Skip to main content

Posts

Showing posts from April, 2020

निबन्ध: घनघस्याको उकालो काट्ता

 घनघस्याको उकालो काट्ता-  तारानाथ शर्मा भोलिपल्ट ती भरियाहरु डडेल्धुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दाखोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए , तर त्यतिन्जेलमा दिउँसोको बाह्र बजिसकेको थियो । घरले विभागका कर्मचारीले भोलि मात्रै जानोस् ,  आज मरे पनि डडेल्धुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी बाह्र बजे पाटनबाट हिँड्यौं । ठीक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौं । अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौं । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो । यही थियो कुख्यात घनघस्याको विकट उकालो । मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ । तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छु ,  तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । तर ,  म विवश थिएँ ,  मैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दुई लाँक्रा उखु पहिले टेक्तै र

विजय मल्लको कथा : अन्तिम भोज

अन्धकार, निर्जन, डरलाग्दो एकलासे जंगलबाट पार गर्दागर्दै अकस्मात् म यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो । म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दुःख कष्टहरु सबलाई बिर्सेर म दुगुर्दै हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो । त्यसैले म व्यग्र थिएँ । त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ, जताततै रङ्गीचङ्गी, नीला, राता, पहेँला, हरिया, सेता बत्तीहरु बलिरहेका रहेछन् । ठूलो चौरका चारैतिर कलापूर्ण बगैंचा उज्यालोमा जग्मगाइरहेको छ, विभिन्न प्रकारका रङ्गीविरङ्गी फूलहरु सुगन्ध छरेर बिउँझिरहेका छन्, र त्यसभन्दा पनि बढी विभिन्न रङका पोषाकहरुमा लोग्नेमानिस र स्वास्नीमानिसहरुका ठूला जमात नै त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका छन् । ती सुगन्धित फूलहरुभन्दा पनि ती अति आकर्षक थिए । मलाई यस्तो लाग्थ्यो- स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गएँ । हरियो कोमल दुबो भरिएको फाँटमा श्रेणीबद्ध रुपले टेबल कुर्सीहरु लगाइएका छन् र हरेक टेबलका मध्

रचना हरु

गजल दुब्लाएको ज्यान थोरै मोटो भएको छ । हिजो लाउने दौरा आज भोटो भएको छ ।। नौलो फेशन देखाउंदै हिड्यो नभन्नु है । हिजो ठिक्क हुने लुगा छोटो भएको छ ।। हिजो रित्तो घैटो पनि उठाउन सकिएन । आज भरिएको गाग्री लोहोटो भएको छ ।। जिन्दगीमा कहिल्यै यो मोटाउंदैन भन्थ्यौ । मलाई हेर्ने तिम्रो नजर खोटो भएको छ ।। २०७४/०१/०९ गजल मुसु मुसु हास्दै हास्दै ओठ टोकेर आईन् । लजाउंदै र सर्माउंदै मुहार छोपेर आईन् ।। अर्कैसँग लगनगाँठो कस्दिन खोजेपछि । जन्मघर छाडी  सुइंकुच्चा ठोकेर आईन् ।। चिना  हेर्दा मिले पनि मन मिल्न सकेनछ ।  गन्तब्यको त्यो यात्रा बिचमै रोकेर आईन् ।। चिना बिहिन मान्छे हूँ म मन हराएको छैन । मनको राजा भन्दै उनी आशा बोकेर आईन् ।। निरस यो एक्लो जीबन  जेनतेन गुज्रीदैथ्यो । मूल्यहीन मेरो दिलको मूल्य तोकेर आईन् ।। २०७४/०१/०९ मुक्तक यो दुनियामा पढ्ने भन्दा पिउने धेरै छन् । खै किन  पिउँदा पिउँदै  जिउने धेरै छन् ।। उजाड छन् तनहरु फाटेका छन् मनहरु ।  टाल टुल गरी ब्यथाहरु  सिउने धेरै छन् ।। २०७६/०१/०९ मुक्तक  उठ उज्यालो भो  आलस्य भगाऊ  । हर क्षण तिम्रो सद् कर्ममा  लगाऊ ।। सुतिरहेछन् बस्ती अँध्यारो

कविता (सडक र म)

सडक र म ( कविता) म जहाँ  जन्मे हुर्के  खेले र सिकेँ मेरो  जन्म भूमि कर्म भूमि पाठशाला  जे भने पनि  मेरो प्यारो सडक तिमीलाई सलाम छ । जसले मेरो नाम जुरायो जिउनकै लागि काम पुर्यायो यसैले मेरो पहिचान दियो  त्यसैले त  आमा बाबा छिमेकी जे भने पनि  मेरो प्यारो सडक तिमीलाई सलाम छ । हिजो यही सडकमा जिन्दाबाद र मुर्दाबाद भन्दै मलाई  हजारौंको जुलुसले  साथ दिएको थियो  सबै भन्दा चर्को  कराउने मै थिएँ गोली  अश्रु ग्यासको बीचमा हराउने पनि मै थिएँ अनि म सँगै धुवाँ धूलो  बारूद टायर को गन्ध  सबै पचाई दिने मेरो प्यारो सडक तिमीलाई सलाम छ ।  यही सडकमा  हिँडेरै कोही दरबार पसे घरबार बसे माथि पुगेँ तल खसे तर  म बबुरो  जहाँको त्यही छु  न सत्तामा  न भत्तामा  तिरस्कारको पीडामा पनि चुपचाप शरण दिने मेरो प्यारो सडक तिमीलाई सलाम छ । हिजो प्रचण्ड गर्मीमा टाउकोमा टालाे बाधी धुँवाको मुस्लो सँगै अलकत्रा बिछ्याउँथे आज शान्त सडकमा आफैलाई आफ्नो बिछ्यौना बनाइरहेको छु  मस्त निदाइरहेको छु जसरी  यही सडकबाट गएको सहयात्री  दरबारमा निदाइ रहेछ  त्यसैले त  भोक  अभावमा  मीठो निद्रा दिने मेरो प्यारो सडक तिमीलाई सलाम छ । हिजो सत्तामा  न

शुभकामना

नववर्ष २०७७ को पावन अवसरमा    सुख , शान्ति,  सुस्वास्थ्य,  संमृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त  गर्दछु । भूमि राज शर्मा मोदी -२ देउपुर पर्वत

७५ जिल्ला

७५ जिल्लामा यसरी बस्यो माया प्रेम❣️                         (१) दार्चुलामा घुम्न गयको बैतडिको बाँस। डडेलधुरा कन्चनपुरमा भयो रात्री गाँस।। कैलालिको बाटो हुँदै पुगे म त डोटि। बझाङ अनि बाजुरामा खाजा खाय रोटि।। अछाम सारै राम्रो रैछ झनै पल्लो हुम्ला। प्रकृतिको बरदान रैछ मुगु अनि जुम्ला।। कालीकोट र दैलेखमा राउटे दाइ भेटे। सुर्खेत अनि बर्दियामा सारङ्गी धुन रेटे।। दाङ्ग हुँदै बाटो लागे अर्को जिल्ला बाके। सल्यान हुँदै जाजरकोट पुग्दा धेरै थाके।। रुकुमको लालिगुरास पुग्दो रैछ रोल्पा। सबै भन्दा ठूलो जिल्ला थाहा भयो डोल्पा।। प्युठानको स्वर्गद्वारी राम्रो रैछ ठाउँ। कपिलवस्तु लुम्बिनीमा बुद्ध जन्म गाउँ।। अर्घाखाँची घुम्दा खेरी गुल्मी जिल्ला छेक्यो। बाग्लुङ झरी चिया खादा उस्ले मलाइ देख्यो।। म्याग्दी रैछ उसको घर बोल्दा थाहा भयो। छ्ड्के गाजल त्यही माथी झनै डाहा भयो।। मुस्ताङ घुम्न जाने रहर रैछ उनको पनि। तर मनाङ घुम्न गयौ कसैलाइ नभनी।।                       (२) कास्की जिल्ला लोभ लाग्दो झनै फेवाताल । बाराहिको मन्दिरमा बस्यो माया जाल।। पर्बत हुँदै स्याङ्जा लाग्यौ हामी दुई जोडि।