Skip to main content

Posts

Showing posts from March, 2013

कक्षा १२ को उत्तर पुस्तिकाको पोको हटियाको डाँडाखेतमा बेवारिसे अवस्थामा !

गल्कोट, २०६९ चैत १६ । उच्च माध्यमिक शिक्षा परिषदले यहि बैशाख १७ गतेदेखि सञ्चालन गर्न लागेको कक्षा १२ र बैशाख ३१ गतेदेखि सञ्चालन गर्न लागेको कक्षा ११ को परीक्षाका लागि शिक्षा परिषद पोखराले ..............

Tribhuvan University published the examination center of Bachelor second year

Tribhuvan University Office of the Controller of Examination, Balkhu Urgent notice regarding Exam Center for Bachelor Level  second year from Tribhuvan University Tribhuvan University, Office of the controller of Examination, today published the examination center for the upcoming Bachelor level second year examination. They have fixed the following centers in Kathmandu.....................

१८ वर्षदेखिको आठ अर्ब बेरुजु

-शरद शर्मा काठमाडौ, १९ चैत । विभिन्न जिल्लाका शिक्षा कार्यालयले १८ वर्षदेखिको बेरुजु फस्र्याेट गरेका छैनन् । शिक्षा विभागको तथ्यांकअनुसार उनीहरूको ०५१ सालयताको ८ अर्ब रुपियाँ बेरुजु छ । ३ क्षेत्रीय शिक्षा निर्देशनालय र १३ जिल्ला शिक्षा कार्यालयले बेरुजु फस्र्याेट नगरेको शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले बताए । पटक–पटक ताकेता गर्दा..............

शिक्षकका लागि आएको पोसाकभत्ताको रकम अनियमितता

महोत्तरी, १७ चैत जिल्ला शिक्षा कार्यालय महोत्तरीले दुई वर्षदेखि शिक्षकका लागि आएको पोसाकभत्ताको एक करोड ६४ लाख ७० हजार रकम अनियमितता गरेको खुलेको छ । जिल्लाका एक हजार ९८ स्थायी शिक्षकले विगत दुई वर्षको पोसाकभत्ता नपाएको गुनासो गरेपछि अनियमितता ....................

भारतमा १२ लाख शिक्षक अभाव

चैत १८ – भारतमा प्राथमिक र माध्यमिक शिक्षामा १२ लाख भन्दा बढी शिक्षकको अभाव रहेको पाइएको छ । योग्य र प्रशिक्षित शिक्षकको व्यवस्था गर्नु अनिवार्य भएपनि ६ देखि १२ वर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा दिने व्यक्ति समेतको अभाव रहेको पाइएको हो ।सबैभन्दा...............

भागबण्डामा भवन बाँड्ने निर्णय सच्याउन माग

खोटाङ, चैत्र १८ - शिक्षाको भवन भागबण्डामा बितरण गरेका खोटाङका तीन ठूला दललाई तत्काल निर्णय सच्याउन साना पाँच दलले माग गरेका छन् । एकीकृत नेकपा माओबादी, नेपाली कांग्रेस र एमालेले शिक्षाको दुई कोठे भवन भागबण्डामा बाँडेको भन्दै राप्रपा नेपाल, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी, नेकपा एकीकृत, नेकपा–माओवादी र संघीय समाजवादी पार्टीले निर्णय सच्याउन ठूला दललाई माग गरेका हुन् ।ठूला दलले भागबण्डामा...........

संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०६९ को कार्यान्वयन हुनुपर्ने

काठमाडौँ, चैत १८ गते  । नेपाल राष्ट्रिय अभिभावक सङ्घको राष्ट्रिय भेलाले संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०६९ को कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि सम्बद्ध पक्षसँग वार्ता गर्नुपर्नेलगायतका १० बुँदे प्रस्ताव पारित गरेको छ ।       भेलाले सरोकारवला सबै निकायको सहयोग र संलग्नतामा तयार पारिएको सो निर्देशिकाबारे केही विवाद देखिएकाले यसको समाधानार्थ सम्बद्ध पक्षसँग वार्ता गरी सहमतिका साथ कार्यान्वयन गरियोस् भन्ने प्रस्ताव पारित गरेको सङ्घका अध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिनुभयो ।     निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले सो निर्देशिका अवज्ञा गर्ने चेतावनी दिएको थियो । निर्देशिकाको कार्यान्वयनको माग गर्दै सुप्रभात भण्डारीको नेतृत्वमा रहेको अभिभावक सङ्घ नेपालले प्याब्सनको केन्द्रीय कार्यालयमा गत दुई सातादेखि कालो झन्डा प्रदर्शन गरिरहेको छ ।  सङ्घका अन्य प्रस्तावहरूमा जिल्ला शिक्षा समितिमा आफ्नो स्पष्ट प्रतिनिधित्व हुनेगरी ऐन नियममा व्यवस्था हुनुपर्ने, विद्यालय शान्ति क्षेत्र कार्यान्वयनमा आउने वातावरण तयार हुनुपर्ने, मुलुकभरका सामुदायिक विद्यालयको अपेक्षित

संस्कृत विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा (फोटो फिचरसहित)

कमल खत्री  म्याग्दी, १७ चैत/  म्याग्दीको घतान–६ गलेश्वर शिवालय क्षेत्रमा सञ्चालित शालिग्राम गण्डकी वेद विद्याश्रम संस्कृत विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । सरकारले निम्न माध्यामिक तहसम्मको स्वीकृत प्रदान गरिएको भए पनि तीनजना मात्र विद्यार्थीले अध्ययन गरिरहेका छन् । रोजगारीको अवसर नहुनु, समयसापेक्ष परिवर्तन गर्न नसक्नु, जाति विशेषले अध्ययन गर्ने विषय हो भन्ने बुझाइका कारण यो विद्यालयमात्र नभई देशभर संचालित संस्कृत विद्यालय र त्यसको अध्ययनप्रति आकर्षण बढ्न सकेको छैन । जिल्लामै संस्कृति शिक्षामा पठनपाठन हुने उक्त विद्याश्रममा अहिले राखु–७ का १० वर्षीय गणेश रिजाल, मराङका १४ वर्षीय विदुर सुवेदी,  र विम–८ का कृष्ण भट्टराईले  अध्ययन गरिरहेका छन् । दैनिक ५ देखि ७ घण्टा वेद, रुद्री, चण्डि र उपदेशका अतिरिक्त शास्त्रहरूको समेत पठनपाठन हुने शिक्षक योगनाथ पौडेलले बताउनुभयो । आफूहरूले आधारभूत संस्कृति शिक्षा अध्ययन गर्दै आएको वेद विद्याश्रमको कक्षा ७ मा अध्ययनरत कृष्ण भट्टराईले बताउनुभयो । उहाँले समयसापेक्ष अंग्रेजी, गणित, विज्ञानलगायतका विषयलाई समावेश गरि अध्ययन गरेम

स्वीकृति बेगर विदेशी बोर्डको शिक्षा नदिन निर्देशन

प्रकृती अधिकारी, काठमाडौँ, चैत १७ गते । जिल्ला शिक्षा कार्यालय काठमाडौँले अनुमति नै नलिई विदेशी बोर्डका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका विद्यालयहरुलाई नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना नलिन भनेको छ ।       जिशिकाले त्यस्ता विद्यालयलाई लिखित रुपमा नै निर्देशन दिँदै भर्ना नलिन र लिएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको छ ।     काठमाडौँका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले विदेशी शिक्षण संस्था तथा बोर्डसँग सम्बन्धन लिई सञ्चालन भइरहेका त्यस्ता विद्यालयहरुले शिक्षा मन्त्रालयबाट पनि अनुमति तथा स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था भएको बताउँदै भन्नुभयो, “उनीहरुले मन्त्रालयबाट अनुमति लिएका छैनन् । त्यसैले उनीहरुले आगामी २०७० सालको शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना पाउने छैनन् ।”         जिशिअ अर्यालले भन्नुभयो, “जे गरे पनि हुन्छ भन्ने प्रवृत्तिको अन्त्य गर्न चाहेका छौँ । आफूखुशी ठाँउ सारी गरेका र अनुमति बेगर सञ्चालित ती विद्यालयहरुले २०७० सालको शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना लिन पाउने छैनन् । लिइएको पाइएमा बन्द गरिदिन्छौँ ।”      

शिक्षा क्षेत्रमा काम गर्नेको भन्दा उपदेश दिनेहरुको भीड

काठमाडौँ, चैत १७ गते । शिक्षा मन्त्रालयका सचिव सोमलाल सुवेदीले शिक्षा क्षेत्रमा काम गर्नेको भन्दा उपदेश दिनेहरुको भीड भएको गुनासो गर्नुभएको छ ।       नेपाल राष्ट्रिय अभिभावक सङ्घको राष्ट्रिय भेला तथा वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै सचिव सुवेदीले शिक्षामा लगानीअनुसारको प्रतिफल आउन नसकेको उदाहरणका लागि विदेसिएका युवाको आँकडा र अवस्था हेर्दा स्पष्ट हुने बताउनुभयो ।      उहाँले विद्यालयहरुमा जाने स्रोतको सदुपयोगबारे अनुगमन र अभिभावक सचेतनाका कार्य गर्न अग्रसर भएमा अभिभावक सङ्घहरुसँग सरकारले आर्थिक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।      शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले निजी विद्यालयका सञ्चालक संस्थाहरुसँग मिलेर तयार गरिएको संस्थागत विद्यालय निर्देशिका कार्यान्वयन गरेरै छाड्ने अठोट व्यक्त गर्दै यसमा आगामी दिनमा संशोधन गर्दा अभिभावक र विद्यार्थीका आवाजलाई पनि सम्बोधन गर्ने बताउनुभयो ।       निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का सचिव कुमार घिमिरेले सो निर्देशिकाका केही विषय कार्यान्वयनमा जाँदा समस्या हुने भएकाले सुधारका लागि आग्रह गरिएको बता

शैक्षिक नियमनका लागि पहल गर्छुः अध्यक्ष रेग्मी

काठमाडौँ, चैत १६ गते । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निजी विद्यालयको नियमन र सार्वजनिक विद्यालयको सुधारका लागि आफूले सम्बन्धित निकायमार्फत आवश्यक पहल गर्ने बताउनुभएको छ । आज सिंहदरबारमा अभिभावक सङ्घ नेपालको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले जारी भएर पनि कार्यान्वयनमा आउन नसकेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकाको कार्यान्वयनका लागि जिल्ला शिक्षा कार्यालयलाई सक्रिय बनाउने विश्वास पनि दिलाउनुभयो । सो अवसरमा सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले निर्देशिकाका साथै नीति निर्माता र मन्त्री, सभासद् र राज्यको ढुकुटीबाट तलव खाने सबैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने, विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विद्यार्थीका संरक्षक पनि बस्न पाउनुपर्ने, नयाँ शिक्षा प्रणालीका लागि उच्चस्तरीय शिक्षा आयोग गठन हुनुपर्ने, कक्षा १२ सम्म निःशुल्क हुनुपर्ने, शिक्षामा लगानीअनुसारको प्रतिफल आउनुपर्नेलगायतका सात बुँदे माग प्रस्तुत गर्नुभयो ।      अध्यक्ष भण्डारीले कार्यकारी प्रमुखको आश्वासनपछि शिक्षा क्षेत्रमा सुधार हुने आशा पलाएको बताउनुभ

विद्यार्थीको घरमा शिक्षक जानैपर्ने व्यवस्था

काठमाडौं, १६ चैत शिक्षा विभागले सिकाइमा सुधार गर्न शिक्षक प्रत्येक विद्यार्थीको घरमा जानैपर्ने अनिवार्य व्यवस्था गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि कक्षा एकदेखि तीनसम्म एक शिक्षक एक कक्षाको व्यवस्था गर्ने र शिक्षकलाई विद्यार्थीको घरमै पुग्नुपर्ने व्यवस्था गर्न लागेको हो ।  शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीका अनुसार कक्षा शिक्षक तीन्ा महिनामा एकपटक स्वयं विद्यार्थीको घरमा पुगेर अभिभावकलाई भेट्ने र विद्यार्थीको पढाइबारे छलफल गर्नुपर्ने बताए ।  शुक्रबार भएको पत्रकार सम्मेलनमा महानिर्देशक अवस्थीले भने, 'सिकाइलाई उपलब्धिपूर्ण बनाउन शिक्षक विद्यार्थीका घरमा पुग्नेछन् र शिक्षकले विद्यार्थीको कमजोरी पत्ता लगाई सिकाइमा सुधार गर्न सक्छ ।'  विभागले विद्यार्थीको सिकाइलाई उपलब्धिमुखी बनाउन नयाँ शैक्षिकसत्रदेखि प्राथमिक तहमा 'एक कक्षा एक शिक्षक'को व्यवस्था गर्ने भएको छ । धेरै शिक्षकले पढाउँदा साना विद्यार्थीको सिकाइमा खासै उन्न्ाति हुन नसकेपछि विभागले एक शिक्षक एक कक्षाको अवधारणा ल्याएको हो ।  विभागले देशभरका सबै विद्यालयलाई सर्कुलर जारी गरी 'एक कक्षा एक शिक्

नेविसंघ चौथो दिनपनि रिले अनसनमा

काठमाडौ, चैत १४ – स्ववियु चुनावको मिति घोषणाको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नेताहरु चौथो दिनपनि रिले अनसनमा बसेका छन् । अनसन बसेपनि त्रिभुवन विश्वविद्यालयले माग पुरा गराउन चासो नदेखाएको नेताहरुले बताएका छन् । गएको आइतबारदेखि नेविसंघका क्याम्पस इकाई सभापतिहरु त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि २४ घण्टे रिले अनसनमा बस्दै आएका छन् । अनसनको चौथो दिन बुधबार पशुपति बहुमुखी क्याम्पसका इकाई सभापति गोपी शिवाकोटी, मनोहर क्याम्पसका सभापति निरन्जन थापा, एनआर कलेजका इकाई सभापति परोपकार अधिकारी, ग्रामीण आदर्श बहुमुखी क्याम्पसका सुशील भट्ट, अमृत साइन्स क्याम्पसका कार्यबाहक इकाई सभापति श्रीधर भट्ट अनसनमा बसेका छन् । चुनाव गराउने पटक पटक आश्वासन दिएपनि कार्यान्वयन नभएकाले दबाब दिन भन्दै नेविसंघका नेताहरु अनसनमा बसेका हुन् । माग पुरा नभएसम्म अनसन नरोकिने नेविसंघले जनाएको छ ।

नवलपरासीमा ६० निजी विद्यालय बन्द गर्न क्रान्तिकारीको माग

नवलपरासी, चैत १४ – नेकपा माओवादी निकटको अखिल क्रान्तिकारीले नवलपरासीका ६० वटा निजी विद्यालय अनुमति विना चलेको भन्दै तत्काल बन्द गर्न माग गरेको छ । पुरै अनुमति नलिएका ३३ र विद्यालय सञ्चालन अनुमति लिएका तर माथिल्लो कक्षा विना अनुमति सञ्चालन गरेका २७ विद्यालय नयाँ शैक्षिक सत्र देखि बन्द गर्न अखिल क्रान्तिकारीले माग गरेको हो । गएको बर्ष देखि जिल्ला शिक्षा कार्यालय नवलपरासीले त्यस्ता विद्यालयका हकमा कारबाहीका लागि सूचना निकाल्ने देखि कर्मचारी खटाएर प्रतिवेदन पेश गर्न लगाएको भएपनि ‘अवैध’ नीजि विद्यालय बन्द नभएकोले आन्दोलनमा उत्रिएको क्रान्तिकारीका अध्यक्ष अशोक ज्ञवालीले बताउनु भयो । गाविसबाट पुर्व प्राथमिक विद्यालय सञ्चालन अनुमति लिएका विद्यालयहरु जिल्ला शिक्षा कार्यालयको रेकर्डमा नभएकाले समस्या भएको नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नवलपरासीका सल्लाहकार दीपक लम्सालले बताउनु भयो । जिल्लामा प्याब्सन आबद्ध एक सय ७० विद्यालय छन् ।

विद्यार्थीको जाँच सकेपछि शिक्षकहरु आफ्नै जाँचको तयारीमा

१३ चैत, काठमाडौं । एसएलसी सकिएको र अरु कक्षाको वाषिर्क परीक्षा पनि सकिन लागेपछि विद्यालयमा कार्यरत अस्थायी र करार शिक्षकहरु आफ्नै जाँचको तयारीमा जुटेका छन् । आउँदो जेठ दोस्रो हप्ता हुने स्थायी शिक्षकको परीक्षाका लागि झण्डै ५ लाखले आवेदन दिएका छन् । आवेदन दिएका कार्यरत र नयाँ शिक्षकहरु अहिले तयारीमा व्यस्त भएका छन् । स्थायी शिक्षकको दरबन्दी सबै जिल्लामा गरी ४ लाख ७९ हजार ८ सय ५३ रहेको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी १३ हजार ५९ शिक्षकलाई स्थायी गर्ने गरी दरखास्त आहृवान गरेको छ । माध्यमिक तहमा २ हजार २ सय ८६ पदका लागि ६१ हजार ३४ को आवेदन परेको छ । यस्तै निम्न माध्यमिक तहमा २ हजार ७ सय ९३ पदको लागि १ लाख ६६ हजार ५ सय ५८ ले आवेदन दिएका छन् । प्राथमिक तहको ७ हजार ९ सय ८० पदको लागि २ लाख ५२ हजार २ सय ६१ को आवेदन परेको छ । सबैभन्दा बढी काठमाडौंमा २७ हजार ८ सय ९१ जनाको आवेदन परेको छ । काठमाडौंमा माविका लागि ३ हजार ९ सय ३७, निमाविका लागि ९ हजार ४ सय ९३ र प्राविका लागि १४ हजार ४ सय ६१ ले दरखास्त दिएको आयोगले जनाएको छ । आयोगले १७ वर्षपछि खुल

एसएलसी प्रश्न गेसपेपरबाट हुबहु

विद्यार्थीको सिकाइ क्षमता तिनको उत्तर कति सिर्जनशील छ भन्ने कुराले देखाउँछ । परीक्षामा प्रश्न नै सिर्जनशील आएन भनेचाहिँ विद्यार्थीले कसरी सिर्जनशील उत्तर दिन सक्छन् ? यसपालिको एसएलसी परीक्षामा त्यस्तै भएको छ, 'सामाजिक अध्ययन' र 'विज्ञान' बाहेक सबै विषयका प्रश्न बजारमा छ्यासछ्यास्ती निस्केका गेसपेपरबाट हुबहु छन् । कतिसम्म भने 'आर ई १०१' कोर्ड नम्बरअन्तर्गत अनिवार्य अंग्रेजीको पहिलो रिचार्ड राइमको 'ह्वेर दि रेन्बो' र दोस्रो 'दूधको महत्त्व' बारे सोधिएको 'प्यासेज' समेत गेसपेपरसित हुबहु मिल्छ । यसबाहेक अनिवार्य नेपाली, स्वास्थ्य जनसंख्या तथा वातावरणलगायत विषयका ५० प्रतिशत प्रश्न गेसपेपरसित मिलेका छन् । यसले परीक्षामा 'चोरी' रोक्ने र सिर्जनशील उत्तर खोज्ने पाठ्यक्रम र पनिकाको उद्देश्य विफल बनाएको छ । परीक्षा नियन्त्रक खगराज बरालका अनुसार शुक्रबार सकिएको एसएलसीमा चोरी र अनियमिततामा संलग्न करिब ५ सय विद्यार्थी तथा निरीक्षक, सहायक निरीक्षक, गार्डलगायत गरेर करिब ७० जनालाई निष्कासन गरिएको छ । चिट चोर्ने अधिकांश विद्यार्थीले गेसपेपरको

क्याम्पस प्रशासनले विद्यार्थीबाट अनियमित रकम उठाउने गरेको खुलासा

बागलुङ, २०६९ चैत १३ । धौलागिरी बहुमुखी क्याम्पस प्रशासनले विद्यार्थीबाट अनियमितरुपमा रकम उठाउने गरेको रहस्य खुलेको छ । विना भर्पाई विद्यार्थीहरुबाट विभिन्न बहानामा रकम उठाएको विद्यार्थीहरुले क्याम्पस प्रशासनमाथि आरोप लगाएका छन् । क्याम्पसमा क्रियाशील ४ विद्यार्थी संगठनले सोमवार संयुक्त विज्ञप्ती प्रकाशित गरी क्याम्पसले विभिन्न संकालयका विद्यार्थी संगबाट लिएको अनियमित रकम फिर्ता गर्न आग्रह गरेका छन् । विद्यार्थी संगठनले स्नातक तेस्रो वर्षका विद्यार्थीलाई प्रोजेक्ट म्यानेजमेन्टको नाममा प्रति विद्यार्थी ५ सय, बैंकिङ इन्सुरेन्समा १ हजार विना भरपाई असुल गरेको र शिक्षा संकायमा ७ सय रुपयाँ लिएको भन्दै फिर्ता गर्ने आग्रह गरेका हुन् । अखिल क्रान्तिकारीका संयोजक होमनाथ चालिसे, अखिल छैठौका सागर कुँवर, अखिल क्रान्तीकारीका शिव शाक्य र अखिल एकिकृतका विक्रम थापाले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा क्याम्पस हाता भित्र ट्युसन क्लास सञ्चालन नर्गन समेत आग्रह गरिएको छ । उनिहरुले मानिविकी संकायको गणित विषयको ट्युसन क्याम्पस हाताभित्र सञ्चालन गरेको भन्दै तत्काल बन्द गर्न प्रशासनलाई आग्रह गरेक

Nine Nepalese schools received British Council’s International Schools Award

25 Mar, 2013 British Council Nepal  awarded International Schools Award to nine Nepalese schools at an event organised at Hotel Radisson on 25 th March 2013. The schools who received different categories of awards are: Full award Gurukul Academy Annal Jyoti Boarding School Nagarjuna Academy Higher Secondary School Harvard Academy Apex School Karunanidhi Education Foundation Higher Secondary School Intermediate award Bhu. Pu. Sainik English Higher Secondary Boarding School Balodaya Higher Secondary School Foundation award Paramount Public School The schools receiving the full award will be provided with a trophy and certificates and will be allowed to use the International School Award logo on all the official stationeries for a period of three years. Schools receiving the intermediate award can use the logo for 2 year where as schools receiving the foundation award can use it for one year. Photo: British Council’s International Schools

एनसेलद्धारा विद्यालयलाई आर्थिक सहयोग

भूमिराज शर्मा / पर्वत, ११ चैत एनसेल नेपालले पर्वतको एक सामुदायिक विद्यालयलाई भौतिक तथा शैक्षिक विकासका लागि आर्थिक सहयोग प्रदान गरेको छ । एनसेलले जिल्लाको देउपुर गाविसको पातीचौरमा रहेको पशुपति निमाविलाई एक कार्यक्रमका बीच १२ लाख दश हजार रकम प्रदान गर्ने सम्झौता भएको हो ।  सम्झौताबाट प्राप्त रकमबाट विद्यालयको दुई कोठे भवन निर्माणका लागि आठ लाख, पुरानो भवन मर्मतका लागि एक लाख, फर्निचर निर्माणका लागि असी हजार, शैक्षिक सामग्री खरिदका लागि २० हजार र अन्य रकम पुस्तकालय, बुक कर्नर लगायतका क्षेत्रहरुमा खर्च गरिने विद्यालयले जनाएको छ ।  एनसेलले आफ्नो कारोबारबाट प्राप्त मुनाफाको केही प्रतिशत रकम सामाजिक सेवामा खर्चिने गरेको छ । सम्झौता अनुसार आगामी बर्षको कार्तिक मसान्तसम्म भवन निर्माण सम्पन्न गरिने उल्लेख छ । उक्त सम्झौतामा गाजा युवा क्लब बाग्लुङका प्रतिनिधि दिलकमल र विद्यालयका प्रधानाध्यापक तारापति तिमिल्सिनाले हस्ताक्षर गरेका थिए । सो अवसरमा जिल्ला शिक्षा कार्यालय पर्वतको तर्फबाट उपसचिव कुस्मराज उपाध्याय र विनि कृष्णप्रसाद आचार्यको सहभागिता रहेको थियो ।

Government to regulate scholarship distribution

24 Mar, 2013 The government is introducing a new system to select deserving students for institutional schools’ scholarships from the new academic session.  Keeping in view complaints about misuse of scholarship quotas, the Department of Education (DoE) is making preparations to introduce a fresh process to govern scholarships that private schools distribute.  According to the Education Act, every private academic institution should provide scholarships to poor and deserving students. They should provide full scholarship to 10 per cent of the total enrolled students in each class, according to the Act. The new process is expected to make the selection of students more transparent and fair, something which the recently issued Institutional School Criteria and Operation Directives-2013 has envisioned. Tek Narayan Panday, DoE director, said the institutional schools will have to select deserving students in two ways once the new scholarship regime takes effect.  “The schools will select

एसएलसीको रिजल्ट निकाल्न नौ करोड चाहिने !

११ चैत, काठमाण्डौ । भर्खरै सकिएको एसएलसी परीक्षाको बाँकी कार्य पूरा गर्न परीक्षा नियन्त्रण कार्यालयलाई रकमको अभाव भएको छ । अघिल्लो वर्षको कुल खर्चमा नबढाई प्राप्त भएको २८ करोड रुपैयाँ रकमले परीक्षा सञ्चालनसम्म मात्र धानेकाले बाँकी कार्यका लागि थप नौ करोड रुपैयाँ आवश्यक भएको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो । अपुग रकम शिक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट निकासाका लागि टिप्पणी उठाउने कार्य भइरहेको उल्लेख गर्दै उहाँले सो रकम नआए उत्तरपुस्तिका सम्परीक्षण कार्य प्रभावित हुने र परिणाम निकाल्न कठीन हुने बताउनुभयो । नियन्त्रक बरालले अघिल्लो वर्षको भन्दा ५० हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्रको सङ्ख्या पनि ३२ को सङ्ख्यामा बढेको, केन्द्राध्याक्षको भत्ता, सुरक्षा प्रबन्ध, उत्तरपुस्तिका छपाइ र ढुवानी गर्दा चालु बजेट सकिएको जानकारी दिनुभयो । यही चैत १ गतेदेखि ९ गतेसम्म सञ्चालित यस वर्षको परीक्षामा कुल ५ लाख ४७ हजार विद्यार्थीले परीक्षा दिएका थिए । रासस

एसएलसी परीक्षामा सुधारको संकेत

माध्यमिक तहको अन्तिम खुट्किलो मानिने एसएलसी परीक्षा शुक्रबारदेखि सकिएको छ । चैत १ गतेबाट सुरु भएको परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार एक सय ६५ विद्यार्थी सहभागी भएका थिए । यस बर्ष नियमितबाट चार लाख ३० हजार ९९ र एक्जाम्टेडबाट एक लाख १७ हजार ६६ बिद्यार्थीहरु परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।  तर, परीक्षा अवधिभर चिट चोर्ने, सट्टामा परीक्षा दिने दिलाउने एक सयभन्दा बढी विद्यार्थी निष्काशित भएका छन् । त्यसैगरी यसबर्ष विद्यालयमा ७५ प्रतिशत हाजिर नभएको विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराइएको छैन ।  केही जिल्लाहरुमा भएका छिटफुट घटनाहरु बाहेक समग्र देश भरिको परीक्षामा सुधार देखिएको जानकारहरुले बताइरहेका छन् । यसैबीच विगतमा बदनाम खेप्दै आएको पर्वत जिल्लामा यस बर्षको एसएलसी परीक्षा तुलनात्मक रुपमा हेर्दा मर्यादित बन्दै गैरहेको अनुभूति भैरहेको छ । विगत बर्षहरुमा गरिएको होम सेन्टर खारेजी, प्रभावकारी अनुगमन तथा सुपरिवेक्षण, पठन पाठनमा आएको क्रमिक सुधार, अभिभावकहरुमा बढेको शैक्षिक चेतना, परीक्षामा अमर्यादित कार्य गर्नेहरु माथि कारबाही जस्ता कुराहरुले परीक्षा सुधा

एसएलसी सकियो, अब के गर्ने ?

  ९ चैत, काठमाडौं । बिद्यालय शिक्षाको अन्तिम खुड्किलोको रुपमा रहेको एसएलसी परीक्षा शुक्रबारदेखि सकिएको छ । गत १ गतेदेखि शुरु भएको परीक्षामा विद्यार्थीहरुले सबै विषयको लिखित परीक्षा दिइसकेका छन् । केही प्रयोगात्मक विषयको परीक्षा विद्यालय आफैंले लिने व्यवस्था छ । यस हिसाबले यस वर्षको एसएलसीमा सहभागी झण्डै साढे ५ लाख विद्यार्थी शुक्रबारदेखि फुर्सदिला भएका छन् । परीक्षा सकिएको दिन सबैलाई हाईसञ्चो हुन्छ । त्यसमाथि सबैले निकै महत्व दिने एसएलसी परीक्षा सकिएको दिन त बिझेको काँडा झिके जस्तै नै आनन्द हुन्छ । नतिजा सार्वजनिक हुने अबको तीन महिनासम्म विद्यार्थीहरु फुर्सदिला हुन्छन् । एसएलसी सकिएपछि बि्रजकोर्स गर्ने, कम्प्युटर र भाषा सिक्ने प्रवृत्ति हिजोआज फेशन जस्तै भएको छ । शहरबजारमा मात्रै होइन, गाउँघरमा समेत विद्यार्थीलाई लोभ्याउने गरी यस्ता तालिमे केन्द्र स्थापना भएका छन् । तर शिक्षाविदको सुझाव छ-’पहिले के पढ्ने भनेर निक्र्योल नगर्दासम्म बि्रजकोर्समा फस्न हुन्न ।’ एलएलसीको परीक्षा सकेर फुर्सदिला भएका विद्यार्थीहरुलाई शिक्षाविद डा. विद्यानाथ कोइरालाको सुझाव यस्तो छ : · जाँच

सकियो एसएलसी

काठमाडौं, ९ चैत/ माध्यमिक तहको अन्तिम खुट्किलो मानिने एसएलसी परीक्षा आजदेखि सकिएको छ । १ चैतबाट सुरु भएको परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार एक सय ६५ विद्यार्थी सहभागी भएका थिए । यस वर्ष नियमितबाट चार लाख ३० हजार ९९ र आंशिकबाट एक लाख १७ हजार ६६ विद्यार्थी परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरका परीक्षा उपनियन्त्रक प्रह्लाद अर्यालले बताउनुभयो । तर, परीक्षा अवधिभर चिटचोर्ने, सट्टामा परीक्षा दिने दिलाउने एक सयभन्दा बढी विद्यार्थी निष्काशित भएका छन् । त्यसैगरी विद्यालयमा ७५ प्रतिशत हाजिर नभएको विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराइएन । परीक्षा सम्पन्न गर्न २८ करोड रुपैयाँ विनियोजन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैबीच, सर्लाहीमा एसएलसी परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ । छिटफुट अमर्यादित घटनाबाहेक सौहार्दपूर्ण रूपमा प्रवेशिका परीक्षा सकिएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले जानकारी दिनुभयो । सर्लाहीमा यस वर्षको एसएलसीमा अमर्यादित गतिविधि गर्ने चारजना विद्यार

निष्काशित चार निरीक्षकहरु माथिको कार्बाही फिर्ता गर्न जिशिअलाई दबाब !

सुवास कँडेल, बागलुङ २०६९ चैत ३ । बागलुङमा यो वर्षको एसएलसी परीक्षालाई मर्यादित बनाउन तयार गरिएको आचारसंहिता कार्यान्वयनको विषयले यतिवेला जिल्ला शिक्षा कार्यालयमा तनाव उत्पन्न भएको छ । जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले परीक्षाको पहिलो दिन चार जना विद्यालय निरीक्षकहरु फणिन्द्र आचार्य, मञ्जु शर्मा, रञ्जना पन्त र नारायण लामिछानेलाई परीक्षा स्थलमै परीक्षालाई मर्यादित बनाउन तयार परोको १७ बुँदे आचारसंहिता उल्लंघन गरेको भनेर कार्वाहिका लागि केन्द्राध्यक्षलाई सिफारिस गरेका छन् । तर त्यस्को केहि घण्टा नवित्दै जिल्ला शिक्षा अधिकारी र कार्यालयका अरु कर्मचारीहरुलाई कार्वाही फुकुवा गर्नका लािग दवाव आउन थालेको शिक्षा स्रोतले बताएको छ । खास गरि राजनीतिक दल र शिक्षक संगठनहरुले उक्त आचारसंहिता पालना गर्ने भनेपनि कार्वाहिको सिफारिसमा परेका चार जनालाई उन्मुक्ति दिनका लागि दवाव दिएको जिल्ला शिक्षा अधिकारी पौडेलले बताउदै आचारसंहिता उल्लंघन गर्ने चारै जनालाई पुनः निरीक्षकको रुपमा राख्न नमिल्ने स्पष्ट पारेका छन् । शिक्षा कार्यालयले एक सूचना जारी गरि नाम फरक परेको भनेर उम्कन खोजेपनि कतिपयले यसला

निरीक्षक निस्कासित

काठमाडौं, २ चैत/ हिजोबाट जारी एसएलसी परीक्षामा आचारसंहिता विपरित कार्य गरेको पाईएपछि पाँचथरको रानीटार उच्च मावि परीक्षा केन्द्रबाट दुई जना निरिक्षक निस्कासित भएका छन् । आज सञ्चालित नेपाली बिषयको परिक्षाको निरिक्षणका क्रममा रानिटार पगेको जिल्ला परिक्षा समन्वय समितिको टोलीले उनीहरूलाई निश्कासित गरेको हो । यसरी कार्वाहिमा पर्नेहरूमा रानीटार ९ स्थित महादेव निमाविका गंगा राई र रामविलास महरा हरेका छन । परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा सहतिको टोली त्यहाँ पुग्दा निरिक्ष्ँक दोयले आचारण विपरित कार्य गरेको पाईए पछि निष्कासनमा परेको केन्द्राध्यक्ष भतmबहादुर राईले बताउनु भएको छ । परीक्षा अनुगमन त्यहा पुगेको टोलीले निश्कासनमा परेका दुबैलाई परीक्षा अबधिभर कुनै किसिमको जिम्मेवारी नदिन कडा निर्देशन दिएको स्रोतले जनाएको छ । यता पाँचथर हाङगुम २ की ५८ बर्षिया लालकुमारी शेर्मा परिक्षामा सामेल भएकी छन ।  इन्द्रेणी उच्च माविबाट परीक्षाको लागि फाराम भरेर आरुबोटे परीक्षा केन्द्रमा परीक्षा शेर्माले परिक्षा दिईरहेकी सोही परीक्षा

एसएलसी परीक्षाको सबै तयारी पूरा

३० फागुन, काठमाडौं । भोलिदेखि शुरु हुने एसएलसी परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । चैत ९ गतेसम्म सञ्चालन हुने एसएलसी परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । प्रयोगात्मक परीक्षा सैद्धान्तिक परीक्षा सकिएपछि जिल्ला शिक्षा कार्यालयको व्यवस्थापनमा सञ्चालन हुने कार्यालयले जनाएको छ । झण्डै साढे ५ लाख सहभागी हुने यसवर्षको एलएलसी परीक्षामा ५ लाख ४७ हजार एकसय ६५ परीक्षार्थी सहभागी हुँदैछन् । यसमध्ये नियमिततर्फ नियमितर्फ ४ ला ३० हजार ९७ र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ छन् । परीक्षाका लागि १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि १ हजार ७ सय ८६ केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हृजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १९ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुने कार्यालयले जनाएको छ । परीक्षामा कडाइ एसएलसी परीक्षालाई मर्यादित बनाउन नियममा कडाई गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्विकृतिविना प्रवेश गरेमा,

एसएलसी अनियमितता गर्नेलाई कडा कारबाही

७९ औ संस्करणको एसएलसी परीक्षा बिहीबारदेखि सुरु हुदैछ । परीक्षा चैत १ देखि ९ गतेसम्म चल्नेछ । हरेक दिन बिहान ८ बजेदेखि सुरु परीक्षा ११ बजेसम्म हुनेछ ।   भक्तपुर, फाल्गुन २९ - शिक्षा मन्त्री दीनानाथ शर्माले एसएलसी परीक्षामा अनियमितता गर्नेलाई कडाइका साथ कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । 'परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ अनुसार अनियमिता गर्ने कसैलाई बाँकी राखिने छैन,' राजधानीमा मंगलबार आयोजित अन्तक्रिर्यामा मन्त्री शर्माले भने, 'चाहे चिट चोराउने, कालोपाटीमा लेखाएर विद्यार्थीलाई अनियमितता गराउने शिक्षक हुन् या विद्यार्थी र कर्मचारीदेखि सुरक्षामा खटिने सुरक्षाकर्मी अनियमितता गर्ने कसैलाई छुट दिइने छैन ।' परीक्षाको गुणस्तरमा सरकारले सम्झौता गर्न नसक्ने उनले उल्लेख गरे । त्यसैगरी शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले चौध अञ्चलमा चौधैजना सहसचिव स्थलगत अवलोकनमा खटाइएको बताए । 'परीक्षाका निम्ति सार्वजनिक सूचना जारी भइसकेको छ,' उनले भने, 'निर्देशिका लागू भएको छ । यदि कसैले अनियमितता गरेको फेलापरे कारबाही गरिनेछ ।' अनियमिता गर्नेलाई एक

Tribhuvan University published the results of BBS first year (2068)

11 Mar, 2013 Tribhuvan University office of the controller of examination, Balkhu, today published the result of Faculty of Management, Bachelor of Business Studies (BBS ) First year-2068. Tribhuvan University had already published the results of BA First year B.Ed first year and B.Sc first year (2068). The exam of BBS first year was held in chaitra 2068 – baishakha 2069. The result statistics of bbs First year is as follow Total number of applicants in bbs first year exam: 84129 Students appeared for bbs First year exam: 78528 Total number of students who passed bbs first year: 15076 Total number of failed students: 51292 Total number of absent students: 5601 Total number of student who have given partial exam (FPA): 11,989 Pass Percentage in bbs first year exam: 19.2% Total number of Expelled students in bbs first year exam: 149 Result withheld:21

एसएलसीलाई मर्यादीत तथा नमुनाकारुपमा संचालन गर्न २१ बुँदे निर्देशन

चैत्र १ गते देखि सन्चालन हुन लागेको एसएलसी परिक्षा लगभग तयारी पुरा भएको छ । जिल्ला सिक्षा कार्यलय कपिलवस्तुका अनुसार कपिलवस्तुमा परिक्षाको तयारी अन्तीम चरणमा आएको छ । परीक्षालाई मर्यादीत तथा नमुनाकारुपमा संचालन गर्न एसएलसी परीक्षा समन्वय समिति कपिलवस्तुले २१ बुँदे निर्देशन समेत  जारी गरेको छ । जिल्ला शिक्षा कार्यालयले तौलिहवामा केन्द्राध्यक्षका लागि राखेको अभिमुखीकरणमा समितिले सो निर्देशन जारी गरेको हो । निर्देशनले परीक्षाको समयमा केन्द्राध्य बाहेक अरुलाई मोबाईलको प्रयोग निषेध गरेको छ । यस्तै परीक्षा संचालन भएको बिद्यालयका दरबन्दी र राहत  निरक्षक हुनु पर्ने, निरीक्षकहरूले अनिवार्य पोशाक लगाउनु पर्ने, शिक्षा कार्यालयले दिएको परिचय पत्र लगाउनु पर्नेछ । यसैगरी  परीक्षामा २५ प्रतिशत महिला शिक्षक अनिवार्य हुनु पर्ने, समितिले दिएको परिचय पत्र बाहेक कोही परीक्षा केन्द्रमा पस्न नपाउने निर्देशिका बनाईएको छ । त्यस बाहके परिक्षा केन्द्रको नजिकै फोटो कपी फ्याक्स संचालन गरी चिटको फोटो कपी गरेको भेटिए त्यसलाई जफत समेत गरिने जिल्ला शिक्षा अधिकारी सुरेन्द्रपराजुलीले बताउनु भयो । प्रतिबन्धित गेस पेपर

एसएलसीमा पोसाक अनिवार्य

२९ फागुन, नेपालगञ्ज । बाँकेमा एसएलसी दिने परीक्षार्थीलाई विद्यालय पोसाक अनिवार्य गराइने भएको छ । परीक्षाको समयमा हुनसक्ने अपि्रय घटनालाई मध्यनजर गर्दे यस्तो निर्णय भएको जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले जानकारी दिनुभयो । साथै विद्यार्थीले परीक्षा केन्द्रमा मोवाइल फोन पनि लैजान पाउने छैनन् । बाँकेमा यस वर्षको प्रवेशिका परीक्षामा नौ हजार ४ सय तीन विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार, परीक्षामा नियमिततर्फ सात हजार ३ सय ७२ र आंशिकतर्फ तीन हजार ३१ जना रहेका छन् । नेपालगन्जमा सात, खजुरामा चार, कोहलपुरमा १७ र राप्तीपारी क्षेत्रमा दुई गरी जिल्लामा ३० परीक्षा केन्द्रको व्यवस्था मिलाइएको धामीले जानकारी दिनुभयो । रासस

एसएलसी परीक्षा मर्यादित बनाउन सबै उपाय अपनाइने

२९ फागुन, काठमाडौं । शिक्षामन्त्री दीनानाथ शर्माले आगामी चैत १ गतेदेखि सञ्चालन हुने प्रवेशिका (एसएलसी) परीक्षालाई मर्यादित, शान्त र अनुशासित बनाउन सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को आयोजनामा भएको अन्तक्रिर्यामा मन्त्री शर्माले साढे पाँच लाखभन्दा बढी विद्यार्थीको भविष्य सुनिश्चित गर्ने सन्दर्भमा कसैले पनि अन्यथा सोच्छ र गर्छ भने त्यो राम्रो हुँदैन र त्यसलाई विद्यार्थी अभिभावक र शिक्षक सबै मिलेर खबरदारी गर्ने बताउनु भयो । उहाँले परीक्षालाई मर्यादित र अनुशासित बनाउन अपनाउनुपर्ने सबै प्रकारका उपाय सरकारले अपनाउने दृढता व्यक्त गर्नुभयो । मन्त्री शर्माले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८’ घोषणा भइसकेको बताउँदै त्यसविपरीत जाने विद्यार्थी, परीक्षामा संलग्नहरुलगायत जोकोहीलाई पनि कारबाही गरिने चेतावनी दिनुभयो । कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले परीक्षालाई मर्यादित बनाउन १४ अञ्चलमा १४ सहसचिवलाई जिम्मा दिइएको जानकारी दिनुभयो भने परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक खगराज बरालले प

विद्यार्थीको आन्दोलन जारी

२९ फागुन, काठमाण्डौं । सार्वजनिक यातायातमा सरकारले गरेको भाडाबृद्धिको विरोध तथा तत्काल स्ववियु निर्वाचनको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले आज पनि आन्दोलनका कार्यक्रमलाई जारी राखेका छन् । विपक्षी दलका ११ विद्यार्थी संगठनले आज बिभिन्न क्याम्पस अगाडी सीटी जुलुस प्रर्दशन गर्ने जनाएका छन् । यसअघि मुल्यबृद्धि फिर्ता लिन माग गर्दे हिजो बिद्यार्थी संगठनहरुले देशभरका सरकारी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेका थिए । भाडावृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ । सरकारले गएको शुक्रबारदेखि सार्वजनिक यातायातमा ९ प्रतिशत भाडा बढाएपछि विद्यार्थी आन्दोनमा उत्रिएका हुन । आइतबार काठमाण्डौमा बसेको ११ विधार्थी संगठनको संयुक्त बैठकले भाडावृद्धीविरुद्ध तीन दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रम अन्तर्गत आजबाट तीनदिनसम्म मुलुकभर चक्काजाम, सिटीजुलुस र सरकारी सवारी साधन चलाउन नदिने लगायतका रहेका छन् । बुधबार बिहान ६ देखि १० बजेसम्म सार्बजनिक र सरकारी गाडी चलाउन रोक लगाइने बिद्यार्थी नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । चैत १ द

बिष्णु उच्च माबिको ६० औ बर्षिक उत्सव तथा हिरक जयन्ति

मभ्य पाहाडी लोकमार्गको पुर्वी गन्तब्य पाँचथरको उत्तरी गाबिस च्याङथापुमा अवस्थित बिष्णु उच्च माबिको ६० औ बर्षिक उत्सव तथा हिरक जयन्ति भब्यताका साथ सम्पन्न भएको छ । २००९ सालमा स्थापना भएको बिद्यालयले हालसम्ममा समाजको लागि पुर्याएको योगदान तथा स्थानियले बिद्यालय प्रति देखाएको आत्मियता उत्सव स्थिलमा अवलोकन गर्न पाईयो । गएको ६० बर्षमा बिद्यालयले उत्पादन गरेका जनशक्तिले बिद्यालय प्रति देखाएको सदासयता तथा स्थानिय अविभावकको संरक्षणमा बिद्यालयले ठुलै प्रगति हाँसिल गरेको महोत्सव अवलोकन पश्चात महसुस भएको सहभागिले बताए । सडक मार्गले छोएको लामो समय नभए पनि बाक्लीएको यातायातको चहलपहल संगै निकै ब्यस्त देखिएको बिद्यालय परिषरमा तिन दिन सम्म लगातार कार्यक्रमहरू भईरहे । जयन्तिको अवसरमा दिन दिवसिय कार्यक्रमको आयोजना गर्दै बिद्यालयले सहयोगी व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । साठि वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन सोहि गाविसमा बाल्यकाल कटाएका साहित्यकार प्राध्यापक डा. गोविन्दराज भटराईले व्यानर खोलेर तथा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको हो । च्याङ्थापु बजारमा लामवद्ध भएका विद्यार्थ

अस्थायी शिक्षकले कुनै पनि परीक्षामा सहयोग नगर्ने

काठमाडौं, २८ फागुन/  अस्थायी शिक्षक संघर्ष समितिले एसलसीलगायत कुनै पनि परीक्षामा सहभागिता नजनाउने बताएको छ । गत पुष २० गते निकालेको शिक्षक सेवा आयोगकको विज्ञापनमा सरकारले २०६३ वैशाख १० गते पछि नियुक्त भएका शिक्षकलाई विभेद गरेको भन्दै समितिले चैत्र १ गतेदेखि सुरु हुने एसएलसी, जिल्लास्तरीय परीक्षालगायत कुनै वार्षिक परीक्षामा पनि सहभागिता नजनाउने भएको हो । राजधानीमा आज गरिएको कार्यक्रममा समितिका महासचिव आशुतोष गिरिले विभेदको नीतिलाई तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ । त्यस्तै अधिवक्ता शिवराम वोहुजुले सरकारले गरेको विज्ञापनविरुद्ध सर्वोच्चमा परेको रिटको अन्तिम आदेश हुनु भन्दा पहिले शिक्षक सेवा आयोगले परीक्षा गरेमा त्यो कानुन विपरित हुने दाबी गर्नुभयो ।