Skip to main content

Posts

Showing posts from January, 2016

विद्यार्थीलाई शैक्षिक सामाग्री बाडेर जन्मदिन मनाइयो

पर्वत, २०७२ माघ १४ । आफ्नो जन्मदिनलाई भोजभतेर गरेर मनाउने संस्कारको अन्त्य गर्दै पर्वतका एक युवाले आफ्नो जन्मदिनमा ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि बितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । मुडिकुवा ६ सिर्सुवामा २०४५ सालमा जन्मिएर विगत केहि वर्षदेखि सदरमुकाम कुस्मामा बस्दै आइरहेका अच्यूत तिवारीले आफ्नो २७ औं जन्म दिन बालबालिकाहरुलाई शैक्षिक सामाग्रि हस्तान्तरण गरेर मनाएका हुन् । आफ्नो जन्मगाउँकै मुडिकुवा ७ चुरीमा रहेको बाल प्राथमिक विद्यालयमा अध्ययनरत ३६ जना बालबालिकाहरुलाई करिव ५० हजार बराबरका शैक्षिक सामाग्रि हस्तान्तरण गरेका हुन् । कुस्माको एकता युवा क्लवका अध्यक्ष समेत रहेका तिवारीले जन्मदिनमा गर्ने अनावश्यक खर्च जोगाएर बालबालिकाहरुलाई सहयोग गर्दा आत्मसन्तुष्टी मिलेको बताए । कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्राविधिक कार्यालय मुस्ताङका प्रमुख जिल्ला इन्जिनियर रबिन्द्र तिवारीले अनावश्यक खर्च गर्ने समाजका बिचमा अच्यूतले गरेको सामाजिक काम अरुका लागि समेत प्रेरणादायि भएको बताउनुभयो । तिवारीले सामाजिक काममा यूवाहरुको सक्रियताले अरु क्षेत्रमा लाग्नेहरुका लागि पनि प्रेरणा मिल्ने ब

विद्यालदयको स्वर्ण महोत्सव उद्घाटन गर्न राष्ट्रपति भण्डारी पर्वत आउने !

महेन्द्र केसी, पर्वत २०७२ माघ १४ । जिल्लाको तिलाहार गाविसका रहेको नव जागृत उच्च माध्यामिक विद्यालदयको स्वर्ण महोत्सवको उद्घाटन गर्नको लागि राष्ट्रपति विद्या देवी भण्डारी पर्वत आउने भएकी छिन् । ५० औ बर्षमा प्रवेश गरेको अबसरमा आयोजना गरीको स्वर्ण महोत्सवको फागुन १ गते हुने उद्घाटन समारोहमा भण्डारी आउने विद्यालयले विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पुष ११ गते प्रभातफेरी गरी कार्यक्रमको शुरुवात गरेको विद्यालयले स्वर्ण महोत्सवको विभिन्न कार्यक्रम गर्ने समेत जानकारी दिएको छ । पुष १५ गते देखि १८ गते सम्म जुद्धधन स्मृती क्रिकेट प्रतियोगिता आयोजना गरिएको, माघ ८ गते गाविसमा रहेका विद्यालय अन्तरगत प्रावि स्तरीय चित्रकला प्रतियोगिता, १० गते मावि र उमावि स्तरीय खुल्ला निबन्ध प्रतियोगिता, १५ गते गाविस स्तरीय अन्तर विद्यालय हस्तकला प्रतियोगिता, १६ गते साहित्यीक सम्मेलन तथा कविता प्रतियोगिता, स्रोतकेन्द्र तथा स्रोतकेन्द्र बाहिरका छिमेकी विद्यालय लाई समेती निमावि स्तरीय लोक नृत्य प्रतियोगिता, १७ गते स्रोतकेन्द्र स्तरीय मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता, २१ गते पश्चिमाञ्चल स्तरीय भलिवल प्र

सामुदायिक शिक्षा सुधारका लागि

समाजले जति आलोचना गरे पनि कुनै पनि शिक्षक आफ्नो पेशाप्रति जिम्मेवार हुन्छ । विषयगत शिक्षक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, विद्यालय खुल्ने अवस्था अनि विषयगत शिक्षक नहुँदा विद्यार्थीका समस्या समाधान गर्न अन्य विषयका शिक्षकले निर्वाह गरेको भूमिकालाई विचारै नगरी सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत कम भयो, शिक्षामा भएको लगानी खेर गयो भनेर मात्र समस्या समाधान हुँदैन । विद्यालयमा कति प्रकारका शिक्षक छन् र विद्यालय सञ्चालन कसरी भएको छ ? विद्यालयको नेतृत्व कसरी चलेको छ भन्ने विषयमा पनि ध्यान जानु जरुरी छ । पक्कै शिक्षकको कमी कमजोरीकै कारण नतिजा कम भएको हो तर शिक्षकका परिस्थितिका कारक तत्व के के हुन् भन्ने विचार गरेर उनीहरुका पेशागत कुरामा विशेष चासो राखी शिक्षकमा रहेको दक्षतालाई बढीभन्दा बढी उपयोग गर्न उपयुक्त नीतिगत व्यवस्था र पेशागत प्रोत्साहन आवश्यक छ । अभिभावकको निरन्तरको निगरानी र रेखदेख विद्यार्थीको सफलताको कडी हो । उनीहरुका सफलता र असफलताका जिम्मेवार पात्र अभिभावक हुन् । बिहानदेखि बेलुकासम्म के खान्छन् र कसरी पढ्छन् भन्ने वातावरण र के पाक्छ र के खालास् भन्ने अभिभावकीय वातावरणबाट पनि नत

विद्यालय पुनर्निर्माण ढाँचा

टीका भट्टराई माघ १, २०७२- ठूलो जनसमुदाय इन्धन अभावमा रुमलिए पनि देशमा दीर्घकालीन असर पार्ने नीतिगत निर्णय भइरहेका छन् र कति हुने तयारीमा छन् । भर्खरै भूकम्पपछिको पुनर्निर्माण विधेयक पारित भएको छ । जनस्तरमा गरिने पुनर्निर्माणले गति लिने अपेक्षा गरौं । निर्माण भन्नासाथ विकासे, सरकारी कर्मचारी र जनसाधारणको मनमा कन्क्रिटको संरचना भन्ने छाप परेको छ र गच्छेले भ्याएसम्म बढी सिमेन्ट प्रयोग गर्नु प्रतिष्ठाको विषय बनेको छ । धेरैजसो यस्ता संरचना वातावरणसँग नमिल्ने, कलाविहीन, तातो र चिसो दुवै परिस्थितिका लागि अनुपयुक्त देखिएका छन् । अहिले वातानुकूलन सिमेन्टमाथिको थप प्रतिष्ठाको विषय हो । कुरूप घर बनाउनेमा धेरैजसो सरकारी भवन पर्छन् । त्यसमा पनि अझ कम खर्चमा निर्माण गर्नुपर्ने ठूलो सङ्ख्याका विद्यालय पर्छन् । दुई महिनाअघि लेखकले सम्बद्ध संस्थामार्फत भूकम्पपछिको निर्माणका सन्दर्भमा केही विद्यालयका भवन बनाउन चाहेको कुरा गर्दा एकजना जिल्ला शिक्षा अधिकारीले ‘अहिले पख्नुस्, विभागबाट ढाँचा र निर्देशिका आउँछ, अनि गर्नुहोला’ भन्नुभयो । तर आफूले कन्क्रिटभन्दा वातावरण अनुकूल स्थानीय सामग्री प्रयोग भएको उद