Skip to main content

Posts

Showing posts from September, 2013

सामुदायिक विद्यालय सुधारका लागि प्रा.डा.कोईरालाका आठ विकल्प

बागलुङ, २०७० असोज १४ । बागलुङ जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुका साथै कमजोर नतिजा आएको भन्ने व्यापक टिप्पणी भैरहेको बेला शिक्षाविद प्राध्यापक डा विद्यानाथ कोईरालाले सामुदायिक विद्यालय सुधारका लागि आठ विकल्प प्रस्तुत गरेका छन । जिल्ला शिक्षा कार्यालय बागलुङ, चारतारे युवा क्लव, सेतो गुँरास बालविकास केन्द्र लगायत शिक्षासँग सरोकार राख्ने संघ संस्थाको संयुक्त आयोनजामा सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत शिक्षकले चाहेमा गर्न सक्छन’ विषयक मूल्याङ्कन कार्यक्रममा डा कोईरालाले यी ८ विकल्पहरु प्रस्तुत गरेका हन् । प्राडा कोईरालले सामुदायिक विद्यालयको शैक्षिक वातावरण, व्यवथापकीय पक्ष लगायतका चौतर्फि विकासको ख्याल राखी शिक्षकले गर्न सक्ने विकल्पमा पढाईलाई जीवन र जीविकासँग जोड्नुपर्ने, सवै विचारहरुलाई न्याय गर्ने, शिक्षक पहिले पेशाकर्मी बन्नुपर्ने, भाषिक सहअस्तित्व कायम गर्नुेपर्ने लगायतका विकल्प कार्यक्रममा प्रस्तुत गरेका थिए । शिक्षकले चाहेमा यो पनि गर्न सकिन्छ विषयक अवधारण पत्रमा उनले अभियानका क्रममा सुनेका र खेपेका जिज्ञासालाई मेटाउँदै शिक्षकले शैक्षिक सुधारको ल

बालबालिकाको शिक्षाका लागि कन्सर्ट

काठमाडौं–१४ असोज । बालबालिकाको शिक्षा, स्वास्थ्य र बाल अधिकार संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था चाइल्डरिच नेपालले राजधानीमा सांगीतिक कार्यक्रम कन्सर्ट गरेको छ । शिक्षा लिनबाट वञ्चित भएका पिछडिएको क्षेत्रका बालबालिकालाई शिक्षामा सहयोग गर्ने उद्धेश्यले सो कार्यक्रम गरिएको उक्त संस्थाले जनाएको छ । “अल स्टार च्यारिटि गिग २०१३” नाम दिएको सो कार्यक्रममा साङ्गितिक ब्यान्डहरु अल्बाट्रस, जिन्दाबाद ब्यान्डका रोहित शाक्य, अन्डरसाइडबाट गितारतर्फका बाध्यवाधक, अक्क्षता लगायतको प्रस्तुती दिएका थिए । चाइल्डरिच नेपाल ग्रामिण भेगका विद्यालयहरुका कक्षाकोठा र शौचालय निर्माण तथा मर्मत कार्यमा सक्रिय रुपमा लागिरहेको गैरसरकारी संस्था हो ।  

पाँच नेपालीलाई इजरायली छात्रवृत्ति

काठमाडौँ, १४ असोज । इजरायल सरकारले कृषि तथा वन विश्वविद्यालय, रामपुर चितवनका पाँच विद्यार्थीलाई जेरुसेलमको हिब्यु्र विश्वविद्यालयमा सन् २०१३–१४ का लागि स्नातकोत्तर तह अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिएको छ ।      सो छात्रवृत्ति पाउने विद्यार्थी आज जेरुसेलमतर्फ प्रस्थान गरिसकेका  छन् ।  छात्रवृत्तिअन्तर्गत प्रत्येकलाई २८ हजार अमेरिकी डलर प्रदान गरिएको इजरायल दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इजरायलले यसअघि सन् २०१२ मा तीन र सन् २०११ मा चार नेपालीलाई छात्रवृत्ति प्रदान गरी जेरुसेलमका विभिन्न विश्वविद्यालयमा पठाएको थियो । रासस

नयाँ र पुराना परीक्षार्थीलाई एउटै प्रश्नपत्र

काठमाडौं, १३ असोज त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण मानविकी संकायको स्नातक तहको प्रथम वर्षका परीक्षार्थीलाई परीक्षा दिन समस्या परेको छ । आइतबार सञ्चालन भएको अनिवार्य नेपालीको परीक्षाको प्रश्नपत्र नयाँ र पुराना विद्यार्थीका लागि एउटै आएका कारण परीक्षार्थी दोधारमा परेका हुन् । अनिवार्य नेपाली विषयको २०१ कोड नम्बरको प्रश्नपत्रमा नयाँ र पुराना विद्यार्थीले उत्तर लेख्न सक्ने उल्लेख गरिएको छ । पनिकाका सहायक परीक्षा नियन्त्रक शंकर भण्डारीका अनुसार विद्यार्थीले नयाँ तथा पुरानो जुनसुकै कोर्सबाट पनि उत्तर लेख्न सक्ने बताए । ‘नियमित तथा पुराना विद्यार्थीले दुवै कोर्सबाट उत्तर लेखेका छन्, पनिकाले त्यसलाई मान्यता दिनेछ,’ उनले भने । त्रिविको शैक्षिक क्यालेन्डरअनुसार परीक्षा सञ्चालन नहुनु र नतिजा पनि प्रकाशन नभएका कारण समस्या आएको पनिकाले जनाएको छ । उसले शैक्षिक क्यालेन्डलाई चाँडै लागू गर्ने तयारी भएको जनाएको छ । यसअघि हालै सम्पन्न स्नातक तहको परीक्षामा अर्थशास्त्रको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएका कारण पुनः परीक्षा लिने पनिकाले सार्वजनिक गरिस

उत्कृष्ट पुस्तकालयमै पुस्तक पढ्न पाउँदैनन् विद्यार्थी

पर्वत, असोज  १४   गते । पर्वतको थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालय धौलागिरीकै उत्कृष्ठ पुस्तकालय भएको घोषणा गरिएपनि अहिलेसम्म विद्यार्थीहरुले सजिलैसंग पुस्तकालय प्रयोग गर्न पाएका छैनन् । पुस्तकालयमा राखिने पुस्तकहरु धेरै भएपनि भवनको अभावका कारण विद्यार्थीहरुलाई समस्या भएको पुस्तकालयका गणेश पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्ययमबाट पुस्तकालयको समस्याको बारेमा बाहिर आएपनि सम्बन्धित निकायको चासो नपुग्दा विद्यार्थीहरुले सजिलै पुस्तकालय प्रयोग गर्न नपाएका पौडेलले बताउनुभयो । पुस्तकालयमा पुस्तकहरु थप्ने काम सवैले गरेपनि थपिएका पुस्तकहरु राख्ने ठाउँनै नभएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद शर्माले बताउनुभयो । २०६६ सालबाट रुम टु रिड, जिल्ला शिक्षा कार्यालय तथा विद्यालयकै सक्रियतामा स्थापना भएको पुस्तकालयमा अहिले पुस्तकालय प्रमुखको सहयोगमा  २१ जना विद्यार्थीहरु सक्रिय रुपमा पुस्तकालय साथीको रुपमा कार्यरत छन् ।

मेडिकलका विद्यार्थीलाई होस्टल छाड्न कलेज प्रशासनको उर्दी

विद्यार्थीमाथि रुखो व्यवहार । चर्को शुल्क । त्यसमाथि कलेजको असुरक्षित वातावरण, अनि विद्यार्थीले कसरी भयरिहत वातावरणमा संवेदनशील मानिएको मेडिकलसम्बन्धी ज्ञान आर्जन गर्न सक्छन् ? शान्ति क्षेत्र भनिने शैक्षिक संस्थामा त्रासको वातावरण ! यस्तै भएको छ ,  भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स कलेजमा । करीब १५ सय विद्यार्थी अध्ययन रहेको सो कलेजका विद्यार्थीले कलेज प्रशासनलाई आफ्ना माग पुरा गर्न दवाव दिने उद्देश्यले सुरुमा २४ घण्टे अल्टिमेटन दिएर आन्दोलन सुरु गएका थिए । तर, असोज १० गतेदेखि सुरु भएको आन्दोलनलाई सम्बोधन गर्न कलेज प्रशासनले कुनै चासो दिएको छैन । त्रिभुवन विश्वविद्यालयको नियम विपरीत कलेजले बढि शुल्क लिएको, होस्टेल सुविधा नभएको, विद्यार्थीको सुरक्षा नभएको, सरकारी अस्पतालमा अभ्यासका लागि नलगेको लगायका कारण आन्दोलन गर्नु परेको विद्यार्थीहरुको भनाई रहेको छ । यसैगरी कलेजमा नयाँ प्रिन्सिपल प्रोफेसर आनन्द कुमार आएपछि विद्यार्थीमाथी रुखो व्यवहार गरेको विद्यार्थीहरुले दाबि गरेका छन् । कलेज प्रशासनले आन्दोलनमा लाग्ने विद्यार्थीलाई फेल गराइदिने धम्कि समेत दिएको विद्यार्थीहरुको दाबी

नकावधारीले प्रधानाध्यापकसँग १६ लाख लुटे

धादिङ, असोज १४ - सदरमुकाम धादिङबेसीवाट शिक्षकहरुको तलव भत्ता र बिद्यालयको खर्च लिएर त्रिपुरेश्वर गाविसको खहरेतर्फ जांदै गरेका अचने उच्च मावि खहरेका प्रधानाध्यापक रविदत्त सापकोटा नकावधारी समुहवाट लुटिनुभएको छ । धादिङबेसी सल्यानटार सडक खण्डमा पर्ने ज्यामरुङ गाविसको भकारेवाट शिक्षक सापकोटालाई नकाव लगाएका पाँचजना युवाले नियन्त्रण परेर लुटपाट गरेको एकीकृत नेकपा माओवादीका जिल्ला नेता रामवहादुर भण्डारीले वताउनुभयो । दशैंका लागि शिक्षकहरुको तलव र पेश्की गरी करिब १६ लाख रुपैयाँ नगद लिएर बिद्यालयतर्फ जांदै गरेका शिक्षक सापकोटालाई आइतबार बेलुकी नकावधारी समूहले लुटेको हो । सापकोटा चढेको  मोटरसाइकल नियन्त्रणमा लिई उहाँसँग रहेको झोला खोसेर उहाँलाई ढुङ्गाले हिर्काएर घाइते बनाएका थिए । घाइते अवस्थामा रहेका सापकोटालाई स्थानीयबासिन्दाले भेटेर सल्यानटारस्थित स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि लगेका थिए । सापकोटा त्रिपुरेश्वर उच्च मावि खहरेका प्रधानाध्यापक र नेत्रावती सामुदायिक क्याम्पसका प्रमुख समेत हुन् । (Source : http://ujyaaloonline.com/news/

अपांगता भएकालाई प्रधानाध्यापकद्वारा विद्यालयबाटै निष्कासन

नयाँ पत्रिका / बर्दिया,  १३  असोज / मोतीपुर–३ मा रहेको आदर्श माविका प्रधानाध्यापक जगमोहन झाले अपांगता भएका एक विद्यार्थीलाई विद्यालयबाट निकाला गरेका छन् । ६ कक्षामा अध्ययनरत शारीरिक अपांगता भएकी मुन्नी चौधरीलाई उनले विद्यालयबाट निकाला गरेका हुन् । त्रैमासिक परीक्षा भइरहेका वेला अरू विद्यार्थीसरह व्यवहार गरेपछि आफूलाई समस्या भएको भन्दै विरोध गर्दा पढ्न नआउन भनेको मुन्नीले बताइन् । ‘पढेर पनि केही गर्न नसक्ने’ भन्दै प्रधानाध्यापकले विद्यालयबाट निकालेको उनको भनाइ छ । मुन्नीका अनुसार प्रधानाध्यापक झाले ‘तिमी पढ्न नआउ, हिँड्न सक्दैनौ, तिमीले पढेर के नै गर्न सक्छौ ?’ भनेपछि अहिले उनी पढ्न र चालू त्रैमासिक परीक्षा दिनबाट वञ्चित भएकी छन् । १८ वर्षीया मुन्नीलाई कमजोर शारीरिक अवस्थाका कारण अरूसरह पढ्न र परीक्षा दिन समस्या भएको थियो । १३ असोजबाट सुरु भएको त्रैमासिक परीक्षामा उनी विद्यालयले गरेको सिट प्लानिङअनुसार बस्न सकिनन् । तर, उनलाई सो सिटमै बस्नुपर्ने भन्दै दुव्र्यवहार गरिएको थियो । मुन्नीका अनुसार प्रधानाध्यापकको यस्तो व्यवहारको अरू शिक्षकले विरोध गरेपछि विवाद भएको थियो । त्यही विवादलाई

सरकारी स्कूलमै अंग्रेजी खरर, बोर्डिङलाई बाई बाई

सूर्यकुमार क्षेत्री उज्यालो / लमजुङ, असोज  १३   – धेरै अभिभावकको रहर हुन्छ, आफ्ना छोराछोरीले खरर्र अंग्रेजी बोलुन् । त्यसैले त बोर्डिङ स्कुलमा विद्यार्थी भरिएका हुन् । तर लमजुङका केही सरकारी विद्यालयले अंग्रेजी माध्यममा पढाउन थालेपछि खस्केको शिक्षाको गुणस्तर उकासिएको मात्रै छैन, बोर्डिङका विद्यार्थी समेत सामुदायिक विद्यालयमा फर्केका छन् । नेपालीमा पढाई रहेका शिक्षक र त्यसरी नै पढिरहेका विद्यार्थी अहिले जानीनजानी अंग्रेजी सिक्दै गरेको सुन्न र हेर्न रमाइलो लाग्छ । भौतिक संरचनाको अभावमा एउटा कक्षालाई दुईवटा बनाएर पढाई भइरहेको छ । तर पढाई भने गज्जबकै छ । लमजुङको अर्चलबोट गाविसमा रहेको अलैँचे प्राविका दुई कक्षाका विद्यार्थी आफूले जानेका कुरा अंग्रजीमै सुनाउँछन् । तीन कक्षामा पुगेपछि मात्रै अंग्रेजी पढाउने चलनलाई लमजुङका विद्यालयहरुले फेरेका छन् । हिजोआज एक कक्षादेखि नै अंग्रेजीमा पढाई हुन्छ । ‘सिकाईका लागि अंग्रेजी, अंग्रेजीका लागि सिकाई’ यो भनाईलाई लम्जुङका विद्यालयले मूलमन्त्र जस्तै बनाएका छन् । यो क्रम सुरु भएको चारवर्ष भयो । विद्यार्थी पनि अंग्रेजीमै अभ्यस्त हुन थालिसके भन्नुहुन्छ

छ विद्यालयमा तेह्र शिक्षक, चौध विद्यार्थी

मुस्ताङ,  १३   असोज । हिमाली जिल्ला मुस्ताङको छुसाङ गाविसमा रहेका छ विद्यालयमा १३ शिक्षक र १५ विद्यार्थी रहेको सार्वजनिक भएको छ । जिल्ला शिक्षा कार्यालय मुस्ताङका अनुसार छुसाङ गाविसको ताङवे प्रावि ताङवेमा तीन शिक्षक, चार विद्यार्थी, जननर्मल निमावि छुसाङमा दुई शिक्षक, दुई विद्यार्थी, ज्योती प्रावि तेताङमा दुई शिक्षक, एक विद्यार्थी, दीपज्योति प्रावि चैलेमा दुई शिक्षक, दुई विद्यार्थी अरनिको प्रावि ध्याकरमा दुई शिक्षक, एक विद्यार्थी तथा समर प्रावि समरमा दुई शिक्षक, चार विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । विद्यार्थीको पढ्न पाउने अधिकारबाट कसैलाई वञ्चित गर्न नहुने बताउँदै विद्यार्थी सङ्ख्या बढे सम्बन्धित विद्यालयमा शिक्षक पठाउने र छ वटै विद्यालय एकीकरणको प्रक्रियामा लैजान जिल्ला शिक्षा कार्यालय मुस्ताङ सहमत भएको छ । छुसाङमा रहेको जननर्मल निमाविमा स्थानीयले आवासीय विद्यालय बनाउन रकमको जोहो गर्न थालेपछि जिल्ला शिक्षा कार्यालयले मौखिक सहमति दिएको हो । निजीस्तरबाट छुसाङको सामुदायिक विद्यालयलाई आवासीय बनाउने र दुई वर्ष अगाडिबाट अङ्ग्रेजी माध्यममा पढाइ सुुरु भएको

शैक्षिक सुधार– ‘भन्न सजिलो बाटो असजिलो’

बैद्यनाथ ठाकुर     संसारभरि यतिबेला भ्रष्टाचार गरेबापत सर्वोच्च अदालतले चीनमा एकजना पूर्वमन्त्रीलाई निजले अर्जेको सम्पत्ति जफत गरी आजीवन कारावास गरेको फैसला अत्यधिक चर्चामा रहेको छ। वास्तवमा भ्रष्टाचारीलाई आजीवन कारावासको सजाय दिनु सर्वथा उचित पनि हो। राज्यकोषको दुरुपयोग गर्ने तथा कमिशनको लागि नैतिकता बिर्सेर गैरजिम्मेवार कार्य गर्नेहरूलाई अधिकतम सजाय हुनैपर्छ। झन् नेपालजस्तो गरिब देशमा यसतर्फ सरोकारवालाहरूले बढी ध्यान दिन जरुरी छ। भ्रष्टाचारीहरू बारे यस्तो विचार राख्नु जति सजिलो छ, त्यसको कार्यान्वयनको बाटो त्यत्तिकै असजिलो छ। भारतजस्तो प्रजातन्त्रको मसिहा भनेर धक्कु लगाउने दक्षिण एसियाको शक्तिशाली देशमा भ्रष्टाचारीहरूको मुखियालाई कारबाई गर्न कठिन मात्र होइन, लगभग असम्भव नै देखिएको छ। प्रधानमन्त्रीसमेतलाई कारबाईको घेराभित्र  पार्न लोकबिल पास गराउन अन्ना हजारेजस्ता लोकप्रिय भारतीय नेताले पटक–पटक लाखौं भारतीय जनताको समर्थनमा आमरण अनसन बसे पनि परिणाम सुखद हुन सकेन। झन् नेपाली भ्रष्टहरूको के कुरा ? हुनत नेपालमा पनि लोकमान कार्की अख्तियारको प्रमुखमा नियुक्त भएपछि विद्युत् कार्यालय, अध

जनकपुरका विद्यार्थीले रोबट बनाए

१३ असोज, जनकपुरधाम । दुई वर्षको प्रयासपछि बनाइएको रोबट जनकपुरमा प्रदर्शन गरिएको छ । जनकपुरस्थित धनुषा साइन्स क्याम्पस कक्षा १२ मा अध्ययनरत कृष्णाकुमार मण्डलले बनाएको रुसी एस फोर के टुएल्भ नामको रोबट प्रदर्शन गरिएको हो ।  धनुषा जिल्ला वासुदेवपट्टी पचहर्वा-५ का अरूण मण्डल र जुरनीदेवी मण्डलको कोखबाट २०५० सालमा जन्मेका मण्डल सानैदेखि मिहिनेती थिए । रोबट बनाउन निकै नै जटिल समस्या भोग्नुपरेको दुःख पनि प्रदर्शनका क्रममा उनले व्यक्त गरे । लक्ष्य लिएको मान्छे जस्तोसुकै कठिन अवस्थामा पनि हार मान्दैन भनेझैँ उनले आफ्नो सपना पूरा गर्न रोबट बनाएको बताए । यसअघि १० कक्षामा पढ्दा नै उनले रुसी एयर पावर बनाएका थिए । रोबट बनाउन रु एक लाख खर्च लागेको जनाउँदै मण्डलले सबै खर्च घरपरिवारले नै उपलब्ध गराएको बताए । आफ्नो व्यक्तिगत खर्च जोगाएर रोबट बनाएको उनले बताए । रोबटमा जनकपुरमै उपलब्ध स्रोत साधनको प्रयोग गरेको प्रस्ट गर्दै आर्थिक अभावका कारण आफूले चाहेजस्तो रोबर्ट बनाउन नसकेको उनले जानकारी दिए । उक्त रोबटमा चारवटा सिस्टम र बाह्रवटा बटम रहेको छ । कम पावरको रिमोट भएकाले पाँचसय मिटरको दूरीसम्म मात्रै क

पहिरोको डरले विद्यार्थीले विद्यालय छाडे

१३ असोज, डोल्पा । श्री जनप्रभा उमावि, लिकुमा अध्ययनरत ६ विद्यार्थीले पहिरोको डरले सामूहिकरुपमा विद्यालय छाडेका छन् । यसरी विद्यालय जान छाड्ने विद्यार्थीहरुमा पहाडा गाविस वडा नं १ छलका सीता बुढा, रुपसरा बुढा, कर्णचन्द्रा रोकाया, वीरकर्ण रोकाया, कल्पना रोकाया र हीरप्रसाद ंरोकाया रहेका छन् । विद्यालय जाने बाटोमा पटकपटक पहिरो गई धेरै विद्यार्थीको मृत्यु भइसकेकाले त्रासका कारण सामूहिकरुपमा विद्यालय छाडेको विद्यार्थी सीता बुढाले बताइन् । पछिल्लो पटक गत भदौ ३ गते विद्यालय जाने क्रममा पहिरोमा परी सोही गाउँका नरकर्ण बुढाको मृत्यु भएपछि उनीहरु बढी त्रसित बनेका हुन् । घरदेखि विद्यालय धेरै टाढा रहेको र बाटोमा लगातार पहिरो लडिरहने हुँदा आफ्ना बालबच्चालाई विद्यालय नपठाई कुटोकोदालो गर्न लगाएको अभिभावक धनसिंह बुढाले बताउनुभयो । रासस - Source: http://www.onlinekhabar.com

अनिवार्य शिक्षानिम्ति अलग्गै कानुन बनाइने

सूर्यप्रसाद पाण्डे १३ असोज, काठमाडौं :  कक्षा ८ सम्मको शिक्षालाई अनिवार्य र नि:शुल्क बनाउने अभियान कार्यान्वयन गर्न सरकारले अलग्गै कानुन निर्माण गर्ने भएको छ। अहिलेको कानुनी प्रावधान र संरचना अभियानका लागि बाधक देखिएकाले परिमार्जन गरेर अलग्गै कानुन बनाउन शिक्षा मन्त्रालयले गृहकार्य थालेको छ। यसअघि सरकारले स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको शिक्षा ऐन संशोधनसम्बन्धी अध्यादेश त्यत्तिकै थन्किएको छ। उक्त अध्यादेश मस्यौदामा विद्यालय शिक्षालाई अनिवार्य तथा नि:शुल्क बनाउने र कक्षा १२ सम्मलाई माध्यमिक तहको शिक्षा परिभाषित गर्ने व्यवस्था छ। अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएपछि तत्कालीन व्यवस्थापिका संसद् विघटन भएकाले अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किएको हो। पाँच वर्षअघि नै लागू भएको विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) मा पनि विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर कक्षा १ देखि ८ सम्मलाई आधारभूत र ९ देखि १२ लाई माध्यमिक तहका रूपमा परिभाषित गरिएको छ। सरकारले यसै वर्षदेखि कक्षा ८ सम्म नि:शुल्क र अनिवार्य बनाउन १३ वटा जिल्ला छनोट गरेको छ। नि:शुल्क र अनिवार्य शिक्षा लागू

शिक्षिकाद्वारा छात्रालाई यातना

दमौली:  कक्षामा सोध्दा नजानेको भन्दै दोभान बोर्डिङ स्कुल क्यामिन कलेस्तीकी एक शिक्षिकाले १० वर्षीया अस्मिता थापामगरलाई दुवै हात पछाडि बाँधेर सजाय दिँदा बालिकाको देब्रे हात भाँचिएको छ। शिक्षिका सरिता गुरुङले कक्षा ४ मा पढ्ने ती बालिकालाई सोध्दा नजानेपछि टाईले पछाडि दुबै हात बाँधेर सजाय दिँदा सो हात भाँचिएको पीडित परिवारले आरोप लगाएको छ। छोरीलाई पढाउँदा नजानेको भन्दै चरम यातना दिँदा त्यस्तो स्थिति आएको बालिकाकी आमा बुधीमायाले बताइन्। गत मंगलबार छोरीलाई ती शिक्षिकाले यातना दिए पनि घरपरिवारले शुक्रबार मात्रै पत्रकारलाई घटनाबारे टेलिफोन गरी बताएका थिए। सोही दिन छोरीको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार गरिएको जानकारी बुधीमायाले दिइन्। डाक्टरले नसा च्यापिएको बताएको उनले बताइन्। ‘त्यस दिन त देब्रे हातका औँला नै चलेका थिएनन्, अहिले बिस्तारै चल्न थालेको’, उनले बताइन्। सजाय दिने बाहनामा बालिकालाई निर्वस्त्रसमेत पारेको आरोप पीडित पक्षले लगाएको छ। शुक्रबार विद्यालयमा बसेको व्यवस्थापन समितिको बैठकले उल्टै विद्यार्थीको गल्ती देखाउँदै शिक्षिकालाई चोख्याउने प्रयास गरेपछि पीडित पक्ष आक्र

अखिल नेपाल शिक्षक संगठन पर्वतको अध्यक्षमा शर्मा

सहारा न्यूज सम्बाददाता पर्वत, १२, असोज राष्ट्रिय, जनमुखी शिक्षा र मर्यादित शिक्षण पेशाका लागि हाम्रो आन्दोलन, कथित दोस्रो संविधान सभाको निर्वाचनको विरुद्धमा तेस्रो जिल्ला सम्मेलन भन्ने नाराका साथ नेकपा–माओवादी निकटको अखिल नेपाल शिक्षक संगठन पर्वतको तेस्रो जिल्ला सम्मेलन जिल्लाको सदरमुकाम कुस्मामा शनिबार सम्पन्न भएको छ ।  सम्मेलनको बन्दसत्रले १९ सदस्यीय जिल्ला समिति निर्बिरोध निर्वाचित गरेको छ । नव निर्वाचित समितिको अध्यक्षमा भूमिराज शर्मा, उपाध्यक्ष ओम प्रसाद पन्त, सचिव देवी प्रसाद अधिकारी, सहसचिव नारायण जिसी  र कोषाध्यक्षमा गुमा जिसी चयन भएका छन् । अन्य सदस्यहरुमा सूर्य थापा, पारिश्वर भुसाल, लोकराज कुँवर, ओम शर्मा, कृष्ण कुमारी गुरुङ्ग, मोति थापा, मिन प्रसाद चपाईँ, धनन्जय मल्ल  रहेका छन् ।  त्यस्तै गरी सम्मेलनले संगठनका निवर्तमान उपाध्यक्ष बिष्णु प्रसाद भुसाललाई केन्द्रीय परिषद प्रतिनिधिमा चयन गरेको छ ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संगठनका केन्द्रीय उपाध्यक्ष देवकला अधिकारीले नेपाली शिक्षकहरुका समस्याहरु समाधान गर्ने तर्फ राज्यले उचित ध्यान दिन नसकेको आरोप लगा

शिक्षकले आफ्नो गरिमालाई उचो राख्न शिक्षामा गुणस्तर बृद्धि गर्नु आवश्यक

कोपिला कडेल, बागलुङ २०७० असोज ११ । नेपाल शिक्षक सघं बागलुङको आयोजनामा आज देखी माध्यमिक बिद्यालयस्तरिय गणित शिक्षक प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शिक्षकहरुले आफ्नो गरिमालाई उचो राख्नका लागि शिक्षामा गुणस्तर बृद्धि गर्नुपर्ने बताए । गणित बिषयको जिल्लाको औसत उपलब्धी ३४ प्रतिशत मात्र रहेको भन्दै जिशिअ पौडेलले– शिक्षकले शिक्षणको पाटोलाई निरन्तर चिन्तन मनन गर्नुपर्नेमा जोड दिए । उनले जिल्लाको समग्र शैक्षिक अवस्थालाई नियाल्दा गणित र बिज्ञान बिषयमा धेरै बिद्यार्थी फेल हुने गरेको भन्दै शिक्षकहरुलाई आफ्नो पेसागत दक्षता र गुणस्तरियतामा ध्यान दिन आग्रह गरेका थिए । सो अवसरमा तालिमका प्रशिक्षक जीवनाथ शर्मा र सुर्य प्रसाद कडेल र नेपाल शिक्षक सघं बागलुङका सहसचिव राजेन्द्र पौडेलले मन्तब्य दिएका थिए । कार्यक्रम नेपाल शिक्षक सघं बागलुङका अध्यक्ष सागर खरेलको अध्यक्षतामासम्पन्न भएको थियो । यसैवीच आशिंक प्राध्यापक सघं धौलागिरी बहुमुखी क्याम्पस बागलुङको आयोजनामा धौलागिरी बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुको पेसागत सुरक्षा बिष

विद्यालयकै कारण अपांगता भएका बालबालिका शिक्षाबाट बञ्चित

१२ असोज, वर्दिया । विद्यालयकै कारण एक अपांगता भएकी बालिका पढाइबाट वञ्चित बनेकी छन् । बर्दिया जिल्लाको मोतीपुर–९ की १६ वर्षीया बालिका मुन्नी थारू पढाइबाट वञ्चित भएकी हुन् । स्थानीय आदर्श माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत मुन्नीलाई विद्यालयका प्रधानाध्यापक जगमोहन झाले हिँड्न नसक्ने भएकाले पढ्न नआऊ भनेपछि बढाइबाट वञ्चित हुनु परेको छ । प्रधानाध्यापकको भनाइ उद्धृत गर्दै मुन्नीले भनिन्, ‘सरले अपांगले पढेर के गर्छ र भन्नुभयो । विद्यालयमा सञ्चालन भइरहेको त्रैमासिक परीक्षामा अपांगता भएकी मुन्नीले बेन्चमा बसेर लेख्न अप्ठ्यारो हुने र हात पनि कमजोर भएको कापीमा अड्याएर लेख्न दिन अुनरोध गरेपछि विद्यालयका प्रधानाध्यापक झाले विद्यालय नआउन आदेश दिएको पीडित बालिकाले बताइन् । प्रधानाध्यापकको यस्तो आदेशपछि मुन्नी त्रैमासिक परीक्षबाट वञ्चित बनिन् । विद्यालयले मुन्नीलाई परीक्षामा सपांग विद्यार्थी सहर नियम लगाएपछि मुन्नीको पढाइ टुटेको राजधानी दैनिकमा खबर छ । मुन्नी जन्मजातै अपांग हुन् । अपांग भए पनि उनी पढ्न जाने उमेर भएदेखि नै विद्यालय जाने गरेकी थिइन् । तर, ३ कक्षामा पढ्दा कक्षाकोठामा खेल्दै गर

शंकरपोखरीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भूमिराज शर्मा  ११, असोज पर्वत  अहिंसावादी संगठन र त्रिभुवन उच्च मावि शंकरपोखरीको संयुक्त आयोजनामा फेसवुकका फाइदा र बेफाइदा शीर्षकमा शुक्रबार मावि तथा उमावि तहको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा जिल्लाको जननेत्र उमावि देउपुरकी छात्रा यशोदा तिमिल्सिना प्रथम, त्रिभुवन उमावि शंकरपोखरीका शंकर तिवारी द्धितीय, जनसहयोगी मावि शंकरपोखरीकी आयुषा अधिकारी तृतीय र नवजागृत उमावि तिलाहारका कलाधर शर्मा र त्रिभुवन उमाविकी सिर्जना भुसालले सान्त्वना स्थान प्राप्त गरेका थिए । कार्यक्रममा जिल्लाका दश मावि तथा उच्चमाविका छात्र छात्रा गरी बिस जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले सामुदायिक विद्यालयहरुको गिर्दो शैक्षिक स्तरलाई सुधार गर्न सबै पक्ष जिम्मेवार बनेर लाग्नु पर्ने बिचार व्यक्त गर्नु भयो । सामुदायिक विद्यालयहरुमा बिद्यार्थी संख्या घट्दै जानु अहिलेको चिन्ताको विषय बनेको छ । समयमै शैक्षिक गुणस्तरमा सुधार नगर्ने हो भने धेरै विद्यालयहरु मर्ज गर्नु पर्ने अवस्था आउन सक्छ । उहाँको भन

१२ कक्षामा फेल भएपछि आत्महत्या

बागलुङ, असोज १० –  बागलुङ, २०७० असोज १० । उच्च माध्यमिक शिक्षा परिषदले हिँजो प्रकाशित गरेको कक्षा १२ को नतिजामा अनुत्तीर्ण भएपछी बागलुङ छिस्ती गाविस २ का एक विद्यार्थीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा छिस्ती गाविस २ ढाबका सुरेश पौडेल रहेका छन् । पौडेल घरकै तलामा झुण्डिएको अवस्थामा मृत भेटिएका हन्। पौडेलले मोवाइलमा ‘मेरो जिन्दगी यस्तै रैछ’ टाइप गरेर छेवैमा राखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । यसैवीच केहि दिन पहिले   एसएलसी पुरक परीक्षामा अनुत्तीर्ण भएपछी  गल्कोट हटियाकी एक छात्रालेपनि झुण्डिएर आत्महत्या गरेकी थिईन ।

साक्षरता कक्षाको स्तर कसरी नाप्ने ?

श्रीधर पौडेल/उज्यालो काठमाडौ, असोज १० – बेलामा स्कूल जान नपाएकाहरुले बुढेसकालमा पढ्ने गरेको हामीले देखिजानेको कुरा हो । तर यसरी प्रौढ कक्षा पढ्नेको स्कूलमा जस्तो यति कक्षा, उति कक्षा भन्ने हुँदैन । साक्षरताको हिसाबले मात्र उनीहरुको शिक्षालाई जोड दिने गरिएको छ । तर अब भने साक्षरता कक्षामा पढ्नेहरुको पनि स्तर मापन हुने भएको छ । अनौपचारिक शिक्षा केन्द्रको संयोजनमा तीन महिने साक्षरता कक्षामा पढेका प्रौढहरुले सिकेको ज्ञान कति कक्षा बराबरको हो भन्ने बारेमा सर्टिफिकेट दिन लागिएको छ । सीपको प्रमाणीकरण प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटीले गर्दै आएकोमा साक्षरताको प्रमाणीकरण अनौपचारिक शिक्षा केन्द्रको संयोजनमा हुनेछ । साक्षरता कक्षामा वा घरमै सिकेपनि यस पटकदेखि साक्षर भैसकेपछि नजिकको विद्यालयले उसको सिकाईलाई प्रमाणीकरण गर्नेछ । प्रमाणीकरणको चलन र नयाँ संरचना   त्यसो त अहिले पनि संरचनाका हिसाबमा जिल्ला शिक्षा कार्यालय मार्फत परीक्षण गरी प्रमाणित गर्ने चलन थियो । यसमा परिमार्जन गरी आउँदो वर्षबाट केन्द्रको संयोजनमा तोकिएका विद्यालयहरुले यसको प्रमाणीकरण गर्नेछन् ।

एकै बिद्यालयका ७ जना उमेद्वार सिफारिस

बिराटनगर, असोज १० – मोरङको एक बिद्यालयका शिक्षक र ब्यवस्थापन समितिका गरी ७ जना बिभिन्न पार्टीबाट सभासद्का लागि सिफारिस भएका छन् । पथरीको पञ्चायत माध्यामिक बिद्यालयबाट प्रधानाध्यापक चण्डी राई र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देबराज भण्डारी प्रत्यक्षमा सिफारिस भएका छन् । राईलाई नेकपा एमालेले र भण्डारीलाई एकीकृत नेकपा माओवादीले मोरङ क्षेत्र नं. २ का लागि प्रत्यक्षमा सिफारिस गरेको हो । त्यस्तै बिद्यालय ब्यवस्थापन समितिका सदस्य रामबहादुर बस्नेतलाई एमालेले दोश्रो नम्बरमा राखेर प्रत्यक्षमा सिफरिस गरेको हो । त्यस्तै कृष्णाकुमारी राईलाई एमालेले नै  समानुपातिकमा सिफरिस गरेको छ । समितिका सदस्य वीरबहादुर बस्नेत र गणेश खड्कालाई नेपाली कांग्रेसले समानुपातिकबाट सिफारिस गरेको छ । शिक्षक नेता तथा बिद्यालय ब्यवस्थापन समितिका सदस्य दिनानाथ तिम्सिनालाई एकीकृत नेकपा माओवादीले समानुपातिकबाट उम्मेदवार सिफारिस गरेको छ । source: http://ujyaaloonline.com

कक्षा १२ को मौका परीक्षा तालिका सार्वजनिक

काठमाडौं, असोज १० – उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ । परिषद्ले १२ कक्षाको परीक्षामा एक विषयमा अनुत्तीर्ण भएका विद्यार्थीलाई आउँदो ३१ गतेभित्र मौका परीक्षाका लागि सम्बन्धित विद्यालयमा आवेदन फारम भर्न आग्रह गरेको छ । मौका परीक्षा कात्तिक ९ गते शनिबार विहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परिषद्ले जनाएको छ । परीक्षाको केन्द्र भने केहि दिनपछि निकाल्ने परिषद्को तयारी छ । परिषद्ले गएको बैशाख जेठमा संचालन भएको कक्षा १२ को परीक्षाफल बुधबार प्रकाशित गरेको हो । यसवर्ष नियमित तर्फ २ लाख ८ हजार ७ सय १ ले परीक्षा दिएकोमा ८० हजार ६ सय २० जना उत्तीर्ण भएका छन् । source: http://ujyaaloonline.com/news/

परीक्षार्थीलाई दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

चन्द्रनिगाहपुर (रौतहट), १० असोज । परीक्षामा सामेल भएकी एक छात्रालाई दुव्र्यवहार गरेको आरोपमा जुद्ध क्याम्पस गौरका एक शिक्षकलाई प्रहरीले प्रक्राउ गरेको छ ।      व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकतहको परीक्षामा सामेल भएकी ती छात्रालाई परीक्षाहलमा नै अनावश्यक तनाव दिएको तथा जिस्काएको आरोपमा शिक्षक बच्चाबाबु महतोलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । ती शिक्षकले  अनावश्यक तनाव दिन थालेपछि छात्राले क्याम्पस भवनको दुईतला माथिबाट हाम्फाल्ने प्रयाससमेत गरेकी थिइन् ।      “एकजना बहिनी रुँदै माथिल्लो तल्लाबाट हाम्फाल्ने प्रयास गरेपछि समाए”– महिला प्रहरी जवान बबिता राईले भन्नुभयो । छात्रामाथि दव्र्यवहार भएको खबरले आक्रोशित बनेका विद्यार्थीले क्याम्पस परिसरमा नाराबाजी गर्दै दोषी शिक्षकलाई कारबाहीको माग गरेका थिए । विद्यार्थी आक्रोशित बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी प्रहार गरेको थियो ।      पीडित छात्राले शिक्षक महतोले आफूलाई परीक्षाको पहिलो दिनदेखि नै विभिन्न बहानामा जाँच गर्ने गरेको, कुनै पनि हालतमा उत्तीर्ण हुन नदिने धम्की दिएको तथा आफू परीक्षा दिइरहेको कक्षाकोठामा अ

पढायो गुनायो पाठ, सोह्र दुना आठ

नारायण तुम्बापो फिदिम/असोज ९ गते / पाँचथरका प्रायः सवै सामुदायिक विद्यालयहरु पठन–पाठन गर्ने गराउनने कुरामा चुस्त दुरुस्त देखिन्छन् । पढाउँ–पढाउँ लाग्ने गरिको विद्यार्थीहरुको उपस्थितीछ । शिक्षक शिक्षिका आफ्ना विद्यार्थीलाई शतप्रतिशत उत्तिर्ण गराउन उत्तिकै मरिहत्ते गरेर पढाउन लागेको पनि देखिन्छ । लगाब छ पनि । विद्यालयको भौगोलिक अवस्थिती, पाठ्य सामग्री, शिक्षक योग्यता, विद्यालय लाग्ने छुट्ने समयावधि मापदण्ड अनुसारकै विद्यार्थीमैत्री देखिन्छ । यसको विपरित विद्यार्थी सिकाई उपलब्धि भने ह्रासोन्मुख अवस्थामा रहेकोछ । पढायो गुनायो पाठ सोह्र दुना आठ भने जस्तैछ । यस्तो अवस्थाको शैक्षिक परिणाम जिल्ला शिक्षा कार्यालय ( जिशिका ) ले हालै विभिन्न विद्यालयमा गरेको अनुगमनबाट देखिएको हो । जिशिकाले च्याङथापु, फलैचा, सुभाङ, पौवासारता, चोकमागु लगायत गाविसका विद्यालयमा अनुगमन गरेको हो । यस क्षेत्रको विद्यालयहरुको सिकाई उपलब्धि ४० प्रतिशत मात्र रहेकोछ । यसरी घट्दो प्रतिशतले विद्यार्थी उत्तिर्ण हुनुमा विद्यालयहरुमा परम्परागत पारा बाटै पठनपाठन हुनु कारण देखिएको जिशिकाले जनायो । अनुगमित प्रायः विद्यालयहरुमा

शिक्षकको हप्काइ खाएकी एक छात्रा तीन दिनदेखि बेपत्ता

पोखरा, आश्विन ९ - एकै विद्यालयमा अध्ययन गर्ने छात्रछात्राबीच भएको प्रेम सम्बन्धको विषयमा शिक्षकको हप्काइ खाएकी एक छात्रा तीन दिनदेखि बेपत्ता छिन् । कास्कीको पुरुन्चौर गाविस घर भई हाल पोखराको बगरमा बस्दै आएका नवराज गौतमकी १६ वर्षीया छोरी अश्लेषा गौतमको गत आइतबार साँझदेखि अत्तोपत्तो छैन । पोखराको सिम्पानीमा सञ्चालित करुणानिधि उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्ने छात्रा अश्लेषाले आफ्नै सहपाठी एक छात्रसँग कोठामा गफ गरिरहेको बेलामा त्यहाँका एक शिक्षकले गाली गरेको र त्यसपछि हिँडेकी उनी घर नफर्केको उनका अभिभावक ऋषि गौतमले बताए । बेपत्ता छात्रा अश्लेषाको पोखराको सेती नदीस्थित गाईघाटको बगरमा झोला, टाइ र जुत्ता भेटिएको अभिभावकले बताएका छन् । अभिभावकले आज यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयको हेलचक्र्याइँबाट छोरी गुमाउनु परेको भन्दै तत्काल खोजी गरिदिन विद्यालय प्रशासनसँग माग गरेको छ ।  रासस

संस्थागत विद्यालय र शुल्क वृद्धि

सरिता अर्याल सरकारले बजेट सार्वजनिक गर्दा सरकारी कर्मचारी र शिक्षकको तलब पनि वृद्धि भयो। १८ प्रतिशत वृद्धिले ३६ प्रतिशतको मूल्य वृद्धिलाई सहनुपरे पनि तलब वृद्धिको स्वागत जताततैबाट गरियो। सरकारी कर्मचारीले त जेनतेन चुचुरोमा पुगेको बजारभाउलाई आम्दानीअनुसार मिलाए पनि होलान् तर आम नेपालीलाई बजार भाउले ढाड सेकेको अनुभव गरिएको छ। सरकारी विद्यालयका शिक्षकको तलब वृद्धिका साथसाथै निजी विद्यालयका शिक्षक संगठनले पनि निजी विद्यालयका शिक्षकको तलब वृद्धिको माग गर्न थाले। उनीहरूको माग पूरा नभएमा विद्यालय बन्द गर्नसमेत पछि नपर्ने उनीहरूको भनाइ छ। राजधानीका केही विद्यालयमा पत्र बुझाउँदै कालोपट्टी बाँधेर शिक्षक कक्षा कोठामा प्रवेश गरेको पनि देखियो। कक्षा बहिष्कार गर्ने भन्ने धम्कीले भरिएका पत्र विद्यालय प्रशासन, सम्बन्धित सरकारी निकायका साथसाथै सरोकारवाला संघसंस्थामा पनि पुगे। जिल्लाजिल्लामा पनि संस्थागत विद्यालयका शिक्षकका यी मागले विद्यालय बन्द हुने, आमरण अनशनको सुरुआत जस्ता कार्यक्रम लिएर शिक्षक उत्रिए। शिक्षक कर्मचारीको तर्फबाट मात्र हेर्ने हो भने उनीहरूको माग नाजायज पनि भन्न सकिन्न। सबै

कक्षा १२ को परीक्षाफल प्रकाशित, ३८.६३ प्रतिशत विद्यार्थी उत्तिर्ण

९ असोज, भक्तपुर । उच्चमाध्यामिक शिक्षा परिषदले कक्षा १२ को ब्यबस्थापन, मानविकी र शिक्षा संकायको नजिता बुधवार अपरान्ह प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ३८ दशमलब ६३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् भने आंशिकतर्फ ३१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रक दर्गा अर्यालले जानकारी दिनुभयो । नियमिततर्फ २ लाख ८ हजार ७ सय १ जना परिक्षार्थी सहभागी भएकोमा ८० हजार ६ सय २० जना उत्तिर्ण भएका छन् । यसैगरी आंशिक तर्फ १ लाख ३७ हजार ५ सय १२ परीक्षार्थी सहभागी भएकोमा ४२ हजार ५ सय ३८ जनाले उत्तिण भएका छन् ।  परीक्षा उच्चमाध्यामिक शिक्षा परिषदको वेवसाइट  www.hseb.edu.np  वा  www.hseb.ntc.net.np  मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।

राहत शिक्षक र विभागबीच सहमति

काठमाडौ, ९ असोज । शिक्षक सेवा आयोगको परीक्षाको अनुभवका आधारमा अंक बढाउनुपर्छ भन्ने माग राख्दै आन्दोलन गरिरहेको राहत शिक्षक केन्द्रीय संघर्ष समिति र शिक्षा विभागबीच सहमति भएको छ । मंगलबार शिक्षा विभाग र समितिबीच भएको छलफलमा आयोगको परीक्षामा अनुभवका आधारमा अंक दिने सहमति भएको हो । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । विभागले हाम्रा मागबारे सम्बोधन गर्ने भनेपछि आन्दोलका सबै कार्यक्रम फिर्ता लिएको समितिका अध्यक्ष कुवाङछु लामाले जानकारी गराए । छलफलमा राहत सबै शिक्षकलाई यही शैक्षिक सत्रदेखि बढेको तलब दसैँअघि दिने, दुर्गम भत्ता तथा एक हजार विशेष भत्ता दिने सहमति भएको छ ।  राहत शिक्षकहरूले पोशाक भत्ता, दुर्गम भत्ता, १८ प्रतिशत तलब वृद्धिलगायतका माग राख्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । राहत शिक्षकहरूले माग पूरा नभए फेरि आन्दोलनमा आउने चेतावनी दिएका छन ।  एउटै तहमा अध्यायपन गराउने एउटै योग्यता भएका शिक्षकहरूलाई पनि दुई किसिमको सेवासुविधा मान्य नभएको र विभेदकारी सरकारी नीतिको विरोध गर्दै आएका आन्दोलनकारी  विद्यालयको पठनपाठन नै बन्द गरेर आन्दोलनमा होमिएका थिए ।

तदर्थवादमा उच्च माध्यमिक शिक्षा

भगवान खनाल नेपालमा उच्च माध्यमिक तहको शिक्षा तदर्थवादमा चलिरहेको छ । मध्यम तहको जनशक्ति उत्पादन गर्ने उद्देश्यले उच्च माध्यमिक शिक्षा ऐन २०४९ को परिकल्पना गरी नेपालमा उच्च माध्यमिक तह वा दश जोड दुई तहको कार्यक्रम सञ्चालन गरिएको हो । ऐनद्वारा स्वायत्त उच्च माध्यमिक शिक्षा परिषद् नामक संस्था स्थापना भएको छ । यसैले बितेका दुई दशकदेखि नेपालमा दश जोड दुई कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसबीचमा नेपालमा उच्च माध्यमिक तहको शिक्षा तदर्थवादमा सञ्चालन भयो र अझै पनि यस्तै तदर्थवाद कायम रहने अवस्था छ । जसले गर्दा यस तहको शिक्षाको गुणात्मकतालगायत् अन्य पक्षको प्रभावकारितामाथि प्रश्न खडा भएको छ । यद्यपि उमाशिपले सीमित स्रोत र साधनका बाबजुद पनि २० वर्षसम्म दश जोड दुईको कार्यक्रमका लागि गरेका काम आफैंमा सराहनीय छन् । यसले जति गरेको छ, बढी गरेको छ। विद्यालय तहको संरचना र विकासमा आमूल परिवर्तन ल्याउने एक मुख्य मस्कद रहेको विद्यालय क्षेत्र सुधार कार्यक्रम पूर्णरुपेण लागु गर्न शिक्षा मन्त्रालयसँग केही कानुनी र व्यावहारिक अड्चन बाँकी छन् । यस कार्यक्रमले कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह र कक्ष