Skip to main content

Posts

Showing posts from September, 2014

ज्ञानप्रकाश उमावि दानाको सहयोगका लागि यूकेमा कार्यक्रम

हरिकृष्ण गौतम म्याग्दी,  १५ असोज ‘संसार कै गहिरो अन्धगल्छी, दाना हाम्रो गाउँ, ज्ञानप्रकाश उच्च मावि बचाँयौ’ भन्ने नाराका साथ उत्तरी म्याग्दीको दाना गाविसमा अवस्थित ज्ञानप्रकाश उच्च माविकौ शैक्षिक तथा भौतिक पुर्वाधार जुटाउन बेलायतको लण्डनमा च्यारेटी कार्यक्रम भएको छ । बेलायतमा बसोबास गर्ने दानाका जेष्ठ नागरिक हस्त बहादुर पुर्जाले भुमे पुजा गरी कार्यक्रमको उद्घाटन गरेका थिए । दाना सेरोफेरो समाज यूकेले गरेको कार्यक्रममा गाउँमा रहेको उच्च माविको अवस्था र च्यारेटीको बारेमा संयोजक कृष्ण तुलाचनले जानकारी गराएका थिए । समाजका कोषाध्यक्ष मनबहादुर गर्बुजाको आर्थिक ब्यवस्थापनमा भएको कार्यक्रममा च्यारेटी संयोजक तुलाचान द्धार रचित ‘हाम्रो दाना गाउँ’ गित समेत प्रस्तुत गरिएको थियो । समाजका अध्यक्ष बलबहादुर पुर्जाको सभापत्तित्व, कृष्ण पुनको स्वागत, समाजका सचिव भिम पुर्जाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न कलाकारले दोहोर नृत्य,नौमती बाजासँगै जिल्लाको पुराना कला र संस्कृति समेत प्रस्तुत गरिएको थियो। च्यारेटीबाट विद्यालयको संस्थागत विकासका लागि करिव ९५ लाख संकलन भएको च्यारेटी संयो

स्रोत व्यक्तिको काम प्रभावहीन

काठमाडौ, आश्विन १५ - नुवाकोटको त्रिशूली स्रोतअन्तर्गतका विद्यालयमा गत वर्ष भवन निर्माण, मर्मतमा झन्डै ५० लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसमा एउटा विद्यालय पूर्ण निर्माण गर्न २४ लाख रुपैयाँ थियो । २ कोठे भवन निर्माणमा सात लाख २५, थप ७ विद्यालयमा मर्मत सम्भारको १२ लाख, ६ विद्यालयमा १ लाखको दरले मर्मतका लागि बजेट विनियोजन गरेको थियो । तर स्रोत केन्द्रले कुनै पनि योजनाको अनुगमन गरेको पाइएन । स्रोत केन्द्रको काम प्रभावकारी भए/नभएको शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले अनुगमन गर्दा यस्तो पाइएको हो । त्यस्तै, स्रोत केन्द्रले विद्यालयमा गएको अनुदानको सही सदुपयोग भए/नभएको पनि अनुगमन गरेको छैन । 'विद्यालय मर्मत सम्भार र भवनको सुरुदेखि अन्तिमसम्म गएर अवलोकन गरेकै हो,' स्रोत व्यक्ति धु्रवराज डोटेलले भने, 'तर डकुमेन्टेसन गर्न मात्रै नसकेको हो ।' उनको स्रोत केन्द्रमा सामुदायिक ४३, निजी २१ विद्यालय छन् । ईआरओले दोलखाको हनुमन्ते उच्च मावि स्रोत केन्द्रको पनि अध्ययन गरेको थियो । यसमा पनि विद्यालयमा गएको अनुदान, भौतिक निर्माण भए/नभएको अनुगमनले देखाएको छ

शिक्षकलाई तलब थाप्न सास्ती

जाजरकोट, आश्विन १४ - जगत निमावि मैनाका प्रधानाध्यापक दुर्गालाल मण्डल तलब थाप्न सदरमुकाम बसेका छन्। फूलपाती आउनै आँट्दा पनि तलब थाप्न नपाउँदा सप्तरी ४, कटैया निवासी मण्डलको दसैं बाटामै बित्ने भएको छ। त्यस्तै थर्पू माध्यमिक विद्यालय ढिमेका प्रधानाध्यापक सुवानन्द चौधरीले पनि तलब थाप्न पाएका छैनन्। उनीहरूजस्तै यहाँका सयौं शिक्षक तलब थाप्न सदरमुकाम अडकएको साता बितेको छ। दसैं पर्व मनाउन त कता हो उनीहरूलाई तलब थाप्न नै मुस्किल भएको हो। जिल्ला शिक्षाले तलब ढिलो निकासा छोड्दा र सरकारी कारोबार गर्ने एउटा मात्र नेपाल बैंक लिमिटेड शाखामा हुने भिडभाडले शिक्षकलाई तलब थाप्न सास्ती भएको हो। आइतबारदेखि शिक्षकको बैंकमा चेक साट्न भिड लाग्न थालेको छ। दसैं पर्व सुरु भएको पाँच दिन बित्यो। तर यहाँका आधा शिक्षकले तलब पाउन सकेका छैनन्। उनीहरूको बैंकमा दैनिक भिड लाग्ने गर्छ। उनीहरूले खातामा तलब जम्मा गर्न, सञ्चयकोष जम्मा गर्न र मनी ट्रान्सफर गर्नसमेत पालो पाउन सकेका नसकेको बताए। 'तलब लिन सदरमुकाम कुरेका छौं, घर कहिले पुग्ने हो थाहा छैन। दसैं बाटामै बित्ला भन्ने चिन्ता भो। घर परिवारका सदस्य आत्तिएका छन

कुन जिल्लामा कति स्वीकृत शिक्षक दरबन्दी ? हेर्नुहोस्

स्रोत ः शिक्षा बिभाग

विदेशीलाई स्थायी शिक्षक नियुक्ति

काठमाडौ, आश्विन १५ - शिक्षक सेवा आयोगले 'नेपाली नागरिकताका आधारमा' भन्दै विदेशीलाई स्थायी शिक्षकमा नियुक्ति दिएको छ । आयोगले गत वर्ष शिक्षक पदपूर्तिका निम्ति लिएको परीक्षामा सोलुखुम्बुका शिक्षण गर्दै आएका हेमन्तकुमार सिंहलाई स्थायी नियुक्ति दिएको हो । उनी अंग्रेजी विषय शिक्षकका रूपमा छनोट भएका हुन् । सिंहलाई नियुक्ति दिने आयोगको निर्णयविरुद्ध उजुरी परेको तीन महिनापछि सोमबार नियुक्ति दिने निर्णय गरेको हो । सिंह भारतको पुणिर्या जिल्लाका नागरिक हुन् । उनले २०६३ माघमा सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट च्यानम-६ ठेगानामा पत्नी रीता शर्माको तर्फबाट अंगिकृत नागरिकता प्राप्त गरेका छन् । नेपाली नागरिकता लिए पनि भारतीय नागरिकता त्यागे/नत्यागेको बारेमा भने प्रमाण जुटाइएको छैन । सिंहले २०४९ देखि नेचाबतासेस्थित हिमाल दर्शन उच्चमाविमा अस्थायी अध्याप गर्दै आएका छन् । प्रावधानअनुसार नागरिकताको प्रमाणपत्रका आधारमा मात्र अध्यापन अनुमतिपत्र -शिक्षक लाइसेन्स) लिन सक्छ । सिंहले नागरिकताको प्रमाणपत्रबिना नै शिक्षक सेवा आयोगबाट २०६२ सालमा स्थायी अध्यापन अनुमतिपत्र लिएको पाइएको छ । उनी २०४९ स

रुपन्देहीमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

सुरेन्द्र परियार १४ , असोज  अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति रुपन्देही को आयोजना मा आज ( मंगलबार ) शिक्ष ्ँक सेवा आयोग द्धारा रुपन्देही हालै स्थायी रुपमा नवनियुक्त संगठनमा आबद्ध शिक्षक तथा शिक्ष्ँिकाहरुलाइ शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  सो अबशरमा बोल्दै अखिल नेपाल शिक्षकसंगठन का केन्द्रिय बरिष्ठ उपाध्यक्ष्ँ घनश्याम पाठकले हाल नेपालमा सबैभन्दा सचेत र क्रियाशिल संगठन अखिल नेपाल शिक्षक संगठन भएको भन्दै अब अरु सबै शिक्षक संगठनहरु एक भएमा शिक्षकहरुका हक अधिकार हरु सुनिश्चित हुने बताउनुभएको छ । उहाले हालै सम्पन्न शिक्ष्ँक सेवा आयोग बाट स्थायी रुपमा नियुक्ति हुने शिक्ष्ँक हरुलाइ बधाइ तथा शुभकामना दिदै आफ्नो संगठन बाट धेरै शिक्षक हरु स्थायी नियुक्ति भएको जिकिर गर्नुभयो ।   नेकपा माओवादी जिल्ला इन्चार्ज बसन्त श्रेष्ठ ले संगठन बाट रुपन्देही मा स्थायी नियुक्ती हुने सबै शिक्षक हरुलाइ आगामी कार्यकाल को शुभकामना दिदै पार्टीको आगामी कार्यदिशाबारे प्रस्ट्याउनुभएको थियो ।   कार्यक्रम मा शिक्ष्ँक सेवा आयोग द्धारा रुपन्देहीमा स्थायी नियुक्ती सो संगठन का करिब ४० जन

यस्तो छ दसैंमा विद्यार्थीको योजना

विनीता मरहट्टा यतिखेर  दसैंको वातावरणले सबैलाई छोइसकेको छ।लामो बिदा हुने भएकाले विद्यार्थीका लागि पनि दसैं रमाइलो चाड मानिन्‍छ। अध्‍ययन अनि गृहकार्यको तनावबाट मुक्ति पाइने हुनाले यो मौकामा विद्यार्थी आआफ्‍ना रुचि र योजनाअनुसार रमाइलो गरी बिताउने गर्छन्। दसैं बिदालाई विद्यार्थीले कसरी सदुपयोग गर्छन् त ?  साथीसँग घुम्छु  केबल केसी  होटल म्यानेजमेन्ट, नाथम कलेज   दसैंमा प्राय: आफन्तसँग भेटघाट हुन्छ, म पनि आफ्नो परिवारसँगै भेटघाटमा सामेल हुन्छु। काठमाडौंको बासिन्दा भएकाले बाहिर जाने उत्सुकता हुँदैन। केही किनमेल गर्छु, यतैतिर साथीहरूसँग घुम्छु। बिदाको समयमा खेल्न धेरै पाइन्छ। शनिबार साथीहरूसँग क्रिकेट, टेबल टेनिस खेल्छु। चंगा उडाउँछु। चाडपर्वको छुट्टीमा त्यति पढ्न मन लाग्दैन। लामो छुट्टी हुने भएकाले एकदमै रमाइलो लाग्छ। खेल्ने, खाने, घुम्ने र भेटघाट गरेर छुट्टी बिताउँछु।    अलिअलि पढ्छु  प्राप्ति खड्का बिबिए दोस्रो सेमिस्टर, लिटिल एन्जल्स)    दशैंको सबैभन्दा मन पर्ने कुरा नै किनमेल हो। यसपाली धेरै किनमेल गर्ने योजना छ। ममि, ड्याडी, बहिनी सबै मिलेर किनमेल गर्न जान्छौं।

विद्यालयका शिक्षकलाई सुचनाप्रविधि तथा प्याड निर्माण तलिम

धादिङ, १४ असोज  धादिङ्गको थाक्रे, भुमेस्थान, गोगनपानी तथा तसर्पुका शिक्षकहरुका लागि सामुदायिक विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने उद्धेश्यका साथ २ दिने सुचना प्रविधि तथा मिन्सुरेशन प्याड निर्माण तालिम शुक्रवारबाट भुमेस्थान गाविस कार्यालयमा शुरुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङ ११ नं. इलाका समितिले आयोजना गरेको शिक्षक तालिम तथा प्रशिक्षण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय महासचिव लक्ष्मण शर्माले वर्तमान समयमा शिक्षकहरुको पेशागत सुरक्षा, रणनीति तथा भावि योजनाको बारेमा शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको थियो । साथै विद्यालयमा कसरी सुचना प्रविधिको प्रयोग बढाउने र यसका लागि शिक्षकको के दायित्व छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।  सोही कार्यक्रमको अर्को सत्रमा विद्यालयका छात्रा विद्यार्थीहरुको महिनावारी समयमा हुने अनुपस्थिति दरमा कमि गर्ने र शैक्षिक क्षती कम गर्ने तथा सुरक्षित र सजिलो मिन्सुरेसन प्याड निर्माण गर्न सिकाउने लक्ष्यका साथ शिक्षकहरुलाई मिन्सुरेसन प्याड निर्माण तालिम दिइएको थियो । तालिममा सवै शिक्षकहरुलाई प्याडको म

कृति विमोचनसहित शुभकामना आदानप्रदान

पर्वत, १४ असोज पर्वत साहित्य सङ्गमको आयोजनामा विजयादशमी २०७१ को अवसर पारेर दुईवटा कृति विमोचन सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।  स्रष्टा ईश्वर सत्यको कविता संग्रह ‘उदय’ र नवप्रतिभा विष्णु शर्माको गजल संग्रह ‘नयन’ को सोही अवसरमा विमोचन गरिएको थियो । कृतिको संयुक्तरुपमा विमोचन गर्दै प्रमुख अतिथि सहप्राध्यापक लक्ष्मीप्रसाद शर्मा र विशिष्ठ अतिथि साहित्यकार शान्तिनारायण श्रेष्ठले युवा सर्जकहरुको साहित्य क्षेत्रको  आगमनले पर्वत जिल्लाको साहित्यलाई माथि उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । विमोचित कृतिमाथि युवा समीक्षक जगन्नाथ पौडेल ‘नूतन’ ले टिप्पणी गरेका थिए । कृति सिर्जना गर्दा भएका अनुभूतीहरुका बारेमा स्रष्टा ईश्वर सत्य र बिष्णु शर्माले बोलेका थिए ।  कार्यक्रममा विभिन्न बक्ताहरुले आ–आफ्ना साहित्यिक सिर्जना प्रस्तुत गर्नुका साथै विजयादशमीको उपलक्ष्यमा परस्परमा शुभकामना आदानप्रदान गरेका थिए । यसरी रचना सुनाउने तथा शुभकामना आदानप्रदान गर्नेहरुमा बाबुराम सुवेदी, डीआर शर्मा, लेखनाथ उपाध्याय, सरस्वती भण्डारी ‘बिन्दु’, सरस्वती शर्मा ‘जिज्ञाशु’, खेमराज शर्मा, ठ

प्राविधिक शिक्षामा आकर्षण घट्दै

इलाम,  असोज १४ गते  । जिल्लाकै एक मात्र प्राविधिक शिक्षा पढाइ हुने जितपुर उच्चमाध्यमिक विद्यालयमा कृषि प्राविधिक पढ्ने विद्यार्थी सङ्ख्या घट्दै गएको छ ।  चालीसजनाको कोटा रहे तापनि पहिलो वर्ष ३४ र दोस्रो वर्ष २० जना भर्ना भएका थिए । ३४ मध्ये २८ जनाले उत्तीर्ण गरेका थिए । दोस्रो वर्ष २० भर्ना भएकामा १३ जनाले परीक्षा दिइसकेका छन् । अहिले तेस्रो वर्षको भर्ना सुरु भएको छ ।  यसअघि एसएलसी पास गरेकाले मात्र पढ्न पाइने प्राविधिक शिक्षा अहिले आएर एसएलसी फेल भएकाले पनि पढ्न पाउने व्यवस्था छ तर विद्यार्थीले नबुझेको हो कि पढ्ने रहर नगरेको हो । “दुईपटक आवेदन खोल्दासमेत आठजना मात्र भर्ना भएका छन्”–प्राचार्य खडानन्द अधिकारीले भन्नुभयो–“गाउँमै प्राविधिक शिक्षा पढ्न पाउँदा कोटाभन्दा बढी हुनुपर्ने तर प्राविधिक शिक्षाको महत्व नबुझेकाले विद्यार्थी सङ्ख्या बढाउन सकिएन ।”  विद्यालयले साउन १७ गते यस वर्षको प्रवेश परीक्षा लिएकामा आठजना उत्तीर्ण भई भर्ना भएका छन् । असोज ७ गते दोस्रोपटकको प्रवेश परीक्षा लिँदा १५ जना सहभागी भए पनि उनीहरू भने भर्ना भइनसकेको विद्यालयले जनाएको छ ।  प्राविधिक शिक्षा तथा

लोक सेवा आयोग सामान्य ज्ञान प्रश्नोत्तर 3

के तपाईंलाई थाहा छ? ...दक्षिण एसियामा नै राजनीतिमा सबैभन्दा बढी महिला सहभागिता रहेको देश नेपाल हो । ...सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ । ...सगरमाथामा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हो । ...२०१८ फिफा विश्वकप रसियामा आयोजना हुँदैछ । ...संयुक्त्त राष्ट्र संघको स्थापना २४ अक्टुबर १९४५ मा भएको थियो । ...नेपालमा ३९१५ गाविस तथा १३० नगरपालिका छन ।(७२ नगरपालिका २०७१ बैशाख २६ गते थप गरिएको ) अमेरिकाले नेकपा माओवादीलाई आतंककारी को सूची बाट २०६९ भदौं २१ गते हटायो । # नेपालको तातोपानी सुख्खा बन्दरगाहको शिलान्यास ०६९ पौष ५ गते भएको थियो ! # नेपालमा सबभन्दा पछिल्लो पटक सडक पुगेको सदरमुकाम मुगु(गमगढी) र मनाङ(चामे) हो । # नेपालमा औपचारिक होमस्टेटको व्यवस्था वि.स. २०६७ भदौं १ गते देखि गरियो । # नेपाल सस्तो होटलहरुको हिसाबले विश्वको दोस्रो स्थानमा पहिलो स्थानमा जाम्बिया हो । # नेपालसंग दोहोर ो कर मुक्त राष्ट्रहरुको संख्या १० पुगेको छ । # UNEP को अन्तराष्ट्रय स्तरको वातावरण सम्बन्धि पुरस्कार "Global-500&quo

लोक सेवा आयोग सामान्य ज्ञान प्रश्नोत्तर 2

Group A 1. बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना को विद्युत उत्पादन क्षमता कति हुनेछ ?? उत्तर = ९०० मेगावाट 2. कुन किसिमको विदामा बसेको अवधि काम गरेको अवधिमा गणना हुदैन ?? उत्तर = बेतलबि विदा 3. पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तक कुन संस्थाले मुद्रण र वितरण गर्दछ ?? (वि.नि./ प्रा.स.) उत्तर = जनक शिक्षा सामग्री केन्द्र लिमिटेड 4. गोलाको पुरा सतहको क्षेत्रफल निकाल्ने सुत्र कुन हो ?? उत्तर = 4πr² 5. एक हर्स पावरमा कति वाट हुन्छ ?? उत्तर = ७४६ वाट 6. वायुमण्डलमा ओजनतह कहाँ रहेको हुन्छ ?? उत्तर = समतापमण्डल 7. मारियाना ट्रेन्चको गहिराई कति छ ?? उत्तर = ११,७७६ मिटर 8. मानव विकास सुचकाङ्क मध्ये एक कुन हो ?? उत्तर = Life expectancy 9. पहिलो वैज्ञानिक जनगणना कहाँ लिइएको थियो ?? उत्तर = बेबिलोनिया 10. पानिको संरचना र हाइड्रोजन पत्ता लगाउने वैज्ञानिक को हुन् ?? उत्तर = हेनरी केभन्डिस 11. लमही-तल्सीपुर सम्मको मार्गलाई के नामले चिनिन्छ ?? उत्तर = कृष्ण सेन इच्छुक मार्ग 12. वाणगङ्गा नदीको उद्गमस्थल कहाँ हो ?? उत्तर = चुरेडाँडा 13. फ्युज तार के बाट बनाइएको हुन्छ ?? उत्

सामान्य ज्ञान प्रश्नोत्तर 1

१) डटपेनको अविष्कार कसले गरेका हुन् ? > जोन जे. लाउड (२) नेपाल टेलिकमले कहिलेदेखि प्र िपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ? > वि.सं. २०६४ असार २३ (३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ? > टेनिस (४) खुट्टामा जिव्रो हुने जीव कुन हो ? > पुतली (५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? > आँखा झिम्काउनु (६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? > तीतो (७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? > १३ प्रकारका (८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? > रुघा (९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? > डुक एयर (१०) याहुका संस्थापक को–को हुन् ? > डेविड फिलो र जेरी याङ्ग (११) सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ? > स्पेन (१२) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ? > भेनेजुयला (१३) अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? > ४ डलर (१४) सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ? > प्रसिद्धजङ्

दशैंमा प्रावी शिक्षकले तलव पाएनन्

रौतहट, असोज १२ – हिन्दुहरुको महान पर्व दशैंको मुखमा रौतहटका हजारभन्दा बढी शिक्षकले तलव पाएका छैनन् । पटक–पटक जिल्ला शिक्षा अधिकारी र स्थानीय विकास अधिकारीको सरुआले विद्यालयहरुमा दशैंको बिदा भइसक्दा पनि करिब एक हजार पाँचसय शिक्षकले तलब पाउन सकेका छैनन् । मावि र निमावि स्तरका शिक्षकहरुले सोमबारसम्म तलब पाउने अवस्था देखिए पनी प्रावि तहका झन्डै डेढ हजार शिक्षकले तलव पाउने सम्भावना न्युन रहेको शिक्षक फोरमका जिल्ला अध्यक्ष कामेश्वर यादवले बताएका छन् ।  निमित जिल्ला शिक्षा अधिकारी नन्दकिशोर गुप्ताले अख्तियारी पाएर मावि निमावि शिक्षकको तलवको आजदेखी भुक्तानी प्रकृयाहरु गरे पनि स्थानिय विकास अधिकारी नभएको कारण प्रावि शिक्षक अन्यौलमा परेको शिक्षक संघ रौतहटका अध्यक्ष राममंगल यादवले बताए । हालसम्म पनि तलवको अन्यौलताले शिक्षकहरु समस्यामा परेका छन् । निमित अधिकारी गुप्ताले शिक्षकरुको तलव दिलाउने प्रयास भइरहेको बताएका छन् ।   

कक्षा १२ को परीक्षाफल प्रकाशित, नतिजा यहाँ हेर्नुहोस् ।

काठमाडौं, आश्विन १२ -  कक्षा  १२ को शिक्षा, मानवविकी र व्यवस्थापन विषयको परीक्षाफल प्रकाशित भएको छ । यस वर्ष शिक्षा, मानवविकी र व्यवस्थापन विषयमा ३९ दशमलव ०४ प्रतिशत उत्तीर्ण भएका छन् । १ लाख ९१ हजार ४ सय ९६ परीक्षार्थीमध्ये ७४ हजार ७ सय ६४ विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ भने २९ दशमलव ९९ प्रतिशत उत्तीर्ण भएका छन् । आंशिकतर्फ १ लाख ३६ हजार १ सय ५५ जना परीक्षार्थीमध्ये ४० हजार ८ सय २९ जना उत्तीर्ण भए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ २२ परीक्षार्थीको नतिजा स्थगित भएको छ भने ९९ जनाको रद्द भएको छ । आंशिकतर्फ १८ जनाको स्थगित भएको छ भने १ सय ४ जनाको रद्द भएको छ । कक्षा १२ को विज्ञान विषयको परीक्षाफल भने यसअघि नै प्रकाशित भएको थियो । for result click here http://results.ekantipur.com/ http://hseb.ntc.net.np/

आज पनि प्रकाशित भएन कक्षा १२ को नतिजा, भोलि१० बजेभित्र प्रकाशित गर्ने तयारी

आश्विन ११,  भक्तपुर ।  १२ को नतिजा प्रकाशनमा ढिला गरेको भन्दै केही दिनअघि घाँस दिएको अभिभावक संघले आफूहरुलाई दाम्लो दिने चेतावनी दिएपछि त्यसबाट बच्न उच्च माध्यमिक शिक्षा परिषद्का पदाधिकारीहरुले आजै (शनिबार) नतिजा सार्वजनिक गर्ने भन्दै ठाडै झूठो बोलेका छन् । यसबाट आज दिनभरि नै विद्यार्थी र अभिभावकले तनाव झेल्नु प¥यो ।  परिषद्का सहसचिव नारायणप्रसाद कोइरालाले आज साँझ ५ बजे बोर्ड बैठक डाँकिएको र नतिजा सार्वजनिक गर्ने बताएका थिए । तर साँझ ७ बजे धेरै जनाको इरर आएको भन्दै आजलाई नतिजा प्रकाशन स्थगन गर्ने निर्णय गरेको छ । परिषद्का एक जिम्मेवार पदाधिकारीले पाँच हजार जनाको उत्तरपुस्तिकामा इरर देखिएको बताएका छन् । भोलि आइतबार विहान ८ बजे पुनः बोर्ड बैठक बसी १० बजेभित्र नतिजा सार्वजनिक गर्ने जानकारी परिषद्का उपपरीक्षा नियन्त्रक जयन्ति सत्यालले जानकारी दिएकी छिन् । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भोलि आइतबार नतिजा प्रकाशन नगरे परिषद्मा सदस्यसचिव, परीक्षा नियन्त्रक लगायतका पदाधिकारीहरुको नाममा दाम्लो लैजाने र परिषद् परिसरमा किला ठोकी त्यसमा दाम्लो बाँध्ने बताउँदै भने, “त्यही ठूलो

कक्षा ९ र १० मै साधारण व्यावसायिक सीप

काठमाडौ, आश्विन ११ - शिक्षा मन्त्रालयले कक्षा ९ र १० कक्षाको अनिवार्य विषयलाई साधारण व्यावसायिक सीपमुखी बनाउन निर्णय गरेको छ । त्यसनिम्ति अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक शिक्षा र स्वास्थ्य, शारीरिक र वातावरण विषयको पाठ्यक्रम परिमार्जन गरिएको छ ।  फिनल्याण्ड सरकारको सहयोगमा नयाँ प्रक्रियाको थालनी गरिएको हो । शिक्षामन्त्रीको अध्यक्ष रहेको पाठ्यक्रम समितिले स्विकृत गरेको अधिकारीले जनाएका छन् । ती विषयलाई बढी व्यहारिक बनाउनका निम्ति परिमार्जन गरिएको दावी गरिएको छ । विद्यार्थीले ती विषयको महत्व र त्यसले पार्ने दीर्घकालीन प्रभावबारे बुझ्नसक्ने बनाइएको छ । अहिलेसम्म विषयका रुपमा मात्र बुझ्ने गरिएका पाठ्यसामग्रीका पाठहरूलाई सरल रुपमा बुझ्न सक्ने बनाइए जनाइएको छ । 'एसएलसी पास गरेपछि प्राप्त गर्ने प्रक्रियाबारे जानकारी दिने र आफ्नो व्यक्तिगत क्षमता मूल्यांकन गर्न सक्ने छन्,' मन्त्रालयका उसचिव इन्द्र कुँवर भन्छन्, 'विद्यार्थीले समयअनुसार अरुसित कसरी घुलमिल गर्ने, व्यवहार गर्ने, कुन विषयको कस्तो प्रभाव छ र त्यसबाट रोजगार उन्मुख हुन सघाउ पुर्‍याउने छ ।' कक्षा ६