Skip to main content

Posts

Showing posts from June, 2015

सीटीइभीटीको प्रवेश परीक्षा आवेदन फारम खुल्यो

असार १५, काठमाडौं । एसएलसी उतिर्ण विद्यार्थीहरुको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बाट शैक्षिक सत्र २०७२/७३ को लागि सन्चालन हुने डिप्लोमा तथा प्रमाणपत्र तहका बिभिन्न शैक्षिक कार्यक्रममा वर्गिकृत निशुल्क छात्रवृतिको लागि आवेदन फारम माग गरिएको छ । आवेदन फारमहरु सिटीइभीटीका आंगिक कलेज र सम्वन्धन प्राप्त कलेजमा उपलव्ध हुने कुरा सुचनामा जनाइएको छ । आवेदन फारम यहि असार १५ गते देखी श्रावण ४ गतेसम्म भर्न सकिन्छ । परिषदबाट प्रदान गरिने छात्रवृतिहरुमा स्वास्थ्यतर्फ नर्सिङ,सामान्य चिकीत्सा हेल्थ ल्याव लगायतका दश वटा कार्यक्रम ,इन्जितियरिङ्ग तर्फ सिभील,कम्युटर , इलेक्ट्रोनिक्स लगायतका दशवटा कार्यक्रम र बन कृषि टुरिजम एन्ड हस्पिटालीटी तर्फ जम्मा ४ वटा कार्यक्रमहरु रहेका छन् । एसएलसीमा दुई बिषय लागेका विद्यार्थीले समेत प्रवेश परीक्षापछि पुरकबाट एसएलसी पास नभएमा परीक्षा स्वत रद्ध हुने शर्तमा कवुलियतनामा गरि फारम भर्न सक्दछन् । वर्गीकृत छात्रबृति प्रत्येक कलेजमा ३० कोटा भएकोमा २ जनाको र ४० कोटा भएको कलेजमा ३ जनाको रहनेछ । यस पटकबाट सिटीइभीटीले अनलाइन फर्मको समेत व्यवस्थापन गरेक

एसएलसीपछिको बाटो

बाबुकाजी कार्की विद्यार्थी आफैँलाई मात्र आफ्नो क्षमता राम्ररी थाहा हुन्छ। त्यसकारण आफूले कक्षा १ देखि १० सम्म पढेको अनुभवका आधारमा उच्च शिक्षाका लागि विषय छान्ने निर्णय गर्नुपर्छ। कुनै पनि विषय सानो हुँदैन। आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्ने लक्ष्य राख्नुपर्छ। पढ्ने विषय रोज्दा आफ्नो रुचि क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि विषयमा विशेष ध्यान दिनुपर्छ। शिक्षण संस्थाको विज्ञापन तथा ब्रोसियरमा लेखिएका कुरालाई मात्रै विश्वास नगरी शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, साधनस्रोतको पर्याप्तता र पारदर्शितासमेतलाई वस्तुनिष्ठ भएर प्रत्यक्ष अवलोकन गर्नुपर्छ। भविष्यमा अपनाउने पेसा, त्यसको लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमताका बारेमा वस्तुपरक भएर गम्भीर विश्लेषण गर्नुका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेरमात्र पढ्ने विषय र शिक्षण संस्था छनोटको निष्कर्षमा पुग्नु बुद्धिमानी हुन्छ। अभिभावकलाई विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरूलाई भन्

नेपाली सेनाव्दारा पक्की पुस्तकालय भवन निर्माण :

महेन्द्र केसी, पर्वत २०७२ असार  १५ ।  नेपाली सेनाको रण दल गुल्म पर्वतले पर्वतको एक क्याम्पसमा पुस्ताकलय भवन निर्माण गरिदिएको छ । बैशाख १२ गते गएको महाविनासकारी भुकम्पका कारण खानीगाउँ ३ फलेवासमा रहेको पर्वत बहुमुखी क्याम्पसको पुस्ताकलयमा क्षती भएपछि नेपाली सेनाले उक्त पुस्ताकलय निर्माण गरी दिएको हो । रणदल गुल्मका सहसेनानी निराकारयुद्ध खाँणको नेतृत्वमा गएको ३१ जनाको टोलीले क्याम्पसमा पक्की इट्टाको दुई कोठे पुस्ताकलय निर्माण गरिदिएको हो । करिब सात दिन लगाएर सेनाले उक्त पुस्ताकलय निर्माण गरिदिएको हो । सेनाले क्याम्पसमा पुस्ताकलय निर्माण गरिदिएपछि क्याम्पस प्रशासन खुशी भएको छ । सेनाले महाविपदका बेलामा पनि गाउँगाउँमा परिचालित भएर विपदमा परेका उद्धारको पर्खाइमा रहेकाहरुको उद्धार ग¥यो, विभिन्न ठाउँमा पनि टहरा निर्माण गरिदियो, हाम्रो क्याम्पसको आर्थिक अवस्था निक्कैनै कमजोर भएका कारण कसरी पुस्तकालय बनाउने भन्ने सोचमा थिर्यौ , सेनाको सहयोग माग्यौं , आएर सात दिनमा हाम्रो पुस्ताकलय तयार पारिदिए विद्यालय स्रोतले भन्यो । सेनाको काम बास्तबमानै प्रशंसा गर्न योग्य छ । नेपाली जनताको हरेक सुख दुखमा सेना

माथेमा कार्यदलको प्रतिवेदन : 'ठूला मेडिकल कलेज उपत्यकाबाहिर

काठमाडौं १५ असार /  स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलले आगामी दिनमा उपत्यकाभित्र नयाँ ठूला स्वास्थ्य शिक्षण संस्था खोल्ने अनुमति नदिन सुझाएको छ। त्यस्ता कलेज साना सहर तथा नयाँ बस्तीतर्फ केन्द्रित गर्न कार्यदलको सिफारिस छ।  त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति डा. केदारभक्त माथेमा संयोजकत्वको उक्त कार्यदलले ६ महिनापछि सोमबार प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य शिक्षाबारे समग्र नीतिगत सुझाव दिइएको छ।  कार्यदलको प्रतिवेदनमा मेडिकल कलेजलाई सयभन्दा बढी सिट संख्या दिन नहुने र पूर्वाधारलगायत सर्त पूरा नगर्ने कलेजको सम्बन्धन खोस्न सकिने नीति लिनसमेत सुझाइएको छ। सहज आयआर्जन र व्यवस्थापनका कारण धेरै स्वास्थ्य शिक्षण संस्था (मेडिकल, नर्सिङ र अन्य सामान्य चिकित्सक कलेज, प्रतिष्ठान) हरु काठमाडौं केन्द्रित हुन पुगेको ठहर गर्दै प्रतिवेदनमा यसैकारण बाहिरी सहर तथा ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याषउन कठिन भएको निष्कर्षसमेत निकालिएको छ। केन्द्रीकृत प्रवृत्तिले देशको सन्तुलित विकासमा बाधासमेत पुगेकाले अबउप्रान्त उपत्यकाभि

डिनलाई शौचालयमा थुनियो

काठमाडौं १५ असार /  विद्यार्थीले पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा तोडफोड गर्दै विज्ञान तथा प्रविधि संकायका डीन डा. गोबिन्दप्रसाद लामिछानेलाई शौचालयमा थुनेका छन।    अनेरास्ववियु निकट विद्यार्थी लेखनाथस्थित विश्वविद्यालयका झ्यालका सिसा, ढोका, फिल्टर, टेवुललगायत सामान तोडफोड गरेका थिए।    कार्यालयको प्रशासन शाखामा वसिरहेका डीनलाई तीनजना विद्यार्थीले शौचालयमा लगेर थुनिदिएको एक कर्मचारीले बताए।    शौचालयमा करिव १५ मिनेट थुनिएका लामिछानेलाई प्रहरीले मुक्त गरेको थियो। प्रहरीले प्रर्दशनमा हस्तक्षेप गरेपछि बिद्यार्थी भागेका थिए।   विश्वविद्यालयको केन्द्रीय क्याम्पस स्कुल अफ हेल्थ एण्ड एप्लाइड साइन्सेसमा अनियमित तबरले विद्यार्थी ट्रान्सफर गरेकाले बिरोध गरेको जनाएका छन।   उनीहरूले डीनको कुर्सी विश्वविद्यालय केन्द्रीय कार्यालयको रेलिङमा झुण्ड्याएका थिए।    विश्वविद्यालय प्रशासनले सोमबार बिहान प्रहरी लगाएर उक्त कुर्सी झिकेपछि आक्रोशित बिद्यार्थी तोडफोडमा उत्रिएका थिए।    कास्कीका प्रहरी नायव उपरिक्षक केदार रजौरेले तोडफोडमा संलग्न कसैलाई पनि पक्राउ नगरिएको जानकारी दिए। अ

जसले प्राविधिक तर्फबाट एसएलसीमा ९७ प्रतिशत ल्याए

प्राविधिक तर्फको एसएलसीमा म्याग्दीको गलेश्वर उच्च माविबाट ‘ए प्लस’ सहित ९७ प्रतिशत ल्याउन सफल बेनीका अनमोल केसी । जिल्लामा पहिलो पटक प्राविधिकतर्फबाट एसएलसीमा सहभागिता जनाएका ४७ जना मध्य १३ जना ‘ए प्लस’,२९ जनाा ‘ए’ र ५ जना ‘बी’ ग्रेडमा परेका छन् । 

सुदूरपश्चिमका सत्ताइस विद्यालय निल !

१३ असार ।  एसएलसी परीक्षाको नतिजामा सुदूरपश्चिमका छ जिल्लाका २७ विद्यालयले शुन्य नतिजा ल्याएका छन् । डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, बाजुरा र बझाङका गरी २७ विद्यालयको नतिजा शुन्य रहेको सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय दीपायलले जनाएको छ । शुन्य नतिजा ल्याउनेमा सबैभन्दा बढी डोटीमा आठ विद्यालय रहेका छन् । यस्तै दार्चुलाका छ, बैतडीका पाँच, बाजुराका चार, डडेल्धुराका तीन र बझाङका एक विद्यालय रहेका छन् । अछाम, कैलाली र कञ्चनपुरका भने कुनै पनि विद्यालयले शुन्य नतिजा नल्याएको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ । एसएलसी परीक्षामा बझाङका कतिपय विद्यालयले शुन्य नतिजा ल्याएपछि जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्ने भएको छ । रासस

प्राविधिक एसएलसीको नतिजा सार्वजनिक

भक्तपुर १३ असार /  परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ए प्लस ग्रेड पाउने विद्यार्थीको संख्या २ सय १५, ए ग्रेडमा ७ सय ७९ वी ग्रेड पाउने २ हजार १ सय ३१ सी ग्रेडमा १ सय २४ र डी मा १ जना रहेका छन् ।  २ जनाको परीक्षा स्थगित भएको छ भने ४ जनाको रद्ध भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सी ग्रेड वा सो भन्दा तलको ग्रेड चित्त नबुझ्ने विद्यार्थीले पुनः परीक्षा दिन पाउने कार्यालयले जनाएको छ । उनीहरुको परीक्षा पनि साउन २० गतेबाटै हुने छ ।  फर्म भर्ने ३ हजार २ सय ८८ विद्यार्थी मध्ये ३ हजार २ सय ५६ जना परीक्षामा सहभागि थिए ।  कक्षा नौ देखि प्राविधिक बिषय अध्ययन गरेका विद्यार्थीले यस बर्ष पहिलो पटक एक हजार पूर्णाङको परीक्षा दिएका थिए । उनीहरुको नतिजा  अरुको भन्दा फरक हुन्छ । मार्कसिटमा फेल पास भन्ने हुदैन । उनीहरुले प्राप्त गरेको नम्बरको आधारमा ग्रेडिङ छुटिन्छ ।  सरकारले पाइलट प्रोजेक्टका रुपमा प्राविधिक बिषयलाई यसवर्षदेखि लेटर ग्रेडिङ सुरुवात गरेको हो । अर्को वर्षदेखि साधारण तर्फका बिषयलाई प्राविधिक बिषयको ज

कालिकाका २४ जना ‘ए प्लस’

बुटवल,१३ असार । प्राबिधिक तर्फको एसएलसीमा रुपन्देहीको ब’टवल स्थीत कालिका उच्च माविका अधिकांश बिद्यार्थी ‘ए प्लस’ अर्थात ९० प्रतिशत भन्दा बढि ल्याएर उत्तिर्ण भएका छन । बिद्यायबाट परिक्षामा सहभागी कुल ४५ बिद्यार्थी मध्ये २४ जना ए प्लस, १९ जना ‘ए’ र २ जना ‘बि’ ग्रेडमा उत्तर्ण भएको प्राचार्य घनश्याम पाठकले जानकारी दिए । प्राबिधिक तर्फको नतिजा आइतबार सार्वजनिक भएको हो ।

निजीलाई टक्कर दिदैं म्याग्दीका सामुदायिक विद्यालय

हरिकृष्ण गौतम सरकारी त्यसमा पनि समुदायको ब्यवस्थापनमा सञ्चालन भइरहेका विद्यालयप्रति अझैपनि हेर्ने दृष्टिकोण निजीभन्दा तल्लो स्तरको छ ।अभिभावकले प्रवेशीका परिक्षासँगै विभिन्न कारणलाई आधार मानेर निजीलाई नै रोज्ने गरेको पाइन्छ । तर म्याग्दीमा सामुदायिक विद्यालयले निजीलाई शिक्षामा टक्कर दिइरहेका छन् ।२०७१ सालको प्रवेशीका परिक्षामा जामुनाखर्क उच्च माविले ४ जना विशिष्ट श्रेणी सहित ४४ जना र बेनी सामुदायिकले सतप्रतिशत उत्र्तिणा गर्न सफल भयो । जामुनाखर्कका प्रत्युस ढ्रङ्गानाले ७१८(८९.७५) ल्याएर जिल्ला दोस्रो तथा सामुदायिक तर्फ धौलागिरि प्रथम र बेनी सामुदायिक अञ्चलमै सतप्रतिशत ल्याउन विद्यालय बने । ‘दुई विद्यालयले नियमित राम्रो नतिजा ल्याइरहेका छन्, गुणस्तरीय शिक्षाका लागि समुदायको सक्रियता पनि राम्रो छ’ जिल्ला शिक्षा अधिकारी दिलिप कुमार ठाकुरले भने । उनले जिल्लाका केही सामुदायिक विद्यालयको अवस्था कमजोर देखिएपनि धेरैले ६० प्रतिशत भन्दा बढि नतिजा ल्याउन सफल भएको बताए । विद्यालयको वातावरण, विद्यार्थीको रुचीसँगै समुदायको समेत चासो भएका विद्यालयले नियमित राम्रो नतिजा ल्याउन सफल भएको जिल्ला

शुल्कमा एकरुपता ल्याउछौं' : प्रा. चैतन्य शर्मा

प्रा. चैतन्य शर्मा उपाध्यक्ष, उच्च माध्यमिक शिक्षा परिषद् विद्यार्थी र अभिभावकलाई कस्ता कलेज छान्न सुझाव दिनुहुन्छ? –    पूवार्धार कतिको सुरक्षित छ? भवन मात्रै राम्रो भएर हुदैन। भूकम्प प्रतिरोधी पनि हुनुपर्छ। साघुरो गल्लीबाट छिरेर भित्र जाने ठाउ छ कि? त्यसैले सुरक्षामा ध्यान दिनुपर्छ। पास प्रतिशत मात्रै राम्रो भएर हुदैन। कस्तो शिक्षा दिन्छ? त्यसलाई पनि ध्यान दिनुपर्छ। कक्षामा कति जना राखेर पढाउछ? ल्याबको पूर्वाधार पनि छ कि छैन? शिक्षक स्थायित्व पनि हेर्नुपर्छ। बिषय छनौट गर्दा चाहि के ध्यान दिने? –    प्लस टुले काउन्सिलिङ दिने भन्दै कसरी हुन्छ आफनोमा तान्ने भन्ने जोड दिएको हुन्छ। एसएलसीमा राम्रो अंक ल्याउदैमा विज्ञान निर्णय गरेर हुदैन। विद्यार्थीको रुची के मा छ? त्यसले निर्धारण गर्छ। कुन बिषय पढने भन्ने चाहि विद्यार्थीको बाबु आमा पहिलो परामर्शदाता हुन्। दोस्रोमा १० वर्षसम्म पढाउने शिक्षक र विद्यालय हो। स्कूल र शिक्षकसंगलाई ति विद्यार्थी पास गराउनु मात्रै जिम्मेवारी होइन। विद्यार्थीको क्षमता, आनीबानी, रुची सबै शिक्षक र विद्यालयलाई मात्रै थाहा हुन्छ। त्यसैले कुन बिषय पढन

महासंघले शिक्षामन्त्रीको राजीनामा माग्यो

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रीको राजीनामा मागेको छ । असार ११ र १२ गते बसेको महासंघको सचिवालयको वैठकले मन्त्री राजीनामा माग्ने निर्णय गरेको हो । शिक्षा मन्त्री चित्रलेखा यादवले शिक्षकका शैक्षिक र पेशागत माग प्रति कुनै चासो नदिएको साथै भूकम्पले शिक्षाक्षेत्र क्षतिग्रत हुदा समेत विदेशभ्रमणमा व्यस्त भएको आरोप लगाउदै राजीनामा माग्ने निर्णय गरिएको महासंघले जनाएको छ । महासंघले शिक्षकसँग भएका विगतका सहमति र सम्झौताहरु साथै पेशागत र शैक्षिक मागहरु पुराहुने वातावरण निर्माणगर्न शिक्षामन्त्रीलाई एकहप्ते अल्टिमेटम दिने र त्यस अवधिमा पनि केहि नभए शिक्षामन्त्री कै राजीनामा मागेर आन्दोलन गर्ने निर्णय गरेको छ । जहिल्यै हुन्छ मात्रै भन्ने काम नगर्ने, शिक्षाको विधेयक संसदमा लग्न नसक्ने, शिक्षाका मुद्धामा गैरजिम्मेवार बनेको आरोप लगाउदै एकहप्ते अल्टिमेटम दिने निर्णय गरेको महासंघले जनाएको छ । भूकम्पले विद्यालयहरु ध्वस्त र विद्यार्थी, शिक्षकहरुलाई त्रस्त बनाइरहदा साथै पाल नपाएर कतिपय विदालयहरु खुला चउरमा सञ्चालन भइरहदा शिक्षामन्त्री भने विदेश भ्रमणमा नै मस्त हुनुलाई महासंघले

मावि लाईसेन्सको नतिजा प्रकाशित

भक्तपुर १२ असार   शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र लाईसेन्सको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ५० दशमलब ५८ प्रतिशत उत्तिर्ण भएका छन् । परीक्षा दिएका २२ हजार ४ जना मध्ये ११ हजार १ सय ३० जना उत्तिर्ण भएका आयोगले जनाएको छ ।  गत फागुन १७ गते भएको परीक्षामा सहभागि हुन २३ हजार ९ सय ७४ जनाले फर्म भरेका थिए । हाल सम्म करीब ६ लाख जनाले अनुमतिपत्र प्राप्त गरेको आयोगले जनाएको छ ।  नतिजा आयोगको वेभसाईट  www.tsc.gov.np  बाट थाह पाउन सकिन्छ ।  यो बर्ष माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा असार २८ गते देखि हुदैंछ । 

गणितको शैक्षिक उपलब्धि किन न्यून ?

रामप्रसाद दुलाल /  गणित संसारका हरेक आधारभूत तथा माध्यमिक विद्यालयहरुमा अनिवार्य रुपमा समावेश हुँदै आएको महत्वपूर्ण विषय हो । गणना र अंकहरुको सेरोफेरोबाट तार्किक विश्लेषण गरी निष्कर्ष प्रदान गर्ने एकमात्र विषय नै गणित हो भन्नुमा कुनै अत्युक्ति नहोला । हरेक विषयक्षेत्रलाई सुन्दर प्रस्तुतीकरण र तार्किक विश्लेषण गरी उचित निष्कर्ष बोध गराउँदै आफ्नै वा अन्य विषयको सान्दर्भिकतालाई उत्खनन् गर्ने विषय नै गणित भएकाले यसलाई सौन्दर्यात्मक विषय पनि मानिन्छ । संसारका हरेक विषयका विषयक्षेत्रबाट गणितलाई झिकिदिने हो भने ती सबै अपूर्ण मात्र होइन, अर्थहीन नै भइदिन्छन् । मानव जीवन र भौतिक धरातलसँग प्रत्यक्ष सम्बन्धित कुनै विषय छ भने अग्रपञ्क्तिमा केवल गणित नै रहन्छ । नेपालको आधारभूत तथा माध्यमिक तहमा गणितको  महत्व लाई बोध गर्दै अनिवार्य विषयको रुपमा समावेश गरिएको छ । विद्यार्थीहरुमा लगानी तथा अध्ययन समयको दृष्टिले सबैभन्दा ठूलो हिस्सा गणितले नै ओगटेको छ ।  मानवीय क्रियाकलापको अन्तर्निहित शक्ति गणितमा नै निहित छ । विज्ञानले वर्तमान विश्वमा जुन प्रभाव पारेको छ, त्यसको अदृश्य शक्ति गणित नै रहेको छ ।