Skip to main content

Posts

Showing posts from May, 2017

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध विशेषताबाट संघीय गणतान्त्रिक समावेशीतामा रुपान्तरण हुने अभ्यासको चरणमा ७ प्रदेश तथा ७४४ स्थानीय तहमा सिमाङ्कित भएको छ । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहकै सरकारको व्यवस्थापन, सञ्चालनमा रह्ने संवैधानिक प्रावधान छ । शिक्षा संरचना, पेसागत प्राविधिक सहयोग संयन्त्र र पद्धतिले स्पष्ट आकार नपाइसकेको अवस्था छ । चाँडो नभएपनि ढिलै रुपमा शिक्षाबारे धेरै स्पष्टता आवश्यक छ । क) पृष्ठभूमि : शिक्षा मानिसको सर्वाङ्गीण विकासको पक्ष हो । समाजमा सामान्य लेखपढ गर्न र गृहस्थ जीवनको व्यवहार सञ्चालन गर्न शिक्षा आवश्यक पर्दछ । सैद्धान्तिक ज्ञानमूलक शिक्षाका आधारमा नै मानिसले आवश्यकतानुसार स्वरोजगार तथा रोजगारीको मार्ग तय गर्दछ । दर्शनशास्त्रीय शिक्षामा बौद्धिक तार्किकता र ज्ञान चिरफार गर्ने क्षमताको हुन्छ । सामान्य जीवनमा आइपर्ने कामहरु हल गर्ने पेसागतसिप र व्यावसायिक दक्षता प्राविधिक तथा व्यावसायिक शिक्षाले दिन्छ । अत ः अधिकांश जनताको मागल