छोराछोरीहरु अहिले पनि शिक्षाबाट बञ्चित रहेको भन्दै उनीहरुमा शिक्षाको ज्योति नपुगेसम्म आफुहरुको राजनीतिले कुनै अर्थ नराख्ने भएकाले आफ्नो तलब भत्ता शिक्षामा खर्च गर्ने उनले बताए । 'अझै पनि दलित र गरिबका छोराछोरीहरु स्कुल पढ्न जान सकेका छैनन्', भण्डारीले भने, 'सभासद भए वापत मैले जति तलब र भत्ता पाउने छु, एउटा कोष बनाएर सबै यहाँका दलित र गरिबका छोराछोरी पढाउन खर्च गर्ने छु ।' चुनाव जित्ने धनी बन्दै जाने र भोट दिएर जिताउने गरिब बन्दै जाने संस्कृतिले राजनीतिमा नयाँ पुस्ताको बितिष्ण बढेको उनले बताए । अब त्यस्तो संस्कारको अन्त्य गर्नुपर्नेमा उनले जोड द

परीक्षा नियन्त्रकमा द्वारे नियुक्त

१४ मंसिर, काठामाडौं । शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक कार्यालय, सानोठिमीको नियन्त्रकमा सहसचिव विष्णुबहादुर द्वारेलाई नियुक्त गरेको छ । यसअघिका नियन्त्रक खगराज बराल शिक्षा मन्त्रालयमा सरुवा हुनुभएको छ । द्वारे यसअघि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक हुनुहुन्थ्यो । रिक्त निर्देशकमा नयाँ नियुक्ति भएको छैन । शिक्षा मन्त्रीस्तरीय निर्णयअनुसार भएको सरुवालाई नियमित प्रक्रियाका रुपमा लिइएको छ । सामान्यतः एक जना नियन्त्रकले एक वर्षको परीक्षाको कार्य सम्पादन गराउने र त्यसपछि सरुवा गर्ने प्रचलन छ । बिहीबार बसेको परीक्षा नियन्त्रण बोर्डको बैठकले यस वर्षको प्रवेशिका परीक्षाका आगामी चैत ६ गतेदेखि हुने निर्णय गरेपछि नयाँ नियन्त्रक नियुक्त हुनुभएको हो । निवर्तमान नियन्त्रक बरालले यस सरुवालाई आफूले नियमित र सामान्य प्रक्रियाका रुपमा लिएको बताउनुभयो । रासस

शिक्षक सेवा आयोगद्धारा प्रकाशित पश्चिमाञ्चल विकास क्षेत्रको माध्यमिक तहको नतिजा (विषय ः सामाजिक)

प्रकाशित मितिः २०७० मंसिर १४ गते जिल्ला ः पर्वत विषय ः सामाजिक वि.नं. १०५१÷०६९–७० खुला माग पदसंख्या ः ३ लि.प.मा सम्मिलित संख्या ः १४१ नाम, थर शालिकराम शर्मा हरिप्रसाद तिवारी भूमिराज शर्मा कृष्णप्रसाद सापकोटा विष्णुकुमारी शर्मा वि.नं. १०५२÷०६९–७० महिला माग पदसंख्या ः १ नाम, थर सरीता शर्मा यमुना शर्मा भुसाल डिलकुमारी शर्मा(सुवेदी) जमुनाकुमारी आचार्य शनिसरा थापा विष्णुकुमारी शर्मा वि.नं. १०५५÷०६९–७० आदिवासी÷जनजातिमाग पदसंख्या ः १ नाम, थर हर्कबहादुर गुरुङ रिकबहादुर पुन शनिसरा थापा निराकुमारी श्रेष्ठ भगवती पुन

शिक्षक सेवा आयोगद्धारा प्रकाशित पश्चिमाञ्चल विकास क्षेत्रको माध्यमिक तहको नतिजा( विषय ः नेपाली)

प्रकाशित मितिः २०७० मंसिर १४ गते विषय ः नेपाली जिल्ला ः पर्वत वि.नं. १०११÷०६९–७० खुला माग पदसंख्या ः ५ लि.प.मा सम्मिलित संख्या ः २९८ नाम, थर गोपाल प्रसाद भूसाल प्रकाश शर्मा चन्द्रकला सुनार लक्ष्मण शर्मा रिता चपाई वासुदेव शर्मा गङ्गा कुमारी शर्मा वि.नं. १०१२÷०६९–७० महिला माग पदसंख्या ः १ नाम, थर चन्द्रकला सुनार  रिता चपाई कल्पना पौडेल (पोखरेल)  लक्ष्मी शर्मा लक्ष्मी पौडेल गङ्गा कुमारी शर्मा वि.नं. १०१५÷०६९–७० आदिवासी÷जनजाती माग पदसंख्या ः १ क्र.सं. रोनं. नाम, थर  हिमा कुमारी थापा  हिकमत रोका चन्द्र कुमारी गुरुङ्ग वि.नं. १०१६÷०६९–७० मधेशी माग पदसंख्या ः १ क्र.सं. रोनं. नाम, थर शिव प्रसाद गुप्ता  राम विश्वास प्रसाद  दिपेन्द्र प्रसाद यादव वि.नं. १०१७÷०६९–७० दलित माग पदसंख्या ः १ क्र.सं. रोनं. नाम, थर चन्द्रकला सुनार  राजु वि.क. ज्ञानु परियार देउ वहादुर विश्वकर्मा

यसवर्षको एसएलसी परीक्षा चैत ६ देखि (तालिका समेत)

काठमाडौँ, मङ्सिर १४ गते ।  यसवर्षको प्रवेशिका (एसएलसी) परीक्षा आगामी चैत ६ गतेदेखि १४ गतेसम्म हुने भएको छ । एसएलसी परीक्षा बोर्डको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।  गतवर्ष भने एसएलसी परीक्षा चैत १ गतेदेखि सुरु भएको थियो ।   क्र.स. विषय  मिति १ अनिवार्य अंग्रेजी   २०७० चैत ६ गते विहीबार २ अनिवार्य नेपाली          ७ गते शुक्रबार ३ अनिवार्य गणित  ९ गते आइतबार  ४ अनिवार्य विज्ञान  १० गते सोमबार ५ अनिवार्य सामाजिक शिक्षा  ११ गते मंगलबार ६ स्वास्थ्य जनसंख्या तथा वातावरण  १२ गते बुधबार ७ ऐच्छिक प्रथम  १३ गते बुधबार  ८ ऐच्छिक द्वितीय  १४ गते शुक्रबार

पश्चिमाञ्चल विकासक्षेत्र माध्यमिक तहको नतिजा मिति २०७० मंसिर १४ गते

शिक्षा विभागमा सबै विद्यार्थीको विवरण कम्प्युटरमा राखिने

प्रकृति अधिकारी, काठमाडौँ, मङ्सिर १३ गते । देशभरिका सबै विद्यालयका सबै विद्यार्थीको नामसहितको विवरण शिक्षा विभागको कम्प्युटरमा देख्न पाइने भएको छ । विद्यार्थी ‘ट्रयाकिङ’ कार्यक्रम अन्तर्गत प्रत्येक सामुदायिक र निजी विद्यालयमा अध्ययनरत प्रत्येक तहका विद्यार्थीको लगत राख्न थालिएको छ । शिक्षा विभागको अनुसन्धान तथा शैक्षिक सूचना व्यवस्थापन शाखाका उपसचिव शंकर थापाले विद्यालय तहको तथ्याँक शुद्धिकरणका लागि यसरी विद्यार्थीको नामनामेसीसहितको लगत राख्न थालिएको जानकारी दिनुभयो । विद्यार्थीको नाम, थर, भर्ना वर्ष, लिङ्ग, कक्षा, थर, बाबु र आमाको नाम, जन्ममिति, अपाँगता, पाएको छात्रवृत्ति र छात्रवृत्तिको किसिम, पूर्व प्राथमिक तहको अनुभव लिएको वा नलिएको लगायतका बारेमा लगत राखिएको छ । उहाँले भर्खरै यसरी नामनामेसी सँकलन गर्न थालिएको र तिनलाई कम्प्युटरमा समेत समावेश गरिँदै गएको जानकारी दिँदै हालसम्ममा पर्वत, दाङ, रुपन्देही, भक्तपुर लगायतका विद्यालयहरुका सबै विद्यार्थीको लगत राखिसकिएको बताउनुभयो । “सबै जिल्लाले केही समयभित्रै सबै लगत उपलब्ध गराइसक्ने छन्” उहाँले भन्नुभयो, “यो आर्थिक वर्षभित्

कक्षा–१२ को मौका परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, १३ मंसिर । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा–१२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परिषद्ले आज (बिहीबार) नतिजा सार्वजनिक गरेको हो । मौका परीक्षामा २५ हजार ७ सय १५ परीक्षार्थी उत्तीर्ण भएका छन् । एक विषयमा अनुत्तीर्णले मौका परीक्षामा सहभागी हुने व्यवस्था छ । गत कात्तिक–९ गते कक्षा–१२ को मौका परीक्षा भएको थियो 

पाँचथरमा शिक्षाको विकृति बढार्दै जिशिअ नेपाल

कृष्ण ओझा १३ मंसिर, पाँचथर । अनियमिततामा संलग्न भएका  एकजना स्रोतव्यक्ति र दुईजना शिक्षिकाहरुलाई जिल्ला शिक्षा कार्यालय पाँचथरले स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण सोधिनेमा खलंगाटार उच्च मावि स्रोत केन्द्रका स्रोतव्यक्ति श्याम जवेगु तथा सुखवोध मावि फिदिमकी शिक्षिका गंगा खरेल र सेसेलुङ प्रावि याङनामकी शिक्षिका सूर्यकला कन्दङवा रहेका छन् । स्रोत व्यक्ति जवेगुले जिशिकाको कार्यादेश विपरित विद्यालय नजिकै पसल खोलेर विद्यालयमा भएको अनियमितता रोक्न नसकेकाले स्पष्टिकरण सोधिएको जिल्ला शिक्षा कार्यालय पााचथरले जनाएको छ । दसैं अघि विद्यालय छाडेर हालसम्म हाजिर नभएकी शिक्षिका गंगा खरेल र अर्की शिक्षिका सूर्यकला कन्दङवाले पटक पटक लापरवाही गरेकोले शिक्षा नियमावलीअन्तर्गत उनीहरुमाथि कारवाही थालिएको जिशिकाले जनाएको हो । ‘तीनैजनालाई लिखित स्पष्टिकरण सोधिएको छ, चित्तवुझ्दो जवाफ दिएर व्यबहारमा सुधार नगरे विभागीय कारवाही गरेर अवकाश दिइने छ ।’ जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो । अवोध वालवालिकाको भविष्य वर्वाद गर्ने अधिकार कसैलाई नभएको बताउादै जिशिअ अधिकारीले पााचथरको शिक्षाक्षेत्रमा र

शिक्षक सेवा आयोगबाट प्रकाशित पश्चिमाञ्चल विकास क्षेत्र नतिजा तथा अन्तर्वाता सम्बन्धी सूचना –माध्यमिक तह

नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वाता सम्बन्धी सूचना शिक्षक सेवा आयोगबाट प्रकाशित भएको तपसिलमा उल्लेखित वि.नं. र तहको स्थायी पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७०।२।९ गते लिइएको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये सिलसिलेवार रुपमा देहायका उम्मेदवारहरुलाई देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने गरी आयोगबाट मिति २०७०।८।१२ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । पश्चिमाञ्चल विकास क्षेत्र –माध्यमिक तह विषय ः नेपाली जिल्ला ः लमजुङ वि.नं. १०११÷०६९–७० खुला माग पदसंख्या ः ३ लि.प.मा सम्मिलित संख्या ः १३४ क्र.सं. रोनं. नाम, थर ज्ञ द्धण्ज्ञण्ज्ञण्ण्ण्छज्ञ रोहित महतो द्द द्धण्ज्ञण्ज्ञण्ण्ण्छघ नवीन रेग्मी घ द्धण्ज्ञण्ज्ञण्ण्ण्टघ रमेश लामिछाने द्ध द्धण्ज्ञण्ज्ञण्ण्ण्टछ संझना चिलुवाल छ द्धण्ज्ञण्ज्ञण्ण्ण्टठ सूर्यकान्त घिमिरे ट द्धण्ज्ञण्ज्ञण्ण्ण्ठड प्रतिमा अधिकारी ठ द्धज्ञज्ञण्ज्ञण्ण्ज्ञण्ण् ओमबहादुर भुजेल थापा वि.नं. १०१

शिक्षक सेवा आयोगद्धारा प्रकाशित पश्चिमाञ्चल विकास क्षेत्र र मध्य पश्चिमको माध्यमिक तहको नतिजा (मिति २०७० मंसिर १३ गते)

विद्यार्थीको आकर्षण शिक्षाशास्त्र संकायमा

अर्घाखाँची मङ्सिर १३ गते ।  उच्चशिक्षा हासिल गर्ने अर्घाखॉचीका विद्यार्थीमध्ये अधिकांश विद्यार्थी शिक्षा शास्त्र संंकायमा आकर्षित भएका छन् । उच्चशिक्षा अध्ययनपछि रोजगारीको समेत ग्यारेन्टी भएका कारण यहाँका विद्यार्थी शिक्षा शास्त्र संकायप्रति आकर्षित भएका हुन् ।  जिल्लामा सञ्चालित पाँचवटा क्याम्पसहरूमध्ये पाणिनि बहुमुखीबाहेकका अन्य सबै क्याम्पसमा शिक्षा शास्त्र संकायको मात्र पठनपाठन हुने गरेको छ । बी.एड.को अध्ययन पूरा गरेपछि सरकारी तथा निजी शिक्षण सङ्घ संस्थाहरूमा शिक्षकको जागिर पाइने भएकोले बी.एड. पढ्न थालेको विद्यार्थी बताउँछन् । जिल्लामा हालसम्म बी.एड. पूरा गरेका विद्यार्थीमध्ये ७५ प्रतिशतभन्दा बढी विद्यार्थी शिक्षण पेसामा आबद्ध छन् ।  बाँकी २५ प्रतिशतमध्ये पनि अधिकांशले कुनै न कुनै किसिमको रोजगारी गर्दै आएको जनाइएको छ । अन्य विषयहरूभन्दा पढ्न सजिलो र पढिसके पछि रोजगारीको लागि पनि सजिलो भएकोले बी.एड.मा विद्यार्थीको चाप बढेको प्राध्यापकहरूको भनाइ छ । अर्घाखाँची जिल्लाको सबैभन्दा जेठो र एकमात्र बहुमुखी क्याम्पस पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तहमा करिब पाँच सय विद्यार्थीले अध्य

अनुगमन नहुँदा विद्यालयमा बजेटको दुरुपयोग

टीकाबहादुर बस्नेत २०७० मंसिर १२ बुधबार दाङ  दाङका विभिन्न सामुदायिक विद्यालयहरुमा वर्षेनी करोडौँ रुपैयाँ बजेट जाने गरे पनि त्यसको खासै सदुपयोग नभएको पाइएको छ । जिल्ला शिक्षा कार्यालय दाङको नियमित तथा प्रभावकारी अनुगमन नहुँदा जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा पठाइने बजेटको सदुपयोग नभएको जिल्लाका सरोकारवालाहरु बताउँछन् । हरेक वर्ष शिक्षा कार्यालयले विभिन्न शीर्षकमा विद्यालयलाई बजेट पठाउँदै आएको छ । कार्यालयका अनुसार विद्यालयमा दिवा खाजा, कम्प्युटर शिक्षा, मुक्तकमलहरी छात्रबृत्ती, बाल विकास केन्द्र अनुदान, छात्रा छात्रबृत्ती, दलित छात्रबृत्ती, माध्यमिक शिक्षा छात्रबृत्ती कार्यक्रमका लागि बजेट पठाउने गरिएको छ । त्यस्तै विद्यालय कर्मचारी अनुदान, अपाङ्ग विद्यार्थीलाई छात्रबृत्ती, भौतिक पुर्वाधार, पाठ्यपुस्तक खरिदलगायतका विभिन्न शीर्षकमा बजेट पठाउने गरिएको जिल्ला शिक्षा कार्यालय दाङका उप–सचिव ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । उहाँले शिक्षा कार्यालयबाट विभिन्न शीर्षकमा छुट्याइएको बजेट विद्यालयको बैंकमा रहेको खातामा निकासा मात्र गर्ने गरेको जानकारी दिनुभयो । ‘हामीले सामुदाय

गाउँका विद्यालयमा छैनन् विद्यार्थी

विमल खतिवडा २०७० मंसिर १२ बुधबार चितवन, मंसिर १२ - गाउँमा रहेका सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम छ । विद्यार्थी संख्या घट्ने क्रम रोकिएको छैन । प्राथमिक तहमा भन्दा माध्यमिक तहका विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । त्यसमा पनि चेपाङहरूको बसोबास रहेको गाविसमा विद्यार्थीको संख्या न्यून छ । चितवनका ९ वटा पहाडी गाविसमा चेपाङको बसोबास छ । तर ती गाविसमा एसएलसी दिन नपाउँदै विद्यालय छाड्ने चेपाङ विद्यार्थीको संख्या बर्सेनि बढ्दो छ । शिक्षा कार्यालयको अगुवाइमा गाविस र नगरपालिकालाई साक्षरता घोषणा गर्ने अभियान जारी रहे पनि गाउँमा यो अभियान चल्न सकेको छैन । आधारभूत कक्षा (१-८) मा भने विद्यार्थीको संख्या उच्च छ । शिक्षा कार्यालयका अनुसार मावि तहमा अध्ययन गर्ने चेपाङ विद्यार्थीको संख्या ४ सय २९ छ । त्यस्तै आधारभूत कक्षामा ७ हजार ७ सय ५ जना विद्यार्थी छन् । यो अघिल्लो वर्षको तथ्यांक भए पनि मावि तहमा विद्यार्थीको संख्या कमी रहेको शिक्षा कार्यालयका कार्यक्रम शाखा प्रमुख कृष्ण पौडेलले बताए । प्राथमिक तहका विद्यालय नजिक भए पनि मावि तहका विद्यालय पुग्न २ घन्टा बढी पैदल हिँड्नुपर्छ

मुक्तिमार्ग उमावि अब मुक्तिमार्ग क्याम्पस बन्यो

म्याग्दी, २०७० मंसिर १२ । म्याग्दीको घार गाविसमा क्याम्पस तहको पठनपाठन हुने भएको छ । घारमा रहेको मुक्तिमार्ग उच्च माविको स्तरवृद्धि गरि मुक्तिमार्ग क्याम्पस सञ्चालन गरि क्याम्पस तहको पठनपाठन सुरु गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र अन्र्तगत अंग्रेजी र नेपाली विषयमा पठनपाठन गर्ने गरि स्विकृत लिएर क्याम्पस तहको पठनपाठनका लागी क्याम्पस सञ्चालन गरेको प्राचार्य ठकराज बरुवालले जानकारी दिए । बरुवालका अनुसार यसै शैक्षिक सत्र देखी स्नातक तहमा शिक्षा शास्त्र संकायमा अंग्रेजी र नेपाली विषयमा पठन पाठन हुने गरि विद्यार्थीहरुलाई भर्ना लिईरहेको छ । गाउँमै क्याम्पस तहको पठनपाठन हुनेभएपछी स्थानियबासी उत्साहित बनेका छन, प्राचार्य बरुवालले भने आर्थिक अवस्था कमजोर भएका कारण शहरबजार सम्म पुगेर अध्ययन गर्नबाट बन्चित भएकाहरुलाई ठुलो राहत मिलेको छ ।’ घारमा क्याम्पस सञ्चालनका लागी २०६६ साल चैत्र महिनामा आयोजना गरेको महायज्ञबाट १ करोड २७ लाख रकम समेत संकलन गरिएको थियो । तत्कालिन अवस्थामा क्याम्पस सञ्चालनको लागी त्रिविले अनुमती नदिएपछी क्याम्पस सञ्चालनको काम रोकिएको थियो । वि.स.

भवन भत्किए पछि खुल्ला आकाश मुनी विद्यार्थी

प्रेम सुनार, गुल्मी, १२  मंसिर । चार महिना अघि भवन भत्कीए पछि गुल्मी छापाहिलेको एक विद्यालयका विद्यार्थी खुल्ला आकाश मुनी बसेर पढ्न बाध्य भएका छन् । छापाहिले गाविस वडा नम्वर ६ मा रहेको छापाहिले प्रस्तावित माध्यामिक विद्यालयका विद्यार्थी यस्तो समस्यामा परेका हुन् । भदौ ८ र ९ गतेको अविरल वर्षा संगै बगेको पहिरोले भवन भत्कीए पछि कक्षा १ देखि ५ सम्मका विद्याथीहरुलाई चौरमा राखेर पढाउने गरिएको प्रधानध्यापक श्यामलाल गिरीले बताए । स्थानियवासी समेत रहेका अनेरास्ववियुका जिल्ला अध्यक्ष ओम कार्कीले भवन भत्कीन साथ विद्यालयको बैठक बसी जिल्ला शिक्षा कार्यालयमा पुनर निर्माणका लागि निवेदन दिएको बताए । उनले आगामी वजेट वितरणमा सो कार्यालयले सम्वोधन गर्ने विश्वास ब्यक्त गरे । प्रधानध्यापक गिरीका अनुसार २०१८ सालमा त्यहाँको काफल पानी गाउँबाट सुरु गरिएको विद्यालय सागवारीमा २०५४ सालमा सो भवन गुल्मी अर्घाखाँची ग्रामिण विकास परियोजना (गार्डेप ) ले निर्माण गरी दिएको थियो । उपयुक्त जमिनको अभावमा करिव १५ मिनेट दुरीको अभावमा सो विद्यालयका दुई वटा भवन रहेको मध्ये भत्कीएको भवन तर्फको शौचालय समेत जिर्ण बनेर प

शैक्षिक सामग्री पाएपछि विद्यार्थी दंग

२०७० मङि्सर १२, बुधबार फिदिम: गीत गाउन सोखिन पाँचथरको फिदिमस्थित गडी माध्यामिक विद्यालयमा अध्ययनरत विशेष शिक्षा कार्यक्रमका दृष्टिविहीन छात्रछात्रा गोर्खा वेलफेयर सेन्टरबाट वाद्यवादनका सामग्री पाएपछि दंग परेका छन्। दुई महिनाअघि फिदिम आएको समयमा उक्त विद्यालयमा पुगेका पूर्वगोर्खा आर्मीका परिवारहरूको संस्था साफाका पदाधिकारी त्यहाँका छात्रछात्राले गीत गाएको सुनेर प्रभावित भएका थिए। उनीहरूको प्रतिभाबाट प्रभावित भएर संस्थाले विभिन्न किसिमका वाद्यवादन सामग्री पठाएको हो। सोमबार आयोजित कार्यक्रममा गोर्खा वेलफेयरका लेप्टिनेन्ट कर्नेल रिडम्यानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी लावतीलाई सामग्री हस्तान्तरण गरे। त्यसपछि लावतीले दृष्टिविहीन छात्रछात्रालाई वाद्यवादनका सामग्री पनि हस्तान्तरण गरे। हार्मोनियम, गितार, कंगो, मादलसहित संगीत कक्षामा प्रयोग हुने सामग्री छन्। वाद्यसामग्री पाएपछि दंग परेका छात्रछात्राले वेलफेयरबाट प्राप्त सामग्री बजाउँदै गीत गाएर वेलफेयरका प्रतिनिधि र आगन्तुकलाई सुनाएका थिए। ‘गीत रचना गर्न र गाउने सोख भएर पनि सामग्रीको अभावमा खुम्चेका थियौं। अब भने

समयमा शिक्षाका मुद्दा नटुंगिदा पठनपाठन प्रभावित

२०७० मंसिर १२ बुटवल : रूपन्देहीको मर्चवार क्षेत्रस्थित सेमरी सामुदायिक विद्यालयका अध्यक्ष शम्भु यादव र प्रधानाध्यापक अव्दुल रहमानबीचको झगडासम्बन्धी मुद्दा तीन वर्षसम्म पनि किनारा लागेको छैन। दुईबीचको द्वन्द्वले विद्यालय नै विघटन हुने अवस्था आएपछि केही महिनाअघि जिशिकाले रहमानलाई अर्को विद्यालयमा सरूवा गरेको थियो। अध्यक्ष यादव नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्वनमा परेका छन्। पूर्वप्रअ रहमानले सरुवा भई अर्को विद्यालयमा गइसके पनि सेमरी माविको सम्पत्ति र कागजात बरबुझारथ गरेका छैनन्। यस विषयमा जिल्ला शिक्षा कार्यालय (जिशिका) मौन छ। पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा भएको भ्रष्टाचारका प्रमाण खुल्ने डरले रहमानले बुरबुझारथ नगरेको आरोप यादवले लगाएका छन्। त्यसैगरी सिलौटीया गाविसको जनता उच्च माविका शिक्षक सन्तराम प्रसाद गुप्ताको ६ लाख रूपैयाँभन्दा बढीको बेरुजु सम्वन्धी मुद्दा पनि लामो समयदेखि टुंगिन सकेको छैन। जिल्ला शिक्षा कार्यालय रूपन्देहीमा दैनिक सरदर चारवटा विभिन्न प्रकृतिका यस्ता मुद्दा दर्ता हुने गर्छन्। यसले कार्यालयको नियमित का

बाँकेका अधिकांश बिद्यालय अपाङ्गमैत्री छैनन्

नेपालगन्ज, मंसिर १२ गते । बा“केका अधिकांश बिद्यालय अपाङ्गमैत्री नभएको पाईएको छ । जिल्ला शिक्षा अनुगमन समितिले बाँकेका ५ वटा विद्यालयमा गरेको अनुगमनका क्रममा ति विद्यालयहरु अपाङ्गमैत्री नभएको पाईएको हो । सरकारले समाहित शिक्षाको अवधारणा अख्तियार गरेपनि त्यसको व्यवहारिक कार्यान्वयन बा“केमा हुन नसकेको अनुगमन समितिले ठहर गरेको छ । विद्यालयका भौतिक संरचनाहरुमा र्याम्प नभएको, शौचालयपनि अपाङ्गमैत्री नभएको पाईएको समितिले जनााएको छ । “बिद्यालयको भौतिक संरचनादेखि शिक्षण सिकाई प्रक्रियापनि अपाङ्गमैत्री नभएको पाईयो” अनुगमनपछि राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष एकदेव पन्थिले भन्नुभयो “कैंयौ विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरुको तथ्याङक समेत छैन ।”  अधिकांश विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरुले छात्रबृत्ति समेत नपाएको पाईएको पन्थिको भनाई छ । अपाङ्गता भएका बालबालिकाहरुको परिचयपत्र नहु“दा छात्रबृत्ति उपलब्ध गराउन नसकिएको सम्बन्धित विद्यालयका प्रधानध्यापकहरुले वताएका छन् ।  त्यसक्रममा जिल्ला शिक्षा कार्यालय बा“केका योजना अधिकृत मनप्रसाद रेग्मीले छात्रबृत्तिका लागि कार्यालयले कुनै कसुर बा“की

शिक्षक सेवा आयोगद्धारा प्रकाशित मध्यपश्चिमाञ्चल विकास क्षेत्रको नतिजा–माध्यमिक तह

मिति २०७० मंसिर १२ गतेको गोरखापत्रमा प्रकाशित

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वाता सम्बन्धी सूचना

नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वाता सम्बन्धी सूचना शिक्षक सेवा आयोगबाट प्रकाशित भएको तपसिलमा उल्लेखित वि.नं. र तहको स्थायी पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७०।२।९ गते लिइएको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये सिलसिलेवार रुपमा देहायका उम्मेदवारहरुलाई देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने गरी आयोगबाट मिति २०७०।८।१० गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । (पिडिएफको समस्याले गर्दा सिनं कन्भर्ट गर्न सकिएन ।  नाम मात्र हेर्न सक्नु हुनेछ ।) तह ः माध्यमिक विषय ः नेपाली जिल्ला ः कैलाली माग पदसंख्या ः २ लि.प.मा सम्मिलित संख्या ः२४३ वि.नं. १०११÷०६९–७० खुला क्र.सं. रोनं. नाम, थर ज्ञ ठघज्ञण्ज्ञण्ण्ण्ज्ञड शान्ती कुमारी भट्ट द्द ठघज्ञण्ज्ञण्ण्ण्घछ खगेन्द्रप्रसाद उपाध्याय घ ठघज्ञण्ज्ञण्ण्ज्ञघट दुर्गा उपाध्याय द्ध ठघज्ञण्ज्ञण्ण्द्दद्धट देवराज भट्टराई वि.नं. १०१२÷०६९–७० महिला माग पदसंख्या ः १ क्र.सं. रोनं. नाम, थर ज

शिक्षक सेवा आयोगले शिक्षक परीक्षाको नतिजा प्रकाशन गर्न शुरु

नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वाता सम्बन्धी सूचना शिक्षक सेवा आयोगबाट प्रकाशित भएको तपसिलमा उल्लेखित वि.नं. र तहको स्थायी पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७०।२।९ गते लिइएको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये सिलसिलेवार रुपमा देहायका उम्मेदवारहरुलाई देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने गरी आयोगबाट मिति २०७०।८।१० गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तह ः माध्यमिक विषय ः नेपाली जिल्ला ः कैलाली माग पदसंख्या ः २ लि.प.मा सम्मिलित संख्या ः२४३ वि.नं. १०११÷०६९–७० खुला क्र.सं. रोनं. नाम, थर ज्ञ ठघज्ञण्ज्ञण्ण्ण्ज्ञड शान्ती कुमारी भट्ट द्द ठघज्ञण्ज्ञण्ण्ण्घछ खगेन्द्रप्रसाद उपाध्याय घ ठघज्ञण्ज्ञण्ण्ज्ञघट दुर्गा उपाध्याय द्ध ठघज्ञण्ज्ञण्ण्द्दद्धट देवराज भट्टराई वि.नं. १०१२÷०६९–७० महिला माग पदसंख्या ः १ क्र.सं. रोनं. नाम, थर ज्ञ ठघज्ञण्ज्ञण्ण्ण्ण्ठ गायत्री कुमारी मिश्र द्द ठघज्ञण्ज्ञण्ण्ण्ज्ञड शान्ती कुमारी भट