Skip to main content

Posts

Showing posts from July, 2014

पर्वतमा १४६ जना नयाँ शिक्षक विद्यालय छिर्दै

भूमिराज शर्मा १६ श्रावण, पर्वत।   जिल्लाका बिभिन्न सामुदायिक विद्यालयहरुले  शुक्रबारदेखि नयाँ स्थायी शिक्षक पाउने भएका छन् । शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका माबि र निमावि तहका शिक्षकहरुका हातमा जिल्ला शिक्षा कार्यालय पर्वतले बिहीबार नियुक्ति पत्र दिए पछि उनीहरु अब बिद्यालय प्रवेश गर्ने भएका हुन् । जिशिका पर्वतले मावि तहका ४० जना र निमावि तहका ५८ गरी कुल ९८ जना स्थायी शिक्षकहरुलाई नियुक्ति पत्र दिई विद्यालयहरुमा खटाइसकेको छ भने ४८ जना प्राथमिक तहका शिक्षकहरुको नियुक्ति पनि छिट्टै गरिने बताइएको छ ।  यस पटकको शिक्षक सेवा आयोगको परीक्षामा पर्वतमा सबै तहमा गरी १४६ जना शिक्षकहरु नियुक्तिका लागि सिफारिस भई आएका थिए ।  शिक्षा बिभागको निर्देशन अनुसार प्राथमिकता क्रम तोकी नियुक्ति दिएपछि सम्बन्धित तहमा कार्यरत शिक्षक, अपाङ्ग, र महिलाहरुले सुगम तथा रोजेको विद्यालयमा नियुक्ति पाएपछि खुसी भएका छन् ।  उता शिक्षक सेवा आयोगको एकिकृत योग्यताक्रममा अगाडि भएका शिक्षकहरु भने शिक्षा विभागको निर्देशन कार्यान्वयन सँगै केही निराश देखिन्थे । उनीहरुले मेरिट लिस्टको १ नम्बरमा नाम सिफारिस भएको भए पन

नयाँ शिक्षक कक्षामा जान थाले

१५ श्रावण,  काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरुले एक दशकपछि खुला प्रतिस्पर्धाबाट छनोट भई योग्य ठहरिएका शिक्षकहरु पाउन थालेका छन् । हालसम्म धादिङ, ललितपुर, मनाङ, डोल्पा, दोलखा लगायतका जिल्लाले त्यस्ता शिक्षकलाई नियुक्तिपत्र दिइसकेको छ र कतिपय जिल्लाका शिक्षकहरु कक्षामा प्रवेश गरिसकेका छन् । दोलखाका जिल्ला शिक्षा अधिकारी दिपक शर्माले भन्नुभयो, “शिक्षक सेवा आयोगबाट सिफारिस भएका माध्यमिक र निम्न माध्यमिक तहका शिक्षकहरु कक्षाकोठामा पुगेर अध्यापन थालिसकेका छन् ।” यसअघि २०५२ सालमा लिइएको खुला प्रतिस्पर्धाको नतिजा प्रकाशित भई २०६० सालमा त्यस्ता शिक्षकलाई विद्यालयमा पठाइएको थियो ।  सामुदायिक विद्यालयका विद्यार्थीहरुले त्यस्ता शिक्षकहरु विहीबारबाट पाउने भएका छन् । आयोगले छनोट गरेका १२७ जना शिक्षकलाई ललितपुरको जिल्ला शिक्षा कार्यालयले वुधबार अभिमुखीकरण तालिम प्रदान गरेको छ । जिशिकाले उनीहरुलाई विहीबारदेखि नै विद्यालयमा हाजिर हुन निर्देशन दिएको छ । ललितपुरका जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटाले भन्नुभयो, “उच्च प्रतिस्पर्धाबाट छानिएका यी शिक्षकहरुलाई विहीबारबाट नै सामुदायिक विद्

पढाइमा मात्र आरक्षण देऊ

केदारनाथ कोइराला शिक्षक सेवा आयोगले १६ वर्षपछि अर्थात् २०६९ पुस १९ गते रिक्त शिक्षक पदको स्थायी पदपूर्तिका लागि माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरी २०७० जेठमा लिखित परीक्षा लिएको थियो। यसैगरी आयोगले २०७१ वैशाखबाट मौखिक अन्तर्वार्ता सुरु गरी असार २० गतेसम्म सफल तिनै तहका १२,७४३ जना शिक्षकलाई नियुक्तिका लागि सबै जिल्ला शिक्षा कार्यालयमा सिफारिससहित पत्र पठाइसकेको छ। आयोगबाट प्राप्त सिफारिसका आधारमा जिल्ला शिक्षा कार्यालयले खाली स्थानमा शिक्षकको नियुक्ति गर्ने व्यवस्था छ। यसै प्रयोजनका लागि असारको पहिलो हप्ता शिक्षा मन्त्रालयले शिक्षक नियुक्तिको कार्यविधि बनाएर ७५ वटै जिल्ला शिक्षा कार्यालयमा परिपत्रसमेत गरिसकेको छ। शिक्षक सेवा आयोगले २०६३ वैशाख ११ गतेपछि र २०७० असार मसान्तसम्म तेह्र हजार ५९ स्थानमा खाली रहेको मावि, निमावि र प्राथमिक तहका लागि स्थायी शिक्षकको पदपूर्ति गरेको हो। २०५२ सालयता र २०६३ साल वैशाख ११ अघि १७ हजार एक सय ३५ जना कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गर्ने भनी शिक्षा मन्त्रालयले शिक्षकका पे

खुल्यो पाँचौ कोरियन भाषा परीक्षा

काठमाडौँ, १५ साउन, कोरियामा नेपाली कामदार लान प्रारम्भिक छनौटको भाषा परीक्षा आगामि असोजको १० र ११ गते हुने भएको छ । इपीएस कोरिया शाखाले आज जारी गरेको सूचना अनुसार पाँचौ भाषा परीक्षा आगामि असोज १० र ११ गते शुक्रवार र शनिवार हुने भएको हो । असोजमा हुने परीक्षाको लागि साउन २८ गतेदेखि ३१ गतेसम्म अर्थात् अगष्टको १३ देखि १६ सम्म आवेदन फारम दार्ता गराउनु पर्ने पनि जनाएको छ । आवेदन फारम विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म लिइने कोरिया शाखाले जनाएको छ ।  आवेदन फारम भर्ना काठमाडौँ उपत्यकामा ३ ठाउँ र उपत्यका बाहिर धरान, बुटवल, पोखरा र डडेल्धुरा गरी ४ ठाउँमा व्यवस्था मिलाइएको छ । परीक्षार्थीहरुले पहिलेजस्तै रोजगारीको क्षेत्र उत्पादनमूलक र कृषि तथा पशुपालन रोज्न पाउने भएका छन् । कति उमेद्वारलाई पास गराइने भन्ने चाहिं उल्लेख गरिएको छैन ।  परीक्षासम्बन्धी केही विवरणः ९१० परीक्षा मितिः २०७१ साल असोज १० र ११ गते शुक्रवार र शनिवार ९तदनुरुप सन् २०१४ को सेप्टेम्बर २६ र २७ तारिख० आवश्यक भएमा परीक्षाको दिन थप्न सकिने । ९२० अनुमानित उत्तीर्ण संख्याः पछि निर्धारण हुने । ९३० आवेदनको क्षेत्रः उत

पुरस्कार रकम कटौति

१५ श्रावण,  भक्तपुर । प्रवेशिका परीक्षा सञ्चालनका क्रममा उत्कृष्ट ठहरिएका ७५ परीक्षा केन्द्रले सरकारले दिने पूर्वघोषणा गरेको पुरस्कार रकम एकाएक कटौती भएको छ। पचहत्तर जिल्लाका लागि रु १८ लाख ७५ हजार रकम पुरस्कार राखिएको थियो। सरकारले दिँदै आएको रु २५ हजार राशिको पुरस्कार रकम कटौतीमा परेपछि उत्कृष्ट ठहरिएका केन्द्रका केन्द्राध्यक्षले गुनासो गरेका छन्। सोअन्तर्गत रु १५ हजार विद्यालय र रु १० हजार केन्द्राध्यक्षलाई पुरस्कार दिइन्छ। शिक्षा मन्त्रालय, शिक्षा विभागमार्फत परीक्षा नियन्त्रण कार्यालयले हरेक जिल्लाका एक उत्कृष्ट परीक्षा केन्द्रलाई गत वर्षसम्म सो रकम पुरस्कारको रूपमा दिँदै आएको थियो।  विसं २०७० को परीक्षामा व्यवस्थापन र मर्यादाका दृष्टिले हरेक जिल्ला परीक्षा समितिले हरेक वर्ष एक केन्द्र ९विद्यालय० लाई उत्कृष्ट घोषित गरी पुरस्कार रकमका लागि सिफारिस गर्दैआएको छ। गत वर्षको परीक्षामा काठमाडौँ जिल्लाभरिमा उत्कृष्ट परीक्षा केन्द्र घोषित भएको थानकोटस्थित मङ्गलोदय उमाविका प्राचार्य लीलानाथ शर्माले एकाएक सो रकम नपाउने जानकारी आएको गुनासो गरे।  पनिकाले तीन वर्षदेखि यस्तो पुरस्कार र

ट्रान्सक्रिप्टको ढाँचा फेरिने

१५ श्रावण, काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ब्याक लागेर पास भएका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको ट्रान्सक्रिप्टको ढाँचा फेर्ने भएको छ। ब्याक लागेर पछि पास भइने विषयको प्राप्तांकपछाडि राखिने 'तारा' चिह्न हटाउन त्रिभुवन विश्वविद्यालय सचिवालयलाई सिफारिस गरेपछि ढाँचा परिवर्तनको तयारी भएको हो। तारा चिह्नका कारण उच्चशिक्षा हासिल गर्न समस्या आएको विद्यार्थीको गुनासो छ। पनिकाले अगामी शैक्षिक सत्रदेखि लागू हुने गरी यो व्यवस्था गर्न लागेको हो। परीक्षा सहनियन्त्रक नारायणप्रसाद बेल्बासेका अनुसार एक वा दुई विषयमा ब्याक पेपर दिएर पास भएका विद्यार्थीको ट्रन्सक्रिप्टमा अब तारोको साटो ब्याक पेपर दिएको परीक्षा मिति राख्ने व्यवस्था हुनेछ। यसले विदेशमा गएर काम गर्ने वा उच्चशिक्षा हासिल गर्न खोज्ने विद्यार्थीका लागि सजिलो हुनेछ।  ब्याक पेपर दिएर पास भएका विद्यार्थीको ट्रान्सक्रिप्टमा तारा राख्दा विदेश तथा स्वदेशमा समेत त्यस्ता प्रमाणपत्रबारे नकारात्मक धारणा बन्दा विद्यार्थी पीडित हुँदै आएका छन्। 'कारणवश राम्रा विद्यार्थीले कुनै विषयमा पास गर्न

पूरक परीक्षाको तयारी, पुनः योगको नतिजा चाँडै

काठमाडौैँ,  साउन १४ गते । एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले परीक्षा दिन पाउने पूरक परीक्षाको तयारी पूरा भएको छ ।  परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले यही साउन २० गतेदेखि हुने पूरक परीक्षाको तयारी पूरा भएको र त्यसका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तरपुस्तिका छपाइ गरी सबै जिल्ला सदरमुकाममा पु¥याइसकेको जानकारी दिनुभयो । परीक्षाका लागि २३४ केन्द्र र केन्द्राध्यक्ष निर्धारण गरिएको छ । आवेदन दिने परीक्षार्थीको सङ्ख्या एक लाख २० हजार ६०० जना छन् । पूरक परीक्षामा उत्तीर्ण हुनेले यसै वर्ष कक्षा ११ मा पढ्न पाउँछन् तर अधिकांश निजी उमाविले भर्ना पूरा भइसकेको जनाएका छन् ।  विसं २०७० को एसएलसीमा ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नियन्त्रक द्वारेले पुनः योगका लागि आवेदन दिनेको पुनः योग भइरहेको र त्यसको नतिजा यही साउन १६ गतेभित्र प्रकाशन गरी दुई विषय बाँकी रहेकालाई पाँच दिनको अवधिमा पनि पूरक परीक्षामा सामेल हुने वातावरण मिलाउने बताउनुभयो । रासस

पब्लिक साइन्स क्याम्पस मप विश्वविद्यालयमा समायोजन

सुर्खेत,  साउन १४ गते । वीरेन्द्रनगर–६ मा रहेको पब्लिक साइन्स क्याम्पस आज औपचारिक रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको छ ।  विसं २०६२ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्थापना भएको पब्लिक साइन्स क्याम्पस मध्यपश्चिम विश्वविद्यालयमा समायोजन र हस्तान्तरण गर्न २०६९ चैत २० गते सहमति भएअनुसार आज औपचारिकरुपमा हस्तान्तरण गरिएको हो ।      योसँगै समायोजन तथा हस्तान्तरणका लागि सम्झौता भएको वीरेन्द्रनगर बहुमुखी क्याम्पस भने यसअघि नै मध्यपश्चिमाञ्चलमा हस्तान्तरण भइसकेको छ ।     कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले मध्यपश्चिमाञ्चलका उपकुलपति प्रा डा पदमलाल देवकोटालाई क्याम्पसको चलअचल सम्पत्तिसहित कागजात हस्तान्तरण गर्नुभएको थियो ।      क्याम्पससँगै कार्यक्रममा पाँच कट्ठा जग्गा र नगद रु २० लाख ३९ हजार ४५४ पनि हस्तान्तरण गरिएको छ । साथै, क्याम्पसका शिक्षक तथा कर्मचारीले हालसम्म पाउन बाँकी रकम रु आठ लाख ५०२ रहेको क्याम्पस प्रमुख तारणीप्रसाद यादवले जानकारी दिनुभयो ।      क्याम्पस हस्तान्तरण कार्यक्रमपछि बोल्दै मध्यपश्चिमाञ्चल विश

ऐन र नियमावलीविपरीत सञ्चालनमा रहेका विद्यालयलाई कारबाही गर्न सिफारिस

कञ्चनपुर,  साउन १३ गते । संयुक्त विद्यालय अनुगमन समितिले शिक्षा ऐन र नियमावलीविपरीत सञ्चालनमा रहेका जिल्लाका विद्यालयलाई कारबाही गर्ने सिफारिस गरेको छ ।   समितिले सामुदायिक र संस्थागत विद्यालयमा अनुगमन गरी ऐनविपरीत सञ्चालनमा रहेका विद्यालयलाई कारबाही गर्न जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गरेको हो ।  सहायक जिल्ला शिक्षा अधिकारी पदमराज जोशीको संयोजकत्वमा गठित समितिले गत असारदेखि चारवटै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै समिति परिचालन गरेर २३० विद्यालयमा अनुमगन गरी प्रतिवेदन तयार गरेको थियो ।   समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा सामुदायिक र संस्थागत विद्यालयका १९ साझा समस्यालाई सारांशका रूपमा  समावेश गरिएको छ । शिक्षा कार्यालयबाट अनुमति नलिएर कक्षा सञ्चालन गरिएको, सामुदायिक विद्यालयका शिक्षकहरू संस्थागतमा आबद्ध भएको, छात्रवृत्ति रकम नियमानुसार वितरण हुन नसकेको, संस्थागतमा शुल्क एकरुपता हुन नसकेको लगायतका साझा समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।  समितिका संयोजक सहायक जिल्ला शिक्षा अधिकारी जोशीले अनुगमन प्रतिवेदनका आधारमा शैक्षिक समस्या समाधान गरी गुणस्तरमा सुधार गर्न सकि

रुपन्देहीमा ९० विद्यालयलाई कारवाही

लक्ष्मण पौडेल भैरहवा, साउन १३ गते । रुपन्देहीका ९० विद्यालय कारवाहीमा परेका छन् । परीक्षा र नतिजाको बिषयलाई लिएर ती विद्यालयहरुलाई कारवाही गरिएको हो । परीक्षाको बिषयलाई लिएर कारवाहीमा पर्नेमा एक मात्र सिद्धार्थ प्रतिभा इङलिस बोर्डिङ छ भने अरु सबै विद्यालय एसएलसी नतिजाको बिषयलाई लिएर कारवाही गरिएको हो ।    कारवाहीमा पर्नेमध्ये दुई संस्थागत र ८८ सरकारी विद्यालय छन् । शिक्षा कार्यालयले शिक्षा नियमावली २०५९ को उपनियम १४३ (क) को उपनियम १ र नियम १४३ को उपनियम ९२० लाई टेकेर कारवाही प्रक्रिया अगाडि बढाएको हो । जिल्ला शिक्षा कार्यालय रुपन्देहीले एसएलसी नतिजाको बिषयलाई लिएर विद्यालयहरुलाई गरेको कारवाही संभवत यो पहिलो हो ।    कक्षा ८ को परीक्षामा लापरबाही गरी कारवाही गरिएको भनिएको सिद्धार्थ प्रतिभाले स्वास्थ्य तथा शारीरिक बिषयलाई अध्यापन नगराएकोमा कारवाही गरिएको हो । शिक्षा कार्यालयले लेखेको पत्रमा त्यस विद्यालयका विद्यार्र्थीहरुबाट परीक्षाको मर्यादामा नै आँच आउने काम भएकोले पहिलोपटक जिल्ला शिक्षा समितिको निर्णय बमोजिम सचेत गराइएको भनिएको छ ।    कागजी प्रमाणका आधारमा उक्त विद्यालयलाई कारव

चौँरीगाईको रगत बेचेर विद्यालयलाई रु तीन लाख आम्दानी

म्याग्दी,  साउन १३ गते । जिल्लाको पाउद्वार मावि शिख र हिमाञ्चल उच्च मावि  नागीले चौँरीगाईको आलो रगत बेचेर एकै मौसममा रु तीन लाख आम्दानी गरेका छन् ।  शिख–६ स्थित खोप्रालेकमा साताव्यापी रुपमा सञ्चालन गरिएको रगत पिउने मेलाबाट ती विद्यालयले उक्त आम्दानी गरेका हुन् ।     शिख र राम्चे गाविसमा पर्ने यी दुई विद्यालय सञ्चालनका लागि वर्षको दुईपटक संयुक्त चौँरीपालन समितिमार्फत रगत पिउने मेला सञ्चालन हुँदै आएको छ । यसवर्षको पहिलो मौसममा व्यवस्थापन खर्च कटाएर रु तीन लाख १२ हजार आम्दानी भएको समितिका अध्यक्ष रुद्र मगरले जानकारी दिनुभयो ।      सरकारले विद्यालय सञ्चालनका लागि दरबन्दी उपलब्ध नगराएपछि हिमाञ्चल उच्च मावि नागी र पाउद्वार मावि पाउद्वार सञ्चालनार्थ समाजसेवी महावीर पुनको पहलमा २०५३ सालदेखि यस्तो विकल्प अपनाइएको हो । यसपटक ५५० जनाले रगत पिएको समितिका अध्यक्ष मगरले जानकारी दिनुभयो ।      समितिले खोप्रालेकमा २५० वटा चौँरी पालेका छन् । उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा, जटामसी, निरमसी र पाँचऔले जस्ता बहुमूल्य जडीबुटी खाएर बाँचेका चौँरीगाईको आलो रगत पिएमा ग्यास्ट्रिक, गानोगोला, बाथ,

विद्यालय बन्दका घटना कम हुँदै

काठमाडौँ,  साउन १३ गते । विद्यालय शान्ति क्षेत्रको निर्देशिका कार्यान्वयनमा आएपछि विद्यालय बन्दका घटना कम हुँदै गएको पाइएको छ ।  निर्देशिका आइसकेपछि विद्यार्थीको पठनपाठनमा असर पर्ने गरी विद्यालय बन्द गराएर माग पूरा गराउनुको सट्टा विद्यालय प्रशासन मात्र बन्द वा अन्य विकल्प प्रयोग गरिएको हुँदा बन्दका घटनामा कमी आएको हो ।  शिक्षा पत्रकार समूहले २०७० वैशाखदेखि ०७१ असारसम्म नागरिक दैनिक, गोरखापत्र, कान्तिपुरलगायत विभिन्न पत्रपत्रिकामा आएका समाचार अध्ययन÷विश्लेश्षणअनुसार सो अवधिभरि पठनपाठन प्रभावित हुने गरी जम्मा कुल १४५ मात्र घटना भएका छन् । विसं २०६८  जेठ ११ मा विद्यालय शान्ति क्षेत्र घोषणा भएसँगै सरकारले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका जारी गरेको थियो ।  अध्ययनअनुसार महिनाका आधारमा सबैभन्दा बढी नयाँ शैक्षिकसत्र सुरु हुने अवधि वैशाखदेखि असारसम्म बढी घटना भएको पाइन्छ । बन्दले प्रभावित हुने घटनामा १०९ सरकारी र २० निजी विद्यालय रहेका छन् ।       अध्ययनका क्रममा पठनपाठन प्रभावित हुने ४३ घटना विद्यार्थी सङ्गठनले गराएका छन् । तीमध्ये अखिल (क्रान्तिकारी

साउन १८ देखि उमाविहरुमा तालाबन्दी

१३ साउन,  काठमाडौँ । उच्च माध्यमिक विद्यालयहरुले छात्रवृत्ति वापत शुल्क उठाएको भन्दै अखिल क्रान्तिकारीले उमावि सञ्चालकहरुलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । क्रान्तिकारीले आज पत्रकार सम्मेलन गरी नियम र सहमति विपरीत छात्रवृत्ति वापत शुल्क उठाएको भन्दै सो फिर्ता गर्न अल्टिमेटम दिइएको र त्यसपछि पनि अटेर गरिएमा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।  अध्यक्ष हिमाल शर्माले आजबाट दुई दिने अल्टिमेटम दिइएको बताउँदै साउन १८ गतेबाट शुल्क लिने सबै उमाविमा तालाबन्दी गरिने बताउनुभयो । 

त्रिविमा सबैभन्दा बढी विद्यार्थी

१३ साउन,  काठमाडौं । मुलुकका विश्वविद्यालय र प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब ७ लाख रहेको छ । ती मध्य सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको रहेको छ । ९ विश्वविद्यालय र ३ स्वाथ्य प्रतिष्ठानको विद्यार्थी संख्याको अनुपातमा त्रिविले ९० प्रतिशत विद्यार्थी संख्या ओगटेको छ । आर्थिक वर्ष ०६९–०७० मा ६ लाख ४ हजार ४ सय ३७ जना विद्यार्थी भिविमा भर्ना भएका छन् । सरकारी तथ्याङ अनुशार अन्य विश्वव्द्यिालय र प्रतिष्ठानमा ७३ हजार ६ सय १० जना अध्ययनरत रहेका छन् । सबै निकायमा गरी ६ लाख ७८ हजार ४७ जना विद्यार्थी छन् । त्रिभुवन विश्वव्द्यिालयका रजिष्टार पौडा चन्द्रमणी पौडेलले सबै विश्वविद्यालयको तुलनामा त्रिविमा ९० प्रतिशत बढी व्द्यिार्थी अध्ययन गरिरहेको बताउनुभयो । उहाले भन्नुभयो–अन्य विश्वविद्यालयको तुलनामा त्रिविको पढाइ गुणस्तर भएकै कारण अझैपनि त्रिविमा विद्यार्थीको संख्या बढेको दावी गर्नुभयो ।  त्रिविको व्यवस्थापन संकायमा सबै भन्दा बढी व्द्यिार्थी भर्ना हुने गरेका छन् । अन्य संकायको तुलनामा मानविकी, र शिक्षा संकायको स्तर खस्किएको छ । विश्वविद्यालयमा शैक्षिक र प्रशाशनीक सुधार गर्न

आमाको कारण प्रहरी विद्यालयबाट छोरी निष्कासित

काठमाडौ, श्रावण १२ - भक्तपुरको साँगास्थित नेपाल प्रहरी उच्च माध्यमिक आवासीय विद्यालयले कर्मचारी आमाको कारण छोरी निष्काशन गरेको छ । कक्षा १२ मा अध्ययनरत स्वेच्छा लुइँटेललाई विद्यालयले निष्काशन गरेको हो । उनी कक्षा ११ को परीक्षा दिएर नियमित पढ्दै आएकी थिइन् । छात्रा स्वेच्छाले प्रिन्सिपल नवरत्न बानियाँ र समादेशक राजुबाबु श्रेष्ठले 'आमाकै कारण पढ्न नआउन' भनेपछि न्याय खोज्दै हिंड्नु परेको बताइन ।   ' आमाकै कारण मलाई कारबाही गरिन्छ भन्ने लागेकै थिएन,' उनले भनिन्, 'मैले कक्षामा कहिल्यै बदमासी र कोहीप्रति नराम्रो व्यवहार गरेकी छैन । एकाएक पढाइ छाड्नुपर्ने बाध्यताले विचलित भएकी छु ।' स्वेच्छाकी आमा धेनुका उक्त विद्यालयमा दस वर्षदेखि पुस्तकालय सहायकमा कार्यरत छिन  । स्थायी कर्मचारी रहेकी उनलाई गत फागुनमा भने पियनसरह काममा खटाएपछि उनी र विद्यालय प्रशासनबीच खटपट भएको थियो । बढूवाको सट्टा घटूवा गरिएप्रति न्याय पाउन उनले अदालतमा मुद्दा दायर गरेकी थिइन् । पुनरावेदन अदालत पाटनले 'नियुक्तिपत्र बमोजिम साबिककै काम खटाउन' आदेश दिएपनि कार्यान्वयन हुन सकेको छैन । प्र

सरकारी विद्यालय व्यवस्थापन सुधारिदै

काठमाडौ, श्रावण १२ - शिक्षा विभागले यो वर्षबाट सामुदायिक विद्यालयको व्यवस्थापन सुधार नीति अघि बढाएको छ । जापान सहयोग नियोग (जाइका)सितको सहकार्यमा यो नीति कार्यान्वयन गर्न लागेको हो । सामुदायिक विद्यालय व्यवस्थापनका समग्र पक्ष सुधारका निम्ति समुदायको सहभागिता बढाउने नीति अघि सारिएको छ । जसले गर्दा शिक्षकको अध्यापन नियमित हुने र विद्यार्थीको बुझाइस्तरमा बढावा दिइनेछ । सिकाइ गुणस्तर सुधारका निम्ति नयाँ प्रक्रियाको थालनी गरिएको हो । विभागले 'विद्यालय व्यवस्थापन सुधारका निम्ति सहयोग' (सिसम) परियोजनाको परीक्षणसमेत गरेको छ । रसुवा र धादिङमा सुरु गरिएको परीक्षणले सकारात्मक प्रभाव पारेको परीक्षण प्रतिवेदनले देखाएको छ । सुधार परीक्षणका क्रममा सोलुखुम्बु, रुपन्देही, जुम्ला, डोटी, संखुवासभा, कपिलवस्तु, कालिकोट र डडेलधुराका १ सय ६० विद्यालयमा यसै वर्षबाट लागू गरिएको छ । 'विद्यालयको क्षमता विस्तार र विद्यालयको वाषिर्क कार्ययोजना निर्माणलाई महत्व दिएका छौं,' व्यवस्थापन निर्देशिका र शिक्षण प्रशिक्षण सामग्रीहरु निर्माण भएको उल्लेख गर्दै विभागका निर्देशक कमलप्रसाद पोखरेलले भने, '

छयासी अर्बको शिक्षा

डा. मनप्रसाद वाग्ले आर्थिक वर्ष २०७१/७२ को ६ खर्ब १८ अर्ब राष्ट्रिय खर्चमध्ये देशको शिक्षा व्यवस्थाका लागि ८६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। यति ठूलो रकम पाउने एकमात्र भाग्यशाली शिक्षा मन्त्रालय नै हो। हुन त उच्च शिक्षा र उच्च माध्यमिक शिक्षाका रकमहरू पनि यसैभित्र पर्दछन् तर तिनका तालुकदार अड्डा भनेको पनि शिक्षा मन्त्रालय नै हो। बजेट सार्वजनिक हुनु करिब एक महिनाअघि भएको माध्यमिक तहको राष्ट्रिय परीक्षाको सरकारी उत्पादन र यो अजंगको आकार भएको बजेट हेर्दा कतै सरकारी उत्पादनले जनताको करबाट जोहो गरिएको यति ठूलो बजेट प्रतिव्यंग्य त गरिरहेको छैन? भन्ने भान जो कोहीलाई हुनु अस्वाभाविक देखिँदैन। बजेटको बुँदा नं. १८७ देखि १९९ सम्म गरिएको शिक्षासम्बन्धी व्यवस्थालाई हेर्ने हो भने सरकारलाई दोष दिने ठाउँ कहाँ छ त? पनि भन्न सकिएला। सबैका लागि शिक्षालाई उच्च प्राथमिकतामा राखिएको कुरा ठीक मान्न सकिएला तर यसले कक्षा ५ सम्ममात्र सम्बोधन गर्छ जबकि शिक्षा विभागको फ्लेस प्रतिवेदनले धेरै थोरै (४ प्रतिशतभन्दा कम) बालबालिका मात्र विद्यालय जान बाँकी देखाएको अवस्थामा फेरि पनि त्यही तहलाई मात्र हेर्ने कि ज

निष्काशित विद्यार्थी प्रथम श्रेणीमा पास !

१२ साउन,   नेपालगन्ज : एसएलसी परीक्षामा निष्काशन गरिएका विद्यार्थी प्रथम श्रेणीमा पास भएका छन। २०७० साल चैत १२ गते स्वास्थ्य जनसंख्या तथा वातावरणको परीक्षामा पटक पटक चेतावनी दिदा पनि नमानेपछि जिल्ला शिक्षा कार्यालयबाट खटिएको अनुगमन टोलीले युद्धसस्कृत विद्यालयमा परीक्षामा सहभागी ०६७५५९२ एच सिम्बोल नम्बर भएका विद्यार्थीलाई निष्काशन गरि सो दिनको परीक्षा रद्द गरिएको थियो। परीक्षाफल प्रकाशित हुदा त्यो सिम्बल नम्बर प्रथम श्रेणीको लिस्टमा छ। साहयक जिल्ला शिक्षा अधिकारी रामचन्द्र पौडेल र तत्कालिन लेखाअधिकृत गणेश ज्ञवालीको टोलीले ती विद्यार्थीलाई निष्काशन गरेको थियो। निष्काशन गरेका विद्यार्थीको उत्तरपुस्तीका कसरी पठाइयो भन्ने बिषय भने रहस्यमय बनेको छ। ती विद्यार्थी नेपालगन्जको चर्चित विद्यालय जयबागेश्वरी उच्च माध्यमिक विद्यालयका विद्यार्थी भएको थाहा भएको छ। सो विद्यालयले शतप्रतिशत पास गरेको भन्दै सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिरहेको छ। परीक्षा अवधिमा अनुगमन गर्दा चिट चोरी रहेको अवस्था फेला गरेका ती विद्यार्थी पटक पटक चेतावनी दिदा नक्कल गर्न नछाडेपछि निष्कासन गरी परीक्षा नै रद्द गरिएको थि

अयोग्य शिक्षक नहटाउने निर्णय

प्रकृति अधिकारी  काठमाडौँ, साउन १२ गते ।  शिक्षकका नेताहरूलाई रिझाउन शिक्षा मन्त्रालयले अयोग्य शिक्षकहरूलाई नहटाउने निर्णय गरेको छ ।   मन्त्रालयको पछिल्लो यस निर्णयले स्थायी शिक्षक पदस्थापनामा व्यस्त भइरहेका जिल्ला शिक्षा अधिकारीहरूलाई अलमलमा पारिदिएको छ ।  हाल कार्यरत अस्थायी शिक्षकहरू पटकपटक स्थायी परीक्षामा सम्मिलित भए पनि अनुत्तीर्ण भएकाले उनीहरूलाई अयोग्य भनिँदै आएको छ ।  अझ मन्त्रालयले शिक्षक पदस्थापना गर्ने क्रममा विस्थापित हुनसक्ने अस्थायी शिक्षकलाई तल्लो तह वा राहत अनुदानमा व्यवस्थापन गर्ने निर्णय गरेर सबैलाई चकित पारेको छ ।  जिल्ला शिक्षा अधिकारीहरूले मन्त्रालयको यस निर्णयलाई नियमविपरीत भएको ठह¥याएका छन् ।  मन्त्रालयले यही साउन ८ गते स्थायी शिक्षक पदस्थापन गर्दा सकभर अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरूलाई विस्थापन नगर्ने निर्णय गरेपछि शिक्षा विभागले लगत्तै त्यसलाई देशभरिका जिल्ला शिक्षा कार्यालयहरूलाई परिपत्र गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।  राहत कोटामा शिक्षक नियुक्ति सम्बन्धित विद्यालय व्यवस्थापन समितिले गर्न पाउने व्यवस्था छ तर मन्त्रालयले जिल्ला शिक्षा सम

अस्थायी शिक्षक नहटाइने

साउन १२ गते,  काठमाडौं  : स्थायी शिक्षक नियुक्त भए पनि सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई सेवाबाट नहटाइने भएको छ। शिक्षक संगठनका प्रतिनिधिको दबाबमा शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयको निर्णयअनुसार स्थायी शिक्षक नियुक्तिपछि विस्थापित हुन लागेका अस्थायी शिक्षकलाई हाल पढाइरहेको भन्दा तल्लो तहमा झारेर पनि सेवालाई निरन्तरता दिइनेछ। शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण १२ हजार सात सय ४३ जनाले पदस्थापनाको मिति कुरिरहेका छन्। नयाँ पदस्थापना हुनुअघि अस्थायी शिक्षकको सेवा सुनिश्चित हुनुपर्ने माग राख्दै अस्थायी शिक्षक सम्बद्ध संगठनहरू आन्दोलनमा थिए। आन्दोलनका कारण स्थायीमा नियुक्तिका लागि नाम निकालेको तीन महिना बितिसक्दा पनि शिक्षकको पदस्थापन रोकिएको थियो। मुलुकभर अहिले २५ हजारभन्दा बढी अस्थायी र ३८ हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत छन्। जसमध्ये अस्थायीमा कार्यरत दुई हजार दुई सय पाँचजना र राहत दरबन्दीका तीन हजार शिक्षकले स्थायीमा नाम निकालेका छन्। अस्थायी शिक्षकको पक्षमा आन्दोलन गर्दै आएको नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष होमकुमार थापाले

प्रवेशिका परीक्षामा असफलताः जिम्मेवार को को ?

Bam Dev Poudel विगतका वर्षहरू जस्तै यस वर्ष पनि प्रवेशिका परीक्षामा नेपाल सरकारले असफलताको कञ्चनजंघा चढेकोे छ । सरकारको प्रत्यक्ष लगानी भएका विद्यालयमा आएको ७२ प्रतिशत असफलता घोषणासँगै नेपालको समग्र शिक्षा प्रणाली असफल भएको प्रमाणित भएको छ । नेपालमा चालू सैद्धान्तिक शिक्षा र तीन घन्टे परीक्षा प्रणालीमाथि प्रश्न चिन्ह खडा भएको छ । तीनसय एकतीस विद्यालयबाट प्रवेशिका परीक्षा दिएका कुनै पनि विद्यार्थीलाई सफलताको प्रमाणपत्र दिन अस्वीकार गरियो । ‘निजिका सहित ५८ प्रतिशत विद्यार्थी असफल’, ‘सामुदायिकतर्फका ७२ प्रतिशत फेल’, ‘सबै भन्दा बढी विद्यार्थी गणितमा फेल’, ‘सामाजिक शिक्षामा फेल हुनेको संख्या वर्षेनि बढ्दो’ आदि लगायत समाचारका शीर्षक जे जसरी आए पनि नेपालको विद्यालयीय शिक्षा त्यसमा पनि सामुदायिक शिक्षाको साख गिर्दै गएको र संस्थागत हुन नसकेको शिक्षाको स्तर बढेको नतिजा प्रकाशित गरिएको छ ।  सामुदायिक विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन हुन नसकेका कारण नतिजा ओर्लंदो रेखाचित्रमा गएको हो भन्ने कुरा पनि आएको छ । साथै शिक्षकले कर्तव्यनिष्ट भएर नपढाएका कारण नतिजा खस्किएको हो भन्नेहरू दिन प्रतिदि

परिषदका २७ कर्मचारीको एकमुष्ट राजीनामा

साउन ११ गते , काठमाडौं । उच्चमाध्यामिक परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्याललाई सहसचिवमा बढुवा गर्ने निर्णय भएपछि परिषदका २७ जना कर्मचारीले एकमुष्ट राजीनामा दिएका छन् । आइतबार शिक्षामन्त्रीको अध्यक्षतामा बसेको परिषदको बैठकले अर्यालको बढुवालाई अनुमोदन गरेको थियो ।  बढुवा प्रति असन्तुष्ट व्यक्त गदैँ कार्यालय सहयोगीदेखि कामु सहसचिवसम्मकाले राजीनामा दिएका छन् । 

मध्यरातमा विद्यालयका ८ थान कम्प्युटर तोडफोड

खोटाङ– अज्ञात समूहले खोटाङका एक विद्यालयका ८ थान कम्प्युटर तोडफोड गरेको छ। दिक्तेल नगरपालिका–१५ स्थित सितला माबि खाल्लेको ८ थान कम्प्युटर तोडफोड गरेका हुन्। मध्यराति बिद्यालयको ढोका फोडेर १० वटामध्ये ८ वटा कम्प्यूटर तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडबाट सबै कम्प्युटर काम नलाग्ने बनेको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले बताए।  यादवका अनुसार कम्प्युटर तोडफोडबाट विद्यालयको ६ लाख ५० हजार बराबरको क्षति भएको छ। कम्प्यूटर तोडफोडपछि विद्यालयको कम्प्युटर कक्षा बन्द भएको विद्यालयले जनाएको छ। कम्प्युटर तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले बताएको छ । Sourcxe: http://www.nagariknews.com/society/crime/story/21831

शिक्षाका नाममा

ज्ञानका मन्दिर सबैखाले  यातनाबाट मुक्त हुनैपर्छ बालबालिकालाई सहज र सकारात्मक वातावरण चाहिन्छ शिक्षा आर्जनका लागि। अर्थात् बालमैत्री वातावरण शिक्षाका लागि पूर्वसर्त हो। बालबालिकालाई जिज्ञासु बन्न प्रोत्साहित गर्ने अनि त्यस्ता प्रयासलाई कुनै पनि रूपमा निरुत्साहित नगर्ने शैलीलाई सिद्धान्तत: सबै विद्यालयहरूले स्विकारेका छन्। शारीरिक यातनाले बालबालिकालाई जिज्ञासु बन्नबाट निरुत्साहित गर्छ एकातिर भने अर्कोतिर परिवार, समाज र राज्यको सबभन्दा बढी सुरक्षा र संरक्षण आवश्यक पर्ने त्यो समूहप्रति खासगरी विद्यालय या शिक्षण संस्थाहरूले पनि संवेदनशीलता देखाउनुपर्छ भन्ने मान्यतालाई विश्वले नै स्विकारेको छ सिद्धान्त:। नेपाल त्यसमा अपवाद छैन। सिद्धान्त र व्यवहारबीचको अन्तरले सम्बन्धित व्यक्ति, संस्था या नेतृत्वको विश्वसनीयता कम गर्छ। साथै घोषित सिद्धान्त र मान्यताविरुद्धका आचरण स्वाभाविक रूपमा सञ्चारमाध्यमका चासोका विषय बन्ने गर्छन्। महिलालाई बोक्सीका नाममा प्रताडित गरिनु या बालबालिकालाई अनुशासित बनाउने नाममा शारीरिक यातना दिनु सामाजिक, संस्थागत या सम्बन्धित व्यक्तित्वका चारित्रिक विचलनका उदाहरण हु

अर्काको नाममा परीक्षा दिने पक्राउ

साउन ९,  काठमाडौं  : अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक विद्यार्थीलाइ प्रहरीले नेपाल कमर्स क्याम्पस मिन भवनबाट पक्राउ गरेको छ। महेनद्ररत्न क्याम्पस ताहाचलमा एमएड प्रथम वर्षमा अध्ययनरत पहल वहादुर विष्टलाइ सोही क्याम्पसमा बीएड दोस्रो वर्षमा अध्ययनरत पाण्डव वहादुर थापाको नाममा परीक्षा दिइरहेको बेलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। विष्टले बीएड दोस्रो वर्षको पाठ्यक्र विषयको परीक्षा दिइरहेका थिए। महानगरि प्रहरी प्रभाग वानेश्वरका डिएसपी रमेश तामाङका अनुसार विष्टलाइ परीक्षा दिन लगाउन थापालाइ पनि क्याम्पस परिसरबाट नै पक्राउ गरिएको छ। तामाङले भने, ' विष्टलाइ पक्रेपछि थापालाइ बोलाउन लगायौं। थापा पनि क्याम्पस परिसरमा नै भेटेपछि पक्राउ गर्‍यौं।' परीक्षा दिन लगाउने थापा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ता हुन।

काठमाडौं विश्वविद्यालयमा फेरि तालाबन्दी

काभ्रे, श्रावण ९ - विद्यार्थीलाई दिदै आएको छात्रवृत्तिलाई पारदर्शी नगरिएको भन्दै काठमाडौं विश्वविद्यालय (केयू)को प्रशासनमा तालाबन्दी गरिएको छ । अनेरास्ववियू काठमाडौ विश्वविद्यालय कमिटीले विश्वविद्यालयले आफ्ना मागको सम्बोधन नगरेको भन्दै  शुक्रवारबाट अनिश्चिकालका लागि तालाबन्दी गरेको हो । 'हाम्रा मागलाई बेवास्ता गरेपछि बाध्य भई तालाबन्दी गरेका हौं,' अनेरास्ववियू काठमाडौं विश्वविद्यालय कमिटीका अध्यक्ष पुजन गौतमले भने, 'आगामी दिनमा आन्दोलनका थप कार्यक्रमहरु अगाडी बढाउँछौ ।' दसैंदेखि तिहार सम्मको एक मुस्ट बिदा, एसडब्लुसीको चुनाव, खेलकुद सप्ताहलगायतका विद्यार्थीका कार्यक्रमहरुसहित नयाँ शैक्षिक सत्रको क्यालेन्डर सार्वजनिक गर्नुपर्ने अनेरास्ववियुको माग छ । केयूमा यसअघि नेविसंघ, अनेरास्वबियु क्रान्तिकारीले अनेकौं पटक तालाबन्दी गरिसकेका छन् ।

विद्यार्थी भ्रमणमा गएको बस दुर्घटनामा १८ जना घाइते

भक्तपुर, श्रावण ९ - नगरकोटबाट भक्तपुर तर्फ आउँदै गरेको भाडाबस भक्तपुरको बागेश्वरी २ स्थित बिहीबार दिउँसो दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । जनमैत्री कलेज कुलेश्वरको पत्रकारिताका विद्यार्थी लिएर नगरकोट भ्रमण गएको  बा १ ख ६७४६ नम्बरको  बस दुर्घटना भएको हो । बसमा २३ जना विद्यार्थी, शिक्षक र चालक दलसहित २७ जना यात्रु  थिए । दुर्घटनामा गम्भीर घाइतेहरुका भक्तपुरमा उपचार नभएपछि राजधानी पठाइएको छ । ११ जना घाइतेहरुको भने भक्तपुर अस्पतालमका उपचार भइरहेको प्रहरीले जनाएको छ ।