Skip to main content

Posts

Showing posts from November, 2018

Thinking about education

schools should be relevant to contemporarylife, that in order to achieve that students need to ‘manage their own learning’, and that the object of schooling is not to ‘transmit a body of knowledge’ but to encourage pupils to ‘love learning for its own sake’. The sphere of education The sphere of education today is extensive and education is generally highly valued. In most countries, in addition to a developed system of state schooling, there is a rapidly expanding system of higher education, including institutions focused on such diverse things as art, computing, cooking, fashion design, and business, and a constant call for further qualification and accreditation in a variety of practices and pursuits, such as the hospitality industry, paralegal and paramedical services, mechanics, psychological services, accountancy, and horticulture. Alongside the state system a num- ber of private education establishments at all levels, from primary to teacher training, has arisen. S

गीत

गीत तिमीले साथ दिन छोड्यौ कसरी म बाँचु । मुटु भित्र पीडा लुकाई कसरी म हाँसु ।। जिन्दगीको गोरेटोमा कति आए कति गए । आफ्नो भन्ने मान्छेहरु पनि आज टाढा भए ।। टुक्रिएको मुटु सिलाई कसरी म गाँसु । मुटु भित्र पीडा लुकाई कसरी म हाँसु ।। तिम्रो मेरो सम्बन्ध त्यो एकादेशको कथा भयो । नदेखिने घाउ बनि बल्झिरहने ब्यथा भयो ।। रहरहरु मनमै रुकाई कसरी म साँचु  । मुटु भित्र पीडा लुकाई कसरी म हाँसु  ।।

कविता

साह्रै राम्रो लागेर Copy गरिएको) प्रिय मेरा गणितका गुरू! मैले घोकेका साध्य र ज्यामितीहरू आयतन र परिमितीहरू अनि ती बिजगणितका डरलाग्दा 'ए' र 'बि' का सूत्रहरू खै कहाँ काम लाग्छन् ? जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले कैयौ मुर्गा बनाइएका थिए चौरमा कैयौ पटक उभ्याइएको थियो डेस्कमाथि र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई, मानौकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ, हिसाब मिल्दै मिल्दैन जिन्दगीको गुरू कुन सुत्र प्रयोग गरूँ म? बाको रसिला आखाको आयतन कसरी निकाल्नू? आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू? प्यारीको मेरो अभाव र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो? हजुरआमाको लौरी कुन सूत्रले अड्याउने? माइनस × माइनस = प्लस हुने सुत्रमा दु:ख × दु:ख = सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने आशु × आशु = हासो नभएर पुन: आशु नै हुनु पर्ने यो कुन नियम हो गुरु ? जो मलाई सिकाउदै सिकाइएन। ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो भित्री कोण र बाहिरी कोण नापियो डिग्री डिग्रीमा नापियो एन्गल एन्गलमा नापियो त

गजलहरू

उन्ले जित्दा मैले जितें दाउ एउटै परेछ कि । उन्ले खांदा म अघाएं भाउ एउटै परेछ कि ।। सिरेठोमा अगेनोमा बसी आगो ताप्दा खेरी । उता पोल्दा यता दुख्यो घाउ एउटै परेछ कि ।। उनी डुब्दा म पनि डूबें डुब्दा डुब्दै पारी पुग्यौ । उन्को मेरो जिन्दगीको नाउ एउटै परेछ कि ।। उनी कता म कता भेट हुनै मुस्किल हुन्थ्यो । हिजो आज भेट हुन्छ गाउ एउटै परेछ कि ।। उन्लाई ऋण लाग्दाखेरी मेरो उठीबास भयो । उन्लाई मलाई कर्जा दिने साहु एउटै परेछ कि ।। २०७४/०८/१९

गणित शिक्षकले ध्यान दिनै पर्ने कुराहरु : निरेन्द्र कुँवर

गणित शिक्षकले ध्यान दिनैपर्ने बुँदाहरु  नीरेन्द्र कुँवर  २०७५ कार्त्तिक २७ हाम्रो समाजको बनावट बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, आर्थिक असमानता, भौगोलिक विविधतायुक्त छ । हाम्रा विद्यालयमा आएका विद्यार्थीमा पनि यही समाजको बनावटको विशेषता देखिनु स्वाभाविकै हो । यस्तै, विद्यार्थीको जन्मजात प्राप्त गुणहरूको अध्ययन गरी गणित शिक्षकले अध्यापन गर्नु पर्छ । एउटा अध्ययनले के भनेको छ भने धेरै संख्याबाट अत्यन्त सानो संख्यामा गणित विषयका सीपहरूलाई सहजै प्रकारले बुझ्ने क्षमता भएका विद्यार्थी हुन्छन् । यिनीहरूलाई समूहमा दिने औषत प्रकारको सिकाइले उनीहरूको सिक्ने क्षमताको विकासमा अबरोध सिर्जना गर्छ । यस्तो प्रकारको क्षमता भएका विद्यार्थीलाई समयमै पहिचान गरी विभिन्न ठाउँका विद्यार्थीलाई एकै ठाउँमा राखी अध्ययन गर्ने अवसर दिने हो । उनीहरूमा अन्तर्निहित प्रतिभाले प्रष्फुटन हुने अवसर पाउँछ । यही समूहबाटै भविश्यमा उच्चकोटीको क्षमता भएको नागरिक तयार हुन्छ । बाँकी रहेकाहरूको समूहमा पनि अन्य विषयसहित गणितमा कमजोर भएका विद्यार्थी र अन्य विषयमा औषत क्षमता भएका बालबालिका पाइन्छन् । तर, गण

गणित बोझ कि आवश्यकता -खगेन्द्र अधिकारी

गणित बोझ कि आवश्यकता ? किन धेरै विद्यार्थी फेल हुन्छन् ?  खगेन्द्र अधिकारी २०७५ कार्तिक १४ गते १६:५५ मा अनलाइन खबरमा प्रकाशित माध्यमिक तहको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यसै वर्षदेखि लागू गर्ने तयारीमा रहेको सरकार चौतर्फी विरोध र आलोचना भएपछि पछि सरेको छ । यस वर्ष परीक्षणका रुपमा लागू गरी आगामी शैक्षिक सत्रबाट पूर्णरुपमा लागू गर्ने निर्णयमा सरकार पुगेको छ । तर, यस वर्ष कक्षा ११ को नयाँ पाठ्यक्रम कहाँ लागू गरिएको छ ? यसको जानकारी पाउन सकिएको छैन । नयाँ पाठ्यक्रमको विरोध गर्नेहरुले आ-आफ्नै किसिमले गरे होलान् तर यसमा गणित विषयलाई अनिवार्य नगरी इच्छाधीन गरिएकोमा यसका सरोकारवालाहरुबाट भएको विरोधले सबैको ध्यान तानेकै छ । पहिला पाठ्यक्रमको प्रारुप विज्ञान अन्तर्गत जीव विज्ञान समूहका विद्यार्थीहरुले समेत गणित पढ्न नपाउने गरी बाहिर ल्याइएको थियो । यस्तो प्रावधानले विद्यार्थीहरुको भविश्य बर्बाद गर्ने भन्दै विरोध भएपछि पाठ्यक्रम विकास केन्द्रले यसलाई सच्याइएको बताउँदैछ । तर, पाठ्यक्रम प्रारुपको अन्तिम रुप अहिलेसम्म सार्वजनिक भएको छैन । गणित सम्बन्धी यही बहसमा केन