Skip to main content

Posts

Showing posts with the label कविता

७५ जिल्ला

७५ जिल्लामा यसरी बस्यो माया प्रेम❣️                         (१) दार्चुलामा घुम्न गयको बैतडिको बाँस। डडेलधुरा कन्चनपुरमा भयो रात्री गाँस।। कैलालिको बाटो हुँदै पुगे म त डोटि। बझाङ अनि बाजुरामा खाजा खाय रोटि।। अछाम सारै राम्रो रैछ झनै पल्लो हुम्ला। प्रकृतिको बरदान रैछ मुगु अनि जुम्ला।। कालीकोट र दैलेखमा राउटे दाइ भेटे। सुर्खेत अनि बर्दियामा सारङ्गी धुन रेटे।। दाङ्ग हुँदै बाटो लागे अर्को जिल्ला बाके। सल्यान हुँदै जाजरकोट पुग्दा धेरै थाके।। रुकुमको लालिगुरास पुग्दो रैछ रोल्पा। सबै भन्दा ठूलो जिल्ला थाहा भयो डोल्पा।। प्युठानको स्वर्गद्वारी राम्रो रैछ ठाउँ। कपिलवस्तु लुम्बिनीमा बुद्ध जन्म गाउँ।। अर्घाखाँची घुम्दा खेरी गुल्मी जिल्ला छेक्यो। बाग्लुङ झरी चिया खादा उस्ले मलाइ देख्यो।। म्याग्दी रैछ उसको घर बोल्दा थाहा भयो। छ्ड्के गाजल त्यही माथी झनै डाहा भयो।। मुस्ताङ घुम्न जाने रहर रैछ उनको पनि। तर मनाङ घुम्न गयौ कसैलाइ नभनी।।      ...

गजल

गजल यो दुनियामा पढ्ने भन्दा पिउने धेरै छन् । सायद त्यसैले मर्ने भन्दा जिउने धेरै छन् ।। उजाड छन् तनहरु फाटेका छन् मनहरु । टाल टुल गरी ब्यथाहरु  सिउने धेरै छन् ।। कविताहरु लेखिरहेछु तर म कवि होइन । कुना कन्दरा देखिरहेछु तर म रवि होइन ।। कवि र रवि दुवै हुन सक्दिन म प्रियजन । चाकडी गर्दै अघि बढ्ने मेरो छवि होईन ।। गजल नाना थरी कुरा कानमा भर्छन् अचेल मान्छेहरू । खोलो तर्यो लौरो बिर्स्यो गर्छन् अचेल मान्छेहरू ।। के हो झुठ के हो सत्य छुट्याउनै  मुश्किल छ । असत्य रूपी भ्रमहरु छर्छन् अचेल मान्छेहरू ।। जालझेल, षड्यन्त्रको पर्दाफास हुन थालेपछि । विश्वासको शिखरबाट झर्छन् अचेल मान्छेहरू ।। मुटु भित्र घुसेपछि  माहुरीले झै रस चुसेपछि । किन फरक कित्तामा  सर्छन् अचेल मान्छेहरू ।। अर्कैको छ डाहा इर्ष्या आफ्नो पन केही छैन । सायद रिसले जलेर मर्छन् अचेल मान्छेहरू ।। २०७६/०५/२७

रहर

मुक्तक मायालु अंगालोमा मलाई बेर भन्छिन् ऊनी । समाजका नियम कानून नटेर भन्छिन् ऊनी।। मायाको त्यो सागरमा सँगै पौड़ी खेल्न भनि । नदीको माछा जस्तै जाऊं बगेर भन्छिन् ऊनी ।। २...