Skip to main content

Posts

Showing posts from August, 2014

सहर ताक्छन् विद्यार्थी

काठमाडौ, भाद्र १५ - एसएलसी सकेपछि उच्च शिक्षा अध्ययनका लागि गाउँ छाड्ने चलन पुरानै हो। गाउँमै उच्चमावि खुलेपछि पनि यो चलन कायम छ। जसका कारण स्थानीय उच्चमावि विद्यार्थी अभावमा संकटमा पर्न थालेका छन्। दमकबाट  चेतन अधिकारी, विराटनगरबाट विनोद भण्डारी, तेह्रथुमबाट चन्द्र कार्की, धनकुटाबाट विनोद घिमिरे र धरानबाट प्रदीप मेन्याङ्बो  लेख्छन् : झापा राजगढकी लक्ष्मी गौतमलाई बाबुआमाले गाउँकै उच्चमाविमा पढाउन खोजेका थिए। घरकै खाना खाएर 'प्लस टु' पढोस् भन्ने अभिभावकलाई लागे पनि उनले मानिनन्। 'गाउँ र सहरको पढाइ उही हो भनेर सम्झाएँ तर मानिन। बाबुआमाको चाहना गाउँ हुँदोरहेछ, छोराछोरीको भने सहर,' बाबु हरिप्रसादले भने, 'मेरोजस्तै समस्या धेरैको रहेछ। त्यही देखेर चित्त बुझाएँ।' एसएलसी नतिजा आएपछि गाउँ र सहरका उच्चमाविका एकखाले 'द्वन्द्व' हुन्छ। गाउँका स्कुल आफूले एसएलसी पास गराएका विद्यार्थी आफैंसँग राखेर ११ र १२ कक्षा पार गराउन चाहन्छन्। सहरकाहरू तिनै विद्यार्थी आकषिर्त गरी कक्षाकोठा भर्न चाहन्छन्। 'एसएलसी नतिजा आएपछि सहरतिरबाट विभिन्न स्किम लिएर आउँछन्। हामीलाई वि

उमाविमा व्यावसायिक विषयको पाठ्यक्रम तयारीमा अन्योल

काठमाडौँ,  भदौ १५ गते  । विद्यालय तहको कक्षा १२ सम्म प्राविधिक र व्यावसायिक शिक्षा दिलाउने सरकारको नीति रहे पनि पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनमा शिक्षा विभाग र प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) बीच जिम्मेवारी बाँडफाँडको विवाद देखिएको छ ।  सरकारले २०६४ सालदेखि कार्यान्वयनमा ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रम         (एसएसआरपी) मा कक्षा १२ सम्म माध्यमिक शिक्षा मान्ने र कक्षा ९ देखि प्राविधिक विषयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सो सुविधा दिने उल्लेख छ ।  सोहीअनुसार हाल कक्षा ९ र १० का लागि सिटिइभिटीले तयार गरेको पाठ्यक्रमका आधारमा देशका विभिन्न जिल्लामा व्यावसायिक विद्यालयमा पनि अध्यापन भइरहेको छ । ती विद्यार्थीले कक्षा १० पछि कुन निकायले तयार गरेको पाठ्यक्रम पढ्छन् भन्ने यकिन हुन सकेको छैन ।  बसुन्धरास्थित एक्टिभ कलेजले आज यहाँ आयोजना गरेको ‘शिक्षा क्षेत्रका चुनौती’ विषयक छलफल कार्यक्रममा सिटिइभिटीका परीक्षा नियन्त्रक शिवशङ्कर घिमिरेले शिक्षा ऐन संशोधनको क्रममा रहेको र कक्षा ११ र १२ को पाठ्यक्रम तयारीका लागि शिक्षा वि

क्षेशिनिमा उपनिर्देशकहरुको जात्रा

भदौ १५ गते , काठमाडौँ । दुई जना उपनिर्देशकले धानेको पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा यतिबेला ११ जना उपनिर्देशकलाई थुपारिएको छ । भएका उपनिर्देशकलाई ‘काम’ दिन नसकेको क्षेशिनि पोखराले शिक्षा मन्त्रालयले थपिदिएका पाँच जना उपनिर्देशकलाई कुनै जिम्मेवारी दिन सकेको छैन ।  त्यसैले काजमा थुपारिएका उपनिर्देशकहरु दैनिक हाजिर गर्छन्, केहीबेर गफगाफ गर्छन्, फेसबुक चलाउँछन् र घरतिर लाग्छन् । पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बिदामा काठमाडौँमा आउनुभएकाले मन्त्रालयले कति जना उपनिर्देशकलाई काजमा क्षेशिनिमा पठाएको छ भन्ने जानकारी नै छैन ।  मन्त्रालयले तीन महिनाका लागि भनेर पर्वत जिल्ला शिक्षा कार्यालयका हेमनारायण चापागाँई र घनश्याम पौडेललाई, स्याङ्जा जिशिकाका दयाराम गौतम र योगेन्द्र पराजुलीलाई र बर्दिया जिशिकाका विष्णुप्रसाद पराजुलीलाई काजमा क्षेशिनि पोखरामा पठाइदिएको छ । काजमा आउनुभएका उपनिर्देशक विष्णुप्रसाद पराजुलीले आफू काजमा आएको २० दिन जति भएको बताउँदै भन्नुभयो, “खासै कामको जिम्मेवारी पाएका छैनौँ । काज तीन महिनाका लागि भएकाले जिम्मेवारी नै नपाई बर्दिया फर्किने अव

आइएलओको नयाँ अध्ययनले नेपालको औपचारिक शिक्षा रोजगार मैत्री नभएको

नेपाल ।  अ न्तर्राष्ट्रिय श्रम संगठन आइएलओको नयाँ अध्ययनले नेपालको औपचारिक शिक्षा रोजगार मैत्री नभएको देखाएको छ । नेपालसहित कम्बोडिया, बंगलादेश र भियतनाममा गरेको अध्ययन अनुसार औपचारिक शिक्षा रोजगारमैत्री हुन नसक्दा धेरै युवा बेरोजगार हुनुपर्ने अवस्था सृजना भएको अध्ययनमा उल्ेलख छ ।  आइएल्ऽओको तथ्याङ्क अनुसार कम्बोडिया, बंगलादेश र भियतनाममा औसत रोजगार दर १४ दशमल्ऽब २ प्रतिशत मात्र छ ।  नेपाल्ऽको रोजगार दर २८ दशमल्ऽव ९ प्रतिशत रहेको छ । तर रोजगारी पाएका धेरैल्ऽे पनि जोखिमपूर्ण, ज्याल्ऽादारी र  नियुक्ति पत्र बिना काम गर्दै आएको अध्ययनमा उल्ऽ्ल्ऽेख छ । यस्तै, नेपाल्ऽ, बंगल्ऽादेश र कम्बोडियाका ५० प्रतिशतभन्दा बढी युवाल्ऽे प्राथमिक तह वा त्यो भन्दा कम मात्रै शिक्षा हाँसिल्ऽ गरेकाल्ऽे पनि दिगो तथा राम्रो पारिश्रमिक पाउने रोजगारी पाउन नसकेको अध्ययनको निष्कर्ष छ । यी देशका ५० प्रतिशतभन्दा बढी युवा आफूल्ऽे गर्ने कामका ल्ऽागि दक्ष नभएको आइएल्ऽओको ठहर छ । यस्तो प्रवृत्तिल्ऽे कामदारको उत्पादकत्वमा नकारात्मक असरपर्ने र यसल्ऽे कुनैपनि कम्पनीको उत्पादन क्षमतामा पनि ह्रास ल्ऽ्याउने भन्दै चिन्

‘गुणस्तरीय शिक्षाको आवश्यकता’

काठमाडौँ,  भदौ १४ गते  । सातौँ पुस्तकालय दिवसको अवसरमा आज बृहत् मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ ।  विद्यालय पुस्तकालय परिचारिका सङ्गठन नेपालले आयोजना गरेको सो ¥याली प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएर भ्रदकाली, सहिदगेट, सुन्धारा, नयाँ सडक, शान्ति बाटिका र पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।      ‘पुस्तकालयको विस्तार, सभ्य समाजको आधार’ भन्ने मूल नाराका साथ सुरु गरिएको मोटरसाइकल ¥यालीमा सहभागीले पुरानो कोट लगाउ, नयाँ किताब किनाँै, आजको युग सूचनाको साक्षरताको युग लेखिएका प्ले कार्ड बोकेका थिए ।      कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री गणेश शाहले आजको २१ औँ शताब्दीको आवश्यकता भनेको पुस्तकालय तथा सूचना साक्षरताको विकास हो भन्नुभयो ।      शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाका उपसचिव दशरथ मिश्रले शैक्षिकस्तरको गुणस्तरीय विकासका लागि सबै सरोकारवालासँग आग्रह गर्नुभयो । रासस

कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित

काठमाडौ, भाद्र १४ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायतर्फको नतिजा सार्वजनिक गरेको छ । वैशाख १९ देखि परीक्षा भएको भएको विज्ञान संकायको आज नतिजा सार्वजनिक भएको हो । परीक्षा नियन्त्राक दुर्गा अर्यालका अनुसार नियमिततर्फ ३६ हजार सातसय २७ मध्ये २५ हजार ८ सय ६६ उत्तीर्ण भएका छन् । नियमिततर्फ ७० दशमलब ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षामा सहभागी ६ जनाको नतिजा स्थगित भएको र ८ जनाको नतिजा रद्द गरिएको अर्यालले जानकारी दिए । त्यस्तै, आंशिकतर्फ परीक्षामा सहभागी ६ हजार ८ सय ४२ मध्ये २ हजार ६ सय २१ परीक्षार्थी उत्तीर्ण भएका छन् । ७ जनाको नतिजा रद्द गरिएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको  छ । आंशिकतर्फ ३८ दशमलब २१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए ।  HSEB    symbol no टाइप गरी ३३३३३ मा एसएमस गरेर पनि नतिजा थाह पाउन सकिन्छ ।

१२ कक्षाको नतिजा भोलि

काठमाडौ, भाद्र १२ - उच्च माध्यमिक शिक्षा परिषद्ले १२ कक्षाको विज्ञान बिषयको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाखमा भएको परीक्षाको नतिजा ढिलाई भएको भन्दै चौतर्फी बिरोध हुन थालेको छ । 'सबै तयारी सकिएको छ,' परिषद्का सहसचिव नारायण कोइरालाले भने,'शुक्रबार नतिजा सार्वजनिक गर्छौ ।' उनका अनुसार १ हजार ८ सय भन्दा बढी विद्यार्थीको हाजिरी देखिएपनि नम्बर नचढेपछि मिसिङ देखिएकोले त्यसमो समाधान गरी नतिजा प्रकाशन गरिनेछ । 'बिगतमा २/३ सय मात्रै मिसिङ देखिन्थ्यो,'उनले भने,'यसपपटक धेरै आएकोले रुजु गर्न लागेका छौ ।' विद्यार्थीको उत्तरपुस्तिका एउटा पोकामा हुनु पर्नेमा अर्कोमा पर्दा पनि मिसिङ हुने गरेको उनले बताए । नतिजा नआएपछि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षामा समेत सहभागी हुने वा नहुने भन्ने विद्यार्थीमा अन्यौल छ । त्रिविको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षा सकिसक्यो । मेडिकलतर्फको आइतबार प्रवेश परीक्षाको कार्यक्रम तय गरेका छ । नतिजा नआउदा विदेश अध्ययनमा जाने विद्याार्थी भने अन्योलमा परेका छन् । विदेश अध्ययन गर्न जानेले सेप्

दुई थरीको शिक्षा छ र ?

मुकुन्दराज शर्मा  देशमा निजी विद्यालयहरूको प्रवेश र उत्थानपश्चात् सरकारी र निजी विद्यालयहरूको उत्तीर्ण प्रतिशतमा ठूलो भिन्नता हुनथाल्यो । अभिभावकहरूको निजी विद्यालयतर्पmको आकर्षण बढ्न थाल्यो । र, सिङ्गो देश नै सरकारी र निजीको शिक्षामा विभाजित हुनथाल्यो । तत्पश्चात् पछिल्ला वर्षहरूमा देशमा दुई किसिमको शिक्षा विद्यमान रहेको कुरा धेरै चर्चामा छाइरहेको छ । यतिसम्म कि विभिन्न संघ–सङ्गठन, राजनैतिक दल तथा अन्य सरोकारवालाहरूले समेत यही कुरा मनन गरिरहेका छन् । देशमा दुई खाले शिक्षा विद्यमान नरहेको बेलाबखत मैले बोलिरहँदा म एक्लो वृहस्पति भूmठो जस्तै भएको छु ।  हाल नेपालमा दुई खाले शिक्षा नभई दुई खाले शिक्षा प्रदायक संस्थाहरू, जो व्यवस्थापनका दृष्टिले वा सरकारी र निजी भएका नाताले मात्र भिन्न छन्, ती मात्र विद्यमान छन् । कुशल व्यवस्थापन, गुणस्तरीय पठनपाठन र अङ्ग्रेजी भाषाको मोहले निजी विद्यालयहरू सबैका लागि आकर्षण भएका हुन् । असल व्यवस्थापन र राम्रो उत्तीर्ण प्रतिशत भएका सरकारी विद्यालयहरू पनि नभएका होइनन्, तर त्यस्ता विद्यालयहरू न्यून सङ्ख्यामा भएकाले मात्र सायद ओझेलमा परेका होलान् । त

विद्यालय खुलेपछि विस्थापितको बिचल्ली

जाजरकोट,  भदौ १२ गते । पहिरो प्रभावित सक्ला, रामीडाँडा र रोकाय गाविसका विद्यालय खुल्ने भएपछि  त्यहाँ शरण लिएका विस्थापित समस्यामा परेका छन् । अन्यत्र बस्न त्रिपालसमेत नभएका कारण उनीहरू कहाँ जाने भन्ने अन्योलमा छन् ।   छेडा, धौलाकोटका विस्थापित कालिका मावि, जनकी प्राविमा बसिरहेका छन् । ती गाविसमा पानी पहिरो रोकिए पनि विस्थापित परिवार घर फर्किन सकेका छैनन् । त्रिपाल भएको भए छाप्रो बनाएर बस्न सकिन्थ्यो तर हामीसँग केही छैन छेडाखालाले घर बगाएकी  रामीडाँडाकी पीडित राधिका पुनले दुखेसो पोखे । केही दिन विद्यालयमा भए पनि गुजारा गरियो अब लालाबाला लिएर कहाँ जाने होला । त्यस्तै समस्याका कारण धैलाकोटस्थित निगालचुला प्राविमाले भदौ १२ गते वटा  विद्यालय सुचारु गर्न लागेपछि विस्थापित कहाँ बस्ने भनेर पीडामा रहेका छन् । साउन २८ गते पहिरोले विस्थापित भएका परिवारले जिल्लाका तीनवटा विद्यालयमा शरण लिइरहेका छन् । मौसममा सुधार आएको र बालबालिकाको पढाइ प्रभावित हुन थालेपछि जिल्ला शिक्षा कार्यालयले त्यस क्षेत्रका विद्यालय सुचारु गर्न खोजेको हो । त्रिपालसहित राहत पाएपछि विस्थापितले केही स्थानीयलाई  विद

दुई सय एकहत्तर शिक्षक नियुक्ति

इलाम,  भदौ १२ गते । जिल्ला शिक्षा कार्यालयले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहमा गरी २७१ शिक्षकलाई नियुक्ति दिएको छ ।  शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका मावि तहका ४२, निमावि तहका ४४ र प्रावि तहका १८५  शिक्षकलाई नियुक्ति दिइएको हो । रिक्त दरबन्दीमा शिक्षक नियुक्ति गर्दा पनि अझै त्यत्तिकै सङ्ख्यामा दरबन्दी रिक्त भएको जिशिकाले जनाएको छ ।  शिक्षक नियुक्ति गर्नुअघि जिशिकाले महिला, अपाङ्गलाई प्राथमिकताका साथ स्थान रोज्न लगाएको थियो । सोहीअनुसार महिला र अपाङ्गले विद्यालय रोजेको कार्यालयले जनाएको छ । मावितर्फ नेपालीमा नौ, अङ्ग्रेजी ११, सामाजिक नौ, गणित दुई र विज्ञान विषयमा ११ शिक्षक नियुक्ति भएका हुन् ।  यसैगरी निमावितर्फ नेपालीमा सात, अङ्ग्रेजी १३, सामाजिक आठ, गणित दुई र विज्ञानमा १४ शिक्षकलाई नियुक्ति दिएको जिशिकाले जनाएको छ ।   उनीहरूको सेवा अवधि विद्यालयमा हाजिर भएको दिनदेखि हुने र तलब सुविधा पाउने जनाइएको छ ।      नयाँ शिक्षक नियुक्ति गर्दा अस्थायी र राहत दरबन्दीमा कार्यरत शिक्षक विस्थापन नहुने गरी नियुक्ति गरिएको जिल्ला शिक्षा अधिकारी पुरीले बताउनुभयो ।

मुलुककै पहिलो पाठशाला दरबार हाइस्कूलको दुरावस्था, पठनपाठनमा समस्या

काठमाडौँ,  भदौ १२ गते । मुलुककै पहिलो पाठशालाका रुपमा स्थापित दरबार हाइस्कुल (भानु मावि) को दुरावअस्थाका कारण पठनपाठनमा समस्या आएको छ ।  मल्लकालीन रानीपोखरीको पश्चिमपट्टि अवस्थित दरबार हाइस्कूलको भवनको टिन (जस्ता पाता) वर्षातको समयमा पानी चुहिएर पठनपाठनमा समस्या आएको हो ।      विसं १९४८ मा निर्माण भएको सो भवनको जस्ता पातामा खिया लागेर जताततै प्वाल परेको छ भने पछाडिपट्टि पलास्टर गरिएको भाग भत्किएर इँटा मात्र देखिएको छ । त्यसैगरी पर्खालमा पानी पसी लेउ पलाएर वर, पिपलका विरुवा र झारहरु उम्रिएका छन् ।   तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले आफ्नै परिवारका छोरा भतिजालाई आधुनिक शिक्षा प्रदान गर्न विसं १९१० मा थापाथलीस्थित आफ्नै दरबारको प्राङ्गणमा एउटा स्कूल जस्तो गरी पढाउने काम सुरु गरेका थिए । सो स्कूललाई थापाथलीबाट विभिन्न स्थानहुँदै विसं १९४८ मा वीरशम्शेरले रानीपोखरीमा हाल दरबार हाइस्कुल अवस्थित भवनमा सारेका थिए । त्यस बेलादेखि दरबार हाइस्कुल आजसम्म सोही भवनमा रहिआएको छ । सो भवनका झ्याल ढोका पुरानो भएर भत्किँदा वर्षातमा पानी कक्षा कोठाभित्र छिरेर पठनपाठनमा समस्या आएकै क

चार वर्षमा साढे ५ लाख विद्यार्थी घटे

भदौ १२,  काठमाडौं । नेपालमा चार वर्षमा प्राथमिक तह (एकदेखि पाँच कक्षा)का विद्यार्थी साढे पाँच लाख घटेका छन् । सन् २०१० मा प्राथमिक तहमा ४९ लाख ५१ हृजार नौ सय ५६ विद्यार्थी रहेकामा सन् २०१३ मा ४४ लाख एक हजार ८० मात्र रहेका छन् । शिक्षा विभागको ‘फ्यास-१ रिपोर्ट २०७०’ अनुसार चार वर्षमै प्राथमिक तहका विद्यार्थीको संख्या पाँच लाख ५० हजार दुई सय १५ ले कमी आएको नयाँ पत्रिकामा खबर छ । रिपोर्टअनुसार सन् २०११ मा ४७ लाख ८२ हजार आठसय ८५ विद्यार्थी रहेकामा सन् २०१२ मा ४५ लाख ७६ हजार ६ सय ९३ थिए ।  विभागका अनुसार सन् २०१० देखि नै प्राथमिक तहका विद्यार्थी घट्न थालेको हो । २०१४ को भर्नाको यकिन विवरण संकलन भइनसके पनि यस वर्ष पनि विद्यार्थी घट्ने जिल्ला शिक्षा अधिकारीहरुले जनाएका छन् । शिक्षा विभागका अनुसार प्राथमिक तहमा औसत वृद्धिदर माइनश शून्य दशमलब एक रहेको छ । सरकारले शिक्षा बजेटको ६० प्रतिशतभन्दा बढी रकम विद्यालय तहमा खर्च गर्दै आएको छ । रिर्पोटका अनुसार घट्दो जनसंख्या वृद्धिदर, देशबाहिर बसाइँ सर्नु, नक्कली विद्यार्थी देखाउनेक्रम घट्नु रहेकाछन् । 

शिक्षकको साझा युनियन बनाउने अन्तिम गृहकार्य

भदौ १२,   काठमाडौँ । विद्यालय तहमा कार्यरत विभिन्न शिक्षक कर्मचारीका संगठनहरु छुट्टै एउटा साझा युनियन बनाउने अन्तिम गृहकार्यमा जुटेका छन् ।  विभिन्न संघसंगठनहरूमा विभाजित भएर आन्दोलन गर्दा पेशागत अभियान र टे्रड युनियन अधिकार कमजोर भएको महसुस गरिएपछि शिक्षकका अगुवाहरू साझा युनियन बनाउने अभियानमा लागेका हुन् । हाल नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्च नामक दर्ुइवटा शिक्षकका छाता संगठनहरू रहेका छन् । शिक्षकका सबै संघसंगठन शिक्षकका एउटै साझा युनियन हुनुपर्नेमा एकमत भइसकेका र छिट्टै घोषणा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । मात्र केही प्राविधिक काम सक्न बाकीं छ नीतिगत रुपमा सहमति भइसकेको छ ।  सबै संघ संगठनहरूले आन्तरिकरूपमा विधानहरू अध्ययन गरेर साझा एजेण्डा, नाम, लोगो,झण्डा लगायत निर्माण गर्ने काम गरिसकेका छन् । अव आगामी भाद्र १४ गते त्उसको अन्तिम घोषणा गर्ने तयारी भइरहेको अखिल नेपाल शिक्षक संगठनका महासचिव संकर अधिकारीले बताउनुभयो । यसका अन्तिम तयारीका लागि विभिन्न संघ संगठनका नेतृत्वहरूबीच पटकपटक छलफल हुदै आइरहेको थियो । यस विषमा विभिन्न शिक्षक संगठनहरुविच गत भाद्र १२

कक्षा १२ को नतिजा भदाै १२ गते सार्वजनिक हुने

काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को परीक्षााफल प्रकाशित गर्न ढिलो गरेपछि आक्रोशित बनेका अभिभावकले  मंगलबार दिउसो पनि परिषदको मुख्यालय घेराउ गरेका छन् । संघका अध्यक्ष शुप्रभात भण्डारीको नेतृत्वमा गएको टोलीले परिषदका सहसचिव नारायण कोइरालासँग भेट गरे । कोइरालाले भदाै १२ गतेसम्ममा कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक गरिने जानकारी दिए । उनले बाँकी तीन विषयको नतिजा १५ दिनसम्ममा सार्वजनिक गर्ने बताए । 

चुनौतनीपूर्ण बन्दै नवनियुक्त शिक्षक पदस्थापन

हरिप्रसाद पोखरेल अहिले १९ बर्षपछि हाम्रो देशका सामुदायिक विद्यालयहरुमा खरो प्रतिश्पर्धाबाट छानिएका योग्य शिक्षकहरुले प्रवेश पाउदैछन् । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा हस loss आइरहेको वर्तमान परिवेशमा यी नयाँ शिक्षकहरुको योग्यता, क्षमता, जोश, जाँगर र उच्च मनोवललाई सहि ब्यवस्थापन गर्न सके सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा क्रमशः सुधार हुन सक्ने सम्भावना देखिन्छ ।  जम्मा १३ हजार ५९ स्थायी शिक्षकको लागि गरिएको विज्ञापनमा देशभरबाट लिखित परी क्षामा ४ लाख १७ हजार प्रतिश्पर्धीले भाग लिएका थिए । यस्तो कडा प्रतिश्पर्धाबाट छानिएका यी अब्बल एवं उम्दा शिक्षकहरुलाई निराश बनाउने प्रपञ्च पनि भइरहेको छ । पहिलो कुरा त नतिजा प्रकाशित भएको लामो समयसम्म विभिन्न बाहानामा नियुक्ति दिन ढिलाई गरियो । अर्काेतिर नाम निकाल्न नसकेका अस्थायी शिक्षकहरु यथास्थानमा रहन पाउने तर प्रतिश्पर्धाबाट छानिएका योग्य शिक्षकहरुलाई भने अपायक र असहज ठाउँमा जान बाध्य बनाइयो । योग्यताक्रमको आधारमा विद्यालय रोज्न पाउने हल्ला चलाइए पनि त्यसको पालना हुन सकेन शिक्षक पदस्थापनको सन्दर्भमा ।  यतिमात्र होइन नया

प्लसटुमा शैक्षिक क्यालेन्डर

११ भदौ,  काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले पहिलो पटक शैक्षिक क्यालेन्डर तयार गरी लागू गर्ने भएको छ । तयार गरेको शैक्षिक क्यालेन्डरलाई आज सार्वजनिक गरिएको छ । कक्षा १२ को नतिजा प्रकाशनमा ढिला भइरहेको बेला आगामी वर्षका लागि भनेर तयार गरिएको क्यालेन्डरले अभिभावक तथा विद्यार्थीलाई केही दिन अल्मल्याउने भएको छ ।  परिषद्का अनुसार भदौ मसान्तभित्र कक्षा ११ का विद्यार्थीले रजिष्ट्रेसन फाराम भरिसक्नुपर्ने, आगामी माघ १ गतेदेखि मसान्तसम्ममा परीक्षा आवेदन भरिसक्नुपर्ने, फागुन १ देखि १५ गतेसम्म दोब्बर दस्तुर बुझाएर परीक्षा आवेदन भरिसक्नुपर्ने छ । त्यस्तै, आगामी २०७२ सालको वैशाख महिनाको दोस्रो हप्तामा कक्षा १२ को र अन्तिम हप्तामा कक्षा ११ को परीक्षा सञ्चालन हुने र सोही वर्षको साउन मसान्तभित्र कक्षा १२ को र कात्तिक मसान्तभित्र कक्षा ११ को नतिजा प्रकाशित गरिने शैक्षिक क्यालेन्डर प्रकाशित गरिएको छ । 

विद्यालयमा अख्तियारको आँखा

काठमाडौ, भाद्र   ४  - सामुदायिक र निजी विद्यालयमा अनियमितता र मनोमानीका गुनासा बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ। मध्य र पश्चिम तराईका जिल्ला शिक्षा कार्यालय छानबिन र अनुसन्धानको दायरामा छन्। बुटवलबाट  अमृता अनमोल, परासीबाट बेचु गौड, सर्लाहीबाट अमन कोइराला, रौतहटबाट शिव पुरी, बाराबाट लक्ष्मी साह र हेटौंडाबाट प्रताप विष्ट  लेख्छन्: रूपन्देहीमा विद्यालयमा भएका मनोमानीबारे अख्तियारमा गुनासो गर्नेको ओइरो लागेको छ। आयोगको बुटवल सम्पर्क कार्यालयमा दर्ता भएका १ सय १३ उजुरीमध्ये ७० शिक्षाका छन्, जुन रूपन्देहीसहित लुम्बिनीका ६ जिल्लाका हुन्। शिक्षा कार्यालयमा उजुरी गर्दा त्यसमाथि अनुसन्धान र कारबाही नभएको गुनासो छ। कार्यालय प्रमुख नीराजन घिमिरेका अनुसार बिनादर्ता विद्यालय सञ्चालन भएका, तल्लो तहको स्वीकृति लिएर माथिल्लो तह सञ्चालन गरेका, मापदण्ड पूरा नगरेका, परीक्षा सञ्चालनमा मनोमानी, व्यवस्थापन समितिमा राजनीति, विद्यालय निरीक्षक र स्रोत व्यक्तिबाट मनोमानी भएका उजुरी बढी छन्। मिलेमतोमा गरिने आर्थिक चलखेल, विद्यार्थीको हाजिरी बढी देखाएर रकम असुल्ने, शिक्षकको हाज