Skip to main content

Posts

Showing posts from March, 2014

खुल्ला मोडमै स्नातकोत्तर पढाइ

काठमाडौं, चैत्र १८ - त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीअनुसार खुल्ला मोडबाट स्नाकोत्तर तहका पठनपाठन सुरु गरेको छ ।  खुल्ला तथा दूर सिकाइ कार्यक्रमअन्तर्गत देशका विभिन्न छ वटा क्याम्पसबाट यो प्रणालीमा पठनपाठन गरिए शिक्षशास्त्र संकायका डिन प्रकाशमान श्रेष्ठले जनाएका छन् । पूर्वाञ्चलमा सिरहाको सत्यनारायण सूर्यनारायण मरोबेत्ता बहुमुखी क्याम्पस, मध्यमाञ्चलमा सानोठिमी क्याम्पस र गोरखा बहुमुखी क्याम्पसमा पठनपाठन भएको छ । त्यसैगरी पश्चिमाञ्चलको बुटवल क्याम्पस, मध्यपश्चिमाञ्चलमा सुर्खेत शिक्षा क्याम्पस र सुदूरपश्चिमाञ्चलमा डडेलधुरा शिक्षा क्याम्पसमा खुल्ला मोडमा पढाइको व्यवस्था गरिएको छ । 'सरकारले विद्यालय तहको संरचना परिवर्तन गरेसँगै शिक्षकको योग्यता बढाउन यो कार्यक्रम सुरु गरिएको हो,' डिन श्रेष्ठले कान्तिपुरसित भने, 'पढ्नको निम्ति लामो छुट्टी पनि नपाउने तर योग्यताचाहिं बढाउनु पर्ने परिस्थितिलाई मध्यनजर गरी खुल्ला सिकाइको पद्धतिको विकास गरिएको हो ।' विद्यालयको नयाँ संरचनाअनुसार कक्षा १ देखि ८ सम्म आधारभूत र ९ देखि १२ कक्षा माध्यमिक तह हुनेछ । त्यसनिम्ति माध्यमि

Teacher Service commission published primary level results of Bara and Saptari

Teacher Service commission (TSC) Nepal today (Chaitra 17) published the result of written examination of Primary level of various subjects for permanent recruitment of Teachers' in  Bara and Parsa districts. The written exam of this primary level was held on 2070/2/11. The interview of selected candidates of Bara district will be held in District Education Office, Chitwan.  Time: 2071/02/03 Saturday, from 8 am   The interview of selected candidates of Saptari district will be held in District Education Office, Morang.  Time: 2071/02/03 Saturday, from 8 am   To view your results download the PDF from the link below Teacher service commission results (primary level) Bara district Teacher service commission results (primary level) Saptari district

शिक्षक सेवा आयोगद्धारा प्राथमिक तहको बारा र सप्तरी जिल्लाको नतिजा प्रकाशित ( मिति २०७० चैत्र १७ गते )

शिक्षक सेवा आयोगद्धारा खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको बारा र सप्तरी जिल्लाको नतिजा प्रकाशित गरिएको छ । नतिजा हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला । http://www.tsc.gov.np/site/getFile/news/405 http://www.tsc.gov.np/site/getFile/news/406

साझा प्रकाशन दिन प्रतिदिन संकटग्रस्त बन्दै

काठमाडौं,   २०७० चैत १७      । आर्थिक अवस्थाले गर्दा धरासायी बन्दै गएको साझा प्रकाशन दिन प्रतिदिन संकटग्रस्त बन्दै गएको छ ।  साझा प्रकाशनकी अध्यक्ष एवं महाप्रबन्धक ममता झालाई प्रवेश निषेधको आन्दोलन गरेका कर्मचारीले उनलाई नहटाएसम्म आन्दोलन नरोकिने उद्घोष गरिसकेका छन् । सरकारले माग पुरा नगरे २ सय ८ जना कर्मचारीले सामुहिक राजिनामा दिने चेतावनी दिइसकेका छन । आन्दोलनकै कारण पाठ्यपुस्तक बिक्री वितरण कार्य खोसिएको छ । जनकले छापेर दिएको पुस्तक बिक्री गरेवापत कमिशन लिएर जिविकोपार्जन गर्दै आएको साझाका कर्मचारीहरु अब विकल्पको खोजीमा लागेका छन । कर्मचारी र अध्यक्ष एवं महाप्रबन्धक विचको कटाक्षको कारण एक सय वर्ष लामो इतिहास बोकेको संस्था धरायासी बन्दै गएको छ । लगातार आन्दोलनको कारण संस्था रहने हो वा होइन भन्ने विषयमा चर्को बहस हुन थालेको छ । दुई पक्षविच देखिएको समस्याको समाधान गर्न सरकारले दर्जनौ पटक पहल ग¥यो तर समस्या समाधन हुन सकेन । अन्ततः सरकारले मंसीर २८ गतेको निर्णय अनुशार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव राजुमानसिह मल्लको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरेको थियो ।

भारतीय नर्सिङ काउन्सिलले नेपालीलाई रोजगारीमा बन्देज

काठमाडौं,  २०७० चैत १७  भारतका विभिन्न शैक्षिक संस्थामा बीएस्सी नर्सिङ पढेका नेपाली विद्यार्थीलाई भारतीय नर्सिङ काउन्सिलले रोजगारीमा बन्देज लगाएको छ । भारत पढ्न जानुअघि नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएका संस्थाका प्रतिनिधिका अनुसार नेपाली विद्यार्थीलाई काउन्सिलमा दर्ता गर्न नदिने निर्णय गरेर रोजगारीमा बन्देज लगाइएको हो । काउन्सिलमा दर्ता नभएपछि विद्यार्थीले इजाजतपत्र पाउँदैनन् । इजाजत नपाएका नेपाली विद्यार्थीलाई भारतीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थामा काम गर्न कानुनी अधिकार छैन् । नतिजा सार्वजनिक भएपछि नर्सिङ काउन्सिलमा इजाजतका लागि निवेदन दर्ता गर्न गए पनि काउन्सिलले अस्वीकार गरेपछि निराश भएर फर्केकी सुस्मिता पौडेलले भनिन् ‘हामीलाई भर्ना हुने समयमा केही जानकारी गराइन् । तर पढाइ पूरा भएपछि इजाजत लिने बेलामा पक्षपातपूर्ण निर्णय गरियो ।’ काउन्सिलले यसै वर्षदेखि लागू हुने गरी बनाएको यो नियमले सन् २००९ पछि भर्ना भएका विद्यार्थी प्रभावित हुनेछन् । त्यसपछि भर्नाभएका विद्यार्थीको पढाइ पूरा हुन ४ वर्ष लाग्छ । यो निर्णयबाट तत्काल आठ हजारको हाराहारीमा नेपाली विद्यार्थी

त्रिविको सेमेस्टर प्रणालीमा क्षमताभन्दा बढीको आवेदन

१७ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय क्याम्पस त्रिवि कीर्तिपुरमा यसै वर्षदेखि सेमेस्टर प्रणालीमा पठनपाठन गराउने गरी आवेदन माग गरेपछि व्यवस्थापन सङ्काय, अङ्ग्रेजी शिक्षा विभाग र अङ्ग्रेजी केन्द्रीय विभागमा भर्ना क्षमताभन्दा बढीले प्रवेश परीक्षा दिएका छन् । यसै वर्षदेखि सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन गराउने विश्वविद्यालयको लक्ष्यअनुरुप व्यवस्थापन केन्द्रीय विभाग, अङ्ग्रेजी शिक्षा विभाग, अङ्ग्रेजी केन्द्रीय विभागलगायतका विगतमा धेरै विद्यार्थी भर्ना हुने विभागमा ३०० जना विद्यार्थीको कोटा निर्धारण गरिए पनि यी विभागमा आवश्यकताभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका हुन् । विज्ञान विषयअन्तर्गतका अधिकांश विभागमा सेमेस्टर प्रणालीअन्तर्गत १०० जना विद्यार्थीको भर्ना क्षमता निर्धारण गरिएको छ । विश्वविद्यालय क्याम्पस त्रिवि कीर्तिपुरका पि्रन्सिपल डा गोविन्द सुवेदीका अनुसार व्यवस्थापन केन्द्रीय विभागमा ३०० जना विद्यार्थीको भर्ना क्षमता रहेकोमा ५०० जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् । त्यस्तै अङ्ग्रेजी शिक्षा विभागमा ३०० जनाको क्षमतामा ४०० जना र अ

पुरस्कार (लघुकथा)

एकदेव अधिकारी रवि आज अति खुशी थियो। यो खुशीको कारण थियो आज विद्यालयमा भएको चित्रकला प्रतियोगिता। कक्षा चारमा पढ्ने रवि विद्यालयका अन्य वरिष्ठ विद्यार्थीहरूलाई उछिन्दै प्रथम भएको थियो। पुरस्कार पनि थियो चित्रहरू बनाउनको लागि अभ्यास पुस्तिका र बिभिन्न रङ्गहरूको सेट। पुरस्कार ऊ आफ्नो बुबालाई देखाउन चाहन्थ्यो। बुबा स्थानीय बजारका एक सफल व्यापारी हुनुहुन्थ्यो र सधैँ बेलुका अबेरमात्र घर आईपुग्नुहुन्थ्यो। ऊसँग समय पनि थियो। खालि पुस्तिका के देखाउनु - सोच्यो त्यही नयाँ पुस्तिकामा आजै विद्यालयमा बनाएको चित्र बनाएर देखाउँछु। हातमुख धोएर खाजा खाइवरी तल्लीन भयो चित्र बनाउन। बनाउँदै जाँदा समय बितेको पत्तै पाएन। साँझपख लोड सेडिङ्गको समय भएकोले मैनबत्ती बालेर चित्र पुरा गऱ्यो। विद्यालयमा बनेभन्दा पनि राम्रो चित्र बनेको थियो। बेलुका बुबाले आउने बित्तिकै सोध्नुभयो - होमवर्क गरिस त? ऊ निरूत्तर भयो र पनि हिम्मत गर्दै चित्र देखायो - बुबा आज यो चित्र बनाउँदा बनाउँदै होमवर्क गर्न भ्याइन। भोलि गर्छु। अचानक कतै बिजुली चम्केझैँ भयो र उसका हात अनायास गाला छाम्न पुगे। होमवर्क गर्न छोडेर नानाभाँ

एक प्रेरक लघु कथा - स्व मूल्यांकन (Self Appraisal)

एक चौदह पंद्रह साल का लड़का एक टेलीफोन बूथ पर जाकर एक नंबर लगाता है और किसी के साथ बात करता है, बूथ मालिक उस लड़के की बात को ध्यान से सुनता रहता है ; लड़का : किसी महिला से कहता है कि, मैंने बैंक से कुछ क़र्ज़ लिया है और मुझे उसका क़र्ज़ चुकाना है, इस कारण मुझे पैसों की बहुत जरुरत है, मैडम क्या आप मुझे अपने बगीचे की घास काटने की नौकरी दे सकती हैं..?  महिला : (दूसरी तरफ से) मेरे पास तो पहले से ही घास काटने वाला माली है.. लड़का : परन्तु मैं वह काम आपके माली से आधी तनख्वाह पर कर दूंगा.. महिला : तनख्वाह की बात ही नहीं है मैं अपने माली के काम से पूरी तरह संतुष्ट हूँ.. लड़का : (और निवेदन करते हुए) घास काटने के साथ साथ मैं आपके घर की साफ़ सफाई भी कर दूंगा वो भी बिना पैसे लिए.. महिला : धन्यवाद और ना करके फोन काट दिया..लड़का चेहरे पर विस्मित भाव लिए फोन रख देता है.. बूथ मालिक जो अब तक लड़के की सारी बातों को सुन चूका होता है,लड़के को अपने पास बुलाता है.. दुकानदार : बेटा मेरे को तेरा स्वभाव बहुत अच्छा लगा, मेरे को तेरा सकारात्मक बात करने का तरीका भी बहुत पसंद आया..अगर

प्रेरक लघुकथा : बड़ी सोच

एक बार एक आदमी ने देखा कि एक गरीब फटेहाल बच्चा बड़ी उत्सुकता से उसकी महंगी ऑडी कार को निहार रहा था। गरीब बच्चे पर तरस खा कर अमीर आदमी ने उसे अपनी कार में बैठा कर घुमाने ले गया।  लड़के ने कहा : साहब आपकी कार बहुत अच्छी है, यह तो बहुत कीमती होगी न...।  अमीर आदमी ने गर्व से कहा : हां, यह लाखों रुपए की है।  गरीब लड़का बोला : इसे खरीदने के लिए तो आपने बहुत मेहनत की होगी? अमीर आदमी हंसकर बोला : यह कार मुझे मेरे भाई ने उपहार में दी है।  गरीब लड़के ने कुछ सोचते हुए कहा : वाह! आपके भाई कितने अच्छे हैं।  अमीर आदमी ने कहा : मुझे पता है कि तुम सोच रहे होंगे कि काश तुम्हारा भी कोई ऐसा भाई होता जो इतनी कीमती कार तुम्हे गिफ्ट देता!!  गरीब लड़के की आंखों में अनोखी चमक थी, उसने कहा : नहीं साहब, मैं तो आपके भाई की तरह बनना चाहता हूं...  सार :  अपनी सोच हमेशा ऊंची रखो, दूसरों की अपेक्षाओं से कहीं अधिक ऊंची, तो तुम्हें बड़ा बनने से कोई रोक नहीं सकता।

बिद्यालयलाई त्रिपक्षीय सहयोग

 ।    काभ्रे / चैत्र   १६   गते काभ्रेको तिमाल क्षेत्रमा पर्ने सस्र्यूंखर्क स्थित पञ्चकन्या प्राथमिक विद्यालयमा तिनवटा सामाजिक संस्थाले एकसाथ विद्यालयलाई सहयोग गरेका छन् । मातृभूमिका लागि युवा अभियान नेपाल, नेप्लीज फेशन होम तथा महेन्द्र स्मृति प्रतिष्ठान काठमाडौंले विहिवार एक कार्यक्रमका विच सहयोग हस्तान्तरण गरेका हुन् । लामो समयदेखी विद्यालयका लागि आवश्यक पर्ने शैक्षिक तथा भौतिक सामाग्रि प्रदान गर्दै आएको फेशन होमको संयोजनमा महेन्द्र स्मृति प्रतिष्ठानले विद्यालयका सबै विद्यार्थीहरुलाई जुत्ता चप्पल उपलब्ध गराएको छ । नेपाली काग्रेस, काठमाडौंका सभापति तथा काठमाडौंं क्षेत्र नं।६ का संविधानसभा सदस्य भिमसेन प्रधानले विद्यार्थीलाई चप्पल तथा विस्कुट वितरण गर्नुभएको थियो । विशिष्ठ अतिथिका रुपमा निम्त्याइएका मातृभूमिका लागि युवा अभियानका केन्द्रिय अध्यक्ष सुनिल खड्काले सुचना प्रविधिले नजिक बनाउन मद्दत मिल्ने भन्दै एक थान प्रिन्टर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । थाइल्याण्ड बस्दै आउनुभएका खड्कालृे बैंककवाटै उच्चस्तरिय प्रिन्टर उपलब्ध गराइदिने बताउनु भयो । केहि समय पहिले कम्प्यू

What Next: After SLC ?

KATHMANDU: After a year of stressing and obsessing over the SLC exam, we know one can be a bit overwhelmed now that the exams are over! The free days between the last day of the SLC exam and the first day in high school is the longest vacation a student in Nepal gets after at least 16 years of schooling. So why not make the best use of it? If you don’t already have clear plans on how to utilize the days ahead, we have an assortment of activities listed here just for you. Read books Wait! We’re not talking about the boring, old course books you don’t want to open ever again. We’re talking about real books…books that take you to places and introduce you to people without having to go anywhere. Visit a bookstore and buy a couple of books that interest you, or get a library membership and borrow books. Develop the habit of carrying a book everywhere you go so you always have something productive to do. Read while you’re traveling by a bus, read while you’re waiting in a

एसएलसीपछि के गर्ने ?

एसएलसी सकियो । परीक्षाका बेला पढाइमा तल्लीन विद्यार्थीहरू परीक्षाको समाप्तिसँगै आफूलाई स्वतन्त्र महसुस गर्छन् । पढाइको बोझ कम भएको मान्छन् । यही समयमा उनीहरूले गलत बाटो पनि समाउन सक्छन् । 'टाइम पास' को बहानामा कुसंगत र कुलतमा समेत फस्न सक्छन् । मनोरञ्जनका लागि साथीभाइसँगै होमा हो मिलाउँदै हिँड्न सक्छन् । त्यसैले अब, यस्ता कुरा छाडेर फुर्सदको यो समयलाई सदुपयोग गरौ ।  अध्ययनको योजना एसएलसी उत्तीर्ण भएपछि के पढ्ने ? कुन विषय पढ्दा राम्रो हुन्छ ? आफ्नो आर्थिक एवं बौद्धिक क्षमताअनुरूपको विषय कुन हुन सक्छ ? भन्ने विषयमा सोचौं । समयमै यस्ता कुराको निर्णय लिन सके पछि पछुताउनु पर्दैन । धेरै विद्यार्थी कलेज भर्ना हुने बेलासम्म के पढ्ने कहाँ पढ्ने भन्ने जस्ता समस्यामै अल्झिरहेका हुन्छन् ।  ज्ञान बढाऔं  यतिबेला आफूले अध्ययन गर्न चाहेको विषयका सम्बन्धमा आधारभूत जानकारी लिन सकिन्छ । विभिन्न भाषा, कम्प्युटरसम्बन्धी ज्ञान हासिल गरेर पनि यो समयलाई उपलब्धिमूलक बनाउन सकिन्छ । राम्रो इन्स्टिच्युट एवं शिक्षकमार्फत भाषा, कम्प्युटर आदि विषयमा दक्षता हासिल गर्नु राम्रो हुन्छ ।

शुल्क प्रस्ताव पेस नगर्ने विद्यालयलाई जरिवाना

मङ्गलबारे (इलाम),  चैत १६ गते । अनुमति प्राप्त संस्थागत विद्यालयले प्रत्येक वर्ष जिल्ला शिक्षा कार्यालयमा पेस गर्नुपर्ने शुल्क प्रस्ताव अझै पेस गरेका छैनन् ।  आगामी शैक्षिकसत्रका लागि माघ मसान्तसम्ममा पेस गरिसक्नुपर्ने शुल्क प्रस्ताव पेस नगरेकाले २२ वटा विद्यालयलाई जिल्ला शिक्षा कार्यालय इलामले जरिवाना गर्ने भएको छ । जिल्लामा सञ्चालित ११८ वटा अनुमति प्राप्त संस्थागत विद्यालयमध्ये ९६ वटाले समयमै प्रस्ताव पेस गरेको र नगर्नेलाई जिसिकाले जरिवाना गर्न लागेको जिसिकाका कर्मचारी वीरेन्द्र कुसियैतले जानकारी दिनुभयो ।  विद्यालयले लिने भर्ना शुल्क, स्टेसनरी, परीक्षा शुल्क आदिका बारेमा पहिले नै शुल्क निर्धारण गरी कार्यालयमा बुझाउनुपर्छ । मासिक शुल्क बराबर भर्ना शुल्क लिनुपर्ने हुन्छ, कुसियैतले भन्नुभयो, “कतिपय विद्यालयले भर्ना शुल्कभन्दा मासिक शुल्क बढी लिने गरेको पाइएको छ ।”       समयमै शुल्क प्रस्ताव पेस नगर्ने विद्यालयलाई शुल्क अनुगमन समितिको बैठकले रु एक हजारदेखि रु २५ हजारसम्म जरिवाना गर्ने उहाँले बताउनुभयो । गत वर्ष पनि समयमै शुल्क प्रस्ताव पेस नगर्ने ५५ वटा विद्यालयलाई जरिवाना गर

उच्च माविको लापरबाहीविरुद्ध शैक्षिक संस्था बन्द

जनकपुरधाम,  चैत १६ गते । रजिष्ट्रेशन फारम दाखिलामा उच्च माध्यमिक शिक्षा परिषद् जनकपुरले गरेको लापरबाहीको विरोधमा उच्च माध्यमिक विद्यालय सङ्घ, नेपाल धनुषाले आजदेखि शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गरेका छन ।  रजिष्ट्रेशन फारमबापतको रकम बुझी भर्पाईसमेत दिइसकेको अवस्थामा उच्च  माध्यमिक शिक्षा परिषद्ले २४७ जना विद्यार्थीको दाखिला नगरेकोप्रति आक्रोशित भएका उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) धनुषाले आन्दोलनलाई सशक्त पार्दै अघि बढ्ने गरेको निर्णयअनुसार आजदेखि शैक्षिक संस्था बन्द गरेको हो  । छुटमा परेका विद्यार्थीको फारम दाखिला गरी समस्या समाधान गर्नको लागि हिसानले एक सातादेखि दबाबमूलक कार्यक्रमहरु गर्दै आएको थियो ।  परीक्षा नजिकिँदै गए पनि उच्च माध्यमिक शिक्षा परिषद्ले आवश्यक कदम नचालेको बताइएको छ । रकम बुझेर पनि विद्यार्थीको रजिष्ट्रेशन फारम दाखिला नगरेको आरोप हिसानको छ । यसैबीच, उच्च माध्यमिक शिक्षा परिषद् जनकपुरका निमित्त प्रमुख उत्तमराज नेपालले रजिष्ट्रेशन छुट भएका विद्यार्थीका लागि परीक्षा नियन्त्रण कार्यालय भक्तपुरलाई समेत पत्राचार गरिसकेको जनाउँदै निर्देशनको

प्रश्नपत्र आउट भएपछि जिल्ला स्तरिय परिक्षा नै रद्द

सिन्धुली, १६ चैत   आज हुने भनिएको कक्षा ८ को जिल्ला स्तरिय परिक्षा अन्र्तगतको गणित विषयको प्रश्न पत्र परिक्षा हुनु अगाडी नै आउट भएपछि जिल्लाभरीको परिक्षा रद्द भएको छ । स्थानिय दैनिक पत्रिका मार्फत प्रश्नपत्र सार्वजनिक भएको खबर आएपछि परिक्षा रद्द गरिएको हो । जिल्ला शिक्षा कार्यालय सिन्धुलीले सम्बन्धीत सबै विद्यालयहरुलाई आजको परिक्षा स्थगित गर्न निर्देशन दिएको छ ।  

पाठ्यपुस्तकमा कमिसनको बार्गेनिङ

काठमाडौ,  १६ चैत  । प्रकाशक र वितरकबीच कमिसनको बार्गेनिङ नमिल्दा यस वर्ष पनि समयमै, सबैतिर पाठ्यपुस्तक उपलब्ध नहुने भएको छ। शैक्षिक सत्र सुरु हुन १४ दिनमात्र बाँकी रहँदा छापिएका पुस्तक जनक शिक्षाका क्षेत्रीय कार्यालयमा थन्किएको छ। यही वर्षबाट पाठ्यपुस्तक वितरणको जिम्मा पाएको पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले भने चित्तबुझ्दो कमिसन नदिएको भन्दै बिक्रीवितरण ठप्प पारेको छ। यसअघि साझा प्रकाशनले पाएसरह कमिसन पाउनुपर्ने माग गर्दै महासंघले आफू सम्बद्ध बिक्रेतालाई केन्द्रको डिपोबाट पुस्तक नउठाउन सर्कुलर जारी गरेको खबर नागरिक दैनिकमा रुवी रौनियारले लेखेकी छन्। महासंघमा दर्ता नभएका संस्थालाई समेत केन्द्रले पाठ्यपुस्तक बिक्री गर्न दिएको महासंघको आरोप छ। जनक शिक्षा बोर्डले उत्पादित पाठ्यपुस्तक बिक्रीवितरणका लागि चैत १४ देखि बिक्रेतालाई सूचीकृत हुन आवेदन मागेको थियो। लगत्तै उसले केन्द्रसँग कमिसनको बार्गेनिङ थालेको हो। केन्द्रले भने बिक्रेताले अन्तिम समयमा बार्गेनिङ गरेको आरोप लगाउँदै माग पूरा गर्न नसकिने अडान लिएको छ। महासंघ अध्यक्ष रघुनाथ महर्जनले सुगमका लागि बिक्रेता कमिसन १५

शिक्षा मन्त्रालयले ४२ जिल्लाका सामुदायिक विद्यालय व्यवस्थापन गर्ने

काठमाडौं, १६ चैत   । स्थानीय जनसंख्या घटबढ र विद्यालय सञ्चालनको अवस्थाका आधारमा शिक्षा मन्त्रालयले ४२ जिल्लाका सामुदायिक विद्यालय व्यवस्थापन गर्ने भएको छ । मन्त्रालयका अनुसार सञ्चालनमा रहेका विद्यालयमा कतै विद्यार्थी अभाव र कतै शिक्षक अभाव भएका कारण विद्यालय व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । केन्द्रीय तथ्यांक विभागका अनुसार २७ हिमाली तथा पहाडी जिल्लाको जनसंख्या १० वर्षअघिको तुलनामा घटेको छ ।  त्यसको असर विद्यालय सञ्चालनमा समेत देखिएको छ । १० वर्षअघि सञ्चालनमा आएका कतिपय विद्यालयमा अहिले विद्यार्थी अभाव छ । खास गरेर पहाडी र हिमाली जिल्लामा बसाइँ–सराइका कारण विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ । मुलुकको जनसंख्या १० वर्षमा ३२ लाख बढे पनि जनसंख्याको व्यवस्थापन उचित नभएको तथ्यांक विभागले जानकारी गराएको छ । शिक्षा विभागले त्यसको असर राज्यको वितरण प्रणलीमा समेत पर्न सक्ने जानकारी गराउँदैे आएको छ । राजधानीसहित सहरीकरण बढी भएका जिल्लामा निजी विद्यालयको चापले गर्दा सामुदायिक विद्यालय सञ्चालनको अवस्था दयनीय बन्दै गएको छ । ३० विद्यार्थी अनुपातमा १ शिक्षक उपलब्ध हुनुपर्

सौर्य ऊर्जामार्फत कम्प्युटर शिक्षा

रुकुम,  चैत १५ गते । विद्युत् अभावमा यहाँको एक उच्च माविले सौर्य ऊर्जामार्फत विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेको छ । जिल्लाको पश्चिमी गाविस विजयश्वरीमा रहेको शीतल उच्च मावि चौरजहारीले झन्डै रु २० लाखको लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेको हो । चौरजहारीमा रहेको विद्युत् सेवा प्रभावकारी हुन नसकेपछि विद्यार्थीलाई कम्प्युटरसम्बन्धी ज्ञान हासिल गराउन विद्यालयले सौर्य ऊर्जाको उपयोग गरी कम्प्युटर शिक्षा सुरु गरेको हो । शिक्षा विभागको प्राविधिक शिक्षाधारअन्तर्गत प्रदान गरिएको आर्थिक सहायताबाट विद्यालयमा चार किलोवाट क्षमताका सोलार तथा २५ वटा कम्प्युटर खरिद गरिएको प्राचार्य गणेशप्रसाद रिजालले जानकारी दिनुभयो ।  विभागबाट प्राप्त भएको रु २० लाख बराबरको लगानीमा सोलार तथा कम्प्युटर खरिद गर्नुका साथै सव ओभरसियर विषय अध्यापनका लागि चाहिने आवश्यक सामग्री पनि खरिद गरिएको विद्यालयले जनाएको छ । । रासस 

शिक्षक सेवा आयोगद्धारा प्राथमिक तहको धनकुटा, सुनसरी, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर र सिरहा जिल्लाको नतिजा प्रकाशित

खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको धनकुटा, सुनसरी, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर र सिरहा जिल्लाको नतिजा प्रकाशित भएको छ । नतिजा  हेर्नको लागि http://www.tsc.gov.np/site/getFile/news/403 and http://www.tsc.gov.np/site/getFile/news/404

आफ्ना सन्तानलाई चोर बनाउने अभिभावकहरु

विनय कसजु नेपालमा एसएलसी परीक्षाको इतिहासमा पहिलो पटक परीक्षार्थीहरुलाई खानतलासी लिएर परीक्षा केन्द्रमा प्रवेश दिइयो । परीक्षामा आफ्ना छोराछोरीलाई चिट चोराउन अभिभावकहरुको भीडै लाग्यो । यस्तै विवादमा प्रहरीले हतियारको पनि प्रयोग गर्नु पर्यो । आफ्ना सन्तानलाई चोर बन्न सिकाउने अभिभावकहरुले आफ्ना छोराछोरी मात्रै होइन हाम्रो समाज र देशलाई कस्तो बनाउन खोजेका होलान भन्ने सम्झेर दिक्क लाग्यो । अनि चोरकी आमाको कथा सम्झेँ जो यस्तो छः चोरकी आमा “आमा, मैले के भेट्टाएँ हेर्नुस् त !” विप्लवले स्कुलबाट आउँदा आउँदै भन्यो । “के ल्याइस् बाबु ? खोइ देखा त,” आमाले सोधिन् । विप्लवले झोलाबाट खेलौना मोटर झिकेर आमालाई देखाउँदै भन्यो, “हेर्नुस् त कति राम्रो मोटर ! दम दिएर चल्छ ।” उसले मोटरमा दम दियो र भुइँमा राख्यो । मोटर कररर कराउँदै एकै छिन गुड्यो र भित्तामा ठोक्किएर रोकियो । “कहाँबाट ल्याइस् यस्तो राम्रो खेलौना ?” आमाले सोधिन् । “विकासले खेल्दा खेल्दै स्कुलमै छोडेको रहेछ । अनि उसलाई चहिँदैन होला भनेर मैले ल्याएँ ।” “बेसै भयो । तँलाई खेलौना मोटर किन्न मन लागेको थियो । पाइहालिस् अब ख

निश्काशित निरीक्षकको विवरण संकलन शुरु- नियन्त्रक

काठमाडौं,    चैत १५ । परीक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले परीक्षामा अनियमित कार्य गरेर निष्काशित भएका ९४ जना निरीक्षकलाई कारवाही प्रकृया अघि बढाएको बताउनुभयो । उहाले सबै निरीक्षकको कसुर हेरी कारवाहीको सिफारिस गरिने जानकारी दिनुभयो । सबै निष्काशित निरीक्षकको कसुरको विषयमा कस्तो कारवाही गर्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने बताउनुभयो । उहाले भन्नुभयो(सबै जिल्लामा एकै साथ ३५ बुदे आचारसंहिता सार्वजनीक गरेको अवस्थामा पनि अनियमितता गर्ने निरीक्षकलाई कारवाही गरेरै छाड्ने दावी गर्नुभयो । कसुरको मात्राहेरेर कारवाही अघि बढाउन सिफरिस गर्नेछौ उहाको भनाई थियो । बढुवा रोक्कागर्ने, चेतावनी दिने, लगायत कासवही गरिने उहाको भनाई थियो । यसैगरी निश्काशित गरिएका र नक्कली परिक्षार्थीलाई स्थानीय प्रशासनको सिफरिसमा ६ महिना कैद वा १ लाख जरिवाना र दुर्व जरिवाना गर्ने विषयमा पनिकाले सबैसंग छलफल गर्ने भएको छ ।

९६ वर्षिय जेष्ठ नागरिकले दिए गाउँको विद्यालयलाई १ लाख ३० हजार रुपयाँ सहयोग

राम सुवेदी, बागलुङ, २०७० चैत १५ । बोंगादोभान गाउँ विकास समिति वडा नं. ८ का स्थानीय ९६ वर्षका जेष्ठ नागरिक भीमलाल घर्तीले एक नि मा विलाई १ लाख ३० हजार ५ सय रुपैयाँ चन्दा सहयोग प्रदान गरेका छन् । हाल कक्षा ७ सम्म पढाई हुँदै आएको तर आगामी शैक्षिक सत्रदेखि कक्षा ८को अध्यापन सुरु गर्ने योजना रहेको गाउँकै खोलेसवाङ निम्न माध्यमिक विद्यालयले राम्रो प्रगति गरोस् । यहाँका वालवालिकाले राम्रो शिक्षा पाउन, पढुन लेखुन, भविष्य बनाउन भन्दै आफूले यो उमेरमा विद्यालयलाई चन्दा दिएको घर्तीले बताए । घर्तीे एक किसान हुन् । दुई छोरा र ५ छोरी आफ्नो घरजम बनाईसकेका छन् । कृषि पेशाबाटै आर्जन गरेको रकम विद्यालयलाई चन्दा दिएको घर्तीको भनाई छ । विद्यालयलाई चन्दा दिने घर्ती सहित अरु दुई जना पूर्ण बहादुर पुन, जस्ले ५ हजार ५ सय र अर्का स्थानीय केश बहादुर प्रतेलले २ हजार चन्दा दिएपछि विद्यालयले उनीहरुलाई आज एक कार्यक्रमकाबीच सम्मान कार्यक्रमको आयोजना गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर घर्ती मगरको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयकी शिक्षिका विमला कुमारी घर्ती पुनले स्वागत गरेकी थिई

Education Policies and Programmes of the Government of Nepal for the Fiscal Year 2066/067 and 2011/12

29 Mar, 2014 Education Policies and Programmes of the Government of Nepal for the Fiscal Year 2066/067 This is the excerpt regarding education program and policies of government of Nepal. It was taken from official document of government of Nepal Policies and Programmes of the Government of Nepal for the Fiscal Year 2066/067.     Its nearly three years since the Government of Nepal presented these policy and took necessary steps. Now you can find out does our government really did, what it was supposed to do.    Free and compulsory education programmes will be undertaken gradually up to secondary level.     National literacy campaign will be implemented with necessary amendments.    Special emphasis will be laid on the qualitative, employment-oriented, vocational and technical education accessible to the people. Primary and informal education in mother tongue will be expanded.   School sector reform programs will be effectively implemented to make the basi