Skip to main content

Posts

Showing posts from January, 2020

नेपालमा भ्रष्टाचार बृद्धि हुनुका कारण र नियन्त्रणका उपायहरु

उत्तरः खराव आचरण, खराव व्यवहार, खराव कार्यशैली, साधनस्रोतको दुरुपयोग भ्रष्टाचार हो । मुलतः सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक स्रोत, साधन र अवसर आफ्नो निजी स्वार्थ, फाईदाको लागि प्रयोग गर्ने गैरकानूनी कार्यको समग्रतालाई भ्रष्टाचार भनेर बुझिन्छ । ‘खराव आचरण भएको व्यक्तिले अवसर पाएमा भ्रष्टाचार मौलाउँछ ।’ भ्रष्टाचार ‍= अवसर X इच्छाशक्ति यो वर्तमान नेपाली समाजको क्यान्सर हो । कानूनतः दण्डित भएतापनि घट्नुको सट्टा बढ्दै जानुका केही कारणहरु; – राजनीतिक कारणः भ्रष्टाचारको नियन्त्रणमा राजनीतिक प्रतिवद्धताको अभाव, भ्रष्टहरुको राजनीतिकरण र राजनीतिको भ्रष्टीकरण । – आर्थिक कारणः गरिवी, अभाव, न्यून वेतन, अपारदर्शी स्रोत परिचालन तथा वितरण, जसरी पनि धन कमाउनुपर्छ भन्ने भ्रष्ट मति, राजश्व चुहावट, कर छली । – सामाजिक कारणः भ्रष्टहरुलाई सामाजिक बहिष्करण छैन, जसरी भएपनि धन कमाए समाजमा स्वीकार्य, भड्किको सामाजिक व्यवहार, अपारदर्शी प्रतिस्पर्धा । – नैतिक कारणः सार्वजनिक पद धारकमा सदाचारिता, इमान्दारिता, नैतिकताको अभाव । – अन्य कारणः भ्रष्टाचार विरुद्ध एक्वैबद्धताको अभाव, सेवा प्रवाहमा सूचना तथा प्र

सुशासन र यसका प्रमुख सूचकहरु

राज्य संयन्त्रलाई नागरिककोे सहभागीतामा र आवश्यकता अनुसार संचालन गर्नु नै सुशासन हो । शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणालीलाई समेत सुशासन भनिन्छ । सेवा प्रवाह तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई समेत सुशासन भनिन्छ । नेपालको संविधान, सुशासन ऐन, चालु योजना र अन्य क्षेत्रगत नीतिहरुले समेत सुशासन, नागरिक सहभागीता र जनसन्तुष्टीमा जोड दिएका छन । सन् १९८९ मा विश्व बैंकले विकास परियोजना सञ्चालनका लागि यसको अवधारणा अगाडि ल्याएको हो । नेपालमा २०४६ को राजनैतिक परिवर्तन पछि यस विषयले वढि महत्व पाउदै गएको छ । सुशासनका प्रमुख सूचकहरु; – नागरिकको प्रत्यक्ष सहभागीतामा जनसहभागितामूलक शासन व्यवस्था, – जनता प्रति प्रत्यक्ष उत्तरदायी सरकार सञ्चालन, – समग्र शासन प्रक्रियामा पारदर्शिता अवलम्बन, – विधि, पद्धति र कानुनमा आधारित शासन व्यवस्था, – सरोकारवाला प्रति जवाफदेही शासन सञ्चाल

सामाजिक द्वन्द भनेको के हो ? नेपालमा यस्को प्रभाव, कारण र असरहरु के हुन् ?

सामाजिक द्वन्द भनेको के हो ? नेपालमा यस्को प्रभाव, कारण र असरहरु के हुन् ? सामान्य अर्थमा बुझ्दा द्वन्द्व भन्नाले झगडा, मनमुटाव, दुश्मनी, काटमार, हिंसा, लडाई, असहमती र विवाद जस्ता कुराहरुलाई बुझिन्छ । द्वन्द्व दुई वा दुई भन्दा बढी व्यक्ति वा पक्षहरु बीचको असहमती वा भिन्नता हो । मुल्य मान्यता बीच, लक्ष्य, उद्देश्यहरु बीच हुने संघर्ष र असहमतीका रुपमा यो रहेको हुन्छ । यो समूह बीचको कृयाकलाप र शक्ति एवं श्रोत माथी नियन्त्रणगर्ने उद्देश्य प्रष्ट हुन्छ । द्वन्द्व हुनुको कारण समाजमा रहेको श्रोत, साधनहरुको असमान वितरण, अवसरहरुमा असमान पहुँच, शक्तिको असमान वितरण, प्रयोग,दण्ड, न्याय एवंम् पुरस्कारको असमान अनि विभेदपूर्ण वितरण, अल्पसंख्यक एवंम् सिमान्तकृत वर्गहरु बीचमा सामाजिक विभेद आदी हुन । यी संगसंगै आर्थिक, राजनीतिक, धार्मिक, वैचारिक असहमती पनि द्वन्द्वको कारण को रुपमा लिन सकिन्छ । द्वन्द्व समाजको अभिन्न क्रियाकलाप भएको हुँदा, समय, समाज, हावापानी, भौगोलिक अवस्था, तत्कालिन परिस्थिती आदीले पनि द्वन्द्वको स्वरुप निधारण गर्दछ । द्वन्द्व आफैमा राम्रो होईन । यसले व्यक्तिहरुको सृजनालाई नष्ट गर्दछ ।

विश्व व्यापीकरण

सुशील गिरी विश्वव्यापीकरण भनेको के हो? नेपालमा यसले पुर्‍याएको सकारात्मक र नकारात्मक पक्षहरू उल्लेख गर्दै नकारात्मक पक्षहरू न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरू उल्लेख गर्नुहोस्। ‘विश्व’ र ‘व्यापी’ दुई शब्दको मिलनबाट विश्वव्यापी शब्द बनेको छ। विश्वव्यापी शब्दमा करण प्रत्यय लागेर विश्वव्यापीकरण बनेको हो।यसको शाब्दिक अर्थ विश्व भरी एक देशले अन्य देशमा वा जताततै भन्ने हुन्छ। यसलाई अर्को शब्दमा भूमण्डलीकरण पनि भन्ने गरिन्छ। परम्परागत रूपमा विश्वव्यापीकरण भन्नाले अर्थतन्त्रलाई जोड्ने प्रक्रिया हो भनी सीमित अर्थमा बुझ्ने गरिन्थ्यो।आधुनिक विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र सांस्कृतिक लगायतका सबै विषयमा साझा मूल्य मान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान नै विश्वव्यापीकरण हो। यसले देशहरूबिच वस्तु, सेवा, पुँजी, प्रविधि, सूचना र मानिसहरूको सीमा विहीन रूपमा स्वतन्त्र प्रवाहलाई मान्यता दिने गर्दछ। विश्व बैङ्कले यसका प्रमुख तीन पक्षका रूपमा व्यापार, वित्तीय प्रवाह र सूचना प्रविधिलाई लिएको छ। माइकल पी.टोडारोले विश्वव्यापीकरणलाई (Globalization is the increasing integration of natio

नेपालमा बेरोजगारी समस्या कारण र समाधान

बेरोजगारी के हो ? -रोजगारविहीन अवस्था बेरोजगारी हो । -नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या ३५ लाखभन्दा बढी रहेको तथ्यांकले देखाएको छ । -दैनिक १५०० युवा वैदेशिक रोजगारीको लागि विदेशिने गरेका छन् । -उद्योगधन्दाको विकास हुन सकेको छैन, भएका उद्योगसमेत अशान्ति, बन्द हडताल र -लोडसेडिङका कारण बन्द हुँदै गएको अवस्थाले नेपालमा बेरोजगारीको अवस्था भयावह छ । नेपालमा बेरोजगारीको अवस्था भयावह हुनुका कारणहरू -रोजगारीका अवसर सिर्जना गर्ने किसिमका स्पष्ट ख्ष्कष्यल नहुनु -उच्च जनसंख्या वृद्धि -रोजगारी प्रदान गर्ने क्षेत्रको विकास नहुनु -औद्योगिकरणको वातावरण निर्माण नहुनु -राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति नहुनु -गरिबी भयो, गरिबीका कारण बचत भएन बचत नहुँदा लगानी हुने कुरा भएन, लगानीको अभावमा -उद्योगधन्दा सञ्चालन गर्न सकिन्न । उद्योगधन्दा नभएपछि रोजगारी कसरी सिर्जना हुन्छ रु -शिक्षा पद्धति बेरोजगार युवा उत्पादन गर्ने कारखानाको रूपमा रह्यो । -साना घरेलु उद्योगधन्दा संरक्षण गर्ने खालको औद्योगिक नीति भएन । -निजी क्षेत्र सक्षम हुन सकेको छैन । -विदेशी लगानी भित्रिने वातावरण ब

सामाजिक शिक्षा

आज हाम्रो देश नेपालमा सामाजिक शिक्षा विषयको पढाइ चुनौतीको विषय बनेको छ । यसको एकमात्र कारण यसमा समावेश गरिएका विभिन्न विषयवस्तुहरू हुन् । कक्षा १ देखि ३ सम्म यसमा आफू, आफ्नो परिवार तथा छरछिमेक, हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रो क्रियाकलाप पढाइन्छ भने कक्षा ४ र ५ मा स्थानीय विषयवस्तुलाई समावेश गरिएको छ र कक्षा ६ देखि ८ सम्म हामी र हाम्रो समाज, जनसङ्ख्या शिक्षा, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग लाई पाठ्यक्रममा समावेश गरिएको छ । यसैगरी कक्षा ९ र १० मा हामी हाम्रो समुदाय र राष्ट्र, विकासका पूर्वाधारहरू ,  हाम्रो पृथ्वी अन्तर्गत नेपाल र विश्वको भूगोल, हाम्रो विगत अन्तर्गत नेपाल र विश्वका घटनाक्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत शान्ति र सहयोग विषयलाई समावेश गरिएको छ ।     यी विषयवस्तुहरू पढाउनका लागि विज्ञानजस्तै प्रश्नोत्तर विधि, प्रदर्शन विधि, समस्या समाधान विधि, अवलोकन विधि, छलफल विधि, खोज विधि ,  अभिनय विधि, परियोजना विधि, कथा वाचन विधि, घटना अध्ययन विधि निर्धारित गरिएको छ । यी विधिहरूक

कालान्जर पर्वत, नेपाल एक परिचय

कालञ्जर पर्वत कालञ्जर क्षेत्र प्राकृतिसँगै सांस्कृतिक तथा धार्मिक रुपमा पनि उत्तिकै महत्वूर्ण ठाउँ हो । कालञ्जर पर्वत जिल्लाको मोदी तथा जलजला गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको छ ।  अहिले हम्पाल भनेर चिनिने यो क्षेत्र हिन्दू धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएकोे ‘कालञ्जर पर्वत’ हो । धर्मग्रन्थहरूमा कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन, त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्धी प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ । हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्यास्थलका रूपमा रहेको थियो । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख छ ।   एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ । कालञ्जर पर्वतला

Hiking in Vietnam

Although  Vietnam  is popularly known for its rich history and tradition with delicious local cuisines, it is also a great destination for hiking. The country is surrounded by a number of picturesque places perfect for hitting the trail. These include easy walks through villages to long-distance jungle treks. The best part about choosing Vietnam as a hiking destination is that you can head to the northwest, northeast, and the central highland regions for a variety of cultures and types of hikes. Here are some of the most popular for all levels of hikers. Sapa Northern Vietnam is an enormous mountainous region with stunning landscapes. It’s also where the highest mountain in Vietnam ( Fansipan ) is located, reaching 10,000 feet. You can conquer this mountain by taking one of the three routes available starting from Tram Ton Pass, Sin Chai Village, or the  Cat Cat Village . If you’re looking to relax and enjoy the scenery rather than lead yourself, you can easily find tours in either Han