Skip to main content

Posts

Showing posts with the label कथा

विजय मल्लको कथा : अन्तिम भोज

अन्धकार, निर्जन, डरलाग्दो एकलासे जंगलबाट पार गर्दागर्दै अकस्मात् म यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो । म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दुःख कष्टहरु सबलाई बिर्सेर म दुगुर्दै हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो । त्यसैले म व्यग्र थिएँ । त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ, जताततै रङ्गीचङ्गी, नीला, राता, पहेँला, हरिया, सेता बत्तीहरु बलिरहेका रहेछन् । ठूलो चौरका चारैतिर कलापूर्ण बगैंचा उज्यालोमा जग्मगाइरहेको छ, विभिन्न प्रकारका रङ्गीविरङ्गी फूलहरु सुगन्ध छरेर बिउँझिरहेका छन्, र त्यसभन्दा पनि बढी विभिन्न रङका पोषाकहरुमा लोग्नेमानिस र स्वास्नीमानिसहरुका ठूला जमात नै त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका छन् । ती सुगन्धित फूलहरुभन्दा पनि ती अति आकर्षक थिए । मलाई यस्तो लाग्थ्यो- स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गएँ । हरियो कोमल दुबो भरिएको फाँटमा श्रेणीबद्ध रुपले टेबल कुर्सीहरु लगाइएका छन् र हरेक टेबलका मध्...

कथा "पापीघाट"-रामलाल जोशी

लीला मभन्दा सात वर्ष जेठी थिई। मेरो उमेर थियो, १० वर्ष। लीलाको उमेर १७ वर्ष। लीला शुकवीर अङ्कलकी कान्छी छोरी। गाउँले नाताले मेरी दिदी। म दिदीकै नाताले लीलाको पिछा गर्थे...