Skip to main content

Posts

Showing posts from April, 2022

समतामूलक समाज निर्माणको आवश्यकता र प्रयासहरु

  समतामूलक समाज समतामूलक समाज त्यस्तो समाज हो जसमा सबै नागरिकलाई समान पहुँचको व्यवस्था हुन्छ भने जात, जाति, लिङ्ग, वर्ण, आर्थिक अवस्था, शारीरिक अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्थाका आधारमा भेदभाव गरिँदैन । विविध कारणले वर्षौँदेखि पछाडि परेका र पारिएका सबै नागरिकलाई समावेशी र सामाजिक न्यायको सिद्धान्तअनुसार विकास र राज्यप्रणालीको मूल धारमा समाहित गरिन्छ । जसअन्तर्गत सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व, आरक्षण र कोटाका माध्यमबाट पहुँच, सशक्तीकरण एवम् मूल प्रवाहीकरण गर्ने प्रयत्न गरिन्छ । समाजमा भएको विविधतालाई अवसरको रूपमा अङ्गीकार गरी कसैलाई पनि वञ्चितीकरण नहुने अवस्थाको सिर्जना गरिन्छ । समतामूलक समाजमा समाज र राज्य सबैको हो, यहाँ सबै समान छन् भन्ने भावनाको विकास गरिन्छ । हुनेखाने र हुँदा खानेबिचको खाडलको अन्त्य गरी सबैलाई सम्मानपूर्वक बाँच्ने वातावरण तयार पारिन्छ । सबैले आफ्नो इज्जत प्रतिष्ठा र आर्थिक एवम् सामाजिक विकासमा समाहित हुने वातावरण तयार गरिन्छ । विकासको प्रतिफल सबैले पाउने सुनिश्चितता गरिन्छ । कमजोर वर्गलाई विशेष सुविधा दिएर मूल धारमा ल्याउने प्रयास गरिन्छ । समतामूलक स