कक्षा ६ मा आधारभूत शिक्षा पाठयक्रम (कक्षा ६–८), देशभर लागु हुने जानकारी
राष्ट्रिय विकास तथा मूल्यांकन परिषद्को सन्ताउन्नौ बैठकबाट मिति २०६९।०५।०८ मा स्वीकृत भई नेपाल सरकार, शिक्षा मन्त्रालयको मिति २०६९।०६।१० को निर्णयअनुसार दुर्गम जिल्लाहरूमा २०६९ फागुन १ गतेदेखि र अन्य जिल्लाहरूमा २०७० वैशाख १ गतेदेखि आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा ६–८),२०६९ लागु हुने तथा कक्षा ६ मा सोही पाठ्यक्रम अनुसार बनेका देहायका पाठय पुस्तक प्रयोग गर्न गराउन सम्बन्धित सबैका लागि सूचित गरिन्छ । उक्त पाठ्यक्रम अनुसार बनेका पाठ्यपुस्तक कक्षा ७ र ८ मा शैक्षिक वर्ष २०७१ र २०७२ मा क्रमशः लागु हुने छ ।
सि.नं.
|
विषय
|
पूर्णाङ्क
|
पाठ्यभार
|
कैफियत
|
१
|
नेपाली
|
१००
|
५
|
मातृभाषा र स्थानीय विषयका पाठ्यपुस्तक जिल्ला पाठ्यक्रम समन्वय समितिमार्फत जिल्ला तहमै नियमानुसार विकास भई लागु हुने छन् ।
|
२
|
अंग्रेजी
|
१००
|
५
| |
३
|
गणित
|
१००
|
५
| |
४
|
विज्ञान तथा वातावरण
|
१००
|
५
| |
५
|
सामाजिक अध्ययन र जनसंख्या शिक्षा
|
१००
|
५
| |
६
|
स्वास्थ्य तथा शारीरिक शिक्षा
|
५०
|
३
| |
७
|
नैतिक शिक्षा
|
५०
|
२
| |
८
|
पेसा, व्यवसाय र प्रविधि शिक्षा
|
१००
|
५
| |
९
|
मातृभाषा वा स्थानीय विषय वा संस्कृत कम्प्युटर वा संगीत
|
१००
|
५
| |
पूर्णाङ्क
|
८००
|
४०
|
पर्बत जिल्ला संक्षिप्त परिचय
पर्वत जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको मध्य पहाडी जिल्ला हो । यो नेपालका ७५ जिल्ला मध्ये चौंथो सानो जिल्ला हो । पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रुपमा चिनिन्छ । विश्व मानचित्रमा पर्वत २८० ००’ १९’’ देखि २८० २३’ ५९’’ अक्षांस र ८३० ३३’ ४०’’ देखि ८३० ४९’ ३०’’ देशान्तरमा रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल ५३६.८६ वर्ग कि.मी. रहेको छ । उचाईका हिसावले सामुन्द्रिक सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखी ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ ।
यस जिल्लाका रमणीय लेकाली चुचुराहरुमा उत्तरी भागमा पर्ने हम्पाल र लोप्रेका लेकहरु मध्य भागका पञ्चासे, डहरे तथा दक्षीणी भागका चिसापानी र गोर्ल्याङ्ग पर्वत जिल्लाका अग्ला चुचुराहरु हुन् । जहां शिशिरमा हिउंले ढाक्ने र वसन्तलाई लेकाली जडीवुटी, वन्य जन्तु र लालीगुरांस लगायतका धेरै सुन्दर फुलहरुले सिंगारीरहेका हुन्छन् । यी चुचुराहरुबाट उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खला र टाढा-टाढाका मनमोहक दृष्य तथा विहानीको सूर्योदयको सुन्दरताले पर्यटकहरुलाई मन्त्र मुग्ध पार्ने हुँदा पर्यटन विकासको सम्भावना त्यत्तिकै छ ।
कुश्माको गुप्तेश्वर गुफा, ज्ञादीको अलपेश्वर गुफा, पाङ्गको भुवनेश्वरी गुफा, वर्राचौरको सितलपाटी गुफा, लुंखुको चनौटे भिर मुनीको ढाउ गुफा यस जिल्लाका प्रसिद्ध गुफाहरु हुन भने धार्मीक तथा प्रयटकिय दृष्टिले मोदीवेनीको नरसिंह मन्दिर, सेतीवेणीको शालिकग्राम शिला, धाईरिङ्गको भुमे,लुंखु चिसापानीको कालिका देवी मन्दिर, कुश्मा, आर्थर र भोर्लेका बौद्ध गुम्बाहरु, ठुली पोखरीको वाटुलेचौर,होश्रादीको पैंयुकोट र धुवाकोटको ऐतिहासिक दरवार तथा किल्ला, माझफांटको कर्र्णोलको दरवार, तथा लुंखुको महाशिला (मेलढुङ्गा) महत्वपूर्ण मानिन्छन् ।
राजनैतिक विभाजनका आधारमा पर्वत जिल्ला दुइ निर्वाचन क्षेत्र, ११ इलाका, ५५ गा.वि.स. र ४९५ वडाहरुमा विभाजन गरीएको छ ।मानवीय विकासक्रमको दृष्टिले १५ औं स्थानमा पर्ने यस जिल्लामा व्राम्हण, क्षेत्री, मगर, कामी, गुरुङ्ग, दमाई, सार्की, कुँवर, नेवार, र्घर्ती, ठकुरी, सन्यासी, कुमाल, वोटे, माझी,थकाली र मुश्लीम जातिको वसोवास रहेको छ । २०६० असौजमा जिविसले लिएको तथ्याड्ढलाई प्रक्षेपण गर्दा यस जिल्लामा ३४२६८ घरधृरीका २०८२०९ मानिसहरु बसोवास गर्दछन् । विकासक्रमले हेदा यस जिल्लाका ८ गा.वि.स. मा २८ कि.मी. पक्कि सडक र ५३ गा.वि.स.मा ४०० कि.मी. भन्दा बढी धुले मौसमी सडक ले ढाकेको छ । खानेपानी सुवीधा ७६ प्रतिशत घरधुरीमा, सौचालय निर्माण ४४ प्रतिशत घरधुरीमा देखिन्छ भने आकाशे पानि संकलन गरी खानेपानीको गर्जो टार्ने वस्तीहरुमा होश्राङ्गदी, फलाम खानी, उराममा प्रतिघर २००० लिटर क्षेमताका ११३ घैंटा निर्माण गरीएका छन् ।
यस जिल्लामा १० स्वास्थ्य चौकि र ४२ उपस्वास्थ्य चौकीबाट आधारभुत स्वास्थ्य सुविधा ५५ वटै गा.वि.स.मा पुगेको देखिन्छ । जिल्ला अस्पताको अलवा ठूलीपोखरी र लुङ्खु देउरालीमा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेबा उपलब्ध भएको छ । फलेवासमा संचालीत हेल्पीङ्गहेन्स सामुदायीक स्वास्थ्य क्लिनिकबाट एक्स-रे, इसीजी, अल्ट्रा साउन्ड, ल्याव, र्फार्मेसी, सामान्य सल्यक्रिया र प्रसुती सेवा समेत प्रदान गरिएको छ । यस जिल्लामा रहेका ४ वटा आयुर्वेदिक स्वास्थ्य केन्द्रले समेत स्वास्थ्य क्षेत्रमा थप सहयोग पुर्याएका छन् ।
जलश्रोतको दृष्टिले हेर्दा पर्वतको पश्चिमि भागमा कालीगण्डगी नदी, मध्यभागमा मोदी भएतापनि यिनिहरुलाई सिंचाईको रुपमा उपयोग गर्न सकिएको छैन । हाल यि नदिहरु ढुंङ्गा, गिटि वालुवाका मुख्य श्रोत वनेका छन् अन्य स-साना खोलाहरु लुंदी, लस्ति, पाति, रति, जहरे, मल्याङ्गदी, चर्दी,लमाय, वाच्छा, सेति लगाएतका खोलाहरु सिंचाईका मुख्य श्रोतहरु हुन् । विद्युत उपयोगको दृष्टिमा भोक्सिङ्ग, वाच्छा, पाङराङ्ग, भुक, क्याङ्ग र सरौंखोला गा.वि.समा लघुजलविद्यु योजना संचालन भईरहेका छन् भने ठुला विद्युत योजनामा १४ मेघावाट क्षेमताको मोदिखोला पर्वतको देउपुर गा.वि.स.मा संचालन भईरहेको छ । यस जिल्लाका २६ गा.वि.स.ले केन्द्रिय प्रसारण लाईन वाट विद्युत सुविधा प्राप्त गरेका छन् भने फलामखानी गा.वि.स.मा स्थानिय विकास कोषको प्रर्दशन कार्यक्रम अन्तर्गत हावाबाट सञ्चालन हुने विद्युत नमुनाको रुपमा देखाइएको छ ।
शिक्षा क्षेत्रमा हेर्दा ५ क्याम्पस, १९ उ.मा.वि, ६२ मा.वि., ३४ नि.मा.वि. २१८ प्रा.वि. रहेका छन् भने निजिश्रोतका मा.वि.को संख्या ८ रहेको छ । शैक्षिक हिसावले १६ श्रोत केन्द्र अर्न्तर्गत पर्वतका सम्पूर्ण विद्यालयहरु समावेस गरिएको छ ।
पर्वत सानो जिल्ला भएतापनि लेक र वेंसिमा हावापानिको भिन्नता माटोको विविधता धरातलिए सोरुप र मोहोडामा ठुलो अन्तर रहेकोले कृषि उत्पादनमा तजा तरकारी, विभिन्न तरकारीको विउ अधुवा,आलु, अलैंची, कफी, वेसार, आदी फलफुलमा अमीलोजाति, लप्सी, केरा, लीची, आरु, ओखर नास्पति आदि हुन् । वेसीका समतल फांटहरुमा उन्नत जातको खाद्यन्नको विस्तार गरि लाभ लिन सकिन्छ भने पशूपालनका दृष्टिले वाख्र, कुखुरा, वंगुर, खरायो, गाई भैसी नै व्यवसायका मुख्य आधार हुन् । यहां लघु उद्यम विकास कार्यक्रमको सहयोगमा केही उद्यमीहरु तयार भई क्याण्डी, जाम, जेली, अचार, छाला जुत्ता, अल्लाको कपडा, टिका, सावुन , माहुरी लगाएतका व्यवसाय सुरु गरेको देखिन्छ ।
यसै गरी पर्बतको हुवाश गाबिस पनि एक रोमणिय स्थल को रुपमा रहेको छ यो गाबिस स्याङ्जाको वालिङ नगरपालिका देखी निकै नजिक रहेको छ भने यहाँको भु-भाग पनि अती सुन्दर अनी समथल रहेकोले गर्दा भबिस्यको एक सुन्दर बजार को पारीकल्पना गर्न सकिने एक यस्तो नमुना गाबिसको रुपमा रहेर पनि बिकासको दृष्टिले पछाडि परेको एक स्थान भन्दा फरक नपर्ला र यो गाबिस मा दुई वटा खोला हरु रहेका छन जस्को नाम मर्दिखोला र सेती खोला हो भने बिचको भागमा समथल खेती योग्य जमिन रहेको छ जस्मा धान खेती लगायत सबै किसिमका अन्न उत्पादन गर्न सकिन्छ र अहिले मोटर बाटोले वालिङ हुवाश हुँदै कुस्मा अनी रानीपनी सम्म जोड्ने पर्मुख केन्द्र नै हुवाश बन्न पुगेको छ । र यस् गाबिस पनि बिकासको बाटो तर्फ लम्किदै गरेको पर्बतको एउटा गाबिस मान्न सकिन्छ ।
पर्वत जिल्ला सानो जिल्ला भएता पनि यहां स्लेट ढुंगाका खानी, फलाम खानी, तामा खानी,आदीको उत्पादन हुने गरेको ऐतिहासिक प्रमाण पाईन्छ तर हाल स्लेट ढुंगा, वालुवा, गीटी मात्र निकासी भइरहेका छन् । भीरालो जमिनका कारण वाढी पहिरो, नदी कटान र कच्ची सडकबाट हुने भूक्षेय यस जिल्लाका मुख्य समस्या हुन् । भुक्षय नियन्त्रण कार्यक्रम प्रभावकारी रुपले संचालन गर्ने, कच्ची सडकलाई ग्राभेलि· र कालो पत्रे गर्दै लाने तथा विकासका सम्भावनाहरुको पहिचान गरी कार्यक्रम संचालन गरिएको खण्डमा पर्वत जिल्ला पनि नेपालको एक नमुना जिल्लाकोरुपमा स्थापित हुनसक्ने वलियो सम्भावना रहेको देखिन्छ ।
Biodata of New Primeminister of Nepal: Khil Raj Regmi
14 Mar, 2013 /
You may be interested to know more about Khil Raj Regmi who is the new Prime Minister of Nepal. We have just found his bio-data. Born in 1949,Khilraj regmi has passed Masters in Arts from Tribhuvan University in 1972 (AD)
A.GENERAL INFORMATION
- Date and Place of Birth:- 31st May 1949, Palpa, Nepal
- Gender:- Male
- Marital Status:- Married to Shanta Regmi (Have 3 Children)
- Nationality:- Nepali
- Permanent Home Address:- Pokharathok – 6, Palpa, Lumbini Zone, Nepal
- Current Home Address:- 182/15 Prabachan Marga, Kathmandu, Nepal
- Current Residence:- Prime Minister, Baluwatar, Kathmandu, Nepal
B. ACADEMIC QUALIFICATION
| ||||||||||||||||||||||||||||||||||
C. LANGUAGE PROFICIENCY
| ||||||||||||||||||||||||||||||||||
D. AWARDS/MEDALS
| ||||||||||||||||||||||||||||||||||
E. PROFESSIONAL CAREER
| ||||||||||||||||||||||||||||||||||
F. ADDITIONAL RESPONSIBILITIES
| ||||||||||||||||||||||||||||||||||
G. SPECIAL RESPONSIBILITIES
| ||||||||||||||||||||||||||||||||||
H. INTERNATIONAL PARTICIPATION
| ||||||||||||||||||||||||||||||||||
I. COUNTRIES VISITED
India, Thailand, Singapore, Malaysia, Hong Kong, Indonesia, South Korea, Japan, Italy, Switzerland, Canada, USA |