Skip to main content

Posts

Showing posts from April, 2016

आफ्नै गजल, मुक्तक र कबिताहरु

१. गजल राणा शासन अन्त्य गरी प्रजातन्त्र आयो अनि फेरि राजा फाली लोकतन्त्र छायो । हजारौं सपुतको ठूलो बलिदानी  पछि गणतन्त्र जिन्दाबाद भन्दै ऊ करायो । प्रजातन्त्र लोकतन्त्र गणतन्त्र सबै आए भन्न मन लागेको छ गरीबले के पायो । राणापछि राजा हुदै राजापछि महाराजा जो आयो उस्ले आफ्नो दुनो सोझायो । गरीबको चुलो निभ्दा देख्ने कोहि छैन अधिकार माग्दा उल्टै शासक बर्बरायो । २०७२ फागुन ७ गते । ७:२३pm २. एउटा चोरले अर्को चोरको बाटो देख्दो रैछ ठूलोको सामु सानोले यहाँ घुंडा टेक्दो रैछ । भागबन्डा मिलेनछ कि खै कसो भएछ कुन्नी चोरले पनि फेसबुकमा स्टाटस  लेख्दो रैछ । भित्र भित्रै चोर्दै हिडछ बाहिर भने साधु बन्छ यही हो चोर भनौ भने आबरणले छेक्दो रैछ । देखिन्छ कि कतै आफ्नै पद चाप भनि उस्ले लुकि लुकि आफै आफ्ना सबुद मेट्दो रैछ । चोरी चोरी आफै मात्र खाने पनि कहाँ हो र नजराना बुझाउनलाई ठूलै मान्छे भेट्दो रैछ । २०७२ फागुन ९ गते /९:५०am ३. सेवा प्रबेश गर्ने बेला भनसुनले ऊ छिरयो । जब संस्थाभित्र छिरयो सबैलाई पो पिरयो । घडिले दश बजाउदा हाजिर कहिल्यै हुन्न अतिरिक्त क्रियाकलाप उस्ले कहिल्यै छुन्न ।

आज विश्व पृथ्वी दिवस

वैशाख ९–आज नेपालमा पनि विश्व पृथ्वी दिवस विविध कार्यक्रम गरी मनाइदैछ । दिवसको अवसरमा आज सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दैछन । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा  पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । त्यस्तै सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस अप्रिल २२ तारखिमै विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनिकरण गर्न र मानिसलाई प्रेरीत गराउन यो दिवस मनाउने गरिन्छ ।