Skip to main content

Posts

Showing posts from May, 2016

थप गजल र मुक्तकहरु

"पीडा अस्थायी शिक्षकको " बिसौं बर्ष पढाएर सेवाबाट बाहिरिदै छु । मुटुमा तीर गढ़ाएर सेवाबाट बाहिरिदै छु ।। डढ़ेलोले सुकाएको जंगलको ठुटो जस्तै । आफैलाई डढ़ाएर सेवाबाट बाहिरिदै छु ।। उर्जाशील जिन्दगानी कर्णधारलाई भनि । आज बलि चढाएर सेवाबाट बाहिरिदै छु ।। आफ्नै चेला  आफू भन्दा धेरै माथि पुगे । आशाहरु सडाएर सेवाबाट बाहिरिदै छु । सुनौलो हात हल्लाउने नीति आयो अरे । झनै ब्यथा बढाएर सेवाबाट बाहिरिदै छु ।। २०७३-०२-१४/८:३३pm भुकम्प बिशेष भुकम्पले घर भत्क्यो आफन्तको लास भयो । बर्ष दिन बितिसक्यो त्रिपाल मुनि बास भयो ।। पीडा अझै मेटिदैन झल्को आउँछ घरि घरि । हजारौंको मृत्युसँगै धनजन सत्यानास भयो ।। पीडितलाई राहत दिने भाषण मात्र गरी बस्यौ । गोदाममा राहत सड्यो यता आधा गास भयो ।। धेरै ठूलो सहयोग आयो कता गयो पत्तो छैन । आज भोलि हल्ला सुन्छु नेताजीकै पास भयो ।। कस्लाई पो सुनाऊँ खै पीडितका दुःख ब्यथा । भोट हाली पठाएको नेता झन बदमास भयो ।। २०७३-०१-१२/६:५२am जलस्रोतको धनी देशमा गाग्री हानाहान भयो । लोकतन्त्रको नाम जप्दै कुर्ची तानातान भयो ।। दश पढयो गाउँ छोड्यो बाह्र पढयो देशै